वचन देहमा देखा पर्नुहुन्छ खण्ड १ परमेश्‍वरको देखापराइ र काम

वचन देहमा देखा पर्नुहुन्छ

खण्ड १, परमेश्‍वरको देखापराइ र काम

आफ्‍नो कार्य गर्नको लागि देखा पर्नुभएका सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍टले सम्पूर्ण सत्यताहरूलाई व्यक्त गर्नुहुन्छ, जसले मानवजातिलाई शुद्ध पार्छ र मुक्ति दिन्छ, अनि ती सबैलाई वचन देहमा देखा पर्नुहुन्छ मा समावेश गरिएका छन्। बाइबलमा लेखिएको यो वचन पूरा भएको छ: “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो(यूहन्ना १:१)। वचन देहमा देखा पर्नुहुन्छ को सन्दर्भमा संसारको सृष्टिपछि, परमेश्‍वरले सारा मानवजातिलाई सम्‍बोधन गर्नुभएको यो नै पहिलो पटक हो। यी वाणीहरूले मानवजातिका बीचमा परमेश्‍वरले व्यक्त गर्नुभएको पहिलो वचनलाई निर्माण गर्छ, जसमा उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, तिनीहरूलाई अगुवाइ गर्नुहुन्छ, तिनीहरूलाई न्याय गर्नुहुन्छ, र तिनीहरूसँग हृदयबाट हृदयमा बोल्‍नुहुन्छ र ती नै पहिला वाणीहरू हुन्, जसमा परमेश्‍वरले मानिसहरूलाई उहाँका पाइलाहरू, उहाँ लेट्नुहुने स्थान, परमेश्‍वरको स्वभाव, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, परमेश्‍वरका विचारहरू, र मानवजातिका निम्ति उहाँको सरोकारका बारेमा जान्न दिनुहुन्छ। के भन्‍न सकिन्छ भने सृष्टि भएपछि तेस्रो स्वर्गबाट परमेश्‍वरले मानवजातिसँग बोल्‍नुभएका प्रथम वाणीहरू यी नै हुन्, र देखा पर्न र वचनहरूद्वारा मानवजातिलाई आफ्‍नो हृदयको आवाज व्यक्त गर्नको लागि आफ्‍नो अन्तर्निहित पहिचान पहिलो पटक प्रयोग गर्नुभएको यही नै हो।
आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएको, वचन देहमा देखा पर्नुहुन्छ (छोटकरीमा, वचन) मा हाल छ वटा खण्डहरू छन्: खण्ड १, परमेश्‍वरको देखापराइ र काम; खण्ड २, परमेश्‍वरलाई चिन्‍ने विषयमा; खण्ड ३, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू; खण्ड ४, ख्रीष्टविरोधीहरूको खुलासा; खण्ड ५, अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू; र खण्ड ६, सत्यताको पछि लाग्‍नेबारे।

आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्