अध्याय ६१

जब तँ आफ्नै अवस्थाको बारेमा सचेत हुन्छस्, तब तैँले मेरो इच्छा पूरा गर्न सक्नेछस्। वास्तवमा, मेरो इच्छा बुझ्न कठिन छैन; यति मात्र हो कि, तैँले विगतमा मेरो अभिप्रायहरूअनुसार कहिल्यै खोजी गरिनस्। म मानिसहरूका धारणाहरू वा विचारहरू चाहँदिनँ, तेरो पैसा वा तेरो सम्पत्तिहरूको कुरा त परै छोडौं। मैले चाहने भनेको तेरो हृदय हो। के तैँले बुझिस्? मेरो इच्छा यही हो; यसको साथै, मैले प्राप्त गर्न चाहने यही हो। मानिसहरूले मलाई न्याय गर्न सधैँ आफ्नै धारणाहरू प्रयोग गर्छन् अनि मेरो कदलाई मूल्याङ्कन गर्न तिनीहरूको मानकलाई प्रयोग गर्छन्। मानवजातिको सम्बन्धमा, यो निराकरण गर्न सबैभन्दा कठिन कुरा हो, अनि मैले सबैभन्दा घिनाउने र घृणा गर्ने कुरा यही नै हो। के तिमीहरूले अब देख्यौ? किनकि यो शैतानको सबैभन्दा स्पष्ट स्वभाव हो। यसभन्दा बढी, तिमीहरू यति सानो कदका छौ कि, तिमीहरू शैतानको धूर्त युक्तिहरूमा बारम्बार परिरहन्छौ। तिमीहरू त्यसलाई छुट्टयाउन असमर्थ छौ! शैतानद्वारा छलमा नपर्नको निम्ति मैले तिमीहरूलाई धेरै पल्ट हर समय अनि हर प्रकारले सतर्क रहनु भनेको छु। तथापि, तिमीहरू सुन्दैनौ, बरु, म जे भन्छु, त्यसलाई हाँसोमा उडाउँछौ। परिणामस्वरूप, तिमीहरू जीवनमा नोकसानीहरू भोग्छौ, त्यसपछि पछुतो गर्न धेरै ढीला हुन्छ। के यसलाई तिमीहरूको भविष्यको खोजीको निम्ति एउटा पाठको रूपमा लिनु राम्रो कार्य हुनेथिएन र? म तँलाई भन्छु! नकारात्मकताको जोखिममा रहँदा यसले तिमीहरूको जीवनमा अत्यन्तै प्रचण्ड हानिहरू ल्याउनेछ। यसलाई जानेर, के यो जाग्ने समय होइन र?

मानिसहरू शीघ्र परिणामहरूको निम्ति अधीर हुन्छन्, अनि तिनीहरूले आफ्‍नो अगाडि जे छ, त्यसलाई मात्रै देख्छन्। मैले ती सत्तामा रहेकाहरूलाई सजाय दिन सुरु गरेको छु भनेर भन्दा, तिमीहरू झन् बढी चिन्तित हुन्छौ अनि सोध्छौ: “किन ती मानिसहरू अझै सत्तामा छन्? के यसको अर्थ, परमेश्‍वरका वचनहरू रित्ता छन् भन्ने हुँदैन र?” मानव धारणाहरू यति गहिरोसित गडेका छन्! म जे भन्छु त्यसको अर्थ तिमीहरू बुझ्दैनौ। मैले दण्ड दिने मानिसहरू खराब छन्, जसले मलाई विरोध गर्छन् अनि जसले मलाई चिन्दैनन् र म तिनीहरूलाई बेवास्ता गर्छु जसले सत्यतालाई खोजी नगरी केवल मलाई विश्‍वास गर्छन्। तिमीहरू साँच्चिकै अज्ञानी छौ! मैले जे भनेको छु, तिमीहरूले त्यसको सानो अंश पनि बुझेका छैनौ! तथापि, तिमीहरूले आफू परिपक्व भइसकेका छौ, कामकुराहरू बुझ्न सक्छौ, अनि मेरो इच्छालाई बुझ्न सक्छौ भनी अझै आफैलाई स्याबासी दिन्छौ। म प्रायजसो भन्‍ने गर्छु, सबै कुराहरू र मामलाहरूले ख्रीष्टलाई सेवा प्रदान गर्छन्, तर के तैँले साँचो रीतिले यी वचनहरूलाई बुझ्छस्? त्यसको अर्थ के हो भनी के तँलाई साँच्चिकै थाहा छ? मैले पहिले नै भनेको छु कि म कसैलाई अन्धाधुन्ध दण्ड दिँदिनँ। ब्रम्‍हाण्डका हरेक व्यक्तिले मेरो उचित बन्दोबस्तहरूलाई पछ्याउँछन्। मेरो दण्डका पात्रहरू, ख्रीष्टलाई सेवा प्रदान गर्नेहरू (जसलाई म मुक्ति दिनेछैन), मद्वारा चुनिएकाहरू, र मद्वारा चुनिएका तर पछि निष्कासनमा पर्नेहरू—म यी सबैलाई मेरो हातमा थाम्छु, मैले बुझ्‍ने, अनि चुनिएकाहरूमध्येको एक रहेको तँ त झन् अवश्य नै मेरै हातमा छस्। यस चरणमा अनि अर्को चरणमा मैले गर्ने सबै कुरा मेरो बुद्धिमानी बन्दोबस्तहरू अनुरूप नै हुन्छन्। तैँले मेरो निम्ति अग्रिम रूपमा बन्दोबस्तहरू गर्नुपर्दैन; केवल पर्खी र आनन्द ले! यो तैँले पाउन योग्य कुरा हो। जे मेरो हो, म त्यसमाथि आधिपत्य जमाउँछु, अनि जसले मलाई गुनासो गर्छन् वा मेरो बारेमा अरू विचारहरू राख्छन्, म तिनीहरूलाई त्यत्तिकै छोड्नेछैन। मैले मिलाएका प्रशासनिक आदेशहरू यस चरणसम्‍म अघि बढ्ने क्रममा, म आजभोलि प्रायजसो क्रोधले जल्छु। मसित भावनाहरू छैन भनी नठान। किनकि, मैले पहिले पनि भनेको छु कि कुनै वस्तु, व्यक्ति, वा घटनाले मेरा कदमहरूलाई अगि बढ्नदेखि बाधा दिने साहस गर्न सक्दैन। म जे भन्छु, त्यही गर्छु अनि म त्यही हुँ; यसको साथै, यो नै मेरो स्वभावको सबैभन्दा स्पष्ट प्रकटीकरण हो। म सबै मानिसहरूलाई उस्तै व्यवहार गर्छु, किनकि तिमीहरू सबै मेरा छोराहरू हौ, अनि म तिमीहरूमध्ये हरेकलाई प्रेम गर्छु। कुन पिताले आफ्नो छोराको जीवनको जिम्मेवारी लिँदैन र? कुन पिताले आफ्नो छोराको भविष्यको निम्ति दिन र रात कडा मेहनत गर्दैन र? तिमीहरूको माझमा कसले यो कुरालाई पहिचान गर्छ? कसले मेरो हृदयलाई बुझ्‍न सक्छ? तिमीहरूले आफ्नो शारीरिक सुखविलाशहरूका निम्ति निरन्तर योजना तथा बन्दोबस्तहरू गर्दछौ, अनि मेरो हृदयको जुनसुकै कुराको निम्ति तिमीहरूसित कुनै अनुभूति छैन। मेरो हृदय नै चूर्ण हुने गरी म तिमीहरूको निम्ति चिन्ता गर्छु, तर तिमीहरू शारीरिक सुखविलाशहरू, खाने र पिउने, सुत्ने अनि लुगाफाटोको लालसा गर्ने गर्छौ। के तिमीहरूसित अलिकति पनि विवेक छैन? यदि यस्तो हो भने, तिमीहरू मानव वस्त्रमा रहेका पशुहरू मात्रै हौ। म जे भन्छु, त्यो अनुचित होइन, अनि तिमीहरूले यी वचनहरूलाई सहन सक्नुपर्छ। यो नै तिमीहरूलाई मुक्ति दिने सर्वोत्तम उपाय हो, अझ यसभन्दा बढी, यसैमा नै मेरो बुद्धि लुकेको हुन्छ: शैतानको मुख्य कमजोरीलाई प्रहार गर, त्यसलाई पूरै पराजित गर, अनि पूरै नष्ट गरेर छोड। जहिलेसम्म तैँले पश्‍चाताप गर्छस् अनि तेरो पुरानो स्वभावलाई हटाउन ममाथि भर पर्छस् र नयाँ व्यक्तिको प्रतिरूपमा जिउँछस् भनी सुनिश्चित तुल्याउँछस् भने, म पूर्ण रूपले सन्तुष्ट हुनेछ किनकि सामान्य मानवताको जीवन जिउनु अनि मेरो नाउँको गवाही हुनुको अर्थ यही नै हो। यो भन्दा बढी मलाई कुनै कुराले खुशी तुल्याउँदैन।

तँ मसित सधैँ नजिक रहनुपर्छ। मेरो पाइला दिनदिनै तीव्र हुँदैछ भन्ने कुरा स्पष्ट छ। यदि एक क्षणको निम्ति पनि तेरो आत्मिक सङ्गतिमा कमी भयो भने, तुरुन्तै मेरो न्याय तँमाथि आइपर्नेछ। यस बुँदामा, तैँले गहन अनुभूति प्राप्त गरेको छस्। म तँलाई ताडना दिन्छु, तँलाई मैले प्रेम नगरेको कारणले होइन; बरु, प्रेमको कारणले म तँलाई अनुशासनमा राख्छु। नत्रभने, तँ बढ्नेछैनस्, अनि तँ सधैँ पवित्र आत्माको बन्देजहरूविना पथभ्रष्ट हुनेछस्। यसले मेरो बुद्धिलाई थप प्रकट गर्छ।

अघिल्लो: अध्याय ६०

अर्को: अध्याय ६२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्