अध्याय १९

मानिसहरूको कल्‍पनाअनुसार, परमेश्‍वर अत्यन्तै उच्‍च हुनुहुन्छ, र उहाँ बुझ्‍न नसकिने हुनुहुन्छ भन्‍ने देखिन्छ। यस्तो लाग्छ मानौँ परमेश्‍वर मानवजातिको बीचमा जिउनुहुन्‍न र मानौँ उहाँ अत्यन्तै उच्‍च हुनुभएको कारणले उहाँले मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। तर, परमेश्‍वरले मानिसहरूका धारणाहरूमा प्रहार गर्नुहुन्छ, र तिनीहरू सबैलाई हटाउनुहुन्छ, र तिनीहरूलाई “चिहानमा” गाड्नुहुन्छ, जहाँ तिनीहरू खरानीमा परिणत हुन्छन्। मानवजातिका धारणाहरूप्रति परमेश्‍वरको मनोवृत्ति मृतकहरूप्रतिको उहाँको मनोवृत्तिसरह हुन्छ, र यसरी उहाँले तिनीहरूलाई स्वेच्छाले परिभाषित गर्नुहुन्छ। “धारणाहरू” को कुनै प्रतिकूल प्रभाव हुँदैन भन्‍ने देखिन्छ; त्यसकारण, परमेश्‍वरले संसारको सृष्टिदेखि आजको दिनसम्‍मै यो काम गर्दै आइरहनुभएको छ, र कहिल्यै पनि रोकिनुभएको छैन। देहको कारण, मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, र पृथ्वीमा शैतानले गरेका कार्यहरूको कारण, मानिसहरूले आफ्‍ना अनुभवहरूको क्रममा हरप्रकारका धारणाहरूको निर्माण गर्छन्। यसलाई “प्राकृतिक निर्माण” भनिन्छ। यो परमेश्‍वरले पृथ्वीमा गर्नुहुने कामको अन्तिम चरण हो, त्यसकारण उहाँको कामको विधि चरम बिन्दुमा पुगेको छ, र उहाँले मानिसहरूलाई तालिम दिने कार्यलाई तीव्र तुल्याउँदै हुनुहुन्छ, ताकि परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट तुल्याउँदै उहाँको अन्तिम कार्यमा तिनीहरूलाई पूर्ण बनाउन सकियोस्। यसभन्दा पहिले, मानवजातिमाझ पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योति मात्रै थिए, तर परमेश्‍वर स्‍वयम्‌ले बोल्‍नुभएका कुनै वचनहरू थिएनन्। जब परमेश्‍वरले आफ्‍नै आवाजमा बोल्‍नुभयो, सबै जना चकित भए, र आजका वचनहरू अझै अन्योलपूर्ण छन्। तिनीहरूको अर्थ बुझ्‍न अझै कठिन छ, र मानिसहरू अन्योलमा परेका देखिन्छन्, किनभने उहाँका वचनहरूमध्ये पचास प्रतिशत उद्धरण चिन्हभित्र आउँछन्। “जब म बोल्छु, मानिसहरूले मन्त्रमुग्ध भई मेरो आवाजलाई सुन्छन्; तैपनि जब म चुप बस्‍छु, तब तिनीहरूले आफ्‍नै ‘उद्यम’ सुरु गर्न थाल्छन्।” यस अनुच्‍छेदमा उद्धरण चिन्हभित्र राखिएको वचन समावेश छ। परमेश्‍वरले यहाँजस्तै जति हास्यभाव सहित बोल्‍नुहुन्छ, त्यति नै ती वचनहरूले मानिसहरूलाई पढ्न आकर्षित गर्छन्। मानिसहरू ढुक्‍क अवस्थामा हुँदा तिनीहरूले निराकरणलाई स्वीकार गर्न सक्छन्। तैपनि, यो मूलभूत रूपमा मानिसहरूले परमेश्‍वरका वचनहरू नबुझ्दा तिनीहरूलाई निरूत्साहित वा निराश हुन नदिनको लागि हो। यो शैतान विरुद्धको परमेश्‍वरको युद्धको रणनीति हो। यसरी मात्रै मानिसहरू परमेश्‍वरका वचनहरूप्रति इच्छुक रहिरहन र तिनीहरूले वचनको प्रवाहलाई पछ्याउन नसक्दा पनि तिनलाई ध्यान दिइरहन सक्छन्। तैपनि, उद्धरण चिन्‍हभित्र समावेश नगरिएका उहाँका सबै वचनहरूमा ठूलो मोहकपन छ, त्यसकारण ती वचनहरू अझ बढी चाखलाग्दा बन्छन् र तिनले मानिसहरूलाई परमेश्‍वरका वचनहरू अझै मन पराउने तुल्याउँछन् र तिनीहरूको हृदयमा उहाँका वचनहरूको मिठास अनुभूति गराउँछन्। परमेश्‍वरका वचनहरू विभिन्‍न रूपमा आउने हुनाले, र ती प्रचुर र विविध हुने भएकाले, र परमेश्‍वरका धेरै वचनहरूमा नामपदहरूलाई नदोहोर्‍याइएको हुनाले, तिनीहरूको तेस्रो अर्थमा, मानिसहरूले परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्‍न भन्‍ने अनुभूति गर्छन्। उदाहरणको लागि: “म मानिसहरूलाई ‘उपभोक्ताहरू’ मात्रै बन्‍न अनुरोध गर्दिनँ; म तिनीहरूलाई ‘उत्पादकहरू’ बन्‍न पनि अनुरोध गर्छु, जसले शैतानलाई हराउँछन्।” त्यस वाक्यमा समावेश “उपभोक्ताहरू” र “उत्पादकहरू” भन्‍ने शब्‍दहरूको अर्थ विगतमा बोलिएका केही वचनहरूको अर्थ जस्तै छ, तर परमेश्‍वर अलचिलो हुनुहुन्‍न; बरु, उहाँले मानिसहरूलाई उहाँको ताजापनको महसुस गराउनुहुन्छ र तिनीहरूलाई परमेश्‍वरको प्रेमलाई कदर गर्ने तुल्याउनुहुन्छ। परमेश्‍वरको वचनमा संलग्‍न हास्य-भावमा मानवजातिप्रतिको उहाँका न्याय र मापदण्डहरू समावेश छन्। उहाँका सबै वचनहरूको उद्देश्यहरू हुने हुनाले, तिनीहरूको अर्थ हुने हुनाले, उहाँको हास्य-भाव केवल माहोल हल्‍का बनाउन वा मानिसहरूलाई हाँसोले गुञ्‍जाउनको लागि बोलिँदैन, न त यो तिनीहरूको मांसपेशीलाई शान्त पार्नको लागि मात्रै बोलिएको हो। बरु, परमेश्‍वरको हास्य-भावको अभिप्राय त मानिसहरूलाई फेरि कहिल्यै बन्धनमा नपर्ने गरी पाँच हजार वर्षको बन्धनबाट मुक्त गर्नु हो, ताकि तिनीहरूले अझै राम्ररी परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्न सकून्। परमेश्‍वरको विधि भनेको औषधि निल्‍न सहायता गर्नको लागि एक चम्चा चिनीको प्रयोग गर्नु जस्तै हो; उहाँले मानिसहरूलाई जबरजस्ती तीतो औषधि निल्‍न लगाउनुहुन्‍न। गुलियोपनभित्र तिक्तता छ, र तिक्तताभित्र गुलियोपन छ।

“जब पूर्वमा ज्योतिको धिपधिपे प्रकाश उदाउँछ, तब ब्रह्माण्डका सारा मानिसहरूले यसमा अलिक बढी ध्यान दिन्छन्। अबउप्रान्त झुल्‍न छोडेका मानिसहरू यो पूर्वीय ज्योतिको स्रोतलाई हेर्न अघि बढ्छन्। तिनीहरूको सीमित क्षमताको कारण, ज्योति कहाँबाट आएको हो भन्‍ने कुरा देख्‍न कोही पनि सक्षम भएको छैन।” यो परमेश्‍वरका पुत्रहरू र उहाँका मानिसहरूका बीचमा मात्रै होइन, ब्रह्माण्डमा जताततै भइरहेको छ। धार्मिक क्षेत्रका मानिसहरू र अविश्‍वासीहरू सबैले यही प्रतिक्रिया दिन्छन्। परमेश्‍वरको ज्योति चम्की निस्केको क्षणमा, तिनीहरूको हृदयमा सबै कुरा क्रमिक रूपमा परिवर्तन हुन्छन्, र तिनीहरूले अनजानमै आफ्नो जीवन अर्थहीन भएको र मानव जीवन मूल्यहीन भएको पत्ता लगाउन थाल्छन्। मानिसहरूले भविष्यको खोजी गर्दैनन्, भोलिको बारेमा विचार गर्दैनन्, वा भोलिको बारेमा चिन्ता गर्दैनन्; बरु, तिनीहरू सबैले “जवान” हुँदै खानु र पिउनुपर्छ र अन्तिम दिन आउँदा यस्तो कार्य गरेर उचितै गरिएछ भन्ने अनुभूति हुनेछ भन्‍ने विचार बोकेर हिँड्छन्। मानिसहरूसँग संसारलाई शासन गर्ने कुनै इच्‍छा छैन। संसारप्रतिको मानवजातिको प्रेमको जोसलाई “दियाबलस” ले पूर्ण रूपमा चोरिदिएको थियो, तर यसको जड के हो भन्‍ने कसैलाई पनि थाहा छैन। तिनीहरूले गर्न सक्‍ने भनेको एक-अर्कालाई जानकारी दिँदै यता-उता दौडनु मात्र हो, किनभने परमेश्‍वरको दिन अहिलेसम्‍म आएको छैन। एक दिन, हरेकले बुझ्‍न नसकिने सबै रहस्यहरूका उत्तरहरू देख्‍नेछन्। परमेश्‍वरले “मानिसहरू निन्द्रा र सपनाबाट बिउँझन्छन्, र त्यसपछि मात्रै तिनीहरूले मेरो दिन तिनीहरूकहाँ बिस्तारै आएको छ भन्‍ने कुरा महसुस गर्छन्” भनी भन्‍नुहुँदा उहाँको आशय यही थियो। जब समय आउँछ, परमेश्‍वरका सबै मानिसहरू “म पृथ्वीमा हुँदा नै आफ्नो भूमिका निर्वाह गर्ने प्रतीक्षा गर्दै” बस्‍ने हरियो पात जस्तै हुनेछन्। परमेश्‍वरले आफ्‍नो आवाज निकाल्‍नुभएपछि पनि चीनमा रहेका परमेश्‍वरका मानिसहरूमध्ये धेरै जना पछि हट्छन्, त्यसकारण परमेश्‍वर भन्‍नुहुन्छ, “तैपनि, तथ्यहरूलाई परिवर्तन गर्न नसक्‍ने हुनाले, मैले गर्ने दण्डाज्ञाको घोषणाको लागि प्रतीक्षा गर्नबाहेक तिनीहरूले केही पनि गर्दैनन्।” तिनीहरूमध्ये कतिपयलाई अझै पनि हटाइनेछ—अपरिवर्तनीय अवस्थामा सबै जना रहनेछन् भन्‍ने छैन। बरु, मानिसहरूलाई जाँच गरिएपछि मात्रै तिनीहरूले मापदण्ड पूरा गर्न सक्छन्, जसबाट तिनीहरूलाई “गुणस्तर प्रमाणपत्र” दिइन्छ; नत्र भने, तिनीहरू फोहोरको थुप्रोमा फ्याँकिएका रद्दी बन्‍नेछन्। परमेश्‍वरले अटुट रूपमा मानवजातिको साँचो स्थितिलाई औंल्याउनुहुन्छ, ताकि मानिसहरूले परमेश्‍वरका रहस्यहरूलाई झन्-झन् बढी अनुभव गर्न सकून्। “यदि उहाँ परमेश्‍वर नहुनुभएको भए, उहाँले कसरी हाम्रो साँचो स्थितिलाई त्यति राम्ररी जान्‍न सक्‍नुहुन्थ्यो?” तैपनि, मानिसहरूको कमजोरीको कारण, “मानिसहरूको हृदयमा, म न त उच्‍च छु न त नीच नै छु। तिनीहरूको लागि त, म भए पनि नभए पनि त्यसले केही फरक पार्दैन।” के वास्तविकतासँग मिल्‍ने सबै मानिसहरूको स्थिति ठीक यस्तै छैन र? जहाँसम्‍म मानवको कुरा छ, तिनीहरूले परमेश्‍वरको खोजी गर्दा उहाँ अस्तित्वमा हुनुहुन्छ तर तिनीहरूले उहाँको खोजी नगर्दा उहाँ अस्तित्वमा हुनुहुन्‍न। अर्को शब्‍दमा भन्दा, तिनीहरूलाई उहाँको सहायता चाहिएको क्षणमा परमेश्‍वर तिनीहरूको हृदयमा अस्तित्वमा आउनुहुन्छ, तर जब तिनीहरूलाई उहाँको आवश्यकता पर्न छोड्छ, तब उहाँ अस्तित्वमा रहनुहुन्‍न। मानिसहरूको हृदयभित्र यही कुरा हुन्छ। वास्तविकतामा, सबै “नास्तिकहरू” लगायत पृथ्वीका सबैले यसरी नै विचार गर्छन्, र परमेश्‍वरसम्‍बन्धी तिनीहरूको “भावना” पनि अस्पष्ट र धमिलो हुन्छ।

“त्यसकारण, पहाडहरू भूमिमा राष्ट्रहरूबीचका सिमानाहरू बन्छन्, नदी र समुद्रहरू फरकफरक ठाउँका मानिसहरूलाई अलग राख्‍ने अवरोधहरू बन्छन्, र हावा पृथ्वीमाथिको अन्तरिक्षमा व्यक्ति-व्यक्तिबीच बहने कुरा बन्छ।” संसारको सृष्टि गर्ने क्रममा परमेश्‍वरले गर्नुभएको काम यही हो। यो कुरालाई यहाँ समावेश गरिनु मानिसहरूको लागि पहेलीपूर्ण हुन्छ: के परमेश्‍वरले अर्को संसार सृष्टि गर्ने चाहना गर्नुभएको हुन सक्छ? यसो भन्दा अत्योक्ति नहोला: जब-जब परमेश्‍वर बोल्‍नुहुन्छ, उहाँको वचनमा संसारको सृष्टि, व्यवस्थापन, र विनाशको कुरा समावेश हुन्छ; यति मात्रै हो कि, कहिलेकहीँ ती स्पष्ट हुन्छन्, र कहिलेकहीँ ती अस्पष्ट हुन्छन्। परमेश्‍वरका सबै व्यवस्थापन उहाँका वचनहरूमा सम्‍मिलित हुन्छन्; यति मात्रै हो कि मानिसहरूले तिनलाई पत्ता लगाउन सक्दैनन्। परमेश्‍वरले मानवलाई दिनुहुने आशिष्‌हरूले तिनीहरूको विश्‍वासलाई सय गुणा वृद्धि गराउँछ। बाहिरबाट हेर्दा, परमेश्‍वरले तिनीहरूलाई प्रतिज्ञा गरिरहनुभएको देखिन्छ, तर सारगत हिसाबमा यो उहाँका राज्यका मानिसहरूको लागि परमेश्‍वरले तोक्नुभएका मापदण्डहरू हुन्। प्रयोगयोग्य मानिसहरू निरन्तर जिइरहनेछन्, जबकि अयोग्यहरूलाई स्वर्गबाट झर्ने संकष्टले निलिदिनेछ। “आकाशमा बटारिने चट्याङ्गले तलका मानिसलाई प्रहार गर्नेछ; पहाडहरू झर्ने क्रममा, तिनले तिनीहरूलाई पुर्नेछन्; भोकाएका जङ्गली जनावरहरूले तिनीहरूलाई निल्‍नेछन्; र समुद्रहरू उर्लेर आई तिनीहरूका शिरमा बजारिनेछन्। मानवजाति फूटको सङ्घर्षमा संलग्‍न हुने क्रममा, सारा मानिसहरूले तिनीहरूका बीचमा पैदा हुने विपत्तिहरूमा आफ्‍नै विनाशको खोजी गर्नेछन्।” मापदण्डको स्तरमा नपुग्‍नेहरू र पछि परमेश्‍वरको राज्यको मुक्तिमा नल्याइनेहरूलाई गरिने “विशेष व्यवहार” यही नै हो। “मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ” भन्‍ने जस्ता कुराहरू परमेश्‍वरले जति बढी भन्‍नुहुन्छ, मानिसहरू आफ्‍नो प्रतिष्ठाप्रति त्यति नै सचेत बन्छन्; तसर्थ, तिनीहरूसँग नयाँ जीवनको खोजी गर्ने अझै बढी विश्‍वास हुन्छ। परमेश्‍वरले मानवलाई तिनीहरूले उहाँलाई मागेअनुसार दिनुहुन्छ। परमेश्‍वरले तिनीहरूलाई निश्‍चित हदसम्‍म खुलासा गरिसक्‍नुभएपछि, उहाँले उत्तम परिणाम प्राप्त गर्नको लागि आशिष्‌को शैली प्रयोग गर्दै आफ्‍नो बोल्‍ने तरिकालाई परिवर्तन गर्नुहुन्छ। यसरी मानवजातिका लागि यस्ता मापदण्डहरू तय गर्दा थप व्यवहारिक परिणामहरू प्राप्त हुन्छन्। सबै मानिसहरू आफ्‍ना समकक्षीहरूसँग व्यापार-व्यवसायको बारेमा कुरा गर्न इच्छुक हुन्छन्—तिनीहरू सबै व्यापार-व्यवसायका विशेषज्ञ हुन्—त्यसैले, परमेश्‍वरले यसो भन्‍ने क्रममा यही कुरालाई प्रस्तुत गरिरहनुभएको थियो। त्यसो भए, “सिनिम” भनेको के हो त? परमेश्‍वरले पृथ्वीको राज्यलाई उल्‍लेख गर्नुभएको होइन, जुन राज्यलाई शैतानले भ्रष्ट तुल्याएको छ, उहाँले त परमेश्‍वरबाट आएका सबै स्वर्गदूतहरूको समूहलाई जनाउनुभएको हो। “दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ” भन्‍ने वचनहरूले के इङ्गित गर्छन् भने, स्वर्गदूतहरूले शैतानका सबै शक्तिहरूलाई तोडेर सम्पूर्ण ब्रह्माण्डभरि सिनिम स्थापित गर्नेछन्। तसर्थ, सिनिमको वास्तविक अर्थ भनेको पृथ्वीका सबै स्वर्गदूतहरूको समूह हो, र यहाँ यसले पृथ्वीमा हुनेहरूलाई जनाउँछ। त्यसकारण, पृथ्वीपछि अस्तित्वमा रहने राज्यलाई “सिनिम” भनिनेछ, “राज्य” होइन। पृथ्वीको “राज्य” को कुनै वास्तविक अर्थ छैन; सारगत रूपमा, यो सिनिम नै हो। तसर्थ, यी वचनहरूलाई सिनिमको परिभाषासँग जोड्दा मात्रै यी वचनहरूको साँचो अर्थलाई बुझ्‍न सकिन्छ, “अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ।” यसले भविष्यमा पृथ्वीका सबै मानिसहरूको वर्गलाई प्रदर्शन गर्छ। सिनिमका मानिसहरू पृथ्वीका सबै मानिसहरूले सजाय भोगेपछि तिनीहरूमाथि शासन गर्ने राजाहरू हुन्। सिनिमका मानिसहरूले गर्ने व्यवस्थापनको कारण, पृथ्वीका सबै कुरा सामान्य रूपमा सञ्‍चालित हुनेछन्। यो परिस्थितिको खाकाबाहेक केही पनि होइन। सबै मानिसहरू परमेश्‍वरको राज्यमा रहनेछन्, अर्थात्, तिनीहरूलाई सिनिममा नै राखिनेछ। पृथ्वीका मानिसहरूले स्वर्गदूतहरूसँग कुराकानी गर्न सक्‍नेछन्। तसर्थ, स्वर्ग र पृथ्वी जोडिनेछ; वा, अर्को शब्‍दमा भन्दा, स्वर्गका दूतहरूजस्तै पृथ्वीका सबै मानिसहरू परमेश्‍वरमा समर्पित हुनेछन् र तिनीहरूले उहाँलाई प्रेम गर्नेछन्। त्यो बेला, परमेश्‍वर पृथ्वीका सबै मानिसहरूकहाँ खुलेआम देखा पर्नुहुनेछ र तिनीहरूलाई आफ्नो नाङ्गो आँखाले उहाँको साँचो अनुहार देख्‍न अवसर दिनुहुनेछ, र तिनीहरूका सामु कुनै पनि समय उहाँले आफूलाई प्रकट गर्नुहुनेछ।

अघिल्लो: अध्याय १८

अर्को: अध्याय २०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्