जवान र वृद्धको निम्ति वचनहरू

मैले पृथ्वीमा धेरै काम गरेको छु र म धेरै वर्षसम्म मानवजातिको बीचमा हिँडेको छु, तथापि मानिसहरूसँग मेरो स्वरूप र स्वभावको ज्ञान विरलै मात्र छ र केही मानिसहरूले मात्र मैले गर्ने कामको राम्ररी वर्णन गर्न सक्छन्। मानिसहरूमा धेरै कुराको कमी छ, तिनीहरूमा मैले गर्ने कामको बुझाइको कमी छ, तिनीहरूलाई मैले अर्को परिस्थितिमा राख्‍ने छु र त्यसपछि तिनीहरूप्रति ध्यान दिन्‍न भनेर तिनीहरू गहिरो रूपमा डराएझैँ सधैँ तिनीहरूका हृदयहरू सावधान रहन्छन्। यसैले, मप्रति मानिसहरूका मनोवृत्तिहरू सधैँ मनतातो हुनुका साथै सतर्कताको मात्रा बढी नै छ। यो यस कारणले भएको हो कि मैले गर्ने काम नबुझिकनै मानिसहरू वर्तमानमा आएका छन् र विशेषगरी मैले तिनीहरूसँग बोलेका वचनहरूबाट तिनीहरू चकित परेका छन्। तिनीहरूले आफैँलाई तिनमा भएका अपरिवर्तनशील विश्‍वासप्रति प्रतिबद्ध बनाउनुपर्छ कि निर्णय नै नगरेर तिनीहरूलाई बिर्सनुपर्छ भन्‍ने नजानेर तिनीहरू मेरा वचनहरूलाई आफ्ना हातहरूमा बोक्छन्। तिनीहरूलाई व्यवहारिक प्रयोगमा ल्याउनुपर्छ कि पर्खेर हेर्नुपर्छ, सबै कुरालाई पन्छाएर साहसका साथ पछ्याउनुपर्छ कि पहिले जस्तै निरन्तर संसारसँग मित्रता कायम गर्नुपर्छ भन्‍ने तिनीहरूलाई थाहा छैन। मानिसहरूका आन्तरिक संसारहरू एकदमै जटिल छन् र तिनीहरू एकदमै धूर्त छन्। मानिसहरूले स्पष्ट र पूर्ण रूपमा मेरा वचनहरू देख्‍न नसकेका हुनाले तिनीहरूमध्ये धेरैलाई ती कुराहरू व्यवहारमा उतार्न कठिन छ र तिनीहरूका हृदयहरू मेरा अगाडि राख्‍न कठिन छ। म तिमीहरूका कठिनाइहरू गहिरोसँग बुझ्छु। शरीरमा जिउँदा धेरै कमजोरीहरू अपरिहार्य हुन्छन् र धेरै वस्तुगत कारकहरूले तिमीहरूको निम्ति कठिनाइको सृजना गर्छन्। तिमीहरू आफ्ना परिवारलाई खुवाउँछौ, आफ्ना दिनहरू कठिन काम गरेर बिताउँछौ अनि महिना र वर्षहरू कठिनाइमा बित्छन्। शरीरमा जिउँदा धेरै कठिनाइहरू छन्—म यसलाई इन्कार गर्दिनँ र निश्‍चित रूपमा तिमीहरूबाट मैले अपेक्षा गरेका सर्तहरू तिमीहरूका कठिनाइबमोजिम छन्। मैले गर्ने कामका शर्तहरू तिमीहरूका वास्तविक कदबमोजिम छन्। सायद विगतमा, तिमीहरूमाथि मानिसहरूका शर्तहरूमा अधिकताका तत्वहरू मिसिएका थिए तर मैले भन्‍ने र गर्ने कुराहरूमा मैले तिमीहरूलाई अत्यधिक सर्तहरू राखेको छैनँ भन्‍ने तिमीहरूले जान्‍नुपर्छ। सबै शर्तहरू मानिसहरूका प्रकृति, शरीर र तिनीहरूका आवश्यकतामा आधारित छन्। तिमीहरूले जान्‍नुपर्छ र म एकदमै स्पष्टताका साथ तिमीहरूलाई भन्‍न सक्छु कि मानिसहरूसँग भएका निश्‍चित उचित सोचका तरिकाहरूको म विरोध गर्दिनँ र म मानवजातिको अन्तर्निहित प्रकृतिको विरोध गर्दिनँ। यो यही कारणले मात्र हो कि मैले तिनीहरूको निम्ति राखेका मापदण्डहरू वास्तवमा के हुन् भन्‍ने मानिसहरूले बुझ्दैनन्, न त तिनीहरूले मेरा वचनहरूका मूल अर्थ नै बुझ्छन्, मानिसहरूले मेरा वचनहरूलाई अहिलेसम्म हुनाले शङ्‌का गर्दै आएका छन् र आधाभन्दा कम मानिसहरूले मेरा वचनहरूमाथि विश्‍वास गर्छन्। बाँकीचाहिँ विश्‍वास नगर्नेहरू हुन् र अझ धेरैचाहिँ मैले “कथाहरू भनेको” सुन्‍न चाहनेहरू हुन्। यसका अतिरिक्त, तमासामा आनन्द मनाउने धेरै छन्। म तिमीहरूलाई सचेत गराउँछु: मेरा वचनहरूमध्ये धेरै ममाथि विश्‍वास गर्नेहरूको अगाडि पहिले नै खुलस्त गरिएका छन् र राज्यको सुन्दर दृष्यमा आनन्द मनाउने तर त्यसको प्रवेशद्वारबाहिर थुनिएकाहरूलाई मद्वारा हटाइएका छन्। के तिमीहरू मद्वारा घृणा गरिएका र अस्वीकृत सामाहरू मात्र होइनौ र? म फर्केको हेर्न र त्यसपछि मेरो फर्काइलाई आनन्दका साथ स्वागत गर्न तिमीहरूले कसरी सक्थ्यौ? म तिमीहरूलाई भन्छु, निनवेका मानिसहरूले यहोवाका क्रोधित वचन सुनेपछि तिनीहरूले तत्कालै भाङ्ग्रा र खरानी लगाएर पश्‍चाताप गरे। किनकि तिनीहरूले उहाँका वचनहरूमाथि विश्‍वास गरेको कारण तिनीहरू डर र भयले भरिए अनि त्यसैले भाङ्ग्रा र खरानी लगाएर पश्‍चाताप गरे। आजका मानिसहरूको बारेमा भन्दा तिमीहरूले मेरा वचनहरूमाथि विश्‍वास राखे तापनि र त्योभन्दा बढी यहोवा तिमीहरूको माझमा आज फेरि एक पटक आउनुभएको छ भन्‍ने विश्‍वास गरे तापनि, तिमीहरूको मनोवृत्ति अनादरयुक्त छ, जस्तो कि तिमीहरूले हजारौँ वर्ष अगाडि यहूदियामा जन्मनुभएका येशूलाई अवलोकन गरिरहेका छौ र अहिले तिमीहरूका माझमा आउनुभएको छ। तिमीहरूका हृदयमा अस्तित्वमा रहेका कपटलाई म गहिरो तवरले बुझ्छु; तिमीहरूमध्ये धेरैले जिज्ञासाको कारण मलाई पछ्याउँछौ र खालीपनको कारण मलाई खोज्‍न आएका छौ। जब तिमीहरूका तेस्रो इच्छा चकनाचूर हुन्छ—शान्तिमय र सुखी जीवनको लागि तिमीहरूको इच्छा—तब तिमीहरूको जिज्ञासा पनि गायब हुन्छ। तिमीहरू हरेकका हृदयमा अस्तित्वमा रहेको कपट तिमीहरूका वचन र कामहरूद्वारा भन्डाफोर हुन्छन्। खुलस्त भन्‍नुपर्दा, तिमीहरू मेरो बारेमा जिज्ञासु मात्र छौ तर मसँग डराएका छैनौ; तिमीहरू आफ्ना जिब्रोलाई वसमा राख्दैनौ र तिमीहरूका व्यवहारमा तिमीहरूले अझै कम संयमता अपनाउँछौ। तब तिमीहरूसँग साँच्चै कस्तो पक्राको विश्‍वास छ? के यो सच्‍चा छ? तिमीहरू मेरा वचनहरूलाई आफ्ना चिन्ताहरू हटाउन र तिमीहरूका दिक्दारी कम गर्नको निम्ति मात्र प्रयोग गर्छौ, तिमीहरूका जीवनमा बाँकी रहेका खालीपन भर्नलाई। तिमीहरूमध्ये कसले मेरा वचनहरूलाई व्यवहारमा उतारेको छ? कोसँग सच्‍चा विश्‍वास छ? परमेश्‍वर मानिसहरूको हृदयको गहिराइ देख्‍ने परमेश्‍वर हुनुहुन्छ भनेर तिमीहरू चिच्याइरहन्छौ, तर तिमीहरूले चिच्याउने तिमीहरूको हृदयमा भएको परमेश्‍वर मसँग कतिको मेल खान्छ? तिमीहरू यसरी चिच्याइरहेका छौ भने किन तिमीहरू त्यस्तो व्यवहार गर्छौ? के तिमीहरूले मलाई तिर्न चाहने प्रेम यही हुनसक्छ? तिमीहरूका ओठमा अलिकति पनि समर्पणता छैन, तर तिमीहरूका बलिदानहरू र तिमीहरूका असल कामहरू कहाँ छन्? तिमीहरूका वचनहरू मेरा कानसम्म आई नपुगेका भए, म तिमीहरूलाई किन यति धेरै घृणा गर्नेथिएँ र? यदि तिमीहरूले साँच्चै ममा विश्‍वास गरेका भए, कसरी तिमीहरू यस्तो हैरानीको अवस्थामा पुग्‍नेथियौ र? पातालमा कष्ट भोग्दै गरेको जस्तै तिमीहरूको अनुहारमा निराशा झल्किन्छ। तिमीहरूमा सजिवताको एक टुक्रा पनि छैन र तिमीहरू तिमीहरूका आन्तरिक आवाजको बारेमा कमजोर तवरले कुरा गर्छौ; तिमीहरू गुनासो र श्रापहरूले समेत भरिएका छौ। मैले गर्ने कामप्रति तिमीहरूले धेरै पहिले नै विश्‍वास गुमायौ र तिमीहरूको मूल विश्‍वास समेत हराएको छ, यसैले तिमीहरूले कसरी अन्तिमसम्म पछ्याउन सक्छौ र? यसो भएको हुनाले, तिमीहरू कसरी मुक्त हुन सकौला?

मेरो काम तिमीहरूका लागि धेरै उपयोगी भए पनि, मेरा वचनहरू सधैँ तिमीहरूमा हराउँछन् र तिमीहरूमा केही पनि आउँदैन। मद्वारा सिद्ध पारिने लक्षित थोकहरू प्राप्त गर्न गाह्रो छ, र आज मैले तिमीहरूमा लगभग आशा गुमाइसकेको छु। मैले तिमीहरूको माझमा धेरै वर्षदेखि खोज्दै आएको छु, तर मेरो विश्‍वासयोग्य हुन सक्ने कसैलाई भेट्टाउन गाह्रो छ। मलाई यस्तो लाग्छ कि मसित तिमीहरूका बीचमा काम जारी राख्ने कुनै आत्मविश्‍वास छैन, र तिमीहरूलाई प्रेम गरिरहने कुनै प्रेम पनि छैन। किनकि म धेरै पहिले नै तिमीहरूका “उपलब्धिहरू” देखि विरक्त भएको छु, किनकि ती अति तुच्छ र दयनीय छन्; यस्तो देखिन्छ कि मैले तिमीहरूको बीचमा कहिल्यै पनि बोलेको छैनँ र कहिल्यै पनि तिमीहरूमा काम गरेको छैनँ। तिमीहरूका उपलब्धिहरू अति घिनलाग्दा छन्। तिमीहरूले सधैँ आफैमाथि विनाश र सर्म ल्याउँछौ, र तिमीहरूको लगभग कुनै मूल्य छैन। म मुस्किलले तिमीहरूमा एउटा मानिसको स्वरूप पाउँछु, न त मानिसको चिन्‍हको गन्ध नै पाउन सक्छु। तिमीहरूको ताजा सुगन्ध कहाँ छ? तिमीहरूले धेरै वर्षसम्म चुकाएको मूल्य कहाँ छ, र परिणामहरू कहाँ छन्? के तिमीहरूले कहिले कुनै परिणाम पाएका छौ? अब मेरो कामको नयाँ सुरुआत छ, एक नयाँ थालनी भएको छ। म ठूला योजनाहरू पूरा गर्न जाँदैछु र म अझै ठूला कामहरू पूरा गर्न चाहन्छु, तापनि तिमीहरू पहिलेजस्तै अझै पनि हिलोमा लडीबुडी गर्दैछौ, विगतको फोहोर पानीमा बसिरहेका छौ, र आफैलाई तिमीहरूको सुरुको अप्ठ्यारो अवस्थाबाट छुटाउन लगभग असफल भएका छौ। त्यसकारण, तिमीहरूले अझै पनि मेरो वचनबाट केही प्राप्त गरेका छैनौ। तिमीहरूले अझै पनि आफूलाई आफ्नो सुरुको हिलोको फोहोर ठाउँ र फोहोर पानीबाट छुटाउन सकेका छैनौ, र तिमीहरू मेरा वचनहरू मात्र जान्दछौ, तर वास्तवमा तिमीहरू मेरा वचनहरूको स्वतन्त्रताको क्षेत्रमा प्रवेश गरेका छैनौ, त्यसैले मेरा वचनहरू तिमीहरूका निम्ति कहिल्यै पनि खोलिएको छैन; ती हजारौं वर्षसम्म बन्द गरी राखिएको अगमवाणीको पुस्तक जस्तै छन्। म तिमीहरूका जीवनमा देखा पर्छु, तर तिमीहरू सधैँ यसबारे अनजान रहन्छौ। तिमीहरू मलाई चिन्न समेत सक्दैनौ। मैले तिमीहरूलाई भनेका लगभग आधा जति वचनहरू तिमीहरूको न्यायका लागि हुन्, र तिनले जति प्रभाव प्राप्त गर्नुपर्छ त्यसको आधा जति मात्र प्राप्त गर्दछन्, जुन तिमीहरूभित्र गहिरो भय हालिदिनु हो। बाँकी आधा वचनहरू तिमीहरूलाई जीवनको बारेमा र कसरी व्यवहार गर्ने भनी सिकाउनलाई हो। तरै पनि यस्तो लाग्छ, कि जहाँसम्म तिमीहरूको प्रश्‍न छ, तिमीहरूका निम्ति यो वचनहरूको अस्तित्व नै छैन, वा यो यस्तो छ, कि तिमीहरूले बच्चाहरूको कुराहरू सुनेको जस्तै, तिमीहरूले सधैँ एक अस्पष्ट मुस्कान दिन्छौ, तर कहिल्यै पनि त्यस अनुसार कार्य गर्दैनौ। तिमीहरूले यी कुराहरूप्रति कहिल्यै पनि चासो देखाएका छैनौ; तिमीहरूले मुख्य रूपमा उत्सुकताको कारण मात्र मेरा कार्यहरू हेर्ने गरेका छौ, जसको परिणाम स्वरूप अहिले तिमीहरू अन्धकारमा परेका छौ र उज्यालोलाई देख्न सक्दैनौ, त्यसैले तिमीहरू अन्धकारमा दयालाग्दो प्रकारले विलाप गर्दछौ। मैले चाहेको चाहिँ तिमीहरूको आज्ञाकारिता हो, तिमीहरूको विनासर्तको आज्ञाकारिता, र त्योभन्दा अझ बढी, तिमीहरू मैले भनेका सबै कुरामा पूर्ण निश्चित होओ भन्ने म माग गर्दछु। तैंले उपेक्षा गर्ने व्यवहार अपनाउनु हुँदैन, र विशेष गरी मैले भनेका वचनहरूलाई तैंले चुनी-चुनी लिनु हुँदैन, न त मेरा वचनहरू र मेरो कामप्रति नै तँ उदासीन बन्‍नु पर्छ, जसो गर्ने तिमीहरूको बानी छ। मेरो काम तिमीहरूको बीचमा गरिन्छ र मैले मेरा धेरै वचनहरू तिमीहरूलाई प्रदान गरेको छु, तर यदि तिमीहरूले मसँग यस्तो व्यवहार गऱ्यौ भने तिमीहरूले प्राप्त नगरेका वा अभ्यास नगरेका कुराहरू म अन्यजाति परिवारहरूलाई मात्र दिन सक्छु। सृष्टि गरिएका सबै प्राणीमध्ये कुन चाहिँलाई मैले मेरो हातमा समातेको छैन? तिमीहरूमध्ये धेरै जना एक “परिपक्व वृद्ध उमेर” का छौ, र तँमा मसँग भएको यस प्रकारको काम स्वीकार गर्ने ऊर्जा छैन। तँ एउटा हनहाओ चरा[क] जस्तै छस्, मुस्किलले जिइरहेको छस्, र तैंले मेरा वचनहरूलाई कहिल्यै पनि गम्भीरतापूर्वक लिएको छैनस्। जवान मानिसहरू अति व्यर्थ र अति नै लिप्त छन् र मेरो काममा अझ थोरै मन लगाउँछन्। तिनीहरूलाई मेरो भोजको स्वादिष्ठ भोजन खाने कुनै चासो छैन; तिनीहरू एउटा सानो चराजस्तै हुन् जसले आफ्नो पिञ्जराबाट निस्केर टाढा उडेर जाने साहस गरेको छ। यस्ता जवान र वृद्ध मानिसहरू मेरो लागि कसरी उपयोगी हुन सक्छन्? धेरै उमेर पुगेका मानिसहरू आफू मरेपछि तिनीहरूका आत्मा स्वर्गमा जान सकोस् भनी तिनीहरू चिहानमा नपुगुञ्‍जेल मेरा वचनहरूलाई पेन्सनको रूपमा प्रयोग गर्न तयार छन्; तिनीहरूका निम्ति यति गर्नु नै पर्याप्त छ। यी वृद्ध मानिसहरू अहिले मनमा सधैँ “ठूला आकांक्षाहरू” र “अटल विश्‍वास” राख्छन्। तिनीहरूमा मेरो कामप्रति ठूलो धैर्य छ र वृद्ध व्यक्तिहरूमा हुनुपर्ने सोझो र अटल रहने गुण छ, जो कुनै व्यक्ति वा थोकद्वारा घिसारिँदैन वा पराजित हुँदैन वास्तवमा, तिनीहरू अभेद्य किल्लाजस्तै छन्—तर के यी मानिसहरूको विश्‍वास अन्धविश्‍वासको रोगको पर्दामा लुकेको हुँदैन र? तिनीहरूको मार्ग कहाँ छ? तिनीहरूका लागि, के तिनीहरूको मार्ग धेरै लामो, धेरै टाढा छैन र? तिनीहरूले मेरो इच्छालाई कसरी जान्न सक्छन्? तिनीहरूका आत्मविश्‍वास प्रशंसनीय छ भने पनि, यी वृद्धहरूमध्ये कति जनाले अलमल्ल नपरी पछ्याउनुको सट्टा, वास्तवमा जीवनको खोजी गरिरहेका छन्? कति जनाले साँच्चै मेरो कामको वास्तविक महत्त्वलाई बुझ्दछन्? आज संसारमा मलाई पछ्याउनेहरूमा निकट भविष्यमा पातालमा फालिनु नपरोस् तर मद्वारा अर्को राज्यमा लगिओस् भन्ने उद्देश्य कसको छैन र? के तिमीहरूको गन्तव्य यति साधारण कुरा हो भन्‍ने तिमीहरूलाई लाग्छ? तिमी जवान मानिसहरू सबै जवान सिंहहरू जस्ता भए पनि, तिमीहरूको हृदयमा साँचो मार्ग थोरै छ। तिमीहरूको जवानीले तिमीहरूलाई मेरो धेरै कामको हकदार बनाउँदैन; यसको विपरीत, तैँले सधैँ तँप्रतिको मेरो घृणालाई जगाउँछस्। तिमीहरू जवान भए पनि तिमीहरूमा शक्तिको वा महत्वाकांक्षाको कमी छ, र तिमीहरू आफ्नो भविष्यको बारेमा सधैँ वचनबद्ध छैनौ; मानौं तिमीहरू उदासीन र चिन्ताग्रस्त छौ। यो भन्न सकिन्छ कि जवानहरूमा जुन शक्ति-जीवन, आदर्शहरू र दृढ दृष्टिकोण लिने प्रवृत्ति हुन्छ त्यो तिमीहरूमा एउटै पनि पाउन सकिँदैन; तँ यस प्रकारको जवान व्यक्ति कुनै दृष्टिकोणविनाको छस् र तँमा सही र गलत, असल र खराब, सौन्दर्य र कुरूपता बीच भिन्नता छुट्ट्याउने कुनै क्षमता छैन। तिमीहरूमा कुनै पनि ताजा तत्त्वहरू भेट्टाउन असम्भव छ। तिमीहरू लगभग पूर्णरूपमा पुरानो विचार-धारा भएका हौ, र तिमीहरू जस्तो जवान मानिसले भिडलाई पछ्याउन, विवेकहीन हुन पनि सिकेका छौ। तिमीहरूले कहिल्यै पनि सही र गलत स्पष्ट रूपमा छुट्ट्याउन सक्दैनौ, सत्य र झूटो बीचको भिन्नता छुट्ट्याउन सक्दैनौ, कहिल्यै उत्कृष्टताका लागि प्रयास गर्न सक्दैनौ, न त तिमीहरू सही के हो र के गलत, सत्य के हो र कपट के हो भनी भन्न नै सक्छौ। वृद्ध मानिसहरूमा भन्दा तिमीहरूमा धर्मको अझ कडा दुर्गन्ध छ। तँ अहङ्कारी र विवेकहीन समेत छस्, तँ प्रतिस्पर्धी छस्, र आक्रमकताप्रतिको तेरो रुचि धेरै बलियो छ—यस किसिमको जवान व्यक्तिमा सत्यता कसरी हुन सक्छ? दृढ दृष्टिकोण नभएको कुनै व्यक्तिले कसरी साक्षी दिन सक्छ? सही र गलत छुट्याउने क्षमता नभएको कुनै व्यक्तिलाई कसरी एक जवान मानिस भन्न सकिन्छ? जोसँग जोस, उत्साह, फुर्तिलोपन, शान्तपन र एक जवान मानिसमा हुनुपर्ने स्थिरता हुँदैन उसलाई कसरी मेरो अनुयायी भनेर भन्न सकिन्छ? जोसँग सत्यता छैन, न्यायको समझ छैन, तर जो खेल्न र झगडा गर्न मन पराउँछ, ऊ कसरी मेरो साक्षी हुन योग्यको हुन सक्छ? जवान मानिसहरूसँग अरूप्रति कपट र पूर्वाग्रहपूर्ण नजरहरू हुनुहुँदैन र जवान मानिसहरूले विनाशकारी, घृणित कामहरू गर्नुहुँदैन। तिनीहरू विचार, आकांक्षाहरू र आफैलाई अझ असल बनाउने उत्साही चाहना विहीन हुनुहुँदैन; तिनीहरू आफ्ना सम्भावनाहरूको बारेमा निराश बन्‍नु हुँदैन, न त तिनीहरूले जीवनको आशा वा भविष्यको आत्मविश्‍वास नै गुमाउनुपर्छ; तिनीहरूमा तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने धैर्य हुनुपर्छ—तिनीहरूको सम्पूर्ण जीवन मेरो निम्ति खर्च गर्ने तिनीहरूको इच्छालाई महसुस गर्न। तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले ढोँगीपन र अधर्म नै लुकाउनु हुन्छ—तिनीहरू उचित अडानमा बलियोसँग खडा हुनुपर्छ। तिनीहरू त्यतिकै बहकिनु हुँदैन, तर न्याय तथा सत्यताको निम्ति बलिदानहरू गर्ने र संघर्ष गर्न साहस गर्ने आत्मा तिनीहरूमा हुनुपर्छ। अन्धकारका शक्तिहरूको थिचोमिचोको शिकार नहुने र आफ्‍नो अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस जवान मानिसहरूमा हुनुपर्छ। जवान मानिसहरूले विपत्तिहरूप्रति आत्मसमर्पण गर्नुहुँदैन तर आफ्‍ना दाजुभाइ दिदीबहिनीहरूप्रति क्षमाको आत्मा सहित खुला र स्पष्ट हुनुपर्छ। अवश्य, हरेकका निम्ति यी मेरा सर्तहरू र हरेकका निम्ति मेरा सल्लाहहरू हुन्। तर यसका अतिरिक्त, सबै जवान मानिसहरूका निम्ति यी मेरा सुखदायक वचनहरू हुन्। तिमीहरूले मेरा वचनअनुसार अभ्यास गर्नुपर्छ। विशेष रूपमा, जवान मानिसहरू विवादहरू सुल्झाउने र न्याय तथा सत्यताको खोजी गर्ने संकल्‍परहित हुनुहुँदैन। तिमीहरूले सबै सुन्दर र असल कुराहरूको खोजी गर्नुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। तिमीहरू आफ्नो जीवनप्रति उत्तरदायी बन्‍‍नुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन। मानिसहरू पृथ्वीमा आउँछन् र मसँग जम्काभेट हुनु दुर्लभ कुरा हो, अनि सत्यताको खोजी गर्ने र त्यसलाई प्राप्त गर्ने अवसर प्राप्त गर्नु पनि दुर्लभ कुरा हो। यस सुन्दर समयलाई तिमीहरू यस जीवनमा खोजी गर्नुपर्ने सही मार्गको रूपमा किन महत्त्व दिँदैनौ? अनि सत्यता र न्यायलाई तिमीहरू किन सधैँ यति धेरै उपेक्षा गर्छौ? मानिसहरूसँग खेलबाड गर्ने त्यस अधर्म र त्यस घिनलाग्दो कुराको निम्ति किन तिमीहरू आफैलाई कुल्चँदैछौ र नष्ट गर्दैछौ? अनि तिमीहरू किन अधर्मीहरूले गर्ने काममा संलग्‍न हुने वृद्ध मानिसहरू जस्तो अभिनय गर्छौ? तिमीहरू किन पुराना कुराहरूका पुराना तरिकाहरूको नक्कल गर्छौ? तिमीहरूका जीवन न्याय, सत्यता र पवित्रताले भरिपूर्ण हुनुपर्छ; तिमीहरूको जीवन यस्तो युवा उमेरमा नै तिमीहरूलाई पातालमा डोर्‍याउने गरी यति भ्रष्ट हुनुहुँदैन। के यो भयानक दुर्भाग्य हुनेछ भन्‍ने तिमीहरूलाई महसुस हुँदैन? के यो डरलाग्दो अन्याय हुनेछ भन्‍ने तिमीहरूलाई महसुस हुँदैन?

तिमीहरू सबैले आफ्ना सर्वथा सिद्ध काम गर्नुपर्छ र तिमीहरूले मलाई सुम्पन परम, अद्वितीय बलिदान बनाएर त्यसलाई मेरो वेदीमा बलिदान गर्नुपर्छ। तिमीहरू सबै आफ्ना दृष्टिकोणमा बलियो गरी खडा हुनुपर्छ र आकाशका बादलहरू जस्तै हरेक मन्द हावासँगै उड्ने हुनु हुँदैन। तिमीहरूले आफ्नो आधा जीवनसम्म कठिन परिश्रम गर्छौ, यसैले तिमीहरूले किन आफूले पाउनुपर्ने लक्ष्यको खोजी नगर्ने? तिमीहरू आधा जीवनसम्म परिश्रम गर्छौ, तथापि तिमीहरू सुँगुर र कुकुर जस्ता तिमीहरूका अभिभावकहरूलाई सत्यता र तिमीहरूको महत्त्वपूर्ण व्यक्तिगत अस्तित्वलाई चिहानमा तान्‍न दिन्छौ। यो तेरा विरुद्धको ठूलो अन्याय हो भन्‍ने तँलाई लाग्दैन? के तँलाई यस तरिकाले जीवन जिउनु अत्यन्तै व्यर्थ हो भन्‍ने महसुस हुँदैन? यस तरिकाले सत्यता र सही मार्गको खोजी गर्नाले समस्याहरू पैदा हुन्छन् जसको कारण छिमेकीहरूले असहज महसुस गर्छन् र सम्पूर्ण परिवार दुःखी हुन्छ अनि यसले घातक प्रकोपहरूतर्फ डोर्‍याउँछ। यदि तँ यसरी जिउँछस् भने, के यो सबैभन्दा व्यर्थ जीवन होइन र? कसको जीवन तेरोभन्दा भाग्यशाली हुन सक्छ र कसको जीवन तेरोभन्दा हास्यास्पद हुन सक्छ? के तँ मेरो आनन्द र तेरो निम्ति सान्त्वनाका वचनहरू प्राप्त गर्न नै मेरो खोजी गर्दैनस् र? तर तँ आधा जीवन यताउता दौडेपछि, म रिसले चूर नहोउञ्‍जेलसम्‍म र तेरो वास्ता नराखुञ्‍जेल वा तेरो प्रशंसा नगरुञ्‍जेलसम्‍म मलाई क्रोधित तुल्याउँछस्—के यसको अर्थ तेरो सम्पूर्ण जीवन व्यर्थमा गएको छ भन्‍ने हुँदैन र? शुद्ध हुने स्थानबाट मुक्त पारिएका युगौं-युगका ती सन्तहरूका आत्माहरूलाई हेर्न जाने धृष्टता तैँले कसरी गर्न सक्छस्? तँ मप्रति उदासीन छस् र अन्तमा तैँले घातक विपत्ति पैदा गर्छस्—यस मौकाको फाइदा लिनु र विशाल समुद्र वारपार आनन्दमय यात्रा गर्नु र त्यसपछि मेरो “सुम्पिएको कार्य” पालन गर्नु नै असल हुने थियो। मैले तँलाई धेरै पहिले भनेको थिएँ, तँ जस्तो उदासीन तापनि अलग हुन अनिच्छुक व्यक्तिलाई, मैले सृजना गरेका छालहरूले विलय गर्नेछ र निल्‍नेछ। के तिमीहरूले साँच्चै आफैलाई सुरक्षा दिन सक्छौ? तेरो अहिलेको खोजले तँ सिद्ध छस् भन्‍ने कुरालाई सुनिश्‍चित गर्नेछ भन्‍ने कुरामा तँ साँच्‍चै पक्‍का छस्? के तेरो हृदय धेरै कठोर छैन र? यस किसिमको पछ्याइ, यस किसिमको खोज, यस किसिमको जीवन र यस किसिमको चरित्र—यसले कसरी मेरो स्याबासी प्राप्त गर्न सक्थ्यो?

फूटनोट:

क. हनहाओ चराको कथा एसोपको कमिला र फटेंग्राको कथासँग मिल्दोजुल्दो छ। हनहाओ चरा आफ्नो छिमेकी नीलकण्ठ चराबाट बारम्बार चेताउनीहरू पाए पनि न्यानो मौसम हुँदा गुँड बनाउनुको सट्टा सुत्नु रुचाउँछ। जब हिउँद आउँछ, त्यो चरा चिसोले कठाङ्ग्रिएर मर्छ।

अघिल्लो: तेह्र पत्रहरूमा तँ कहाँ खडा हुन्छस्?

अर्को: तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ

छ हजार वर्षभन्दा लामो अवधिमा गरिएको कामको सम्पूर्णता फरक-फरक युग आउने र जाने क्रममा परिवर्तन भएको छ। यो कार्यको परिवर्तन संसारको समग्र...

परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरको पवित्रता (१)हाम्रो अन्तिम भेलामा हामीले परमेश्‍वरको अख्तियारको बारेमा थप सङ्‍गति गरेका थियौं। अहिले चाहिँ हामी परमेश्‍वरको...

अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

आखिरी दिनहरूमा, परमेश्‍वर आफूले गर्नुपर्ने काम गर्न र उहाँको वचनको सेवकाइ गर्नका लागि देह बन्नुभयो। उहाँको हृदयअनुसारका मानिसहरूलाई सिद्ध...

परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्‍वरका...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्