अध्याय ४

एक पलदेखि अर्को पल, आत्मामा शान्त भएर अनि शुद्ध हृदयले खोजी गर्दै, हामी हेरिरहेका र पर्खिरहेका हुनेछौं। हामीमाथि जे आइपरे पनि, हामी अन्धाधुन्ध सङ्गतिमा संलग्न हुनु हुँदैन। हामी परमेश्‍वरको सामु मौन बस्नु मात्रै आवश्यक छ र उहाँसित निरन्तर सङ्गतिमा रहनुपर्छ, र त्यसपछि निश्चय नै उहाँका अभिप्रायहरू हामीलाई प्रकट गरिनेछ। आत्माभित्र, हामी हरसमय फरक छुट्ट्याउन तयार हुनुपर्दछ, र हामीमा उत्सुक र अटल आत्मा हुनै पर्दछ। हामीले परमेश्‍वरको सामु जीवित पानीबाट लिनुपर्छ, जुन पानीले हाम्रो तिर्खाएको आत्मालाई पोषण दिन्छ र भर्दछ। हामी आफूलाई शैतानको स्वभावबाट शुद्ध पार्न कुनै पनि समय तयार हुनुपर्दछ, जुन स्वधर्मीपन, अहङ्कार, घमण्ड र आत्म-सन्तुष्टि हो। हामीले परमेश्‍वरको वचनलाई ग्रहण गर्न आफ्ना हृदयहरू खोल्नुपर्छ, र उहाँको वचनमा आधारित कार्य गर्नुपर्दछ। हामीले उहाँको वचनको अनुभव गर्नुपर्दछ र उहाँको वचनको बारेमा निश्चित हुनुपर्दछ र उहाँको वचनलाई हाम्रो जीवन बन्‍न दिँदै, उहाँको वचनको ज्ञान प्राप्त गर्नुपर्दछ। यो स्वर्गबाट पठाइएको हाम्रो बोलावट हो! जब हामी परमेश्‍वरको वचनद्वारा जिउँछौं, तब मात्र हामी विजयी बन्न सक्छौं!

अब हाम्रा धारणाहरू धेरै विचारणीय छन्, र हामी लापरवाहीसाथ बोल्छौं र सोचविचार नगरी काम गर्दछौं, आत्माअनुसार काम गर्न असमर्थ बन्छौं। आज त्यस्तो छैन जस्तो यो विगतमा थियो। पवित्र आत्माको काम अत्यन्तै द्रुत गतिमा अगाडि बढ्छ। हामीले परमेश्‍वरको वचनलाई पूर्ण रूपमा अनुभव गर्नुपर्दछ; हरेक धारणा र विचार, हरेक गतिविधि र प्रतिक्रियालाई आफ्नो हृदयमा स्पष्ट रूपमा चिन्न हामी सक्षम हुनुपर्छ। हामीले कसैको मुखको सामुन्ने वा उनीहरूका पिठ्यूँ पछाडि गरेको कुनै पनि काम ख्रीष्टको न्याय-आसनको सामुबाट उम्कन सक्दैन। पवित्र आत्मा हामीलाई गहिरो अनुभवको क्षेत्रमा डोर्याउने प्रक्रियामा हुनुहुन्छ, जहाँ हामी सर्वशक्तिमानको बारेमा निश्चित हुनका लागि अझ नजिक हुनेछौं।

ब्रह्माण्डका परमेश्‍वरले हाम्रो आत्मिक आँखा खोलिदिनुभएको छ, र आत्मामा हुने रहस्यहरू हामीलाई निरन्तर प्रकट गरिँदैछ। शुद्ध हृदयले खोजी गर! मूल्य चुकाउन तयार होऊ, एकतामा अगाडि बढ, आफूलाई इन्कार गर्न तयार होऊ, अब उप्रान्त लोभी नहोऊ, पवित्र आत्मालाई पछ्याऊ र परमेश्‍वरको वचनको आनन्द लेऊ, त्यसपछि सम्पूर्ण विश्‍वव्यापी नयाँ मानिस देखा पर्नेछ। त्यो समय नजिकै छ, जब शैतानले अन्त्यको सामना गर्नेछ, परमेश्‍वरको इच्छा पूरा हुनेछ, संसारका सबै राष्ट्र जातिहरू ख्रीष्टको राज्य हुनेछन्, र ख्रीष्टले पृथ्वीमा राजाको रूपमा सदासर्वदा राज्य गर्नुहुनेछ!

अघिल्लो: अध्याय ३

अर्को: अध्याय ५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्