मार्ग … (६)

परमेश्‍वरको कामको कारणले गर्दा हामीलाई आजको दिनमा ल्याइएको छ, र यसरी हामी परमेश्‍वरको व्यवस्थापन योजनामा बाँचेका छौं। आज हामी बाँचेका छौं भन्‍ने कुरा परमेश्‍वरले हामीलाई महान् रूपमा उचाल्‍नुभएको कुरा हो, किनकि परमेश्‍वरको योजनाअनुसार, त्यो ठूलो रातो अजिङ्गरको देश नष्ट हुनुपर्दछ। तर मलाई लाग्छ कि सायद उहाँले अर्को योजना स्थापित गर्नुभएको छ, वा उहाँले आफ्नो कामको अर्को भाग गर्न चाहनुहुन्छ, त्यसैले आज पनि म यसलाई स्पष्टसँग वर्णन गर्न सक्दिनँ—यो समाधान गर्नै नसकिने पहेलीजस्तै छ। तर समग्रमा, हाम्रो यो समूहलाई परमेश्‍वरले पहिल्यै निर्धारित गरिसक्नुभएको छ, र म यो विश्‍वास गरिरहन्छु कि हामीमा परमेश्‍वरले अर्को काम गर्नुहुन्छ। हामी सबैले स्वर्गलाई यसरी बिन्ती गर्न सकौं: “तपाईंको इच्छा पूरा होस्, र तपाईं एक चोटि फेरि हामीकहाँ देखा पर्नुहोस् र आफैलाई नलुकाउनुहोस्, यसैले कि हामीले तपाईंको महिमा र तपाईंको चेहरा अझ स्पष्ट रूपमा देख्न सकौं।” ममा निरन्तर यो विचार आउँछ कि परमेश्‍वरले हामीलाई डोऱ्याउनुहुने मार्ग सिधा छैन, तर खाल्डा-खुल्डीले भरिएको घुमाउरो बाटो हो; यसबाहेक, परमेश्‍वर भन्नुहुन्छ, कि मार्ग जति धेरै ढुङ्गेनी हुन्छ, त्यत्ति नै बढी त्यसले हाम्रो प्रेमिलो हृदयहरूलाई प्रकट गर्न सक्छ। तर हामीमध्ये कसैले पनि त्यस्तो बाटो खोल्न सक्दैनौं। मेरो अनुभवमा, म धेरै ढुङ्गेनी, धोकेबाज मार्गहरू हिँडेको छु र मैले ठूलो यातना भोगेको छु; कहिलेकहीँ म शोकले यति धेरै ग्रस्त भएको छु कि म रुन चाहन्थें, तर म आजको दिनसम्म यो मार्गमा हिँडेको छु। म विश्‍वास गर्दछु कि यो परमेश्‍वरले डोऱ्याउनुभएको बाटो हो, त्यसैले म सबै दुःखको यातना सहन्छु र अगाडि बढिरहन्छु। किनकि परमेश्‍वरले ठहराउनुभएको यही हो, त्यसकारण त्यसबाट को उम्कन सक्छ र? म कुनै आशिष् पाऊँ भनी माग्दिनँ; म केवल यति मात्र बिन्ती गर्दछु कि मैले जुन बाटोमा हिँड्नुपर्छ त्यसमा म परमेश्‍वरको इच्छाअनुसार हिँड्न सकूँ। म अरूले हिँडेको बाटो हिँड्दै अरूको अनुकरण गर्न खोज्दिनँ; म यति मात्रै चाहन्छु कि, मेरो तोकिएको मार्गमा हिँडेर मैले मेरो भक्तिसाथ पूर्ण रूपमा पूरा गर्न सकूँ। म अरूबाट सहायता माग्दिनँ; स्पष्ट भन्नुपर्दा, म पनि कसैलाई सहायता गर्न सक्दिनँ; यस्तो लाग्छ कि यस विषयमा म अत्यन्तै संवेदनशील छु। अरूले के सोच्छन् मलाई थाहा छैन। किनकि म सधैँ यो विश्‍वास गर्छु, कि एक व्यक्तिले जति दुःख भोग्नुपर्छ र उनीहरूले आफ्नो मार्गमा जति दूरी हिँड्नु पर्ने हुन्छ त्यो परमेश्‍वरद्वारा तोकिएको हुन्छ, र कसैले पनि अरू कसैलाई वास्तवमा सहायता गर्न सक्दैन। हाम्रा केही जोसिला भाइ-बहिनीहरूले मलाई म प्रेम विहीन छु भनी भन्न सक्छन्, तर यो मैले विश्‍वास गरेको कुरा मात्रै हो। मानिसहरू परमेश्‍वरको अगुवाइमा भर परेर तिनीहरूका मार्गमा हिँड्छन् र म विश्‍वास गर्छु, कि मेरा अधिकांश भाइ-बहिनीहरूले मेरो हृदयलाई बुझ्नेछन्। म यो पनि आशा गर्दछु, कि यस विषयमा परमेश्‍वरले हामीलाई अझ बढी ज्ञान प्रदान गर्नुहुन्छ, यसरी हाम्रो प्रेम अझ बढी शुद्ध हुन सक्दछ र हाम्रो मित्रता अझ अनमोल बन्छ। हामी यस विषयमा अलमल्ल नपरौं, तर अझ बढी स्पष्टता प्राप्त गर्न सकौं, यसरी पारस्परिक सम्बन्धहरू परमेश्‍वरको नेतृत्वको जगमा निर्माण हुन सकून्।

परमेश्‍वरले चीनको मुख्य भूमिमा धेरै वर्षदेखि काम गर्नुभएको छ, आज हामी जहाँ छौं त्यहाँसम्म हामीलाई ल्याउनका निम्ति उहाँले सबै मानिसहरूमा ठूलो मूल्य चुकाउनुभएको छ। मलाई लाग्छ, सबैलाई सही मार्गमा डोऱ्याउनका लागि यो कार्य त्यहाँ सुरु हुनैपर्छ जहाँ सबै जना कमजोर छन्; तब मात्र तिनीहरूले पहिलो बाधा पार गरेर निरन्तर अगाडि बढ्न सक्छन्। के यो अझ राम्रो हुँदैन? हजारौं वर्षदेखिको भ्रष्ट चिनियाँ राष्ट्र आजसम्म जीवित रहेको छ, हरकिसिमका “भाइरस” निरन्तर अगाडि बढिरहेका छन्, जताततै महामारी फैलाउँदैछ; मानिसहरू भित्र कति वटा “कीटाणुहरू” लुकेर बसेको छ भनी बुझ्न मानिसहरूका सम्बन्धहरूलाई हेर्नु नै पर्याप्त छ। यस्तो कसिएको बन्द र भाइरसले सङ्क्रमित क्षेत्रमा परमेश्‍वरलाई उहाँको काम अगाडि बढाउन अत्यन्तै गाह्रो हुन्छ। मानिसहरूका व्यक्तित्व, बानीहरू, तिनीहरूले काम गर्ने विभिन्न तरिकाहरू, तिनीहरूले आफ्नो जीवनमा व्यक्त गर्ने सबै कुरा र तिनीहरूको पारस्परिक सम्बन्ध—ती सबै झुत्रो भएका छन्, यहाँसम्म कि मानिसको ज्ञान र संस्कृतिहरू सबैलाई परमेश्‍वरले मृत्युको दोषी ठहराउनुभएको छ। तिनीहरूले आफ्ना परिवारहरू र समाजबाट सिकेका विभिन्न अनुभवहरूको त झन् के कुरा गर्नु—यी सबैलाई परमेश्‍वरको नजरमा दोषी ठहराइएको छ। किनभने यो देशमा बस्नेहरूले अति धेरै भाइरसहरू खाइसकेका छन्। यो तिनीहरूका लागि सामान्य व्यापार जस्तै हो, तिनीहरू यसबारे केही सोच्दैनन्। यसकारण, मानिसहरू एक ठाउँमा जति भ्रष्ट हुन्छन्, तिनीहरूको पारस्परिक सम्बन्धहरू त्यति नै असामान्य हुन्छन्। मानिसहरूका सम्बन्धहरू षड्यन्त्रले भरिएका छन्, तिनीहरूले एक-अर्काको विरुद्धमा षड्यन्त्र रच्छन् र भूतात्माहरूको नरभक्षी किल्लामा जस्तो एक-अर्काको हत्या गर्छन्। भूतात्माहरू अनियन्त्रित भएर दगुर्ने यस्तो आतङ्कले भरिएको ठाउँमा परमेश्‍वरको काम पूरा गर्नु अत्यन्त गाह्रो हुन्छ। मैले मानिसहरूलाई भेट्नु पर्दा म निरन्तर परमेश्‍वरसँग बिन्ती गर्दछु, किनकि म तिनीहरूसँग भेट्दा डराउँछु, र मेरो स्वभावको कारण तिनीहरूको “मर्यादा” मा चोट पुऱ्याउँछु कि भनी डराउँछु। यी अशुद्ध आत्माहरूले लापरवाही साथ काम गर्लान् भनी म मेरो हृदयमा सधैँ डराउँछु, त्यसैले म परमेश्‍वरले मलाई रक्षा गर्नुभएको होस् भनी जहिले पनि प्रार्थना गर्दछु। हरप्रकारको असामान्य सम्बन्ध हामीबीच स्पष्ट छ, र यी सबै देखेर मेरो हृदयमा घृणा उत्पन्‍न भएको छ, किनकि मानिसहरू सधैँ आफ्नै माझमा मानिसहरूको को “व्यापार” गर्न व्यस्त छन्, र परमेश्‍वरको बारेमा कुनै विचार गर्दैनन्। म तिनीहरूका व्यवहारलाई अत्यन्तै घृणा गर्छु। चीनको मुख्य भूमिका मानिसहरूमा भ्रष्ट शैतानी स्वभावबाहेक अरू केही पनि देखिँदैन, त्यसैले यी मानिसहरूमा गरिने परमेश्‍वरको काममा तिनीहरूभित्र कुनै पनि उचित कुरा पाउनु लगभग असम्भव छ; सबै काम पवित्र आत्माले गर्नुहुन्छ, र पवित्र आत्माले मात्र मानिसहरूलाई अझै बढी उत्प्रेरित गर्नुहुन्छ र तिनीहरूमा काम गर्नुहुन्छ। ती मानिसहरूलाई प्रयोग गर्न लगभग असम्भव छ; अर्थात्, मानिसहरूलाई उत्प्रेरित गर्ने पवित्र आत्माको काम मानिसहरूको सहकार्यमा गर्न सकिँदैन। मानिसहरूलाई उत्प्रेरित गर्न पवित्र आत्माले परिश्रम गर्नुहुन्छ, तर पनि मानिसहरू सुस्त र असंवेदनशील रहन्छन्, र परमेश्‍वरले के गरिरहनुभएको छ भनेर केही पनि बुझ्दैनन्। यसैले, चीनको मुख्य भूमिमा परमेश्‍वरले गर्नुहुने कामलाई उहाँले आकाश र पृथ्वी सृष्टि गर्नुभएको कामसँग तुलना गर्न सकिन्छ। उहाँले सबै मानिसहरूको नयाँ जन्म गराउनुहुन्छ, र तिनीहरूका विषयमा सबै कुरालाई परिवर्तन गर्नुहुन्छ, किनकि तिनीहरूभित्र केही पनि उपयोगी कुरा छैन। यो अत्यन्तै हृदय विदारक कुरा हो। म यी मानिसहरूका लागि प्रायजसो शोकमा प्रार्थना गर्दछु: “हे परमेश्‍वर, तपाईंको महान् शक्ति यी मानिसहरूमा प्रकट होस्, यसैले कि तपाईंका आत्माले तिनीहरूलाई धेरै हदसम्म उत्प्रेरित गर्न सकून् र यी सुस्त र बोधो बुद्धिका पीडितहरू ब्यूँझिन सकून्, फेरि सुस्त निद्रामा नपरून्, र तपाईंको महिमाको दिन देखून्।” हामी सबैले परमेश्‍वरको सामु यसो भनेर प्रार्थना गर्न सकौं: हे परमेश्‍वर! तपाईंले फेरि हामीलाई दया गर्नुहोस् र हामीलाई वास्ता गर्नुहोस्, यसैले कि हाम्रा हृदय पूर्ण रूपमा तपाईंतर्फ फर्किऊन्, र हामी यो फोहोर देशबाट उम्कन सकौं, खडा हुन सकौं, र तपाईंले हामीलाई सुम्पनुभएको कार्य पूरा गर्न सकौं। म आशा गर्छु, कि परमेश्‍वरले फेरि एक पटक हामीलाई उत्प्रेरित गर्नुहुनेछ, यसैले कि हामीले उहाँको ज्ञान प्राप्त गर्न सकौं, र मलाई आशा छ कि उहाँले हामीमाथि दया गर्नुहुनेछ जसको कारण हाम्रा हृदयहरू बिस्तारै उहाँतिर फर्कन सक्छ र उहाँले हामीलाई प्राप्त गर्न सक्नुहुन्छ। हामी सबैको चाहना यही हो।

हामीले हिँड्ने बाटो पूर्ण रूपमा परमेश्‍वरद्वारा ठहराएको हो। संक्षेपमा, म विश्‍वास गर्दछु कि म निश्चय नै आखिरीसम्म यस मार्गमा हिँड्नेछु, किनकि परमेश्‍वर सधैँ मलाई देखेर मुस्कुराउनुहुन्छ, र मानौं म सधैँ उहाँकै हातद्वारा डोऱ्याइएको छु। यसैले मेरो हृदय अरू कुनै थोकद्वारा दूषित छैन, र यसैले म सधैँ परमेश्‍वरको कार्यको बारेमा सोच्छु। परमेश्‍वरले मलाई आदेश दिनुभएका सबै काम म मेरो सम्पूर्ण शक्ति र भक्तिसाथ गर्दछु, र मलाई नअह्राइएका कामहरूमा म कहिल्यै पनि हस्तक्षेप गर्दिनँ, न त म अरूले गर्ने काममा आफूलाई संलग्न गर्छु—किनकि म विश्‍वास गर्दछु, कि प्रत्येक मानिस तिनीहरूको आ-आफ्नै बाटोमा हिँड्नुपर्छ, र अनुचित रूपले अरूको बाटोमा बलजफती प्रवेश गर्नु हुँदैन। म यसलाई यसरी नै हेर्छु। हुनसक्छ, यो मेरो आफ्नै व्यक्तित्वको उपज हो, तर म आशा गर्दछु कि मेरा भाइ-बहिनीहरूले मलाई बुझ्दछन् र मलाई क्षमा गर्दछन्, किनकि म कहिल्यै पनि मेरो पिताको आदेशको विरुद्ध जाने हिम्मत गर्दिनँ। म स्वर्गको इच्छालाई चुनौती दिने आँट गर्दिनँ। “स्वर्गको इच्छालाई चुनौती दिन सकिँदैन” भन्‍ने कुरालाई के तैँले भुलिस्? केही मानिसहरूले मलाई आत्म-केन्द्रित ठान्न सक्छन्, तर म विश्‍वास गर्दछु कि म विशेष गरी परमेश्‍वरको व्यवस्थापनको कामको एउटा भाग पूरा गर्न आएको हुँ। म पारस्परिक सम्बन्धहरूमा संलग्न हुन आएको होइनँ; म अरूसँग कसरी मिलेर बस्‍ने भनेर कहिल्यै पनि सिक्‍नेछैनँ। तापनि, परमेश्‍वरको आदेशमा, मसँग परमेश्‍वरको मार्गदर्शन छ, र मसँग यो काम पूरा भएको देख्ने विश्‍वास र दृढता छ। हुनसक्छ, म अति नै पनि “आत्म-केन्द्रित” भइरहेको छु, तर म आशा गर्दछु कि सबैले परमेश्‍वरको न्यायपूर्ण र निःस्वार्थ प्रेम आफै महसुस गर्नेछन्, र परमेश्‍वरसँग सहकार्य गर्ने कोसिस गर्नेछन्। परमेश्‍वरको महिमाको दोस्रो आगमनको लागि प्रतीक्षा नगर्; त्यसले कसैको फाइदा गर्दैन। म सधैँ सोच्छु कि हामीले यसमाथि विचार गर्नुपर्छ: “परमेश्‍वरलाई सन्तुष्ट पार्न सम्भव भएसम्म हामीले गर्नुपर्ने सबै कुरा गर्नुपर्दछ। परमेश्‍वरले हामी प्रत्येकलाई दिनुभएको आदेश फरक छ; हामीले यसलाई कसरी पूरा गर्नुपर्छ?” तँ कुन बाटो हिँड्नुपर्छ त्यो तैँले सही प्रकारले बुझ्नुपर्छ—यस विषयमा तँ स्पष्ट हुनु अति आवश्यक छ। तिमीहरू सबै परमेश्‍वर सन्तुष्ट पार्ने इच्छा गर्छौ, तब किन तिमीहरू आफैलाई उहाँमा सुम्पिँदैनौ? मैले पहिलो पटक परमेश्‍वरसँग प्रार्थना गर्दा मैले आफ्नो सारा हृदय उहाँलाई दिएँ। मेरा वरिपरिका मानिसहरू—आमाबुबा, दिदी-बहिनीहरू, दाजुभाइहरू र सहकर्मीहरू—तिनीहरू सबै मैले गरेको सङ्कल्पद्वारा मेरो मनको पछाडि धकेलिए, यस्तो लाग्थ्यो मानौं उनीहरू मेरो निम्ति कहिल्यै अस्तित्वमा थिएनन्। किनकि मेरो मन सधैँ परमेश्‍वरमा, वा परमेश्‍वरका वचनहरूमा, वा उहाँको बुद्धिमा लागिरहन्थ्यो; यी कुराहरू सधैँ मेरो हृदयमा थिए, र ती कुराहरूले मेरो हृदयमा अति अमूल्य स्थान लिएका थिए। यसैले, जिउने दर्शनहरूले भरिएका मानिसहरूका निम्ति म एक निष्ठुर र भावनाहीन व्यक्ति हुँ। मैले कसरी आफैलाई प्रस्तुत गर्छु, म कसरी कामहरू गर्छु त्यसद्वारा, साथै मेरो प्रत्येक गतिविधिद्वारा तिनीहरूको हृदयमा पीडा हुन्छ। तिनीहरू मलाई अनौठो प्रकारले हेर्छन्, मानौं कि म समाधान गर्नै नसकिने कुनै पहेली हुँ। तिनीहरूका मनमा, तिनीहरूले गोप्य रूपमा म कस्तो मानिस हुँ भनेर नापिरहेका छन्, म अब के गर्नेछु भनी बुझ्दैनन्। तिनीहरूले गर्ने कुनै पनि कुरा मेरो बाटोमा कसरी खडा हुन सक्छ? हुन सक्छ, तिनीहरू ईर्ष्यालु छन्, वा डराएका छन्, वा गिल्ला गर्दैछन्; जे भए पनि, धेरै भोक र तिर्खासहित म परमेश्‍वरको सामु बिन्ती रहिरहन्छु, मानौं एउटै संसारमा उहाँ र म मात्र छौं, र त्यहाँ अरू कोही छैन। बाहिरी संसारका शक्तिहरू सधैँ मेरो नजिकमा वरिपरि भेला हुन्छन्—तर परमेश्‍वरद्वारा उत्प्रेरित भावनाहरू पनि मभित्र त्यसरी नै प्रबल हुन्छन्। यस्तो दुबिधामा परेर म परमेश्‍वरको सामु निहुरन्छु: “हे परमेश्‍वर! म तपाईंको इच्छाप्रति कसरी अनिच्छुक हुन सक्छु? तपाईंका आँखाहरूले मलाई सम्मानितको रूपमा हेर्छन्, पिटेको सुन जस्तो हेर्छन्, तापनि म अन्धकारको शक्तिहरूबाट उम्कन असमर्थ छु। म मेरो सारा जीवनभरि तपाईंका लागि कष्ट भोग्छु, म तपाईंको कामलाई मेरो जीवनको पेशा बनाउनेछु, र म तपाईंसँग बिन्ती गर्दछु, मैले आफैलाई तपाईंको निम्ति अर्पित गर्न मलाई एउटा विश्राम गर्ने उचित ठाउँ दिनुहोस्। हे परमेश्‍वर! म आफैलाई तपाईंमा अर्पण गर्न चाहन्छु। तपाईं मानिसको कमजोरीलाई राम्रोसँग जान्नुहुन्छ, यसैले तपाईं किन आफूलाई मबाट लुकाउनुहुन्छ?” ठीक त्यतिखेर, मलाई म पहाडको लिली हुँ जस्तै लाग्यो, अनि बतासले त्यसको बास्ना जगाएको थियो, जसको बारेमा सबैलाई थाहा भएन। तापनि स्वर्ग रोयो, र मेरो हृदय रोइरह्यो; मेरो हृदयमा योभन्दा पनि अझ ठूलो पीडा छ जस्तो महसुस भयो। मानिसको सबै शक्ति र घेराबन्दी—ती सबै स्वच्छ दिनमा भएको मेघ गर्जन जस्तै थिए। कसले मेरो हृदय बुझ्न सक्छ? यसैले म फेरि एकचोटि परमेश्‍वरको सामु आएँ, र भनें, “हे परमेश्‍वर! के यो फोहोरको देशमा तपाईंको काम गर्ने कुनै अर्को उपाय छैन? यस्तो किन हुन्छ कि अरूले आरामदायी, सहायक, सतावट मुक्त वातावरणमा तपाईंको हृदयको बारेमा विचार गर्न सक्दैनन्? म मेरो पखेटा फैलाउन चाहन्छु, तापनि किन उडेर जानु यति गाह्रो छ? के तपाईं अनुमोदन गर्नुहुन्न?” म धेरै दिनसम्म यसका लागि रोएँ, तापनि मैले सधैँ परमेश्‍वरले मेरो दुःखी हृदयलाई सान्त्वना दिनुहुनेछ भनी विश्‍वास गरें। मेरो चिन्ता कहिल्यै कसैले पनि बुझेको छैन। सायद यो परमेश्‍वरबाटको प्रत्यक्ष दृष्टिकोण हो—उहाँको कामको लागि मभित्र सधैँ आगो हुने गर्थ्यो, र सास फेर्न समय पनि मुस्किलले पाउथें। आजको दिनमा पनि म प्रार्थना गर्छु र भन्छु, “हे परमेश्‍वर! यदि यो तपाईंको इच्छा हो भने, मलाई तपाईंको अझ ठूलो काम गर्न अगुवाइ गर्नुहोस्, ताकि यो ब्रह्माण्डभरि फैलिओस्, र यो सबै राष्ट्र र सम्प्रदायका लागि खुला होस्, यसरी मेरो हृदयमा थोरै शान्ति आओस्, र म तपाईंका लागि एउटा विश्रामको ठाउँमा बस्न सकूँ, र मैले बाधाविना तपाईंका लागि काम गर्न सकूँ, र मेरो जीवनभरि शान्तिको हृदय लिएर तपाईंको सेवा गर्न सकूँ।” यो मेरो हृदयको चाहना हो। हुन सक्छ, भाइ-बहिनीहरूले म घमन्डी र अहङ्कारी छु भनी भन्लान्; म पनि यो स्वीकार गर्दछु, किनकि यो सत्य हो—जवान मानिसहरू अहङ्कारी भएनन् भने केही पनि हुँदैनन्। यसैले म सत्यलाई उल्लङ्घन नगरी यो कस्तो छ भनी बताउँछु। ममा तिमीहरू जवान मानिसका सबै व्यक्तित्वका गुणहरू देख्न सक्छौ, तर तिमीहरू म अन्य जवानहरू भन्दा कसरी फरक छु भनेर पनि देख्न सक्छौ: मेरो शान्ति र मौनता। मैले यसलाई एउटा विषय बनाइरहेको छैनँ; म जान्दछु कि म आफैलाई जति चिन्‍छु, परमेश्‍वरले मलाई त्योभन्दा अझ राम्ररी चिन्नुहुन्छ। यी मेरो हृदयका शब्‍दहरू हुन्, र म आशा गर्दछु कि भाइ-बहिनीहरू दुःखी हुनेछैनन्। हामीले आफ्ना हृदयका कुराहरू बोल्न सकौं, हामीले हामी प्रत्येक कुन कुराको पछि लागेका छौं त्यो देख्‍न सकौं, परमेश्‍वरलाई प्रेम गर्ने हाम्रो हृदयलाई तुलना गरौं, हामीले परमेश्‍वरलाई सुस्तरी भन्‍ने कुराहरू सुनौं, हाम्रा हृदयका सबैभन्दा सुन्दर गीतहरू गाऔं, र हाम्रो हृदयमा घमन्ड छ भनी मुखले बोलौं, यसैले कि हाम्रो जीवन अझ सुन्दर बनोस्। विगतलाई भुल र अगाडि भविष्यतिर हेर। परमेश्‍वरले हाम्रा लागि एउटा मार्ग खोलिदिनुहुनेछ!

अघिल्लो: मार्ग … (५)

अर्को: मार्ग … (७)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्