अध्याय ७

हाम्रो वरपरका वातावरणहरूको उदयले हामीलाई आत्मामा शरण लिन हतार गराउँछ। पवित्र आत्मा चिन्तित छ कि छैन सो बेवास्ता गर्दै कठोर हृदयले कार्य नगर, र चतुर बन्ने कोसिस नगर। आत्मतृप्‍त र आत्मसन्तुष्ट नबन् वा आफ्ना कठिनाइहरूलाई धेरै नबढा। गर्नुपर्ने एकमात्र कुरा आत्मा र सत्यतामा परमेश्‍वरको आराधना गर्नु हो। तँ परमेश्‍वरका वचनहरूलाई पछाडि सार्न वा तिनीहरूप्रति बहिरो बन्न सक्दैनस्; तैँले ती वचनलाई ध्यान दिएर बुझ्नैपर्छ, प्रार्थना र वचन पाठ गर्ने कार्यलाई दोहोऱ्याउनैपर्छ, र वचनभित्रको जीवनलाई बुझ्नैपर्छ। तिनीहरूलाई राम्ररी पचाएर बुझ्नका लागि समय नदिई खाली सरसरती मात्र पढेर आफूलाई व्यर्थ नतुल्याओ। के तँ आफूले गर्ने सबै कुरामा परमेश्‍वरका वचनमाथि भरोसा गर्छस्? बच्चाले जस्तै घमण्डका साथ कुरा गर्ने अनि समस्यामा पर्दा सबै कुरा भताभुङ्ग पार्ने नगर्। तैँले हरेक दिन हरेक क्षण आफ्नो आत्माको अभ्यास गर्नैपर्छ; एक क्षण पनि खेर नफाल्। तँमा उत्सुक आत्मा हुनैपर्छ। तैँले जस्तोसुकै व्यक्ति, घटना, वा परिस्थितिको सामना गर्नु परे तापनि, यदि तँ परमेश्‍वरका अघि आइस् भने, तैँले पछ्याउनुपर्ने मार्ग अवश्य प्राप्त गर्नेछस्। तैँले दिनहुँ परमेश्‍वरका वचनहरूलाई खानैपर्छ र पिउनैपर्छ, लापरवाही नगरिकन तिनीहरूको अर्थ बुझ्ने प्रयास गर्नैपर्छ, थप कोसिस गर्नैपर्छ, विषयवस्तुको सार सूक्ष्म रूपले बुझ्नैपर्छ, तैँले परमेश्‍वरको इच्छाको गलत अर्थ नलगाउन सत्यतालाई पूर्ण रूपले बुझी आफूलाई सुसज्जित पार्नैपर्छ। तैँले आफ्नो अनुभवको दायरा फराकिलो पार्नैपर्छ र परमेश्‍वरका वचनहरू अनुभव गर्नमा ध्यान केन्द्रित गर्नैपर्छ। अनुभवको माध्यमबाट तँ परमेश्‍वरबारे अझ निश्चित हुन सक्‍नेछस्; अनुभवविना उहाँबारे निश्चित भएको दाबी गर्नु केवल खोक्रो शब्दहरूको पोको मात्र हो। हामी स्पष्ट हुनैपर्छ! जागृत हुनैपर्छ! अब सुस्त नबन; यदि तिमीहरूले कामकुरालाई असावधानीपूर्वक व्यवहार गर्छौ, प्रगतिको लागि प्रयास गर्दैनौ भने, तिमीहरू साँच्‍चिकै अन्धो हौ। तिमीहरूले पवित्र आत्माको कार्यमा ध्यान केन्द्रित गर्नैपर्छ, पवित्र आत्माको आवाजलाई ध्यान दिएर सुन्नैपर्छ, आफ्ना कानहरू परमेश्‍वरका वचनहरूको लागि खोल्नैपर्छ, तिमीहरूसँग बचेका समयको कदर गर्नैपर्छ, र चाहे जेसुकै भए पनि मूल्य चुकाउनैपर्छ। तिमीहरूसँग स्टील छ भने, त्यसको उचित प्रयोग गर—बलियो ब्लेड बनाउन प्रयोग गर; जुन कुरा महत्त्वपूर्ण छ त्यसलाई राम्ररी पक्र, र परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्ने कुरामा ध्यान देओ। यदि तिमीहरूले परमेश्‍वरका वचनहरूलाई छाडेका छौ भने, बाहिरी रूपमा जति नै राम्रो काम गरे पनि, त्यो कुनै कामको हुँदैन। केवल मुखले मात्र ठिक्क पार्ने कुरा परमेश्‍वरलाई स्वीकार्य हुँदैन; तिमीहरूको व्यवहार, स्वभाव, आचरण, विश्‍वास, साहस र अन्तर्दृष्टिबाट नै परिवर्तन आउनैपर्छ।

समय नजिकै छ! यस संसारका सबैभन्दा राम्रा चीजहरू पनि नष्ट हुनेछन्। जस्तोसुकै कठिनाइ वा खतराहरूले हामीलाई अत्त्याउन सक्दैनन्, न त हामी आकुलव्याकुल नै हुनेछौँ, चाहे आकाश नै किन नखसोस्। यस्तो प्रकारको दृढ सङ्कल्पविना तिमीहरू सजिलैसँग एक महान् व्यक्तित्व बन्न सक्दैनौ। कमजोर हृदय भएकाहरू र कायरतापूर्वक आफ्नो ज्यान जोगाउनेहरू परमेश्‍वरसामु उभिन योग्य छैनन्।

सर्वशक्तिमान्‌ परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ। हामी जतिसुकै अज्ञानी भए तापनि उहाँले हामीमाथि दया गर्नुहुनेछ, उहाँका हातहरूले हामीलाई पक्कै मुक्ति दिनेछन्, र उहाँले हामीलाई अझ पूर्ण बनाउनुहुनेछ। जबसम्म हाम्रो हृदयले परमेश्‍वरलाई साँच्चिकै चाहन्छ, जबसम्म हामीले नजिकबाट उहाँलाई पछ्याउँछौं र निराश हुँदैनौं, अनि जबसम्म हामी जोडतोडले खोजी गर्छौँ, तबसम्म उहाँले हामी कसैलाई पनि कुनै प्रकारको पक्षपातपूर्ण व्यवहार गर्नुहुनेछैन; हामीमा भएको अभावलाई उहाँले अवश्यै पूरा गरिदिनुहुनेछ र हामीलाई सन्तुष्ट पार्नुहुनेछ। यी सबै कुरा सर्वशक्तिमान्‌ परमेश्‍वरका अनुकम्पा हुन्।

यदि कोही घिचुवा र अल्छी छ भने उनीहरू खाली पेट भर्नकै लागि मात्र जीवन जिउँछन् र सबै कुराप्रति उदासीन हुन्छन् भने, उनीहरूलाई दुःखकष्टको नोक्सानीबाट जोगिन गाह्रो हुन्छ। सर्वशक्तिमान् परमेश्‍वरले सबै चीज र घटनामाथि प्रभुत्व गर्नुहुन्छ। जबसम्म हामी उहाँलाई हरबखत आफ्नो हृदयमा नियाल्छौं र उहाँसँगै आत्मा र सङ्गतिमा प्रवेश गर्दछौं, उहाँले हामीलाई हामीले खोजेका सबै चीज देखाउनुहुनेछ, र उहाँको इच्छा हामीलाई निश्चित रूपमा प्रकट गरिनेछ। तब हाम्रो हृदय आनन्दित र शान्त हुनेछ अनि पूर्ण स्पष्टताका साथ स्थिर पनि हुनेछ। उहाँका वचनहरूअनुरूप कार्य गर्न सक्षम हुनु महत्त्वपूर्ण छ। केवल उहाँको इच्छाअनुसार र उहाँको वचनमा निर्भर भई जीवन जिउन सक्नु वास्तवमै साँचो अनुभव हो।

यदि हामी परमेश्‍वरका वचनहरू बुझ्छौं भने मात्र उहाँका वचनहरूको सत्यता हामीमा र हाम्रो जीवनमा प्रवेश गर्न सक्नेछ। कुनै व्यावहारिक अनुभवविना तँ कसरी परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सक्छस्? यदि तैँले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा लिन सक्दैनस् भने, तेरो स्वभाव परिवर्तन हुन सक्नेछैन।

पवित्र आत्माको कार्य जोडतोडका साथ अगाडि बढिरहेको छ! यदि तिमीहरूले प्रशिक्षण प्राप्त गरेनौ र त्यसलाई ध्यानपूर्वक पालन गरेनौ भने, उहाँ अगाडि बढ्दै जानुहुँदा पवित्र आत्माको गतिसँगसँगै अगाडि बढ्न तिमीहरूलाई गाह्रो हुनेछ। छिटो गर र आमूल परिवर्तन ल्याओ, अन्यथा तिमीहरू शैतानको खुट्टाद्वारा कुल्चिइनेछौ अनि आगो र गन्धकको कुण्डमा पुग्‍नेछौ, जहाँबाट उम्कन सम्भव छैन। अब जाओ, र सक्दो खोजी गर्ने प्रयास गर, ताकि तिमीहरू नत्यागिऊन्।

अघिल्लो: अध्याय ६

अर्को: अध्याय ८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्