अध्याय ३९

हामी परमेश्‍वरका वचनहरूभन्दा बाहिर जाऔं र हाम्रो जीवनसँग सम्‍बन्धित विषयहरूका बारेमा थोरै कुरा गरौं, ताकि हाम्रो जीवन अझै फुलोस्, र हामी परमेश्‍वरले हामीबाट गर्नुभएका आशाहरूअनुसार जिउन सकौं। खास गरी, आजको दिनको आगमनसँगै—हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिने समय, र सजायको समयको आगमनसँगै—यसमा बृहत् परिदृश्यमा ध्यान दिन र “समग्र चासो” मा ध्यान केन्द्रित गर्न अझै बढी खाँचो छ। परमेश्‍वरको इच्‍छा यही हो, र सबै मानिसहरूले हासिल गर्नुपर्ने कुरा यही हो। हामीले कसरी स्वर्गका परमेश्‍वरको इच्‍छाको लागि आफैलाई अर्पण गर्न सक्दैनौं र? परमेश्‍वरले “सबै प्रकारका मानिसहरूलाई अङ्क प्रदान गर्नुहुन्छ, हरेक प्रकारको व्यक्तिमा फरक-फरक चिन्‍ह लगाउनुहुन्छ, ताकि तिनीहरूका पुर्खाहरूले तिनीहरूलाई तिनीहरूका परिवारहरूतर्फ डोर्‍याएर फर्काउन सकून्,” र यसले के देखाउँछ भने, मानिसहरूलाई प्रकारअनुसार वर्गीकरण गरिएको छ, जसको परिणामस्वरूप, सबै प्रकारका मानिसहरूले तिनीहरूको साँचो स्वरूप प्रकट गर्दैछन्। त्यसकारण, मानिसहरू परमेश्‍वरप्रति होइन बरु तिनीहरूका पुर्खाहरूप्रति निष्ठावान छन् भनेर भन्दा अत्युक्ति हुँदैन। तैपनि, सबै मानिसहरूले तिनीहरूका पुर्खाहरूको निर्देशनमा परमेश्‍वरको सेवा पनि गरिरहेका छन्, जुन परमेश्‍वरको कामको आश्‍चर्यपन हो। सबै थोकले परमेश्‍वरको लागि सेवा गरिरहेका छन्, र शैतानले मानिसहरूलाई बाधा दिने भए पनि, परमेश्‍वरले “स्थानीय स्रोत-साधनहरू” लाई उहाँको सेवामा लगाउनको लागि यो अवसरको उपयोग गर्नुहुन्छ। तैपनि, मानिसहरूले यो कुरालाई पत्ता लगाउन सक्दैनन्। यो त परमेश्‍वरले भन्‍नुभएको यो वचनजस्तै हो, “तसर्थ, म श्रम पनि विभाजन गर्छु, र प्रयासहरू वितरण गर्छु। यो मेरो योजनाको भाग हो, र यसमा कुनै पनि मानिसले बाधा दिन सक्दैन।” परमेश्‍वरले निर्धारित गर्नुभएका सबै कुरा, र परमेश्‍वरले पूरा गर्न चाहनुभएका सबै कुरा उहाँले पुरा गर्नुभन्दा पहिले मानिसहरूले देख्‍नै सक्दैनन्। परमेश्‍वरको काम पूरा भइसकेपछि मात्रै तिनीहरूले तिनलाई देख्‍न सक्छन्; नत्र त तिनीहरू अन्धा हुन्छन्, र केही पनि देख्‍न सक्दैनन्।

आज, मण्डलीहरूमाझ परमेश्‍वरको नयाँ काम छ। उहाँले हरेक कुरालाई प्रकृतिको मार्ग पछ्याउन लगाउनुहुन्छ, र त्यसरी मानिसलाई आफ्‍नो कार्य साँचो रूपमा गर्न लगाउनुहुन्छ। यो त परमेश्‍वरको यो वचन जस्तै छ, “म सबै थोकको बीचमा रहेका सबै कुरालाई शासन गर्छु, म सबै थोकका बीचमा रहेका सबै कुरामाथि हुकुम चलाउँछु, त्यसरी अस्तित्वमा भएका सबै कुराले प्रकृतिको मार्गलाई पछ्याउने र प्रकृतिको आज्ञालाई मान्‍ने तुल्याउँछु।” “प्रकृतिको मार्ग पछ्याउने” विषयमा तिमीहरूसँग कस्तो चलाक अन्तर्दृष्टि छ सो मलाई थाहा छैन, त्यसकारण हामी यसको बारेमा कुरा गरौं। मलाई त यस्तो लाग्छ: तिनीहरूलाई तिनीहरूका पुर्खाहरूले घर फर्काउने हुनाले, सबै प्रकारका मानिसहरूले अघि सरेर काम “गर्नै” पर्छ। अनि तिनीहरूले प्रकृतिको मार्ग पछ्याइरहेका हुने हुनाले, तिनीहरूभित्र अन्तर्निहित रूपमा हुने कुरालाई तिनीहरूको मौलिक कार्य गर्न लगाउनको लागि प्रयोग गरिन्छ, र यसरी तिनीहरूलाई यो नियमअनुसार पवित्र आत्‍माको मार्गनिर्देशन पछ्याउन लगाइन्छ। पवित्र आत्‍माको कार्यलाई हरेक व्यक्तिको स्थितिअनुसार अघि बढाइन्छ; सही रूपमा भन्दा, “परमेश्‍वरले उहाँको सेवा गर्ने गरी सबै कुरालाई चलाउनु” भनेको यही हो, त्यसपछि यो प्रकृतिको मार्ग पछ्याउने कार्यसँग जोडिन्छ। हरेक व्यक्तिभित्र दियाबलसका तत्वहरू हुने भए पनि, परमेश्‍वरले तिनलाई पनि प्रयोग गर्नुहुनेछ, र तिनीहरूभित्र अन्तर्निहित रूपमा रहेका कुराहरूको जगमा पवित्र आत्‍माको कार्य थप गरेर, तिनीहरूलाई परमेश्‍वरको सेवा गर्नको लागि पर्याप्त तुल्याउनुहुन्छ। “प्रकृतिको मार्ग पछ्याउनु” को बारेमा म यति नै भन्‍नेछु—सायद तिमीहरूसँग अझै उच्‍च सुझावहरू छन् होला। मलाई आशा छ, तिमीहरूले केही बहुमूल्य सुझाव दिन सक्छौ। तिमीहरू के भन्छौ? के तिमीहरू प्रकृतिको मार्ग पछ्याउने कार्यमा सहकार्य गर्न इच्‍छुक छौ? के तिमीहरू परमेश्‍वरसँग काम बाँड्न इच्‍छुक छौ? के यसलाई कसरी हासिल गर्ने भनी तिमीहरूले कहिल्यै विचार गरेका छौ? मानिसहरूले परमेश्‍वरको इच्‍छालाई बुझ्‍न सक्छन्, साझा आदर्शहरूको निम्ति तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने कार्यमा एउटै मनका बन्‍न सक्छन्, र राज्यतर्फ जाने मार्गमा एकसाथ अघि बढ्न सक्छन् भन्‍ने मेरो आशा छ। अनावश्यक धारणाहरूको रचना गर्नुको के नै खाँचो छ र? आजसम्‍म कसको अस्तित्व परमेश्‍वरको खातिर रहेको छैन र? अनि यो कुरा यस्तै भएको हुनाले, शोक, चिन्ता, र सुस्केराको के नै खाँचो छ र? यसले कसैलाई पनि फाइदा गर्दैन। मानिसहरूको सम्पूर्ण जीवन परमेश्‍वरकै हातमा छ, र यदि तिनीहरूले परमेश्‍वरको अघि संकल्प नलिएका भए, मानिसको यो रित्तो संसारमा को व्यर्थमा जिउन इच्‍छुक हुनेथियो र? किन झमेला मोल्‍ने? यदि तिनीहरूले परमेश्‍वरको लागि केही पनि गर्दैनन् भने, संसारमा हतार-हतार आउनेजाने गरेर, के तिनीहरूको सम्पूर्ण जीवन नै खेर गएको हुनेछैन र? यदि परमेश्‍वरले तेरो कार्यहरूलाई उल्‍लेखनीय नठान्‍नुभए पनि, के तैँले तेरो मृत्युको क्षणमा सन्तुष्टिको मुस्कान दिनेछैनस् र? तैँले सकारात्मक अग्रगमनको खोजी गर्नुपर्छ, नकरात्मक प्रतिगमन होइन—के यो अझै राम्रो अभ्यास होइन र? यदि तेरा कार्यहरू विशुद्ध रूपमा परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनको खातिर हुन् भने, तँ नकरात्मक वा पश्‍चगामी हुनेछैनस्। मानिसहरूको हृदयमा सधैँ नै बुझ्‍न नसकिने कुराहरू हुने भएकोले, तिनीहरूलाई थाहै नभई तिनीहरूको अनुहार बादलले ढाकेको आकाशजस्तो हुन्छ, जसले गर्दा तिनीहरूले थाहै नपाई तिनीहरूको अनुहारमा धेरै “खाल्टाहरू” देखिन्छन्, मानौं भुइँमा ठोक्‍किएर ती देखा परेका हुन्। यस्तो लाग्छ मानौं मानिसहरूले थाहै नपाई “पहाड” वा “पाखापखेराहरू” लाई स्थानान्तर गर्दै जमिन हलचल गरिरहेको छ। यसमा, मैले मानिसहरूलाई निन्दा गरिरहेको छैन, बरु मैले “भौगोलिक ज्ञान” को बारेमा कुरा गरिरहेको छु।

परमेश्‍वरले सबै मानिसहरूलाई सजायतर्फ डोर्‍याउनुभएको भए तापनि, उहाँले यसको बारेमा केही पनि भन्‍नुहुन्‍न। बरु, उहाँ जानी-जानी यो विषयबाट टाढा बस्‍नुहुन्छ र नयाँ विषयलाई सुरु गर्नुहुन्छ, जुन एक हिसाबमा परमेश्‍वरको कामको कारणले गर्दा भएको हो, र अर्को हिसाबमा, कामको यो चरणलाई तुरुन्तै पूरा गर्नको लागि गरिएको हो। कामको यो चरणलाई अघि बढाउने सम्‍बन्धी परमेश्‍वरका उद्देश्यहरू धेरै पहिले नै पूरा भइसकेका हुनाले, थप कुरा बताउनुपर्ने कुनै आवश्यकता छैन। आज, तिमीहरूले परमेश्‍वरको कामका कति धेरै विधिहरूलाई देखेका छौ सो मलाई थाहा छैन; मेरो चेतनामा, मलाई सधैँ के लाग्छ भने, पहिलेजस्तो परमेश्‍वरको कामहरूलाई स्पष्ट रूपमा चरण र समय अवधिमा विभाजित गरिँदैनन्। बरु, हरेक दिनले यसको आफ्‍नै काम गर्ने माध्यमहरू ल्याउँछ, हरेक तीनदेखि पाँच दिनमा परिवर्तन आउँछ, र पाँचै दिनमा समेत परमेश्‍वरको काममा दुई फरक प्रकारका विषयवस्तुहरू हुन सक्छन्। यसले परमेश्‍वरको कामको द्रुततालाई देखाउँछ; मानिसहरूले प्रतिक्रिया दिने र नजिकबाट नियाल्‍ने मौका पाउनुभन्दा पहिले नै, परमेश्‍वर नाम-निशाना नै नछोडी गइसक्‍नुभएको हुन्छ। तसर्थ, परमेश्‍वर मानिसहरूको लागि सधैँ बुझ्‍न नसकिने हुनुहुन्छ, जसले गर्दा पवित्र आत्‍माको कार्यलाई बुझ्‍न नसकिने अवस्था आएको हो। परमेश्‍वरले किन सधैँ “त्यसपछि मैले मानिसलाई छोडेँ” भनेर भन्‍नुहुन्छ त? मानिसहरूले यी वचनहरूलाई थोरै ध्यान दिन सक्छन्, तर तिनीहरूले तिनको अर्थ बुझ्दैनन्। अहिले के हुँदै छ, के तिमीहरूले बुझ्दै छौ? मानिसहरूले पवित्र आत्माको उपस्थितिलाई नबुझ्नु स्वभाविकै हो। परमेश्‍वरसम्‍बन्धी तिनीहरूको खोजी जहिल्यै पनि जुनेली रातको धमिलो ज्योतिमा हुन्छ—यो पूर्ण रूपमा साँचो कुरा हो—अनि यस्तो हुन्छ मानौं परमेश्‍वरले तिनीहरू अत्यन्तै दोधार बनून् र भ्रमित बनून् भनेर मानिसहरूको मस्तिष्कलाई फुलिन लगाएर परमेश्‍वरले जानी-जानी तिनीहरूको खिल्‍ली उडाइरहनुभएको छ। तिनीहरूले के गर्दैछन् तिनीहरूलाई त्यो बिरलै थाहा हुन्छ; अवस्था यस्तो हुन्छ मानौं तिनीहरूले सपना देखिरहेका छन्, र तिनीहरू बिउँझेपछि, के भएको थियो भन्‍ने कुरा तिनीहरूलाई थाहै हुँदैन। मानिसहरूलाई अन्योल तुल्याउनको लागि परमेश्‍वरका केही साधारण वचनहरू भए पुग्छ। त्यसकारण परमेश्‍वरले त्यसपछि यसो भन्‍नुभएको स्वाभाविकै हो, “आज, म सबै मानिसहरूलाई शुद्ध हुनको लागि ‘ठूलो भट्टी’ मा फ्याँक्छु। मानिसहरू आगोमा जल्दै गर्दा म उच्‍चमा बसेर हेरिरहेको हुन्छु र, ज्वालाहरूको बाध्यतामा परेर मानिसहरूले तथ्यहरू प्रस्तुत गर्छन्।” परमेश्‍वरको सदा परिवर्तन भइरहने वचनहरूका बीचमा, मानिसहरूलाई के गर्ने भन्‍ने थाहा हुँदैन; वास्तवमा, परमेश्‍वरले भन्‍नुभएजस्तै, सजाय सुरु भएको धेरै भइसक्यो, र मानिसहरूले यो कुरालाई महसुस नगरेका हुनाले, परमेश्‍वरले सो कुरा स्पष्ट रूपमा भन्‍नुहुँदा मात्रै तिनीहरूले यो कुरा जान्दछन्, परमेश्‍वरले तिनीहरूलाई बताउनुभएपछि मात्रै तिनीहरूले ध्यान दिन्छन्। के भन्‍न सकिन्छ भने, परमेश्‍वरको काम यस बिन्दुसम्‍म अघि बढाइसकिएको अहिलेको अवस्थामा मात्रै मानिसहरूले सजायको बारेमा अध्ययन गर्न थालेका छन्। यो त मानिसहरूलाई परमाणु बमको बारेमा थाहा भएको बेला जस्तै हो—तर समय भइनसकेको हुनाले, मानिसहरूले कुनै ध्यान दिँदैनन्; जब कसैले निर्माण गर्न थाल्छ, तब मात्रै मानिसहरूले ध्यान दिन थाल्छन्। परमाणु बम सार्वजनिक भएपछि मात्रै मानिसहरूले यसको बारेमा थप जान्दछन्। परमेश्‍वरले मानिसलाई भट्टीमा फ्याँक्‍नेछु भनी भन्‍नुभएपछि मात्रै मानिसहरू थोरै सचेत बन्छन्। यदि परमेश्‍वरले नबोल्‍नुभएको भए, कसैले पनि जान्‍नेथिएन—कुरा यही हो नि, होइन र? त्यसकारण, परमेश्‍वर भन्‍नुहुन्छ, “मानिसहरू अनजानमा भट्टीमा प्रवेश गर्छन्, मानौं तिनीहरूलाई डोरीले तानिएको छ, मानौं तिनीहरू अचेत भएका छन्।” यसलाई किन विश्‍लेषण नगर्ने: जब मानिसहरूले तथ्यहरू अघि ल्याउँछन्, त्यही बेला परमेश्‍वरले सजाय सुरु भएको छ भनेर भन्‍नुहुन्छ, कि परमेश्‍वरले त्यसो भन्‍नुभन्दा पहिले नै सजाय सुरु भएको हुन्छ? यसबाट के देख्‍न सकिन्छ भने, परमेश्‍वरले सजायको बारेमा बोल्‍नुभन्दा पहिले नै मानिसहरूले पाप स्वीकार गर्न थाले, र यसले परमेश्‍वरले सजायको बारेमा बताउनुभन्दा पहिले नै सजायको सुरु भएको छ भन्ने देखाउँछ—यही नै तथ्य हो नि, होइन र?

अघिल्लो: अध्याय ३८

अर्को: अध्याय ४०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्