अध्याय ११

मानिसको नाङ्गो आँखाले हेर्दा, यो अवधिमा परमेश्‍वरका वाणीहरूमा कुनै परिवर्तन आएको छैन भन्‍ने जस्तो देखिन्छ, किनभने मानिसहरूले परमेश्‍वर जुन नियमद्वारा बोल्‍नुहुन्छ त्यसलाई बुझ्‍न सक्दैनन्, र उहाँका वचनहरूको प्रसंगलाई बुझ्दैनन्। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मानिसहरूले यी वचनहरूमा कुनै नयाँ रहस्यहरू छन् भन्‍ने विश्‍वास गर्दैनन्; त्यसकारण, तिनीहरूले असाधारण रूपमा ताजा जीवन जिउन सक्दैनन्, बरु मन्द र निर्जीव जीवन जिउँछन्। तर परमेश्‍वरका वाणीहरूमा, हामी गहिरो स्तरको अर्थ छ, मानिसले बुझ्‍न र पहुँच गर्न नसक्‍ने अर्थ छ भन्‍ने देख्छौं। आज, मानिसले परमेश्‍वरका त्यस्ता वचनहरू पढ्ने सौभाग्य पाउनु सबैभन्दा ठूलो आशिष् हो। यदि कसैले पनि यी वचनहरू पढ्दैनथ्यो भने, मानिस सदासर्वदा नै अज्ञानी, आत्म-धर्मी, आफूप्रति अनजान, र उसका असफलताहरू कति छन् भन्‍ने कुराको बारेमा अनभिज्ञ नै रहनेथियो। परमेश्‍वरका प्रगाढ, अबोधगम्य वचनहरू पढिसकेपछि, मानिसहरूले तिनलाई गुप्त रूपमा सराहना गर्छन्, अनि तिनीहरूको हृदयमा झूटले खोट नलाएको, साँचो दृढ निश्‍चयता हुन्छ; तिनीहरूको हृदय सच्‍चा वस्तु बन्छ, नक्‍कली सामान होइन। मानिसहरूको हृदयमा वास्तवमै घटित हुने कुरा यही हो। हरेकको हृदयमा आफ्‍नै कथा हुन्छ। मानौं तिनीहरूले आफैलाई यसो भनिरहेका छन्: “सम्भवतः यो परमेश्‍वर स्‍वयम्‌ले नै बोल्‍नुभएको हो—यदि परमेश्‍वरले बोल्‍नुभएको होइन भने, अरू कसले यस्ता वचनहरू बोल्‍न सक्थे र? म किन ती वचनहरू बोल्‍न सक्दिन? म किन यस्तो काम गर्न असमर्थ छु? यस्तो लाग्छ, परमेश्‍वरले उल्‍लेख गर्नुभएको देहधारी परमेश्‍वर साँच्‍चै वास्तविक हुनुहुन्छ, र उहाँ परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ! म अबउप्रान्त शङ्का गर्नेछैन। अन्यथा, जब परमेश्‍वरको हात आइपुग्छ, त्यस बेला पछुतो गर्न ढिला भइसकेको हुनेछ! …” धेरैजसो मानिसहरूले आफ्‍नो हृदयमा यस्तै विचार गर्छन्। परमेश्‍वरले बोल्‍न थाल्‍नुभएदेखि आजसम्‍म, परमेश्‍वरका वचनहरूको साथविना, सबै मानिसहरू पतन भएर जानेथिए भनेर भन्दा अत्युक्ति हुँदैन। किन यो सबै काम परमेश्‍वर स्‍वयम्‌ले गर्नुभएको हो, मानिसले होइन भनेर भनिन्छ? यदि परमेश्‍वरले मण्डली जीवनलाई साथ दिन वचनहरू प्रयोग नगर्नुभएको भए, सबै जना नाम-निशाना नै नरहने गरी हराउनेथिए। के यो परमेश्‍वरको शक्ति होइन र? के यो साँच्‍चै नै मानिसको वाक्पटुता हो र? के यो मानिसको एकल प्रतिभा हो त? अवश्य नै होइन! जाँच नगरीकन, कसैले पनि आफ्‍नो नशामा कुन प्रकारको रगत बग्दै छ भन्‍ने थाहा पाउनेथिएन, तिनीहरूसँग कति वटा मुटु छ, वा कति वटा मष्तिष्क छ भन्‍नेबारेमा तिनीहरू अनभिज्ञ हुनेथिए, र तिनीहरू सबैले हामी परमेश्‍वरलाई चिन्छौं भनी सोच्नेथिए। के तिनीहरूको ज्ञानभित्र अझै पनि विरोध समावेश छ भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन? परमेश्‍वरले यसो भन्‍नुभएको स्वभाविकै हो, “मानवजातिको हरेक व्यक्तिले मेरो आत्माद्वारा सूक्ष्म रूपमा जाँचिन स्वीकार गर्नुपर्छ, उसको हरेक वचन र कार्यलाई नजिकबाट निरीक्षण गर्नुपर्छ, यसअलावा मेरा अचम्मका कार्यहरूलाई आदरसाथ हेर्नुपर्छ।” यसबाट के कुरा देख्‍न सकिन्छ भने, परमेश्‍वरका वचनहरू उद्देश्यरहित र आधारहीन छैनन्। परमेश्‍वरले कहिल्यै पनि कुनै मानिसलाई अनुचित व्यवहार गर्नुभएको छैन; अय्यूबका त्यत्रो विश्‍वासको बाबजुद पनि, तिनलाई समेत त्यतिकै छोडिएन—तिनलाई पनि चिरफार गरियो, र लाजबाट लुक्‍ने कुनै ठाउँ छोडिएन। अनि आजका मानिसहरूमा यही कुरा लागू हुन्छ भनी उल्‍लेख गरिरहनु नपर्ला। तसर्थ, परमेश्‍वरले त्यसपछि तुरुन्तै यो प्रश्‍न गर्नुहुन्छ: “पृथ्वीमा राज्यको आगमन हुँदाको समयमा तिमीहरूले कस्तो अनुभूति गर्छौ?” परमेश्‍वरको प्रश्‍नको महत्त्व त्यति धेरै छैन, तर यसले मानिसहरूलाई तीन छक्‍क पार्छ: “हामीले कस्तो अनुभूति गर्छौं? राज्य कहिले आउनेछ भन्‍ने नै हामीलाई अझै थाहा छैन, हामीले कसरी अनुभवहरूको बारेमा कुरा गर्न सक्छौं? यति मात्र होइन, हामीले त यसको सुइँको सम्म पाएका छैनौं। यदि मैले केही अनुभूति गर्नु थियो भने, यो ‘आश्‍चर्य’ को अनुभूति हुनेथियो, अरू केही पनि हुनेथिएन।” वास्तवमा, परमेश्‍वरका वचनहरूको उद्देश्य यो प्रश्‍न होइन। सबैभन्दा मुख्य कुरा, यो एउटै वाक्यले—“जब मेरा छोराहरू र मानिसहरू मेरो सिंहासनतर्फ हूलका हूल अघि बढ्छन्, तब म ठूलो सेतो सिंहासनअघि औपचारिक रूपमा न्यायको आरम्भ गर्नेछु”—सम्पूर्ण आत्मिक संसारका घटनाक्रमहरूलाई सारांशित गर्छ। यो समय अवधिमा परमेश्‍वरले आत्मिक क्षेत्रमा के गर्न चाहनुहुन्छ त्यसको बारेमा कसैलाई पनि थाहा छैन, र परमेश्‍वरले यी वचनहरू बोल्‍नुभएपछि मात्रै मानिसहरूमा थोरै जागरूकता आएको छ। परमेश्‍वरको कामका विभिन्‍न चरणहरू रहेकाले, सम्पूर्ण ब्रह्माण्डभरि परमेश्‍वरको काम पनि फरक-फरक नै हुन्छन्। यस अवधिमा, परमेश्‍वरले मुख्य रूपमा परमेश्‍वरका पुत्रहरू र उहाँका मानिसहरूलाई नै मुक्ति दिनुहुन्छ, भन्‍नुको अर्थ, स्वर्गदूतहरूको हेरचाहमा रहेर, परमेश्‍वरका पुत्रहरू र मानिसहरूले आफूलाई निराकरण गरिने र तोडिने कार्यलाई स्वीकार गर्छन्, तिनीहरूले आधिकारिक रूपमा नै आफ्‍ना विचार र धारणाहरूलाई हटाउन, र यो संसारको कुनै पनि छापलाई बिदा गर्न थाल्छन्; अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले बताउनुभएको “ठूलो सेतो सिंहासनअघिको न्याय” औपचारिक रूपमा नै सुरु हुन्छ। यो परमेश्‍वरले गर्नुहुने न्याय भएको हुनाले, परमेश्‍वरले आफ्‍नो आवाज निकाल्‍नैपर्छ—र विषयवस्तु फरक हुनेभए तापनि, उद्देश्य सधैँ एउटै हुन्छ। आज, परमेश्‍वरले बोल्‍नुभएको शैलीको आधारमा मूल्याङ्कन गर्दा, उहाँका वचनहरू निश्‍चित समूहका मानिसहरूप्रति लक्षित छ भन्‍ने देखिन्छ। वास्तवमा, सबैभन्दा मुख्य कुरा, ती वचनहरूले सबै मानवजातिको प्रकृतिलाई सम्‍बोधन गर्छन्। ती वचनहरूले मानिसको मेरुदण्डमा नै प्रहार गर्छन्, तिनले मानिसहरूको भावनाहरूलाई छूट दिँदैनन्, र तिनले कुनै पनि कुरा नछुटाई, कुनै कुरालाई प्रवेश गर्न नदिई उसको सारको पूर्णतालाई प्रकट गर्छन्। आजदेखि सुरु गरेर, परमेश्‍वरले औपचारिक रूपमा मानिसको साँचो अनुहार प्रकट गर्नुहुन्छ, र त्यसरी “मेरो आत्माको वाणीलाई सम्पूर्ण ब्रह्माण्डतर्फ छोडिदिनुहुन्छ।” आखिरमा हासिल गरिने प्रभाव यही हो: “मेरा वचनहरूमार्फत, म सबै मानिसहरू र स्वर्ग र पृथ्वीमा रहेका सबै थोकलाई धोइपखाली गरी सफा पार्छु, ताकि यो भूमि अबउप्रान्त फोहोरी र छाडा नहोस्, बरु पवित्र राज्य होस्।” यी वचनहरूले राज्यको भविष्य प्रस्तुत गर्छन्, जुन सम्पूर्ण रूपमा ख्रीष्टको राज्य हो, किनभने परमेश्‍वरले यसो भन्‍नुभएको छ, “सबै असल फल हुन्, सबै लगनशील किसानहरू हुन्।” प्राकृतिक रूपमा नै, यो सम्पूर्ण ब्रह्माण्डमा नै हुनेछ, र चीनमा मात्रै सीमित हुनेछैन।

परमेश्‍वरले जब बोल्‍न र काम गर्न सुरु गर्नुहुन्छ तब मात्र मानिसहरूले आफ्ना धारणाहरूमा उहाँको बारेमा थोरै ज्ञान प्राप्त गर्छन्। सुरुमा, यो ज्ञान तिनीहरूको धारणामा मात्रै हुन्छ, तर समय बित्दै जाँदा, मानिसहरूका सोचाइहरू अत्यन्तै व्यर्थ र मानव प्रयोगको लागि अनुपयुक्त हुँदै जान्छन्; तसर्थ, परमेश्‍वरले भन्‍नुहुने सबै कुरा तिनीहरूले विश्‍वास गर्न पुग्छन्, यहाँसम्‍म कि तिनीहरूले आफ्नो “विवेकमा व्यावहारिक परमेश्‍वरको लागि एउटा ठाउँ सृजना गर्छन्।” मानिसहरूको चेतनामा मात्रै व्यावहारिक परमेश्‍वरको लागि ठाउँ हुन्छ। तैपनि, वास्तविकतामा, तिनीहरूले परमेश्‍वरलाई चिनेका हुँदैनन्, र तिनीहरूले खोक्रा शब्‍दहरू बाहेक केही पनि बोल्दैनन्। तैपनि, व्यावहारिक परमेश्‍वर स्‍वयम्‌को तुलनामा निकै ठूलो भिन्‍नता हुँदाहुँदै पनि, विगतको तुलनामा तिनीहरूले उल्‍लेखनीय प्रगति गरेका हुन्छन्। परमेश्‍वरले किन सधैँ “हरेक दिन म मानिसहरूको अटुट प्रवाहमाझ हिँड्छु, र हरेक दिन म हरेक व्यक्तिभित्र कार्य सञ्चालन गर्छु” भनी भन्‍नुहुन्छ? परमेश्‍वरले यस्ता कुराहरू जति धेरै भन्‍नुहुन्छ, मानिसहरूले तिनलाई आजका व्यावहारिक परमेश्‍वर स्वयम्‌का कार्यहरूसँग त्यति नै धेरै तुलना गर्न सक्छन्, र त्यसरी तिनीहरूले वास्तविकतामा व्यावहारिक परमेश्‍वरलाई अझै राम्ररी जान्‍न सक्छन्। परमेश्‍वरका वचनहरू देहको दृष्टिकोणबाट बोलिएका र मानव भाषाको प्रयोग गरी उच्‍चारण गरिएका हुनाले, मानिसहरूले परमेश्‍वरका वचनहरूलाई भौतिक कुराहरूको आधारमा मापन गरेर तिनलाई बुझ्‍न सक्छन्, र त्यस तरिकाले अझै ठूलो प्रभाव हासिल गरिन्छ। यसको साथै, परमेश्‍वरले बारम्‍बार मानिसहरूको हृदयमा रहेको “म” र वास्तविकताको “म” को बारेमा बताउनुहुन्छ, जुन कुराले मानिसहरूलाई आफ्‍नो हृदयमा परमेश्‍वरको स्वरूपलाई शुद्ध पार्न अझै इच्‍छुक तुल्याउँछ, यसरी व्यावहारिक परमेश्‍वर स्वयम्‌लाई चिन्‍न र उहाँसँग सङ्गत गर्न इच्‍छुक तुल्याउँछ। परमेश्‍वरका वचनहरूको बुद्धि यही हो। परमेश्‍वरले यस्ता कुराहरू जति भन्‍नुहुन्छ, त्यसले परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञानलाई अझै बढी फाइदा पुर्‍याउँछ, तसर्थ परमेश्‍वर भन्‍नुहुन्छ, “यदि म देह नबनेको भए, मानिसले कहिल्यै पनि मलाई चिन्दैनथ्यो, र उसले मलाई चिनेको नै थियो भने पनि, के त्यस्तो ज्ञान अझै धारणा नै हुँदैनथियो र?” यदि वास्तवमा, मानिसहरूलाई तिनीहरूका धारणाहरूअनुसार परमेश्‍वरलाई चिन्‍न लगाइन्थ्यो भने, तिनीहरूको लागि सजिलो हुनेथियो; तिनीहरू ढुक्‍क र खुशी हुनेथिए, र यसरी मानिसहरूको हृदयमा परमेश्‍वर सदासर्वदा अस्पष्ट हुनुहुनेथियो, व्यवहारिक परमेश्‍वर हुनुहुनेथिएन, जुन कुराले सम्पूर्ण ब्रह्माण्डमाथि परमेश्‍वरको होइन शैतानको प्रभुत्व छ भन्‍ने कुरालाई प्रमाणित गर्नेथियो; यसप्रकार, “मैले मेरो शक्ति फिर्ता लिएको छु” भन्‍ने परमेश्‍वरका वचनहरू सदासर्वदा नै रित्तो रहनेथिए।

जब ईश्‍वरीयताले प्रत्यक्ष रूपमा काम गर्न थाल्छ, त्यो क्षण औपचारिक रूपमा राज्य मानिसको संसारमा ओर्लने समय पनि हुनेछ। तर यहाँ राज्य मानिसको बीचमा ओर्लिन्छ भनेर भनिएको छ, राज्य मानिसको बीचमा निर्माण हुनेछ भनेर भनिएको छैन—तसर्थ, आज जे बताइएको छ त्यो राज्यको निर्माणको बारेमा बताइएको छ, यो कसरी निर्माण हुनेछ भनेर बताइएको छैन। परमेश्‍वरले किन सधैँ “सबै थोक चुपचाप हुन्छन्” भनी भन्‍नुहुन्छ त? के यसको अर्थ सबै थोक रोकिन्छन् र स्थिर हुन्छन् भन्‍ने हो? के यसको अर्थ ठूला-ठूला पर्वतहरू साँच्‍चै शान्त हुनेछन् भन्‍ने हो? त्यसो भए, मानिसहरूलाई किन यसको कुनै बोध छैन त? के परमेश्‍वरको वचन गलत हुन सक्छ? कि परमेश्‍वरले बढाइ-चढाइ गरिरहनुभएको छ? परमेश्‍वरले गर्नुहुने सबै कुरा निश्‍चित वातावरणमा अघि बढाइने हुनाले, कसैलाई पनि यसको बारेमा थाहा छैन वा यसलाई आफ्‍नै आँखाले देख्‍न सक्‍ने कोही पनि छैन, र परमेश्‍वरले बोल्‍नुभएको सुन्‍नेबाहेक मानिसहरूले केही पनि गर्न सक्दैनन्। परमेश्‍वरले जुन प्रतापको साथ काम गर्नुहुन्छ त्यसको कारण, जब परमेश्‍वर आइपुग्‍नुहुन्छ, तब यस्तो हुनेछ मानौं स्वर्ग र पृथ्वीमा अत्यन्त ठूलो परिवर्तन आएको छ; र सबैले यो क्षणलाई अवलोकन गरिरहेको जस्तो परमेश्‍वरलाई लाग्छ। आज, तथ्यहरू आइपुग्‍न बाँकी नै छन्। परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थको केही भागबाट मानिसहरूले थोरै मात्र सिकेका छन्। जब तिनीहरूले आफैलाई आफ्‍ना धारणाहरूबाट मुक्त गर्छन् तब मात्रै साँचो अर्थ प्राप्त हुन्छ; तब मात्रै तिनीहरूलाई देहधारी परमेश्‍वरले आज पृथ्वीमा र स्वर्गमा के गरिरहनुभएको छ भन्‍ने कुरा थाहा हुनेछ। चीनमा, परमेश्‍वरका मानिसहरूमा ठूलो रातो अजिङ्गरको विष मात्रै छैन। तिनीहरूमा त ठूलो रातो अजिङ्गरको प्रकृति अझै प्रशस्‍त र अझै स्पष्ट रूपमा प्रकट हुन्छ। तर परमेश्‍वरले यसको बारेमा प्रत्यक्ष रूपमा कुरा गर्नुहुन्‍न, बरु ठूलो रातो अजिङ्गरको विषको बारेमा थोरै मात्र उल्‍लेख गर्नुहुन्छ। यसरी, उहाँले मानिसका दागहरूलाई प्रत्यक्ष रूपमा खुलासा गर्नुहुन्‍न, र यो कार्य मानिसको प्रगतिको लागि अझै लाभदायक हुन्छ। ठूलो रातो अजिङ्गरको बच्‍चालाई अरूको छेउमा ठूलो रातो अजिङ्गरको सन्तान भनेको मन पर्दैन। मानौं “ठूलो रातो अजिङ्गर” शब्‍दहरूले तिनीहरूको बदनाम गर्छ; तिनीहरूमध्ये कोही पनि यी शब्‍दहरू बोल्‍न चाहँदैनन्, तसर्थ परमेश्‍वरले यति मात्रै भन्‍नुहुन्छ, “मेरो कामको यो चरण प्राथमिक रूपमा तिमीहरूमा केन्द्रित छ, र चीनमा मेरो देहधारण हुनुको महत्त्वको एउटा पक्ष यही हो।” अझै सटीक रूपमा भन्दा, परमेश्‍वर ठूलो रातो अजिङ्गरको प्रारूपीय प्रतिनिधिहरूमाथि विजय गर्नको लागि नै मुख्य रूपमा आउनुहुन्छ, जुन परमेश्‍वरले चीनमा गर्नुभएको देहधारणको महत्त्व पनि हो।

“जब म व्यक्तिगत रूपमा मानिसमाझ आउँछु, स्वर्गदूतहरूले गोठाला-कार्य सुरु गर्नेछन्।” वास्तवमा, स्वर्गदूतहरूले सबै मानिसहरूका बीचमा आफ्‍नो काम सुरु गर्दा मात्रै परमेश्‍वरका आत्मा मानिसको संसारमा आउनुहुन्छ भनेर शाब्दिक रूपमा बुझ्‍नु हुँदैन। बरु, कामका यी दुई भागलाई—ईश्‍वरीयताको काम र स्वर्गदूतहरूले गर्ने गोठालोको काम—एकसाथ अघि बढाइन्छ। यसपछि, परमेश्‍वरले स्वर्गदूतहरूको गोठालो गर्ने कार्यको बारेमा थोरै बताउनुहुन्छ। उहाँले “सबै छोराहरू र मानिसहरूले परीक्षाहरू मात्र प्राप्त गर्नेछैनन्, बरु तिनीहरूले त आफ्नै आँखाले सबै प्रकारका ईश्‍वरीय दर्शनहरू देखा परेका पनि देख्न सक्नेछन्” भनी भन्‍नुहुँदा, धेरैजसो मानिसहरूले “ईश्‍वरीय दर्शनहरू” भन्‍ने शब्‍दको बारेमा प्रशस्‍त कल्‍पना गर्छन्। मानिसहरूको कल्‍पनाहरूमा ईश्‍वरीय दर्शनहरूले अलौकिक घटनाहरूलाई जनाउँछ। तर परमेश्‍वरको कामको विषयवस्तु व्यावहारिक परमेश्‍वर स्‍वयम्‌को काम नै रहन्छ। ईश्‍वरीय दर्शनहरू स्वर्गदूतहरूले काम गर्ने माध्यम हुन्। तिनले मानिसहरूलाई अनुभूतिहरू वा सपनाहरू दिन सक्छन्, अनि तिनीहरूलाई स्वर्गदूतहरूको अस्तित्व थाहा पाउन सक्षम तुल्याउँछन्। तर मानिसको लागि स्वर्गदूतहरू अदृश्य नै रहन्छन्। परमेश्‍वरका पुत्रहरू र मानिसहरूका बीचमा तिनीहरूले गर्ने कामको विधि भन्नु नै तिनीहरूलाई प्रत्यक्ष रूपमा अन्तर्दृष्टि दिनु र ज्योति दिनु हो, त्यसमा तिनीहरूलाई निराकरण गर्ने र तिनीहरूलाई तोड्ने कार्य पनि थपिन्छ। तिनीहरूले बिरलै प्रवचनहरू दिन्छन्। प्राकृतिक रूपमा नै, मानिसहरूबीचको सङ्गति यसको अपवाद हो; चीनभन्दा बाहिरका देशहरूमा यही भइरहेको छ। परमेश्‍वरका वचनहरूभित्र सबै मानवजातिको जिउने परिस्‍थितिहरूको प्रकाश समावेश छ—प्राकृतिक रूपमा नै, यो प्राथमिक रूपमा ठूलो रातो अजिङ्गरको सन्तानहरूप्रति लक्षित छ। मानवजातिका विभिन्‍न स्थितिहरूमध्ये, परमेश्‍वरले नमुनाको रूपमा काम गर्ने स्थितिहरूलाई मात्रै प्रतिनिधित्वको लागि छनौट गर्नुहुन्छ। तसर्थ, परमेश्‍वरका वचनहरूले मानिसहरूलाई उदाङ्गो पार्छन्, र तिनीहरूलाई कुनै लाज हुँदैन, वा तिनीहरूसँग चम्किलो ज्योतिबाट लुक्‍ने कुनै समय हुँदैन, र तिनीहरू आफ्‍नै खेलमा हारेका हुनेछन्। मानिसका विभिन्‍न शैलीहरू भनेका ती असंख्य चित्रहरू हुन्, जसलाई परमेश्‍वरले प्राचीन समयदेखि आजको दिनसम्‍म बनाउनुभएको छ, र जसलाई उहाँले आजदेखि भोलिसम्म पनि बनाउनुहुनेछ। उहाँले कोर्नुहुने सबै चित्रहरू मानिसका कुरूपता हुन्: कति आफ्‍नो आँखाबाट हटेर गएको दृष्टिको कारण शोक गरेझैँ गरी अँध्यारोमा बिलौना गर्छन्, कति हाँस्छन्, कतिलाई ठूला छालहरूले धक्‍का दिन्छन्, कति पहाडका नागबेली बाटोमा हिँड्छन्, कतिले धनुषको आवाज सुन्दा नै तर्सिएको चराजस्तो डरले थर-थर काँप्दै र पहाडका जङ्गली जनावरहरूको आहारा हुने अत्यधिक डर मान्दै निर्जन घना जङ्गलमाझ खोजी गर्छन्। परमेश्‍वरको हातमा, यी विभिन्‍न कुरूप शैलीहरू छोऊँ-छोऊँ लाग्‍ने, झाँकीहरू बन्छन्, तिनीहरूमध्ये धेरैजसो त हेर्दा नै डरलाग्दा हुन्छन्, वा मानिसहरूको रौं ठाडो पार्न र तिनीहरूलाई चकित र अन्योल पार्ने हदसम्म भयानक हुन्छन्। परमेश्‍वरको नजरमा, मानिसमा प्रकट हुने सबै कुरा कुरूपताबाहेक केही पनि हुँदैन, र यसले करुणा जगाउन सक्‍ने भए पनि, यो आखिर कुरूपता नै हो। मानिस र परमेश्‍वरको स्थितिबीचको फरक के हो भने, मानिसको कमजोरी अरूप्रति दया देखाउने उसको प्रवृत्तिमा लुकेको हुन्छ। तर, परमेश्‍वर मानिसप्रति सधैँ उस्तै रहनुभएको छ, जसको अर्थ उहासँग जहिल्यै पनि उही मनोवृत्ति रहेको छ। मानिसहरूले कल्‍पना गरेजस्तो, आफ्‍नो बच्चाहरूकै बारेमा सधैँ विचार गरिरहने अनुभवी आमाजस्तो उहाँ सधैँ दयालु हुनुहुन्‍न। यथार्थमा, यदि ठूलो रातो अजिङ्गरमाथि विजय गर्नको लागि परमेश्‍वरले विविध विधिहरू प्रयोग गर्न नचाहनुभएको भए, उहाँले आफूलाई मानिसका सीमितताहरूमा पार्दै त्यस्तो बदनामी सहनुहुनेथिएन। परमेश्‍वरको स्वभावअनुसार त, मानिसहरूले गर्ने र भन्‍ने सबै कुराले परमेश्‍वरलाई क्रोधित तुल्याउँछ, र तिनीहरूलाई सजाय दिइनुपर्छ। परमेश्‍वरको नजरमा, तिनीहरूमध्ये एक जना पनि मापदण्डअनुसारका छैनन्, र तिनीहरू सबै परमेश्‍वरद्वारा प्रहार गरिनेहरू हुन्। चीनमा परमेश्‍वरले गर्नुहुने कामका सिद्धान्तहरूको कारण, यसको साथै, ठूलो रातो अजिङ्गरको प्रकृतिको कारण, अनि चीन ठूलो रातो अजिङ्गरको देश अनि देहधारी परमेश्‍वर बास गर्नुहुने देश भएको कारण, परमेश्‍वरले आफ्‍नो रिसलाई दबाएर ठूलो रातो अजिङ्गरका सबै सन्तानहरूलाई विजय गर्नुपर्छ; तैपनि उहाँले ठूलो रातो अजिङ्गरका सन्तानहरूलाई सधैँ घृणा गर्नुहुनेछ—अर्थात्, ठूलो रातो अजिङ्गरबाट आउने सबै कुरालाई उहाँले सधैँ घृणा गर्नुहुनेछ—र यो कुरा कहिल्यै पनि परिवर्तन हुनेछैन।

परमेश्‍वरका कार्यहरूका बारेमा कसैलाई कहिल्यै थाहा भएको छैन, न त उहाँका कार्यहरूलाई कुनै कुराले आदरका साथ नै हेरेको छ। उदाहरणको लागि, जब परमेश्‍वर सियोनमा फर्कनुभयो, तब यसको बारेमा कसलाई थाहा भयो र? तसर्थ “म चुपचाप मानिसमाझ आउँछु, र त्यसपछि बिस्तारै टाढा जान्छु। के कसैले कहिल्यै मलाई देखेको छ त?” भन्‍ने जस्ता वचनहरूले मानिसमा आत्मिक क्षेत्रमा हुने घटनाक्रमहरूलाई स्वीकार गर्ने क्षमताको कमी छ भन्‍ने कुरालाई देखाउँछ। विगतमा, परमेश्‍वरले जब उहाँ सियोनमा फर्कनुहुन्छ, तब “सूर्य प्रज्‍वलित हुन्छ, चन्द्रमा चम्किलो हुन्छ” भनेर भन्नुभयो। मानिसहरू अझै पनि परमेश्‍वरको सियोन फिर्ती बारेमै तल्‍लीन रहेका हुनाले—तिनीहरूले यसलाई त्याग्‍न अझै बाँकी नै रहेको हुनाले—मानिसहरूका धारणाहरूअनुरूप नै परमेश्‍वरले प्रत्यक्ष रूपमा “सूर्य प्रज्वलित हुन्छ, चन्द्रमा चम्किलो हुन्छ” भन्‍ने वचनहरू बोल्‍नुहुन्छ। परिणामस्वरूप, जब मानिसहरूका धारणाहरूलाई परमेश्‍वरका वचनहरूले प्रहार गर्छन्, तिनीहरूले परमेश्‍वरका कार्यहरू अत्यन्तै अद्‍भुत छन् भन्‍ने देख्छन्, र उहाँका वचनहरू सबैका लागि प्रगाढ, बुझ्‍न नसकिने, र अर्थ लगाउन नसकिने छन् भन्‍ने देख्छन्; तसर्थ, तिनीहरूले यो मामलालाई पूर्ण रूपमा पन्छाउँछन्, र तिनीहरूको आत्मामा थोरै स्पष्टताको अनुभूति गर्छन्, मानौं परमेश्‍वर पहिले नै सियोनमा फर्कनुभएको छ, त्यसकारण मानिसहरूले यस मामलालाई त्यति धेरै ध्यान दिँदैनन्। त्यसपछिदेखि, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई एउटै हृदय र एउटै मनले स्वीकार गर्छन्, र परमेश्‍वर सियोनमा फर्कनुभएपछि महाविपत्ति आइपर्नेछ भनेर अबउप्रान्त चिन्ता गर्दैनन्। त्यसपछि मात्रै आफ्‍नो सम्पूर्ण ध्यान परमेश्‍वरका वचनहरूमा केन्द्रित गर्दै, अरू कुनै कुरालाई विचार गर्ने इच्‍छालाई हटाएर, परमेश्‍वरका वचनहरू स्वीकार गर्न मानिसहरूलाई सहज हुन्छ।

अघिल्लो: अध्याय १०

अर्को: परिशिष्ट: अध्याय २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अध्याय १०३

सम्पूर्ण ब्रह्माण्डलाई नै हल्लाउँदै एउटा गर्जनयुक्त आवाज बाहिर निस्कन्छ। यो यति कर्णभेदी छ कि मानिसहरू यसबाट समयमै छलेर उम्किन सक्दैनन्।...

परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

हाम्रो पछिल्लो भेलामा हामीले एउटा अत्यन्तै महत्त्वपूर्ण विषयको बारेमा सङ्गति गर्‍यौँ। त्यो के थियो के तिमीहरूलाई सम्झना छ? म त्यो कुरा...

परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

अब, तिमीहरूले परमेश्‍वरका मानिसहरू बन्‍ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्‍वरका मानिसहरू बन्‍नु...

भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वर देह बन्नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्