विश्‍वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्‍न हुनु विश्‍वास होइन

तैँले कति वटा धार्मिक अभ्यासहरू पालना गर्छस्? तैँले कति पल्ट परमेश्‍वरको वचन विरुद्ध विद्रोह गरेको छस् र आफ्नै बाटोमा हिँडेको छस्? तैँले साँच्चै नै परमेश्‍वरको बोझको बारेमा बुझ्ने र उहाँको इच्छालाई पूरा गर्न चाहेको कारण तैँले कति पल्ट परमेश्‍वरको वचनलाई अभ्यास गरेको छस्? तैँले परमेश्‍वरको वचनलाई बुझ्नुपर्छ र तिनलाई सोही अनुरूप अभ्यास गर्नुपर्छ। आफ्ना सबै कार्यहरू र कर्महरूमा अनुशासित बन्, तर यसको मतलब नियमहरूमा बाँधिनु वा मन नलागी-नलागी देखाउनको लागि मात्र कुनै काम गर्नुपर्छ भन्ने होइन; बरु यसको अर्थ सत्यको अभ्यास गर्दै परमेश्‍वरको वचन अनुरूप जिउनु हो। परमेश्‍वरलाई सन्तुष्ट पार्ने जस्तो गरी मात्रै अभ्यास गर्। परमेश्‍वरलाई प्रसन्न गराउने कुनै पनि कार्यविधि नियम हुँदैन, तर यो सत्यको अभ्यास हुन्छ। कतिपय मानिसहरूलाई आफूतर्फ ध्यान खिच्नेप्रति विशेष रुचि हुन्छ। आफ्नो दाजुभाइ र दिदीबहिनीहरूको उपस्थितिमा उनीहरूले आफू परमेश्‍वरको ऋणी भएको बताउन सक्छन् तर तिनीहरूको पिठ्यूँपछाडि उनीहरू सत्यको अभ्यास गर्दैनन् र सम्पूर्ण रूपमा फरक तरिकाले व्यवहार गर्दछन्। के उनीहरू पाखण्डी फरिसीहरू होइनन् र? परमेश्‍वरलाई वास्तविक रूपमा माया गर्ने र सत्यता धारण गरेको व्यक्ति भनेको त्यस्तो व्यक्ति हो जो परमेश्‍वरप्रति बफादार हुन्छ तर बाह्य रूपमा कुनै पनि देखावटी व्यवहार प्रदर्शन गर्दैन। त्यस्तो व्यक्ति परिस्थिति आइपरेमा सत्यको अभ्यास गर्न इच्छुक हुन्छ र आफ्नो विवेकको विरुद्ध हुने गरी बोल्ने र कार्य गर्ने गर्दैन। यस्तो व्यक्तिले अवस्थाहरू आई परेमा बुद्धिको प्रदर्शन गर्छ र परिस्थिति जस्तोसुकै भए तापनि ऊ आफ्नो कार्यहरूमा अनुशासित रहन्छ। यस प्रकारको व्यक्तिले साँचो सेवा प्रदान गर्न सक्छ। यहाँ केही यस्ता छन् जो परमेश्‍वरप्रतिको ऋणीपनको लागि प्रायः मुखले मात्र सेवा गर्दछन्; उनीहरू आँखीभौँहरू चिन्तामा डुबेको देखाउँदै, कृत्रिमता अपनाउँदै र दयनीय भएको स्वाङ पार्दै दिन बिताउँछन्। कस्तो घृणा लाग्दो कुरो! यदि तैँले उनीहरूलाई “के तपाईंले तपाईं कसरी परमेश्‍वरप्रति ऋणी हुनुहुन्छ भनेर मलाई भन्न सक्नुहुन्छ?” भनेर सोधिस् भने उनीहरू अवाक् हुनेछन्। यदि तँ परमेश्‍वरप्रति बफादार छस् भने तैँले यसको बारेमा बाह्य रूपमा नबता; बरु वास्तविक अभ्यासमार्फत परमेश्‍वरप्रतिको प्रेम प्रदर्शित गर्, र साँचो हृदयले उहाँलाई प्रार्थना गर्। परमेश्‍वरसँग केवल मुखले र झारो टार्न मात्र व्यवहार गर्ने व्यक्तिहरू पाखण्डीहरू हुन्! कोही भने हरेक पल्ट प्रार्थना गर्दा परमेश्‍वरप्रति ऋणी भएको कुरा गर्छन्, र पवित्र आत्माद्वारा प्रेरित नभईकन पनि हरेक पल्ट प्रार्थना गर्दा रुन थाल्छन्। यस्ता व्यक्तिहरू धार्मिक विधिविधानहरू र धारणाहरूको अधीनमा हुन्छन्; उनीहरू सधैँ यस्ता कार्यहरूले परमेश्‍वर खुशी हुनुहुनेछ र उहाँले सतही भक्ति वा शोकाकुल आँशुहरूलाई रुचाउनुहुन्छ भनेर विश्‍वास गर्दै यस्तै धार्मिक विधिविधानहरू र धारणाहरूसँगै बाँच्ने गर्छन्। यस्ता हास्यास्पद मानिसहरूबाट के राम्रो कुरा आउन सक्छ र? कोही भने विनम्रता प्रदर्शित गर्नको लागि अन्य व्यक्तिहरूको उपस्थितिमा कुरा गर्दा शालीनताको ढोंग रच्छन्। कोही चाहिँ अन्य व्यक्तिहरूको उपस्थितिमा एक त्यान्द्रो बल पनि नभएको भेडाको पाठो झैं बनेर जानाजान दास जस्तो बन्छन्। के यो राज्यका मानिसहरूलाई सुहाउने आचरण हो? राज्यका मानिसहरू त सजीव र स्वतन्त्र, निर्दोष र खुला मनको, इमानदार र प्यारो हुनुपर्छ अनि स्वतन्त्रताको स्थितिमा बाँचिरहेको हुनुपर्छ। उनीहरूमा निष्ठा र प्रतिष्ठा हुनुपर्छ र जहाँसुकै जाँदा पनि साक्षीको रूपमा खडा हुनसक्‍ने हुनुपर्छ; यस्ता मानिसहरूलाई परमेश्‍वर र मानिस दुवैले माया गर्छन्। विश्‍वासमा अनुभव रहित मानिसहरूसँग एकदमै धेरै देखावटी अभ्यासहरू हुन्छन्; उनीहरूले सर्वप्रथम निराकरण वा विच्छिन्नताको अवधिबाट गुज्रनुपर्छ। भित्रदेखि नै परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई बाहिरबाट अन्य व्यक्तिहरूबाट भिन्‍नता छुट्याउन सकिँदैन, तर उनीहरूका व्यवहार र कार्यहरू प्रशंसा योग्य हुन्छन्। त्यस्ता मानिसहरूलाई मात्र परमेश्‍वरको वचनमा जिइरहेका छन् भनेर भन्न सकिन्छ। यदि तँ हरेक दिन विविध मानिसहरूमाझ उनीहरूलाई मुक्ति प्रदान गर्ने हेतुले सुसमाचार प्रचार गर्छस्, तर तँ अन्ततः अझै पनि नियमहरू र सिद्धान्तहरू अनुरूप जिउँछस् भने तैँले परमेश्‍वरमा महिमा ल्याउन सक्दैनस्। त्यस्ता व्यक्तिहरू धर्मानुरागी व्यक्तित्वहरू हुनुका साथसाथै पाखण्डीहरू हुन्।

जब-जब यस्ता धार्मिक मानिसहरू धार्मिक जमघटमा जान्छन्, उनीहरूले सोध्न सक्छन्, “बहिनी, तपाईं हाल कस्तो हुनुहुन्छ?” उनले उत्तर दिन सक्छिन्, “मलाई लाग्छ, म परमेश्‍वरको ऋणी छु, र मैले उहाँको इच्छा परिपूर्ति गर्न सक्दिन जस्तो लाग्छ”। अर्कोले भन्न सक्छ, “म पनि परमेश्‍वरको ऋणी भएको महसुस गर्छु, र मैले उहाँको इच्छा परिपूर्ति गर्न सक्दिन जस्तो लाग्छ”। यी केही वाक्यहरू र शब्दहरू मात्रले पनि उनीहरू भित्र भएको घृणित कुराहरूलाई व्यक्त गर्दछन्; यी शब्दहरू घृणायोग्य छन्, र अति नै घिनलाग्दा छन्। यस्ता मानिसहरूको स्वभाव परमेश्‍वरको विरुद्धमा हुन्छ। यथार्थमा जोड दिने मानिसहरूले आफ्नो मस्तिष्कमा जे छ ती सबै कुराहरू बताउँछन्, र सङ्गतिमा आफ्नो मनको कुरा खोल्छन्। उनीहरू केवल एउटा पनि गलत अभ्यासमा संलग्न हुँदैनन्, उनीहरूले न त त्यस्तो शिष्टाचार प्रदर्शित गर्छन् न त खोक्रो हाँसि-मजाक नै गर्छन्। उनीहरू सँधै सीधा कुरा गर्ने हुन्छन्, र उनीहरूले कुनै पनि बाहिरी नियमहरूको पालना गर्दैनन्। केही मानिसहरूलाई बाह्य प्रदर्शनमा रुचि हुन्छ, र त्यो पूरै विवेक गुमाउने हदसम्मको पनि हुन सक्छ। जब कसैले गीत गाउँछ, उनीहरू नाच्न सुरु गर्छन्, उनीहरूलाई आफ्नो भाँडोमा भात डढी सक्यो भन्ने ख्याल पनि रहँदैन। यस्ता मानिसहरू धार्मिक वा सम्मान योग्य हुँदैनन् र उनीहरू अति नै हल्का स्वभावका हुन्छन्। यी सबै कुराहरू यथार्थ विहीनताको प्रकटीकरणहरू हुन्। जब केही मानिसहरूले आत्मिक जीवनका विषयहरूको बारेमा सङ्गति गर्छन्, उनीहरूले परमेश्‍वरसँग ऋणी भएको कुरा नगरे तापनि उनीहरूमा भित्र कहीँ उहाँप्रतिको साँचो प्रेम हुन्छ। अन्य मानिसहरूसँग परमेश्‍वरप्रति रहेको तपाईंहरूको ऋणीपनको भावनाको कुनै सम्बन्ध हुँदैन; तपाईंहरू परमेश्‍वरप्रति ऋणी हुनुहुन्छ, तर मानवतासँग ऋणी हुनुहुन्न। तपाईंहरूले सधैँ अन्य व्यक्तिहरूसँग यसको बारेमा कुरा गर्नुको के अर्थ हुन्छ? तपाईंहरूले वास्तविकतामा प्रवेश गर्ने कुरामा महत्त्व दिनुपर्छ, बाह्य उत्साह वा प्रदर्शनमा होइन।

मानिसहरूका सतही असल कार्यहरूले केलाई प्रतिनिधित्व गर्छन्? तिनीहरूले देहको प्रतिनिधित्व गर्छन्, र बाह्य अभ्यासहरूमध्ये सर्वोत्तम अभ्यासले पनि जीवनको प्रतिनिधित्व गर्दैन; तिनीहरूले तेरो व्यक्तिगत मनोवृत्तिलाई मात्रै दर्साउँछ। मानवजातिको बाह्य अभ्यासहरूले परमेश्‍वरको इच्‍छालाई पूरा गर्न सक्दैन। तँ निरन्तर आफू परमेश्‍वरप्रति ऋणी भएको छु भनी भन्छस्, तर तैँले अन्य व्यक्तिहरूको जीवनलाई परिपूर्ति गर्दैनस् वा परमेश्‍वरलाई माया गर्न उनीहरूलाई प्रेरित गर्दैनस्। के तँ तेरा कार्यहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्छ भनेर विश्‍वास गर्छस्? तँलाई आफ्ना कार्यहरू परमेश्‍वरको इच्छा अनुरूप नै छ जस्तो लाग्छ, र तिनीहरू आत्माको इच्छा अनुरूप छन् भन्ने लाग्छ, तर वास्तवमा, तिनीहरू सबै हास्यास्पद छन्। जुन कुराले तँलाई खुशी तुल्याउँछ र तँ जे गर्न चाहन्छस् तिनै कुराहरूमा परमेश्‍वर खुशी हुनुहुन्छ भनेर तँ विश्‍वास गर्छस्। के तेरो मन पर्ने कुराहरूले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ त? के व्यक्तिको चरित्रले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ त? जुन कुराले तँलाई खुशी तुल्याउँछ, सोही कुरालाई नै परमेश्‍वरले घृणा गर्नुहुन्छ, र तेरो बानी-व्यहोरा नै ती कुरा हुन् जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। यदि तँ ऋणी भएको अनुभव गर्छस् भने परमेश्‍वरको सामने गएर प्रार्थना गर्; यसको बारेमा अन्य व्यक्तिहरूसँग कुरा गर्न जरुरी छैन। यदी तैँले परमेश्‍वरको अगाडि प्रार्थना गर्दैनस् भने, र अन्य व्यक्तिहरूको उपस्थितिमा निरन्तर आफूतर्फ मात्रै ध्यान आकर्षित गर्छस् भने, के यसले परमेश्‍वरको इच्छालाई सन्तुष्ट गर्न सक्छ र? यदि तेरा कार्यहरू केवल देखावटी रूपमा मात्र विद्यमान रहन्छन् भने यसको मतलब तँ चरम रूपमा बेकामे छस् भन्‍ने हुन्छ। ती कस्ता आचरणका मानिसहरू हुन जो केवल सतही असल कार्य गर्दछन् र वास्तविकता विहीन रहन्छन्? त्यस्ता मानिसहरू केवल पाखण्डी फरिसीहरू र धार्मिक व्यक्तित्वहरू मात्रै हुन्। यदि तिमीहरूले बाह्य अभ्यासलाई त्याग्दैनौ र परिवर्तन गर्न सक्दैनौ भने तिमीहरूभित्र भएको पाखण्डिपन झनझन मौलाउनेछ। तिमीहरूभित्र पाखण्डिपनको तत्वहरू जति धेरै ठूलो भयो, परमेश्‍वर विरुद्धको प्रतिरोध पनि त्यति नै धेरै हुन्छ। अन्त्यमा, त्यस्ता मानिसहरूलाई हटाइनेछ!

अघिल्लो: सामान्य स्थितिमा कसरी प्रवेश गर्ने

अर्को: परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ

मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको...

बाइबल सम्बन्धमा (१)

परमेश्‍वरमाथिको विश्‍वासमा बाइबललाई कसरी हेर्नुपर्छ? यो सिद्धान्तको प्रश्‍न हो। हामी किन यो प्रश्‍नबारे कुरा गर्दैछौं? किनकि भविष्यमा...

परमेश्‍वर स्वयम् अद्वितीय ९

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (३)यस समयावधिमा हामीले परमेश्‍वरलाई पहिचान गर्ने सम्बन्धमा धेरै चीजका बारेमा कुरा...

परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

अधिकांश मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको सारतत्त्व धार्मिक दृढ विश्‍वास नै हो: तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न असक्षम हुन्छन्‌ र...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्