अध्याय १६

मानिसको पुत्रको गवाहीपछि, सर्वशक्तिमान् परमेश्‍वरले आफैलाई धार्मिकताको सूर्यको रूपमा सार्वजनिक तवरले हामीकहाँ प्रकट गर्नुभयो। यो डाँडामा भएको रूप परिवर्तन हो! यो अहिले बढ्दो रूपमा वास्तविक हुँदैछ, धेरै वास्तविकता हुँदैछ। पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भनी हामीले देखेका छौँ, अनि परमेश्‍वर स्वयम्‌ देहबाट उत्पन्न हुनुभएको छ। उहाँ न त मानिस, न त ठाउँ, न त भूगोलको नियन्त्रणमा हुनुहुन्छ; उहाँले पृथ्वी र समुद्रका सीमाहरूलाई उछिन्नुहुन्छ, उहाँ सम्पूर्ण ब्रह्माण्ड र पृथ्वीको अन्त्यसम्म फैलिनुहुन्छ, अनि सबै जातिहरू र सबै मानिसहरूले उहाँको आवाज शान्त भएर सुनिरहेका छन्। हामीले आफ्ना आत्मिक आँखाहरू खोल्‍ने क्रममा, हामी परमेश्‍वरको वचन उहाँको महिमित देहबाट उत्पन्न भएको छ भन्‍ने देख्छौं; यो परमेश्‍वर स्‍वयम् देहबाट उत्पन्न हुनु हो। उहाँ वास्तविक र पूर्ण परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ। उहाँले हामीसित सार्वजनिक रूपमा बोल्नुहुन्छ, उहाँ हामीसित आमने-सामने हुनुहुन्छ, उहाँले हामीलाई सल्लाह दिनुहुन्छ, उहाँले हामीलाई टिठ्याउनुहुन्छ, उहाँले हामीलाई पर्खिनुहुन्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ, उहाँले हामीलाई अनुशासित तुल्याउनुहुन्छ अनि उहाँले हामीलाई न्याय गर्नुहुन्छ। उहाँले हात समातेर डोर्याउनुहुन्छ अनि हामीप्रतिको उहाँको चासो उहाँभित्र आगो जस्तै दन्कन्छ; उहाँले उत्सुक हृदयले हामीलाई जगाउन र उहाँभित्र प्रवेश गर्न प्रेरित गर्नुहुन्छ। उहाँको सर्वोच्‍च जीवन हामी सबैभित्र बनिएको छ, अनि उहाँभित्र प्रवेश गर्ने सबैले त्यही सर्वोच्‍च जीवन हासिल गर्नेछन् र संसार अनि सबै दुष्टहरूमाथि विजय पाउनेछन् अनि उहाँसँगै राजाहरू भएर राज्य गर्नेछन्। सर्वशक्तिमान् परमेश्‍वर परमेश्‍वरको आत्मिक शरीर हो। यदि उहाँले यसलाई नियुक्त गर्नुहुन्छ भने त्यो त्यस्तै हुनेछ; यदि उहाँले बोल्नुभयो भने, त्यो त्यस्तै हुनेछ, अनि उहाँले त्यसलाई आज्ञा दिनुभयो भने, त्यो त्यस्तै हुनेछ। उहाँ एउटै साँचो परमेश्‍वर हुनुहुन्छ! शैतान उहाँको पाउमुनि अतल कुण्डमा छ। ब्रह्माण्ड र सबै थोक उहाँको हातमा छन्; समय आएको छ, अनि सबै कुरा शून्यतामा फर्कनेछन् र नयाँ प्रकारले जन्मनेछन्।

अघिल्लो: अध्याय १५

अर्को: अध्याय १७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्