अध्याय १६

मानव दृष्टिकोणबाट हेर्दा, परमेश्‍वर कति महान्, कति प्रशस्त, कति अचम्मको, कति अथाह हुनुहुन्छ; मानिसहरूको नजरमा, परमेश्‍वरका वचनहरू उच्च भई उठ्छन्, र संसारको महान् उत्कृष्ट कार्यको रूपमा देखा पर्छन्। तर मानिसहरू धेरै असफलता भएकोले र तिनीहरूको मन अत्यन्तै सरल भएकोले, यसको साथै स्वीकार गर्ने तिनीहरूको क्षमता अत्यन्तै सानो भएकोले, परमेश्‍वरले आफ्ना वचनहरू जति नै स्पष्ट रूपमा बोल्नुभए पनि, तिनीहरू बसिरहन्छन् र हलचल गर्दैनन्, मानौं तिनीहरूलाई मानसिक रोग लागेको छ। जब तिनीहरू भोकाउँछन्, तिनीहरूले खानुपर्छ भन्ने बुझ्दैनन्; तिनीहरू तिर्खाउँदा, तिनीहरूले पिउनुपर्छ भन्ने बुझ्दैनन्; तिनीहरू कराई मात्रै रहन्छन् अनि चिच्याइ मात्रै रहन्छन्, मानौं तिनीहरूले आफ्नो आत्माको गहिराइमा अवर्णनीय कठिनाइको अनुभव गरिरहेका छन्, तर तिनीहरूले यसबारे बताउन सकिरहेका छैनन्। जब परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, उहाँको अभिप्राय भनेको मानवजाति सामान्य मानवतामा जिऊन् र आफ्नो अन्तर्निहित क्षमताअनुसार परमेश्‍वरका वचनहरूलाई स्वीकार गरून् भन्ने थियो। तर प्रारम्भमा नै मानिस शैतानको परीक्षाको सिकार बन्न पुगेकोले, आज ऊ आफूलाई मुक्त गर्न नसक्ने अवस्थामा पुगेको छ, र अझै पनि शैतानले हजारौं वर्षदेखि प्रयोग गरेका छलपूर्ण युक्तिहरूलाई पहिचान गर्न असमर्थ छ। यसको साथै, मानिसमा परमेश्‍वरका वचनहरूलाई पूर्ण रूपमा जान्नका लागि चाहिने तत्वहरूको कमी छ—यी सबैले वर्तमान स्थितिमा ल्याइपुऱ्याएका छन्। आजको अवस्थामा पनि, मानिसहरू अझै पनि शैतानको परीक्षाको खतरामा जिउँछन्, त्यसकारण परमेश्‍वरका वचनहरूलाई सही तरिकाले बुझ्न असमर्थ नै रहेका छन्। सामान्य मानिसहरूका स्वभावहरूमा कुटिलपन वा कपट छैन, एकअर्कासँग मानिसहरूको सम्बन्ध सामान्य छ, तिनीहरू एक्लै खडा हुँदैनन् र तिनीहरूको जीवन न त औसत छ न त पतित नै छ। यसरी नै, परमेश्‍वर पनि सबैको बीचमा उचालिनुभएको छ; उहाँका वचनहरू मानिसहरूमाझ व्याप्त छन्, मानिसहरू एकअर्कासँग शान्तिमा र परमेश्‍वरको वास्ता अनि सुरक्षामा बस्छन्, पृथ्वी शैतानको हस्तक्षेपविना मेलमिलापले भरिएको छ र मानिसहरूमाझ परमेश्‍वरको महिमाले सर्वोच्च महत्त्व बोकेको छ। यस्ता मानिसहरू स्वर्गदूतहरू जस्ता हुन्: शुद्ध, जीवन्त, परमेश्‍वरबारे कहिल्यै गनगन नगर्ने र आफ्‍ना सारा प्रयत्‍नहरू पृथ्वीमा परमेश्‍वरको महिमाको निम्ति समर्पित गर्ने। अहिले कालो रातको समय हो—सबै जना छामछाम-छुमछुम र खोजी गरिरहेका छन्, रातको कालो अन्धकारले तिनीहरूलाई भयभीत तुल्याएको छ र तिनीहरू थरथर नकामी बस्न सक्दैनन्; ध्यान दिएर सुन्दा, उत्तर-पश्चिमको बतासको भयानक आवाजको एकपछि अर्को झोक्कामा मानिसको शोकपूर्ण सुकसुकाहट सुनिन्छ। मानिसहरू आफ्नो नियतिको लागि शोक र बिलौना गर्छन्। किन तिनीहरूले परमेश्‍वरका वचनहरू पढे पनि ती बुझ्न सक्दैनन्? मानौं तिनीहरूको जीवन आशाविहीनतामा पुग्न लागेको छ, मानौं तिनीहरूमाथि मृत्यु आइपर्न लागेको छ, मानौं तिनीहरूको अन्तिम दिन तिनीहरूकै आँखाअगाडि आएको छ। त्यस्तो दयनीय परिस्थितिहरू नै कमजोर स्वर्गदूतहरूले परमेश्‍वरलाई पुकार्ने क्षण हुन्, एकपछि अर्को शोकपूर्ण रुवाइसँगै आफ्नो कठिनाइबारे बताउने क्षण हुन्। यही कारणले गर्दा परमेश्‍वरका पुत्रहरू र मानिसहरूसँग काम गर्ने स्वर्गदूतहरू फेरि कहिल्यै पनि मानिसकहाँ ओर्लनेछैनन्; यो तिनीहरूलाई देहमा हुँदा शैतानको चालबाजीमा परेर आफैलाई मुक्त गर्न नसक्ने अवस्थामा पर्न नदिनको लागि हो, र त्यसैले तिनीहरूले मानिसको लागि अदृश्य रहेको आत्मिक संसारमा मात्रै काम गर्छन्। तसर्थ, जब परमेश्‍वरले “जब म मानिसको हृदयमा सिंहासन आरोहण गर्छु, त्यही नै मेरा पुत्रहरू र मेरा मानिसहरूले पृथ्वीमा शासन गर्ने क्षण हुनेछ” भनी भन्नुहुन्छ, उहाँले पृथ्वीका स्वर्गदूतहरूले स्वर्गमा परमेश्‍वरको सेवा गर्नुको आशिष् उपभोग गर्ने समयबारे उल्लेख गरिरहनुभएको हुन्छ। मानिसहरू स्वर्गदूतहरूका आत्माको प्रकटीकरण भएका हुनाले, परमेश्‍वरले के भन्नुहुन्छ भने, मानिसको लागि पृथ्वीमा हुनु भनेको स्वर्गमा हुनु जस्तै हो; किनभने मानिसले पृथ्वीमा परमेश्‍वरको सेवा गर्नु स्वर्गदूतहरूले स्वर्गमा सीधै परमेश्‍वरको सेवा गर्नु जस्तै हो—तसर्थ, पृथ्वीमा हुँदाको समयमा, मानिसले तेस्रो स्वर्गका आशिष्‌हरूको उपभोग गर्छ। यी वचनहरूमा वास्तवमा यही कुरा भनिएको हो।

परमेश्‍वरका वचनहरूमा धेरै अर्थ लुकेका छन्। “जब त्यो दिन आउँछ, मानिसहरूले आफ्नो हृदयको गहिराइबाट मलाई चिन्‍नेछन्, र आफ्‍ना विचारहरूमा मलाई याद गर्नेछन्।” यी वचनहरू मानिसको आत्माप्रति लक्षित छन्। स्वर्गदूतहरूको दुर्बलताको कारण, तिनीहरू सधैँ सबै कुरामा परमेश्‍वरमा भर पर्छन्, र सधैँ परमेश्‍वरसँग जोडिएका छन् र परमेश्‍वरलाई प्रिय ठान्छन्। तर शैतानको बाधाको कारण, तिनीहरूले आफूलाई रोक्न र आफूलाई नियन्त्रण गर्न सक्दैनन्; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न चाहन्छन् तर आफ्‍नो सारा हृदयले उहाँलाई प्रेम गर्न सक्दैनन्, त्यसकारण तिनीहरूले पीडा भोग्छन्। परमेश्‍वरको कार्य निश्चित विन्दुमा पुगेपछि मात्रै, परमेश्‍वरलाई साँचो प्रेम गर्ने यी दयनीय स्वर्गदूतहरूको इच्छा पूरा हुन्छ, यही कारणले गर्दा परमेश्‍वरले यी वचनहरू बोल्नुभएको हो। स्वर्गदूतहरूको प्रकृति भनेको परमेश्‍वरलाई प्रेम गर्नु, कदर गर्नु, र आज्ञापालन गर्नु हो, तैपनि पृथ्वीमा तिनीहरू यसलाई हासिल गर्न असमर्थ रहे, र अहिलेको समयसम्‍म धैर्य रहनेबाहेक तिनीहरूसँग केही विकल्प थिएन। तिमीहरूले आजको संसारलाई हेर्न सक्छौ: सबै मानिसको हृदयमा परमेश्‍वर हुनुहुन्छ, तैपनि तिनीहरू आफ्नो हृदयका परमेश्‍वर साँचो कि झूटो परमेश्‍वर हुनुहुन्छ भनेर छुट्याउन सक्दैनन्, अनि तिनीहरूले तिनीहरूको यस परमेश्‍वरलाई प्रेम गरे पनि, तिनीहरूले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनन्, जसको अर्थ तिनीहरूले आफैलाई नियन्त्रण गर्न सक्दैनन् भन्ने हुन्छ। परमेश्‍वरले प्रकट गर्नुभएको मानिसको कुरूप अनुहार आत्मिक क्षेत्रमा शैतानको साँचो अनुहार हो। मूल रूपमा मानिस निर्दोष र पापरहित थियो, तसर्थ मानिसका सबै भ्रष्ट, कुरूप बानीब्यहोरा आत्मिक क्षेत्रको शैतानका कार्यहरू हुन्, र आत्मिक क्षेत्रका गतिविधिहरूको विश्वासयोग्य विवरण हुन्। “आज, मानिसहरूसँग योग्यताहरू छन्, र तिनीहरूले मेरो अघि घमण्डको साथ खडा हुन, र कुनै रोकटोकविना मसँग हाँसो र ठट्टा गर्न, अनि मलाई उसकै स्तरको मानिसलाई जस्तो सम्‍बोधन गर्न सक्छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। अझै पनि मानिसले मलाई चिन्दैन, उसले अझै पनि हामीमा उस्तै प्रकृति छ, हामी दुवै देह र रगत हौं, र हामी दुवै मानव संसारमा जिउँछौं भन्‍ने विश्‍वास गर्छ।” मानिसको हृदयमा शैतानले यस्तै काम गरेको हुन्छ। शैतानले परमेश्‍वरको विरोध गर्न मानिसका धारणाहरू र नाङ्गो आँखाको प्रयोग गर्छ, तैपनि यहाँ मानिसमाथि महाविपत्ति नपरोस् भनेर परमेश्‍वरले कुनै कुरा नलुकाई यी कुराबारे मानिसलाई बताउनुहुन्छ। सबै मानिसको प्राणघातक कमजोरी के हो भने, तिनीहरूले “देह र रगतको शरीर मात्रै देख्छन्, र परमेश्‍वरका आत्मालाई बुझ्दैनन्।” शैतानले मानिसलाई पार्ने प्रलोभनको एउटा पक्षको आधार यही हो। सबै मानिसले देहमा हुनुभएका आत्मालाई मात्रै परमेश्‍वर भनेर भन्न सकिन्छ भन्ने विश्वास गर्छन्। आत्मा देह बन्नुभएको छ र वास्तवमा तिनीहरूको आँखैअघि देखा पर्नुभएको छ भनेर आज कसैले पनि विश्वास गर्दैन; मानिसहरूले परमेश्‍वरलाई दुई भागको रूपमा हेर्छन्—“भेस र देह”—र परमेश्‍वरलाई कसैले पनि आत्माको देहधारणको रूपमा हेर्दैनन्, देहको सार नै परमेश्‍वरको स्वभाव हो भन्ने कसैले पनि देख्दैनन्। मानिसहरूको कल्पनामा, परमेश्‍वर विशेष रूपमा सामान्य हुनुहुन्छ, तर यो सामान्यतामा परमेश्‍वरको प्रगाढ महत्त्वको एउटा पक्ष लुकेको छ भन्ने कुरा के तिनीहरूलाई थाहा छैन?

जब परमेश्‍वरले सम्पूर्ण संसारलाई ढाक्न थाल्नुभयो, तब घोर अन्धकार भयो, र मानिसहरू सुतेको बेला, उहाँले यसलाई मानिसको बीचमा ओर्लने मौकाको रूपमा लिनुभयो, र औपचारिक रूपमा पृथ्वीका सबै कुनामा आत्मा जारी गर्न सुरु गर्नुभयो, र यसरी मानवजातिलाई मुक्ति दिने कार्यको प्रारम्भ भयो। जब परमेश्‍वरले देहको रूप धारण गर्न सुरु गर्नुभयो, तब उहाँले व्यक्तिगत रूपमा पृथ्वीमा काम गर्नुभयो भनेर भन्न सकिन्छ। त्यसपछि आत्माको काम सुरु भयो, अनि त्यसरी पृथ्वीमा सबै काम औपचारिक रूपमा सुरु भयो। दुई हजार वर्षसम्म, परमेश्‍वरका आत्माले सम्पूर्ण ब्रह्माण्डभरि सधैँ काम गर्नुभएको छ। मानिसहरूलाई न त यसबारे थाहा छ न त तिनीहरूले यसको अनुभूति गर्न नै सक्छन्, तर आखिरी दिनहरूको अवधिमा, यो युग समाप्त हुन आँटेको बेला, परमेश्‍वर व्यक्तिगत रूपमै काम गर्न पृथ्वीमा ओर्लनुभएको छ। आखिरी दिनहरूको अवधिमा जन्मनेहरूको लागि यो नै आशिष् हो, जसले देहमा जिउनुहुने परमेश्‍वरको स्वरूपलाई व्यक्तिगत रूपमा नै देख्न सक्छन्। “जब गहिराइको सम्पूर्ण अनुहार अँध्यारो थियो, तब मैले मानिसको बीचमा संसारको तीतो स्वाद चाख्न थालेँ। मेरो आत्माले संसारभरि यात्रा गर्छ र सबै मानिसहरूको हृदयलाई नियाल्छ, तैपनि म पनि त्यसरी नै मेरो देहधारी शरीरमा मानवजातिलाई जित्छु।” स्वर्गका परमेश्‍वर र पृथ्वीका परमेश्‍वरबीचमा हुने मैत्रीपूर्ण सहकार्य यही हो। आखिरमा, मानिसहरूले आफ्ना विचारहरूमा के विश्वास गर्नेछन् भने पृथ्वीमा हुनुहुने परमेश्‍वर नै स्वर्गमा हुनुहुने परमेश्‍वर हुनुहुन्छ, स्वर्ग र पृथ्वी अनि तिनमा भएका यावत् थोक पृथ्वीमा हुनुहुने परमेश्‍वरले बनाउनुभएको हो, मानिसलाई पृथ्वीमा हुनुहुने परमेश्‍वरले नै नियन्त्रण गर्नुहुन्छ, पृथ्वीमा हुनुहुने परमेश्‍वरले पृथ्वीमा स्वर्गको काम गर्नुहुन्छ, र स्वर्गका परमेश्‍वर देहमा देखा पर्नुभएको छ। पृथ्वीमा परमेश्‍वरको कामको अन्तिम उद्देश्य यही हो, त्यसकारण यो चरण देहको अवधिको कामको सबैभन्दा उच्‍च मापदण्ड भएको चरण हो; यसलाई ईश्वरीयतामा अघि बढाइन्छ, र यसले सबै मानिसलाई इमानदार रूपमा विश्वस्त हुने तुल्याउँछ। मानिसहरूले आफ्ना धारणाहरूमा परमेश्‍वरलाई जति धेरै खोजी गर्छन्, तिनीहरूलाई पृथ्वीमा हुनुहुने परमेश्‍वर त्यति नै साँचो हुनुहुन्न भन्ने लाग्छ। त्यसैले त परमेश्‍वर भन्नुहुन्छ, मानिसहरूले खोक्रा अक्षर र धर्मसिद्धान्तहरूमा परमेश्‍वरको खोजी गर्छन्। मानिसहरूले आफ्ना धारणाहरूमा परमेश्‍वरलाई जति धेरै चिन्छन्, यी शब्द र धर्मसिद्धान्तहरू बोल्न तिनीहरू त्यति नै सिपालु बन्छन् र त्यति नै आदरयोग्य बन्छन्; मानिसहरूले शब्द र धर्मसिद्धान्तहरू जति धेरै बोल्छन्, तिनीहरू परमेश्‍वरबाट त्यति नै टाढा बन्छन्, मानिसको सार जान्न त्यति नै असमर्थ बन्छन्, तिनीहरूले परमेश्‍वरको त्यति नै अवज्ञा गर्छन्, र तिनीहरू परमेश्‍वरका मापदण्डहरूबाट त्यति नै टाढा जान्छन्। परमेश्‍वरले मानिसलाई दिनुभएका मापदण्डहरू मानिसहरूले कल्पना गरेजस्तो अलौकिक छैनन्, तैपनि कसैले पनि कहिल्यै परमेश्‍वरको इच्छालाई साँचो रूपमा बुझेका छैनन्, तसर्थ परमेश्‍वर भन्नुहुन्छ, “मानिसले असीमित आकाशमा, वा बटारिएर यताउता चल्‍ने समुद्रमा, वा शान्त तालमा, वा खोक्रा अक्षर र धर्मसिद्धान्तहरूमा मात्रै खोजी गर्न सक्छन्।” परमेश्‍वरले मानिसलाई जति धेरै मापदण्डहरू दिनुहुन्छ, तिनीहरूलाई त्यति नै परमेश्‍वर पहुँचभन्दा बाहिर हुनुहुन्छ भन्ने लाग्छ, र तिनीहरूले त्यति नै परमेश्‍वर महान् हुनुहुन्छ भनेर विश्वास गर्छन्। तसर्थ, परमेश्‍वरको मुखले बोलेका सबै वचन मानिसले प्राप्त गर्न नसक्ने प्रकारका छन् भन्ने तिनीहरूको चेतना छ, त्यसकारण व्यक्तिगत रूपमा काम गर्नेबाहेक परमेश्‍वरसँग कुनै विकल्प छैन; यसबीच, मानिससँग परमेश्‍वरसँग सहकार्य गर्ने अलिकति पनि इच्छा छैन, र ऊ नम्र र आज्ञाकारी बन्ने प्रयास गर्दै शिर झुकाएर आफ्ना पापहरू स्वीकार गर्ने कार्यमा मात्रै लागिरहन्छ। तसर्थ, थाहै नपाई मानिसहरू नयाँ धर्ममा प्रवेश गर्छन्, धार्मिक मण्डलीहरूमा हुनेभन्दा पनि चरम धार्मिक अनुष्ठानमा प्रवेश गर्छन्। यसले गर्दा मानिसहरूले आफ्नो नकरात्मक स्थितिलाई सकारात्मक स्थितिमा परिवर्तन गरी सामान्य अवस्थाहरूमा फर्किनु आवश्यक हुन्छ; नत्र भने, मानिस झन्-झन् गहन रूपमा जालमा फस्नेछ।

परमेश्‍वरले किन उहाँका यति धेरै वाणीहरूमा पहाड-पर्वत र नदी-नालाबारे व्याख्या गर्नमा जोड दिनुहुन्छ? के यी वचनमा कुनै चिन्हगत अर्थ छन्? परमेश्‍वरले मानिसहरूलाई उहाँको देहमा उहाँले गर्नुहुने कामहरू मात्र देखाउनुहुन्न, उहाँले त आकाशमण्डलमाथि रहेका आफ्ना शक्तिहरूबारे पनि मानिसलाई बुझ्न दिनुहुन्छ। यसरी, परमेश्‍वर देहमा हुनुहुन्छ भन्ने कुरामा कुनै शङ्काविना विश्वास गर्नुका साथै, मानिसहरूले व्यावहारिक परमेश्‍वरका कार्यहरूलाई पनि चिन्छन्, र यसरी पृथ्वीका परमेश्‍वरलाई स्वर्गमा पठाइन्छ, अनि स्वर्गका परमेश्‍वरलाई पृथ्वीमा ल्याइन्छ, त्यसपछि मात्रै मानिसहरूले परमेश्‍वर के हुनुहुन्छ ती सबै पूर्ण रूपमा देख्न र उहाँको सर्वशक्तिमान्‌ताको अझै धेरै ज्ञान प्राप्त गर्न सक्छन्। परमेश्‍वरले देहमा मानवजातिलाई जित्न र माथि र सम्पूर्ण ब्रह्माण्डमा यात्रा गर्नको लागि देहलाई नाघ्न जति सक्नुहुन्छ, व्यावहारिक परमेश्‍वरलाई देखेको आधारमा मानिसहरूले उहाँका कार्यहरूलाई त्यति नै बढी देख्न सक्छन्, र यसरी सम्पूर्ण ब्रह्माण्डभरि परमेश्‍वरले गर्नुहुने कार्यको सत्यतालाई जान्न सक्छन्—अर्थात्, झूटो होइन तर यथार्थ काम—यसरी तिनीहरूले आजका व्यावहारिक परमेश्‍वर आत्माका मूर्त रूप हुनुहुन्छ, र मानिसको देहको शरीरजस्तो हुनुहुन्न भन्ने थाहा पाउँछन्। तसर्थ परमेश्‍वर भन्नुहुन्छ, “तर जब म मेरो क्रोध पोखाउँछु, पर्वतहरू तुरुन्तै अलग हुन्छन्, भूमि तुरुन्तै हल्लन थाल्छ, पानी तुरुन्तै सुक्छ, र मानिस तुरुन्तै विपत्तिको चपेटामा पर्छ।” जब मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तिनीहरूले तिनलाई परमेश्‍वरको देहसँग सम्बन्धित ठान्छन्, तसर्थ आत्मिक क्षेत्रको कार्य र वचनहरूले सीधै देहका परमेश्‍वरतर्फ औंल्याउँछन्, जसले अझै प्रभावकारी परिणाम पैदा गर्छ। जब परमेश्‍वर बोल्नुहुन्छ, तब यो प्रायजसो स्वर्गबाट पृथ्वीतर्फ बोलिन्छ, त्यसपछि एक पटक फेरि पृथ्वीबाट स्वर्गतर्फ बोलिन्छ, यसले गर्दा परमेश्‍वरका वचनहरूका मनसाय र उत्पत्तिलाई बुझ्न सबै मानिसरू असमर्थ हुन्छन्। “जब म स्वर्गहरूका बीचमा हुन्छु, मेरो उपस्थितिले कहिल्यै पनि ताराहरू आत्तिएका छैनन्। बरु, तिनीहरूले मेरो लागि गर्ने काममा आफ्‍नो हृदय लगाउँछन्।” स्वर्गको स्थिति यस्तै छ। परमेश्‍वरले विधिवत् रूपमा सबै कुरा तेस्रो स्वर्गमा मिलाउनुहुन्छ, यस क्रममा परमेश्‍वरको सेवा गर्ने सबै सेवकले परमेश्‍वरको लागि आ-आफ्नो काम गर्छन्। तिनीहरूले परमेश्‍वरको अवज्ञा गर्ने कुनै काम कहिल्यै गरेका छैनन्, त्यसकारण परमेश्‍वर बोल्नुहुँदा तिनीहरू आत्तिँदैनन्, बरु तिनीहरूले आफ्नो काममा हृदय लगाउँछन्; त्यहाँ कहिल्यै पनि भताभुङ्ग अवस्था हुँदैन, यसरी सबै स्वर्गदूत परमेश्‍वरको ज्योतिमा जिउँछन्। यसबीच, पृथ्वीका मानिस तिनीहरूको अवज्ञाले गर्दा र तिनीहरूले परमेश्‍वरलाई नचिन्ने हुनाले अन्धकारमा जिउँछन्, र तिनीहरूले परमेश्‍वरको जति धेरै विरोध गर्छन्, तिनीहरू त्यति नै बढी अन्धकारमा जिउँछन्। जब परमेश्‍वरले “स्वर्गहरू जति चम्किला हुन्छन्, मुनिको संसार त्यति नै अँध्यारो हुन्छ” भनेर भन्नुहुन्छ, तब उहाँले परमेश्‍वरको दिन कसरी सबै मानवजातिको झन्-झन् नजिक आइरहेको छ भन्ने कुरालाई उल्लेख गरिरहनुभएको हुन्छ। तसर्थ, परमेश्‍वरको तेस्रो स्वर्गमा हुने ६,००० वर्षे व्यस्तता चाँडै नै समाप्त हुनेछ। पृथ्वीका यावत् थोक अन्तिम चरणमा पुगेका छन्, र चाँडै नै प्रत्येकलाई परमेश्‍वरको हातबाट काटी फालिनेछ। मानिसहरू आखिरी दिनहरूको समयको जति नजिक पुग्छन्, तिनीहरूले मानव संसारको भ्रष्टतालाई त्यति नै बढी चाख्न सक्छन्; तिनीहरू आखिरी दिनहरूको समयको जति नजिक पुग्छन्, तिनीहरू त्यति नै बढी आफ्नै देहमा लिप्त हुन पुग्छन्। संसारको दुःखदायी अवस्थालाई उल्ट्याउन चाहनेहरूसमेत धेरै छन्, तैपनि परमेश्‍वरका कार्यहरूले गर्दा, तिनीहरूको सुस्केरासँगै तिनीहरूको आशा हराइजान्छ। तसर्थ, जब मानिसहरूले वसन्तको न्यानोपन अनुभूति गर्छन्, परमेश्‍वरले तिनीहरूको आँखा छोपिदिनुहुन्छ, त्यसकारण तिनीहरू छालहरूको उतारचढावमा तैरिँदै बग्छन्, तर तिनीहरूमध्ये एक जना पनि टाढा देखिने जीवन-डुङ्गासम्म पुग्न समर्थ छैनन्। मानिसहरू अन्तर्निहित रूपमा नै कमजोर भएका हुनाले, परिस्थिति बदल्न सक्ने कोही पनि छैन भनेर परमेश्‍वर भन्नुहुन्छ। जब मानिसहरूले आशा गुमाउँछन्, परमेश्‍वर सम्पूर्ण ब्रह्माण्डसँग बोल्न थाल्नुहुन्छ। उहाँले सारा मानवजातिलाई मुक्ति दिन थाल्नुहुन्छ, अनि त्यसपछि मात्रै परिस्थितिलाई परिवर्तन गरिसकेपछि आउने नयाँ जीवन मानिसहरूले प्राप्त गर्न सक्छन्। आजका मानिसहरू आत्म-धोकाको चरणमा छन्। तिनीहरूअगाडिको बाटो अत्यन्तै निर्जन र अस्पष्ट भएकोले, र तिनीहरूको भविष्य “असीमित” र “सीमारहीत” भएको कारण, यस युगका मानिसहरूमा युद्ध गर्ने कुनै इच्छा छैन, र तिनीहरूले हनहाओ चराले[क] जस्तै आफ्ना दिनहरू बिताउन मात्र सक्छन्। जीवन र मानिसको अस्तित्वबारे ज्ञानको गम्भीर खोजी गर्ने कहिल्यै कोही देखिएको छैन; बरु, तिनीहरू संसारको दयनीय अवस्थालाई उल्ट्याउन स्वर्गका मुक्तिदाता कहिले ओर्लनुहुन्छ भनेर मात्रै प्रतीक्षा गरिरहन्छन्, त्यसपछि मात्रै तिनीहरूले उत्सुकताको साथ जीवन बिताउने प्रयास गर्नेछन्। यी सबै मानवजातिको साँचो स्थिति र सबै मानिसहरूको मानसिकता हुन्।

आज, परमेश्‍वरले मानिसको वर्तमान मानसिकतालाई ध्यानमा राख्दै उसको भविष्यको नयाँ जीवनबारे भविष्यवाणी गर्नुहुन्छ। यो परमेश्‍वरले बताउनुभएको ज्योति उदय भएको झलक हो। परमेश्‍वरले जे भविष्यवाणी गर्नुहुन्छ त्यो उहाँले आखिरमा हासिल गर्नु नै हुनेछ, र त्यो उपलब्धि नै शैतानमाथिको परमेश्‍वरको विजयका फलहरू हुनेछन्। “म सबै मानिसमाझ हिँडडुल गर्छु र जताततै हेरिरहेको छु। कुनै पनि कुरा पुरानो देखिन्न र कुनै पनि व्यक्ति पहिलेजस्तो छैन। म सिंहासनमा आराम गर्छु, म सारा ब्रह्माण्डमाथि अडेस लाग्छु…।” परमेश्‍वरको वर्तमान कामको परिणाम यही हो। परमेश्‍वरका चुनिएका सबै मानिस आफ्ना मौलिक स्वरूपमा फर्कन्छन्, जसको कारण स्वर्गदूतहरू स्वतन्त्र हुन्छन् जसले यतिका धेरै वर्षदेखि कष्ट भोगेका छन्, जसरी परमेश्‍वर भन्‍नुहुन्छ “हरेकको मुहार मानिसको हृदयभित्र हुनुभएका परमपवित्रको जस्तै छ।” किनकि स्वर्गदूतहरू पृथ्वीमा काम गर्छन् र पृथ्वीमै परमेश्‍वरको सेवा गर्छन्, अनि परमेश्‍वरको महिमा संसारभरि फैलिने हुनाले, स्वर्गलाई पृथ्वीमा ल्याइएको छ र पृथ्वीलाई स्वर्गमा उचालिएको छ। यसैले मानिस स्वर्ग र पृथ्वीलाई जोड्ने कडी हो; स्वर्ग र पृथ्वी अबउसो अलग छैनन्, छुट्टिएका छैनन्, तर एक भएर जोडिएका छन्। संसारभरि, परमेश्‍वर र मानिस मात्र अस्तित्वमा छन्। धूलो वा मैलो छैन, र परमेश्‍वरका सारा अनुग्रहको आनन्द लिँदै आकाशमुनिको हरियो चरनमा सानो थुमा सुतिरहेको जस्तै सबै थोक नवीकरण भएका छन्। र हरियालीको आगमनको कारण जीवनको सास चम्कन्छ, किनकि जसरी परमेश्‍वरको मुखबाट “म फेरि एक पटक शान्त तरिकाले सियोनभित्र बसोबास गर्न सक्छु” भनी भनिएको थियो, त्यसरी नै सारा अनन्तसम्म मानिसहरूसँगै बस्‍न परमेश्‍वर संसारमा आउनुहुन्छ। यो शैतानको हारको सङ्‍केत हो, यो परमेश्‍वरको विश्रामको दिन हो र सबै मानिसले यस दिनको गुणगान र घोषणा गर्नेछन् र सबै मानिसले स्मरण गर्नेछन्। जब परमेश्‍वर सिंहासनमा विश्राम गर्नुहुन्छ, परमेश्‍वरले पृथ्वीमा आफ्नो कामको समाप्त गर्ने समय त्यही हो र परमेश्‍वरका सारा रहस्य मानिसहरूलाई देखाइने क्षण यही नै हो; परमेश्‍वर र मानिस कहिल्यै नछुट्टिने गरी, सदाको लागि मिलापमा रहनेछन्—राज्यका सुन्दर दृश्यहरू यस्ता छन्!

रहस्यहरूभित्र रहस्यहरू लुकेका छन्; परमेश्‍वरका वचनहरू साँच्चै नै प्रगाढ र अथाह छन्!

फूटनोट:

क. हनहाओ चराको कथा एसोपको कमिला र फटेंग्राको कथासँग मिल्दोजुल्दो छ। हनहाओ चरा आफ्नो छिमेकी नीलकण्ठ चराबाट बारम्बार चेताउनीहरू पाए पनि न्यानो मौसम हुँदा गुँड बनाउनुको सट्टा सुत्नु रुचाउँछ। जब हिउँद आउँछ, त्यो चरा चिसोले कठाङ्ग्रिएर मर्छ।

अघिल्लो: अध्याय १५

अर्को: अध्याय १७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

वास्तविकता कसरी थाहा पाउने

परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने...

विजयको कामको भित्री सत्यता (४)

सिद्ध बनाइनु भनेको के हो? जितिनु भनेको के हो? मानिसहरूलाई जित्नका निम्ति कुन मापदण्डहरू पूरा हुनुपर्दछ? र तिनीहरूलाई सिद्ध बनाउनका निम्ति...

परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरको पवित्रता (३)हामीले पछिल्लोपटक परमेश्‍वरको पवित्रता भन्‍ने विषयमा सङ्गति गरेका थियौं। परमेश्‍वर स्वयम्‌को कुन पक्ष परमेश्‍वरको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्