अध्याय २३

मेरो सोर सुन्ने सबै भाइ-बहिनीहरूलाई: तिमीहरूले मेरो कठोर न्यायको आवाज सुनेका छौ र तिमीहरूले चरम कष्ट भोगेका छौ। तापनि मेरो कठोर सोरको पछाडि मेरा अभिप्रायहरू लुकेका छन् भन्‍ने तिमीहरूले जान्‍नुपर्छ! तिमीहरूले मुक्ति पाउन सक भनेर म तिमीहरूलाई अनुशासनमा राख्छु। तिमीहरूले जान्नुपर्छ, म मेरा प्रिय छोराहरू, तिमीहरूलाई निश्‍चय अनुशासनमा राख्छु र तिमीहरूलाई छिँवल्छु र चाँडै नै तिमीहरूलाई पूर्ण बनाउँछु। मेरो हृदय अत्यन्तै उत्सुक छ, तर तिमीहरू मेरो हृदयलाई बुझ्दैनौ र तिमीहरू मेरो वचनअनुसार काम गर्दैनौ। मेरा वचनहरू आज तिमीहरूमाथि आउँछन्, जसद्वारा तिमीहरू परमेश्‍वर साँच्चै एक प्रेमिलो परमेश्‍वर हुनुहुन्छ भनी जान्‍नेछौ र तिमीहरू सबैलाई परमेश्‍वरको साँचो प्रेम अनुभव गराउँछ। तापनि, थोरै सङ्ख्याका मानिसहरू पनि छन् जसले बहाना गरिरहेका छन्। जब तिनीहरू अरू मानिसहरूको दु:ख देख्छन्, तिनीहरूले उनीहरूको नक्कल गर्छन्, अनि तिनीहरूले पनि आँखामा आँसु झार्छन्। अरू पनि छन्—जो बाहिरी रूपमा परमेश्‍वरप्रति ऋणी भएको जस्तो देखिन्छन् र तिनीहरू पछुताएका जस्ता देखिन्छन्, तर भित्री रूपमा, तिनीहरूले साँचो रूपमा परमेश्‍वरलाई चिन्दैनन्, न त तिनीहरू उहाँबारे निश्चित नै छन्; बरु, तिनीहरूले बाहिरी रूप मात्र प्रस्तुत गर्दैछन्। म यी मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्छु! ढिलो चाँडो, यी मानिसहरूलाई मेरो सहरबाट अलग गरिनेछ। मेरो अभिप्राय यही हो: म ती मानिसहरू चाहन्छु, जसले उत्कटताको साथ मेरो चाहना गर्छन्, र मलाई साँचो हृदयले पछ्याउनेहरूले मात्र मलाई खुसी पार्न सक्छन्। यी त्यस्ता मानिसहरू हुन् जसलाई म निश्चित रूपले आफ्नै हातले सहायता गर्नेछु, र तिनीहरूले कुनै विपत्तिको सामना गर्नु नपरोस् भन्‍ने म निश्चित गर्नेछु। साँचो रूपमा परमेश्‍वरलाई चाहने मानिसहरूले परमेश्‍वरको हृदयलाई ध्यान दिन र मेरो इच्‍छा पूरा गर्न इच्छुक हुनेछन्। यसैले, तिमीहरू चाँडै वास्तविकतामा प्रवेश गर्नुपर्छ र मेरो वचनलाई तिमीहरूको जीवनको रूपमा स्वीकार गर्नुपर्छ—यही नै मेरो सबैभन्दा ठूलो बोझ हो। यदि मण्डलीहरू र सन्तहरू सबै वास्तविकतामा प्रवेश गर्छन् र सबैले प्रत्यक्ष रूपमा मसँग सङ्गति गर्न, मेरो आमनेसामने हुन र सत्यता र धार्मिकताको अभ्यास गर्न सक्छन् भने मात्र तिनीहरू मेरा प्रिय छोराहरू हुनेछन्, जसमा म प्रसन्न हुन्छु। यिनै मानिसहरूलाई म सबै महान् आशिषहरू प्रदान गर्दछु।

अघिल्लो: अध्याय ३६

अर्को: अध्याय ६

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

अध्याय ५

मेरो आत्माको आवाज मेरो स्वभावको सम्पूर्णताको अभिव्यक्ति हो। तिमीहरू बुझ्छौ? यस बुँदामा अस्पष्ट हुनु भनेको मलाई प्रत्यक्ष रूपमा विरोध गर्नु...

परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

व्यावहारिकता र परमेश्‍वरको कामको पूर्ण बुझाइको ज्ञानको प्राप्त गर्नु—यी दुवै उहाँका वचनहरूमा देखिन्छन्, र यी वचनहरूद्वारा मात्र तैँले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्