अभ्यास (८)

तिमीहरूले अझै पनि सत्यका विभिन्न पक्षहरूलाई बुझ्दैनौ, र तिमीहरूको अभ्यासमा अझै पनि केही त्रुटिहरू र अस्थिरताहरू छन्; धेरै वटा क्षेत्रहरूमा, तिमीहरू आफ्ना धारणाहरू र कल्पनाहरू अनुसार जिउँछौ, अभ्यासका सिद्धान्तहरू कहिल्यै पनि बुझ्न सक्दैनौ। यसैले अझै पनि मानिसहरूलाई सही मार्गमा प्रवेश गराउनका निम्ति मार्गनिर्देशन गर्नु आवश्यक छ; अर्को शब्दमा, यसैले कि उनीहरूले आफ्नो मानवीय र आत्मिक जीवन संचालन गर्न सकून्, दुवै पक्षको अभ्यास गर्न सकून्, र यसरी उनीहरूलाई बारम्बार सहयोग वा मार्गनिर्देशन गर्न नपरोस्। तब मात्र तिनीहरूसँग साँचो कद हुनेछ। अनि भविष्यमा तँलाई मार्गनिर्देशन गर्ने कोही छैन भने पनि, तँ आफैले अनुभव गर्न सक्नेछस्। आज, यदि तैँले सत्यको कुन पक्षहरू महत्त्वपूर्ण छन् र कुन छैनन् भनी बुझिस् भने, तँ भविष्यमा वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। आज, तिमीहरू सही मार्गमा डोऱ्याइँदैछौ, तिमीहरूलाई धेरै सत्यताहरू बुझ्न दिइएको छ, र भविष्यमा तिमीहरू अझ गहिराइमा जान सक्नेछौ। यो भन्न सकिन्छ, कि अहिले मानिसहरूलाई जे बुझ्न दिइँदैछ त्यो नै शुद्ध तरिका हो। आज, तँलाई सही मार्गमा डोऱ्याइँदैछ—र एक दिन, तँलाई मार्गनिर्देशन गर्ने कोही नहुँदा पनि तैँले अभ्यास गर्नेछस् र सबैभन्दा शुद्ध मार्गअनुसार अझ गहिराइमा बढ्नेछस्। आज, मानिसहरूलाई कुन प्रकारका अभ्यासहरू सही र कुन अस्थिर छन् भनेर बुझ्न दिइएको छ। यी कुराहरू बुझिसकेपछि, भविष्यमा उनीहरूका अनुभवहरू अझ गहिरो हुनेछन्। आज, तिमीहरूको अभ्यासमा धारणाहरू, कल्पनाहरू र अस्थिरताहरू उल्टिँदैछन्, अनि अभ्यास र प्रवेशको मार्ग तिमीहरूलाई प्रकट गरिँदैछ, त्यसपछि कामको यो चरण समाप्त हुनेछ, र तिमीहरू त्यो बाटोमा हिँड्न थाल्नेछौ जुन बाटोमा मानवजाति हिँड्नुपर्छ। तब मेरो काम समाप्त हुनेछ, र त्यस बिन्दुबाट अगि तिमीहरूले मलाई फेरि भेट्ने छैनौ। आज, तिमीहरूको कद अझै पनि सानो छ। मानिसको प्रकृति सारबाट उत्पन्न हुने कठिनाइहरू धेरै छन्, र त्यसरी नै गहिरो जरा गाडेका केही कुराहरू छन् जसलाई अझै खोतल्नु बाँकी नै छ। तिमीहरूले मानिसहरूको प्रकृति सारको अझ उत्तम विवरणहरूलाई बुझ्दैनौ, र ती देखाउन अझै पनि तिमीहरूलाई मेरो आवश्यकता पर्छ, नत्र तिमीहरूले ती कुराहरू बुझ्न सक्नेछैनौ। एक निश्चित बिन्दुमा जब तिमीहरूको हड्डी र रगत भित्रका कुराहरू प्रकट हुन्छन्, यही कुरालाई नै सजाय र न्याय भनिन्छ। जब मेरो काम पूर्ण र सम्पूर्ण रूपमा सम्पन्न हुन्छ तब मात्र म यसलाई समाप्त गर्नेछु। तिमीहरूका भ्रष्ट सारलाई जति गहन रूपले प्रकट गरिन्छ, तिमीहरूले उति नै बढी ज्ञान पाउनेछौ, र यो तिमीहरूको भविष्यको गवाही र सिद्धताका लागि ठूलो महत्त्वको हुनेछ। जब सजाय र न्यायको कामलाई सम्पूर्ण रूपले राम्ररी सम्पन्न गरिसकेपछि मात्र मेरो काम पूरा हुनेछ, र तिमीहरूले मेरो सजाय र न्यायद्वारा मलाई जान्नेछौ। तिमीहरूले मेरो स्वभाव र धार्मिकतालाई मात्र होइन, तर सबैभन्दा महत्त्वपूर्ण कुरा तिमीहरूले मेरो सजाय र न्यायलाई जान्नेछौ। तिमीहरूमध्ये धेरै जनामा मेरो कामको विवरणको नयाँपन र स्तरको बारेमा ठूलो धारणा छ। जेसुकै भए पनि, तिमीहरूले यो बुझ्नुपर्छ, कि मेरो काम नयाँ र विस्तृत छ, र म तिमीहरूको हात समातेर तिमीहरूलाई आमनेसामने अभ्यास गर्न सिकाउँछु। यो तिमीहरूको अभ्यास र भविष्यमा स्थिर रहन तिमीहरूको क्षमताका लागि फाइदाजनक छ; अन्यथा, तिमीहरू शरद ऋतुका पातहरू जस्तो हुनेछौ, ओइलाउँछौ, पहेँलिन्छौ र सुक्खा हुन्छौ, कुनै मूल्यविनाका हुन्छौ। तिमीहरूले यो जान्नुपर्छ, कि म तिमीहरूका हृदय र आत्माका सबै कुरा जान्दछु; र तिमीहरूले यो जान्नुपर्छ कि मैले गर्ने काम र मैले बोल्ने वचनहरू अत्यन्तै जटिल छन्। तिमीहरूलाई तिमीहरूका स्वभाव र क्षमताको आधारमा, व्यवहार गर्नुपर्छ। यसरी मात्र मेरो सजाय र न्यायको बारेमा तिमीहरूको ज्ञान अझ स्पष्ट हुन्छ, र आज तिमीहरूले जानेनौ भने पनि भोलि जान्नेछौ। सृष्टि गरिएको कुनै पनि प्राणी मेरो सजाय र न्यायका वचनहरूमा पर्नेछ, किनकि कुनै मानिसले मेरो विरोध गरेको म सहँदिन।

तिमीहरू सबै आफ्नो जीवन उचित रूपले संचालन गर्न सक्ने हुनुपर्छ। तिमीहरूले हरेक दिन आफ्नो चाहनाअनुसार व्यवस्थित गर्न सक्छौ; तिमीहरू आफूलाई जे मन पर्छ त्यो गर्न स्वतन्त्र छौ; तिमीहरू परमेश्‍वरका वचनहरू पढ्न, भजनहरू वा प्रवचनहरू सुन्न सक्छौ, वा उपासनाका टिप्पणीहरू लेख्न सक्छौ; र यदि तिमीहरूलाई रुचि छ भने तिमीहरू भजन पनि लेख्न सक्छौ। के यी सबैद्वारा उपयुक्त जीवन बन्दैन र? यी सबै कुराहरूले नै मानव जीवन बनेको हुनुपर्छ। मानिसहरू स्वाभाविक रूपमा जिउनुपर्छ; जब तिनीहरूले आफ्नो सामान्य मानवता र आफ्नो आत्मिक जीवन, दुवैमा फल फलाउँछन् तब मात्र तिनीहरू सामान्य जीवनमा प्रवेश गरेका छन् भन्‍ने मान्न सकिन्छ। आज, तँसित मानवताको सम्बन्धमा मात्र अन्तर्दृष्टि र विवेकको कमी छ भन्‍ने होइन। मानिसहरू सुसज्जित हुनुपर्ने धेरै दर्शनहरू छन् भनी जान्नुपर्छ, र तैँले जुनसुकै पाठ सिके पनि त्यो तैँले सिक्‍नुपर्ने पाठ नै हो; तँ वातावरणसँग मिल्दो हुन सक्ने हुनुपर्छ। फलदायी हुनका निम्ति तेरो शिक्षाको स्तर बढाउने कार्य लामो समयसम्म गर्नुपर्छ। सामान्य मानव जीवनका निम्ति तैँले आफैलाई सुसज्जित पार्नुपर्ने केही कुरा छन्, र तैँले आफ्नो जीवन प्रवेशलाई पनि बुझ्नुपर्छ। आज, तैँले परमेश्‍वरका वचनहरू फेरि पढेर धेरै बुझेको छस्—जुन तैँले त्यति बेला बुझिनस्, र अहिले तेरो हृदय धेरै स्थिर भयो। यी पनि तैँले कमाएका परिणामहरू नै हुन्। जुन दिन तँ परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, र तँभित्र थोरै बुझाइ हुन्छ, तब तैँले आफ्ना दाजुभाइ र दिदी-बहिनीहरूसँग यस बारेमा खुलस्त कुराकानी गर्न सक्छस्। के तँमा हुनुपर्ने जीवन यही नै होइन र? कहिलेकहीँ, केही प्रश्नहरू उठाइन्छ, वा तँ एउटा विषयमाथि चिन्तन गर्छस्, र त्यसले तँलाई भेदशक्तिमा अझ राम्रो बनाउँदछ, र तँलाई अझ बढी अन्तर्दृष्टि र बुद्धि दिन्छ, तँलाई केही सत्यताहरू बुझ्ने तुल्याउँछ—र के यो आज बताइएको आत्मिक जीवनभित्र समावेश कुरा होइन र? आत्मिक जीवनको एक पक्षलाई मात्र अभ्यास गर्ने कुरा स्वीकार्य हुँदैन; परमेश्‍वरको वचन खानु र पिउनु, प्रार्थना गर्नु र भजनहरू गाउनु यी सबैद्वारा आत्मिक जीवन बन्दछ, र जब तँसित आत्मिक जीवन हुन्छ, तब तँसित सामान्य मानवताको जीवन पनि हुनुपर्दछ। आज, भनिएका धेरै कुराहरू मानिसहरूलाई तर्कशक्ति र अन्तर्दृष्टि दिनका लागि हो, तिनीहरूलाई सामान्य मानवताको जीवन प्रदान गराउनको लागि हो। अन्तर्दृष्टि हुनु भनेको के हो; सामान्य पारस्परिक सम्बन्धहरू हुनु भनेको के हो; तैँले मानिससँग कसरी कुराकानी गर्नुपर्दछ—तैँले परमेश्‍वरका वचनहरू खाएर अनि पिएर आफैलाई यी कुराहरूद्वारा सुसज्जित पार्नुपर्छ, र तँबाट जे माग गरिएको छ त्यो मानवताद्वारा प्राप्त गर्न सकिन्छ। आफैलाई ती कुराहरूद्वारा सुसज्जित पार् जसद्वारा तँ सुसज्जित हुनुपर्छ, र जे उचित छ त्योभन्दा बढी नगर्; केही मानिसहरूले सबै किसिमका शब्दहरू र शब्दावलीहरूको प्रयोग गर्दछन्, र यसमा उनीहरूले आफ्नो आकर्षण देखाउँछन्। र अरू सबै प्रकारका पुस्तकहरू पढ्छन्, जसद्वारा उनीहरू शरीरका अभिलाषाहरूमा लिप्त हुन्छन्। तिनीहरू संसारका तथाकथित महान् व्यक्तिहरूका जीवनीहरू र भनाइहरू अध्ययन गर्छन् र तिनका अनुकरण गर्छन्, र अश्‍लील सामग्रीहरू पढ्छन्—यो अझ बढी हाँसउठ्दो कुरा हो! यस्ता मानिसहरूले जीवन प्रवेशकोबाटो जानेका हुँदैनन्, परमेश्‍वरको आजको कामको बारेमा जान्‍नु त परै जाओस्। हरेक दिन कसरी बिताउने भन्‍ने कुरा समेत तिनीहरू जान्दैनन्। उनीहरूका जीवनको शून्यता यस्तै हुन्छ! उनीहरू कुन कुरामा प्रवेश गर्ने भनेर तिनीहरू पूर्णतया अनजान छन्। तिनीहरू एक-अर्कसँग बातचित र कुराकानी मात्र गर्छन्, मानौं कुराकानी भनेको उनीहरूको आफ्नै प्रवेशको प्रतिस्थापन हो। के तिनीहरूसँग लाज छैन? यी त्यस्ता मानिसहरू हुन् जसले कसरी जिउनुपर्छ भनी जान्दैनन्, र जसले मानव जीवनलाई बुझ्दैनन्; तिनीहरूले दिनभरि आफ्नो अनुहारहरू निराशाले भर्छन्, र व्यर्थका कुराहरू गर्छन्—यस प्रकारको जिउनुको अर्थ के हुन्छ? मैले देखेको छु, कि धेरै जना मानिसहरू खानपान गर्नु र लुगाफाटो लगाउनुबाहेक तिनीहरूको बहुमूल्य समय अर्थहीन कार्यहरूमा लगाउँछन्, चाहे यो ख्यालठट्ठा र मूर्खतापूर्ण कुराहरू गर्ने, निन्दा-चर्चा गर्ने कार्य होस् वा दिनभरि सुतिरहने होस्। के यो सन्तको जीवन हो? के यो सामान्य मानिसको जीवन हो? के यस्तो जीवनले तँलाई सिद्ध बनाउँछ, जब कि यो सुस्त, पछिल्तिर लैजाने र उदासीन छ? के तँ बिनसित्ति आफैलाई शैतानको हातमा गुमाउन इच्छुक छस्? जब मानिसहरूको जीवन सहज हुन्छ, र तिनीहरूको वातावरणमा कुनै कष्ट हुँदैन, तिनीहरू अनुभव गर्न असमर्थ हुन्छन्। आरामदायक वातावरणमा, मानिसहरू भ्रष्ट हुनु सजिलो हुन्छ—तर प्रतिकूल वातावरणले तँलाई ठूलो आतुरीको साथ प्रार्थना गर्ने बनाउँछ, र तँलाई यस्तो बनाउँछ कि तँ परमेश्‍वरलाई छाड्ने आँट गर्दैनस्। मानिसहरूको जीवन जति सजिलो र बोधो हुन्छ, त्यत्ति नै बढी उनीहरू जिउनुको कुनै अर्थ छैन भन्‍ने महसुस गर्छन्, र उनीहरूलाई बरु मर्नु राम्रो हुन्छ भन्‍ने समेत लाग्छ। मानिसको देह यति भ्रष्ट छ; तिनीहरू परीक्षामा परे भने मात्र तिनीहरूलाई फाइदा हुन्छ।

येशूको कामको त्यो चरण यहूदिया र गालीलमा गरिएको थियो, र अन्यजातिहरूलाई त्यसबारे केही थाहा थिएन। उहाँले गर्नुभएको काम अत्यन्त गोप्य थियो, र इस्राएल बाहेक अरू कुनै देशलाई त्यो थाहा थिएन। जब येशूले आफ्नो काम पूरा गर्नुभयो र यसको बारेमा थाहा पाएपछि त्यसले खैलाबैला मच्यायो, अनि त्यो बेला उहाँ जानुभयो। येशू कामको एक चरण गर्न आउनुभयो, केही मानिसहरूलाई प्राप्त गर्नुभयो, र एक चरणको काम पूरा गर्नुभयो। परमेश्‍वरको कामको जुन-सुकै चरणमा पनि उहाँलाई पछ्याउनेहरू धेरै हुन्छन्। यदि त्यो परमेश्‍वर आफैले मात्र गर्नुभयो भने, यो अर्थहीन हुनेथियो; परमेश्‍वरको कामको त्यो चरण टुङ्गोमा नपुगिञ्जेल उहाँलाई पछ्याउने मानिसहरू हुनुपर्छ। जब परमेश्‍वरको आफ्नै काम पूरा हुन्छ तब मात्र मानिसहरूले परमेश्‍वरद्वारा अह्राइएको काम गर्न थाल्छन्, त्यसपछि मात्र परमेश्‍वरको काम फैलिन थाल्छ। परमेश्‍वरले एउटा नयाँ युगतिर डोऱ्याउने काम मात्र गर्नुहुन्छ; मानिसको काम भनेको त्यसलाई अगाडि बढाउनु हो। यसैले, आजको काम धेरै लामो समयसम्म चल्दैन; मानिससँगको मेरो जीवन धेरै लामो समयसम्म रहँदैन। म केवल मेरो काम पूरा गर्दछु, र तिमीहरूलाई त्यो काम गर्न लगाउँछु, जुन तिमीहरूले गर्नुपर्छ, यसैले कि यो काम र यो सुसमाचार अन्यजातिहरू र अन्य राष्ट्रहरू माझ सकेसम्म छिटो फैलियोस्—त्यसरी मात्र तिमीहरूले मानिसको रूपमा रहेको आफ्नो कर्तव्य पूरा गर्न सक्नेछौ। आजको समय सबैभन्दा मूल्यवान् छ। यदि तैँले यसलाई बेवास्ता गरिस् भने, तँ मूर्ख होस्; यदि, यस वातावरणमा, तैँले यी वचनहरू खाइस् र पिइस् भने र यो कामको अनुभव गरिस् भने, र अझै पनि तँमा सत्यताको पछि लाग्ने दृढताको कमी हुन्छ भने, र तैँले अलिकति पनि बोझ महसुस गर्दैनस् भने—तेरो भविष्य के होला? के तँजस्तो व्यक्ति हटाइन लायकको हुँदैन र?

अघिल्लो: अभ्यास (७)

अर्को: इस्राएलीहरूले जस्तै सेवा गर्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्