अध्याय २१

परमेश्‍वरको नजरमा, मानिसहरू पशु-प्राणीको संसारका पशु-प्राणीहरू जस्तै हुन्। तिनीहरू एक-अर्कासँग झैझगडा गर्छन्, एक-अर्कालाई मार्छन्, र एक-अर्कासँग असाधारण अन्तरक्रिया गर्छन्। परमेश्‍वरको नजरमा, तिनीहरू उमेर वा लिङ्ग जे-जस्तो भए पनि एक-अर्काको विरुद्ध षड्यन्त्र गर्ने बनमान्छेहरू जस्ता पनि छन्। त्यसकारण, सारा मानवजातिले गर्ने र प्रकट गर्ने सबै कुरा कहिल्यै पनि परमेश्‍वरको हृदयअनुरूपका थिएनन्। परमेश्‍वरले आफ्‍नो अनुहार छोप्‍नुहुने समय नै संसारभरिका सबै मानिसहरूलाई जाँचिने समय हो। सबै मानिसहरू पीडामा आर्तनाद गर्छन्, तिनिहरू सबै महाविपत्तिको खतरामा जिउँछन्, र तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरको न्यायबाट कहिल्यै उम्केको छैन। वास्तवमा, परमेश्‍वर देह बन्‍नुको प्राथमिक उद्देश्य भनेको मानिसको न्याय गर्नु र उहाँको देहमा उसलाई दोषी ठहर्‍याउनु हो। परमेश्‍वरको मनमस्तिष्कभित्र, कसलाई तिनीहरूका सारअनुसार मुक्ति दिने वा कसलाई नष्ट गर्ने भन्‍ने बारेमा निर्णय गरिएको धेरै भइसकेको छ, र यस कुरालाई अन्तिम चरणको अवधिमा क्रमिक रूपमा स्पष्ट परिनेछ। दिन र महिनाहरू बित्‍ने क्रममा, मानिसहरू परिवर्तन हुन्छन् र तिनीहरूको मूल स्वरूप प्रकट हुन्छन्। जब अण्डा चिरा पर्दै खोलिइन्छ तब त्यसमा कुखुरा छ कि हाँस छ भन्‍ने कुरा स्पष्टै हुन्छ। अण्डा चिरा पर्ने समय नै पृथ्वीका विपत्तिहरू समाप्त हुने समय हो। यसबाट के देख्‍न सकिन्छ भने, भित्रपट्टि “कुखुरा” छ कि “हाँस” छ भनेर जान्‍नको लागि, “अण्डा” लाई चिरा पार्नैपर्छ। परमेश्‍वरको हृदयमा भएको योजना यही हो, र यसलाई पूरा गरिनैपर्छ।

“दयनीय, तुच्‍छ मानवजाति! मानिसले किन मलाई प्रेम गर्छ, तर मेरो आत्माका अभिप्रायहरूलाई पछ्याउन सक्दैन?” मानिसको यो स्थितिको कारण, परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट तुल्याउनको लागि ऊ निराकरण भएर जानैपर्छ। मानवजातिप्रतिको परमेश्‍वरको घृणाको कारण, उहाँले धेरै पटक यो कुराको घोषणा गर्नुभएको छ: “हे सबै मानवजातिका विद्रोहीहरू हो! तिनीहरूलाई मेरा पैतालामुनि किच्याइनैपर्छ; तिनीहरू मेरो सजायद्वारा लोप हुनैपर्छ, र मेरो महान् कार्य समाप्त भएको दिनमा तिनीहरूलाई मानवजातिको बीचबाट हटाइनैपर्छ, ताकि सारा मानवजातिले तिनीहरूको कुरूप अनुहार जान्‍न सकून्।” परमेश्‍वर देहमा सबै मानिसहरूसँग बोलिरहनुभएको छ, र उहाँ आत्मिक क्षेत्रमा शैतानसँग पनि बोलिरहनुभएको छ, जुन सम्पूर्ण ब्रह्माण्डभन्दा माथि छ। परमेश्‍वरको इच्‍छा यही नै हो, र परमेश्‍वरको ६,००० वर्षे योजनाले हासिल गर्नुपर्ने कुरा पनि यही हो।

यथार्थमा, परमेश्‍वर विशेष रूपमा सामान्य हुनुहुन्छ, र उहाँले आफै उपस्थित भई व्यक्तिगत रूपमा काम गर्नुभयो र तिनलाई आफ्‍नै आँखाले हेर्नुभयो भने मात्रै पूरा गर्न सकिने कतिपय कुराहरू पनि छन्। यो मानिसहरूले कल्‍पना गरेजस्तो छैन, सबै कुरा उहाँले चाहनुभएजस्तै अघि बढ्दै जाँदा परमेश्‍वर पल्टेर बस्‍नुहुन्‍न; शैतानले मानिसहरूमा ल्याएको खलबलीको परिणाम यही हो, जसले गर्दा मानिसहरूलाई परमेश्‍वरको साँचो अनुहारको बारेमा अस्पष्ट तुल्याउँछ। त्यसकारण, अन्तिम युगको अवधिमा, परमेश्‍वर मानिसको सामु कुनै कुरा नलुकाई आफ्‍नो वास्तविकता खुलस्त रूपमा प्रकट गर्न देह बन्नुभएको छ। परमेश्‍वरको स्वभावका कतिपय व्याख्याहरू पूर्ण रूपमा अत्युक्ति हुन्, जस्तै परमेश्‍वरले एउटा शब्‍दले वा थोरै विचारले पनि संसारलाई नष्ट गर्न सक्‍नुहुन्छ भन्‍ने भनाइ। परिणामस्वरूप, धेरैजसो मानिसहरूले यस्ता कुराहरू भन्छन्, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र पनि किन उहाँले एकै गाँसमा शैतानलाई निल्‍न सक्‍नुहुन्‍न। यी हास्यास्पद शब्‍दहरू हुन्, र यी शब्‍दहरूले मानिसहरूले अझै पनि परमेश्‍वरलाई चिनेका छैनन् भन्‍ने देखाउँछ। परमेश्‍वरले उहाँका शत्रुहरूको विनाश गर्नको लागि प्रक्रियाको आवश्यकता पर्छ, तैपनि परमेश्‍वर दिग्विजयी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो: परमेश्‍वरले अन्तिममा आफ्‍ना शत्रुहरूलाई जित्‍नुहुनेछ। त्यसरी नै जसरी बलियो देशले कमजोर देशलाई जित्दा, यसले आफै चरणबद्ध रूपमा कहिले शक्तिको प्रयोग गर्दै, कहिले रणनीतिको प्रयोग गर्दै विजय हासिल गर्नुपर्छ। त्यसको एउटा प्रक्रिया हुन्छ, तर बलियो देशसँग नयाँ पुस्ताका परमाणु हतियारहरू छन् र कमजोर देश न्यून स्तरमा छ, त्यसकारण कमजोर देशले युद्ध नगरीकन हार खानेछ भनेर भन्‍न सकिँदैन। त्यो त विवेकहीन तर्क हो। बलियो देशले अवश्य नै जित्छ र कमजोर देशले अवश्य नै हार्छ भनेर भन्‍नु उचितै हुन्छ, तर बलियो देशले कमजोर देशलाई व्यक्तिगत रूपमा आक्रमण गरेपछि मात्रै बलियो देशलाई ठूलो शक्ति भनेर भन्‍न सकिन्छ। यसर्थ, परमेश्‍वरले सधैँ मानिसले उहाँलाई चिन्दैन भनेर भन्‍नुभएको छ। त्यसकारण, के माथिका वचनहरूले मानिसले किन परमेश्‍वरलाई चिन्दैन भन्‍ने तथ्यको एउटा पक्षलाई प्रतिनिधित्व गर्छन् त? के यी मानिसहरूका धारणाहरू हुन् त? परमेश्‍वर किन मानिसले उहाँको वास्तविकतालाई जानोस् भनेर व्यक्तिगत रूपमा देह बन्नुभयो त? यसप्रकार, धेरैजसो मानिसहरूले भक्त भई स्वर्गको आराधना गरे, तैपनि “मानिसका कार्यहरूद्वारा स्वर्ग कहिले पनि अलिकति समेत प्रभावित भएको छैन, अनि यदि मैले मानिसलाई गर्ने व्यवहार उसको हरेक कार्यमा आधारित रहेको भए, सारा मानवजाति मेरो सजायको बीचमा जिउनेथिए।”

परमेश्‍वरले मानिसको सारलाई स्पष्टै देख्‍नुहुन्छ। परमेश्‍वरका वाणीहरूमा, परमेश्‍वर मानिसद्वारा यति “कष्टमा पर्नुभएको” देखिन्छ कि उहाँले मानिसलाई थप कुनै ध्यान दिन चाहनुहुन्‍न, न त उहाँसँग उसको निम्ति अलिकति आशा नै छ; मानिस मुक्तिभन्दा बाहिर छ भन्‍ने देखिन्छ। “मैले धेरै मानिसलाई तिनीहरूको गलाबाट आँसु बगिरहेको अवस्थामा देखेको छु, र मेरा सम्पत्तिहरूको सट्टा धेरैले आफ्‍नो हृदय मलाई दिइरहेको मैले देखेको छु। त्यस्तो ‘भक्तिपन’ को बाबजुद पनि, मैले मानिसलाई उसका आवेगपूर्ण इच्‍छाहरूको परिणामस्वरूप कहिल्यै पनि मैले आफ्ना सबै कुरा खुलस्त रूपमा दिएको छैन, किनभने मानिस कहिले पनि आफूलाई मेरो सामुन्ने समर्पित गर्न इच्‍छुक भएको छैन।” जब परमेश्‍वरले मानिसको प्रकृतिको खुलासा गर्नुहुन्छ, मानिस आफैप्रति लज्‍जित हुन्छ, तर यो त सतही ज्ञानबाहेक केही पनि हुँदैन, र उसले परमेश्‍वरका वचनहरूमा आफ्नो प्रकृतिलाई साँचो रूपमा जान्‍न सक्दैन; तसर्थ, धेरैजसो मानिसहरूले परमेश्‍वरको इच्‍छालाई बुझ्‍दैनन्, परमेश्‍वरका वचनहरूमा तिनीहरूले आफ्‍नो जीवनको लागि मार्ग भेट्टाउँदैनन्, त्यसकारण तिनीहरू जति सुस्त हुन्छन्, परमेश्‍वरले तिनीहरूको त्यति नै गम्‍भीर रूपमा गिल्‍ला गर्नुहुन्छ। यसरी, तिनीहरू अचेत रूपमा घृणितपनको भूमिकामा प्रवेश गर्छन्—परिणामस्वरूप, तिनीहरूले आफूलाई “नरम तरवार” ले छेडिएको छ भन्‍ने कुरा आफै जान्‍न पुग्छन्। परमेश्‍वरका वचनहरूले मानिसका कार्यहरूलाई प्रशंसा गरेको, र मानिसका कार्यहरूलाई प्रोत्साहन दिएको देखिन्छ—तैपनि मानिसहरूलाई परमेश्‍वरले सधैँ तिनीहरूको गिल्‍ला गरिरहनुभएको छ जस्तो लाग्छ। त्यसकारण, जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तब बेला-बेलामा तिनीहरूको अनुहारको मांसपेशी फुरफुराउँछन्, मानौं तिनीहरू मुर्छा पर्न लागेका छन्। यो तिनीहरूको विवेकको अशुद्धता हो, र यही कारणले गर्दा तिनीहरूको मांसपेशी आफै फुरफुराउने गर्छ। तिनीहरूको पीडा यस्तो हुन्छ जसको निम्ति तिनीहरू हाँस्‍न चाहन्छन्, तैपनि तिनीहरू हाँस्‍न सक्दैनन्—न त तिनीहरू रुन नै सक्छन्, किनकि मानिसहरूको हास्यास्पद हाउभाउ रिमोट कन्ट्रोल “भिसिआर” बाट चालू गरिएको हुन्छ, तैपनि तिनीहरूले यसलाई बन्द गर्न सक्दैनन्, यसलाई सहन मात्रै सक्छन्। सबै सहकर्मी भेलाहरूमा “परमेश्‍वरका वचनहरूमा ध्यान केन्द्रित” गर्ने बारेमा प्रचार गरिए पनि, ठूलो रातो अजिङ्गरको सन्तानको प्रकृतिको बारेमा कसलाई थाहा छैन र? आमने-सामने हुँदा, तिनीहरू थुमाजस्तै आज्ञाकारी हुन्छन्, तर पिठ्यूँपछाडि तिनीहरू ब्वाँसाहरूजस्तो निर्दयी छन्, जुन कुरालाई यी वचनहरूमा देख्‍न सकिन्छ “मैले मेरा वचनहरू प्रदान गर्दा धेरै मानिसले मलाई साँचो रूपमा प्रेम गर्छन्, तापनि तिनीहरूले मेरा वचनलाई तिनीहरूका आत्मामा राख्दैनन्, त्यसको साटो तिनीहरूले ती वचनलाई अनौपचारिक रूपमा सार्वजनिक सम्पत्तिजस्तो गरेर प्रयोग गर्छन् र जब तिनीहरूलाई इच्छा हुन्छ तब ती वचन जहाँबाट आएका थिए त्यतै हुत्याउँछन्।” परमेश्‍वरले किन सधैँ मानिसको खुलासा गर्नुभएको छ। यसले के देखाउँछ भने मानिसको पुरानो प्रकृति कहिल्यै एक इन्च समेत हल्‍लिएको छैन। ताइ पर्वतजस्तै, यो करोडौँ करोड मानिसहरूको हृदयमा उच्‍च भई खडा भइरहन्छ, तर यु गोङ्गले पहाडलाई हटाउने दिन आउनेछ; परमेश्‍वरको योजना यही हो। उहाँका वाणीहरूमा, परमेश्‍वरले मानिसलाई मापदण्डहरू नदिनुहुने, मानिसलाई चेतावनी नदिनुहुने, वा मानिसको जीवनमा देखिएको प्रकृति नऔंल्याउनुहुने कुनै एक क्षण पनि छैन। “जब मानिस मबाट टाढा हुन्छ, र जब उसले मलाई जाँच्छ, म बादलको बीचमा ऊबाट लुक्छु। परिणामस्वरूप, उसले मेरो नाम-निशानासमेत भेट्टाउन सक्दैन, र दुष्टले जे भन्छ त्यो मान्दै त्यसको हातमा जिउँछ।” वास्तविकतामा, मानिसहरूले परमेश्‍वरको उपस्थितिमा जिउने अवसर विरलै पाउँछन्, किनभने तिनीहरूसँग खोजी गर्ने इच्‍छा निकै कम हुन्छ; परिणामस्वरूप, धेरैजसो मानिसहरूले परमेश्‍वरलाई प्रेम गरे पनि, तिनीहरू दुष्टको अधीनमा जिउँछन्, र तिनीहरूले गर्ने सबै कुरा दुष्टले नियन्त्रित गरेको हुन्छ। यदि मानिसहरू साँच्‍चै नै परमेश्‍वरको ज्योतिमा जिए भने, हरेक दिन हरेक क्षण परमेश्‍वरको खोजी गरे भने, परमेश्‍वरले यसरी बोल्‍नुपर्ने कुनै आवश्यकता हुनेथिएन, होइन र? जब मानिसहरूले पाठहरूलाई पन्छाउँछन्, तब तिनीहरूले परमेश्‍वरलाई पनि पुस्तकसँगै तुरुन्तै पन्छाउँछन्, त्यसरी तिनीहरूले आफ्‍नै कामकाजसित मात्र सरोकार राख्छन्, त्यसपछि परमेश्‍वर तिनीहरूको हृदयबाट हराउनुहुन्छ। तैपनि जब तिनीहरूले फेरि पुस्तक उठाउँछन्, तब तिनीहरूलाई आफूले परमेश्‍वरलाई आफ्नो मनमस्तिष्कको सबैभन्दा पछाडि थन्काएको कुरा अचानक थाहा हुन्छ। मानिसको “स्मरण विहीन” जीवन यस्तै हुन्छ। परमेश्‍वरले जति धेरै बोल्‍नुहुन्छ, उहाँका वचनहरू त्यति नै उच्‍च हुँदै जान्छन्। जब ती वचनहरू चरम अवस्थामा पुग्छन्, सबै काम समाप्त हुन्छ, परिणामस्वरूप, परमेश्‍वरले आफ्‍ना वाणीहरूलाई रोक्‍नुहुन्छ। परमेश्‍वरले जुन सिद्धान्तअनुसार काम गर्नुहुन्छ त्यो सिद्धान्त भनेको उहाँको काम चरम अवस्थामा पुगेपछि समाप्त गर्नु हो; यो चरम विन्दुमा पुगेपछि उहाँले निरन्तर काम गरिरहनुहुनेछैन, बरु अचानक यसलाई रोक्‍नुहुनेछ। उहाँले कहिल्यै पनि अनावश्यक काम गर्नुहुन्‍न।

अघिल्लो: अध्याय २०

अर्को: अध्याय २२ र २३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्