अध्याय ७२

यदि तिमीहरूले आफैमा कुनै कमी कमजोरी वा दुर्बलता पत्ता लगायौ भने, त्यसबाट छुटकारा पाउन तिमीहरू तुरुन्तै ममाथि निर्भर रहनुपर्छ। ढिलो नगर; नत्रभने, पवित्र आत्माको काम तँबाट निकै टाढा हुनेछ, अनि तँ निकै पछि पर्नेछस्। मैले तँलाई सुम्पेको काम मसित बारम्बार नजिक भएर, प्रार्थना गरेर अनि मेरो उपस्थितिमा सङ्गति गरेर मात्र सम्पन्न गर्न सकिन्छ। यदि तैँले यी कुराहरू गरिनस् भने, कुनै परिणामहरू हासिल गरिनेछैन अनि सबै कुरा व्यर्थमा गरिएको हुनेछ। आजको मेरो काम विगतको जस्तो होइन; मैले प्रेम गर्ने मानिसहरूमा जीवनको हद पहिलेको भन्दा धेरै फरक हुन्छ। तिनीहरू सबैसँग मेरो वचनहरूको स्पष्ट बुझाइ र साथै त्यसभित्रको तीक्ष्ण अन्तर्दृष्टि छ। यो सबैभन्दा स्पष्ट पक्ष हो, जसले मेरो कामको आश्चर्यलाई सबैभन्दा बढी प्रतिबिम्बित गर्न सक्छ। मेरो कामको गति तीव्र भएको छ, अनि यो काम निश्चय नै विगतको भन्दा फरक छ। यो मानिसहरूले कल्पना गर्नु असम्भव छ, अनि यसबाहेक, तिनीहरूले गहिरो प्रकारले बुझ्न असम्भव छ। तिमीहरूको निम्ति उपरान्त कुनै कुरा रहस्यको रूपमा छैन; त्यसको साटोमा, सबै कुरा ज्ञात तुल्याइएको र प्रकट गरिएको छ। यो पारदर्शी छ, यसलाई खुलासा गरिएको छ अनि यसभन्दा बढी, यो पूर्ण रूपले स्वतन्त्र छ। मैले प्रेम गर्नेहरू निश्चय नै कुनै पनि व्यक्ति, घटना वा कुराद्वारा प्रतिबन्धित हुनेछन्, न त कुनै स्थान वा भूगोलद्वारा प्रतिबन्धित हुनेछन्; सबै वातावरणहरूद्वारा लादिएको नियन्त्रणलाई तिनीहरूले उछिन्नेछन् अनि तिनीहरू देहबाट माथि उठ्नेछन्। यो मेरो महान् कामको पूर्णता हो। त्यसपछि, थप केही गर्नु आवश्यक हुनेछैन; यो पूर्ण रूपले समाप्त हुनेछ।

महान् कामको पूर्णता मैले प्रेम गर्ने सबै ज्येष्ठ पुत्रहरू र मानिसहरूको सन्दर्भमा उल्लेखित गरिएको हो। यसपछि, तिमीहरू कुनै, व्यक्ति, घटना वा कुराद्वारा नियन्त्रित हुनेछैनौ। तिमीहरू ब्रम्हाण्डको विभिन्न देशहरूभरि यात्रा गर्नेछौ, सम्पूर्ण जगतको वारपार यात्रा गर्नेछौ अनि सबै ठाउँमा आफ्ना पाइलाहरू छोड्नेछौ। यो अझै निकै टाढा छ भनी नसोच; यो जुन चाँडै नै तिमीहरूको आँखाको सामुन्ने पूरा हुन आउने कुरा हो। म जे गर्छु, त्यो तिमीहरूलाई सुम्पिनेछ, अनि मैले टेकेका ठाउँहरूमा तिमीहरूको पाइलाहरू हुनेछन्। यसको साथै, यो हामी—तिमीहरू र मैले—राजाहरूको रूपमा सँगै राज्य गर्नुको साँचो अर्थ हो। के तिमीहरूले मैले प्रदान गर्ने प्रकाशहरू, अलिकति पनि नलुकी, किन झन्-झन् स्पष्ट हुँदैछन् भनी मनन गरेका छौ? किन मैले सबैभन्दा उच्च गवाही दिएको छु, अनि यी सबै रहस्यहरू र यी सबै वचनहरू तिमीलाई बताएको छु? कारण अरू केही नभई पूर्वउल्लेखित काम नै हो। तथापि, अहिले तिमीहरूको कामको प्रगति अत्यन्त ढिलो छ। तिमीहरूले मेरो लामो फड्कोको गतिलाई पछ्याउन सक्दैनौ, तिमीहरूले मसँग राम्ररी सहकार्य गर्न सक्दैनौ, र अहिलेको लागि, तिमीहरूले अझै मेरो इच्छा हासिल गर्न सक्दैनौ। मैले तिमीहरूलाई अझ तीव्रताका साथ तालीम दिनुपर्छ अनि तिमीहरूलाई पूर्ण गर्ने मेरो कामको गतिलाई बढाउनुपर्छ, ताकि तिमीहरूले मेरो हृदयलाई जति सक्दो चाँडो सन्तुष्टि ल्याउन सक।

हाल, सबैभन्दा स्पष्ट कुरा के हो भने, ज्येष्ठ पुत्रहरू पूर्ण रूपले निर्माण भएका छन्। सबै मद्वारा अनुमोदित भएका थिए, अनि संसारको सृष्टिदेखि नै मद्वारा पूर्वनियुक्त भएका र चुनिएका पनि थिए। हरेक मेरो आफ्नै हातद्वारा बढुवा भएका थिए। यसमा कुनै मानव विचारको लागि कुनै ठाउँ छैन। यो तेरो नियन्त्रणभन्दा पर छ। घमन्डी नबन्; यो सबै मेरो दया र करुणा हो। मेरो दृष्टिकोणमा, सबै कुरा सम्पन्न भइसकेको छ। यति मात्र हो कि तिम्रा आँखा अति धमिला भएका छन्, अनि अहिले पनि, तिमीहरूले मेरा कामहरूको आश्चर्यको स्पष्ट दृश्य देख्‍न सक्दैनौ। तिमीहरूमध्ये कोहीसँग पनि मेरो सर्वशक्ति, मेरो बुद्धि, मेरो हरेक कार्य वा मेरो हरेक वचन र कामको पूर्ण रूपमा स्पष्ट वा साँचो बुझाइ छैन। त्यसैकारण, म स्पष्टसित बोल्छु। किनकि मेरा छोराहरू, मेरो प्रियहरू, म सबै मूल्य तिर्न, परिश्रम गर्न र आफैलाई अर्पिन इच्छुक छु। के तैँले मेरा वचनहरूद्वारा मलाई चिन्छस्? के त्यसलाई मैले अझ स्पष्ट रूपले व्यक्त गरेको तँ चाहन्छस्? अब उपरान्त धेरै स्वच्छन्द नबन; मेरो हृदयलाई बुझ! अहिले तिमीहरूलाई त्यस्तो ठूलो रहस्य बताइएको हुनाले, तिमीहरूसित भन्नुपर्ने के कुरा छ? के तिमीहरूसित कुनै गुनासाहरू छन्? यदि तिमीहरूले मूल्य चुकाएनौ र कडा परिश्रम गरेनौ भने, के तिमीहरू मैले गरेको सबै मेहनती प्रयासको योग्य हुनसक्छौ त?

हिजोआज मानिसहरूले आफैलाई नियन्त्रण गर्न सक्दैनन्। मैले कृपा नगरेका मानिसहरूले चाहे पनि तिनीहरूमा मप्रतिको प्रेम उत्पन्न हुन सक्दैनन्। तैपनि, मैले पूर्वनियुक्त गरेका र चुनेका मानिसहरू चाहेर पनि उम्कन सक्नेछैनन्; तिनीहरू जहाँसुकै गए पनि, तिनीहरू मेरो हातबाट बच्न सक्दैनन्। मेरो प्रताप त्यस्तो छ, अनि यसको साथै, मेरो न्याय पनि त्यस्तै छ। सबै मानिसहरूले मेरो योजना र मेरो इच्छाअनुसार आफ्नो कामधन्धा गर्नुपर्छ। आजदेखि उता, पूर्ण रूपले सबै कुरा मेरो हातमा आउँछन् अनि त्यो तिनीहरूको नियन्त्रणभन्दा पर छ। सबै कुरा मद्वारा नियन्त्रित र व्यवस्थित छन्। यदि मानिसहरू सानोतिनो तरिकाले सहभागी हुन्छन् भने म तिनीहरूलाई त्यतिकै जान दिनेछैन। आजदेखि सुरु गरेर, म सबै मानिसहरूलाई मलाई चिन्ने तुल्याउन थाल्‍नेछु—एक मात्र साँचो परमेश्‍वरलाई, जसले सबै कुरा सृष्टि गर्नुभयो, जो मानिसहरूको माझमा आउनुभयो र तिनीहरूद्वारा इन्कारिनुभयो र निन्दित हुनुभयो, अनि जसले सबै कुरालाई पूर्ण रूपमा नियन्त्रण र व्यवस्थापन गर्नुहुन्छ; त्यो राजा जो राज्यको प्रभारी हुनुहुन्छ; परमेश्‍वर स्वयम्‌ जसले सम्पूर्ण जगतलाई व्यवस्थापन गर्नुहुन्छ; अनि त्यसभन्दा बढी, त्यो परमेश्‍वर जसले मानिसहरूको जीवन तथा मृत्युलाई नियन्त्रण गर्नुहुन्छ अनि जोसँग अधोलोकको साँचो छ। म सबै मानिसहरूलाई (प्रौढ र बच्चाहरू, चाहे तिनीहरूसित आत्मा भए पनि नभए पनि, अनि तिनीहरू मूर्ख वा अपाङ्ग भए पनि नभए पनि) मलाई चिन्ने तुल्याउनेछु। म कसैलाई यस कार्यबाट छुट दिनेछैन; यो सबैभन्दा गम्भीर कार्य हो, एउटा कार्य जुन मैले राम्रोसित तयार गरेको छु अनि जुन कामलाई अहिलेदेखि सुरु भएर अघि बढाइँदैछ। म जे भन्छु, त्यो पूरा हुनेछ। तेरा आत्मिक आँखाहरू खोल्, तेरा व्यक्तिगत धारणाहरूलाई त्याग्, अनि म एक मात्र साँचो परमेश्‍वर हुँ जसले ब्रम्हाण्डको प्रबन्ध मिलाउँछ भनी चिन्! म कोहीबाट पनि लुकेको छैन अनि म सबैमाथि मेरा प्रशासनिक आदेशहरू अघि बढाउँछु।

तेरा आफ्‍ना सबै कुराहरू एकातिर पन्साइ दे। के तैँले मबाट प्राप्त गर्ने कुराहरू अझ बढी मूल्यको अनि झन् धेरै महत्वपूर्ण छैन र? के तिनीहरू र तिमीहरूको मूल्यहीन थोकहरूको बीचमा आकाश-पातालको अन्तर छैन र? छिटो गरेर सबै मूल्यहीन थोकलाई फ्याँकिदे! तैँले आशिषहरू पाउनेछस् कि दुर्भाग्यको सामना गर्नेछस् भनी अहिले नै निर्णय हुँदैछ। यो एउटा निर्णायक क्षण हो; यो अत्यन्तै महत्त्वपूर्ण क्षण पनि हो। के तैँले साँच्चिकै यसलाई देख्न सक्छस्?

अघिल्लो: अध्याय ७१

अर्को: अध्याय ७३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्