अध्याय २४ र २५

ध्यान दिएर नपढीकन, यी दुई दिनहरूका वाणीहरूमा केही कुरा पत्ता लगाउन असम्‍भव छ; वास्तवमा, तिनलाई एकै दिनमा बोलिएको भए हुनेथियो, तैपनि परमेश्‍वरले तिनलाई दुई दिनमा विभाजित गर्नुभयो। भन्‍नुको अर्थ, यी दुई दिनका वाणीहरू एउटा सिङ्गो वाणी हो, तर तिनलाई स्वीकार गर्न मानिसहरूको लागि सहज तुल्याउन, अनि मानिसहरूलाई सोच्‍ने मौका दिन परमेश्‍वरले तिनलाई दुई दिनमा विभाजित गर्नुभयो। मानिसप्रतिको परमेश्‍वरको वास्ता यस्तो छ। परमेश्‍वरको सबै काममा, सबै मानिसहरूले आ-आफ्‍नो कार्य गर्छन् र आ-आफ्‍नै स्थानमा रही आफ्‍नो कर्तव्य निर्वाह गर्छन्। स्वर्गदूतको आत्मा भएका मानिसहरूले मात्रै सहकार्य गर्दैनन्; शैतानका सबै आत्माहरूले झैं भूतको आत्मा भएकाहरूले पनि “सहकार्य” गर्छन्। परमेश्‍वरका वाणीहरूमा परमेश्‍वरको इच्‍छा र मानिसको निम्ति उहाँका मापदण्डहरूलाई देखिन्छ। “मेरो सजाय सबै मानिसहरूमाथि आइपर्छ, तैपनि यो सबै मानिसहरूबाट टाढा पनि रहन्छ। हरेक व्यक्तिको सम्पूर्ण जीवन मप्रतिको प्रेम र घृणाले भरिएको हुन्छ” भन्‍ने वचनहरूले के देखाउँछ भने सबै मानिसहरूलाई चुनौती दिन परमेश्‍वरले सजायको प्रयोग गर्नुहुन्छ, यसरी तिनीहरूलाई उहाँको बारेमा ज्ञान प्राप्त गर्न लगाउनुहुन्छ। शैतानको भ्रष्टता र स्वर्गदूतहरूको दुर्बलताको कारण, परमेश्‍वरले मानिसहरूलाई सजाय दिन वचनहरूको मात्रै प्रयोग गर्नुहुन्छ, प्रशासनिक आदेशहरूको प्रयोग गर्नुहुन्‍न। सृष्टिको समयदेखि आजको दिनसम्‍मै, स्वर्गदूतहरू र सबै मानिसहरूसम्‍बन्धी परमेश्‍वरको कामको सिद्धान्त यही रहिआएको छ। स्वर्गदूतहरू परमेश्‍वरका हुन्, त्यसकारण एक दिन तिनीहरू अवश्य नै परमेश्‍वरको राज्यका मानिसहरू बन्‍नेछन्, र तिनीहरूलाई परमेश्‍वरका मानिसहरूले हेरचाह र रक्षा गर्नुहुनेछ। यसबीच, अरू सबैलाई पनि प्रकारअनुसार वर्गीकरण गरिनेछ। शैतानका सबै विभिन्‍न दुष्ट आत्‍माहरूलाई पनि सजाय दिइनेछ, र आत्माविनाका सबैलाई परमेश्‍वरका पुत्रहरू र मानिसहरूले शासन गर्छन्। परमेश्‍वरको योजना यही हो। तसर्थ, परमेश्‍वरले भन्‍नुभयो, “के मेरो दिनको आगमन वास्तवमै मानिसको मृत्युको क्षण हो त? के मेरो राज्य निर्मित हुँदा वास्तवमै मैले मानिसलाई नाश पार्छु त?” यी दुई सरल प्रश्‍नहरू भए पनि, ती सबै मानवजातिको गन्तव्यको लागि परमेश्‍वरको बन्दोबस्त हुन्। जब परमेश्‍वर आउनुहुन्छ, “समस्त ब्रह्माण्डका मानिसहरूलाई क्रूसमा उधोमुन्टो गरी टाँगिने” समय त्यही हुनेछ। सबै मानिसहरूकहाँ देखा परेर तिनीहरूलाई परमेश्‍वरको अस्तित्वको बारेमा जान्‍न दिन सजायको प्रयोग गर्नुको परमेश्‍वरको उद्देश्‍य यही हो। परमेश्‍वर पृथ्वीमा ओर्लनुहुने समय अन्तिम युग भएको हुनाले, पृथ्वीका देशहरू तिनीहरूको सबैभन्दा सङ्कटमय अवस्थामा हुने समय भएकोले, परमेश्‍वर भन्‍नुहुन्छ, “जब म पृथ्वीमा ओर्लेर आउँछु, यो अन्धकारले ढाकिएको हुन्छ र मानिस ‘गहिरो निद्रामा’ परेको हुन्छ।” त्यसकारण, आज देहधारी परमेश्‍वरलाई चिन्‍न सक्‍ने मानिसहरू थोरै मात्र छन्, लगभग कोही पनि छैनन्। अहिले अन्तिम युग भएको हुनाले, कसैले पनि कहिल्यै व्यावहारिक परमेश्‍वरलाई साँचो रूपमा चिनेको छैन, र मानिसहरूसँग परमेश्‍वरको बारेमा सतही ज्ञान मात्रै छ। यही कारणले गर्दा मानिसहरू पीडादायी शोधनमाझ जिउँछन्। जब मानिसहरूले शोधनलाई छोड्छन्, त्यो तिनीहरूले सजाय पाउन थाल्‍ने समय पनि हुन्छ, र तिनीहरूले उहाँलाई व्यक्तिगत रूपमा देखून् भनेर परमेश्‍वर सबै मानिसहरूकहाँ देखा पर्ने समय पनि त्यही नै हो। देहधारी परमेश्‍वरको कारण, मानिसहरू विपत्तिमा पर्छन् र तिनीहरूले आफैलाई मुक्त गर्न सक्दैनन्—यो परमेश्‍वरले ठूलो रातो अजिङ्गरलाई दिइने दण्ड हो, र यो उहाँको प्रशासनिक आदेश हो। जब वसन्तको न्यानोपन आइपुग्छ र फूलहरू फुल्‍न थाल्छ्न्, जब स्वर्गमुनिका सबै कुरालाई हरियालीले ढाक्छ र पृथ्वीका सबै कुरा ठीक-ठीक ठाउँमा हुन्छन्, तब सबै मानिसहरू र सबै थोक क्रमिक रूपमा परमेश्‍वरको सजायमा प्रवेश गर्नेछन्, र त्यो बेला पृथ्वीमा परमेश्‍वरले गर्नुहुने सबै कार्य समाप्त हुनेछ। परमेश्‍वर त्यसउप्रान्त पृथ्वीमा काम गर्ने वा बस्‍ने गर्नुहुनेछैन, किनभने परमेश्‍वरको महान् काम पूरा भइसकेको हुनेछ। के यो छोटो समयको लागि मानिसहरूले आफ्‍नो देहलाई पन्छाउन सक्दैनन्? मानिस र परमेश्‍वर बीचको प्रेमलाई के कुराले चिरा पार्न सक्छ? मानिस र परमेश्‍वर बीचको प्रेमलाई कसले छुटाउन सक्छ? के यो आमाबाबु, पति, दिदीबहिनी, पत्‍नी हुन् कि पीडादायी शोधन हो? के विवेकबाट आएका भावनाहरूले मानिसभित्रको परमेश्‍वरको स्वरूपलाई मेटाउन सक्छ? के एक-अर्काप्रतिको मानिसहरूको आभारीपन र कार्यहरू तिनीहरू आफैले ल्याएको कुरा हो? के तिनलाई मानिसले समाधान गर्न सक्छ? कसले आफैलाई रक्षा गर्न सक्छ? के मानिसहरूले आफैले आफ्‍नो भरणपोषण गर्न सक्छन्? जीवनमा दह्रिला हुनेहरू को हुन्? को मलाई छोडेर आफै जिउन सक्छ? बारम्‍बार, परमेश्‍वरले किन सबै मानिसहरूलाई आत्म-चिन्तनको काम गर्न लगाउनुहुन्छ? परमेश्‍वरले किन यसो भन्‍नुहुन्छ, “तैपनि कसका कठिनाइ तिनीहरूका आफ्‍नै हातले ल्याएका हुन्छन् र?”

वर्तमानमा, ब्रह्माण्डभरि कालो अन्धकार छाएको छ, र मानिसहरू अचेत र सुस्त भएका छन्, तर घडीका सुईहरू जहिल्यै पनि अघि बढिरहेका छन्, मिनेट र सेकेन्ड रोकिँदैन, र पृथ्वी, सूर्य, र चन्द्रमाको परिक्रमण गति झन्-झन् छिटो बन्दैछ। मानिसहरूले आफ्‍नो भावनामा त्यो दिन त्यति टाढा छैन भन्‍ने अनुभूति गर्छन्; मानौं तिनीहरूको अन्तिम दिन तिनीहरूको आँखा अगाडि नै छ। मानिसहरूले आफ्‍नै मृत्युको घडीको लागि अटुट रूपमा सबै कुराको तयारी गर्छन्, ताकि यसले तिनीहरूको मृत्युमा एउटा उद्देश्य पूरा गरोस्; नत्र, तिनीहरू व्यर्थमा जिएका हुनेथिए। के त्यो अफसोसपूर्ण हुनेथिएन र? जब परमेश्‍वरले संसारलाई सर्वनाश गर्नुहुन्छ, उहाँले देशहरूको आन्तरिक मामलाहरू परिवर्तन गरेर यो काम थाल्‍नुहुन्छ, जहाँबाट सत्ता हडप्‍ने कार्यहरू सुरु हुन्छन्; यसरी परमेश्‍वरले ब्रह्माण्डभरि मानिसहरूको सेवा परिचालन गर्नुहुन्छ। ठूलो रातो अजिङ्गर गुँडुल्किएर बस्‍ने भूमि पनि प्रदर्शन क्षेत्र हो। आन्तरिक रूपमा यो टुक्रा-टुक्रा भएको हुनाले, यसका आन्तरिक मामलाहरू भताभुङ्ग भएका छन्, हरेक व्यक्ति आत्म-रक्षाको काममा लाग्छन्, अनि भागेर चन्द्रमामा जाने तयारी गर्छन्—तर तिनीहरू परमेश्‍वरको हातको प्रभुत्वबाट कसरी उम्कन सक्छन्? परमेश्‍वरले भन्‍नुभएजस्तै मानिसहरूले “आफ्‍नै तीतो कचौराबाट पिउँछन्।” घरायसी कलह हुने समय नै परमेश्‍वर पृथ्वीबाट बिदा हुनुहुने समय हो; परमेश्‍वर ठूलो रातो अजिङ्गरको देशमा बसिरहनुहुनेछैन, र उहाँले पृथ्वीको आफ्‍नो काम तुरुन्तै समाप्त गर्नुहुनेछ। समय उडेर जान्छ, र त्यति धेरै समय बाँकी छैन भनेर भन्‍न सकिन्छ। परमेश्‍वरका वचनहरूको शैलीबाट के देख्‍न सकिन्छ भने परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डका सबैको गन्तव्यको बारेमा बोलिसक्‍नुभएको छ, र उहाँसँग भन्‍नलाई बाँकी केही छैन। परमेश्‍वरले मानिसलाई यही कुरा प्रकट गर्नुहुन्छ। परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुको उद्देश्यको कारण नै यसो भन्‍नुहुन्छ, “मेरा नजरमा, मानिस सबै थोकको शासक हो। मैले उसलाई पृथ्वीमा सबै थोक व्यवस्थापन गर्न दिएर कम मात्रामा अख्तियार दिएको छैन—हिमालका घाँसलाई, वनजङ्गलका जीव-जनावरहरूलाई, र पानीका माछाहरूलाई व्यवस्थापन गर्न दिएको छु।” जब परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो, उहाँले मानिसलाई सबै थोकको मालिक हुनेछ भनी पूर्वनिश्चित गर्नुभयो—तैपनि मानिसलाई शैतानले भ्रष्ट तुल्यायो, त्यसकारण ऊ आफ्‍नो चाहनाअनुसार जिउन सक्दैन। यसले आजको संसार ल्यायो, जहाँ मानिसहरू पशुभन्दा फरक छैनन्, र पर्वतहरू नदीसँग मिसिएका छन्, जसको परिणामस्वरूप “मानिसको सम्पूर्ण जीवन मानसिक चिन्ता र दौडधूप, रिक्ततामा थपिएको मस्ती बनेको छ।” मानिसको जीवनमा कुनै अर्थ नभएकोले, र मानिसलाई सृष्टि गर्नुको परमेश्‍वरको उद्देश्य यो नरहेकोले, सम्पूर्ण संसार नै धमिलिएको छ। जब परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डलाई सुव्यवस्थित गर्नुहुन्छ, सबै मानिसहरूले औपचारिक रूपमा मानव जीवन अनुभव गर्न थाल्‍नेछन्, त्यसपछि मात्रै तिनीहरूको जीवनको अर्थ हुन थाल्‍नेछ। मानिसहरूले तिनीहरूलाई परमेश्‍वरले दिनुभएको अख्‍तियारको प्रयोग गर्न थाल्‍नेछन्, र तिनीहरू औपचारिक रूपमा नै सबै थोकको सामुन्ने मालिकको रूपमा देखा पर्न थाल्‍नेछन्; तिनीहरूले पृथ्वीमा परमेश्‍वरको अगुवाइलाई स्वीकार गर्नेछन्, र अबउप्रान्त परमेश्‍वरको अवज्ञा गर्न छोड्नेछन्, बरु उहाँको आज्ञापालन गर्नेछन्। तर आजका मानिसहरू त्यो अवस्थाबाट निकै टाढा छन्। तिनीहरूले परमेश्‍वरमार्फत “आफ्‍नो गोजी भर्ने” काम मात्रै गर्छन्, त्यसकारण परमेश्‍वरले यस्ता प्रश्‍नहरू गर्नुहुन्छ, “के मैले मानिसमा गर्ने काम उसको निम्ति कुनै फाइदाको छैन र?” यदि परमेश्‍वरले यी प्रश्‍नहरू नगर्नुभएको भए, केही पनि हुनेथिएन; तर जब उहाँले यस्ता कुराहरू सोध्‍नुहुन्छ, कतिपय मानिसहरू दह्रिलो गरी खडा हुन सक्दैनन्, किनभने तिनीहरूको विवेकमा ऋणीपन हुन्छ, र तिनीहरू पूर्ण रूपमा परमेश्‍वरको लागि होइन, बरु तिनीहरूको आफ्‍नै लागि हुन्छन्। सबै कुराको सम्पूर्णता रित्तो हुन्छ; तसर्थ, यी मानिसहरूलाई “हरेक धर्म, समाजका हरेक क्षेत्र, हरेक राष्ट्र, र हरेक सम्प्रदायका मानिसहरू सबैलाई पृथ्वीमा हुने रिक्तताको बारेमा थाहा छ, र तिनीहरू सबैले मेरो खोजी गर्छन् र मेरो पुनरागमनको प्रतीक्षा गर्छन्।” उहाँले खोक्रो पुरानो युगलाई समाप्त गर्न सक्‍नुहोस् भनेर, सबै मानिसहरूले परमेश्‍वरको पुनरागमनको तृष्णा गर्छन्, तैपनि तिनीहरू विपत्तिमा परिन्छ भनेर पनि डराउँछन्। सम्पूर्ण धार्मिक संसारलाई सबैले उजाड बनाएर अनि सबैले बेवास्ता गरेको अवस्थामा छोड्नेछन्; तिनीहरूसँग वास्तविकताको कमी हुन्छ, र तिनीहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास अस्पष्ट र अमूर्त छ भन्‍ने महसुस गर्नेछन्। समाजको हरेक क्षेत्रका मानिसहरू पनि छरपस्ट हुनेछन्, र हरेक राष्ट्र र सम्प्रदाय अस्तव्यस्त हुन थाल्‍नेछन्। समग्रमा, सबै थोकको नियमितता टुक्रा-टुक्रा हुनेछ, सबैले आफ्‍नो सामान्य अवस्थालाई गुमाउनेछन्, अनि मानिसहरूले आफ्‍नो साँचो अनुहार पनि प्रकट गर्नेछन्। तसर्थ, परमेश्‍वर भन्‍नुहुन्छ, “धेरै पटक मैले मानिसलाई बोलाएको छु, तैपनि कसले कहिल्यै करुणाको अनुभूति गरेको छ? के कसैले कहिल्यै मानवतामा जिएको छ? मानिस देहमा जिउन सक्छ, तर ऊ मानवता विहीन छ। के ऊ पशु-प्राणीको राज्यमा जन्‍मिएको थियो?” मानिसको बीचमा पनि परिवर्तन भइरहेको छ, र यो परिवर्तनको कारण, हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिन्छ। आखिरी दिनहरूको अवधिमा परमेश्‍वरले गर्नुहुने काम यही हो, र आखिरी दिनहरूको कामले हासिल गर्नुपर्ने प्रभाव पनि यही नै हो। परमेश्‍वरले मानिसको सारको बारेमा अझै स्पष्टसाथ बताउनुहुन्छ, तसर्थ, के प्रमाणित हुन्छ भने, उहाँको कामको अन्त्य नजिकिँदै छ, यसको साथै परमेश्‍वर मानिसहरूबाट गुप्त हुनुहुन्छ, जसले तिनीहरूलाई अझै उदास अनुभव गराउँछ। मानिसहरूले परमेश्‍वरको इच्‍छालाई जति कम अवलोकन गर्छन्, तिनीहरूले आखिरी दिनहरूको परमेश्‍वरको कार्यलाई त्यति नै कम ध्यान दिन्छन्; यसले तिनीहरूलाई हस्तक्षेप गर्नबाट रोक्छ, तसर्थ कसैले ध्यान नदिएको बेला परमेश्‍वरले आफूले गर्न चाहनुभएको काम गर्नुहुन्छ। युगौँयुग परमेश्‍वरले गर्नुहुने कामको सिद्धान्त यही नै हो। मानिसहरूको कमजोरीहरूलाई उहाँले जति कम ध्यान दिनुहुन्छ, परमेश्‍वरको ईश्‍वरीयता त्यति नै स्पष्ट बन्छ, त्यसकारण परमेश्‍वरको दिन झन्-झन् नजिकिन्छ।

अघिल्लो: अध्याय २२ र २३

अर्को: अध्याय २६

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

प्रारम्भमा, परमेश्‍वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्‍वरले अझै कुनै काम गर्नुभएको...

के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्