अध्याय २१

मेरो ज्योतिको बीचमा मानिस ढल्छ, र मेरो मुक्तिको कारण दह्रिलो गरी खडा हुन्छ। जब म सम्पूर्ण ब्रह्माण्डमा मुक्ति ल्याउँछु, मानिसले मेरो पुनर्स्थापनाको बहाउमा प्रवेश गर्ने मार्गहरू भेट्टाउने प्रयास गर्छ, तैपनि पुनर्स्थापनाको यो भेलले कुनै नामनिसान बाँकी नराखी बगाइनेहरू धेरै हुन्छन्; भेलहरूको पानीमा डुब्‍ने र पुरिनेहरू धेरै हुन्छन्; अनि भेलको बीचमा दह्रिलो गरी खडा हुने, आफ्‍नो दिशाबोध कहिल्यै पनि नगुमाउने, अनि आजको दिनसम्‍मै भेललाई पछ्याउनेहरू पनि धेरै नै हुन्छन्। म पाइला-पाइला गर्दै मानिससँग अघि बढ्छु, तैपनि, मानिसले मलाई कहिल्यै चिनेको छैन; उसले मेरो बाहिरको वस्‍त्र मात्रै चिन्छ, तर मभित्र लुकेका प्रशस्‍तताहरूबारे ऊ अनजान छ। मैले मानिसलाई भरणपोषण गर्ने र हरेक दिन दिने भए पनि, ऊ साँचो रूपमा स्वीकार गर्न असक्षम छ, मैले दिने सबै प्रशस्‍तता प्राप्त गर्न असक्षम छ। मानिसको भ्रष्टताको कुनै कुरा पनि मेरो नजरबाट उम्कन सक्दैन; उसको भित्री संसार मेरो लागि पानीमा देखिने पूर्णिमाको जूनजस्तै स्पष्ट छ। म मानिसलाई लापरवाही ढङ्गले व्यवहार गर्दिनँ, न त ऊसँग झारा टार्ने काम गर्छु; के मात्रै हो भने, मानिसले आफ्‍नो लागि जिम्‍मेवारी लिन सक्दैन, यसरी सारा मानवजाति सधैँ पतित भएका छन्, र आज पनि आफैलाई भ्रष्टताबाट मुक्त गर्न नसक्‍ने अवस्थामा छन्। दयनीय, तुच्‍छ मानवजाति! मानिसले किन मलाई प्रेम गर्छ, तर मेरो आत्माका अभिप्रायहरूलाई पछ्याउन सक्दैन? के मैले साँच्‍चै मानवजातिको निम्ति आफूलाई प्रकट गरेको छैन? के मानवजातिले साँच्‍चै मेरो अनुहार कहिल्यै देखेका छैनन्? के मैले मानवजातिप्रति अत्यन्तै थोरै कृपा देखाएको हुन सक्छ? हे सबै मानवजातिका विद्रोहीहरू हो! तिनीहरूलाई मेरा पैतालामुनि किच्याइनैपर्छ; तिनीहरू मेरो सजायद्वारा लोप हुनैपर्छ, र मेरो महान् कार्य समाप्त भएको दिनमा तिनीहरूलाई मानवजातिको बीचबाट हटाइनैपर्छ, ताकि सारा मानवजातिले तिनीहरूको कुरूप अनुहार जान्‍न सकून्। मानिसले मेरो अनुहार विरलै देख्‍नु वा मेरो आवाज विरलै सुन्‍नुको कारण के हो भने, सारा संसार नै तुवाँलोले ढाकिएको छ, र यसको होहल्‍ला अत्यन्तै ठूलो छ, यसर्थ मेरो अनुहारको खोजी गर्न र मेरो हृदयलाई बुझ्‍ने प्रयास गर्न मानिस अत्यन्तै अल्छे छ। के मानिसको भ्रष्टताको कारण यही होइन र? यही कारणले मानिस खाँचोमा परेको होइन र? सम्पूर्ण मानवजाति सधैँ नै मेरो बन्दोबस्‍तको बीचमा रहेको छ; यदि यस्तो नभएको भए, यदि म कृपालु नभएको भए, आजसम्‍म को बाँच्‍नेथियो र? मभित्रका सम्‍पत्ति अतुलनीय छन्, तैपनि सबै विपत्ति पनि मेरै हातमा छन्—अनि आफूलाई जहिले मन लाग्छ तहिले विपत्तिबाट उम्कन सक्‍ने को छ र? के मानिसका प्रार्थनाहरू वा उसको हृदयको रुवाइले उसलाई त्यसो गर्न सक्षम बनाउँछ त? मानिसले मसँग कहिल्यै पनि साँचो रूपमा प्रार्थना गरेको छैन, त्यसकारण सबै मानवजातिको बीचमा कोही पनि आफ्‍नो सम्पूर्ण जीवन सत्यताको ज्योतिमा जिएको छैन; मानिसहरू अस्थिर रूपमा घरी-घरी देखा पर्ने ज्योतिको बीचमा मात्रै जिउँछन्। यसले मानवजातिको आजको अपूर्णता निम्त्याएको छ।

मबाट केही कुरा प्राप्त गर्नको लागि मेरो लागि तनमन लगाउन इच्‍छुक हुँदै हरेक व्यक्तिले अलिअलि चपाइरहेका छन्, त्यसकारण, मानिसको मानसिकतालाई ध्यानमा राख्दै म ऊभित्र साँचो प्रेम जगाउन उसलाई प्रतिज्ञाहरू गर्छु। के मानिसलाई सामर्थ्य दिने उसको साँचो प्रेम नै हो त? के स्वर्गमा मेरो आत्मालाई छुने मानिसको मप्रतिको बफादारीता नै हो त? मानिसका कार्यहरूद्वारा स्वर्ग कहिले पनि अलिकति समेत प्रभावित भएको छैन, अनि यदि मैले मानिसलाई गर्ने व्यवहार उसको हरेक कार्यमा आधारित रहेको भए, सारा मानवजाति मेरो सजायको बीचमा जिउनेथिए। मैले धेरै मानिसलाई तिनीहरूको गलाबाट आँसु बगिरहेको अवस्थामा देखेको छु, र मेरा सम्पत्तिहरूको सट्टा धेरैले आफ्‍नो हृदय मलाई दिइरहेको मैले देखेको छु। त्यस्तो “भक्तिपन” को बाबजुद पनि, मैले मानिसलाई उसका आवेगपूर्ण इच्‍छाहरूको परिणामस्वरूप कहिल्यै पनि मैले आफ्ना सबै कुरा खुलस्त रूपमा दिएको छैन, किनभने मानिस कहिले पनि आफूलाई मेरो सामुन्ने समर्पित गर्न इच्‍छुक भएको छैन। मैले सबै मानिसको मकुन्डोलाई उतारेको छु र यी मकुन्डोहरूलाई अग्निकुण्डमा फ्याँकेको छु, परिणामस्वरूप, मानिसका तथाकथित निष्ठा र बिन्तीहरू मेरो सामुन्ने कहिले पनि दह्रिलो गरी खडा भएका छैनन्। मानिस आकाशको बादलजस्तै छ: जब बतासको आवाज आउँछ, ऊ त्यसको शक्तिको तीव्रताप्रति डराउँछ, त्यसकारण उसलाई उसको अवज्ञाको कारण प्रहार गरिन्छ भन्‍ने डरले त्यसको पछि हतार-हतार दौडन्छ। के यो, मानिसको कुरूप अनुहार होइन र? के यो, मानिसको तथाकथित आज्ञापालन होइन र? के यो, मानिसको “साँचो भावना” र जाली सद्भाव होइन र? धेरैजसो मानिस मेरो मुखबाट जारी भएका सबै वाणीबाट विश्वस्त हुन इन्कार गर्छन्, र धेरैले मेरो मूल्याङ्कन स्वीकार गर्दैनन्, यसरी तिनीहरूका वचन र कार्यहरूले तिनीहरूका अभिप्रायहरूको विद्रोहीपनलाई प्रकट गर्छन्। के मैले जे बोल्छु त्यो मानिसको पुरानो प्रकृतिको विपरीत छ? के मैले मानिसलाई “प्रकृतिका नियमहरू” अनुसारको उचित परिभाषा दिएको छैन र? मानिसले साँचो रूपमा मेरो आज्ञापालन गर्दैन; यदि उसले मलाई साँचो रूपमा खोजेको भए, मैले त्यति धेरै कुरा बताउनुपर्नेथिएन। मानिस व्यर्थको फोहोर हो, र मैले उसलाई जबरजस्ती अघि बढाउनको लागि मेरो सजायको प्रयोग गर्नैपर्छ; यदि मैले त्यसो नगरेको भए, कसरी—मैले उसलाई दिएका प्रतिज्ञाहरू उसको आनन्दको लागि पर्याप्त भए पनि—उसको हृदयलाई प्रभाव पार्न सकिन्थ्यो र? मानिस सधैँ धेरै वर्षसम्‍म पीडादायी सङ्घर्षमा जिएको छ; ऊ सधैँ हताश अवस्थामा जिएको छ भनेर भन्‍न सकिन्छ। परिणामस्वरूप, ऊ आशाहीन अवस्थामा रहेको छ, र शारीरिक र मानसिक रूपमा थकित छ, त्यसकारण मैले उसलाई दिने सम्पत्तिहरू उसले आनन्दसाथ स्वीकार गर्दैन। आजसमेत, मबाट आउने आत्माका सबै मिठासलाई कसैले पनि स्वीकार गर्न सक्दैन। मानिसहरू दरिद्र अवस्थामा रहँदै अन्तिम दिनको प्रतीक्षा मात्रै गर्न सक्छन्।

धेरै मानिसले मलाई साँचो रूपमा प्रेम गर्ने इच्छा गर्छन्, तर तिनीहरूका हृदय तिनीहरूका आफ्नै नभएकोले, आफैमाथि तिनीहरूको कुनै नियन्त्रण हुँदैन; धेरै मानिस मैले दिएका परीक्षाहरू अनुभव गर्दा, मलाई साँचो रूपले प्रेम गर्छन्, तापनि म साँच्‍चै अस्तित्वमा छु भन्‍ने तिनीहरूले बुझ्न सक्दैनन्, र मेरो वास्तविक अस्तित्वको कारणले होइन, तर रित्तोपनमा मात्र मलाई प्रेम गर्छन्; धेरै मानिसले आफ्‍नो हृदय मेरो सामने राख्छन् र त्यसपछि आफ्ना हृदयलाई कुनै ध्यान दिँदैनन्, त्यसकारण मौका पाउनासाथ शैतानले तिनीहरूका हृदय खोसेर लैजान्छ, र तिनीहरूले मलाई त्याग्छन्; मैले मेरा वचनहरू प्रदान गर्दा धेरै मानिसले मलाई साँचो रूपमा प्रेम गर्छन्, तापनि तिनीहरूले मेरा वचनलाई तिनीहरूका आत्मामा राख्दैनन्, त्यसको साटो तिनीहरूले ती वचनलाई अनौपचारिक रूपमा सार्वजनिक सम्पत्तिजस्तो गरेर प्रयोग गर्छन् र जब तिनीहरूलाई इच्छा हुन्छ तब ती वचन जहाँबाट आएका थिए त्यतै हुत्याउँछन्। मानिसले पीडाबीच मलाई खोज्छ, र परीक्षाहरूबीच उसले मलाई हेर्दछ। शान्तिको समयमा उसले ममा आनन्द गर्दछ, जब जोखिममा हुन्छ उसले मलाई इन्कार गर्छ, ऊ व्यस्त हुँदा मलाई भुल्छ र जब ऊ खाली हुन्छ, मेरो निम्ति केही काम गरेको जस्तो गर्छ—तापनि कसैले मलाई आफ्नो जीवनभरि प्रेम गरेको छैन। मानिस मेरो सामने गम्भीर होस् भन्‍ने म चाहन्छु: उसले मलाई केही कुरा देओस् भनी म माग गर्दिनँ, तर तिनीहरूले मलाई गम्‍भीर रूपमा लिऊन्, तिनीहरूले मलाई फुस्ल्याउन छोडेर बरु मलाई मानिसको इमानदारीता फर्काएर ल्याउन देऊन्। मेरो अन्तर्दृष्टि, प्रकाश, र प्रयासको मूल्य सबै मानिसमा व्याप्त छ, यद्यपि मानिसको प्रत्येक कामको वास्तविक तथ्य तिनीहरूले मलाई गरेको छलजस्तै सबै मानिसमा व्याप्त छ। मानौं, मानिसको छलकपटका तत्त्वहरू गर्भदेखि नै ऊसँगै रहेको छ, मानौं, छलकपटका यी विशेष सीपहरू ऊसँग जन्मदेखि नै छन्। यसबाहेक, उसले आफ्‍नो रहस्यलाई कहिल्यै प्रकट गरेको छैन; यी कपटपूर्ण सीपहरूको स्रोतलाई कसैले कहिल्यै देखेको छैन। फलस्वरूप, मानिस आफूले थाहै नपाई छलकपटमा बाँचिरहेको छ, र यस्तो लाग्छ, मानौं उसले आफैलाई क्षमा गर्दछ, मानौं यो उसले जानी-जानी मसँग गरेको छल नभएर परमेश्‍वरको प्रबन्ध हो। के मानिसले मसँग गरेको छलको स्रोत यही होइन र? के यो उसको चलाकी होइन र? मानिसको चापलुसी र छलपूर्ण कुराद्वारा म कहिल्यै पनि लट्ठ भएको छैनँ, किनकि मैले धेरैअघि नै उसको वास्तविक गुण पत्ता लगाएको थिएँ। उसको रगतमा कति धेरै अशुद्धता छ, र उसको हड्डीको मासीमा शैतानको कति धेरै विष छ भन्‍ने कसलाई के थाहा? प्रत्येक दिन बित्दै जाँदा मानिसलाई अझ बढी यसमा बानी पर्दै जान्छ, यहाँसम्म कि शैतानले पुऱ्याएको हानि समेत उसले महसुस गर्दैन, र “स्वस्थ अस्तित्वको कला” पत्ता लगाउन उसले कुनै चासो राख्दैन।

जब मानिस मबाट टाढा हुन्छ, र जब उसले मलाई जाँच्छ, म बादलको बीचमा ऊबाट लुक्छु। परिणामस्वरूप, उसले मेरो नाम-निशानासमेत भेट्टाउन सक्दैन, र दुष्टले जे भन्छ त्यो मान्दै त्यसको हातमा जिउँछ। जब मानिस मेरो नजिक हुन्छ, तब म ऊकहाँ देखापर्छु र म ऊबाट मेरो अनुहार लुकाउँदिनँ, र त्यसबेला मानिसले मेरो दयालु अनुहार देख्छ। ऊ अचानक होसमा आउँछ, र उसले थाहा नपाए पनि, ऊभित्र मप्रतिको प्रेम जन्मन्छ। उसको हृदयमा उसले अचानक अतुलनीय मिठासको अनुभूति गर्छ, र कसरी आफूले ब्रह्माण्डमा मेरो अस्तित्वलाई जान्न सकिएन भनी अचम्मित हुन्छ। तसर्थ, मानिससँग मेरो प्रेमिलोपनका साथै मेरो मोलबारे अझै ठूलो अनुभूति हुन्छ। यसको परिणामस्वरूप, उसले मलाई फेरि कहिल्यै पनि नछोड्ने कामना गर्छ, उसले मलाई उसको अस्तित्वको ज्योतिको रूपमा हेर्छ, र मैले उसलाई छोड्नेछु भनेर अत्यन्तै डराएको कारण उसले मलाई कसिलो गरी अङ्गालो हाल्छ। मानिसको जोसद्वारा म प्रभावित हुँदिनँ, तर उसको प्रेमको कारण म उप्रति कृपालु हुन्छु। त्यो बेला, मानिस तुरुन्तै मेरा परीक्षाहरूको बीचमा जिउँछ। मेरो अनुहार उसको हृदयबाट हराउँछ, र उसलाई तुरुन्तै उसको जीवन रित्तो छ भन्ने लाग्छ, र उसका विचारहरू भाग्नेतर्फ मोडिन थाल्छन्। यही क्षणमा, मानिसको हृदयलाई उदाङ्गो पारिन्छ। मेरो स्वभावको कारण उसले मलाई अङ्गाल्दैन, तर मेरो प्रेमको कारण मैले उसलाई रक्षा गर्नुपर्छ भनेर मलाई अनुरोध गर्छ। तैपनि जब मेरो प्रेमले मानिसलाई प्रति प्रहार गर्छ, उसले तुरुन्तै आफ्‍नो मन परिवर्तन गर्छ; उसले मसँगको आफ्‍नो करारलाई तोड्छ र मेरो कृपालु अनुहारमा कहिल्यै नहेर्ने इच्छा गर्दै मेरो न्यायबाट छुटेर जान्छ, र यसरी उसले मप्रतिको आफ्‍नो दृष्टिकोण परिवर्तन गर्छ र मैले मानिसलाई कहिल्यै मुक्ति दिएको छैन भनेर भन्छ। के साँच्चै नै साँचो प्रेममा कृपाबाहेक केही पनि हुँदैन? के मेरो चम्किरहने ज्योतिमुनि जिउँदा मात्रै मानिसले मलाई प्रेम गर्छ? उसले हिजोको दिनलाई फर्केर हेर्छ तर आजको दिनमा जिउँछ—के यो मानवको अवस्था होइन र? के तिमीहरू भोलि पनि यस्तै हुनेछौ? म मानिसमा भित्रैबाट मेरो तृष्णा गर्ने हृदय होस् भन्ने चाहन्छु, सतही रूपमा मलाई सन्तुष्ट पार्ने हृदय होइन।

मार्च २१, १९९२

अघिल्लो: अध्याय २०

अर्को: अध्याय २२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्