अध्याय २५

सर्वशक्तिमान् परमेश्‍वर, अनन्त पिता, शान्तिका राजकुमार, हाम्रा परमेश्‍वर राजा हुनुहुन्छ! सर्वशक्तिमान् परमेश्‍वरले जैतून डाँडामा आफ्‍ना पाइला टेक्नुहुन्छ। यो कति सुन्दर छ! सुन्नुहोस्! हामी पहरेदारहरूले हाम्रो आवाज माथि उठाउँछौं; हामी एकै स्वरमा गाउनेछौं किनकि परमेश्‍वर सियोनमा फर्कनुभएको छ। हामी आफ्नै आँखाले यरूशलेम उजाड भएको देख्छौं। आनन्दको स्वरसहित कराओ र एकै स्वरमा गीत गाओ, किनकि परमेश्‍वरले हामीलाई सान्त्वना दिनुभएको छ, र यरूशलेमलाई छुटाउनुभएको छ। परमेश्‍वरले आफ्नो पवित्र बाहुबल सारा जातिहरूको नजरमा प्रकट गर्नुभएको छ, परमेश्‍वरको वास्तविक व्यक्तित्व देखा परेको छ! पृथ्वीको अन्तसम्म सबै मानिसहरूले हाम्रा परमेश्‍वरको मुक्ति देखेका छन्।

अहो, सर्वशक्तिमान् परमेश्‍वर! तपाईंका सारा रहस्यहरू प्रकट गर्न तपाईंको सिंहासनबाट सात आत्मा सबै मण्डलीमा पठाइएको छ। तपाईंको महिमाको सिंहासनमा बसेर तपाईंले आफ्नो राज्यको व्यवस्थापन गर्नुभएको छ र त्यसलाई न्याय र धार्मिकताद्वारा बलियो र स्थिर बनाउनुभएको छ, र तपाईंले आफ्नो अगाडि सबै जातिहरूलाई वशमा पार्नुभएको छ। हे, सर्वशक्तिमान् परमेश्‍वर! तपाईंले राजाहरूको पेटी फुकाल्नुभएको छ, तपाईंले शहरका ढोकाहरू फेरि कहिल्यै बन्द नहुने गरी तपाईंको अगाडि खोल्‍नुभएको छ। किनकि तपाईंको ज्योति आएको छ र तपाईंको महिमा उदय हुन्छ र चहकिलो भई चम्कन्छ। पृथ्वीलाई अन्धकारले ढाक्छ र मानिसहरूमाथि घोर अन्धकार छ। हे परमेश्‍वर! तापनि, तपाईं देखा पर्नुभएको छ र हामीमा तपाईंको ज्योति चम्काउनुभएको छ, र तपाईंको महिमा हामीमाथि देखिनेछ; सबै जातिहरू तपाईंको ज्योतिमा आउनेछन्, राजाहरू तपाईंको चमकमा आउनेछन्। तपाईं आफ्ना नजर उठाउनुहुन्छ र वरिपरि हेर्नुहुन्छ: तपाईंका छोराहरू तपाईंको अगाडि भेला हुन्छन् र तिनीहरू टाढाबाट आउँछन्; तपाईंका छोरीहरूलाई अङ्गालोमा बोकिन्छन्। हे, सर्वशक्तिमान् परमेश्‍वर! तपाईंको महान् प्रेमले हामीलाई समातेको छ; तपाईंले नै हामीलाई तपाईंको राज्यको बाटोमा अगाडि बढाउनुहुन्छ, र तपाईंका पवित्र वचनहरू हामीमा व्याप्त हुन्छन्।

हे, सर्वशक्तिमान् परमेश्‍वर! हामी तपाईंलाई धन्यवाद दिन्छौं र हामी तपाईंको प्रशंसा गर्दछौं। हामीलाई तपाईंलाई हेर्न, तपाईंको साक्षी दिन, तपाईंलाई उच्च पार्न, र साँचो हृदयले, शान्त र अविभाजित हृदयले गाउन दिनुहोस्। हामीलाई एउटै मन दिनुहोस् र एक साथ निर्माण गर्नुहोस्, र तपाईंद्वारा प्रयोगमा ल्याइनका लागि हामीलाई चाँडै त्यस्ता व्यक्तिहरू बनाउनुहोस् जसलाई तपाईंको हृदयले रुचाउँछ। पृथ्वीमा तपाईंको इच्छा कुनै बाधाविना पूरा हुन सकोस्!

अघिल्लो: अध्याय २४

अर्को: अध्याय २६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

मानिसहरूभित्र पवित्र आत्माको मार्गको पहिलो पाइला भनेको सबैभन्दा पहिले मानिसको हृदयलाई मानिस, घटना र वस्तुहरूबाट टाढा राखेर परमेश्‍वरको...

अध्याय ४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति...

परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

तिमीहरूले धेरै वटा कुराहरू प्राप्‍त गरेको होस् भन्‍ने मैले आशा राखेको छु, तर तिमीहरूका सबै कार्यहरू, तिमीहरूका जीवनका सबै थोकहरूले पनि मैले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्