अध्याय ३८

तेरो विश्‍वास असल वा शुद्ध छ भन्‍ने होइन, बरु मेरो काम आश्‍चर्यजनक छ! सबै कुरा मेरो कृपाले गर्दा नै भएको हो! तँसँग स्वार्थ वा अहङ्कारको अलिकति पनि भ्रष्ट स्वभाव हुनु हुँदैन, नत्र म तँमा काम गर्ने छैन। तैँले के कुरा स्पष्ट रूपमा बुझ्‍नुपर्छ भने, मानिस पतन हुन्छ कि दह्रिलो गरी खडा हुन्छ भन्‍ने कुरा तिनीहरूको कारणले गर्दा होइन; यो मेरो कारणले गर्दा हो। आज, यदि तैँले यो चरणलाई स्पष्ट रूपमा बुझ्दैनस् भने, तँ अवश्य नै राज्यमा प्रवेश गर्न असफल हुनेछस्! तैँले के कुरा बुझ्‍नुपर्छ भने, आज गरिँदै गरिएको काम परमेश्‍वरको अचम्‍मको काम हो; मानिससँग यसको कुनै सम्‍बन्ध छैन। मानिसका कार्यहरूको मूल्य के नै छ र? तिनीहरू कि चाहिँ स्वार्थी, अहङ्कारी, र घमण्डी बन्छन् कि परमेश्‍वरको व्यवस्थापनमा बाधा पुर्‍याइरहेका र उहाँको योजना नष्ट गरिरहेका हुन्छन्। ए, भ्रष्टहरू! तिमीहरू आज ममाथि भरोसा गर्न आउनैपर्छ; यदि तँ आउँदैनस् भने, आज म तँलाई तैँले केही पनि हासिल गर्नेछैनस् भनेर भन्छु! सबै कुरा व्यर्थमा गरिएको हुनेछ र तिमीहरूका काम-कार्यवाही व्यर्थ हुनेछन्!

सङ्कोच मान्‍ने वा हिचकिचाउने नगर; आज मलाई प्रेम गर्ने हरेकमा मेरो अचम्‍मको काम अघि बढाइनेछ। आफूलाई नम्र तुल्याउनेहरूको निम्ति कुनै काम छैन, र आज पूर्ण रूपमा नम्र भएका व्यक्तिहरूलाई मात्रै म प्रयोग गर्छु। मलाई साँचो हृदयले प्रेम गर्ने, अरूले नीच रूपमा हेरेकाहरू, र आफूलाई मेरो निम्ति पूर्ण रूपमा खुलस्त गर्नेहरूका निम्ति मात्रै म पूर्ण रूपमा खुलस्त हुनेछु। म तँलाई मेरा धारणाहरू बुझाउनेछु, र तँ सधैँ मेरा आशिषहरू प्राप्त गर्दै मेरो अघि हुनेछस्। आज मेरो लागि आफूलाई समर्पित गर्नेहरू, आज मेरो लागि आफूलाई चढाउने, र आज मेरो लागि बोझ बोक्‍नेहरूलाई म पूर्णतया दुर्व्यवहार गर्नेछैन—यसरी मेरो धार्मिकता प्रकट हुन्छ। मेरो बारेमा गुनासो नगर; मेरो अनुग्रह नै तिमीहरूका निम्ति पर्याप्त छ। तँ आएर यसलाई चाख्दा राम्रो हुन्छ, ताकि तैँले अतुलनीय मिठास चाख्‍न सक्। यसले तँभित्र मेरो निम्ति प्रेम मात्रै निर्माण गर्नेछैन, तर यसले तिमीहरूको यस प्रेमलाई गहन पनि बनाउनेछ।

मेरो काम चरणबद्ध रूपमा अघि बढाइन्छ, र यो पूर्ण रूपमा निस्फिक्री वा भ्रमित छैन। मलाई पछ्याउनको लागि, तिमीहरूले कुराहरू यसरी गर्नु पनि पर्छ। मेरो व्यवहारलाई हेरेर मबाट सिक; यसरी, यदि तिमीहरूले मेरा पाइलाहरूलाई पछ्यायौ भने, तिमीहरूलाई राज्यको प्रकटीकरणमा ल्याइनेछ। एउटै स्वरमा हर्षोल्‍लास गर! मेरा पुत्रहरू! परमेश्‍वरको काम तिमीहरूमा, मानिसहरूको यो समूहमा पूरा गरिनेछ। के तिमीहरू आशिषित महसुस गर्दैनौ?

वास्तवमा नै यो बुझ्‍न कठिन छ! आज मैले तिमीहरूलाई यहाँ ल्याएको छु, ताकि तिमीहरूले मेरो आश्‍चर्यजनक कार्यलाई देख्‍न सक!

अघिल्लो: अध्याय ३७

अर्को: अध्याय ३९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्