अध्याय २५

समय बितेर जान्छ, र आँखा झिमिक्‍क गर्दा, आजको दिन आइपुगेको छ। मेरो आत्माको मार्गनिर्देशनमा, सबै मानिसहरू मेरो ज्योतिमा जिउँछन्, र अबउप्रान्त विगतको बारेमा विचार गर्दैनन् वा हिजोको दिनलाई कुनै ध्यान दिँदैनन्। को आजको दिनमा कहिल्यै जिएको र अस्तित्वमा रहेको छैन र? कसले राज्यमा सुन्दर दिन र महिनाहरू बिताएको छैन र? को सूर्यमुनि जिएको छैन र? राज्य मानिसको बीचमा ओर्लिसकेको भए पनि, कसैले पनि यसको न्यानोपनलाई साँचो रूपमा अनुभव गरेको छैन; मानिसले यसलाई बाहिरबाट मात्रै लिन्छ, यसको सारलाई बुझ्दैन। मेरो राज्य निर्माण भएको अवधिमा, यसको कारण कसले आनन्द मनाउँदैन र? के पृथ्वीका देशहरू साँच्‍चै नै उम्कन सक्छन् त? के ठूलो रातो अजिङ्गर साँच्‍चै त्यसको धूर्तताद्वारा उम्कन सफल हुन्छ त? मेरा प्रशासनिक आदेशहरू समस्त ब्रह्माण्डभरि घोषणा गरिएको छ, तिनले सबै मानिसहरूका बीचमा मेरो अख्तियार स्थापित गर्छन्, र ती सम्पूर्ण ब्रह्माण्डभरि लागू हुन्छन्; तैपनि, मानिसले भने कहिल्यै यसलाई साँचो रूपमा जानेको छैन। जब मेरा प्रशासनिक आदेशहरूलाई ब्रह्माण्डमा प्रकट गरिन्छ, त्यही नै पृथ्वीमा मेरो काम पूरा हुन लागेको समय पनि हो। जब म सबै मानिसहरूका बीचमा शासन गर्छु र शक्ति प्रयोग गर्छु र जब मलाई परमेश्‍वर स्‍वयम्‌को रूपमा पहिचान गरिन्छ, मेरो राज्य पूर्ण रूपमा पृथ्वीमा ओर्लेको हुनेछ। आज, सबै मानिसहरूसँग नयाँ मार्गको नयाँ सुरुवात छ। तिनीहरूले नयाँ जीवनको सुरुवात गरेका छन्, तैपनि पृथ्वीमा कसैले पनि स्वर्गको जस्तो जीवनको साँचो अनुभव गरेको छैन। के तिमीहरू साँच्‍चै नै मेरो ज्योतिमा जिउँछौ त? के तिमीहरू साँच्‍चै नै मेरा वचनहरूका बीचमा जिउँछौ त? कसले आफ्‍नै सम्‍भावनाहरूको बारेमा विचार गर्दैन? को आफ्नै नियतिको बारेमा व्याकुल हुँदैन? कसले कष्टको सागरको बीचमा संघर्ष गर्दैन? कसले आफैलाई स्वतन्त्र तुल्याउन चाहँदैन? के राज्यका आशिष्‌हरू मानिसले पृथ्वीमा गरेको कठिन परिश्रमको साटो दिइन्छ? के मानिसका सबै इच्‍छाहरू उसले कामना गरेजस्तै गरी पूरा हुन सक्छन्? मैले एक पटक मानिसको अघि राज्यको सुन्दर दृश्य प्रस्तुत गरिसकेको छु, तैपनि उसले यसलाई लोभी नजरले मात्रै हेर्‍यो, यसमा प्रवेश गर्ने चाहना भएकाहरू कोही पनि थिएनन्। मैले एक पटक पृथ्वीको साँचो स्थितिको बारेमा मानिसलाई “खबर दिएँ” तर उसले सुन्‍ने बाहेक अरू केही पनि गरेन, र मेरो मुखबाट आएका वचनहरूलाई उसले हृदयद्वारा सामना गरेन; मैले एक पटक मानिसलाई स्वर्गका परिस्‍थितिहरूका बारेमा बताएँ, तैपनि उसले मेरा वचनहरूलाई सुन्दर कथाहरूका रूपमा लियो, र मेरो मुखले व्याख्या गरेको कुरालाई साँचो रूपमा स्वीकार गरेन। आज, राज्यका दृश्यहरू मानिसको अघि झल्किन्छन्, तर के यसको खोजीमा कसैले कहिल्यै “पर्वत र उपत्यका” पार गरेको छ? मेरो अनुरोधविना, मानिस अझै पनि उसको सपनाबाट बिउँझेको हुनेथिएन। के उसलाई पृथ्वीको उसको जीवनले त्यति मोहनी लगाएको छ? के उसको हृदयमा कुनै उच्‍च मापदण्डहरू छैनन्?

मैले मेरा मानिसहरूका रूपमा पूर्वनिश्चित गरेकाहरूले आफैलाई ममा समर्पित गर्न र मसँग सदभावमा जिउन सक्छन्। मेरो नजरमा तिनीहरू बहुमूल्‍य छन्, र मेरो राज्यमा मप्रतिको प्रेमले तिनीहरू चम्कन्छन्। आजका मानिसहरूका बीचमा, कसले त्यस्ता सर्तहरूलाई पूरा गर्छ? कसले मेरा मापदण्डहरूअनुसारको स्तर पूरा गर्न सक्छ? के मेरा मापदण्डहरूले साँच्‍चै नै मानिसका लागि कठिनाइहरू पैदा गर्छन्? के म उसलाई जानी-जानी गल्तीहरू गर्न लगाउँछु? म सबै मानिसहरूप्रति सहनशील छु, र तिनीहरूलाई राम्रो व्यवहार गर्छु। तैपनि, यो चीनका मेरा मानिसहरूप्रति मात्रै हो। मैले तिमीहरूलाई कम सम्झेको छु भन्‍ने होइन, न त म तिमीहरूलाई शङ्काको नजरले नै हेर्छु, तर म तिमीहरूप्रति व्यावहारिक र यथार्थपरक छु। मानिसहरूले आफ्‍नो जीवनमा अपरिहार्य रूपमा नै प्रतिरोधहरूको सामना गर्छन्, चाहे तिनीहरूका परिवारमा होस् वा वृहत् संसारको हकमा होस्। तैपनि कसका कठिनाइ तिनीहरूका आफ्‍नै हातले ल्याएका हुन्छन् र? मानिसले मलाई चिन्‍न सक्दैन। मेरो बाहिरी स्वरूपको बारेमा उसँग केही बुझाइ छ, तैपनि मेरो सारको बारेमा ऊ अनजान छ; उसलाई उसले खाने कुराका तत्वहरूको बारेमा थाहा छैन। कसले मेरो हृदयलाई होसियारीसाथ बुझ्‍न सक्छ? कसले मेरो उपस्थितिमा मेरो इच्छालाई साँचो रूपमा बुझ्‍न सक्छ? जब म पृथ्वीमा ओर्लेर आउँछु, यो अन्धकारले ढाकिएको हुन्छ र मानिस “गहिरो निद्रामा” परेको हुन्छ। म सबै ठाउँमा हिँडडुल गर्छु, र मैले सबै कुरा च्यातिएको र छरपष्ट भएको देख्छु र यसलाई हेर्न गाह्रो हुन्छ। यस्तो देखिन्छ मानौं मानिस आनन्द गर्न मात्र इच्‍छुक छ, र “बाहिरी संसारका कुराहरू” सुन्‍ने कुनै इच्‍छा छैन। सबै मानिसहरूले थाहा नपाई, म सम्पूर्ण पृथ्वीको अवलोकन गर्छु, तैपनि जीवनले भरिएको स्थान कहीँ पनि देख्दिनँ। तुरुन्तै, म ज्योति र ताप पैदा गर्छु र तेस्रो स्वर्गबाट पृथ्वीलाई हेर्छु। ज्योति भूमिमा परेर यसमा ताप फैलिए पनि, ज्योति र तापले मात्रै आनन्द गरिरहेको देखिन्छ; तिनले मानिसमा केही पनि पैदा गर्दैन, जो सुखसयलमा मस्त छ। यो देखेर, म तुरुन्तै आफूले तयार गरेको “लौरो” मानिसमाथि बर्साउँछु। लौरो बर्सने क्रममा, ज्योति र ताप क्रमिक रूपमा हटेर जान्छ, अनि पृथ्वी तुरुन्तै उजाड र अन्धकार बन्छ—र अन्धकारको कारण, मानिसले आफैमा आनन्द लिने अवसर लिन्छ। मानिसलाई मेरो लौरोको आगमनको बारेमा थोरै, अस्पष्ट ज्ञान हुन्छ, तर उसले प्रतिक्रिया दिँदैन, र “पृथ्वीमा पाएका आशिष्‌हरू” को आनन्द लिइरहन्छ। त्यसपछि, मेरो मुखले सबै मानिसहरूको सजायको घोषणा गर्छ, र समस्त ब्रह्माण्डका मानिसहरूलाई क्रूसमा उधोमुन्टो गरी टाँगिने छ। जब मेरो सजाय आउँछ, मानिस पर्वतहरू लडेको र पृथ्वी च्यातिएको आवाजले हल्लिन्छ, त्यसपछि ऊ झस्केर बिउँझन्छ। झस्केर डरले थरथर काम्दै, ऊ भाग्‍न चाहन्छ, तर अत्यन्तै ढिला भइसकेको हुन्छ। मेरो सजाय आइपर्दा, मेरो राज्य पृथ्वीमा ओर्लन्छ, र सबै देशहरू टुक्रा-टुक्रा हुन्छन्, अनि कुनै नामनिशाना र अवशेषबिना विलय हुन्छन्।

म हरेक दिन ब्रह्माण्डको अनुहार हेर्छु, र हरेक दिन मानिसको बीचमा म नयाँ काम गर्छु। तैपनि सबै मानिसहरू आफ्‍नो काममा एक धुनले लागिरहन्छन्, र मेरो कामको गतिशीलतालाई कसैले पनि ध्यान दिँदैनन् वा तिनीहरूको पहुँचभन्दा बाहिरका कुराहरूको स्थितिलाई देख्दैनन्। मानौं मानिसहरू तिनीहरूले आफै निर्माण गरेको नयाँ स्वर्ग र नयाँ पृथ्वीमा जिउँछन्, र अरू कसैले हस्तक्षेप गरेको चाहँदैनन्। तिनीहरू सबै आफैमा रमाउने कार्यमा लागेका छन्, र तिनीहरूले आफ्‍नो “शारीरिक तालिमको अभ्यास” गर्ने क्रममा आफ्‍नो प्रशंसा आफै गर्नमा उद्यत छन्। के मानिसको हृदयमा मेरो लागि कुनै स्थान नै छैन? के म साँच्‍चै नै मानिसको हृदयको शासक बन्‍न असक्षम छु? के मानिसको आत्माले साँच्‍चै उसलाई त्यागेको छ? कसले कहिल्यै मेरो मुखका वचनहरूलाई साँच्‍चै ध्यान दिएर विचार गरेको छ? कसले कहिल्यै मेरो हृदयको इच्‍छालाई बुझेको छ? के मानिसको हृदयलाई साँच्‍चै अरू कुनै कुराहरूले ओगटेको छ? धेरै पटक मैले मानिसलाई बोलाएको छु, तैपनि कसले कहिल्यै करुणाको अनुभूति गरेको छ? के कसैले कहिल्यै मानवतामा जिएको छ? मानिस देहमा जिउन सक्छ, तर ऊ मानवता विहीन छ। के ऊ पशु-प्राणीको राज्यमा जन्‍मिएको थियो? कि ऊ स्वर्गमा जन्‍मको हो, र उसँग ईश्‍वरीयता छ? म मानिसलाई मेरा मापदण्डहरू दिन्छु, तैपनि यो यस्तो हुन्छ मानौं उसले मेरा वचनहरूलाई बुझ्दैन, तैपनि लाग्छ म उसको लागि नजिक जानै नसकिने परा-प्राणी हुँ। धेरै पटक म मानिसद्वारा निराश भएको छु, धेरै पटक उसको खराब कार्यप्रदर्शनको कारण म रिसाएको छु, र धेरै पटक म उसको कमजोरीले दुःखित भएको छु। म किन मानिसको हृदयमा आत्मिक भावना पैदा गर्न सक्दिनँ? म किन मानिसको हृदयमा प्रेम जगाउन सक्दिनँ? किन मानिस मलाई उसको आँखाको नानीको रूपमा व्यवहार गर्न अनिच्‍छुक छ? के मानिसको हृदय उसको आफ्‍नै होइन? के उसको आत्मामा अरू कुनै कुराले वास गरेको छ? किन मानिस नरोकिईकन विलाप गर्छ? ऊ किन दयनीय छ? किन विरहमा हुँदा उसले मेरो अस्तित्वलाई इन्कार गर्छ? के मैले उसलाई घोचेको हुन सक्छ? के मैले उसलाई जानी-जानी त्यागेको हुन सक्छ?

मेरा नजरमा, मानिस सबै थोकको शासक हो। मैले उसलाई पृथ्वीमा सबै थोक व्यवस्थापन गर्न दिएर कम मात्रामा अख्तियार दिएको छैन—हिमालका घाँसलाई, वनजङ्गलका जीव-जनावरहरूलाई, र पानीका माछाहरूलाई व्यवस्थापन गर्न दिएको छु। तैपनि यसको कारण खुसी हुनुको साटो, मानिस चिन्ताले व्याकुल बनेको छ। उसको सम्पूर्ण जीवन मानसिक चिन्ता र दौडधूप, रिक्ततामा थपिएको मस्ती बनेको छ; उसको पूरै जीवनभरि कुनै पनि नवीन आविष्कार र सृजना भएका छैनन्। कसैले पनि यो खोक्रो जीवनबाट आफूलाई मुक्त गराउन सक्दैन, कसैले पनि कहिल्यै अर्थपूर्ण जीवन पत्ता लगाएको छैन, र कसैले पनि कहिल्यै वास्तविक जीवनको अनुभव गरेको छैन। आजका मानिसहरू मेरो चम्किलो ज्योतिमुनि जिउने भए तापनि तिनीहरूलाई स्वर्गको जीवनको बारेमा केही पनि थाहा छैन। यदि म मानिसप्रति कृपालु नहुने हो भने र मैले मानवजातिलाई मुक्ति नदिने हो भने, मानिसहरू निरर्थकतामा आइपुगेका छन्, पृथ्वीमा तिनीहरूको जीवन अर्थहीन छ, र गर्व गर्न लायक कुनै पनि कुराविना तिनीहरू निरर्थक रूपमै संसार छाडी जानेछन्। हरेक धर्म, समाजका हरेक क्षेत्र, हरेक राष्ट्र, र हरेक सम्प्रदायका मानिसहरू सबैलाई पृथ्वीमा हुने रिक्तताको बारेमा थाहा छ, र तिनीहरू सबैले मेरो खोजी गर्छन् र मेरो पुनरागमनको प्रतीक्षा गर्छन्—तैपनि म आइपुग्दा कसले पो मलाई चिन्न सक्‍छ र? मैले सबै थोक बनाएँ, मैले मानवजातिको सृजना गरेँ, र आज म मानवमाझ ओर्लिएको छु। तैपनि, मानिसले मविरुद्ध प्रत्याक्रमण गर्छ र मलाई बदला लिन्छ। के मैले मानिसमा गर्ने काम उसको निम्ति कुनै फाइदाको छैन र? के म साँच्चै नै मानिसलाई सन्तुष्ट पार्न असमर्थ छु त? किन मानिसले मलाई अस्वीकार गर्छ? किन मानिस मप्रति त्यति रूखो र उदासीन छ? किन पृथ्वी लासहरूले ढाकिएको छ? के मैले मानिसको लागि बनाएको संसारको अवस्था वास्तवमै यस्तै हो त? किन होला मैले मानिसलाई अतुलनीय सरसम्पत्तिहरू दिएको भए तापनि त्यसको सट्टामा उसले मलाई उसका रित्ता दुई हात अर्पण गर्छ? किन मानिसले मलाई साँचो रूपमा प्रेम गर्दैन? किन ऊ मेरो अगाडि कहिल्यै आउँदैन? के मेरा सबै वचनहरू व्यर्थका लागि हुन् त? के मेरा वचनहरू पानीबाट ताप हराएजस्तै गरी हराएकै हुन् त? किन मानिस मसँग सहकार्य गर्न अनिच्छुक छ? के मेरो दिनको आगमन वास्तवमै मानिसको मृत्युको क्षण हो त? के मेरो राज्य निर्मित हुँदा वास्तवमै मैले मानिसलाई नाश पार्छु त? मेरो सम्पूर्ण व्यवस्थापन योजनाको अवधिमा किन कसैले पनि मेरा अभिप्रायहरू बुझेका छैनन्? मेरा मुखबाट निस्किएका वाणीहरूलाई प्यारो ठान्नुको सट्टा किन मानिसले तिनलाई घृणा र तिरस्कार गर्छ? म कसैलाई पनि दोष दिन्न, म त केवल सबै मानिसहरूलाई शान्तपनमा फर्कन र आत्म-चिन्तनको काम गर्न लगाउँछु।

मार्च २७, १९९२

अघिल्लो: अध्याय २४

अर्को: हे सबै मानिस हो, आनन्दित होओ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बाइबल सम्बन्धमा (३)

बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको...

आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

जीवनको बाटो जोसुकैसँग हुने कुरा होइन, न त यो जोकोहीले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यस्तो किन हुन्छ भने जीवन परमेश्‍वरबाट मात्रै आउन...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्