पुस्तकहरू

  • वचन देहमा देखा पर्नुहुन्छ खण्ड १ परमेश्‍वरको देखापराइ र काम

    परमेश्‍वरको देखापराइ र काम

    आफ्‍नो कार्य गर्नको लागि देखा पर्नुभएका सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍टले सम्पूर्ण सत्यताहरूलाई व्यक्त गर्नुहुन्छ, जसले मानवजातिलाई शुद्ध पार्छ र मुक्ति दिन्छ, अनि ती सबैलाई वचन देहमा देखा पर्नुहुन्छ मा समावेश गरिएका छन्। बाइबलमा लेखिएको यो वचन पूरा भएको छ: “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो(यूहन्ना १:१)। वचन देहमा देखा पर्नुहुन्छ को सन्दर्भमा संसारको सृष्टिपछि, परमेश्‍वरले सारा मानवजातिलाई सम्‍बोधन गर्नुभएको यो नै पहिलो पटक हो। यी वाणीहरूले मानवजातिका बीचमा परमेश्‍वरले व्यक्त गर्नुभएको पहिलो वचनलाई निर्माण गर्छ, जसमा उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, तिनीहरूलाई अगुवाइ गर्नुहुन्छ, तिनीहरूलाई न्याय गर्नुहुन्छ, र तिनीहरूसँग हृदयबाट हृदयमा बोल्‍नुहुन्छ र ती नै पहिला वाणीहरू हुन्, जसमा परमेश्‍वरले मानिसहरूलाई उहाँका पाइलाहरू, उहाँ लेट्नुहुने स्थान, परमेश्‍वरको स्वभाव, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, परमेश्‍वरका विचारहरू, र मानवजातिका निम्ति उहाँको सरोकारका बारेमा जान्न दिनुहुन्छ। के भन्‍न सकिन्छ भने सृष्टि भएपछि तेस्रो स्वर्गबाट परमेश्‍वरले मानवजातिसँग बोल्‍नुभएका प्रथम वाणीहरू यी नै हुन्, र देखा पर्न र वचनहरूद्वारा मानवजातिलाई आफ्‍नो हृदयको आवाज व्यक्त गर्नको लागि आफ्‍नो अन्तर्निहित पहिचान पहिलो पटक प्रयोग गर्नुभएको यही नै हो। आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएको, वचन देहमा देखा पर्नुहुन्छ (छोटकरीमा, वचन) मा हाल छ वटा खण्डहरू छन्: खण्ड १, परमेश्‍वरको देखापराइ र काम; खण्ड २, परमेश्‍वरलाई चिन्‍ने विषयमा; खण्ड ३, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू; खण्ड ४, ख्रीष्टविरोधीहरूको खुलासा; खण्ड ५, अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू; र खण्ड ६, सत्यताको पछि लाग्‍नेबारे।
  • परमेश्‍वरलाई चिन्‍ने विषयमा

    परमेश्‍वरलाई चिन्‍ने विषयमा

    परमेश्‍वरलाई चिन्‍ने विषयमा शीर्षकको यो पुस्तक वचन देहमा देखा पर्नुहुन्छको दोस्रो खण्ड हो, र यसमा सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टले सारा मानवजातिका लागि दिनुभएका र परमेश्‍वरको देखापराइ र काम भन्ने खण्डका वाणीहरूपछि आउने वाणीहरू समावेश छन्। यो पुस्तकमा परमेश्‍वरले संसारको सृष्टिपछि उहाँले गर्नुभएका काम, तिनमा समावेश उहाँको इच्‍छा र मानवजातिप्रतिका उहाँका अपेक्षाहरू, र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबैबारे उहाँको कामबाट भएको प्रकटीकरण, उहाँको पवित्रता, र उहाँ सबै कुराको जीवनको स्रोत हुनुहुन्छ भन्‍ने तथ्यजस्ता विभिन्‍न सत्यताहरू विस्तारमा व्याख्या गर्नुभएको छ। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरूले यो पुस्तक पढिसकेपछि यो काम गर्न सक्‍ने र यी स्वभावहरू प्रकट गर्न सक्‍ने व्यक्ति सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरा पुष्टि गर्न सक्‍नेछन्, र तिनीहरूले परमेश्‍वरको पहिचान, उहाँको हैसियत, र सारलाई साँचो रूपमा चिन्‍न सक्‍नेछन्, र यसरी सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट नै परमेश्‍वर स्‍वयम्‌, अद्वितीय हुनुहुन्छ भन्‍ने कुरा पनि पुष्टि गर्न सक्‍नेछन्।
  • आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू

    आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू सर्वशक्तिमान् परमेश्‍वरले व्यक्त गर्नुभएको पुस्तक वचन देहमा देखा पर्नुहुन्छको तेस्रो खण्ड हो। पुस्तकको पहिलो भागमा सर्वशक्तिमान् परमेश्‍वरले सेवामा दिनुभएका प्रवचन र सङ्गतिहरू राखिएका छन्, दोस्रो भागमा अगुवा र सेवकहरूसँगका सर्वशक्तिमान् परमेश्‍वरका वार्तालापहरू छन्, अनि तेस्रो भागमा सर्वशक्तिमान् परमेश्‍वरका चुनिएका मानिसहरूमध्येका केहीसँगको उहाँको सङ्गति समावेश छ। यी प्रवचनहरू र सङ्गतिले मण्डलीका विद्यमान समस्याहरूका साथै परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशका व्यावहारिक कठिनाइहरू सम्बोधन गर्छन्। तिनले मानिसहरूको सार र वर्तमान परिस्थितिलाई मात्र औँल्याउँदैनन्, मानिसहरूले पछ्याउनुपर्ने उद्देश्यमाथि पनि प्रकाश पार्छन्। ती वचन र सङ्गतिहरू मानिसहरूले सत्यता बुझ्न र जीवन प्रवेश प्राप्त गर्नका लागि अति नै लाभदायी छन्।
  • सत्यताको पछ्याइमा – १

    सत्यताको पछ्याइमा भन्‍ने खण्ड वचन देहमा देखा पर्नुहुन्छको छैटौँ खण्ड हो। यो पुस्तकमा सर्वशक्तिमान् परमेश्‍वर, अर्थात् आखिरी दिनहरूका ख्रीष्टले मण्डलीहरूसित गर्नुभएका विशेष सङ्गति र प्रचार समावेश छन्। यी प्रवचन र सङ्गतिहरूले सत्यता पछ्याउनु भनेको के हो, र सत्यता पछ्याउनुको महत्त्व के हो भन्‍नेबारेमा स्पष्ट र पारदर्शी रूपमा व्याख्या गर्छन् र सत्यता पछ्याउनेसम्‍बन्धी मानिसका विभिन्‍न गलत धारणा र विकृत बुझाइहरू, साथै मानिसका विभिन्‍न गलत विचार र दृष्टिकोणहरू, र नकारात्मक भावनाहरू खुलासा गर्छन्, र यस क्रममा ती कुराहरूबारे विश्‍लेषण र समझ पनि प्रदान गर्छन्। यसको साथै, यी प्रवचन र सङ्गतिहरूले मानिसलाई सत्यता पछ्याउने र वास्तविकतामा प्रवेश गर्ने मार्गहरू देखाउँछन्। सत्यता पछ्याउने मानिसहरूका लागि यी सत्यताहरू मुक्ति हासिल गर्न अत्यन्तै महत्त्वपूर्ण छन्।
  • आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू

    न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ

    यो पुस्तकमा छनौट गरेर राखिएका सबै वचनहरू सर्वशक्तिमान्‌ परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको न्यायको कामका लागि व्यक्त गर्नुभएका वचनहरू हुन्, जुन मूल रूपमा वचन देहमा देखा पर्नुहुन्छ, खण्ड १, परमेश्‍वरको देखापराइ र काम भन्‍ने पुस्तकबाट लिइएका हुन्। यी सत्यताहरू परमेश्‍वरको आखिरी दिनहरूको कार्यको खोजी र अनुसन्धान गर्ने प्रत्येक व्यक्तिले अत्यावश्यक रूपमा प्राप्त गर्नुपर्ने सत्यताहरू हुन्। यो पुस्तकमा समावेश गरिएका परमेश्‍वरका अभिव्यक्तिहरू प्रकाशको पुस्तकमा अगमवाणी गरिएअनुसार पवित्र आत्माले मण्डलीहरूका लागि भन्‍नुभएका कुराहरू हुन्। परमेश्‍वरका यी वर्तमान वचनहरू उहाँको देखापराइ र कामको साथै ख्रीष्ट नै सत्य, बाटो र जीवन हुनुहुन्छ भन्‍ने तथ्यको सर्वोत्तम गवाही हुन्। परमेश्‍वरको देखापराइको तृष्णा गर्ने सबैलाई जतिसक्दो चाँडो उहाँको आवाज सुन्‍ने मौका दिनु नै यो पुस्तकको उद्देश्य हो। हामी आशा गर्छौं कि प्रभुको दोस्रो आगमनको प्रतीक्षा गर्नेहरू र परमेश्‍वरको देखापराइ र उहाँको कामको बाटो हेर्नेहरू सबैले यो पुस्तक पढ्न सक्‍नेछन्।
  • सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू

    सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू

    यस पुस्तकमा वचन देहमा देखा पर्नुहुन्छमा समावेश गरिएका सर्वशक्तिमान् परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टले व्यक्त गर्नुभएका अत्यावश्यक वचनहरूका अंशहरू समावेश छन्। यी अत्यावश्यक वचनहरूले प्रत्यक्ष रूपमा सत्यतालाई स्पष्ट पार्छन् र मानिसहरूलाई परमेश्‍वरको इच्छा बुझ्‍न, उहाँको कार्य जान्न र उहाँको स्वभाव तथा उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो कुराको ज्ञान प्राप्त गर्न प्रत्यक्ष रूपमा समर्थ तुल्याउँछन्। परमेश्‍वर देखा पर्ने घटनाको उत्कट चाहना गर्नेहरूको निम्ति यी उहाँका पाइलाहरूको खोजी गर्ने मार्गनिर्देशन हुन्। तिनले तपाईंलाई स्वर्ग राज्यको प्रवेशद्वार पत्ता लगाउन अगुवाइ गर्न सक्छन्।
  • परमेश्‍वरका दैनिक वचनहरू

    परमेश्‍वरका दैनिक वचनहरू

    यस पुस्तकमा वचन देहमा देखा पर्नुहुन्छबाट छनौट गरिएका अनुच्छेदहरू समावेश गरिएका छन्। परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको वचनहरूबाट सत्यता अनि जीवनको दैनिक भरणपोषण प्राप्त गर्न सकून् भनेर, मानिसहरूको जीवन प्रवेशको लागि सबैभन्दा सुधारात्मक रहेका सर्वशक्तिमान्‌ परमेश्‍वरका यी अत्यावश्यक वचनहरूलाई विशेष गरी मानिसहरूकै आनन्दको लागि नै यहाँ छनौट गरिएका छन्, र यसरी यस पुस्तकले सत्यतालाई प्रेम गर्नेहरूलाई सत्यता बुझ्‍न, परमेश्‍वरको अघि जिउन, र परमेश्‍वरबाट मुक्ति पाउन र सिद्ध तुल्याइन सहयोग गर्नेछ। परमेश्‍वरका यी अत्यावश्यक वचनहरू सत्यताका अभिव्यक्तिहरू हुन्; यसबाहेक, यी वचनहरू जीवनका सबैभन्दा अत्यावश्यक उक्तिहरू हुन्, र मानिसहरूका लागि यति सुधारात्मक र फाइदाजनक अरू वचनहरू छैनन्। यदि तपाईं प्रत्येक दिन यी वचनहरूको एउटा अनुच्‍छेदमा साँचो रूपमा आनन्द लिन सक्‍नुहुन्छ भने, यो तपाईंको सबैभन्दा ठूलो सौभाग्य हो, र तपाईं परमेश्‍वरद्वारा आशिषित हुनुहुन्छ।
  • थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

    भजनहरूको यो पुस्तक दुई वटा मुख्य भागहरूमा विभाजन गरिएको छ: पहिलोमा परमेश्‍वरका वचनहरूका भजनहरू समावेश छन्, जुन सर्वशक्तिमान्‌ परमेश्‍वरका अपरिहार्य वाणीहरूद्वारा निर्मित छन्, र दोस्रोमा मण्डली जीवनका भजनहरू समावेश छन्, जुन उहाँलाई पछ्याउने क्रममा उहाँको न्याय र कष्टहरू अनि संकष्टहरूको सामना गरिसकेपछि परमेश्‍वरका चुनिएका जनहरूले दिएका वास्तविक गवाहीहरू हुन्। यी भजनहरू आफ्‍ना आत्मिक भक्तिलाई अभ्यास गर्न, परमेश्‍वरको नजिक जान, उहाँको वचनहरूलाई मनन गर्न, र सत्यतालाई बुझ्‍नमा मानिसहरूका लागि निकै फाइदाजनक छन्। ती परमेश्‍वरका वचनहरूलाई अनुभव गरिरहन र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरिरहनका लागि मानिसहरूका लागि अझै फाइदाजनक छन्।
  • राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू

    यस पुस्तकमा साँचो मार्ग खोज्ने र अनुसन्धान गर्ने मानिसहरू सबैमा साझा रूपमा पाइने प्रश्‍न र धारणाहरू एकत्र गरिएको छ, र ती प्रश्‍न र धारणाहरूको बारेमा सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू एकीकृत गरी समाधानहरू प्रदान गरिएको छ। यी प्रश्‍न र उत्तरहरू मानिसहरूलाई सत्यता बुझ्न र साँचो मार्गको अनुसन्धान गर्नको लागि धेरै नै लाभदायक छन्, र उहाँका वचनहरू फैलाउने र उहाँको कामको गवाही दिने क्रममा परमेश्‍वरका चुनिएका मानिसहरूका निम्ति पनि यी प्रश्‍न र उत्तरहरू अपरिहार्य सन्दर्भ सामग्री हुन्। परमेश्‍वरका भेडाहरूले उहाँको आवाज सुन्‍छन्, र यदि यो पुस्तक पढिसकेपछि उनीहरूले सत्यता पत्ता लगाउन र सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू परमेश्‍वरको आवाज हुन् भनी चिन्‍न सक्छन् भने, उनीहरू प्रभुलाई स्वागत गर्ने बुद्धिमती कन्याहरू हुन्।
  • ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू

    सर्वशक्तिमान् परमेश्‍वर अर्थात् आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ, परमेश्‍वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, र मानिसहरूलाई शुद्ध हुन र मुक्ति पाउन चाहिने सबै सत्यता प्रदान गर्नुहुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुनेका छन्, उनीहरू परमेश्‍वरको सिंहासनसामु ल्याइपुर्‍याइका छन, उनीहरू थुमाको भोजमा सहभागी भएका छन्, र उनीहरूले राज्यको युगमा उहाँसँग आमनेसामने भई परमेश्‍वरका मानिसहरूको रूपमा जीवन सुरु गरेका छन्। उनीहरूले परमेश्‍वरका वचनहरूको मलजल, हेरचाह, प्रकाश र न्याय प्राप्त गरेका छन्, परमेश्‍वरको कामको नयाँ बुझाइ हासिल गरेका छन्, आफूलाई शैतानले भ्रष्ट पारेको तथ्य बुझेका छन्, साँचो पश्‍चात्ताप अनुभव गरेका छन्, अनि सत्यता अभ्यास गर्न र स्वभाव परिवर्तन गर्नमा ध्यान दिन थालेका छन्, र यसरी परमेश्‍वरको न्याय र सजाय अनुभव गर्दै भ्रष्टताबाट शुद्धीकरण प्राप्त गर्नेबारे गवाही दिएका छन्। सर्वशक्तिमान परमेश्‍वरका आखिरी दिनहरूको न्यायको कामले विजेताहरूको एउटा समूह निर्माण गरेको छ, र तिनीहरूले आफ्ना व्यक्तिगत अनुभवहरूमार्फत आखिरी दिनहरूको महान् सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्‍ने कुराको गवाही दिन्छन्!

    हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्