अध्याय ५७

के तैँले आफ्ना हरेक विचार र धारणाहरू, अनि तेरा हरेक कार्यलाई जाँचेको छस्? के तँसित यीमध्ये कुन मेरो इच्छा अनुरूप छन् र कुन चाहिँ छैनन् भन्‍ने स्पष्ट ज्ञान छ? यसलाई छुट्याउन तँ पूर्ण रूपले असमर्थ छस्! तँ किन मेरो सामु आएको छैनस्? के यो मैले तँलाई बताउनेछैन भन्‍ने कारणले हो कि, अरू कुनै कारणले हो? तैँले यस कुरालाई जान्नुपर्छ! लापरवाहहरूले मेरो इच्छालाई अवश्य नै बुझ्न सक्दैनन् वा कुनै ठूलो ज्योति वा प्रकाश पाउन सक्दैनन्।

मण्डलीले किन कुनै पोषण प्राप्त गर्न सक्दैन अनि किन यसमा सच्‍चा सङ्गतिको कमी छ के तैँले त्यसका कारणहरू पत्ता लगाएको छस्? के यो पैदा गर्ने कारकतत्वहरूमध्ये तँसित कति वटा सम्बन्ध छस् भन्‍ने तँलाई थाहा छ? मैले तँलाई जीवन प्रदान गर्न अनि मेरो आवाजलाई जारी गर्न निर्देशन दिएको छु। के तैँले यी कुराहरू गरेको छस्? के तैँले तेरा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनको प्रगतिमा ढिलाइ गरेको निम्ति जिम्मेवारी लिन सक्छस्? जब तैँले समस्याहरूको सामना गर्छस्, तँ शान्त र संयमित हुनुको साटोमा व्याकुल हुन्छस्। तँ साँच्चिकै अज्ञानी छस्! मेरो आवाज सबै सन्तहरूसम्म जारी हुनुपर्छ। पवित्र आत्माको कामलाई नदबा, र काम थाती राखेर मलाई ढिलो नगर्; त्यस्ता कुनै पनि कुराले कसैलाई फाइदा गर्दैन। तैँले शरीर र मनमा पूर्ण रूपले आफैलाई ममा अर्पण गरेको म चाहन्छु, ताकि तेरो हरेक सोचाइ र विचार मेरै निम्ति होस्, ताकि तँ मेरा विचारहरू र फिक्रीहरूमा सहभागी हुन सक्, ताकि तैँले गर्ने सबै कुरा आजको राज्य र मेरो व्यवस्थापनको निम्ति होस्, तेरो निम्ति होइन। त्यसले मात्रै मेरो हृदयलाई सन्तुष्ट बनाउनेछ।

मैले गरेको कुनै पनि कुरा प्रमाण विहीन छैन। तैँले किन मेरो अनुकरण गरेको छैनस्? तैँले आफूले गर्ने कुरामा किन प्रमाण खोजेको छैनस्? तैँले मलाई अरू के कुरा भन्न लगाउँछस्? तँलाई सिकाउन मैले तेरो हात समातेर ल्याएँ, तापनि तैँले सिक्न सकेको छैनस्। तँ कति मूर्ख छस्! के तँ सबै कुरा फेरि सुरु गर्न चाहन्छस्? निरुत्साहित नबन्। तँ एकपल्ट फेरि सम्हालिनुपर्छ, अनि आफैलाई सन्तहरूको साझा आशाहरू र चाहनाहरूको खातिर पूर्ण रूपले अर्पण गर्नुपर्छ। यी वचनहरू सम्झी: “मेरो लागि इमानदारपूर्वक खर्चिनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु।”

तैँले जेसुकै गर्छस्, त्यो व्यवस्थित प्रकारले गर्नुपर्छ, जथाभाबी प्रकारले होइन। के तैँले सन्तहरूको अवस्थालाई राम्ररी जानेको छस् भनेर साँच्चिकै दाबी गर्ने साहस गर्न सक्छस्? त्यसले तँसित बुद्धिको कमी छ, तैँले यस मामलालाई बिलकुल गम्भीरतापूर्वक लिएको छैनस्, अनि तैँले त्यसमा कुनै समय खर्च गरेको छैनस् भन्‍ने देखाउँछ। यदि तैँले यसमा साँच्चै तेरो सारा समय खर्च गर्न सकेको भए, तैँले तेरो भित्री अवस्था कस्तो हुनेथियो भनेर देख्न सक्थिस्। तैँले आत्मपरक प्रयासहरू लगाउन खोज्दैनस्; मेरो इच्छालाई रत्तीभर समेत वास्ता नगरी तँ वस्तुपरक कारणहरू मात्र खोज्छस्। त्यसले मलाई गहिरो प्रकारले चोट पुर्याएको छ! यस्तो कार्यलाई जारी नराख्! कतै मैले तँलाई दिएका आशिषहरूलाई तैँले स्वीकार नगरेको हो कि?

हे परमेश्‍वर! तपाईंको छोरा तपाईंको ऋणमा छ। मैले तपाईंको कामलाई गम्भीरतापूर्वक लिएको छैन वा तपाईंको इच्छाको निम्ति वास्ता देखाएको छैन, न त म तपाईंका अर्तीहरूप्रति विश्‍वासयोग्य नै भएको छु। तपाईंको छोराले यो सबै कुरालाई पूरै परिवर्तन गर्न चाहन्छ। मलाई नत्याग्नुभएको होस् अनि मद्वारा तपाईंको कामलाई पूरा गर्न जारी राख्नुभएको होस्। हे परमेश्‍वर! तपाईंको छोरालाई एक्लै नछोड्नुहोला! बरु, हरेक क्षण मेरो साथमा रहनुहोस्। हे परमेश्‍वर! तपाईंले मलाई प्रेम गर्नुहुन्छ भनी तपाईंको छोराले जान्दछ, तापनि मैले तपाईंको इच्छालाई राम्ररी बुझ्न सक्दिनँ; तपाईंको बोझको निम्ति कसरी वास्ता देखाउने वा तपाईंले मलाई सुम्पिनुभएको कुरालाई कसरी पूरा गर्ने भन्‍ने म जान्दिनँ। मण्डलीलाई कसरी रखवाली गर्ने भनेर त म झन् जान्दिनँ। यसको बारेमा म खिन्न र चिन्तित छु भनी तपाईं सचेत हुनुहुन्छ। हे परमेश्‍वर! मलाई हर समय मार्गदर्शन दिनुहोस्। मसित कति धेरै कुराको कमी छ भनेर अहिले मात्रै मलाई थाहा भयो—मसित अति धेरै कुराको कमी छ! कति धेरै कुराको कमी छ भनेर म बयानै गर्न सक्दिनँ। तपाईंको सर्वशक्तिशाली हातले तपाईंको छोरालाई अनुग्रह देखाएको होस्, मलाई हरसमय सहायता गरेको होस्, अनि उपरान्त आफै छनौटहरू नगरी अनि आफ्नै विचार र धारणाहरू नराखी म तपाईंको सामु पूर्ण रूपले लम्पसार पर्न मलाई सक्षम तुल्याउनुहोस्। हे परमेश्‍वर! तपाईंको छोराले सबै कुरा पूर्ण रूपले तपाईंको खातिर अनि आजको राज्यको खातिर गर्न चाहन्छ। मैले यस क्षणमा के सोचिरहेको छु र के गरिरहेको छु भनी तपाईं जान्नुहुन्छ। हे परमेश्‍वर! तपाईं आफैले मलाई जाँचपडताल गर्नुहोस्। तपाईं केवल मसित हिँड्नुहोस् र जीवनमा हर समय मसित रहनुहोस् भनी म बिन्ती गर्दछु ताकि म जे गर्छु, त्यसमा तपाईंको शक्ति साथै रहेको होस्।

अघिल्लो: अध्याय ५६

अर्को: अध्याय ५८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ

तैँले व्यावहारिक परमेश्‍वरको विषयमा के थाहा पाउनुपर्छ? आत्मा, व्यक्ति, र वचन मिलेर व्यावहारिक परमेश्‍वर स्वयम्‌ निर्मित हुनुभएको छ, र...

अध्याय १

सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। आहा, सर्वशक्तिमान्...

परमेश्‍वरको कामको दर्शन (१)

यूहन्नाले सात वर्ष येशूका निम्ति काम गरे अनि येशू आउनुहुँदा अघिबाटै बाटो तयार पारिसकेका थिए। योभन्दा अघि यूहन्नाले प्रचार गरेका स्वर्गको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्