अध्याय १

“कसैले पनि मेरा वचनहरूको जड पत्ता लगाउन सक्दैन, न त मैले ती वचन बोल्‍नुको उद्देश्यलाई जान्‍न सक्छ” भनेर परमेश्‍वरले भन्‍नुभएजस्तै, परमेश्‍वरका आत्माको मार्गदर्शन नभएको भए, र उहाँका वाणीहरूको आगमन नभएको भए, सबै मानिसहरू उहाँको सजायमा नाश हुनेथिए। परमेश्‍वरले सबै मानिसहरूलाई जाँच गर्नको लागि किन यति धेरै समय लिनुभयो? अनि पाँच महिना जति लामो समय लाग्यो? यो हाम्रो सङ्गतिको मुख्य विषय साथै परमेश्‍वरको बुद्धिको महत्वपूर्ण विषय हो। हामी कल्‍पना गर्न सक्छौँ: मानिसलाई जाँच्‍ने यो अवधिविना, र यदि परमेश्‍वरले भ्रष्ट मानवजातिलाई जोरदार रूपमा प्रहार गर्ने, मार्ने, र तोड्ने नगर्नुहुने हो भने, यदि मण्डली निर्माणको काम आजको दिनसम्‍म नै जारी रहेको भए, परिणाम के हुनेथियो? त्यसकारण, परमेश्‍वरले पहिलो वाक्यमा नै मुख्य कुरा बताउनुहुन्छ, यी धेरै महिनाको कामको लक्षित प्रभावको बारेमा सीधै कुरा उठाउनुहुन्छ—उहाँले साँच्‍चै नै पहिलो प्रहारमै लक्ष्यभेद गर्नुहुन्छ! धेरै महिनाको यो अवधिमा परमेश्‍वरले गर्नुभएका कामहरूमा रहेको बुद्धिलाई देखाउन यो नै पर्याप्त छ: ती कार्यहरूले हरेकलाई परीक्षाको माध्यमबाट कसरी समर्पित हुने र आफूलाई इमानदारीपूर्वक कसरी अर्पण गर्ने, पीडादायी शोधनबाट परमेश्‍वरलाई अझै राम्ररी कसरी चिन्‍ने भनेर सिक्न सक्षम तुल्याएका छन्। मानिसहरूले अनुभव गर्ने नैराश्यता जति ठूलो हुन्छ, तिनीहरूले आफैलाई त्यति नै राम्ररी चिन्‍न पुग्छन्। अनि सत्य कुरा भन्दा, तिनीहरूले कष्टले भरिएको शोधनको सामना जति गर्छन्, तिनीहरूले आफ्नो भ्रष्टतालाई त्यति नै बढी चिन्छन्, यहाँसम्‍म कि तिनीहरू परमेश्‍वरको निम्ति सेवाकर्ता बन्‍नसमेत योग्य छैनन्, र तिनीहरूले सेवा गर्न पाउनु भनेको उहाँले तिनीहरूलाई उत्थान गर्नुभएको हो भन्‍ने तिनीहरूले पहिचान गर्छन्। त्यसकारण, यो परिणाम हासिल गरेपछि, जब मानिसले आफ्‍नो हरेक भागको प्रयोग गरिसकेको हुन्छ, तब परमेश्‍वरले कुनै कुरालाई नलुकाईकन प्रत्यक्ष रूपमा नै कृपाका आवाजहरू निकाल्‍नुहुन्छ। यी केही महिनापछि, परमेश्‍वरको काम गर्ने विधिले आजको दिनलाई सुरुवाती विन्दुको रूपमा लिन्छ भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सकिन्छ; उहाँले यो कुरा सबैले देख्‍ने गरी स्पष्ट पार्नुभएको छ। विगतमा परमेश्‍वरले प्रायजसो “परमेश्‍वरका मानिसहरूको रूपमा बोलाइने अधिकार प्राप्त गर्न सजिलो छैन” भन्‍नुभएको हुनाले, उहाँले उहाँका सेवाकर्ताहरूका रूपमा उल्‍लेख गरिने मानिसहरूलाई यी वचनहरू दिनुभएको छ, जुन कुरा परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसमा कुनै शङ्का छैन भन्‍ने कुरालाई देखाउन पर्याप्त छ। परमेश्‍वरले जे-जे भन्‍नुहुन्छ, ती कुराहरू विभिन्‍न हदमा पूरा हुनेछन्, र यो कुनै पनि हालतमा बकम्फुसे गफ होइन।

जब सबै मानिसहरू सुर्ता र शोकले भरिएर व्याकुल भएका हुन्छन्, परमेश्‍वरका यस्ता वचनहरूले तिनीहरूको मुटु छुन्छ, तिनीहरूको निराशामाझ तिनीहरू सबैलाई उत्साह दिएर जगाउँछ। मानिसको मनबाट थप कुनै शङ्का हटाउनको लागि, परमेश्‍वरले यी वचनहरू थप्‍नुभयो: “तिनीहरूलाई मेरा मानिस भनी सम्बोधन गरिए पनि, यो उपाधि मेरा ‘छोराहरू’ कहलिनुभन्दा कम महत्त्वको होइन।” परमेश्‍वरले मात्रै आफ्‍नो अख्‍तियारको रक्षा गर्न सक्‍नुहुन्छ भन्‍ने कुरालाई देखाउन यो नै पर्याप्त छ, र मानिसहरूले यो कुरा पढेपछि, तिनीहरूले यो त काम गर्ने विधि मात्र होइन, बरु तथ्य हो भन्‍ने कुरालाई अझै दृढ रूपमा विश्‍वास गर्नेछन्। अझै थप रूपमा भन्दा, मानिसहरूका दर्शनहरू अस्पष्ट नहोऊन् भनेर, उहाँको नयाँ शैलीमा हरेकको पहिचानलाई स्पष्ट रूपमा उल्‍लेख गरिएको हुन्छ। परमेश्‍वरको बुद्धिलाई देखाउनको लागि यो नै पर्याप्त छ र यसले मानिसहरूलाई परमेश्‍वरले मानिसहरूको हृदय देख्‍न सक्‍नुहुन्छ भनेर अझै राम्ररी जान्‍ने तुल्याउँछ; मानिसहरू आफ्ना विचार र काममा कठपुतली हुन्, जसको धागो चलाउने परमेश्‍वर हुनुहुन्छ, र यो कुरा निश्‍चित छ र यसमा कुनै शङ्का छैन।

सुरुवातमा फर्केर जाँदा, परमेश्‍वरले सुरुदेखि नै उहाँको कामको पहिलो चरण, अर्थात् “मण्डलीलाई शुद्ध पार्ने काम” पहिले नै समाप्त भइसकेको छ भनेर प्रत्यक्ष रूपमा औँल्याउनुभएको छ। “अहिलेको परिस्थिति पहिलेको जस्तो छैन, र मेरो काम नयाँ सुरुवातको बिन्दुमा प्रवेश गरेको छ।” यो अभिव्यक्तिबाट, के देख्‍न सकिन्छ भने परमेश्‍वरको कार्य नयाँ सुरुवात बिन्दुमा प्रवेश गरेको छ, र यसपछि तुरुन्तै उहाँले हामीलाई उहाँको कामको अर्को चरणको खाका सूचित गर्नुभएको छ—मण्डली निर्माणको काम समाप्त भएपछि, राज्यको युगको जीवन सुरु हुनेछ, “किनभने अब यो मण्डली निर्माणको युग होइन, तर सफलतापूर्वक राज्य निर्माण गर्ने युग हो।” यसको साथै, उहाँले के उल्‍लेख गर्नुभएको छ भने, मानिसहरू अझै पनि पृथ्वीमा नै रहेकाले, तिनीहरूका भेलाहरूलाई अझै पनि मण्डलीको रूपमा उल्‍लेख गरिनेछ, यसरी सबैले कल्‍पना गरेको जस्तो अवास्तविक “राज्य” लाई अनुभव गर्ने कार्यबाट टाढा बस्‍न सकिन्छ। यसपछि दर्शनहरू सम्‍बन्धी सङ्गतिको कुरा आउँछ।

अहिले राज्य निर्माणको युग हो र मण्डली निर्माणको समाप्ति हो, तैपनि किन सबै भेलाहरूलाई अझै पनि मण्डली नै भनिन्छ त? विगतमा के भनिन्थ्यो भने मण्डली राज्यको पूर्ववर्ती अवस्था हो, र मण्डलीविना राज्यको कुरै गर्न सकिँदैन। राज्यको युगको सुरुवात देहमा परमेश्‍वरले गर्नुहुने सेवकाइको सुरुवात हो, र राज्यको युगको सुरुवात देहधारी परमेश्‍वरले गर्नुहुन्छ। उहाँले जे ल्याउनुहुन्छ त्यही नै राज्यको युग हो, राज्यको आधिकारिक अवरोहण होइन। यो कुराको कल्‍पना गर्न त्यति कठिन छैन; मैले परमेश्‍वरका मानिसहरू भनेर राज्यको युगका मानिसहरूलाई उल्‍लेख गरिरहेको छु, राज्य स्वयम्‌का मानिसहरूलाई होइन। यही कारणले गर्दा पृथ्वीका भेलाहरूलाई अझै पनि मण्डली भनेर उल्‍लेख गर्नु उचित हुन्छ। विगतमा, उहाँले उहाँको सामान्य मानवतामा काम गर्नुभयो जबकि त्यस बेलासम्‍म उहाँले परमेश्‍वर स्‍वयम्‌को रूपमा गवाही दिनुभएको थिएन, त्यसकारण मानिसहरूका बीचमा राज्यको युगको सुरुवात भएको थिएन; अर्थात्, मैले भनेजस्तै, मेरो आत्माले मेरो देहधारी शरीरमा औपचारिक रूपमा काम गर्न थालेको थिएन। अहिले परमेश्‍वर स्‍वयम्‌ले गवाही दिइसक्‍नुभएको हुनाले, मानिसहरूका बीचमा राज्य पूरा भएको छ। यसले के जनाउँछ भने म मेरो ईश्‍वरीयतामा काम गर्न सुरु गर्नेछु, त्यसकारण मेरो ईश्‍वरीयतामा मैले बोल्‍ने वचनहरू र मैले गर्ने कामहरूलाई बुझ्‍न सक्‍ने ती मानव-प्राणीहरू राज्यको युगका मेरा मानिसहरूका रूपमा चिनिनेछन्। यसैबाट “परमेश्‍वरका मानिसहरू” को उदय भएको हो। यस चरणमा, काम गर्ने र बोल्‍ने मुख्यतया मेरो ईश्‍वरीयता नै हुन्छ। मानिसले मेरो योजनामा हस्तक्षेप गर्न सक्दैन, न त उसले यसमा बाधा नै दिन सक्छ। परमेश्‍वर आफ्‍नो बोल्‍ने कार्यको निश्‍चित चरणमा पुगिसक्‍नुभएपछि, उहाँको नाउँको गवाही दिइन्छ, अनि यस बिन्दुदेखि मानवजातिको परीक्षाको सुरुवात हुनेछ। परमेश्‍वरको कार्यमा हुने बुद्धिको शिखर यही हो। यसले अर्को चरणको सुरुवातको लागि दह्रिलो जग बसाल्छ र जरा गाड्छ, साथै पछिल्लो चरणलाई पनि समाप्त गर्छ। यो मानव-प्राणीको रूपमा कसैले अपेक्षा गर्न नसकेको कुरा हो; यो न्यायको युगको पहिलो र दोस्रो भागको सङ्गम विन्दु हो। मैले यी केही महिना मानिसलाई शोधन नगरेको भए, मेरो ईश्‍वरीयताले काम गर्ने कुनै उपाय हुनेथिएन। यी धेरै महिनाको शोधनले मेरो कामको अर्को चरणको लागि मार्ग खोलिदियो। यी केही महिनाको कामको समाप्ति कामको अर्को चरण अझै प्रगाढ हुनेछ भन्‍ने कुराको चिन्‍ह हो। यदि कसैले परमेश्‍वरका वचनहरूलाई साँचो रूपमा बुझ्छ भने, उसले उहाँले धेरै महिनाको अवधि उहाँको कामको अर्को चरणको सुरुवात गर्न प्रयोग गरिरहनुभएको छ, र त्यसरी यसलाई अझै उत्तम परिणामहरू हासिल गर्ने तुल्याइरहनुभएको छ भनेर बुझ्‍न सक्छ। मेरो मानवताको अवरोधले मेरो कामको अर्को चरणमा वाधा पैदा गरेको हुनाले, कष्टद्वारा गरिएको यी केही महिनाको शोधनबाट, दुवै पक्षमा सुधार भएको छ र ठोस लाभ ल्याएको छ। यसको परिणामस्वरूप, अहिले मात्रै मैले मानिसलाई उल्‍लेख गर्ने तरिकालाई उसले कदर गर्न थालेको छ। त्यसकारण, जब आफ्‍नो कलमद्वारा परमेश्‍वरले मानिसहरूलाई अबउप्रान्त तिनीहरूलाई “सेवाकर्ता” भनी भन्‍नेछैन, तर “परमेश्‍वरका मानिसहरू” भनी भन्‍नेछु भनी भन्‍नुभयो, तब तिनीहरू सबै अत्यन्तै खुशी भए। यो मानिसको कमजोरीको बिन्दु थियो। मानिसको यो मुख्य कमजोरीलाई हात पार्नको लागि नै परमेश्‍वरले त्यसरी बोल्‍नुभएको थियो।

सबै मानिसहरूलाई जित्‍न र तिनीहरूको पूर्ण हृदयको विश्‍वास प्राप्त गर्नको लागि, र कतिपय मानिसहरूको भक्तिमा अशुद्धता मिसिएको छ भनेर औँल्याउनको लागि, परमेश्‍वरले विभिन्‍न प्रकारका मानव कुरूपताहरूलाई प्रकट गर्न थप कदमहरू चाल्‍नुभएको छ, र यस क्रममा उहाँले आफ्‍ना वचनहरू पूरा गर्नुभएको छ: “मलाई प्रेम गर्ने कार्यमा कति जना इमानदार छन्? कसले आफ्‍नै भविष्यलाई ध्यानमा राख्दै काम गरिरहेको छैन? आफ्‍ना परीक्षाहरूको अवधिमा कसले गुनासो गरेको छैन?” यस्ता वचनहरूद्वारा, हरेक व्यक्तिले आफ्‍नै अवज्ञा, विश्‍वासघात, र पूर्ण भक्तिको कमीलाई पहिचान गर्न सकेका छन्, त्यसरी उहाँलाई खोजी गर्ने हरेक व्यक्तिलाई हरेक कदममा परमेश्‍वरको कृपा र प्रेमिलो-दयालुपनले पछ्याउँछ भन्‍ने देखेका छन्। यस कुरालाई यी वचनहरूबाट देख्‍न सकिन्छ: “जब कतिपय मानिसहरू पछि फर्कन लागेका हुन्छन्, जब मैले मेरो बोल्‍ने शैलीलाई परिवर्तन गर्ने आशा गरिरहनेहरू सबैले आशा गुमाएका हुन्छन्, त्यो बेला म मुक्तिको आवाजहरू निकाल्छु, र मलाई इमानदारीसाथ प्रेम गर्नेहरूलाई मेरो राज्यमा, मेरो सिंहासनको अघि फर्काएर ल्याउँछु।” यहाँ “मलाई इमानदारीसाथ प्रेम गर्नेहरू” भन्‍ने वाक्यांश र “कति जनाले मलाई इमानदारीसाथ प्रेम गर्छन्?” भन्‍ने आलंकारिक प्रश्‍न एक-अर्कासँग बाझिँदैनन्। तिनले यस प्रसंगमा कसरी “इमानदारी” मा अशुद्धताहरू समावेश छन् भन्‍ने कुरालाई देखाउँछन्। परमेश्‍वरलाई केही पनि थाहा छैन भन्‍ने होइन; बरु, परमेश्‍वरले मानिसहरूको हृदयको अन्तस्करणलाई देख्‍न सक्‍नुहुने हुनाले नै, उहाँले “इमानदारी” जस्ता शब्‍दहरूको प्रयोग गर्नुभएको छ, जुन हरेक व्यक्तिलाई परमेश्‍वरप्रतिको तिनीहरूको ऋणीपनलाई महसुस गर्न लगाउन र आफैलाई अझै कठोरताको साथ धिक्कार्न लगाउन, साथै तिनीहरूको हृदयका गुनासाहरू पूर्ण रूपमा शैतानबाट आएका हुन् भन्‍ने तथ्यलाई पहिचान गर्न लगाउनको लागि भ्रष्ट मानवजातिप्रति केन्द्रित व्यङ्ग्योक्ति हो। “भक्ति” जस्ता शब्‍द देख्दा हरेक व्यक्ति अचम्‍ममा पर्छ, र मनमनै विचार गर्छ: “धेरै पटक मैले स्वर्ग र पृथ्वीको विरुद्धमा काम गरेको छु, र मैले धेरै पटक छोडेर जान चाहेको छु, तर मलाई परमेश्‍वरको प्रशासनिक आदेशहरूको डर भएको हुनाले, म काम-कुरालाई जसोतसो सकाउन मात्रै समस्याहरूको सामना गर्थेँ र अरूले जसो गर्छन् त्यसै गर्थेँ, यदि काम-कुराहरू साँच्‍चै नै निराशलाग्दो हुन पुगे भने, बिस्तारै पछि हट्नको लागि मलाई अझै पर्याप्त समय हुनेछ भनेर विचार गर्दै म परमेश्‍वरको निराकरणलाई पर्खिन्थेँ। तर अहिले परमेश्‍वरले हामीलाई उहाँका भक्त मानिसहरू भनेर बोलाइरहनुभएको छ। के परमेश्‍वर साँच्‍चै नै मानिसहरूको अन्तस्करणलाई देख्‍ने परमेश्‍वर हुनुहुन्छ त?” यस किसिमको गलत बुझाइलाई आउन नदिनको निम्ति नै परमेश्‍वरले विभिन्‍न प्रकारका मानिसहरूको मानसिक स्थितिहरूलाई अन्तिममा मात्रै सम्‍बोधन गर्नुभयो, यसरी हरेक व्यक्तिलाई भित्री रूपमा शङ्का गर्ने तर बाहिरी रूपमा प्रसन्‍नता देखाउने अवस्थाबाट हृदय, वचन, र दृश्यबाट विश्‍वस्त हुने अवस्थामा रूपान्तरण गराउनुभयो। यसरी, परमेश्‍वरको वचनले मानिसमा पार्ने प्रभाव अझै गहन भएको छ, र यसको प्राकृतिक परिणामस्वरूप मानिस अलि बढी त्रसित भएको छ, अलि बढी डर मान्ने बनेको छ, र अझ भन्‍ने हो भने उसले परमेश्‍वरको बारेमा अझै राम्रो बुझाइ प्राप्त गरेको छ। अन्तिममा, मानिसका चिन्ताहरूलाई कम गर्नको लागि, परमेश्‍वरले भन्‍नुभएको छ: “तर विगत त विगत नै भइसकेको र वर्तमान आइसकेको हुनाले, विगतको यादमा उदास हुँदै डुब्नुपर्ने वा भविष्यको लागि विचार गर्नुपर्ने कुनै आवश्यकता छैन।” यस किसिमको दबाबपूर्ण, मैत्रीपूर्ण, तर अर्थपूर्ण बोल्‍ने शैलीको अझै ठूलो प्रभाव हुन्छ, यसरी यसले उहाँका वचनहरू पढ्ने सबैलाई विगतको नैराश्यताको बीचमा फेरि पनि ज्योति देखेर, परमेश्‍वरको बुद्धि र कार्यहरूलाई देख्‍न, “परमेश्‍वरका मानिसहरू” भन्‍ने पदवी नाम प्राप्त गर्न, आफ्‍नो हृदयमा भएका शङ्काका बादलहरूलाई हटाउन, र तिनीहरूको मानसिक स्थितिका बदलिरहने ढाँचाहरूबाट आफैलाई चिन्‍न सक्‍ने तुल्याउँछ। परिणामस्वरूप, यी अवस्थाहरू घट्छन् र बढ्छन्, र दुःख र शोक, खुशी र आनन्द पैदा गर्छन्। यस अध्यायमा, परमेश्‍वरले यति जीवन्त र स्पष्ट रूपमा मानिसहरूको रूपरेखा चित्रण गर्नुभएको छ कि यो सिद्धताको विन्दुमा नै आइपुगेको छ। यो साँच्‍चै नै मानिसले हासिल गर्न नसक्‍ने कुरा हो, मानव हृदयको गहिराइका गुप्त स्थानहरूको रहस्यहरूलाई साँच्‍चै नै खुलासा गर्ने कुरा हो। के यो मानिसले गर्न सक्‍ने कुरा हुन सक्छ त?

यसपछि तुरुन्तै आउने, र अझै महत्त्वपूर्ण खण्ड तल दिइएको अनुच्छेद हो, जसले मानिसलाई प्रत्यक्ष रूपमा दिइएको परमेश्‍वरको प्रशासनिक आदेशलाई प्रकट गर्छ, यति मात्र होइन, यो सबैभन्दा महत्त्वपूर्ण खण्ड पनि हो: “मानिस भएको हुनाले, जो-जो वास्तविकताविरुद्ध जान्छन् र ज-जसले मेरो निर्देशनअनुसार कामकुरा गर्दैनन्, तिनीहरूको अन्त्य राम्रो हुनेछैन, तर तिनीहरूले आफूमाथि समस्या मात्रै ल्याउनेछन्। ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन।” के यो परमेश्‍वरको प्रशासनिक आदेश होइन र? यो प्रशासनिक आदेशलाई अवहेलना गर्ने मानिसहरूको उदाहरणहरू धेरै छन् भन्‍ने कुरालाई देखाउन यो नै पर्याप्त छ। माथि उल्‍लेख गरिएअनुसार, परमेश्‍वरले हरेकलाई आफ्‍नै गन्तव्यको बारेमा नसोच्न अनुरोध गर्नुभएको छ। यदि कसैले परमेश्‍वरको योजनाबद्ध कार्यबाट मुक्त हुने आँट गर्‍यो भने, त्यसका परिणामहरू कल्‍पना गर्न नसकिने गरी भयानक हुनेछन्। त्यसपछि यसले यी वचनहरूमा अन्तर्दृष्टि र ज्योति प्राप्त गरेकाहरू सबैलाई परमेश्‍वरको प्रशासनिक आदेश अझै राम्ररी बुझ्‍ने साथै उहाँको प्रतापलाई उल्‍लङ्घन गर्न सकिँदैन भन्‍ने बुझ्न सक्षम तुल्याउँछ, र यसरी उसलाई बतास र तुसारोको सामना गरेर, कठोर सर्दीको खतरामा पनि खडा भइरहने अनि प्रकृतिको भरिभराउ हरियालीपूर्ण जीवनशक्तिमा योगदान दिइरहने देवदारजस्तै अझै अनुभवी र स्थिर बनाउँछ। यो खण्ड पढेपछि, धेरैजसो मानिसहरू चकित बन्छन्, मानौँ तिनीहरू कुनै भूलभूलैयामा परेका छन्; यसको कारण के हो भने, परमेश्‍वरका वचनहरूको विषयवस्तु तुलनात्मक रूपमा चाँडै परिवर्तन हुन्छन्, त्यसकारण आफ्‍नै भ्रष्ट स्वभावहरूलाई बुझ्‍ने प्रयास गर्दा दश जनामध्ये नौ जना मानिसहरू भूलभूलैयामा पर्छन्। भविष्यमा काम अझै सहजताको साथ अघि बढ्न सकोस् भनेर, सबै मानिसहरूको हृदयमा भएका शङ्काहरू हट्न सकून् भनेर, अनि परमेश्‍वरमाथिको विश्‍वासमा सबै जना एक कदम अघि बढ्न सकून् भनेर, उहाँले त्यस खण्डको अन्तिममा यो कुरालाई जोड दिनुभएको छ: “मलाई इमानदारीपूर्वक प्रेम गर्ने प्रत्येक व्यक्ति निश्चय नै मेरो सिंहासनको अगाडि फर्केर आउनेछ।” तसर्थ, उहाँको कामका धेरै महिनामा सहभागी भएका मानिसहरूको मनमस्तिष्क तुरुन्तै तिनीहरूको डरको केही भागबाट मुक्त हुन्छन्। यति मात्र कहाँ हो र, यता न उता भएर हावामा अड्केको तिनीहरूको हृदय ठूलो ढुङ्गा भुइँमा खसेजस्तै यथास्थितिमा फर्कन्छ। तिनीहरूले अबउप्रान्त आफ्नो गन्तव्यको बारेमा विचार गर्नु पर्दैन; यसको साथै, परमेश्‍वरले अबउप्रान्त कुनै खोक्रा शब्‍दहरू बोल्‍नुहुनेछैन भन्‍ने तिनीहरूले विश्‍वास गर्छन्। मानिसहरू आत्म-धर्मी भएका हुनाले, परमेश्‍वरलाई सबैभन्दा बढी भक्ति मैले नै देखाउँछु भनेर विश्‍वास नगर्ने एक जना पनि छैन; यही कारणले गर्दा, अझै उत्तम परिणाम हासिल गर्नको लागि परमेश्‍वरले ध्यान दिएर नै “इमानदारीपूर्वक” भन्‍ने शब्‍दलाई जोड दिनुभएको छ। यो उहाँको कामको अर्को चरणको लागि मार्ग तयार गर्न र जग बसाल्‍नको लागि हो।

अघिल्लो: अध्याय ४७

अर्को: अध्याय ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्