अध्याय ४३

सायद मानिसहरूले मेरो प्रशासनिक आदेशहरूलाई ध्यानमा राखेर मात्रै मेरा वचनहरूमा “ठूलो चासो” दिएका हुन्। यदि तिनीहरूलाई मेरा प्रशासनिक आदेशहरूले शासन नगरेका भए, तिनीहरू व्याकुल भएका बाघहरूजस्ता गर्जिरहेका हुनेथिए। दौडधूप गर्दै पृथ्वीलाई ढाक्ने, मेरा प्रशासनिक आदेशहरूको अधीनमा रहेका मानवजातिलाई हेर्दै, दिनहुँ म बादलहरूका बीचमा यताउता गर्छु। यसरी, मानव जातिलाई सुव्यवस्थित अवस्थामा राखिन्छ, र म मेरा प्रशासनिक आदेशहरूलाई चिरस्थायी तुल्याउँछु। यो समयदेखि पछि, पृथ्वीमा हुनेहरूले मेरा प्रशासनिक आदेशहरूमा रहेका सबै किसिमको सजाय पाउँछन्, र यो सजाय तिनीहरूमाथि ओइरिने क्रममा, सबै मानवजाति ठूलो होहल्‍ला गर्दै हरदिशामा भाग्छन्। यही क्षणमा नै, पृथ्वीका राष्ट्रहरू तुरुन्तै नष्ट हुन्छन्, राष्ट्रहरूबीचका सीमाहरू अस्तित्वमा रहँदैनन्, त्यसउप्रान्त एउटा स्थानदेखि अर्को स्थान विभाजित हुँदैन, र मानिसहरूको बीचमा त्यसउप्रान्त मनमुटाव हुँदैन। म मानिसहरूका बीचमा “वैचारिक कार्य” गर्न सुरु गर्छु, ताकि मानिसहरू एक-अर्कासँग शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहन सकून्, अबउप्रान्त झैझगडा नगरून्, र मैले मानवजातिको बीचमा सेतु निर्माण गर्ने र सम्‍बन्धहरू स्थापित गर्ने क्रममा, मानिसहरू एकीकृत बन्छन्। म सर्वोच्च स्वर्गलाई मेरा कार्यहरूको प्रकटीकरणद्वारा भर्नेछु र पृथ्वीका सबै थोकलाई मेरो शक्तिसामु लम्पसार पर्न लगाउनेछु, यसरी “विश्‍व एकता” को लागि मेरो योजना कार्यान्वयन गर्नेछु र मेरो यो चाहनालाई सफलतामा पुर्‍याउनेछु, ताकि मानवजाति अबउप्रान्त पृथ्वीमा “यताउता भौँतारिने” छैनन्, बरु तिनीहरूले कुनै ढिलाइ नगरिकन सुहाउँदो गन्तव्य भेट्नेछन्। म हरेक किसिमले मानव जातिको लागि सोचविचार गर्छु, यस्तो गर्नेछु ताकि सारा मानवजाति चाँडै नै शान्ति र खुसीको भूमिमा जिउन आऊन्, ताकि तिनीहरूका जीवनका दिनहरू अबउप्रान्त दुःखी र उजाड नहोऊन्, र ताकि पृथ्वीमा मेरा योजना शून्यतामा नपुगोस्। मानिस त्यहाँ अस्तित्वमा रहने भएकोले, म मेरो राष्ट्र पृथ्वीमा निर्माण गर्नेछु, किनभने मेरो महिमाको प्रकटीकरणको एक अंश पृथ्वीमा रहेको छ। माथि स्वर्गमा, म मेरो सहरलाई उचित तुल्याउनेछु र त्यसरी नै माथि र तलका सबै थोकलाई नवीन बनाउनेछु। म स्वर्गको माथि र तल अस्तित्वमा रहेका सबै थोकलाई एकतामा ल्याउनेछु ताकि, पृथ्वीका हरेक थोक स्वर्गमा भएका सबै थोकसँग एकीकृत होस्। यो मेरो योजना हो; अन्तिम युगमा मैले हासिल गर्ने उपलब्धि नै यही हो—मेरो कामको यो भागमा कसैले पनि हस्तक्षेप नगरोस्! अविश्‍वासी राष्ट्रहरूमाझ मेरो कामलाई फैलाउनु नै पृथ्वीमा मैले गर्ने मेरो कामको अन्तिम भाग हो। मैले गर्ने कामलाई कसैले पनि बोध गर्न सक्दैन, र यही कारणले गर्दा, मानिसहरू निकै नै भ्रममा परेका छन्। अनि म पृथ्वीमा मैले गर्ने मेरो काममा पूरै व्यस्त भएको हुनाले, मानिसहरूले यसलाई “खेल खेल्ने” अवसर बनाउँछन्। तिनीहरूलाई अत्यन्तै उपद्रवी बन्नबाट रोक्नको लागि, मैले तिनीहरूलाई अग्निकुण्डको अनुशासन कारबाही सहन गर्नको लागि मेरो सजायअन्तर्गत राखेको छु। यो मेरो कामको एउटा चरण हो, र म मेरो कामको यो चरणलाई पूरा गर्नको लागि उक्त अग्निकुण्डको सामर्थ्य प्रयोग गर्नेछु; अन्यथा, मेरो कामलाई अघि बढाउन नै असम्भव हुन्छ। म सारा ब्रह्माण्डभरिका मानवजातिलाई मेरो सिंहासनअघि समर्पित हुन लगाउनेछु, मेरो न्यायअनुरूप तिनीहरूलाई विविध श्रेणीमा विभाजन गर्नेछु, ती श्रेणीहरूअनुसार तिनीहरूलाई वर्गीकरण गर्नेछु, र अझै तिनीहरूलाई तिनीहरूको परिवारमा विभाजन गर्नेछु, ताकि सम्पूर्ण मानवजातिले मलाई अवज्ञा गर्न छाडून्, यसको साटो तिनीहरू मैले नामाकरण गरेका श्रेणीहरूअनुसार स्पष्ट र व्यवस्थित बन्दोबस्तमा रहून्—कोही पनि यतिकै जहीँतहीँ चलफिर नगरोस्! सारा ब्रह्माण्डभरि नै मैले नयाँ काम गरेको छु; सारा ब्रह्माण्डभरि नै मेरो आकस्मिक देखा पराइबाट सारा मानवजाति अचम्‍मित र अक्क न बक्क भएका छन्, र मेरो खुल्लमखुल्ला देखापराइद्वारा तिनीहरूको क्षितिज बृहत् रूपमा विस्तारित भएको छ। आज यस्तै त छ नि होइन र?

मैले सबै राष्ट्र र सबै मानिसहरूका बीचमा पहिलो छलाङ्ग मारेको छु, र मैले मेरो कामको पहिलो भागको सुरुवात गरेको छु। म नयाँ सुरुवात गर्नको लागि मेरो योजनालाई भङ्ग गर्नेछैन: अन्य जातिका राष्ट्रहरूका बीचमा हुने श्रेणीबद्ध कार्य मैले स्वर्गमा गर्ने मेरो कामको पद्धतिहरूमा आधारित छ। जब सारा मानवजातिले मेरा हरेक हाउभाउ र कार्यहरू हेर्नको लागि आफ्‍ना आँखा उठाउँछ, त्यही बेला म पृथ्वीमा कुहिरो पठाउँछु। मानिसहरूका आँखाहरू तुरुन्तै धमिलिन्छ, र मरुभूमिमा अलमलिएका भेडाहरूले जस्तै तिनीहरूले कुनै दिशा निर्क्योल गर्न सक्दैनन्, र जब तुफानको गर्जन सुनिन थाल्छ, तिनीहरूको चिच्याहटलाई बतासको गर्जनले ढाकिदिन्छ। हावाका झोक्काहरूको बीचमा, मानव आकृतिहरूलाई अलिअलि देख्‍न सकिन्छ, तर कुनै पनि मानव आवाज सुन्‍न सकिँदैन, र मानिसहरूले सक्दो बल लगाई चिच्याए पनि, तिनीहरूको प्रयास व्यर्थ हुन्छ। यसपटक, तिनीहरूलाई सीमाहीन मरुभूमिबाट डोर्‍याएर लैजानको लागि मुक्तिदाता अचानक आकाशबाट ओर्लनुहुन्छ कि भन्‍ने आशा गर्दै मानवजाति डाँको छोडी रुन्‍छ र विलाप गर्छ। तर, तिनीहरूको विश्‍वास जति नै ठूलो भए पनि, मुक्तिदाता हल्लिनु समेत हुनेछैन, र मानिसको आशामा तुषारापात हुनेछ: बालिएको विश्‍वासको बत्तीलाई मरुभूमिको तुफानले निभाइदिएको छ, र बलिरहेको राँको फेरि कहिल्यै नउठाउने गरी, मानिस बाँझो र निर्जन स्थानमा घोप्टो पर्छ, अनि अचेत हुन्छ…। त्यस क्षणलाई प्रयोग गर्दै, म मानिसको आँखैअघि मरुद्यान देखा पर्न लगाउँछु। तर, त्यो मानिसको हृदय उल्‍लसित भएको हुनसक्‍ने भए पनि, उसको शरीर अत्यन्तै कमजोर, हातखुट्टा कमजोर र लल्याकलुलुक भएको कारण उसले प्रतिक्रिया दिन सक्दैन; अनि उसले मरुद्यानमा सुन्दर फलफूल फलिरहेको देखे पनि, ऊसँग ती फल टिप्‍ने सामर्थ्य हुँदैन, किनभने मानिसको “आन्तरिक स्रोत-साधन” पूर्ण रूपमा रित्तिएको हुन्छ। म मानिसलाई चाहिने कुराहरू टिप्छु र उसलाई दिन्छु, तर उसले क्षणिक मुस्कान मात्रै छोड्छ, उसको अनुहार पूर्ण रूपमा हर्षरहित छ: मानवजातिको हरेक सामर्थ्य नामनिसानविना नै चलिरहेको बतासमा विलय भएको छ। यसकारण, मानिसको अनुहार पूर्ण रूपमा अभिव्यक्ति विहीन हुन्छ, र उसको रक्ताम्मे आँखाहरूबाट, आफ्‍नो बच्‍चालाई नियालिरहेकी आमाको जस्तै कोमल दयासहित स्‍नेहको एउटै मात्र किरण चम्किन्छ। समय-समयमा, मानिसको सुकेको, फुटेका ओठहरू चल्छन्, मानौं उसले बोल्‍न लागेको छ तर उसँग बोल्ने सामर्थ्य छैन। म मानिसलाई अलिकति पानी दिन्छु, तर उसले होइन भन्‍ने भावमा आफ्नो शिर मात्रै हल्‍लाउँछ। यी अनिश्‍चित र अप्रत्याशित कार्यहरूबाट, म मानिसले पहिले नै आफूप्रतिको सबै आशा गुमाइसकेको छ, र उसले मलाई आफ्‍नो प्रार्थी नजर ममाथि लगाइरहन्छ, मानौं उसले अर्को कुनै कुराको लागि अनुरोध गरिरहेको छ। तर, मानवजातिको रीतिरिवाज र चलनप्रति अनजान रहेको कारण, म मानवजातिको अनुहारको हाउभाउ र व्यवहारप्रति छक्‍क पर्छु। यस क्षणमा मात्रै मलाई मानिसको अस्तित्वका दिनहरू चाँडै अन्त्य हुँदै छन् भन्‍ने अचानक थाहा हुन्छ, अनि म उसमा सहानुभूतिपूर्ण नजर लगाउँछु। अनि यस क्षणमा मात्रै मानिसले खुशीको मुस्कान देखाउँछ, र मप्रति हो भावमा शिर हल्‍लाउँछ, मानौं उसको चाहना पूरा भएको छ। मानवजाति अबउप्रान्त दुःखित हुँदैन; पृथ्वीमा, मानिसहरूले अबउप्रान्त जीवनको रिक्तताको बारेमा गुनासो गर्दैनन्, र “जीवन” का सबै कामकाजहरू छोड्छन्। त्यसपछि, पृथ्वीमा थप कुनै सुस्केराहरू हुँदैनन्, र मानवजातिको जीवनका दिनहरू प्रसन्‍नताले भरिनेछन् …

मेरो आफ्‍नै कामलाई अघि बढाउनुभन्दा पहिले मैले मानिसका मामलाहरूको उचित व्यवस्थापन गर्नेछु, नत्र मानवजातिले निरन्तर मेरो काममा अतिक्रमण गर्नेछ। मेरो लागि, मानिसका मामलाहरू मुख्य समस्या होइनन्; मानवजातिका मामलाहरू महत्त्वहीन छन्। मानिसको आत्मा अत्यन्तै सानो भएको हुनाले—मानिस कमिलालाई समेत कृपा गर्न अनिच्‍छुक देखिन्छ, वा कमिलाहरू मानिसका शत्रुहरू हुन् भन्‍ने देखिन्छ—मानिसको बीचमा सधैँ कलह हुन्छ। मानिसहरूका कलह सुनेर, म फेरि पनि बिदा भएर जान्छु अनि तिनीहरूका कथा सुन्‍न छोडिदिन्छु। मानवजातिको नजरमा, म “निवासीहरूको समिति” हुँ, “निवासीहरूका” बीचमा हुने “पारिवारिक विवादहरू” लाई समाधान गर्ने विशेषज्ञ हुँ। जब मानिसहरू मेरो सामुन्ने आउँछन्, तिनीहरू अपरिहार्य रूपमा नै तिनीहरूका आफ्‍नै तर्कहरू लिएर आउँछन् र भारी आतुरीको साथ “असामान्य अनुभवहरू” वर्णन गर्छन्, र त्यस क्रममा तिनीहरूका आफ्‍नै टिप्‍पणी प्रदान गर्छन्। म मानवजातिको असाधारण व्यवहारलाई हेर्छु: तिनीहरूका अनुहारहरू धूलोले ढाकेका छन्—पसिनाको “सिँचाइ” पाएको धूलो, जसले पसिनासँग मिसिएपछि आफ्नो “स्वाधीनता” गुमाउँछ, र मानिसको अनुहार समुद्र किनारको बलौटे सतहजस्तै थप “समृद्ध” बन्छ, जहाँ कहिलेकहीँ पाइलाका डोबहरू देख्‍न सकिन्छ। तिनीहरूका कपाल ग्लोबमा टाँसिएको पराल झैँ चमकविहीन, ठाडा-ठाडा, मृतकको कालो छायाजस्तो छन्। उसको रिस अत्यन्तै उत्तेजित भएको छ, यहाँसम्‍म कि उसका कपालहरू समेत ठाडा-ठाडा भएका छन्, त्यसैले उसको अनुहारले घरी-घरी “तातो बाफ” फ्याँक्छ, मानौं उसका पसिना “उम्लिरहेका” छन्। उसलाई नजिकबाट नियालेर हेर्दा, म मानिसको अनुहार जलिरहेको सूर्यजस्तै “ज्वालाहरू” मा ढाकिएको देख्छु, त्यही कारणले त्यसबाट तातो ग्याँस निस्कँदो रहेछ, अनि उसको रिसले उसको अनुहार नै जलाउँछ कि भनेर म साँच्‍चै चिन्ता गर्छु, यद्यपि उसले भने यसबारेमा कुनै ध्यान दिँदैन। यस विन्दुमा, म मानिसलाई उसको रिस अलिक सेलाउन आग्रह गर्छु, किनभने यसले के नै फाइदा गर्छ र? आफैलाई किन यसरी यातना दिने? रिसको लागि, यो “ग्लोब” को सतहमा टाँसिएका परालहरूलाई व्यवहारिक रूपमै सूर्यका ज्वालाहरूले डढाउँछन्; यस्ता परिस्‍थितिहरूमा, “चन्द्रमा” समेत रातो हुन्छ। म मानिसलाई उसको रिसलाई काबुमा राख्‍न आग्रह गर्छु—किनभने उसको स्वास्थ्य स्थितिलाई रक्षा गर्नु महत्त्वपूर्ण कुरा हो। तर मानिसले मेरो सल्‍लाह सुन्दैन; बरु, उसले मसँग “गुनासोहरू राख्‍ने” कार्यलाई जारी राख्छ। यसको के काम छ र? के मेरो उदारता मानिसले आनन्द गर्नको लागि पर्याप्त छैन र? कि मैले दिने कुरालाई मानिसले इन्कार गर्छ? रिसको झोकमा म टेबल पल्टाउँछु, र मानिसले त्यसउप्रान्त आफ्‍नो कथाका रोचक भागहरू सुनाउने आँट गर्दैन; मैले उसलाई केही दिन पर्खाउनको लागि “थुना केन्द्र” मा लैजान्छु भनेर ऊ डरले थरथर काम्छ, र मेरो रिसले दिएको अवसरलाई खुस्काई पठाउँछ। अन्यथा, मानिस त्यस्ता कुराहरूलाई खुस्काउन कहिल्यै इच्‍छुक हुँदैन, बरु आफ्‍नै चासोका विषयहरूका बारेमा बकबक गरिरहन्छ। यसको आवाजले समेत मलाई चिढ्याउँछ। किन मानवजातिको हृदयको केन्द्र त्यति जटिल छ? के मैले मानिसभित्र धेरै “भागहरू” समावेश गरेको हुन सक्छ? उसले किन मेरो अघि सधैँ तमासा देखाउँछ? अवश्य नै, म “नागरिक विवाद” को समाधान गर्ने “परामर्शदाता” होइन? के मैले मानिसलाई मकहाँ आउन अनुरोध गरेको थिएँ? अवश्य नै, म प्रान्त प्रशासक होइन? किन मानिसहरूका मामलाहरू सधैँ मेरो अघि ल्याइन्छ? मलाई आशा छ, मानिसले आफूले आफैलाई सम्हाल्न उचित देख्‍नेछ र मलाई बाधा दिनेछैन, किनभने मैले गर्नुपर्ने काम धेरै छ।

मे १८, १९९२

अघिल्लो: अध्याय ४२

अर्को: अध्याय ४४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्