अध्याय ११०

जब सबै कुराको खुलासा हुनेछ, त्यो समय म आराम गर्नेछु, र, साथै, सबै कुरा सुव्यवस्थित हुनेछ। म व्यक्तिगत रूपमा आफ्नो काम गर्छु; म यावत् थोक आफैँ योजनाबद्ध गर्छु र प्रबन्ध मिलाउँछु। जब म सियोनबाट बाहिर आउँछु र जब म फर्किन्छु, र जब मेरा ज्येष्ठ पुत्रहरू मबाट पूर्ण भएका हुन्छन्, मैले मेरो महान् काम सम्पन्न गरेको हुनेछु। मानिसहरूको धारणाहरूमा, गरिने कुनै पनि कुरा देखिने र छुन सकिने हुनुपर्छ, तर मेरो नजरमा त, मैले योजना गरेको क्षणमा सबै कुरा पूर्ण हुन्छ। सियोन मेरो निवास हो, र यो मेरो गन्तव्य पनि हो; म मेरो सर्वशक्ति चरित्र त्यही खुलासा गर्नेछु, र म र मेरा ज्येष्ठ पुत्रहरूले परिवारको रूपमा खुशी साट्ने स्थान पनि त्यही हो। म तिनीहरूसँग सबै अनन्तसम्म जिउने स्थान पनि त्यही हो। त्यो सुन्दर ठाउँ, सियोन, जसका लागि मानिसहरू मरिहत्ते गर्छन्। युगौँदेखि असङ्ख्य मानिसहरूले सियोनको आकांक्षा राखेका छन्, तर सुरुवातदेखि नै, एक जना पनि प्रवेश गरेको छैन। (विगतका युगदेखिका कुनै सन्त र अगमवक्ताहरूले पनि प्रवेश गरेका छैनन्; यसको कारण के हो भने, म आखिरी दिनहरूमा मेरा ज्येष्ठ पुत्रहरूको छनौट गर्दैछु, र तिनीहरू सबै यही समयको दौरान जन्मिएका हुन्; यसबाट, मेरो कृपा र मेरो अनुग्रह, जसका बारेमा मैले बोलेको छु, त्यो झन् स्पष्ट हुन्छन्।) अहिले ज्येष्ठ पुत्रको रूपमा रहेको प्रत्येक मानिस मसँग सियोनमा प्रवेश गर्नेछ र उसले आशीर्वादको आनन्द उठाउनेछ। म मेरो ज्येष्ठ पुत्रहरूलाई केही हदसम्म माथि उठाउँदैछु किनभने तिनीहरूमा मेरो क्षमता र मेरा महिमित स्वरूप छ, र किनभने तिनीहरूसँग मेरा लागि गवाही दिने, मलाई महिमा दिने, र ममा जिउने क्षमता छ। साथै, तिनीहरू शैतानलाई परास्त गर्न र ठूलो रातो अजिङ्गरलाई अपमान गर्न सक्षम छन्। यसो हुनुको कारण मेरा ज्येष्ठ पुत्रहरू विशुद्ध रूपमा कुमार छन्; मैले प्रेम गर्ने तिनीहरूलाई नै हो, र मैले छनौट गरेको र पक्ष लिएको तिनीहरू नै हो। मैले तिनीहरूलाई उठाउनुको कारण तिनीहरू आफ्नो पदमा खडा हुन सक्छन् र मलाई निष्ठापूर्वक र अन्धकारमा सेवा गर्न सक्छन्, र मेरा लागि शक्तिशाली गवाही दिन सक्छन्। मैले मेरो सबै ऊर्जा मेरा ज्येष्ठ पुत्रहरूमा खर्च गरेको छु, र मैले सबै प्रकारका मानिस, घटना, र थोकहरूलाई तिनीहरूको सेवा गर्ने गरी ध्यानपूर्वक प्रबन्ध गरेको छु। अन्त्यमा, म मेरा ज्येष्ठ पुत्रहरूमार्फत सबैलाई मेरो पूर्ण महिमा देखाउनेछु, र तिनीहरूको कारण मेरो बारेमा सबै जना पूर्ण रूपमा राजी विश्‍वस्त हुनेछन्। म कुनै पनि भूतलाई बलजफती गर्नेछैन, र म तिनीहरू अनियन्त्रित भएर दौडने वा तिनीहरूको लापरवाही कार्यबाट डराएको छैन, किनकी मसँग गवाही दिनेहरू छन् र मसँग मेरो हातमा अख्तियार छ। मलाई अहिले सुन, शैतानको प्रजातिका मानिसहरू! मैले बोल्ने प्रत्येक वचन र मैले गर्ने प्रत्येक कार्यको उद्देश्य मेरा ज्येष्ठ पुत्रहरूलाई सिद्ध बनाउनु हो। त्यसैले तैँले मेरो र मेरा ज्येष्ठ पुत्रहरूको आज्ञापालन गर्नुपर्छ; अन्यथा म तँलाई तत्कालै विनाश भोग्न लगाई तेरो निराकरण गर्नेछु! मेरा ज्येष्ठ पुत्रहरूले मेरो प्रशासनिक आदेशहरू लागू गर्न सुरु गरिसकेका छन्, किनभने मेरो सिंहासनलाई कायम राख्ने योग्य तिनीहरू मात्रै हुन्; मैले तिनीहरूलाई पहिले नै अभिषेक गरिसकेको छु। मेरा ज्येष्ठ पुत्रहरूप्रति समर्पित नहुनेहरू पक्कै पनि असल होइनन्, र निःसन्देह, मेरो व्यवस्थापन योजनालाई बिथोल्न शैतानबाट प्रेषित भएका हुन्। यस्ता नीचहरूलाई मेरो घरबाट तत्कालै निकालिनेछ। मेरो लागि सेवा गर्न त्यस्ता प्रकारका वस्तुहरूको चाहना मलाई छैन; तिनीहरूले बाहिरी विनाशको सामना गर्नेछन्—र तिनीहरूले कुनै ढिलाइ नगरी, यो कुरा चाँडै भोग्नेछन्! मेरो सेवामा रहेकाहरूले मेरो स्वीकृति पाइसकेको हुनुपर्छ; तिनीहरू चुकाउन पर्ने मूल्यको चिन्ता नगरीकन आज्ञाकारी हुनुपर्छ। यदि तिनीहरू विद्रोही छन् भने, तिनीहरू मलाई सेवा प्रदान गर्न योग्य छैनन्; मलाई त्यस्ता प्राणीहरू चाहिँदैन। तिनीहरूले चाँडो गर्नुपर्छ र यहाँबाट बाहिरिनुपर्छ; म तिनीहरूलाई पटक्कै चाहँदिन! तँ यस विषयमा स्पष्ट हुनुपर्छ! मेरो लागि सेवा गर्नेहरूले राम्ररी गर्नुपर्छ र कुनै समस्याको कारण बन्नु हुँदैन। यदि तँसँग कुनै पनि आशा छैन भन्ने तँलाई लाग्छ भने, म कुनै हिचकिचाहट नगरी तेरो अन्त्य गर्नेछु! के मेरो सेवामा भएकाहरू यस विषयमा स्पष्ट छन्? यो मेरो प्रशासनिक आदेश हो।

मेरा लागि गवाही दिनु मेरा ज्येष्ठ पुत्रहरूको कर्तव्य हो, त्यसैले तिमीहरूले मेरो लागि केही गर्नुपर्छ भनेर म तिमीहरूलाई सर्त-माग गर्दिन; तिमीहरूले आफ्ना कर्तव्यहरूको पालना राम्ररी गरेसम्म र मैले तिमीहरूलाई प्रदान गर्ने आशिष्‌हरूको आनन्द उठाएसम्म म सन्तुष्ट हुनेछु। जब मैले सम्पूर्ण ब्रह्माण्ड र पृथ्वीको कुनाहरूसम्मको यात्रा गरेँ, मैले मेरा ज्येष्ठ पुत्रहरूको छनौट गरेँ र तिनीहरूलाई पूर्ण बनाएँ। यो मैले संसारको सृष्टि गर्नुअगावै पूरा गरेको कुरा हो; मानवजातिमध्ये कसैलाई पनि यसको बारेमा थाहा छैन, तर मेरो काम मौनतामा हासिल भयो। यो तथ्य मानव धारणाअनुरूप छैन! तैपनि, तथ्यहरू भनेका तथ्यहरू नै हुन्, र तिनलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। सानो र ठूलो दुवै प्रकारका भूतहरूले, आफ्नो ढोँगहरूमार्फत, तिनीहरूको असली रूप प्रकट गरेका छन्, र विभिन्‍न हदसम्‍म मेरो सजायको भागीदार बनेका छन्। मेरा कामका चरणहरू छन्, र मेरा वचनहरूमा बुद्धि छ। मेरा कार्य तथा वचनहरूबाट, के तिमीहरूले केही देखेका छौ? के म कुराहरू गरिरहेको र बोलिरहेको मात्रै छु? के मेरा वचनहरू कठोर, पूर्वाग्रही, वा सान्त्वना दिने खालका मात्र छन्? यो एकदमै सरल छ, तर मानवजातिका लागि, यसलाई हेर्नु कठिन मात्र छ। मेरा वचनहरूमा बुद्धि, न्याय, धार्मिकता, प्रताप, र सान्त्वना मात्रै छैनन्, बरु त्यसभन्दा बढी, तिनीहरूमा मसँग के छ र को हुँ भन्ने कुरा समावेश छन्। मेरो प्रत्येक वचन मानवजातिले खुलासा गर्न नसक्ने रहस्य हो; मेरा वचनहरू एकदमै अगम्य छन्, र रहस्यहरूको खुलासा भइसकेको भए पनि, ती अझै मानवजातिको क्षमतामा आधारित रहेका, मानवजातिको कल्पना र बुझाइको क्षेत्रभन्दा बाहिर छन्। मेरो लागि बुझ्न सबैभन्दा सहज शब्द मानिसहरूका लागि बुझ्न सबैभन्दा गाह्रो हुन्छ, त्यसैले तिनीहरू र मबीचको भिन्नता स्वर्ग र पृथ्वीको जस्तो छ। यही कारणले म मेरा ज्येष्ठ पुत्रहरूको स्वरूपलाई पूर्ण रूपमा परिवर्तन गर्न र तिनीहरू शरीरमा पूर्ण रूपमा प्रवेश गरेको हेर्न चाहन्छु। भविष्यमा, तिनीहरू देहबाट शरीरभित्र प्रवेश मात्रै गर्नेछैनन्, बरु त्यसभित्र तिनीहरूले विभिन्न स्तरमा आफ्नो स्वरूप परिवर्तन गर्नेछन्। यो मेरो योजना हो। यो यस्तो कुरा हो जुन मानिसहरूले गर्न सक्दैनन्; तिनीहरूसँग यसलाई गर्ने कुनै उपाय छैन। त्यसैले, मैले तिमीहरूलाई विस्तारमा बताए पनि, तिमीहरूले अझै बुझ्‍नेथिएनौ; तिमीहरूले आलौकिताको बोधमा प्रवेश गर्न मात्रै सक्नेथियौ। यसो हुनुको कारण म बुद्धिमानी परमेश्‍वर स्वयम् हुँ।

जब तिमीहरूले रहस्यहरू देख्छौ, तिमीहरू सबै कुनै न कुनै तरिकाले प्रतिक्रिया जनाउँछौ। भित्री रूपमा तैँले यी रहस्यहरूलाई स्वीकार वा अङ्गीकार गर्न नसके पनि, तँ यसलाई बोलीले भने स्वीकार गर्छस्। यस्ता मानिसहरू सबैभन्दा छली हुन्छन्, र जब म रहस्यहरूको खुलासा गर्छु, म तिनीहरूलाई एक-एक गरी हटाउनेछु र त्याग्नेछु। तैपनि, मैले गर्ने सबै कुराहरू चरणबद्ध रूपमा हुन्छन्। म हतार गरेर कुनै पनि कुरा गर्दिन, न म अन्धाधुन्ध निष्कर्ष नै निकाल्छु; यसो हुनुको कारण भनेको मसँग ईश्‍वरीय स्वभाव भएर हो। मैले अहिले के गरिरहेको छु, वा मेरो आगामी चरणमा म के गर्दैछु भन्ने विषयमा स्पष्ट दृष्टिकोण प्राप्‍त गर्न मानिसहरू एकदमै असमर्थ छन्। जब म एक चरणको बारेमा वचनहरू बोल्छु, मसँगै मैले काम गर्ने तरिका एक चरण अगाडि बढ्छ। सबै कुरा मेरा वचनहरूभित्रै हुने गर्छन्, र सबै कुरा मेरा वचनहरूबाट खुलासा हुन्छन्, त्यसैले कोही पनि अधैर्य हुनु हुँदैन; मलाई राम्ररी सेवा प्रदान गर्नु पर्याप्त हुन्छ। युगहरूभन्दा पहिले, मैले अञ्‍जीरको बोटको बारेमा अगमवाणी गरेको थिएँ, तर युगहरू बित्दै आउँदा, कसैले पनि अञ्‍जीरको रुख देखेन र कसैले पनि यसलाई व्याख्या गर्न सकेन, र पहिलेका प्रशंसाहरूमा यी वचनहरू उल्लेख गरिएको भए तापनि, कसैलाई पनि यसको वास्तविक अर्थ थाहा थिएन। यी वचनहरूले मानिसहरूलाई अलमल बनाए, र “महान विपत्ति” भन्ने वाक्यांशले पनि अलमल बनाए, र यसले मैले मानवजातिका लागि कहिल्यै खुलासा नगरेको रहस्य खडा गर्‍यो। मानिसहरूले अञ्‍जीरको रुखलाई शायद राम्रो प्रकारको फल दिने रुख होला भनेर सोचे, वा शायद, अझै एक कदम अघि बढाएर, तिनीहरूले यसले सन्तहरूलाई जनाउँछ भन्‍ने ठाने—तैपनि, तिनीहरू अझै पनि यी वचनहरूको साँचो अर्थबाट धेरै टाढा थिए। जब आखिरी दिनहरूमा म मेरो चर्मपत्रको मुट्ठो खोल्छु तब म तिमीहरूलाई यो बताउनेछु। (“चर्मपत्रको मुट्ठो” ले मैले बोलेका सबै वचनहरूलाई बुझाउँदछ—आखिरी दिनहरूको मेरा वचनहरू; यसमा ती सबै समावेश हुन्छ।) “अञ्‍जीरको रुख” ले मेरा प्रशासनिक आदेशहरूलाई जनाउँछ—प्रत्येक आदेशलाई। तर यो यसको अर्थको एउटा भाग मात्रै हो। अञ्‍जीरको रुखको पालुवाले देहमा हुने मेरो काम र बोल्‍ने कार्यको सुरुवातलाई जनाउँछ, तर मेरो प्रशासनिक आदेशहरू अझै पनि ज्ञात बनाइएका छैनन् (र यसको कारण, त्यो समयमा, मेरो नाममा गवाही दिने कुनै पनि नाम जन्मिएको थिएन र मेरा प्रशासनिक आदेशहरूका बारेमा कसैलाई थाहा थिएन)। जब मेरो नाममा गवाही दिइन्छ र फैलिन्छ, जब यसलाई सबै मानिसहरूले प्रशंसा गर्छन्, र जब मेरा प्रशासनिक आदेशहरूले नतिजा हासिल गर्छन्, अञ्‍जीरको रुखमा फल लाग्ने समय त्यही हुनेछ। यो नै केही नछुटाई गरिएको पूर्ण व्याख्या हो; सबै कुरा यहाँ खुलासा भएको छ। (मैले यसो भन्नुको कारण के हो भने, मेरा पहिलेका वचनहरूमा, मैले पूर्ण रूपमा खुलासा नगरेको एउटा खण्ड थियो; तसर्थ तिमीहरूले धैर्यतापूर्वक पर्खनु र खोज्नुपर्ने भएको थियो।)

जब म मेरा ज्येष्ठ पुत्रहरूलाई पूर्ण बनाउँछु, तब म सम्पूर्ण ब्रह्माण्ड संसारलाई मेरो पूर्ण महिमा र मेरो उपस्थिति प्रकट गर्नेछु। यो शरीरमा गरिनेछ, र यो सबै मानिसहरूभन्दा माथि, अर्थात् मेरो आफ्नै व्यक्तित्वमा हुनेछ; यो मेरो सियोन डाँडा र मेरो महिमामा हुनेछ, र निश्‍चित रूपमा, यो प्रशंसाको गुञ्जनबीचमा गरिनेछ। साथै, अतल कुण्ड र आगो र गन्धकको कुण्डमा खस्दै वरिपरि रहेका मेरा वैरीहरू पछि हट्नेछन्। मानिसहरूले आज कल्पना गर्नसक्ने कुरा सीमित छ, र यो मेरो वास्तविक अभिप्रायअनुरूप छैन; मैले प्रत्येक दिन बोल्दा मानिसहरूको धारणा र सोचहरूलाई लक्षित गर्नुको कारण यही हो। यस्तो दिन आउनेछ (शरीरमा प्रवेश गर्ने दिन) जब मैले बोल्ने कुराहरू तिमीहरूका लागि पूर्ण रूपमा अनुकूल हुनेछ, र तिमीहरूले कुनै पनि विरोध गर्नेछैनौ। त्यो समयमा, तिमीहरूसँग तिमीहरूको सोचाइहरू हुनेछैन, र त्यसपछि म वाणीहरू बताउन बन्द गर्नेछु। तिमीहरूसँग आफ्नो सोचाइ नहुने भएकोले, म तिमीहरूलाई सीधै अन्तर्दृष्टि दिनेछु—यो ज्येष्ठ पुत्रहरूले आनन्द उठाउने आशिष्‌ हो, र यो तब हुनेछ जब तिनीहरूले मसँगै राजाको रूपमा शासन गर्नेछन्। मानिसहरू आफूले कल्पना गर्न नसक्ने कुरामा विश्‍वास गर्दैनन्, र तिनीहरूमध्ये कसैले विश्‍वास गरे तापनि, मैले तिनीहरूलाई विशेष रूपमा अन्तर्दृष्टि दिएको कारण तिनीहरूले त्यसो गर्छन्। अन्यथा, कसैले पनि विश्‍वास गर्दैन, र यो अनुभव गरिनुपर्ने कुरा हो। (यो चरण पार नगरी, मेरो महान् शक्तिको खुलासा हुन सक्दैन, र यसको अर्थ मेरा वचनहरूको वाणीबाट मात्रै, म मानिसहरूलाई तिनीहरूको धारणाहरूबाट छुटकारा दिलाउँछु। यो कार्य कसैले पनि गर्न सक्दैन, र मलाई कसैले पनि प्रतिस्थापन गर्न सक्दैन। यो काम गर्नसक्ने म मात्रै हुँ; तैपनि, त्यो निरपेक्ष होइन। मैले यो काम मानवजातिमार्फत नै गर्नुपर्छ।) मेरा वचनहरू सुनेपछि मानिसहरूले उत्साहित महसुस गर्छन्, तर अन्त्यमा, तिनीहरू सबै पछि हट्छन्। तिनीहरूले यसो नगरी बस्‍न सक्दैनन्। साथै, मानिसहरूले बुझ्न नसक्ने रहस्यहरू छन्। के हुनेछ भनेर कसैले पनि कल्पना गर्न सक्दैन, र म जे कुराको खुलासा गर्छु त्यसमा म तिमीहरूलाई यो कुरा देखाउँछु। त्यसबाट, मेरा यी वचनहरूको वास्तविक अर्थ प्रमाणित हुनेछन्: “मेरो प्रयोगका लागि अयोग्य सबैको म जरा उखेल्नेछु।” मेरा ज्येष्ठ पुत्रहरूसँग विभिन्न प्रकटीकरणहरू छन्, त्यसैगरी मेरा शत्रुहरूका पनि विभिन्‍न प्रकटीकरणहरू छन्। ती सबै तिमीहरूका लागि एक-एक गरी खुलासा हुनेछन्। याद राख! ज्येष्ठ पुत्रबाहेक जो कोहीसँग पनि दुष्ट आत्माको कार्य हुन्छ; तिनीहरू सबै शैतानका नोकर हुन्। (एक-एक गरी तिनीहरूको चाँडै खुलासा हुनेछ, तर कतिपयले अन्त्यसम्म सेवा गर्नुपर्ने हुन्छ, र अरूले केही समयावधिका लागि मात्रै सेवा गर्नुपर्छ।) मेरा वचनहरू अन्तर्गत, सबैले तिनीहरूको वास्तविक रूप देखाउनेछन्।

प्रत्येक राष्ट्र, प्रत्येक स्थान, र प्रत्येक सम्प्रदायले मेरो नामको समृद्धिको आनन्द उठाउँछ। अहिले विपत्ति निर्माण हुँदै गरेकाले, र मेरो पकडमा भएकाले, र मैले यसलाई वर्षा जसरी झार्नका लागि तयारी गर्दै गरेकाले, प्रत्येकले साँचो मार्गलाई तत्कालै खोज्दैछ, जसलाई खोज्दा चुकाउनुपर्ने मूल्य सबै कुरा त्याग्नुपर्ने नै भए तापनि त्यसको खोजी गर्नुपर्छ। सबै कुरामा, मेरो आफ्नै समय हुन्छ। मैले जहिले यो पूरा हुनेछ भनेर भन्छु, ठ्याक्कै त्यही बेला, त्यही मिनेटमा, र अझ त्यही सेकेन्डमा यो पूरा हुनेछ। यसलाई कसैले बाधा पुर्‍याउन वा रोक्न सक्दैन। आखिर, ठूलो रातो अजिङ्गर मेरो पराजित भएको शत्रु हो; यो मेरा लागि सेवा-कर्ता हो, र मैले जे भन्यो यसले कुनै विरोधविना त्यही गर्छ। यो वास्तवमै मेरो भारी बोक्‍ने जनावर हो। जब मेरो काम पूरा हुन्छ, म यसलाई अतल कुण्डमा र आगो र गन्धकको कुण्डमा फालिदिनेछु। (मैले विनाश हुनेहरूको बारेमा उल्‍लेख गरिरहेको छु)। विनाश भएकाहरूले मृत्यु मात्रै चाख्नेछैनन्, बरु तिनीहरूलाई मेरो विरुद्धको अत्याचारका लागि कडा सजाय दिइनेछ। मैले सेवा-कर्ताहरूद्वारा जारी राख्ने कार्य यही हो। ठूलो रातो अजिङ्गरका सन्ततिहरूलाई पूर्ण रूपमा विनाश गर्दै, म शैतानको बद गराउनेछु र आफैलाई विनाश गर्न लगाउनेछु। यो मेरो कार्यको एउटा भाग हो; यसपछि, म गैर-यहूदी राष्ट्रतिर फर्किनेछु। यी मेरा कामका चरणहरू हुन्।

अघिल्लो: अध्याय १०९

अर्को: अध्याय १११

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्