अध्याय २९

मानिसहरूले गर्ने काममध्ये, कतिपय कामलाई परमेश्‍वरको प्रत्यक्ष निर्देशनमा अघि बढाइन्छ, तर यसको कतिपय भागको निम्ति परमेश्‍वरले विशिष्ट निर्देशनहरू दिनुहुन्‍न, जसले परमेश्‍वरले जुन काम गर्नुभएको छ, त्यसलाई आज पूर्ण रूपमा प्रकट गर्न बाँकी नै छ भनी पर्याप्त रूपमा देखाउँछ—भन्‍नुको अर्थ, धेरैजसो कुरा लुकाइएको छ र तिनलाई सार्वजनिक गर्न बाँकी नै छ। तर, कतिपय कुराहरूलाई सार्वजनिक गर्न आवश्यक भए पनि, अरू कतिपयले चाहिँ मानिसहरूलाई अन्योल र दोधार पार्नुपर्ने हुन्छ; परमेश्‍वरको कामलाई यही कुराको आवश्यक छ। उदाहरणको लागि, मानिसको बीचमा स्वर्गबाट भएको परमेश्‍वरको आगमन—उहाँ कसरी आउनुभयो, उहाँ कुन क्षणमा आउनुभयो, वा स्वर्ग र पृथ्वी अनि यावत् थोकमा कुनै परिवर्तन आयो कि आएन—यी कुराहरूको लागि मानिसहरू अन्योल हुनुपर्छ। यो पनि वास्तविक परिस्‍थितिहरूमा आधारित नै छ, किनभने मानिसको देह आफै आत्मिक क्षेत्रमा प्रत्यक्ष रूपमा प्रवेश गर्न सक्दैन। तसर्थ, परमेश्‍वरले उहाँ कसरी स्वर्गबाट पृथ्वीमा आउनुभयो भन्‍ने कुरा स्पष्ट रूपमा उल्‍लेख गर्नुभए पनि, जब उहाँले “जुन दिन सबै कुराको पुनरुत्थान भएका थिए, म मानिसको बीचमा आएँ र मैले उसँग सुन्दर दिन र रातहरू बिताएको छु” भनी भन्‍नुहुन्छ, त्यस्ता वचनहरू कसैले रूखको ठुटासँग बोलिरहेको जस्तै हुन्छ—कुनै पनि प्रतिक्रिया हुँदैन, किनभने परमेश्‍वरको कामका यी चरणहरूको बारेमा मानिसहरू अनजान छन्। तिनीहरूलाई साँचो रूपमा थाहा हुँदा पनि, तिनीहरूले परमेश्‍वर कुनै परीजस्तो स्वर्गदेखि पृथ्वीमा उडेर आउनुभयो र मानिसको बीचमा पुनर्जन्‍म हुनुभयो भन्‍ने विश्‍वास गर्छन्। मानिसका विचारहरूले प्राप्त गर्न सक्‍ने कुरा यही हो। मानिसको सार यस्तो भएकोले उसले परमेश्‍वरको सारलाई बुझ्‍न सक्दैन, र आत्मिक क्षेत्रको वास्तविकतालाई बुझ्‍न सक्दैन। मानिसहरूले आफ्‍नो सारद्वारा मात्रै अरूको लागि उदाहरणीय व्यक्तित्वको रूपमा काम गर्न सक्दैनन्, किनभने मानिसहरू अन्तर्निहित रूपमा उस्तै हुन्छन्, तिनीहरूमा कुनै भिन्‍नता हुँदैन। तसर्थ, मानिसहरूलाई अरूले पछ्याउने उदाहरण बन्‍न वा उदाहरणीय व्यक्तित्वको रूपमा काम गर्न अनुरोध गर्ने कार्य पानीको फोका, पानीबाट निस्कने बाफजस्तै बन्छ। तर जब परमेश्‍वरले “मसित के छ र म को हुँ भन्‍नेबारेमा केही ज्ञान प्राप्त गर्न” भनी भन्‍नुहुन्छ, यी वचनहरू परमेश्‍वरले देहमा गर्नुहुने कामको प्रकटीकरणप्रति मात्रै सम्‍बोधन गरिएका हुन्; अर्को शब्‍दमा भन्दा, ती परमेश्‍वरको साँचो अनुहारप्रति लक्षित छन्—अर्थात्, ईश्‍वरीयताप्रति, जसले उहाँको ईश्‍वरीय स्वभावलाई नै मुख्य रूपमा जनाउँछ। भन्‍नुको अर्थ, परमेश्‍वरले किन यसरी काम गर्नुहुन्छ, परमेश्‍वरका वचनहरूद्वारा के-कस्ता कुराहरू हासिल गर्नु छ, परमेश्‍वरले पृथ्वीमा के-कस्ता कुराहरू हासिल गर्न चाहनुहुन्छ, उहाँले मानिसको बीचमा के प्राप्त गर्न चाहनुहुन्छ, परमेश्‍वरले के-कस्ता विधिहरूद्वारा बोल्‍नुहुन्छ, र मानिसप्रतिको परमेश्‍वरको मनोवृत्ति के छ भन्‍ने जस्ता कुराहरूलाई बुझ्‍न मानिसहरूलाई अनुरोध गरिन्छ। के भन्‍न सकिन्छ भने, मानिसमा घमण्ड गर्न योग्य केही पनि छैन—अर्थात्, अरूले उदाहरणको रूपमा पछ्याउन सक्‍ने कुरा उसमा केही पनि छैन।

देहमा हुनुभएका परमेश्‍वरको सामान्यताको कारणले, र स्वर्गका परमेश्‍वर र स्वर्गका परमेश्‍वरबाट जन्‍मनुभएको जस्तो नदेखिनुहुने देहमा हुनुहुने परमेश्‍वरको बीचमा रहेको भिन्‍नताको कारणले नै, परमेश्‍वर भन्‍नुहुन्छ, “धेरै वर्षदेखि म मानिसको माझबाट भएर गएको छु, तर ऊ सधैँ अनभिज्ञ रहेको छ, उसले मलाई कहिल्यै चिनेको छैन।” परमेश्‍वरले यसो पनि भन्‍नुहुन्छ, “जब मेरा पाइलाहरूले ब्रह्माण्डको वारपार र पृथ्वीको अन्तिम छेउसम्म टेक्छन्, तब मानिसले आफ्नै बारेमा सोच्न थाल्छ, र सबै मानिसहरू मकहाँ आउनेछन् र मेरो अगाडि झुकेर मेरो आराधना गर्नेछन्। यो मैले महिमा प्राप्त गर्ने दिन, मेरो पुनरागमनको दिन, साथै मेरो प्रस्थानको दिन पनि हुनेछ।” परमेश्‍वरको साँचो अनुहार मानिसलाई देखाइने दिन यही मात्रै हो। तैपनि, त्यसको परिणामस्वरूप परमेश्‍वरले आफ्‍नो काममा ढिलाइ गर्नुहुन्‍न, बरु उहाँले केवल आफूले गर्नुपर्ने काम गर्नुहुन्छ। जब उहाँले न्याय गर्नुहुन्छ, उहाँले मानिसहरूलाई देहमा हुनुहुने परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिको आधारमा दोषी ठहर्‍याउनुहुन्छ। यो अवधिमा परमेश्‍वरले दिनुहुने वाणीहरूका मुख्य लहरहरूमध्ये एउटा यही हो। उदाहरणको लागि, परमेश्‍वर भन्‍नुहुन्छ, “अब मैले सारा मानव जातिको बीचमा मेरो काम सुरु गरेको छु, औपचारिक रूपमा सम्पूर्ण ब्रह्माण्डमा मेरो व्यवस्थापन योजनाको अन्तिम काम सुरु गरेको छु। यस क्षणदेखि उसो, सतर्क नहुने जो-कोही व्यक्ति निर्दयी सजायको बीचमा डुब्‍न जिम्मेवार हुन्छन्, र कुनै पनि क्षणमा यो हुन सक्छ।” परमेश्‍वरको योजनाको विषयवस्तु यही हो, र यो न त अमिल्दो छ न त अनौठो नै छ, तर यो सबै उहाँको कामका चरणहरूको भाग हो। यसबीच, विदेशमा रहेका परमेश्‍वरका मानिसहरू र पुत्रहरूलाई मण्डलीहरूमा तिनीहरूले गर्ने सबै कामको आधारमा न्याय गरिन्छ, तसर्थ परमेश्‍वर भन्‍नुहुन्छ, “जब म काम गर्दछु, सबै स्वर्गदूतहरू मसँग निर्णायक लडाइँमा लाग्छन् र अन्तिम चरणमा मेरा इच्छाहरू पूरा गर्ने संकल्प गर्दछन्, जसको कारण पृथ्वीका मानिसहरू पनि स्वर्गदूतहरू झैं मेरो सामुन्ने झुक्नेछन्, र तिनीहरूमा मेरो विरोध गर्ने कुनै इच्छा हुँदैन, र मेरो विरुद्धमा केही पनि गर्दैनन्। यी सबै सारा ब्रह्माण्डभरिमा हुने मेरो कामका गतिविधिहरू हुन्।” परमेश्‍वरले पृथ्वीभरि अघि बढाउनुहुने काममा रहेको भिन्‍नता यही हो; उहाँले कसलाई लक्षित गरिएको हो त्यही अनुरूप फरक-फरक मापदण्ड लागू गर्नुहुन्छ। आज, मण्डलीका मानिसहरू सबैमा तिर्खालु हृदय छ, र तिनीहरूले परमेश्‍वरको वचन खाने र पिउने कार्यलाई सुरु गरेका छन्—यो नै परमेश्‍वरको कार्य समाप्तिमा पुग्दैछ भन्‍ने कुरालाई देखाउन पर्याप्त छ। आकाशबाट तल हेर्दा फेरि पनि सुकेका हाँगाहरू र झरेका पातहरू, शरद ऋतुको बतासले नाङ्गो पारेको पाखाको निराशाजनक दृश्य हेरेजस्तै हुन्छ। यस्तो लाग्छ मानौं मानिसको बीचमा संसारको विनाश हुन लागेको छ, मानौं सबै कुरा उजाड हुन लागेको छ। सायद आत्माको समवेदनशीलताको कारण, हृदयमा सधैँ अप्रसन्नताको अनुभूति हुन्छ, तैपनि शान्तपनको सानो टुक्राले सान्त्वना दिए पनि यसमा केही शोक लुकेको हुन्छ। “मानिस ब्युँझिँदैछ, पृथ्वीमा सबै कुरा ठीक क्रममा छ, र पृथ्वीको बाँच्ने दिन अब छैन, किनकि म आइपुगेको छु!” भन्‍ने परमेश्‍वरका वचनहरूले गरेको चित्रण यही हुन सक्छ। यी वचनहरू सुनिसकेपछि मानिसहरू केही हदसम्‍म नकरात्मक बन्‍न सक्छन्, वा तिनीहरू परमेश्‍वरको कामप्रति अलिक निराश बन्‍न सक्छन्, वा तिनीहरूले तिनीहरूको आत्माको अनुभवमा धेरै ध्यान केन्द्रित गर्न सक्छन्। तर पृथ्वीमा उहाँको काम समाप्त हुनुभन्दा पहिले, मानिसहरूलाई त्यस्तो भ्रम दिने गरी परमेश्‍वर त्यति मूर्ख पनि बन्‍न सक्‍नुहुन्‍न। यदि तँमा साँच्‍चै त्यस्तै भावनाहरू छन् भने, यसले तँ तेरा भावनाहरूलाई धेरै नै ध्यान दिन्छस्, तँ आफू खुशी काम गर्ने र परमेश्‍वरलाई प्रेम नगर्ने व्यक्ति होस् भन्‍ने देखाउँछ; यसले त्यस्ता मानिसहरूले अलौकिक कुरामा अति नै ध्यान दिन्छन्, र परमेश्‍वरलाई कुनै ध्यान नै दिँदैनन् भन्ने देखाउँछ। परमेश्‍वरको हातको कारण, मानिसहरूले जति नै उम्कने प्रयास गरे पनि, तिनीहरू यो परिस्‍थितिबाट उम्कन सक्दैनन्। परमेश्‍वरको हातबाट को उम्‍कन सक्छ र? तेरो हैसियत र परिस्‍थितिहरूलाई कहिले परमेश्‍वरले बन्दोबस्त गर्नुभएको छैन र? तैँले कष्ट भोगे पनि वा तैँले आशिष् पाए पनि, तँ परमेश्‍वरको हातबाट कसरी थाहै नपाई फुत्‍केर जान सक्छस् र? यो मानवीय मामला होइन, यो त पूर्ण रूपमा परमेश्‍वरको आवश्यकतासँग सम्‍बन्धित कुरा हो—यसको परिणामस्वरूप कसले नै पो आज्ञापालन गर्न सक्दैनथ्यो र?

“अन्यजातिहरूमाझ मेरो कामहरू फैलाउन म सजायको प्रयोग गर्नेछु, भन्‍नुको अर्थ, म ती सबै अन्यजातिहरूको विरुद्धमा शक्ति प्रयोग गर्नेछु। स्वाभाविक रूपमा, यो काम त्यत्ति बेला नै गरिन्छ जब चुनिएकाहरूको बीचमा मेरो काम हुन्छ।” यी वचनहरूका वाणीहरूसँगै, परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डमा यो कार्य सुरु गर्नुहुन्छ। यो परमेश्‍वरको कामको एउटा चरण हो, जुन पहिले नै यो बिन्दुसम्‍म अघि बढिसकेको छ; कसैले पनि परिस्थितिलाई उल्टाउन सक्दैन। महाविपत्तिले मानवजातिको एउटा भागलाई ठीक पार्नेछ, र यसरी तिनीहरू संसारसँगै नाश भएर जानेछन्। जब ब्रह्माण्डलाई औपचारिक रूपमा सजाय दिइन्छ, परमेश्‍वर सबै मानिसहरूकहाँ औपचारिक रूपमा देखा पर्नुहुन्छ। अनि उहाँको देखा पराइको कारण, मानिसहरूलाई सजाय दिइन्छ। यसअलावा, परमेश्‍वरले भन्‍नुभयो, “जब मैले औपचारिक रूपमा चर्मपत्रको मुट्ठो खोल्छु, त्यसै बेला ब्रह्माण्डभरिका मानिसहरूले सजाय पाउँछन्, त्यसै बेला विश्‍वभरिका मानिसहरू परीक्षाको सिकार हुन्छन्।” यसबाट स्पष्ट रूपमा के देख्‍न सकिन्छ भने, सात मोहोरहरूको विषयवस्तु सजायको विषयवस्तु हो, भन्‍नुको अर्थ, सात मोहोरहरूभित्र महाविपत्ति छ। तसर्थ, आज, सात मोहोरहरूलाई खोल्‍न बाँकी नै छ; यहाँ उल्‍लेख गरेको “परीक्षाहरू” ले मानिसले भोगेको सजायलाई जनाउँछ, र यो सजायको बीचमा, मानिसहरूको एउटा समूहलाई प्राप्त गरिनेछ जसले परमेश्‍वरद्वारा जारी गरिएको “प्रमाणपत्र” लाई औपचारिक रूपमा नै स्वीकार गर्नेछन्, तसर्थ, तिनीहरू परमेश्‍वरको राज्यका मानिसहरू बन्‍नेछन्। परमेश्‍वरका पुत्रहरू र मानिसहरूको उत्पत्ति यिनै हुन्, र आज तिनीहरूको बारेमा निर्णय गर्न अझै बाँकी छ, र तिनले भविष्यका अनुभवहरूका लागि जग मात्रै निर्माण गर्दै छन्। यदि कुनै व्यक्तिसँग साँचो जीवन छ भने, तिनीहरू परीक्षाहरूको अवधिमा दह्रिलो भई खडा हुन सक्‍नेछन्, र तिनीहरू जीवनरहित छन् भने, यसले परमेश्‍वरको कामले तिनीहरूमा कुनै प्रभाव पारेको छैन, तिनीहरूले धमिलो पानीमा माछा मार्छन्, र परमेश्‍वरको काममा ध्यान दिँदैनन् भन्‍ने कुरालाई पर्याप्त रूपमा प्रमाणित गर्छ। यो आखिरी दिनहरूको काम भएकोले, यसको उद्देश्य भनेको कामलाई अघि बढाइरहनुको सट्टा यो युगलाई समाप्त गर्नु भएको हुनाले, परमेश्‍वर भन्‍नुहुन्छ, “अर्को शब्दमा भन्नुपर्दा, यो त्यस्तो जीवन हो जुन मानिसले सृष्टिको समयदेखि अहिलेसम्म कहिल्यै पनि अनुभव गरेका छैन र त्यसैले म भन्छु कि मैले त्यस्तो काम गरें जुन पहिले कहिल्यै गरिएको थिएन,” र उहाँले “मेरो दिन सबै मानव जातिको नजिक आउने हुनाले, यो टाढा देखिँदैन तर मानिसकै आँखाको सामु भएकोले” यसो भएको हो भनी भन्नुभएको छ। विगतको समयमा, परमेश्‍वरले व्यक्तिगत रूपमा नै धेरै वटा सहर नष्ट गर्नुभयो, तैपनि तिनीहरूमध्ये कुनैलाई पनि अन्तिम घडीमा के हुनेछ त्यसरी नष्ट गरिएको थिएन। विगतमा परमेश्‍वरले सदोमलाई नष्ट गर्नुभएको भए पनि, आजको सदोमलाई विगतको सदोमलाई जस्तो व्यवहार गरिँदैन—यसलाई प्रत्यक्ष रूपमा नष्ट गरिँदैन, यसलाई सुरुमा विजय गरिनुपर्छ, अनि न्याय गरिनुपर्छ, र अन्तिममा अनन्‍त दण्ड दिइनुपर्छ। कामका चरणहरू यिनै हुन्, र अन्त्यमा, आजको सदोमलाई विगतमा संसारलाई नष्ट गरिएको जस्तै क्रममा भस्‍म गरिनेछ—परमेश्‍वरको योजना यही हो। परमेश्‍वर देखा पर्नुहुने समय नै वर्तमान सदोमको औपचारिक दण्ड-आज्ञाको दिन हो, र उहाँले आफूलाई गर्नुहुने प्रकटीकरण यसलाई बचाउनको खातिर हुँदैन। तसर्थ, परमेश्‍वर भन्‍नुहुन्छ, “म पवित्र राज्यमा देखा पर्छु, र म आफैलाई फोहोरको देशबाट लुकाउँछु।” आजको सदोम अशुद्ध भएको हुनाले, परमेश्‍वर यसमा साँचो रूपमा देखा पर्नुहुन्‍न, तर यसलाई सजाय दिनको लागि यो माध्यमको प्रयोग गर्नुहुन्छ—के तिमीहरूले यस कुरालाई स्पष्‍ट रूपमा देखेका छैनौ? पृथ्वीको कसैले पनि परमेश्‍वरको साँचो अनुहार देख्‍न सक्दैन भनेर भन्‍न सकिन्छ। परमेश्‍वर मानिसकहाँ कहिल्यै देखा पर्नुभएको छैन, र परमेश्‍वर स्वर्गको कुन स्तरमा हुनुहुन्छ भन्‍ने कसैलाई थाहा छैन। यही कुराले आजका मानिसहरूलाई यो परिस्‍थितिमा राखेको छ। यदि तिनीहरूले परमेश्‍वरको मुहारलाई देख्थे भने, त्यो अवश्य पनि तिनीहरूको अन्त्य प्रकट हुने समय हुनेथियो, हरेकलाई उसको वर्गअनुसार वर्गीकरण गरिने समय हुनेथियो। आज, ईश्‍वरीयताभित्रका वचनहरूलाई सीधै मानिसहरूलाई देखाइन्छ, जसले मानवजातिका आखिरी दिनहरू आइसकेको छन्, र ती त्यति लामो समयसम्‍म रहनेछैनन् भन्‍ने भविष्यवाणी गर्छ। परमेश्‍वर सबै मानिसहरूकहाँ देखा पर्नुहुने समयमा मानिसहरूलाई सामना गर्न लगाइने परीक्षाहरूको चिन्‍हहरूमध्ये एउटा चिन्‍ह यही हो। त्यसकारण, मानिसहरूले परमेश्‍वरका वचनहरूको उपभोग गरे पनि, तिनीहरूसँग जहिल्यै पनि अशुभ अनुभूति हुन्छ, मानौं तिनीहरूमाथि ठूलो संकष्ट आइपर्न लागेको छ। आजका मानिसहरू हिउँ जमेको भूमिमा रहेका भँगेराहरू जस्तै छन्, जसमाथि यस्तो भएको छ मानौं मृत्युले जबरजस्ती कर्जा वसुल गर्छ र तिनीहरूलाई बाँच्‍ने कुनै उपाय दिँदैन। मानिसले तिर्नुपर्ने मृत्यु कर्जाको कारण, सबै मानिसहरूले तिनीहरूको अन्तिम दिन आइपुगेको छ भन्‍ने अनुभूति गर्छन्। ब्रह्माण्डका मानिसहरूको हृदयमा यही कुरा भइरहेको छ, र यो कुरा तिनीहरूको अनुहारमा प्रकट नभए पनि, तिनीहरूको हृदयमा भएको कुरा मेरो आँखादेखि लुक्‍न सक्दैन—मानिसको वास्तविकता यही हो। सायद, धेरैजसो वचनहरूलाई पूर्ण रूपमा उचित रूपमा प्रयोग गरिएको नहोला—तर यो समस्या देखाउनको लागि यिनै वचनहरू पर्याप्त छन्। परमेश्‍वरको मुखबाट निस्केका हरेक वचनहरू पूरा हुनेछन्, चाहे ती विगतका हुन् वा वर्तमानका; तिनले मानिसहरूको अघि तथ्यहरूलाई प्रकट गर्नेछन्—तिनीहरूको आँखाको लागि मनोहर वस्तु—र त्यो बेला तिनीहरूको आँखा तिरमिराउँछन् र तिनीहरू अन्योल बन्छन्। के तिमीहरूले अझै पनि आज कुन युग हो भन्‍ने स्पष्ट रूपमा देखेका छैनौ?

अघिल्लो: अध्याय २८

अर्को: अध्याय ३०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्