अध्याय ८९

सबै कुरा मेरा अभिप्रायहरू अनुरूप गर्नु सजिलो छैन। यो बहाना देखाउँदै आफूलाई जबरजस्ती गर्ने कुरा होइन; बरु मैले यो संसारको सृष्‍टि गर्नुभन्दा पहिले तँलाई मेरा गुणहरू प्रदान गरेको थिएँ वा थिइनँ भन्‍नेमा निर्भर रहन्छ। सबै कुराहरू ममा निर्भर रहन्छन्। यी कुराहरू मानिसहरूले हासिल गर्न सक्‍ने कुराहरू होइनन्। म जसलाई चाहन्छु त्यसैलाई प्रेम गर्छु, र जो ज्येष्ठ पुत्र हो भनेर म भन्छु, त्यो नै निश्‍चित रूपमा ज्येष्ठ पुत्र हो। त्यो ठ्याक्कै सही हो! तँ यसको बहाना गर्न चाहन्छस् होल, तर त्यसो गर्नु व्यर्थ छ! तँ के होस् भनेर म तँलाई चिन्दिन जस्तो तँलाई लाग्छ? मेराअगाडि आउँदा केही राम्रो व्यवहार प्रदर्शन गर्नु तेरो लागि पर्याप्‍त हुन्छ र? के यो यति सरल छ र? अवश्य छैन; तँसँग मेरो प्रतिज्ञा हुनुपर्छ, र तँसँग मेरो पूर्वनियुक्ति हुनुपर्छ। तैँले मेरो पिठ्यूँपछाडि के गर्छस् भन्‍ने विषयमा म अनभिज्ञ छु जस्तो तँलाई लाग्छ? तँ भ्रष्‍ट भएको छस्! तैँले मेरो सेवा गरिसकेपछि, आगो र गन्धकको कुण्डमा छिटो फर्केर जा! तँलाई देख्दा मलाई घिन लाग्छ र म तँलाई एकदमै घृणा गर्छु। मेरो सेवामा रहेका सबै, मेरा लागि इमानदार भएर आफूलाई अर्पण नगर्ने सबै, स्वछन्द र अनियन्त्रित सबै, र मेरा अभिप्रायहरू बुझ्न नसक्ने सबै—तिमीहरूको सेवा सकिएपछि, चाँडो गरेर मेरो नजरबाट दूर भइहाल! अन्यथा, म तँलाई बाहिर निकाल्‍नेछु! यी मानिसहरू मेरो घरमा (अर्थात्, मण्डलीमा) एक क्षणका लागि पनि बस्न सक्ने छैनन्। तिनीहरू सबै यहाँबाट बाहिरिनुपर्छ ताकि मेरा नाम बदनाम नहोस् र मेरो इज्‍जतमा दाग नलागोस्। यी सबै मानिसहरू ठूलो रातो अजिङ्गरका सन्ततिहरू हुन्; मेरो व्यवस्थापनमा बाधा पुर्‍याउन तिनीहरूलाई ठूलो रातो अजिङ्गरले पठाएको हो। तिनीहरूले मेरा काममा बाधा पुर्‍याउनको लागि छल गर्नमा विज्ञता हासिल गरेका हुन्छन्। मेरो पुत्र! तैँले यसलाई छर्लङ्गै देख्‍नुपर्छ! यस्ता मानिसहरूसँग सङ्गत नगर्! जब तँ यस प्रकारका मानिसहरूलाई देख्छस्, तिनीहरूको जालमा फस्नबाट जोगिनका लागि तिनीहरूबाट तत्कालै टाढा बस्; यसले तेरो जीवनमा क्षति पुर्‍याउँछ! जथाभाबी बोल्ने, नसोची काम गर्ने, मजाक गर्ने र हाँस्ने, र तुच्छ कुराकानीमा अल्झिनेहरूलाई म सबैभन्दा बढी घृणा गर्छु। म यी कुनै पनि मानिसहरूलाई चाहँदिन; तिनीहरू सबै शैतानका प्रजाति हुन्! तिनीहरू विनाकारण नै जिस्काउने काममा संलग्न रहन्छन्। यी कस्ता प्राणीहरू हुन्? तिनीहरू वाहियात कुराकानी गर्छन् र उन्मत्त भएर हिँड्छन्। के तिनीहरूलाई अझै पनि कुनै लाज लाग्दैन? वास्तवमा, यस्ता मानिसको मूल्य सबैभन्दा कम हुन्छ, र मैले लामो समयदेखि तिनीहरूलाई राम्ररी चिनेको र परित्याग गरेको छु। यदि मैले त्यसो नगरेको भए, तिनीहरू मेरो अनुशासनको भागीदार नभई बारम्बार वाहियात कुरा किन गर्थे? तिनीहरू वास्तवमै ठूलो रातो अजिङ्गरका सन्ततिहरू हुन्! अब, मैले यी कुराहरूलाई एक-एक गरी हटाउन सुरु गरेको छु। के म शैतानका सन्ततिहरूलाई मेरा ज्येष्ठ पुत्र, मेरा पुत्र र मेरा मानिसहरूको रूपमा प्रयोग गर्न सक्छु? त्यति बेला के म अव्यवस्थित हुँदिन र? म त्यो काम निश्‍चय नै गर्नेछैन। के तिमीहरूसँग यस विषयमा स्पष्‍ट बुझाइ छ?

असल होस् वा खराब, तिमीहरूले आज सामना गर्ने सबै कुराहरू, मेरा बुद्धिमानी हातहरूबाट प्रबन्ध गरिएका हुन्; सबै कुराहरूलाई मैले नै योजनाबद्ध गरेको हुँ र ती मेरो नियन्त्रणमा छन्। यो मानवजातिले सहजै हासिल गर्नसक्ने कुरा होइन। मेरो बारेमा चिन्ता लिएको कारण केही मानिसहरूको हातमा अझै पसिना बाँकी छ, तर तिनीहरूले वास्तवमा चिन्ता गर्नुपर्ने आवश्यकता छैन! तिनीहरूले आफ्नो मुख्य कार्यलाई उपेक्षा गर्छन्, र आत्मामा प्रवेश गर्न खोज्दैनन्, तर पनि तिनीहरू अझै जीवनमा वृद्धि चाहन्छन्। तिनीहरू व्यर्थैमा आशा राख्छन्! तिनीहरू अलिकति पनि व्याकुल छैनन्, तर तिनीहरू अझै पनि मेरो इच्छा पूरा गर्ने इच्छा राख्छन्! तँ मेरा निमित्त चिन्ता लिन्छस्, तर म चिन्ता लिँदिनँ। तँ के विषयलाई लिएर चिन्तित छस्? तैँले मेरो लागि गर्ने काम लापरवाही हुन्छ, र तँ सोझै झूट बोल्छस्। म तँलाई बताउँछु! यो क्षण उप्रान्त, म तँ जस्ता मानिसहरूलाई मेरो घरबाट बाहिर निकाल्छु। यस्ता मानिसहरू मेरो घरमा सेवा गर्न योग्य छैनन्। म तिनीहरूलाई घृणा गर्छु किनभने तिनीहरूले आफ्ना कार्यहरूद्वारा मेरो ईश्‍वर निन्दा गर्छन्। जब “मेरो विरुद्ध गरिने ईश्‍वर निन्दा क्षमा गर्न नसकिने पाप हो” भनेर भन्दा यसले कसलाई जनाउँछ? के तिमीहरू यो विषयमा स्पष्‍ट छौ? यस्तो मानिसले समस्या अझै गम्भीर भइसकेको छैन भनेर विश्‍वास गर्छ, यद्यपि उसले पहिले नै यो पाप गरिसकेको हुन्छ। वास्तवमा, यो भ्रमित मानिस अन्धो र अज्ञानी हुन्छ, र उसमा आत्मिक बुझाइको कमी हुन्छ! (यो शैतानले मलाई गरेको परीक्षा भएको हुनाले, म यसलाई एकदमै घृणा गर्छु, र प्रत्येक पटक मलाई क्रोधित बनाउँदै, यो विषयको उल्लेख बारम्बार भएको छ। म मेरो क्रोधलाई थाम्न सक्दिन, र यसलाई कसैले पनि रोक्न सक्दैन। समय अहिले आइसकेको छैन, अन्यथा मैले त्यो व्यक्तिलाई उहिल्यै निराकरण गरिसकेको हुनेथिएँ!) (यो अहिले, विदेशीहरू चीनमा भेला हुन खोज्नेछन् भनेर अझै पनि विश्‍वास नगर्ने धेरै मानिसहरू छन् भन्‍ने तथ्यको बारेमा हो; अहिले पनि तिनीहरूले अझै विश्‍वास गर्दैनन्, र यो मेरो क्रोध हल्लाउने र उमाल्ने कारण बन्दै छ।)

मेरो घरभित्र, ठ्याक्कै कस्तो प्रकारको व्यक्ति मेरो हृदय अनुसारको हो? अर्थात्, सृष्‍टिपूर्व, मेरो घरमा सदैव जिउनका लागि मैले कस्तो प्रकारका मानिसहरूलाई पूर्वनियुक्त गरेँ? के तिमीहरूलाई थाहा छ? म कस्तो प्रकारको मानिसहरूलाई प्रेम गर्छु र कस्तो प्रकारका मानिसहरूलाई घृणा गर्छु भनेर के तिमीहरूले ध्यान दिएका छौ? मेरो घर मेरो जस्तै मन हुनेहरू, र मसँग सुख र दुःख बाँड्नेहरूका लागि हो—अर्को शब्दमा, आशिष र कठिनाइ दुवै बाँड्ने व्यक्तिहरूका लागि हो। यी मानिसहरूले मैले प्रेम गर्ने जति सबैलाई प्रेम गर्न सक्छन् र मैले घृणा गर्ने जति सबैलाई घृणा गर्न सक्छन्। मैले घृणा गर्नेहरूलाई तिनीहरूले त्याग्न सक्छन्। यदि मैले तिनीहरूले खान मिल्दैन भनेँ भने, मेरा अभिप्रायहरूलाई सन्तुष्‍ट बनाउन तिनीहरू आफ्ना पेटलाई खाली राख्न इच्छुक हुन्छन्। यस्तो प्रकारको मानिस मप्रति वफादार रहन र मेरा लागि आफूलाई समर्पित गर्न इच्छुक हुन्छ, र मेरा कठिन प्रयासहरूको आदर देखाउन सक्छ, मेरा निम्ति सधैँ कठिन परिश्रम गर्न सक्छ। त्यसैले, यस्ता मानिसहरूका लागि, मसँग भएको सबै कुरा तिनीहरूलाई दिँदै, म ज्येष्ठ पुत्रहरूको हैसियत प्रदान गर्छु: मसँग सबै मण्डलीहरूको नेतृत्व गर्ने क्षमता छ, र म यो तिनीहरूलाई दिन्छु; मसँग बुद्धि छ, र यो पनि म तिनीहरूलाई दिन्छु; म सत्यको अभ्यास गर्नका लागि दुःख भोग्न सक्छु, र मेरा खातिर सबै कुरा भोग्न तिनीहरूलाई सक्षम बनाउँदै म यी मानिसहरूलाई यो दृढता प्रदान गर्नेछु; मसँग असल गुणहरू छन्, र अलिकति पनि भिन्‍नताविना तिनीहरूलाई ठ्याक्कै म जस्तै बनाउँदै म यी तिनीहरूलाई दिनेछु, ताकि अरूले यी मानिसहरूलाई हेर्दा मलाई देख्नेछन्। अब, तिनीहरूलाई मेरो सम्पूर्ण ईश्‍वरत्वको एउटा पक्ष जिउन लगाउनको लागि, म यी मानिसहरूमा मेरो सम्पूर्ण ईश्‍वरत्व हाल्दैछु, ताकि तिनीहरूले मलाई पूर्ण रूपमा व्यक्त गर्न सकून्; यो मेरो अभिप्राय हो। बाहिरी कुराहरूको सम्बन्धमा म जस्तो हुन नखोज (मैले जस्तै खाने, वा मैले लगाएको जस्तै लुगा लगाउने); ती सबै कुरा अनर्थक हुन्, र यदि तिमीहरूले यस्ता कुरा गर्न खोज्यौ भने तिमीहरूले आफूलाई बरबाद मात्रै गर्नेछौ। किनभने मलाई बाहिरी रूपमा नक्कल गर्न खोज्नेहरू शैतानका अनुचरहरू हुन्, र यस्तो प्रकारको प्रयास शैतानको युक्ति हो; यो शैतानको महत्वाकांक्षाको प्रतिबिम्ब हो। तँ म जस्तै हुन खोज्छस्, तर के तँ योग्य छस्? म तँलाई कुल्‍चेर मृत्युमा पुर्‍याउनेछु! मेरो काम संसारका प्रत्येक राष्ट्रहरूमा विस्तार हुँदै, निरन्तर रूपमा चलिरहेको छ। चाँडो गर्, मेरा कदमहरूको अनुसरण गर्!

अघिल्लो: अध्याय ८८

अर्को: अध्याय ९०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्