अध्याय ४१

मण्डलीमा उठ्ने समस्याहरूबारे यस्ता अत्याधिक शङ्काले नभरिऔं। मण्डली निर्माण गर्ने क्रममा, गल्तीहरूलाई टार्न सकिन्न, तर समस्याहरू झेल्न पर्दा नअत्तालिओ, बरु शान्त अनि आत्म-नियन्त्रित होऊ। के मैले अघि नै तिमीहरूलाई भनेको होइन र? मकहाँ निरन्तर आइज र प्रार्थना गर अनि म तँलाई मेरो मनसायबारे बताउनेछु। मण्डली मेरो मुटु हो अनि यो मेरो परम उद्देश्य हो, यसैले कसरी यसलाई म मन नपराउन सक्छु? नडराऊ-मण्डलीमा जब यस प्रकारका कुराहरू हुन्छन्, ती सबै मेरा अनुमतिले नै हुन्छन्। खड़ा होऊ अनि मेरो पक्षमा बोल। विश्‍वास गर कि सबै कुरा र परिस्थितिहरूलाई मेरो सिंहासनद्वारा अनुमति दिइन्छ अनि ती थोकहरूमा मेरो मनसाय हुन्छ। यदि तिमीहरू अनुशासन विहीन ढङ्गमा सङ्गति गर्न लागिरहन्छौ भने, समस्या हुनेछ। के तैँले यसका परिणामहरूबारे सोचेको छस्? यस प्रकारको कुरामा नै शैतानले फाइदा लिनेछ। मकहाँ निरन्तर आइराख्। म सरल तरिकाले बोल्‍नेछु: यदि तँ मकहाँ नआई नै केही गर्न लागिरहेको छस् भने, तैँले त्यसलाई पूरा गर्न सक्छस् भन्‍ने कल्पना पनि नगर्नू। मलाई यस स्थितिमा आउन बाध्य गराउने तिमीहरू नै हौ।

निराश नबन्, कमजोर नबन्, अनि म तँलाई कामकुराहरू प्रकाश गरिदिनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरा निम्ति तिमीहरूसँग भएको प्रेमिलो हृदय अझ बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ; यति मात्र हो कि, परीक्षाहरूको चरमता फरक-फरक हुन्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मेरो सामु बारम्बार घुँडा टेक्दै मेरो आशिष्को भिक माग्छौ? मूर्ख बालकहरू! तिमीहरू सधैँ यो सोच्छौ कि केही शुभ शब्दहरू मेरा आशीर्वादहरू हुन्, तैपनि तिक्तता मेरो आशिष् हो भन्‍ने कहिल्यै विश्‍वास गर्दैनौ। तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरो मिठास पनि बाँड्नेछन्। तिमीहरूका निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो। मेरा वचन खान अनि पिउन र आनन्द लिन नहिचकिचाऊ। अन्धकार बितेर गएपछि प्रकाश प्रवेश गर्नेछ। बिहान हुनुभन्दा अघि पूर्ण अन्धकार हुन्छ; त्यसपछि आकाश बिस्तारै प्रकाशमय बन्दै जान्छ अनि सूर्य उदाउँछ। नडराऊ वा कमजोर नहोऊ। आज, म मेरा सन्तानलाई सहयोग गर्नेछु अनि मेरो शक्ति तिनीहरूको निम्ति प्रयोग गर्नेछु।

मण्डली विषयक कुरा उठ्दा, सधैँ आफ्नो उत्तरदायित्वलाई टाल्ने कोसिस नगर। यदि मकहाँ समस्या इमानदारी पूर्वक ल्यायौ भने, तिमीहरूले कुनै उपाय पाउनेछौ। जब यस्तो कठिन समस्या आइपर्छ, के तिमीहरू अब के गर्नु भन्‍ने सम्झेर डराउँछौ अनि अत्तालिन्छौ? मैले धेरै चोटि भनिसकेको छु, “मकहाँ निरन्तर आऊ!” मैले तिमीहरूलाई गर्नू भनेको कुरो के तिमीहरूले इमानदारीसाथ व्यवहारमा प्रयोग गरेका छौ? तिमीहरूले कति चोटि मेरो वचनमा मनन गरेका छौ? यदि तिमीहरूले गरेका छैनौ भने, तिमीहरूमा पक्का अन्तर्दृष्टि छैन। के यो तिमीहरूको करतुत होइन? तिमीहरू अरूलाई दोष दिन्छौ, तर किन आफैमा विद्रोह महसुस गर्दैनौ? तिमीहरू काम बिगार्छौ अनि लापरवाह र बेवास्ता रहन्छौ, तिमीहरूले मेरा वचनहरूमा ध्यान दिनै पर्छ।

आज्ञाकारी अनि नम्रले महान आशिषहरू प्राप्त गर्नेछन्। मण्डलीमा, मप्रतिको साक्षीमा दृढ़ होऊ, र सत्यतालाई कायम राख। सही कुरो सही नै हो अनि गलत कुरो गलत नै हो; कालोलाई सेतो र सेतोलाई कालो नठान। तिमीहरू शैतानसँग लड्नु पर्नेछ अनि तिमीहरूले त्यसलाई पूर्ण रूपले पराजित गर्नुपर्नेछ, ताकि त्यो फेरि कहिल्यै पनि नउठोस्। तिमीहरूले मेरो साक्षीको सुरक्षा गर्न तिमीहरूमा भएको सबै कुरा अवश्यै दिनुपर्नेछ। यो तिमीहरूको कामको लक्ष्य हुनुपर्नेछ—यो नभुल। तर अहिले, तिमीहरूमा आस्था र सुझबुझको कमी छ र तिमीहरू कहिल्यै मेरा वचनहरू र मेरा अभिप्रायहरू बोध गर्न सक्दैनौ। जे भए तापनि, अधीर नहोओ; मेरा पाइलाहरूअनुरूप सबै कुरा हुँदै जानेछन् अनि अधीर हुँदा केवल समस्या उत्पन्न हुन्छ। मसँग धेरै समय बिताऊ, भौतिक शरीरलाई खुवाउन र पहिराउनलाई महत्त्व नदेऊ, र बारम्बार मेरो अभिप्राय खोज। म तिमीहरूलाई मेरा अभिप्रायहरू प्रकाश गर्नेछु, र तिमीहरूले ती प्रत्येक कुरोमा क्रमिक रूपमा पाउनेछौ, ताकि मसँग प्रत्येक मानवमा बाधाविना काम गर्ने मार्ग होस् र मेरो हृदय सन्तुष्ट होस्। त्यसपछि तिमीहरूले मबाट सदासर्वदा आशिष् प्राप्त गर्नेछौ!

अघिल्लो: अध्याय ४०

अर्को: अध्याय ४२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्