अध्याय ४६

यी सबै वचनहरूमध्ये, आजको वचनजत्तिको बिर्सन नसकिने कुनै वचन छैन। यसभन्दा पहिलेका परमेश्‍वरका वचनहरूले मानिसका स्थितिहरू वा स्वर्गका रहस्यहरूलाई प्रकट गरे, तैपनि यो वर्तमान वाणी विगतको जस्तो छैन। यसले गिल्‍ला गर्दैन वा हाँसोमा उडाउँदैन, यो त पूर्ण रूपमा अनपेक्षित छ: यहाँ परमेश्‍वर शान्तसित बस्‍नुभई मानिसहरूसँग कुरा गर्नुभएको छ। उहाँको अभिप्राय के हो? परमेश्‍वरले “आज, मैले ब्रह्माण्डभन्दा माथि नयाँ काम सुरु गरेको छु। मैले पृथ्वीका मानिसहरूलाई नयाँ सुरुवात दिएको छु, र मैले तिनीहरूलाई मेरो घरबाट निस्केर जान अनुरोध गरेको छु। अनि मानिसहरूलाई सधैँ आफैमा लिप्त हुन मनपर्ने हुनाले, म तिनीहरूलाई आत्मसचेत हुन, र सधैँ मेरो काममा वाधा नदिन सल्‍लाह दिन्छु” भनी भन्‍नुहुँदा यसमा तँ के देख्छस्? अनि परमेश्‍वरले उल्‍लेख गर्नुभएको यो “नयाँ सुरुवात” के हो? परमेश्‍वरले मानिसहरूलाई पहिले नै छोडेर जान भन्‍नुभएको थियो, तर परमेश्‍वरको अभिप्राय तिनीहरूको विश्‍वासको जाँच गर्नु थियो। त्यसकारण आज, उहाँले फरक शैलीमा बोल्‍नुहुँदा, के उहाँ साँचो हुनुहुन्छ कि झूटो? पहिले, परमेश्‍वरले बताउनुभएका परीक्षाहरूका बारेमा मानिसहरूलाई थाहा थिएन। सेवाकर्ताहरूको कार्यको चरणमार्फत मात्रै तिनीहरूले परमेश्‍वरका परीक्षाहरूलाई आफ्नै आँखाले देखे, र व्यक्तिगत रूपमै अनुभव गरे। तसर्थ, त्यस समय यता, पत्रुसका सयौं परीक्षाहरूको उदाहरणको कारण, मानिसहरूले प्रायजसो “यो परमेश्‍वरको परीक्षा थियो” भनी गलत रूपले विश्‍वास गरे। यसको साथै, परमेश्‍वरका वचनहरूमा तथ्यहरू विरलै आए। त्यसकारण, मानिसहरू परमेश्‍वरका परीक्षाहरूको बारेमा झन्झन् गहिरो अन्धविश्‍वासमा डुबे, त्यसकारण परमेश्‍वरले बोल्‍नुभएका सबै वचनहरूमा, यो परमेश्‍वरले अघि बढाउनुभएका तथ्यहरूको कार्य हो भनेर तिनीहरूले कहिल्यै विश्‍वास गरेनन्; बरु, परमेश्‍वरसँग अरू कुनै काम नभएको हुनाले, उहाँले मानिसहरूलाई जाँच गर्न वचनहरूको निश्‍चित प्रयोग गरिरहनुभएको थियो भनेर तिनीहरूले विश्‍वास गरे। आशाविहीन देखिने तैपनि आशा दिएको जस्तो देखिने यस्ता परीक्षाहरूको माझमा पनि मानिसहरूले पछ्याए, अनि परमेश्‍वरले “बसिरहनेहरू सबैले दुर्भाग्य र अशुभ भोग्‍ने सम्‍भावना हुन्छ” भनेर भनिसक्‍नुभएपछि पनि, मानिसहरूले अझै पनि पछ्याउने कार्यमै ध्यान केन्द्रित गरे, तसर्थ तिनीहरूसँग छोडेर जाने कुनै अभिप्राय थिएन। मानिसहरूले त्यस्ता भ्रमहरूमाझ पछ्याए, र तिनीहरूमध्ये एक जनाले पनि कुनै आशा छैन भनेर निश्‍चित हुने आँट गरेन—यो परमेश्‍वरको विजयको प्रमाणको एक भाग हो। परमेश्‍वरको दृष्टिकोणले उहाँ सबै कुरालाई उहाँको सेवा गर्ने गरी मिलाउनुहुन्छ भन्‍ने देखाउँछ। मानिसहरूका भ्रमहरूले तिनीहरूलाई जुनसुकै समय वा स्थान भए पनि परमेश्‍वरलाई छोडेर नजान प्रोत्साहन दिन्छ, त्यसकारण यो चरणको अवधिमा परमेश्‍वरले मानिसहरूलाई उहाँको गवाही दिने तुल्याउनको लागि तिनीहरूका असिद्ध उत्प्रेरणाहरूको प्रयोग गर्नुहुन्छ, र परमेश्‍वरले “मैले मानिसहरूको एउटा समूहलाई प्राप्त गरेको छु” भनी भन्‍नुभएको वचनको गहन महत्त्व यही हो। शैतानले अवरोधहरू पैदा गर्नको लागि मानिसका उत्प्रेरणाहरूको प्रयोग गर्छ, जबकि परमेश्‍वरले मानिसलाई उहाँको सेवा गर्न लगाउनको लागि मानिसका उत्प्रेरणाहरूको प्रयोग गर्नुहुन्छ—“मानिसहरूले तिनीहरू भित्र प्रवेश गर्न सक्छन् भन्‍ने कल्‍पना गर्छन्, तर जब तिनीहरूले आफ्‍नो झूटो प्रवेश अनुमतिपत्र दिन्छन्, तब म तिनीहरूलाई तुरुन्तै त्यहीँ नै आगोको कुण्डमा फ्याँकिदिन्छु, र आफ्‍ना ‘परिश्रमी प्रयासहरू’ लाई ज्वालामा देख्दा, तिनीहरूले आशा गुमाउँछन्” भन्‍ने परमेश्‍वरका वचनहरूको साँचो अर्थ यही हो। परमेश्‍वरले सबै कुरालाई उहाँको सेवा गर्ने तुल्याउनको लागि मिलाउनुहुन्छ, त्यसकारण उहाँले मानिसका विभिन्‍न विचारहरूलाई बेवास्ता गर्नुहुन्‍न, बरु साहसका साथ मानिसहरूलाई छोडेर जान आज्ञा गर्नुहुन्छ; यसरी इमानदार वचनहरू र विधिलाई एउटैमा समावेश गर्नु र मानिसहरूलाई अक्‍क न बक्‍क र होस गुमेको अवस्थामा पार्नु—यो परमेश्‍वरको कामको आश्‍चर्यपन र बुद्धि हो। यसबाट के देख्‍न सकिन्छ भने, परमेश्‍वरले साँच्‍चै नै मानिसहरूलाई उहाँको घरबाट निस्केर जान आज्ञा गरिरहनुभएको छ, यो कुनै प्रकारको परीक्षा होइन, र परमेश्‍वरले यस मौकामा यसो भन्‍नुहुन्छ, “तैपनि म मानिसहरूलाई यदि तिनीहरूले आशिष्‌हरू प्राप्त गर्न सकेनन् भने, मेरो बारेमा कसैले पनि गुनासो गर्न सक्दैनन् भनेर पनि भन्छु।” परमेश्‍वरका वचनहरू सच्‍चा हुन् कि गलत हुन् भन्‍ने कुरालाई कसैले पनि बुझ्‍न सक्दैनन्, तैपनि परमेश्‍वरले मानिसहरूलाई स्थिर गर्न, छोडेर जाने तिनीहरूको इच्‍छाबाट तिनीहरूलाई मुक्त गर्नको लागि यो अवसरको प्रयोग गर्नुहुन्छ। तसर्थ, यदि कुनै दिन तिनीहरूलाई श्राप दिइयो भने, मानिसहरूले “सुन्दा नमीठो लाग्‍ने शब्‍दहरू नै राम्रा शब्‍दहरू हुन्” भनेर भनेजस्तै, तिनीहरूलाई परमेश्‍वरका वचनहरूले पूर्वचेतावनी दिइसकेको हुनेछ। आज, परमेश्‍वरप्रतिको मानिसहरूको प्रेम उत्सुक र इमानदार छ, त्यसकारण तिनीहरूले सच्‍चा हो कि झूटो हो भनी पत्ता लगाउन नसकेका वचनहरूमा, तिनीहरू जितिए र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न पुगे, त्यही कारणले परमेश्‍वरले भन्‍नुभयो, “मैले पहिले नै मेरो महान् काम पूरा गरिसकेको छु।” परमेश्‍वरले “मलाई आशा छ तिनीहरूले बाँच्‍ने आफ्‍नै मार्ग भेट्टाउँछन्। यसमा म शक्तिहीन छु” भनी भन्‍नुहुँदा, यो त परमेश्‍वरका यी सबै वचनहरूको वाणीको वास्तविकता पनि हो—तैपनि मानिसहरूलाई त्यस्तो लाग्दैन; बरु, तिनीहरूले परमेश्‍वरका वचनहरूमा अलिकति पनि ध्यान नदिईकन पछ्याउँदै आएका छन्। त्यसकारण जब परमेश्‍वरले, “भविष्यमा, हाम्रो माझमा कुनै पनि वचनहरू हुनेछैनन्, हामीसँग कुराकानी गर्नलाई केही पनि हुनेछैन, हामी एकअर्कालाई हस्तक्षेप गर्नेछैनौं, हामी आ-आफ्‍नै बाटो लाग्‍नेछौं” भनी भन्‍नुहुन्छ, यी वचनहरू वास्तविक हुन्, र यी वचनहरू अलिकति पनि कलङ्कित छैनन्। मानिसहरूले जे विचार गरे पनि, परमेश्‍वरको “तर्कविहीनता” यही हो। परमेश्‍वरले पहिले नै शैतानको अघि गवाही दिइसक्‍नुभएको छ, र उहाँले समय वा स्थान जे भए पनि सबै मानिसहरूलाई उहाँलाई छोडेर नजाने बनाउनुहुनेछ भनेर भन्‍नुभएको छ—र कामको यो चरणलाई पूरा गरिसकिएको छ, र परमेश्‍वरले मानिसका गुनासाहरूलाई कुनै ध्यान दिनुहुन्‍न। तैपनि परमेश्‍वरले सुरुदेखि नै यो कुरालाई स्पष्ट पार्नुभएको छ, त्यसकारण मानिसहरू विवश बनेका छन्, आफ्‍नो रिसलाई पचाउन र आफ्‍नो जिब्रोलाई काबुमा राख्‍न बाध्य बनेका छन्। परमेश्‍वर र शैतानबीचको युद्ध पूर्ण रूपमा मानिसमा आधारित छ। मानिसहरूसँग आफूमाथि आफ्नो नियन्त्रण हुँदैन; तिनीहरू पूर्ण र साँचो रूपमा कठपुतलीहरू हुन्, जबकि पर्दापछाडिबाट कठपुतलीको डोरी तान्‍ने परमेश्‍वर र शैतान हुन्। जब परमेश्‍वरले मानिसहरूलाई उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, तब उहाँले मानिसहरूलाई उहाँको सेवाको निम्ति प्रयोग गर्न उहाँले विचार गर्न सक्‍नुहुने, सम्‍भव भएको सबै कुरा गर्नुहुन्छ, र यसरी मानिसहरूलाई शैतानको चालबाजीमा पर्न दिनुहुन्छ, र साथै, परमेश्‍वरको निर्देशन मान्‍ने तुल्याउनुहुन्छ। अनि जब परमेश्‍वरले चाहनुभएको गवाही समाप्त भएपछि, उहाँले मानिसहरूलाई एकातिर पन्छ्याउनुहुन्छ र कष्ट भोग्‍न छोडिदिनुहुन्छ, र यस क्रममा तिनीहरूसँग आफ्‍नो कुनै सम्‍बन्ध नभएको जस्तो गर्नुहुन्छ। जब उहाँले मानिसहरूलाई फेरि प्रयोग गर्ने चाहना गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई फेरि पनि उठाउनुहुन्छ र तिनीहरूलाई प्रयोग गर्नुहुन्छ, अनि मानिसहरूलाई यसको बारेमा अलिकति पनि जानकारी छैन। तिनीहरू मालिकले आफ्‍नो इच्‍छाअनुसार प्रयोग गर्ने गोरु वा घोडा जस्तै हुन्, तिनीहरूमध्ये कसैसँग पनि आफूमाथि आफ्नो नियन्त्रण छैन। यो अलिक दुःखद सुनिन सक्छ, तर मानिसहरूसँग आफैमाथि आफ्नो नियन्त्रण भए पनि नभए पनि, परमेश्‍वरको सेवा गर्नु भनेको सम्मानको कुरा हो, खिन्‍न हुनुपर्ने कुरा होइन। यस्तो लाग्छ मानौं परमेश्‍वरले यसरी नै काम गर्नुपर्छ। के सर्वशक्तिमान्‌को खाँचोलाई पूरा गर्न सक्‍नु गर्व गर्नुपर्ने कुरा होइन र? त्यसो भए, तँलाई के लाग्छ? के तैँले कहिल्यै परमेश्‍वरको लागि सेवा गर्ने सङ्कल्प गरेको छस्? के तँ अझै पनि तेरो आफ्‍नै स्वतन्त्रताको खोजी गर्ने अधिकारमा अडिग रहन चाहन्छस्?

जे भए पनि, परमेश्‍वरले गर्नुहुने सबै कुरा असल र अनुकरणयोग्य छन्, अनि मानिस र परमेश्‍वर आखिर फरक छन्। यही कुराको आधारमा, तैँले परमेश्‍वरलाई मानव हृदयले प्रेम गर्नुपर्छ, चाहे तेरो प्रेमको लागि परमेश्‍वरसँग कुनै कदर होस् या नहोस्। परमेश्‍वरका वचनहरूले परमेश्‍वरको हृदयभित्र ठूलो उदासपन पनि छ भन्‍ने देखाउँछन्। परमेश्‍वरका वचनहरूले गर्दा मात्रै मानिसहरू शोधन हुन्छन्। तैपनि, आखिर यो काम हिजो भइसकेको छ—त्यसकारण, परमेश्‍वरले यसपछि वास्तवमा के गर्नुहुनेछ? यो कुरा आजको दिनसम्‍म गुप्त रहेको छ, त्यसैले मानिसहरू यसलाई बुझ्‍न वा थाहा पाउन असमर्थ छन्, र परमेश्‍वरको सङ्गीत बजेको बेला गाउनेबाहेक केही पनि गर्न सक्दैनन्। तैपनि, परमेश्‍वरले भन्‍नुहुने सबै कुरा वास्तविक हुन्‍छन्, र यी सबै नै सत्य साबित हुन्छन्—यसमा कुनै शङ्‍का छैन!

अघिल्लो: अध्याय ४४ र ४५

अर्को: परिचय

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्