अध्याय ११२

“वचनहरू र वास्तविकता सँगसँगै अगाडि बढ्छन्” भन्‍ने कुरा मेरो धर्मी स्वभावको भाग हो। यी वचनहरूबाट, म निश्‍चय नै हरेकलाई पूर्ण रूपमा मेरो स्वभाव देखाउनेछु। यो हासिल गर्न सकिँदैन भनेर मानिसहरूले सोच्छन्, तर मेरो निम्ति यो सजिलो र सुखद छ, र यसको निम्ति कुनै प्रयासको आवश्यकता पर्दैन। मेरा वचनहरू मेरो मुखबाट बाहिर निस्कने बित्तिकै, सबैले देख्‍न सक्‍ने तथ्य आउँछ। यो मेरो स्वभाव हो। मैले निश्‍चित कुराहरूको बारेमा बोलेको हुनाले, ती कुराहरू निश्‍चय नै सम्पन्‍न गरिनेछन्। नत्रता, म बोल्नेथिइनँ। मानवीय धारणाहरूमा, “मुक्ति” भन्‍ने शब्द सबै मानिसहरूको निम्ति हो भनेर भनिन्छ, तर यो मेरो अभिप्रायसँग मेल खाँदैन। विगतमा मैले भनेँ, “म अबोधहरू र जोसिला खोजी-कर्ताहरूलाई सधैँ मुक्ति दिन्छु।” यहाँ, “मुक्ति दिनु” भन्‍ने शब्द मलाई सेवा प्रदान गर्नेहरूको बारेमा बोलिएको थियो, र यसको अर्थ म त्यस्ता सेवाकर्ताहरूसँग विशेष व्यवहार गर्नेछु भन्‍ने हुन्छ। अर्को शब्दमा, म त्यस्ता मानिसहरूको दण्ड घटाउनेछु। तैपनि, विनाश हुनेहरूमा कुटिल र धोखेबाज सेवाकर्ताहरू पर्नेछन्, भन्‍नुको अर्थ, म तिनीहरूलाई कडा सजाय दिनेछु। (ती विनाश गरिनेहरू मध्येमा पर्ने भए तापनि, ती विनाश गरिनेहरूभन्दा धेरै फरक छन्: तिनीहरूले अनन्तको कडा सजाय पाउनेछन्, र ती मानिसहरूले प्राप्त गर्ने सजाय दियाबलस, शैतानको सजाय हो। मैले ती मानिसहरू ठूलो रातो अजिङ्गरका सन्तानहरू हुन् भनेर भनेको कुराको साँचो अर्थ पनि यही हो।) यसैले, मेरा ज्येष्ठ पुत्रहरूका हकमा यस प्रकारका शब्‍दहरूको प्रयोग नगर; तिनीहरूका विषयमा, म के भन्छु भने, म मेरा ज्येष्ठ पुत्रहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरू फेरि पनि सियोनमा फर्कनेछन्। त्यसकारण, मेरा ज्येष्ठ पुत्रहरू मेरा अघिबाटै चुनिएका र छानिएका हुन् भनेर मैले सधैँ भनेको छु। मेरा ज्येष्ठ पुत्रहरू मूल रूपले मेरा थिए र तिनीहरू मबाट आए, यसैले तिनीहरू मकहाँ फर्केर आउनुपर्छ। छोराहरू र मानिसहरूलाई ज्येष्ठ पुत्रहरूसँग तुलना गर्दा—साँच्चै यो स्वर्ग र पृथ्वीको भिन्‍नता हो: छोराहरू र मानिसहरू सेवाकर्ताहरूभन्दा धेरै असल भए तापनि तिनीहरू कुनै पनि हालतमा मेरा होइन। छोराहरू र मानिसहरू मानवजातिका बीचबाट अतिरिक्त रूपमा छानिएका हुन् भनेर पनि भन्‍न सकिन्छ। यसैले, मैले सधैँ मेरो शक्ति ज्येष्ठ पुत्रहरूमा केन्द्रित गरेको छु, तब म ज्येष्ठ पुत्रहरूलाई ती छोराहरू र मानिसहरूलाई पू्र्ण बनाउने जिम्‍मा दिनेछु। यी मेरो भविष्यका कामका चरणहरू हुन्। अब तिमीहरूलाई भनेर केही फाइदा छैन, यसैले मैले छोराहरू र मानिसहरूलाई यो विरलै मात्र उल्लेख गरेको छु, तर ज्येष्ठ पुत्रहरूसँग मात्र मैले बारम्बार यी कुराहरू बताएको छु र यी विषयहरूको बारेमा उल्लेख गरेको छु। मैले बोल्‍ने र काम गर्ने तरिका यही हो। यसलाई कसैले पनि बदल्न सक्दैन—हरेक कुराको बारेमा अन्तिम निर्णय म मात्र गर्छु।

हरेक दिन, म तिनीहरूका धारणाहरूसँग लडाइँ गरिरहेको छु, र दिन प्रतिदिन, तिमीहरू हरेकको चिरफार गरिरहेको छु। मैले निश्‍चित बिन्दुसम्म बोलिसकेको हुन्छु, तिमीहरू पुनः पतन हुन्छौ र तिमीहरूले मेरो मानवता र ईश्‍वरत्वलाई अलग गर्छौ। यस बिन्दुमा, मानिसहरू प्रकट हुने समय आएको छ: म अझ पनि देहमा जिउँछु र म परमेश्‍वर स्वयम् होइन, म अझ पनि मानव नै हुँ र परमेश्‍वर अझ पनि परमेश्‍वर नै हुनुहुन्छ, अनि म जुन व्यक्ति हुँ त्यससँग परमेश्‍वरको कुनै सम्बन्ध छैन भनेर मानिसहरूले सोच्छन्। यो मानवजाति कति भ्रष्ट छ! मैले पहिले धेरै वचनहरू बोलेको छु, तर तिमीहरूले तिनलाई अस्तित्वमा नै नभएझैँ व्यवहार गर्‍यौ र यसले ममा तिमीहरूप्रति घृणाले भर्छ किनकि त्यो मेरा हाडहरूमा कुँदिएका छन्। साँच्चै, यसले मलाई तिमीहरूप्रति घृणा जगाउँछ! मलाई, अर्थात्, पूर्ण परमेश्‍वर स्वयम्, जोसँग मानवता र ईश्‍वरत्व दुवै छन्, उहाँलाई कसले लापरवाही रूपमा चिढ्याउने हिम्मत गर्छ? आफ्ना सोचहरूमा कसले मेरो प्रतिरोध गर्ने हिम्मत गर्छ? मेरो भीषण विपत्ति तल आएपछि, म तिनीहरूलाई एक-एक गरेर सजाय दिन्छु, कसैलाई पनि छाड्दिनँ, तर तिनीहरू सबैलाई कडा सजाय दिन्छु। मेरो आत्माले व्यक्तिगत रूपमा काम गर्छ। यसको अर्थ म परमेश्‍वर स्वयम् होइनँ भन्‍ने हुँदैन; यसको विपरीत, यसले त झन् बढी म सर्वशक्तिमान् परमेश्‍वर हुँ भन्‍ने अर्थ दिन्छ। मानिसहरूले मलाई चिन्दैनन्—तिनीहरू सबैले मेरो प्रतिरोध गर्छन् र मेरा वचनहरूद्वारा मेरो सर्वशक्तिलाई देख्दैनन्, बरु तिनीहरूले मेरा वचनहरूमा मेरो विरुद्ध प्रयोग गर्न र ममा दोष पत्ता लगाउनको लागि कुराहरू खोज्छन्। जब एक दिन म मेरा ज्येष्ठ पुत्रहरूसँग सियोनमा देखा पर्छु, म यी नीच प्राणीहरूको निराकरण गर्न सुरु गर्नेछु। यस अवधिमा, मैले प्राथमिक रूपमा यो काम गरिरहेको छु। निश्‍चित बिन्दुसम्म बोलिसकेपछि, सेवाकर्ताहरूको ठूलो सङ्ख्या पछि हटिसकेको हुनेछ, र ज्येष्ठ पुत्रहरूले पनि सबै किसिमका कठिनाइहरू भोगिसकेका हुनेछन्। यी दुई चरणका कामको प्रगतिसँगै मेरो कामको चरण समाप्त हुनेछ। यसको साथै, म मेरा ज्येष्ठ पुत्रहरूलाई सियोनमा फिर्ता लानेछु। यी मेरो कामका चरणहरू हुन्।

मेरा ज्येष्ठ पुत्रहरू मेरो राज्यका अपरिहार्य हिस्सा हुन्, यसबाट वास्तवमा मेरो व्यक्तित्व नै वास्तवमा राज्य हो भन्‍ने कुरा देख्‍न सकिन्छ—मेरो राज्यको जन्म मेरा ज्येष्ठ पुत्रहरूको जन्मपछि हुन्छ। अर्को शब्दमा, मेरो राज्य संसारको सृष्टिदेखि नै अस्तित्वमा छ, अनि मेरा ज्येष्ठ पुत्रहरूलाई प्राप्त गर्नु (यसको अर्थ मेरा ज्येष्ठ पुत्रहरूलाई पुनः प्राप्त गर्नु भन्‍ने हो) नै मेरो राज्यको पुनर्स्थापना गर्नु हो। यसबाट, ज्येष्ठ पुत्रहरू विशेष महत्त्वका छन् भन्‍ने तिमीहरूले देख्‍न सक्छौ। मेरा ज्येष्ठ पुत्रहरू अस्तित्वमा आएपछि मात्र राज्य अस्तित्वमा आउनेछ, शक्तिमा राज्य गर्ने वास्तविकता अस्तित्वमा आउनेछ, नयाँ जीवन आउनेछ र पुरानो युगको पूर्ण अन्त्य हुन सक्छ। यो अपरिहार्य प्रवृत्ति हो। ज्येष्ठ पुत्रहरू यस स्थानमा भएको कारण, तिनीहरूले प्रतीकात्मक रूपमा संसारको विनाश, शैतानको विनाश, सेवाकर्ताहरूको साँचो रङ, अनि ठूलो रातो अजिङ्गरका सन्तानहरू हुनेछैनन् र त्यो आगो र गन्धकको कुण्डमा जानेछ भन्‍ने तथ्यलाई जनाउँछन्—यसैले शक्तिको प्रयोग गर्ने र ठूलो रातो अजिङ्गरका सन्तानहरू बारम्बार अवरोध, प्रतिरोध र विनाशमा संलग्‍न हुन्छन्। यसै बीच, म बारम्बार मेरा ज्येष्ठ पुत्रहरूलाई उचाल्छु, तिनीहरूको निम्ति गवाही बन्छु र तिनीहरूलाई प्रकट गर्छु। मबाट आएकाहरू मात्र मेरो निम्ति गवाही बन्‍ने योग्यका छन्; तिनीहरू मात्र ममा जीवन जिउन योग्य छन्, र तिनीहरूसँग मात्र युद्धमा लड्ने र मेरो निम्ति सुन्दर विजय हासिल गर्ने जग छ। मबाट अलग भएकाहरू मेरो हातका माटोभन्दा बढी केही पनि होइनन्—ती हरेक सृष्टि गरिएका वस्तुहरू हुन्। छोराहरू र मानिसहरू सृष्टिका प्राणीहरूमध्येबाट चुनिएका अझ असल कुराभन्दा बढी केही होइनन्, तर तिनीहरू मेरा होइनन्। यसैले, ज्येष्ठ पुत्रहरू र छोराहरूमा धेरै भिन्‍नता छ। छोराहरू ज्येष्ठ पुत्रहरूसँग तुलना गरिनको निम्ति बिलकुल योग्य छैनन्—तिनीहरू ज्येष्ठ पुत्रहरूद्वारा शासित छन् र प्रभुत्वमा राखिएका छन्। अब तिमीहरू यसको बारेमा एकदमै स्पष्ट हुनुपर्छ! मैले बताएको हरेक वचन सत्य छ र कुनै पनि हालतमा झूटो छैन। यो सबै मेरो व्यक्तित्वको अभिव्यक्ति हो र यो मेरो वाणी हो।

म खोक्रा वचनहरू बोल्दिनँ भनेर मैले भनेको छु, र म गल्ती गर्दिनँ; यो नै मेरो प्रताप देखाउनको निम्ति पर्याप्त छ। तर मानिसहरू खराबबाट असल छुट्याउन सक्षम छैनन् र तिनीहरूमाथि मेरो सजाय परेपछि मात्र तिनीहरू पूर्ण रूपमा विश्‍वस्त हुनेछन्; नत्रता तिनीहरू विद्रोही र हठी रहन्छन्। यसैले सारा मानवजातिको विरुद्धमा प्रहार गर्नको निम्ति म सजायको प्रयोग गर्छु। परमेश्‍वर स्वयम् एक मात्र हुनुभएको हुनाले, मानवीय धारणाहरूबाट हेर्दा, मबाट किन यति धेरै ज्येष्ठ पुत्रहरू आउँछन्? यसलाई म यसरी बताउन सक्छु: मेरा आफ्नै मामिलाहरूको हकमा, म जसरी इच्छा गर्छु त्यसरी बोल्छु। मानिसले मलाई के गर्न सक्छ? यसलाई म यसरी पनि भन्‍न सक्छु: मेरा ज्येष्ठ पुत्रहरू र म एउटै स्वरूपका नभए तापनि, हामी एउटै आत्माका हौं, यसैले तिनीहरूले मसँग सहकार्य गर्ने क्रममा तिनीहरू सबै मसँग एउटै मनका हुन सक्छन्। सबै मानिसहरूले मेरो व्यक्तित्वको हरेक भाग असाधारण स्पष्टताका साथ देखून् भनेर हामी एउटै स्वरूपका छैनौं। यही कारणले गर्दा मैले मेरा ज्येष्ठ पुत्रहरूलाई मसँग सारा जाति र मानिसहरूमाथि अधिकार गर्न दिएँ। यो मेरो प्रशासनिक आदेशको अन्तिम टिप्पणी हो (मैले बताएको “अन्तिम टिप्पणी” को अर्थ मेरो बोल्‍ने शैली नरम छ र मैले छोराहरू र मानिसहरूसँग बोल्‍न सुरु गरेको छु भन्‍ने हुन्छ)। यस पक्षको सन्दर्भमा धेरैजसो मानिसहरूमा शङ्‍का छ, तर तिनीहरू यति धेरै शङ्काले भरिनु आवश्यकता छैन। मानिसहरूलाई लुक्‍ने ठाउँ नपाउने गरी शर्ममा पार्नको निम्ति, म सबै मानिसहरूका धारणाहरू एक-एक गरेर पर्दाफास गर्नेछु। म ब्रह्माण्डभरि र पृथ्वीको अन्तसम्मै भ्रमण गर्छु, र ब्रह्माण्डको सारा मुहारको अवलोकन गर्छु। म हरेक प्रकारका मानिसहरूको जाँच गर्छु—मेरो हातबाट उम्कन सक्ने कोही पनि छैन। म हरेक किसिमका कुराहरूमा भाग लिन्छु, र मैले व्यक्तिगत रूपमा नसमाल्ने कुरा केही पनि छैन। मेरो सर्वशक्तिलाई अस्वीकार गर्ने कसको हिम्मत? मेरो बारेमा पूर्ण रूपमा विश्‍वस्त नहुने हिम्मत कसले गर्छ? मेरो अगाडि पूर्ण रूपमा साष्टाङ्ग दण्डवत् नगर्ने हिम्मत कसको छ? मेरा ज्येष्ठ पुत्रहरूको कारण सारा स्वर्गहरू परिवर्तन हुनेछन्, र त्योभन्दा बढी मेरो र मेरा ज्येष्ठ पुत्रहरूको कारण सारा पृथ्वी जोडसँग काम्नेछ। मेरो व्यक्तित्वको अगाडि सबै मानिसहरूले घुँडा टेक्‍नेछन् र निश्‍चय नै सबै थोकहरू मेरो हातको नियन्त्रणमा आउनेछन्—त्यसमा थोरै पनि त्रुटि हुनेछैन। हरेक व्यक्ति पूर्ण रूपले विश्‍वस्त हुनुपर्छ र हरेक वस्तु मेरो घरमा आउनुपर्छ र मेरो सेवा गर्नुपर्छ। यो मेरो प्रशासनिक आदेशहरूको अन्तिम भाग हो। अबदेखि उसो, विभिन्‍न मानिसहरूलाई लक्षित गरिएका मेरा प्रशासनिक आदेशहरूका लेखहरूले परिणाम हासिल गर्न थाल्‍नेछन् (किनभने मेरा प्रशासनिक आदेशहरू पूर्ण रूपमा सार्वजनिक गरिएका छन् र हरेक किसिमको व्यक्ति र हरेक थोकको निम्ति उचित बन्दोबस्त गरिएको छ। हरेक मानिसहरू आफ्नै उचित स्थानमा हुनेछन्, र मेरा प्रशासनिक आदेशहरूको कारण हरेक किसिमका व्यक्तको साँचो रङ पर्दाफास हुनेछ)। यसरी साँचो र वास्तविक प्रशासनिक आदेशहरूको आगमन हुनेछ।

अब मेरो कामका चरणहरूअनुसार, मैले भन्‍न चाहेको कुरा म भन्छु र सबैले मेरा वचनहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। युगहरूभरि हरेक सन्तले “नयाँ यरूशलेम” को बारेमा बोलेका छन् र हरेकलाई यसको बारेमा थाहा छ, तर कसैले पनि यो शब्दको साँचो अर्थ बुझ्दैन। आजको काम यस चरणमा पुगेको छ, तिमीहरूले बुझ्‍न सक भनेर म यस शब्दको साँचो अर्थ तिमीहरूकहाँ प्रकट गर्नेछु। तर मेरो प्रकटीकरणमा सीमितता छ—मैले यसलाई जसरी व्याख्या गरे पनि, र मैले यसलाई जति स्पष्टसँग भने पनि, तिमीहरूले कहिले पनि पूर्ण रूपमा बुझ्‍न सक्दैनौ, किनकि कुनै मानवले यस शब्दको वास्तविकतालाई छुन सक्दैन। विगतमा, यरूशलेमले पृथ्वीमा मेरो वासस्थान, अर्थात् म हिँड्ने र चलहल गर्ने स्थानलाई जनाउँथ्यो। तर “नयाँ” भन्‍ने शब्दले यस शब्दलाई परिवर्तन गर्दछ र यो पहिलेको जस्तो छैन। मानिसहरूले यसलाई अलिकति पनि बुझ्दैनन्। कतिपय मानिसहरू यसले मेरो राज्यलाई जनाउँछ भन्‍ने सोच्छन्; कतिपय मानिसहरू यसले म जुन व्यक्ति हुँ त्यसलाई जनाउँछ भन्‍ने सोच्छन्; कतिपय मानिसहरू यसले नयाँ स्वर्ग र पृथ्वीलाई जनाउँछ भन्‍ने सोच्छन्; र कतिपय मानिसहरूले यो मैले यस संसारलाई नष्ट गरेपछि आउने नयाँ संसार हो भन्‍ने सोच्छन्। व्यक्तिको मन अत्यन्तै जटिल र प्रचुर कल्पना गर्न सक्षम भए पनि, तिनीहरूले अझ पनि यसको बारेमा केही पनि बुझ्‍न सक्दैनन्। युगहरूभरि मानिसहरूले यस शब्दको साँचो अर्थ जान्‍ने वा देख्‍ने आशा राखिरहेका छन्, तर तिनीहरूले आफ्ना इच्छा पूरा गर्न सकेका छैनन्—तिनीहरू सबै आफ्ना आकांक्षाहरू पछाडि छोडेर निराश भएका छन् र मरेका छन्; मेरो समय नआइपुगेको कारण, मैले कसैलाई पनि सजिलै बताउन सकिनँ। मेरो काम यस चरणसम्म गरिसकिएको हुनाले, म तिमीहरूलाई सबै थोक बताउँछु। नयाँ येरुशलेममा यी चार कुराहरू पर्छन्: मेरो क्रोध, मेरा प्रशासनिक आदेशहरू, मेरो राज्य र मैले मेरा ज्येष्ठ पुत्रहरूलाई दिने अन्तहीन आशिष्‌हरू। यी चार भागहरू लुकाइएका हुनाले न “नयाँ” भन्‍ने शब्दको प्रयोग गर्छु। कसैले पनि मेरो क्रोधको बारेमा थाहा नपाएको, मेरा प्रशासनिक आदेशहरू कसैले पनि थाहा नपाएको र कसैले पनि मेरा आशिष्‌हरूको आनन्द नउठाएको कारण “नयाँ” भन्‍ने शब्दले लुकाइएको कुरालाई जनाउँछ। मैले भनेका कुराहरू कसैले पनि पूर्ण रूपमा बुझ्‍न सक्दैन, किनकि नयाँ यरूशलेम पृथ्वीमा झरेको छ, तर कसैले पनि नयाँ यरूशलेमको वास्तविकतालाई व्यक्तिगत रूपमा अनुभव गरेको छैन। मैले यसको बारेमा जति नै पूर्ण रूपमा बोले तापनि, मानिसहरूले पूर्ण रूपमा बुझ्‍नेछैनन्। यदि कसैले बुझ्यो भने पनि यो बुझाइ तिनीहरूका शब्दहरू, तिनीहरूका मन र तिनीहरूका धारणाहरू मात्रै हुन्। यो अपरिहार्य प्रवृत्ति हो; अगाडि बढ्ने बाटो यही मात्रै हो र कसैले पनि आफूलाई छुटाउन सक्दैन।

अघिल्लो: अध्याय १११

अर्को: अध्याय ११३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्