काम र प्रवेश (५)

आज तिमीहरू सबैलाई थाहा छ, कि परमेश्‍वरले मानिसलाई जीवनको सही मार्गमा डोऱ्याउँदै हुनुहुन्छ, उहाँले मानिसलाई अर्को युगमा कदम चाल्‍न अगुवाइ गरिरहनुभएको छ, उहाँले मानिसलाई यो अन्धकारको पुरानो युगदेखि अझ उता, शरीरदेखि बाहिर, अन्धकारको शक्तिहरूको थिचोमिचो र शैतानको प्रभावबाट टाढा लैजाँदैहुनुहुन्छ, यसैले कि प्रत्येक व्यक्ति स्वतन्त्रताको संसारमा जिउन सकोस्। सुन्दर भोलिको खातिर, र मानिसहरू उनीहरूका भोलिका पाइलाहरूमा अझ साहसी हुन सकून् भनेर, परमेश्‍वरका आत्माले मानिसका लागि सबै कुराको योजना बनाउनुहुन्छ, र मानिसले अझ बढी आनन्द पाओस् भनेर परमेश्‍वरले देहमा आफ्ना सबै प्रयासहरू मानिसको अगाडिको बाटो तयारी गर्नुमा लगाउनुहुन्छ, र त्यसरी मानिसले अति नै चाहना गरेको त्यो दिन चाँडै ल्याउने कार्य गर्नुहुन्छ। यस्तो हुन्छ कि तिमीहरू सबैले यो सुन्दर क्षणलाई मनमा राख्छौ; परमेश्‍वरसँग एकसाथ आउनु कुनै सजिलो काम होइन। तिमीहरूले उहाँलाई कहिल्यै नचिनेको भए पनि, तिमीहरू लामो समयदेखि उहाँको साथमा छौ। यदि सबैले यी सुन्दर तर क्षणिक दिनहरू सदाका लागि सम्झन सके त, अनि ती कुराहरूलाई पृथ्वीमा उनीहरूको प्यारो सम्पत्ति बनाउन सके त हुन्थ्यो! परमेश्‍वरको काम लामो समयदेखि मानिसलाई प्रकट गरिएको छ—तर मानिसहरूका हृदयहरू अति जटिल भएकाले, र उनीहरूमा त्यसप्रति कहिल्यै कुनै चासो नभएकोले, परमेश्‍वरको काम त्यसको मूल जगमा नै रोकिएको छ। यस्तो लाग्छ, कि उनीहरूका विचार, धारणा र मानसिक दृष्टिकोण, पुरानै रहन्छ, यहाँसम्म कि उनीहरूमध्ये धेरै जनाको मानसिक दृष्टिकोण प्राचीन समयको आदिम मानिसहरूको जस्तो छ, र अलिकति पनि परिवर्तन भएको छैन। फलस्वरूप, मानिसहरू अझै पनि परमेश्‍वरले गर्नुहुने कामको बारेमा अलमल्ल पर्छन् र अस्पष्ट हुन्छन्। उनीहरू आफूले गर्नुपर्ने र उनीहरू कुन कुराभित्र प्रवेश गर्नुपर्छ भन्ने बारेमा अझ बढी अस्पष्ट हुन्छन्। यी कुराहरूले परमेश्‍वरको काममा ठूलठूला कठिनाइहरू ल्याउँदछ र मानिसहरूको जीवनलाई अगाडि बढ्नबाट रोक्दछ। मानिसको सार र उनीहरूका कम क्षमताको कारण, उनीहरू आधारभूत रूपमा नै परमेश्‍वरको कामलाई बुझ्न असमर्थ हुन्छन्, र यी कुराहरूलाई कहिल्यै महत्त्वपूर्ण ठान्दैनन्। यदि तिमीहरू आफ्नो जीवनमा प्रगति गर्न चाहन्छौ भने तिमीहरूले आफ्नो अस्तित्वका कुराहरूमा ध्यान दिन थाल्नु पर्दछ, जीवनमा तिमीहरूको प्रवेशलाई नियन्त्रण गर्न ती प्रत्येक कुरा राम्ररी बुझ्नुपर्छ, तिमीहरू प्रत्येकको हृदय पूर्ण रूपमा रूपान्तरण गर्नुपर्छ, र तिमीहरूका हृदयभित्रको रित्तोपनका समस्याहरू र तिमीहरूलाई कष्ट दिने त्यो बासी र डरलाग्दो अस्तित्वको समाधान गर्नुपर्छ, यसरी तिमीहरू प्रत्येक भित्रदेखि बाहिरसम्म नवीकरण हुन सक्नेछौ र उच्च पारिएको, मानव अनुभवभन्दा परको र स्वतन्त्र जीवनको साँच्चै आनन्द उठाउन सक्नेछौ। यसको उद्देश्य तिमीहरू प्रत्येक जीवित हुन सक, तिमीहरूका आत्मामा पुनर्जीवित हुन सक र एक जीवित प्राणीको स्वरूप धारण गर्न सक भन्ने हो। तिमीहरू जुन-जुन दाजुभाइ, दिदी-बहिनीहरूको सम्पर्कमा आउँछौ उनीहरूमध्ये जीवन्त र ताजा व्यक्तिहरू बिरलै हुन्छन्। उनीहरू सबै प्राचीन बाँदरहरू झैँ सरल मनका र मूर्ख छन्, स्पष्ट रूपमा उनीहरूको विकास हुने कुनै सम्भावना हुँदैन। त्योभन्दा पनि अझ नराम्रो कुरा, मेरो सम्पर्कमा आएका दाजुभाइ, दिदी-बहिनीहरू पहाडहुँदो बस्ने असभ्य मानिसहरूझैँ अशिष्ट र अभद्र भएका छन्। उनीहरू शिष्टाचारको बारेमा त्यत्ति जान्दैनन्, व्यवहार कसरी गर्नुपर्छ भन्ने आधारभूत कुराहरू त झन् परको कुरा भइहाल्यो। धेरै जवान बहिनीहरू छन्, जो बुद्धिमती र सभ्य देखिए पनि, र फूलजस्तो सुन्दर भए पनि, उनीहरू अझै पनि “वैकल्पिक” फेसनमा संलग्‍न हुन्छन्। एउटी बहिनीको[क] कपालले उनको सम्पूर्ण अनुहार छोप्छ, उनका आँखाहरू केही पनि देखिँदैन। उनको अनुहारका विशेषताहरू सफा र सदाचारी भए तापनि, उनको केशको शैली अनाकर्षक हुन्छ, जसले व्यक्तिलाई अनौठो अनुभव गराउँछ, मानौं कि ऊ एक किशोर नजरबन्द केन्द्रकी एक नम्बरकी अपराधी हुन्। पानीभित्रको मोतीजस्तो सफा र चम्किला उसका आँखाहरूले उसका कपडा र केशको शैलीलाई सन्तुलित बनाउँछन्, ती घोर अन्धकार रातमा अचानक देखिएको लालटिनको जोडी जस्तो देखिन्छ, जसले रोकिँदै आँखा नै अन्धो बनाउने चमक छर्छ, त्यसले मानिसहरूका हृदयलाई भयभीत बनाउँछ, र पनि उनी जानाजानी कसैबाट लुकिरहेकी छिन् जस्तो देखिन्छे। जब म उनलाई भेट्छु, उनी सधैँ “दृश्य” बाट पन्सिने उपायहरू बनाइरहेकी हुन्छे, मानौं भर्खरै कसैको हत्या गरेर, र पक्रा परुँला कि भनी साह्रै डराएको र निरन्तर छल्दै हिँडिरहेको हत्याराजस्तो; यसैले उनी ती काला अफ्रिकीहरू[१] जस्तो गर्छिन् जो पुस्तौं-पुस्तादेखि दासहरूका रूपमा रहेर अरूको अगाडि कहिल्यै आफ्नो शिर उठाउन सक्दैनन्। व्यवहारहरूको यस क्रममा यी मानिसहरूले जुन प्रकारले वस्‍त्र लाउँछन् र आफ्‍नो शृङ्गार गर्छन् त्यसमा सुधार गर्नका लागि धेरै महिना काम गर्नुपर्ने हुन्छ।

हजारौं वर्षदेखि चिनियाँ जनताले दासको जीवन जिइरहेका छन् र यसले उनीहरूको विचार, धारणा, जीवन, भाषा, व्यवहार र कार्यहरूलाई यति सीमित बनाएको छ कि उनीहरूलाई अलिकति पनि स्वतन्त्रता नदिई छाडिएको छ। इतिहासका हजारौं वर्षले महत्त्वपूर्ण मानिसहरूलाई आत्माको अधीनमा पारेको छ र आत्माविनाको लासजस्तो बनाएको छ। धेरै जना यस्ता छन् जो शैतानको हत्या गर्ने छुरीमुनि जिउँछन्, धेरै जना यस्ता छन् जो जङ्गली पशुहरूका गुफाजस्ता घरहरूमा बस्छन्, धेरै जना त्यस्ता छन् जसले गोरु वा घोडाहरूले खाने खाना खान्छन्, र धेरै यस्ता मानिसहरू छन् जो झूटो बोल्छन्, “पातालमा” संवेदनाहीन र लथालिङ्ग छन्। बाहिरी रूप-रङ्गमा मानिसहरू आदिम मानिसभन्दा फरक छैनन्, उनीहरूको विश्राम गर्ने स्थान नरकजस्तै छन्, र साथीहरूको रूपमा उनीहरू चारैतिरबाट हरप्रकारका फोहोरी भूतात्माहरू र दुष्टात्माद्वारा घेरिएका छन्। बाहिरपट्टि, मानिस उच्च कोटीका “प्राणीहरू” जस्तो देखिन्छ; वास्तवमा उनीहरू फोहोर भूतात्माहरूसँग बाँचिरहेका र बसिरहेका छन्। उनीहरूलाई हेरचाह गर्ने कोही नभएकोले मानिसहरू शैतानको ढुक्ने ठाउँमा बस्छन्, भाग्ने कुनै बाटो नभएकोले त्यसको कठिन पासोमा पर्छन्। उनीहरू आफ्ना प्रियजनहरूसँग आरामदायी घरमा भेला हुन्छन् र खुसी र सन्तुष्ट जीवन बिताउँछन् भन्नुको साटो, मानिस भूतात्माहरूको सामना गर्दै र शैतानहरूसँग हेलमेल गर्दै पातालमा बस्दछ भनेर भन्न सकिन्छ। वास्तवमा, मानिसहरू अझै पनि शैतानको बन्धनमा छन्, उनीहरू त्यहाँ बस्छन् जहाँ फोहोर भूतात्माहरू भेला हुन्छन्, र उनीहरू फोहोर भूतात्माहरूद्वारा गलत प्रकारले नियन्त्रित हुन्छन्, मानौं उनीहरूका ओछ्यानहरू उनीहरूका लासहरूलाई निद्रामा पार्ने ठाउँ हुन्, मानौं ती आरामदायी गुँड हुन्। उनीहरूको घरभित्र प्रवेश गर्दा, आँगन चिसो र एकान्त हुन्छ, चिसो हावा सुसेली हाल्दै सुक्खा हाँगाहरू भएर बग्छ। “बस्ने ठाउँ” को ढोका खोल्दा त्यो कोठा पूरै कालो हुन्छ—हात फैलाउँदा पनि आफ्ना औँलाहरू देख्न सकिँदैन। ढोकाको चिराबाट केही प्रकाश छिर्छ, जसले कोठालाई झन् अँध्यारो र डरलाग्दो बनाउँछ। समय-समयमा, मुसाहरूले अनौठो चीँचीँ आवाज निकाल्छन्, मानौं ती रमाउँदैछन्। कोठाभित्रका सबै कुरा घृणास्पद र डरलाग्दा हुन्छन्, भर्खरै मुर्दा बाकसमा हालिएको व्यक्तिले ओगटेको जस्तो। त्यो कोठामा भएको ओछ्यान, सिरकहरू, र साधारण सानो कोठा सबै धूलोले ढाकिएका हुन्छन्, भुइँमा धेरै साना स्टुलहरू छन् जसका खुट्टाहरू नाङ्गा र हल्लिरहेका छन् र माकुरोका जालहरू भित्ताहरूमा झुण्डिएका हुन्छन्। टेबलमा एउटा ऐना हुन्छ, त्यसको छेउमा काठको काँगियो हुन्छ। ऐनातर्फ बढ्दै तँ एउटा मैनबत्ती उठाउँछस् र त्यसलाई जलाउँछस्। तँ त्यो ऐना धूलोले छोपिएको देख्छस्, जसले मानिसहरूका प्रतिबिम्बहरूमा[ख] एक किसिमको “श्रृंगार” दिन्छ, यसैले उनीहरू भर्खरै चिहानबाट बाहिर आएका जस्ता देखिन्छन्। काँगियो केशहरूले भरिएको हुन्छ। यी सबै थोकहरू पुरानो र मैला हुन्छन्, र यस्तो लाग्छ कि ती भर्खरै मरेको व्यक्तिले प्रयोग गर्ने गर्थ्यो। काँगियो हेर्दा, छेउमा लास राखिएको हुन सक्ने महसुस हुन्छ। काँगियोका केशहरूमा रक्त-संचार नभएकोले तिनमा मृतकको गन्ध हुन्छ। ढोकाको चिराबाट चिसो बतास भित्र पस्दछ, मानौं एउटा भूत चिराबाट जबरजस्ती पस्दैछ र कोठामा बस्न आउँदैछ। कोठाभरि एक दमनकारी ठन्डा छ, र अचानक, सडिरहेको लासको दुर्गन्ध आउँछ, र यति बेला पर्खालहरूमा झुण्डिएका छ्यासमिस थोकहरू छन्, ओछ्यानमा अस्तव्यस्त बिछ्यौना फोहोर र दुर्गन्धित छ, कुनामा अन्न छ, कोठा धूलोले ढाकिएको छ, भुइँ घाँसहरू र फोहोर र अन्य कुराले ढाकिएको छ भन्‍ने देखिन्छ—मानौं ती अगाडि लर्खराउँदै, दाँत किट्दै र हावामा नङ्ग्राले चिथोर्दै भर्खरै मरेको व्यक्तिले प्रयोग गरेका हुन्। यो तँलाई कम्प छुटाउनका निम्ति पर्याप्त हुन्छ। त्यो कोठामा कहीँ पनि जीवनको सङ्केत हुँदैन, परमेश्‍वरले भन्‍नुभएझैँ पाताल र नरक जस्तो सबै अन्धकार र भिजेको हुन्छ। यो मानिसको चिहान जस्तै छ, रङ्ग-रोगन नगरिएका कोठा, स्टुलहरू, झ्यालका चौखटहरू र ढोकाहरू शोकको पोसाकमा छन् र मृत व्यक्तिलाई मौन श्रद्धाञ्जली अर्पण गर्दैछन्। मानिस धेरै दशक वा धेरै शताब्दीदेखि वा केही सहस्राब्दीदेखि यस पातालमा जिइरहेको छ, चाँडै बाहिर जान्छ र ढिलो फर्कन्छ। उनीहरू पहिलो प्रकाशमा आफ्नो “चिहान” बाट देखा पर्दछन्, जब भालेहरू बासिरहेका हुन्छन्, र माथि आकाशतिर हेरेर र भूमिमा हेरेर, उनीहरूले आफ्नो दिनका गतिविधिहरू सुरु गर्छन्। जब सूर्य पहाडहरूको पछाडि खस्छ, उनीहरू आफ्नो थकित शरीरलाई फेरि घिसारेर “चिहान” मा लान्छन्; उनीहरूले आफ्नो पेट भरेको समयसम्म साँझ परिसकेको हुन्छ। अनि यसरी भोलि फेरि “चिहान” छोड्ने तयारी गरिसकेपछि, उनीहरूले बत्ती निभाउँछन्, जसले आगोको धिपधिप गर्ने चमक निकाल्छ। यस समयमा, चन्द्रमाको मुनि हरेक कुनामा देख्न सकिने डाँडोहरू जस्तै फैलिएका चिहानका थुप्रोहरू मात्र देख्न सकिन्छ। ती “चिहानहरू” भित्रबाट कहिलेकहीँ घुरेको आवाज निस्कन्छ, त्यो बढ्छ र घट्छ। सबै मानिसहरू तुरुन्तै मस्त निदाउँछन्, र फोहोरी भूतात्माहरू र प्रेतहरू सबै पनि शान्तिपूर्वक विश्राम गरिरहेका देखिन्छन्। बेला-बेलामा टाढा कागहरू कराउँदै गरेको सुनिन्छ—शान्त र मौन रातमा यस्ता उदास आवाजहरू तेरो मेरुदण्डलाई कपाउन र तेरो कपाल ठाडो पार्न पर्याप्त हुन्छन्…। मानिसले मर्ने र फेरि जन्मने यस्तो परिस्थितिमा कति वर्ष बिताएको छ भनी कसले भन्न सक्छ र; उनीहरू मानिसहरू र पिसाचहरू हेलमेल गरेर बस्‍ने त्यो मानव संसारमा बसेको कति भएको छ कसलाई के थाहा, र त्यति मात्र कहाँ हो र, उनीहरूले कति पटक संसारलाई बिदाइ दिएका छन् भन्‍ने कसलाई के थाहा। पृथ्वीको यस नरकमा मानिसहरू सुखमय जीवन बिताउँछन्, मानौं उनीहरूसित गुनासोको एउटै पनि शब्द छैन, किनकि उनीहरू लामो समयदेखि पातालको जीवनसँग अभ्यस्त भइसकेका छन्। अनि त्यसरी नै मानिसहरू फोहोर भूतात्माहरू बस्ने यो ठाउँसँग मोहित छन्, मानौं ती फोहोरी भूतात्माहरू उनीहरूका साथी र सहपाठीहरू हुन्, मानौं मानिसको संसार गुन्डाहरूको समूह[२] हो—किनकि मानिसको मूल अस्तित्व धेरै लामो समयदेखि गुप्त रूपले हराएको छ, कुनै सङ्केत नछोडी त्यो विलुप्त भएको छ। मानिसहरूको रूपरङ्ग एक फोहोर भूतात्माको जस्तो छ; त्योभन्दा बढी, उनीहरूका कार्यहरू फोहोरी भूतात्माहरूद्वारा प्रभावित हुन्छन्। आज, उनीहरू फोहोरी भूतात्माहरूभन्दा फरक देखिँदैनन्, मानौं उनीहरू फोहोरी भूतात्माहरूबाट जन्मेका हुन्। यसबाहेक, मानिसहरूले आफ्ना पितापुर्खाहरूलाई धेरै प्रेम र समर्थन गर्छन्। मानिस लामो समयदेखि शैतानद्वारा पेलिएको छ र उनीहरू पहाडका बाँदरहरू जस्तै भएका छन् भन्‍ने कसैलाई थाहा छैन। उनीहरूको राता-राता आँखाहरूमा बिन्तीभावको हेराइ हुन्छ, अनि उनीहरूबाट चम्कने मधुरो ज्योतिमा फोहोरी भूतात्माको हानिकारक द्वेषको मन्द सङ्केत चम्कन्छ। उनीहरूका अनुहार चाउरीले ढाकिएको हुन्छ, धूपीको बोक्राजस्तै चिरा परेको हुन्छ, उनीहरूका मुख बाहिरपट्टि फैलिएको हुन्छ, मानौं त्यो शैतानले बनाएको हो, उनीहरूका कानहरू भित्र र बाहिर फोहोरले ढाकिएका हुन्छन्, र उनीहरूका ढाड कुप्रेका हुन्छन्, उनीहरूका खुट्टाहरूले उनीहरूको शरीरको भार उठाउन संघर्ष गर्छन्, र उनीहरूका हड्डीसरिका पाखुराहरू ताल मिलाएर अगि-पछि हुन्छन्। मानौं उनीहरू छाला र हड्डीबाहेक अरू केही होइनन्, तर उनीहरू पहाडको भालु जत्तिकै मोटा पनि छन्। भित्रदेखि बाहिरसम्म, उनीहरू प्राचीन कालदेखिको बाँदरजस्तो तयार र पोसाक लगाएका छन्—मानौं, आज, बाँदरहरू पूर्ण रूपमा, आधुनिक मानिसको आकारमा विकसित हुन[३] सकेका छैनन्, यसैले उनीहरू पछौटे छन्!

मानिस पशुहरू सँगसँगै बस्दछ, र उनीहरू विवाद र मौखिक असहमति प्रकट नगरी मिलेर बस्छन्। मानिस आफूले गरेको पशुहरूको हेरचाह र वास्तामा असन्तुष्ट छ, र पशुहरू मानिसलाई जीवित राख्नका निम्ति, स्पष्ट रूपमा मानिसको फाइदाका लागि अस्तित्वमा छन्, त्यसमा उनीहरूलाई कुनै फाइदा हुँदैन अनि तिनीहरू मानिसप्रति पूर्ण र सम्पूर्ण आज्ञाकारीतामा बस्छन्। देख्‍न सकिने सबै हिसाबमा, मानिस र पशुबीचको सम्बन्ध नजिक[४] र मेलमिलापमा[५] छ—अनि यस्तो लाग्छ कि फोहोरी भूतात्माहरू मानिस र पशुको सही मिश्रण हो। यसैले मानिस र पृथ्वीमा भएका फोहोर भूतात्माहरू अझ घनिष्ठ र अभिन्न छन्: फोहोर भूतात्माहरूबाट अलग भए पनि मानिस उनीहरूसँग सम्बन्धित हुन्छ, यसै बीचमा, ती फोहोर दुष्ट भूतात्माहरूले मानिसबाट कुनै पनि कुरा रोकेर राख्दैनन् र आफूसँग भएका सबै कुरालाई उनीहरूका निम्ति “समर्पित” गर्छन्। दिनहुँ मानिसहरू “नरकको राजा” (उनीहरूका पुर्खा) को साथमा आनन्दले रमाउँदै “नरकको राजाको महलमा” खुसीले उफ्रन्छन् र त्यसको चालबाजीमा परिरहेका हुन्छन्, यसैले आज मानिसहरू गम्भीर अवस्थामा फसेका छन्, र पातालमा त्यति धेरै समय बिताएपछि, तिनीहरूले “जीवितहरूको संसारमा” मा फर्कने इच्छा गर्न छोडिसकेका छन्। यसैले, उनीहरूले उज्यालो देख्ने बित्तिकै, र परमेश्‍वरका मागहरू र परमेश्‍वरको चरित्र, र उहाँको कामका मागहरू देख्‍ने बित्तिकै, उनीहरू डराउँछन् र चिन्तित बन्छन्, तापनि अझै पातालमा फर्कने र प्रेतहरूको साथमा बस्ने तिर्सना गर्दछन्। उनीहरूले धेरै पहिले नै परमेश्‍वरलाई बिर्से, र त्यसैले उनीहरू सधैँ चिहानमा भौतारिरहेका छन्। जब म एक व्यक्तिलाई भेट्छु, म उसँग कुरा गर्न खोज्छु, तब मात्र म मेरो सामुन्ने उभिरहेको व्यक्ति बिलकुलै मानव होइन भन्‍ने पत्ता लगाउँछु। उनको कपाल लथालिङ्ग हुन्छ, उनको अनुहार फोहोर, र उनको दन्ते मुस्कानमा ब्वाँसोको जस्तै केही कुरा हुन्छ। यसैले पनि तिनमा भर्खरै चिहानबाट निस्केर जीवितहरूको संसारको मानिसलाई हेर्ने प्रेतको अनौठोपन भए जस्तो देखिन्छ। यस व्यक्तिले सधैँ उसका ओठहरूमा मुस्कान ल्याउने कोसिस गर्छिन्; यो धूर्त र कुटिल दुवै देखिन्छ। जब तिनी मसँग मुस्कुराउँछे, यस्तो लाग्छ, कि तिनी केही भन्न चाहन्छिन् तर शब्दहरू भेट्टाउन सक्दिनन्, त्यसैले उनले गर्न सक्ने भनेको एक छेउमा भाव शून्य र मूर्ख भएर खडा हुनु मात्र हो। पछाडिबाट हेर्दा, उसले “चिनियाँ श्रमिकहरूका शक्तिशाली छवि” प्रस्तुत गरेकी जस्तो देखिन्छ; मानिसहरूले कुरा गर्ने प्राचीनका विख्यात यान हुआङ/यान वाङगका सन्तानहरूको[ग] छवि स्मरण गर्दा यस्ता क्षणहरूमा उनी अझ बढी घृणित देखिन्छे। जब म उनलाई प्रश्न गर्छु, उनले चुपचाप आफ्नो टाउको निहुराउँछिन्। जबाफ दिन उनलाई धेरै समय लाग्छ, र उनले त्यसो गर्दा उनले आफ्ना भावनाहरू व्यक्त गर्न सक्दिन। उनले आफ्ना हातहरू स्थिर राख्न सक्दिन, र बिरालोले जस्तै आफ्ना दुई औँलाहरू चुस्छे। अब मात्र म बुझ्छु कि मानिसका हातहरू भर्खरै फोहोर मैला उठाएको जस्तो देखिन्छ, फोहोर नङहरूको यति धेरै रङ्ग उडेको छ, कि ती सेता हुनुपर्छ भनी कसैलाई थाहा हुँदैन, “पातला” नङहरू बाक्लो फोहोरले ढाकेको हुन्छ। योभन्दा पनि अझ घिनलाग्दो कुरा त, उनीहरूको हातको पछाडिको भाग कुखुराको छाला जस्तो देखिन्छ, जुन उप्किएको हुन्छ। उनीहरूको हातमा भएका रेखाहरू सबै रगतको मूल्य र मानव श्रमको पसीनाले व्याप्त हुन्छन्, ती प्रत्येकभित्र केही यस्तो थोक हुन्छ जुन फोहोर जस्तो देखिन्छ, “माटोको सुगन्ध” निकाल्छ, जसले मानिसको दुःखको आत्माको बहुमूल्यता र प्रशंसाको उत्तम प्रतिनिधित्व गर्छ—यसैले दुःखको यो आत्मा मानिसका हातमा भएका प्रत्येक रेखामा गहिरो रूपमा गाडिएको छ। शिरदेखि पैतालासम्म, मानिसले लगाउने लुगाफाटो पशुको भुत्लाजस्तो देखिँदैन, तर उनीहरूले त्यो थोरै मात्र जान्दछन्, तापनि उनीहरू यति धेरै “आदरणीय” छन्, कि उनीहरूको मूल्य वास्तवमा स्यालको भुत्लाभन्दा कम छ—मयूरको एउटा प्वाँखभन्दा पनि कम, किनकि उनीहरूको लुगाले लामो समयदेखि उनीहरूलाई यति कुरूप बनाएको छ कि उनीहरू सुँगुर र कुकुरभन्दा पनि घिनलाग्दा देखिन्छन्। उसको अपर्याप्त कपडा उसको पछाडि पिठिउँमा आधा झुन्डेको छ, र उसका सुरुवाल खुट्टाहरूले—कुखुराको आन्द्रा जस्तै—उसको कुरूपतालाई सूर्यको उज्यालोमा पूर्ण रूपमा प्रकट गर्दछ। ती छोटा र कसिला छन्, मानौं उसका खुट्टाहरू लामो समयदेखि बाँधिएका छैनन् भनी देखाउन ती लगाइएको हो: ती ठूला खुट्टाहरू हुन्, पुरानो समाजको “तीन इन्च सुनौलो कमलहरू” भन्दा लामो छैनन्। यस व्यक्तिको पहिरन धेरै पश्चिमी शैलीको छ, तर धेरै सस्तो पनि छ। जब म उनलाई भेट्छु, उनी सधैँ लजालु हुन्छे, उनको अनुहार रातोपिरो हुन्छ, र उनले आफ्नो टाउको उठाउन सक्दिनन्, मानौं उनलाई फोहोर भूतात्माहरूले थिचेका छन्, र उनले मानिसहरूको अगि आएर आफ्नो अनुहार देखाउन सक्दिनन्। धूलोले मानिसको अनुहारलाई ढाक्छ। आकाशबाट झरेको यो धूलो मानिसको अनुहारमा अनुचित ढङ्गले खसेको जस्तो देखिन्छ, जसले त्यसलाई भँगेराको भुवाझैं देखिने बनाउँछ। मानिसको आँखा पनि भँगेराको जस्तै हो: सानो र सुक्खा, कुनै चमक नभएको। जब मानिसहरू बोल्छन्, उनीहरूको बोलीवचन आदत स्वरूप रोकिने र कपटी, घृणित र अरूलाई अरुचिकर हुने हुन्छ। तापनि धेरै जनाले त्यस्ता मानिसहरूलाई “राष्ट्रका प्रतिनिधिहरू” भनी प्रशंसा गर्छन्। के यो ठट्टा होइन र? परमेश्‍वर मानिसहरूलाई परिवर्तन गर्न, मुक्ति दिन, उनीहरूलाई मृत्युको चिहानबाट उद्धार गर्न चाहनुहुन्छ, यसैले कि उनीहरू पाताल र नरकमा जिउने जीवनबाट उम्कन सकून्।

फूटनोटहरू:

१. “काला अफ्रिकीहरू” भनेको काला मानिसहरू हुन् जसलाई परमेश्‍वरले सराप्नुभएको थियो, जो पुस्तौंपुस्तादेखि दास थिए।

२. “गुन्डाहरूको समूह” ले मानवजातिको भ्रष्टतालाई र कसरी मानवजातिको बीचमा कुनै पवित्र मानव छैनन् भन्‍ने तथ्यलाई जनाउँछ।

३. “विकसित हुन” ले बाँदरहरू आजका मानिसहरूको स्वरूपमा “क्रमिक विकास” भएर आएकोलाई जनाउँछ। यहाँ यसलाई व्यङ्ग्यपूर्ण रूपमा प्रयोग गरिएको छ: वास्तवमा प्राचीन बाँदरहरू सोझो हिँड्ने मानव प्राणीमा रूपान्तरण भएको भन्ने त्यस्तो कुनै सिद्धान्त छैन।

४. “नजिक” भन्‍ने शब्‍द गिल्लाको भावमा प्रयोग गरिएको हो।

५. “मेलमिलापमा” भन्‍ने शब्‍द गिल्लाको भावमा प्रयोग गरिएको हो।

क. मूल पाठमा “उनको” भनेर पढिन्छ।

ख. मूल पाठमा “मानिसहरूको अनुहार” भनेर पढिन्छ।

ग. “यान” र “हुआङ” दुई पौराणिक सम्राटहरूका नाउँहरू हुन् जो चीनको पहिलो संस्कृति प्रदान गर्नेहरूमध्येका थिए। “यान वाङ” भन्‍ने नाम “नरकको राजा” अर्थ दिने चिनियाँ नाउँ हो। मन्डारिन भाषामा “यान हुआङ” र “यान वाङ” को उच्चारण लगभग एकै प्रकारको हुन्छ।

अघिल्लो: काम र प्रवेश (१०)

अर्को: विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्

सबै मानिस येशूको साँचो मुहार हेर्न चाहन्छन्, र सबै जना उहाँसँग हुन चाहन्छन्। कुनै दाजुभाइ वा दिदी-बहिनीले हामी येशूलाई हेर्न वा उहाँसँग हुन...

परिशिष्ट: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

प्रभु येशू ख्रीष्टलाई पछ्याउने अरूहरू करोडौँले जस्तै, हामी बाइबलका नियमहरू र आज्ञाहरूलाई पालन गर्छौं, प्रभु येशू ख्रीष्टको प्रशस्त...

परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ

परमेश्‍वर अहिले मानिसहरूको एउटा निश्चित समूहलाई प्राप्त गर्न चाहनुहुन्छ, यस्ता मानिसहरूको एउटा यस्तो झुन्ड जो उहाँसँग सहकार्य गर्न मेहनत...

अध्याय ५

पर्वत र नदीहरू परिवर्तन हुन्छन्, जल आफ्नै मार्गमा बहन्छ, र मानिसको जीवन धर्ती र आकाश झैँ निरन्तर रहँदैन। केवल सर्वशक्तिमान परमेश्‍वर नै...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्