अध्याय ४२

सर्वशक्तिमान् परमेश्‍वरका कामहरू महान् छन्! कति उदेकको! कति अद्भुत! सात वटा तुरहीहरू बज्छन्, सात वटा गर्जनहरू बाहिर निस्कन्छन् अनि सात वटा कचौराहरू खन्याइन्छन्—यिनलाई तुरुन्तै खुल्लमखुल्ला प्रकट गरिनेछन्, र कुनै शङ्का हुन सक्दैन। परमेश्‍वरको प्रेम दिनहुँ हामीकहाँ आउँदछ। सर्वशक्तिमान् परमेश्‍वरले मात्रै हामीलाई बचाउन सक्नुहुन्छ; हामीले दुर्भाग्यको सामना गर्छौं कि आशिषको सामना गर्छौं भन्‍ने कुरा पूर्ण रूपले उहाँमै निर्भर रहन्छ, अनि हामी मानवजातिको यसमा निर्णय गर्ने कुनै उपाय छैन। सम्पूर्ण हृदयले आफैलाई अर्पण गर्नेहरूले निश्चय नै प्रशस्त आशिषहरू प्राप्त गर्नेछन्, जबकि आफ्नो जीवन बचाउन खोज्‍नेहरूले आफ्नो जीवन मात्रै गुमाउनेछन्; सबै कुराहरू र सबै मामलाहरू सर्वशक्तिमान् परमेश्‍वरको हातमा छन्। अब उपरान्त तेरा कदमहरूलाई नरोक्। स्वर्ग र पृथ्वीमा विशाल परिवर्तन आउँदैछ जसबाट मानिस लुक्‍न सक्दैन। उसको निम्ति तीतो पीडामा विलाप गर्ने बाहेक अरू कुनै विकल्‍प हुनेछैन। पवित्र आत्माले आज गरिरहनुभएको कामलाई पछ्याऊ। उहाँको काम अघि बढेको कदमको बारेमा कसैले याद दिलाउन आवश्यक नपर्ने गरी तँ आफैभित्र स्पष्ट हुनुपर्छ। अब सर्वशक्तिमान् परमेश्‍वरको उपस्थितिमा तँ जति चोटि सक्छस् त्यति चोटि फर्की। सबै कुराको निम्ति उहाँलाई नै अनुरोध गर्। उहाँले निश्चय नै तँलाई भित्रैबाट अन्तर्दृष्टि दिनुहुनेछ अनि संकटकालीन क्षणहरूमा, उहाँले तँलाई सुरक्षा दिनुहुनेछ। नडरा! उहाँले तेरो सम्पूर्णतालाई अधिकार गरिसक्नुभएको छ। उहाँको सुरक्षा र उहाँको वास्ता छ भने, तेरो निम्ति डराउने के कुरा हुन्छ र? आज परमेश्‍वरको इच्छाको नतिजा नजिकै छ, र भयभीत हुन्छ, त्यसले गुमाउने सम्भावना हुन्छ। मैले तँलाई जे भनिरहेको छु, त्यो सत्यता हो। तेरा आत्मिक आँखाहरू खोल्: स्वर्ग एकै क्षणमा परिवर्तन हुनसक्छ, तर तैँले केको डर मान्‍नुपर्छ र? उहाँको हातको थोरै चालले, स्वर्ग र पृथ्वी पूर्ण रूपले तुरुन्तै नष्ट हुन्छन्। त्यसैकारण, व्यर्थको चिन्ता गरेर मानिसलाई के लाभ हुन्छ र? के सबै कुरा परमेश्‍वरको हातमा छैन र? यदि उहाँले स्वर्ग र पृथ्वीलाई परिवर्तन हुन आज्ञा गर्नुभयो भने ती परिवर्तन हुनेछन्। यदि उहाँले हामी पूर्ण बनाइनुपर्छ भनी भन्नुभयो भने, हामी पूर्ण बनाइनेछौं। मानिसले चिन्ता गर्न आवश्यक छैन, तर शान्त भई अघि बढ्नुपर्छ। तथापि, तैँले जति सक्छस् त्यति ध्यान दे र सतर्क हो। स्वर्ग एकै क्षणमा परिवर्तन हुनसक्छ! मानिसले आफ्नो नाङ्गो आँखा जतिसुकै चौडा खोल्न सके पनि, उसले केही पनि देख्न सक्नेछैन। अहिले जागा रहो। परमेश्‍वरको इच्छा पूरा भएको छ, उहाँको परियोजना पूर्ण भइसकेको छ, उहाँको योजना सफल भएको छ, अनि उहाँका पुत्रहरू सबै उहाँको सिंहासनमा पुगिसकेका छन्। तिनीहरू एकसाथ सर्वशक्तिमान् परमेश्‍वरको साथमा सबै जातिहरू र सबै मानिसहरूमाथि न्याय गर्न आउँछन्। जसले मण्डलीलाई सतावट दिँदै आइरहेका छन् र परमेश्‍वरका छोराहरूलाई चोट पुर्याउँदै आइरहेका छन्, तिनीहरूले कडा दण्डको सामना गर्नेछन्: त्यो निश्चय हुन्छ! आफैलाई इमानदारीताको साथ परमेश्‍वर, अर्थात् सबै थोकलाई थाम्‍नुहुने परमेश्‍वरमा समर्पित गर्छ, तिनीहरूलाई परमेश्‍वरले निश्चय नै कहिल्यै पनि परिवर्तन नभई सारा अनन्तभरि प्रेम गर्नुहुनेछ!

अघिल्लो: अध्याय ४१

अर्को: अध्याय ४३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्