अध्याय ६३
तैँले आफ्नै अवस्थालाई बुझ्नुपर्छ, यसको साथै, तँ हिँड्नुपर्ने बाटोको बारेमा स्पष्ट हुनुपर्छ; मैले तेरा कानहरू उठाएर तँलाई कामकुरा औँल्याएर देखाइदिनको निम्ति तैँले उपरान्त मलाई नपर्खी। म मानिसको अन्तस्करणलाई अवलोकन गर्ने परमेश्वर हुँ, अनि म तेरो हरेक सोचाइ र विचारलाई जान्दछु। यति मात्र होइन, म तेरा कार्यहरू र व्यवहारलाई बुझ्दछु—तर के यी सबैमा मेरो प्रतिज्ञा सामेल हुन्छ? के ती सबैमा मेरो इच्छा सामेल हुन्छ? के तैँले यसभन्दा पहिले यी कुराहरूलाई साँच्चिकै खोजेको छस्? के तैँले साँच्चिकै यसमा कुनै समय बिताएको छस्? के तैँले यसमा साँच्चिकै कुनै प्रयास लगाएको छस्? मैले तँलाई आलोचना गरिरहेको छैन; तिमीहरूले यस पक्षलाई बेवास्ता गरेका छौ! तिमीहरू सधैँ अति भ्रमित छौ, अनि स्पष्टसित कुनै कुरा देख्न सक्दैनौ। के तँलाई यसको कारण के हो भन्ने थाहा छ? तिमीहरूका विचारहरू अस्पष्ट छन् र तिमीहरूका धारणाहरू अति दृढ भई गडिएका छन्; यसबाहेक, तैँले मेरो इच्छाको लागि कुनै वास्ता देखाउँदैनस्। कतिपय मानिसहरूले भन्नेछन्, “हामीले तपाईंको इच्छालाई कुनै वास्ता देखाउँदैनौ भनेर कसरी तपाईंले दाबी गर्न सक्नुहुन्छ? हामी लगातार तपाईंको इच्छालाई राम्ररी बुझ्ने प्रयास गरिरहन्छौ, तर कहिल्यै सफल हुँदैनौं—त्यसैले, हामीले के गर्नुपर्छ? के हामीले कुनै प्रयास गर्दैनौं भनेर साँच्चिकै तपाईंले भन्न सक्नुहुन्छ?” म तँलाई यो कुरा सोध्छु: के तँ मप्रति साँच्चिकै वफादार छस् भनेर दाबी गर्ने साहस गर्न सक्छस्? अनि कसले आफैलाई मप्रति पूर्ण वफादारितासहित अर्पण गरेका छन् भनेर भन्ने साहस गर्न सक्छन्? तिमीहरूमध्ये एउटाले पनि यो भन्न सक्दैन भन्ने मलाई चिन्ता लाग्छ किनकि यो मैले भनिरहन आवश्यक छैन, कि तिमीहरूमध्ये हरेकको आफ्नै छनौटहरू, आफ्नै रुचिहरू, यसभन्दा बढी, आफ्नै अभिप्रायहरू छन्। छली नहोऊ! मैले धेरै लामो समयअघि नै तिमीहरूको सबै अन्तर्मनका विचारहरूको पूरा बुझाइ प्राप्त गरिसकेको छु। के मैले यसलाई अझै स्पष्ट पार्नुपर्छ? तिमीहरूले हरेक पक्षबाट अझै बढी जाँच्नुपर्छ (तिमीहरूका विचारहरू र धारणाहरू, तिमीहरूले भन्ने हरेक कुरा, हरेक शब्द, अनि तिमीहरूले चल्ने हरेक चालको पछाडि रहेका हरेक अभिप्राय र उत्प्रेरणा); यस प्रकारले, तिमीहरूले हरेक पक्षमा प्रवेश प्राप्त गर्नेछौ। त्यसको अतिरिक्त, तिमीहरूले आफैलाई पूर्ण सत्यताले सुसज्जित पार्न सक्नेछौ।
यदि मैले तिमीहरूलाई त्यस्ता कुराहरू नभनेको भए, तिमीहरू अझै पनि भ्रमित हुनेथियौ, सारा दिन शारीरिक सुखविलाशहरूकै तीव्र लालसा गरिरहनेथियौ अनि तिमीहरूमा मेरो इच्छालाई वास्ता देखाउने कुनै प्रकारको चाहना हुनेथिएन। तिमीहरूलाई मुक्ति दिन मैले निरन्तर मेरो प्रेमिलो हात प्रयोग गरिरहेको छु। के तिमीहरूलाई त्यो कुरा थाहा छ? के तिमीहरूले यसलाई अनुभूति गरेका छौ? म तँलाई इमान्दारीपूर्वक प्रेम गर्छु। के तैँले मलाई इमानदारी रूपमा प्रेम गर्छु भनेर भन्ने साहस गर्न सक्छस्? आफैलाई बारम्बार यो सोध्: के तँ साँच्चिकै मेरो सामु आएर आफ्नो हरेक कार्यलाई मेरो निरीक्षणको निम्ति सुम्पिन सक्छस्? के तँ मलाई साँचो रीतिले तेरो हरेक कार्य जाँच्न दिन सक्छस्? म भन्छु, तँ भ्रष्ट छस् अनि तँ तुरुन्तै आफ्नै प्रतिरक्षामा लागिहाल्छस्। मेरो न्याय तँमाथि आउँछ; अहिले तँ सत्यताको निम्ति बिउँझनुपर्छ! मैले बोल्ने एउटै कुरा सत्यता हो; मेरा वचनहरूले तँभित्रको वास्तविक अवस्थालाई औँल्याउँछन्। ए, मानवजाति! तिमीहरूसित व्यवहार गर्न कति कठिन छ। मैले तेरो वास्तविक अवस्थालाई औँल्याएपछि मात्रै तिमीहरूले मैले जे भन्छु त्यसलाई पूरा हृदयले स्वीकार गर्छौ। यदि मैले त्यसो नगरेको भए, तिमीहरू यस पृथ्वीमा तिमीहरूभन्दा अरू कोही बाठो छैन भन्ने कल्पना गर्दै सधैँ आफ्ना अप्रचलित धारणाहरू पक्रिरहनेथियौ अनि आफ्नै विचारधाराहरूमा टाँस्सिरहनेथियौ। के तिमीहरू यसमा स्व-धर्मी भएनौ र? के तिमीहरू आत्म-सन्तुष्टि अनि आत्मप्रसन्नता अनि अहङ्कार र दम्भमा लिप्त भइरहेका छैनौ र? अहिलेसम्म तिमीहरूले यसलाई पहिचान गर्नुपर्छ! तिमीहरूले आफैलाई बाठो वा असाधारण छु भनेर सोच्नु हुँदैन? बरु, तिमीहरू आफ्ना कमी कमजोरीहरू र कमजोर पक्षहरूको बारेमा निरन्तर सचेत हुनुपर्छ। यस प्रकारले, मलाई प्रेम गर्ने तिमीहरूको अठोट घट्नेछैन, बरु झन्-झन् बलियो हुनेछ, र तिम्रो आफ्नै अवस्था सुधार हुँदै जानेछ। अझै महत्त्वपूर्ण कुरा, तिमीहरूको जीवन दिन प्रतिदिन सदा प्रगति हुनेछ।
जब तिमीहरूले मेरो इच्छालाई राम्ररी बुझ्छौ, तब तिमीहरूले आफैलाई चिन्नेछौ, यसद्वारा तिमीहरूले मेरो बारेमा अझ उत्तम बुझाइ प्राप्त गर्नेछौ र मेरो बारेमा तिमीहरूको निश्चयतामा अझ प्रगति गर्नेछौ। हाल, यदि कसैले मेरो बारेमा नब्बे प्रतिशत निश्चयता पनि प्राप्त गर्न सक्दैन, तर तिनीहरू घरी तातो र घरी चिसो हुँदै तुरुन्तै परिवर्तन भइरहन्छन् भने म भन्छु, त्यस्तो व्यक्तिलाई निश्चय नै फ्याँकिनेछ। बाँकी दश प्रतिशत पूर्ण रूपले मेरो अन्तर्दृष्टि र प्रकाशमा निर्भर हुन्छ; यसद्वारा मानिसहरूले मेरो बारेमा सय प्रतिशत निश्चयता प्राप्त गर्न सक्छन्। अहिले—अर्थात्, आज—कति जनाले यस प्रकारको कद प्राप्त गर्न सक्छन्? मैले लगातार तँलाई मेरो इच्छा प्रकट गरिरहेको छु, अनि तँभित्र जीवनका भावनाहरू निरन्तर दौडिरहन्छन्। त्यसोभए, किन तँ आत्मासित मेल खाने गरी काम गर्दैनस्? के तँ गल्तीहरू गर्छु कि भनेर डराउँछस्? यदि त्यसोभए, तँ किन तालीममा कुनै ध्यान केन्द्रित गर्दैनस्? म तँलाई भन्छु, मानिसहरूले एक वा दुई पल्ट प्रयास गर्दैमा मेरो इच्छालाई राम्ररी बुझ्न सक्दैनन्; तिनीहरू एउटा प्रक्रिया भएर जानैपर्छ। मैले धेरै पल्ट यस कुरालाई औँल्याइदिएको छु, त्यसैकारण, किन तैँले यसलाई अभ्यास गर्दैनस्? के तँ अनाज्ञाकारी भएको छस् भन्ने तँलाई लाग्दैन? तिमीहरू सबै कुरा तुरुन्तै सिध्याउन चाहन्छौ अनि कुनै कुरामा कुनै प्रयास वा समय लगाउन कहिल्यै इच्छुक हुँदैनौ। तिमीहरू कति मूर्ख छौ अनि त्यसभन्दा बढी, तिमीहरू कति अज्ञानी छौ!
म मेरा वचनलाई नचपाई सधैँ परिस्थितिबारे कुरा गरिरहेको के तिमीहरूलाई थाहा छैन? किन तिमीहरू मूर्ख, अचेत अनि मन्दबुद्धिका भइरहन्छौ? तिमीहरूले आफैलाई अझै बढी जाँच्नुपर्छ, र यदि तिमीहरूले नबुझेको कुनै कुरा छ भने तिमीहरू मेरो सामु बारम्बार आउनुपर्छ। म तँलाई यो कुरा बताउँछु: मैले तिमीहरूलाई यस प्रकारले वा त्यस प्रकारले बोल्नुको मेरो उद्देश्य भनेको तिमीहरूलाई मेरो सामु डोर्याउनु हो। किन यति लामो समयपछि पनि, तिमीहरूले यसलाई अझै महसुस गर्दैनौ? के यसको कारण मेरा वचनहरूले तिमीहरूलाई पूरै अन्योलमा पारेकोले हो? कि तैँले मेरो हरेक वचनलाई गम्भीरतापूर्वक नलिएकोले हो? जब तिमीहरू त्यसलाई पढ्छौ, तब तिमीहरूले आफ्नो बारेमा राम्रो समझ पाउँछौ, अनि तिमीहरूले आफू मप्रति ऋणी भएको अनि मेरो इच्छालाई राम्ररी बुझ्न नसकेको बारेमा कुरा गर्दै हिँड्नेछौ। तैपनि, त्यसपछिको बारेमा के भन्छौ? कुरा यस्तो हुन्छ मानौं यस्ता कुराहरूसँग तिमीहरूको केही सम्बन्ध छैन; कुरा यस्तो हुन्छ मानौं तँ केवल यस्तो व्यक्ति होइनस्, जसले परमेश्वरमा विश्वास गर्छ। के तैँले जानकारीलाई राम्ररी बुझ्न समय लिनको सट्टा त्यसलाई हतार-हतार स्वीकार गरिरहेको छैनस् र? जब तिमीहरू मेरा वचनहरूमा आनन्दित हुन्छौ, यो त केवल घोडामा चढेर दौडाउने क्रममा फूलहरूलाई झलक्क हेरेको जस्तो मात्रै हो; तिमीहरूले वास्तवमै मेरो वचनहरूबाट कहिल्यै पनि मेरो इच्छा के हो भनेर बुझ्ने कोसिस गर्दैनौ। मानिसहरू यस्तै छन्: तिनीहरू सधैँ नम्र देखिन मन पराउँछन्। त्यस्ता मानिसहरू सबैभन्दा घृणित प्रकारका मानिसहरू हुन्। जब तिनीहरू अरूसित सङ्गति गर्न भेला हुन्छन्, तब तिनीहरूले सधैँ अरूको अगाडि आफ्नो ज्ञान बाँड्न मन पराउँछन्, यसरी मेरो बोझको निम्ति वास्ता देखाउने तिनीहरू नै हुन् भनेर अरूलाई देखाउँछन्—जब कि वास्तविकतामा, तिनीहरू सबैभन्दा बेवकुफहरू हुन्। (तिनीहरूले मेरो बारेमा तिनीहरूका भाइबहिनीहरूसित आफ्नो साँचो अन्तर्दृष्टि वा ज्ञानको बारेमा सङ्गति गर्दैनन्; त्यसको साटो, तिनीहरूले आफैलाई प्रदर्शन गर्छन् र अरू मानिसहरूको अगाडि धाक देखाउँछन्; म त्यस्ता मानिसहरूलाई घृणा गर्छु, किनकि तिनीहरूले मलाई बदनाम र निन्दा गर्छन्।)
म बारम्बार तिमीहरूभित्र मेरो सबैभन्दा महान् आश्चर्यकर्महरू प्रकट गर्छु। के तिमीहरू त्यसलाई देख्न सक्दैनौ? कथित “वास्तविकता” को जीवन तिनीहरूले जिउँछन् जसले मलाई इमान्दारीपूर्वक प्रेम गर्छन्। के तिमीहरूले यसलाई देखेको छैनौ? के यो सबैभन्दा उत्तम प्रमाण होइन र, जसद्वारा तिमीहरूले मलाई चिन्न सक्छौ? के यसले मेरो निम्ति उत्तम गवाही दिँदैन र? तापनि तिमीहरू यसलाई पहिचान गर्दैनौ। मलाई बताऊ: कसले यस कामुकतापूर्ण पृथ्वीमा वास्तविकताको जीवन जिउन सक्छन् जुन फोहोरी, अशुद्ध अनि शैतानद्वारा भ्रष्ट पारिएको छ? के सबै मानव भ्रष्ट र रित्तो छैनन् र? जे सुकै होस्, मेरा वचनहरू तिनीहरूको शिखरमा पुगेका छन्; कुनै पनि वचनहरू यीभन्दा सजिलै बुझ्न सकिँदैन। अत्यन्तै बेवकुफले पनि मेरा वचनहरू पढ्न र बुझ्न सक्छ—त्यसैले, के यो तिमीहरूले पर्याप्त प्रयास लगाएका छैनौ भन्ने होइन र?