अध्याय ३४

एक पटक मैले मानिसलाई मेरो घरको पाहुनाको रूपमा बोलाएँ, तैपनि मेरो बोलावटको कारण ऊ जताततै दगुर्यो—यो त यस्तो लाग्थ्यो, मानौं मैले उसलाई पाहुनाको रूपमा बोलाउनुको सट्टा, मैले उसलाई मृत्युदण्ड दिने स्थानमा ल्याएको छु। यसर्थ, मेरो घर रित्तो नै रह्यो, किनभने मानिस सधैँ मबाट टाढा बस्यो, र सधैँ मप्रति सचेत रहन्थ्यो। यसले गर्दा मेरो कार्यको भागलाई अघि बढाउने कुनै माध्यम रहेन, भन्‍नुको अर्थ, यस्तो भयो कि मैले उसको लागि तयार गरेको भोज फिर्ता लिएँ, किनभने मानिस यो भोज खान अनिच्‍छुक थियो, त्यसकारण मैले उसलाई जबरजस्ती त्यसो गर्न लगाइन। तैपनि मानिस अचानक भोकले पिरोलिन्छ, त्यसकारण ऊ मेरो सहयोग माग्दै मेरो ढोका ढकढक्याउन आउँछ—उसलाई त्यस्तो भयानक अवस्थामा देखेर, मैले उसलाई कसरी मुक्ति नदिन सक्छु र? तसर्थ, म फेरि पनि मानिसको लागि भोज तयार गर्छु, ताकि उसले यसको आनन्द लिन सकोस्, त्यसपछि मात्रै म कति सराहनीय छु भन्‍ने कुरा उसले अनुभूति गर्छ, र यसरी उसले मलाई भरोसा गर्न थाल्छ। क्रमिक रूपमा, ऊप्रतिको मेरो मनोवृत्तिको कारण, उसले “बिना कुनै सन्देह” मलाई प्रेम गर्छ, र मैले उसलाई “घाट” भूमिमा पठाउनेछु भनेर उसले अबउप्रान्त शङ्का गर्न छोड्छ, किनभने यो मेरो इच्‍छा होइन। त्यसकारण, मेरो हृदयलाई देखेपछि मात्रै मानिसले पूर्ण रूपमा ममाथि भरोसा गर्छ, जसले ऊ कति “सतर्क” रहेको छ भन्‍ने कुरालाई देखाउँछ। म मानिसको छलको कारण उप्रति सतर्क छैन, बरु म मेरो न्यानो अङ्गालोले मानिसहरूको हृदय छुन्छु। के अहिले मैले यही गरिरहेको छैन र? के वर्तमान चरणमा मानिसहरूमा यही कुरा प्रकट हुँदैन र? किन तिनीहरू यस्ता कुराहरू गर्न समर्थ छन्? किन तिनीहरूमा यस्तो भावना छ? के तिनीहरूले मलाई साँचो रूपमा चिनेको कारण यस्तो भएको हो? के तिनीहरूसँग मप्रति असीमित प्रेम भएकै कारण यस्तो भएको हो? म कसैलाई पनि मलाई प्रेम गर्न जबरजस्ती गर्दिनँ, बरु तिनीहरूलाई आफ्‍नै निर्णय गर्नको लागि स्वतन्त्र इच्‍छा मात्रै दिन्छु; यसमा, म हस्तक्षेप गर्दिन, न त म तिनीहरूलाई आफ्नो भवितव्यको बारेमा निर्णय गर्न नै सहयोग गर्छु। मानिसहरूले मेरो अघि सङ्कल्प गरेका छन्, मैले तिनीहरूको सङ्कल्पलाई निरीक्षण गरूँ भनेर तिनीहरूले त्यसलाई मेरो सामुन्ने ल्याएका छन्, र जब मैले “मानिसको सङ्कल्प” ले भरिएको झोला खोलेँ, तब मैले भित्रका कुराहरू देखेँ, जुन मिसमास भएको सरसामग्रीको थुप्रोजस्तो भए पनि, निकै “प्रशस्‍त” थियो। मैले तिनीहरूको सङ्कल्पलाई निकालेर फालिदिन्छ भन्‍ने डर मान्दै, मानिसहरूले मलाई ठूला-ठूला आँखाले हेर्छन्। तर मानिसको कमजोरीको कारण, मैले सुरुमा नै कुनै निर्णय लिइनँ, बरु झोला बन्द गरेँ र मैले गर्नुपर्ने कामलाई जारी राखेँ। तैपनि, मेरो कामको सुरुवातपछि मानिस मेरो मार्गनिर्देशनमा प्रवेश गर्दैन, बरु उसको सङ्कल्पलाई मैले प्रशंसा गरेको छु कि छैन भन्‍ने कुरामा नै उसले चिन्ता लिइरहन्छ। मैले धेरै काम गरेको छु र धेरै वचन बोलेको छु, तर आजको दिनसम्‍म, मानिस मेरो इच्‍छालाई बुझ्‍न असक्षम रहेको छ, तसर्थ उसको हरेक आश्‍चर्यजनक कार्यले मेरो दिमाग घुमाउँछ। किन ऊ सधैँ मेरो इच्‍छालाई बुझ्‍न असमर्थ छ, र उसले आफ्नो खुशीले हतारमा काम गर्छ? के उसलाई मष्तिष्कघात भएको छ? के मैले बोल्‍ने वचनहरू उसले नबुझेको हुन सक्छ? उसले किन सधैँ सीधा अगाडि मात्र हेर्दै काम गर्छ तर भविष्यका मानिसहरूको निम्ति मार्ग तयार गर्न र उदाहरण निर्माण गर्न सक्दैन? के पत्रुसभन्दा पहिले कसैले उदाहरण निर्माण गरेको छ? के मेरै मार्गनिर्देशनमा रहेर पत्रुस बचेका थिएनन् र? किन आजका मानिसहरू यो काम गर्न असमर्थ छन्? पछ्याउने उदाहरण पाएपछि पनि किन तिनीहरूले मेरो इच्‍छालाई पूरा गर्न सक्दैनन्? यसले के देखाउँछ भने मानिसलाई अझै पनि मप्रति भरोसा छैन, र यसले आजको दयनीय परिस्‍थितिहरू पैदा गरेको छ।

आकाशमा उड्ने स-साना चराचुरुङ्गीलाई हेर्दा म प्रसन्‍न हुन्छु। तिनीहरूले मेरो अघि आफ्‍नो सङ्कल्प प्रस्तुत नगरेका भए पनि र तिनीहरूसँग मलाई “प्रदान गर्ने” कुनै वचनहरू नभए पनि, तिनीहरू मैले तिनीहरूलाई दिएको संसारमा आनन्द लिन्छन्। तर, मानिसले यसो गर्न सक्दैन, र उसको अनुहार विरहले भरिएको छ—के मैले उसलाई तिर्न नसक्‍ने ऋण तिर्न बाँकी हुन सक्छ? किन उसको अनुहार सधैँ आँसुले भिजेको हुन्छ? म पहाडमा फुल्‍ने लिली फूलहरूप्रति सराहना गर्छु; भिरालो भूमिभरि फूलहरू र घाँस फैलिएका छन्, तर वसन्त आउनुभन्दा पहिले लिली फूलहरूले पृथ्वीमा मेरो महिमामा शोभा थप्छन्—के मानिसले त्यस्ता कुराहरू हासिल गर्न सक्छ? के उसले मेरो पुनरागमनभन्दा पहिले पृथ्वीमा मेरो गवाही दिन सक्छ? के ठूलो रातो अजिङ्गरको देशमा उसले मेरो नामको खातिर आफूलाई समर्पित गर्न सक्छ? यस्तो लाग्छ मानौं मेरा वाणीहरू मानिसप्रतिका मेरा सर्तहरूले भरिएका छन्—यी सर्तहरूको परिणामस्वरूप उसले मलाई घृणा गर्छ; उसले मेरा वचनहरूको डर मान्छ किनभने उसको शरीर अत्यन्तै कमजोर छ, र मैले मागेको कुरा प्राप्त गर्न ऊ आधारभूत रूपमा नै असमर्थ छ। जब म मेरो मुख खोल्छु, म पृथ्वीका मानिसहरू सबै दिशामा भागिरहेको देख्छु, मानौं तिनीहरू अनिकालबाट भाग्‍ने प्रयास गर्दैछन्। जब म मेरो अनुहार छोप्छु र मेरो शरीरलाई फर्काउँछु, मानिसहरू तुरुन्तै आत्तिन्छन्। के गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, किनभने मेरो प्रस्थानप्रति तिनीहरू डराउँछन्; तिनीहरूका धारणाहरूअनुसार, म बिदा भएर जाने दिन नै स्वर्गबाट विपत्तिहरू झर्ने दिन, तिनीहरूको दण्डको सुरु हुने दिन हुनेछ। तैपनि मैले जे गर्छु त्यो मानिसका धारणाहरूभन्दा पूर्ण विपरीत हुन्छ; मैले कहिल्यै पनि मानिसका धारणाहरूअनुसार काम गरेको छैन, र मैले आफूलाई उसका धारणाहरूअनुरूप हुने कहिल्यै तुल्याएको छैन। मैले काम गर्ने समय नै मानिसलाई उदाङ्गो पारिने समय हो। अर्को शब्‍दमा भन्दा, मेरा कार्यहरूलाई मानव धारणाहरूद्वारा मापन गर्न सकिँदैन। सृष्टि भएको समयदेखि आजको दिनसम्‍म, मैले गर्ने कुराहरूमा कसैले पनि “नयाँ महाद्वीप” पत्ता लगाएको छैन; मैले काम गर्ने नियमहरूलाई कहिल्यै कसैले बुझेको छैन, र कसैले कहिल्यै पनि नयाँ मार्ग खोलेको छैन। तसर्थ, आजका मानिसहरू सही मार्गमा प्रवेश गर्न असमर्थ रहेका छन्—तिनीहरूमा ठीक यही कुराको कमी छ, र तिनीहरूले प्रवेश गर्नुपर्ने कुरा यही हो। सृष्टि भएको समयदेखि आजको दिनसम्‍म, मैले पहिले कहिल्यै पनि त्यस्तो काम गरेको छैन। मैले आखिरी दिनहरूको मेरो काममा धेरै वटा नयाँ खण्डहरू मात्रै थपेको छु। यस्तो स्पष्ट परिस्‍थितिहरूमा पनि, मानिसहरूले अझै पनि मेरो इच्‍छालाई बुझ्‍न सक्दैनन्—के तिनीहरूमा ठीक यही कुराको कमी छ, होइन र?

म नयाँ काममा प्रवेश गरेपछि, मसँग मानिसको निम्ति नयाँ सर्तहरू छन्। मानिसको लागि, यस्तो देखिन्छ मानौं विगतका सर्तहरूले कुनै प्रभाव पारेको छैन, त्यही कारणले तिनीहरूले तिनलाई बिर्सन्छन्। मैले काम गर्ने नयाँ माध्यम के हो? म मानिसलाई के माग्छु? मानिसहरूले विगतमा जे गरे त्यो मेरो इच्‍छाअनुसार थियो कि थिएन, र तिनीहरूका कार्यहरू मैले मागेका कुराहरूको सीमाभित्र थिए कि थिएनन् भन्‍ने कुरालाई तिनीहरू आफैले मापन गर्न सक्छन्। मैले सबै कुरा व्यक्तिगत रूपमा जाँच्‍नुको कुनै आवश्यकता छैन; तिनीहरूले आफ्‍नै कदलाई बुझेका छन्, त्यसकारण, तिनीहरू आफ्‍नो मनमा आफूले कति हदसम्‍म काम गर्न सक्छु भन्नेबारेमा स्पष्ट छन्, र मैले तिनीहरूलाई स्पष्ट रूपमा बताइरहनुको कुनै आवश्यकता छैन। जब म बोल्छु, सायद कतिपय मानिसहरू लड्छन्; तसर्थ, मेरा वचनहरूको परिणामस्वरूप मानिसहरूलाई कमजोर बन्‍नबाट रोक्‍नको लागि, मैले मेरा वचनहरूको यो भागलाई बोल्नबाट आफूलाई रोकेको छु। के यो मानिसको खोजीको लागि अझै ठूलो फाइदा होइन र? के यो मानिसको प्रगतिको लागि अझै ठूलो फाइदाको कुरा होइन र? कसले आफ्नो विगतलाई बिर्सेर अघि बढ्ने प्रयास गर्न चाहँदैन र? मेरो “विचारशीलता” को कारण, मैले बोल्‍ने माध्यमहरू पहिले नै नयाँ क्षेत्रमा प्रवेश गरिसकेका छन् भन्‍ने कुरालाई मानिसहरूले बुझ्छन् कि बुझ्दैनन् भन्‍नेबारेमा म अनजान छु। यसको साथै, मेरो कामले मलाई “व्यस्त तुल्याउने” हुनाले, मैले बोल्‍ने शैलीलाई मानिसहरूले बुझ्छन् कि बुझ्दैनन् भन्‍नेबारेमा सोधपुछ गर्ने मौका मैले पाएको छैन। तसर्थ, मानिसहरू मप्रति अझै बढी समझदार बनून् भनेर मात्रै म तिनीहरूलाई अनुरोध गर्छु। मेरो कामले मलाई “व्यस्त तुल्याउने” हुनाले, म मानिसहरूलाई निर्देशन दिन म मेरो कामका आधार-स्थलहरूमा व्यक्तिगत रूपमा जान सक्दिन, त्यसकारण मसँग तिनीहरूको बारेमा “थोरै बुझाइ” मात्र छन्। समग्रमा भन्दा, अरू जेसुकै भए पनि, मैले अहिले मानिसलाई नयाँ सुरुवात र नयाँ विधिमा औपचारिक रूपमा प्रवेश गर्नको लागि अगुवाइ गर्न थालिसकेको छु। मेरा सबै वाणीहरूमा, मानिसहरूले मैले बोल्‍ने कुराहरूमा हास्यभाव, हँस्यौली, र गिल्‍लाको खास कठोर शैली रहेको देखेका छन्। तसर्थ, मेरो र मानिसको बीचको सदभावमा अनजानमै वाधा पुगेको छ, यसले गर्दा मानिसहरूको अनुहारमा कालो बादल छाउँछ। तैपनि, म यसद्वारा रोकिँदिन, बरु मेरो कामलाई जारी राख्छु, किनभने मैले भन्‍ने र गर्ने सबै कुरा मेरो योजनाको अत्यावश्यक भाग हुन्; मैले मेरो मुखबाट बोल्‍ने सबै कुराले मानिसलाई सहयोग गर्छ, र मैले गर्ने कुनै पनि कुरा सानो छैन; मैले गर्ने सबै कुराले सबै मानिसहरूलाई सुधार गर्छ। मानिसमा कमीकमजोरी भएकोले नै म खुलस्त भएर बोलिरहन्छु। सायद कतिपय मानिसहरू मबाट नयाँ मापदण्डहरू पाउन तड्पिरहेका छन्। त्यसो हो भने, म तिनीहरूका खाँचोलाई पूरा गरिदिन्छु। तर मैले तिमीहरूलाई एउटा कुरा स्मरण गराउनैपर्छ: जब म बोल्छु, मानिसहरूले थप अन्तर्ज्ञान प्राप्त गरून् भन्‍ने आशा गर्छु। तिनीहरू अझै विवेकशील बनून्, ताकि तिनीहरूले मेरा वचनहरूबाट थप कुरा प्राप्त गरून्, र त्यसरी मेरा मापदण्डहरूलाई पूरा गरून् भन्‍ने आशा गर्छु। यसभन्दा पहिले, मण्डलीहरूमा मानिसहरूले निराकरण गरिने र तोडिने कार्यमा ध्यान दिन्थे। मेरा वचनहरू खाने र पिउने कार्य ती वचनहरूका उद्देश्यहरू र स्रोतलाई बुझ्‍ने कार्यको आधारमा गरिन्थ्यो—तर आज विगतको जस्तो छैन, र मानिसहरू मेरा वाणीहरूका स्रोतलाई बुझ्‍न असमर्थ छन्, तसर्थ तिनीहरूको लागि मद्वारा निराकरण गरिने र तोडिने कुनै मौका छैन, किनभने तिनीहरूले मेरा वचनहरू खाने र पिउने कार्यमा नै आफ्‍ना सारा ऊर्जा खर्च गरेका छन्। तर यी परिस्‍थितिहरूमा समेत, तिनीहरू मेरा मापदण्डहरूलाई पूरा गर्न असमर्थ रहन्छन्, त्यसकारण म तिनीहरूलाई नयाँ मापदण्डहरू दिन्छु: तिनीहरू मसँगै परीक्षाहरूमा प्रवेश गरून्, तिनीहरू सजायमा प्रवेश गरून् भनी अनुरोध गर्छु। तैपनि म तिमीहरूलाई एउटा कुरा स्मरण गराउँछु: यो कार्य मानिसलाई मृत्युमा लैजाने कार्य होइन, तर यो वर्तमान चरणमा मेरो कामले मागेको कुरा हो, मेरा वचनहरू मानिसको समझबाहिर छन्, र मानिसले मसँग सहकार्य गर्न सक्दैन—यसमा गर्नुपर्ने केही पनि छैन! म मानिसलाई मसँग नयाँ विधिमा प्रवेश गराउनेबाहेक केही पनि गर्न सक्दिन। यसमा गर्नुपर्ने अरू के नै छ र? मानिसका कमीकमजोरीहरूका कारण, म पनि मानिस प्रवेश गर्ने प्रवाहमै प्रवेश गर्नुपर्छ—के मानिसहरूलाई सिद्ध पार्ने म नै होइन र? यो योजना बनाउने म नै होइन र? अरू मापदण्डहरू कठिन नभए पनि, यो पहिलोको अतिरिक्त मापदण्ड होइन। आखिरी दिनहरूका मानिसहरूको समूहमाझ मैले गर्ने काम अभूतपूर्व उद्यम हो, तसर्थ, मेरो महिमाले आकाशमण्डललाई ढाक्‍न सकोस् भनेर, सबै मानिसहरूले मेरो लागि अन्तिम कष्ट भोग्‍नुपर्छ। के तिमीहरूले मेरो इच्‍छालाई बुझ्यौ त? मैले मानिसलाई दिने अन्तिम सर्त यही हो, भन्‍नुको अर्थ, सबै मानिसहरूले ठूलो रातो अजिङ्गरको अघि मेरो लागि बलियो, सानदार गवाही दिन सकून्, तिनीहरूले अन्तिम पटक मेरो लागि आफूलाई अर्पण गर्न सकून्, र अन्तिम एक पटक मेरो मापदण्डहरूलाई पूरा गर्न सकून् भन्‍ने मेरो आशा छ। के तिमीहरूले साँच्‍चै यसो गर्न सक्छौ त? विगतमा तिमीहरू मेरो हृदयलाई सन्तुष्ट तुल्याउन असमर्थ थियौ—के तिमीहरूले अन्तिम पटक यो ढाँचालाई तोड्न सक्छौ? म मानिसहरूलाई मनन गर्ने मौका दिन्छु; तिनीहरूले मलाई अन्तिममा उत्तर दिनुभन्दा पहिले म तिनीहरूलाई ध्यान दिएर चिन्तन गर्ने मौका दिन्छ—के यसो गर्नु गलत हुन्छ त? म मानिसको प्रतिक्रिया पर्खन्छु, म उसको “प्रतिक्रियाका शब्दहरू” पर्खिन्छु—के तिमीहरूसँग मेरा सर्तहरूलाई पूरा गर्ने विश्‍वास छ?

अप्रिल २०, १९९२

अघिल्लो: अध्याय ३३

अर्को: अध्याय ३५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्