अध्याय १५

परमेश्‍वर र मानिसबीचको सबैभन्दा ठूलो भिन्‍नता के हो भने परमेश्‍वरका वचनहरू कुनै कुरा नलुकाई मामलाको केन्द्र विन्दुमा पुग्छन्। तसर्थ, परमेश्‍वरको स्वभावको यो पक्षलाई आजको पहिलो वाक्यमा देख्‍न सकिन्छ। साथैसाथै यसले मानिसको साँचो रङ्गलाई खुलासा गर्छ र परमेश्‍वरको स्वभावलाई खुल्ला रूपमा प्रकट गर्छ। परिणामहरू हासिल गर्नको लागि परमेश्‍वरका वचनहरूका विभिन्‍न पक्षहरूको स्रोत यही हो। तैपनि, मानिसहरूले यसलाई बुझ्‍न सक्दैनन्; तिनीहरूले सधैँ परमेश्‍वरको “विश्‍लेषण” नगरीकन परमेश्‍वरका वचनहरूमार्फत आफूलाई चिन्‍न मात्रै पुग्छन्। तिनीहरूको अवस्था यस्तो हुन्छ मानौं तिनीहरू उहाँलाई रिस उठाइन्छ, वा तिनीहरूको “गम्भीरता” को कारण उहाँले तिनीहरूलाई मार्नुहुनेछ कि भनी डराएका छन्। वास्तवमा, जब धेरैजसो मानिसहरूले परमेश्‍वरको वचन खाने र पिउने गर्छन्, तिनीहरूले नकारात्मक पक्षबाट त्यसो गर्छन्, सकारात्मक पक्षबाट होइन। के भन्‍न सकिन्छ भने, अहिले मानिसहरूले उहाँका वचनहरूको मार्गनिर्देशनअन्तर्गत “नम्रता र समर्पणतामा ध्यान केन्द्रित” गर्न थालेका छन्। यसबाट, मानिसहरू अर्को चरमतासम्‍म—उहाँका वचनहरूलाई ध्यान नदिने स्थितिबाट तिनलाई अनावश्यक रूपमा ध्यान दिने स्थितिसम्‍म—जान थालेका छन् भन्‍ने कुरा स्पष्ट हुन्छ। तैपनि, एक जना व्यक्ति समेत सकारात्मक परिप्रेक्ष्यबाट प्रवेश गरेको छैन, न त मानवलाई उहाँका वचनहरूमा ध्यान दिन लगाउनुपछाडिको परमेश्‍वरको उद्देश्यलाई नै कसैले साँचो रूपमा बुझ्‍न सकेका छन्। परमेश्‍वरले भन्‍नुभएको कुराबाट के थाहा पाउन सकिन्छ भने, मण्डलीका सबै मानिसहरूको वास्तविक स्थितिहरूलाई सही रूपमा र कुनै गल्ती नगरीकन बुझ्‍नको लागि उहाँले मण्डली जीवनलाई व्यक्तिगत रूपमा नै अनुभव गर्न आवश्यक छैन। मानिसहरूले भर्खरै नयाँ विधिमा प्रवेश पाएका हुनाले, तिनीहरूले आफूलाई आफ्ना नकरात्मक तत्वहरूबाट मुक्त गर्न बाँकी नै छ; लासहरूका गन्धले अझै पनि मण्डली पूरै दुर्गन्धित छ। मानौं मानिसहरूले भर्खरै औषधि खाएका छन् र तिनीहरू अझै पनि बेहोस अवस्थामा छन्, तिनीहरूको होस पूरै आउन अझै बाँकी नै छ। मानौं तिनीहरू मृत्युको डरमा छन्, त्यसकारण तिनीहरू आतङ्कित अवस्थामा रहेर, आफैभन्दा माथि उठ्न सक्दैनन्। “मानवजाति सबै यस्ता प्राणीहरू हुन् जसमा आत्म-ज्ञानको कमी छ”: यो अभिव्यक्ति प्रस्तुत गरिएको तरिका अझै पनि मण्डली निर्माणमा आधारित छ। मण्डलीका मानिसहरू सबैले परमेश्‍वरका वचनहरूमा ध्यान दिन्छन् भन्‍ने तथ्यको बाबजुद पनि, तिनीहरूको प्रकृति अझै पनि गहन रूपमा जरा गाडिएको र हलचल नहुने अवस्थामा छ। त्यही कारणले गर्दा, परमेश्‍वरले मानिसहरूलाई न्याय गर्नको लागि अघिल्‍लो चरणमा त्यसरी बोल्‍नुभयो, ताकि तिनीहरूले आफ्नो घमण्डको बाबजुद उहाँका वचनहरूको प्रहारलाई स्वीकार गर्न सकून्। मानिसहरू अतल कुण्‍डमा पाँच महिनाको शोधनबाट गुज्रे पनि, तिनीहरूको अवस्था अझै पनि परमेश्‍वरलाई नचिन्‍ने स्थितिमा छ। तिनीहरू अझै पनि छाडा नै छन्; तिनीहरू केही हदसम्‍म अझै पनि परमेश्‍वरविरुद्ध अझै बढी आरक्षी बनेका छन्। परमेश्‍वरका वचनहरूलाई चिन्‍ने मार्गमा मानिसहरूले लिने पहिलो उचित कदम यही हो; तसर्थ, परमेश्‍वरका वचनहरूको सारसँग जोडेर हेर्दा, कामको अघिल्‍लो भागले आजको लागि मार्ग निर्माण गर्‍यो, र अहिले मात्रै सबै कुरा सामान्य भएको छ भन्‍ने कुरा देख्‍न कठिन छैन। मानिसहरूको घातक कमजोरी भनेको व्यक्तिगत स्वतन्त्रता प्राप्त गर्न र निरन्तर बन्धनबाट बच्‍नको लागि परमेश्‍वरका आत्मालाई उहाँको देहगत अस्तित्वबाट अलग गर्ने प्रवृत्ति हो। परमेश्‍वरले मानवलाई “डाँडाहरूमा आनन्दसाथ उड्ने” स-साना चराहरूको रूपमा व्याख्या गर्नुको कारण यही हो। सबै मानवजातिको वास्तविक स्थिति यही हो। सबै मानिसहरू सहजै गिर्नुको कारण पनि यही हो, र तिनीहरूले आफ्‍नो मार्ग गुमाउन सक्‍ने सम्‍भावना रहेको स्थान पनि यही हो। यसमा के कुरा स्पष्ट हुन्छ भने मानवजातिमाझ शैतानले गरेको काम योभन्दा अरू केही होइन। शैतानले मानिसहरूमा यो काम जति धेरै गर्छ, तिनीहरूप्रतिको परमेश्‍वरको मापदण्ड त्यति नै कडा बन्छ। उहाँले मानिसहरूलाई उहाँका वचनहरूमा आफ्‍नो पूरा ध्यान लगाउन अनिवार्य गर्नुहुन्छ, जबकि शैतानले यसलाई तोड्न कठिन परिश्रम गर्छ। तैपनि, परमेश्‍वरले मानिसहरूलाई सधैँ उहाँका वचनहरूमा अझै बढी ध्यान दिनुपर्छ भनी स्मरण गराउनुहुन्छ; आत्मिक संसारमा भइरहेको युद्धको चरम विन्दु यही हो। यस कुरालाई यसरी बताउन सकिन्छ: परमेश्‍वरले मानिसमा जे गर्न चाहनुहुन्छ, त्यसलाई शैतान नष्ट गर्न चाहन्छ, र शैतानले जे नष्ट गर्न चाहन्छ, त्यो अलिकति पनि नलुकी मानिसमार्फत व्यक्त हुन्छ। परमेश्‍वरले मानिसहरूमा के गर्नुहुन्छ त्यसका स्पष्ट उदाहरणहरू छन्: तिनीहरूका अवस्थाहरू झन्-झन् राम्रा हुँदैछन्। शैतानले मानवजातिमा गरेका विनाशको पनि स्पष्ट उदाहरणहरू छन्: तिनीहरू झन्-झन् पतित हुँदैछन्, र तिनीहरूका अवस्थाहरू झन्-झन् तल जाकिँदैछन्। तिनीहरूको अवस्था काफी भयानक भएपछि, तिनीहरू शैतानको कब्जामा पर्ने सम्‍भावना हुन्छ। परमेश्‍वरका वचनहरूमा प्रस्तुत गरिएअनुसार मण्डलीको वास्तविक अवस्था यही हो, र आत्मिक संसारको वास्तविक अवस्था पनि यही हो। यो आत्मिक संसारको गतिशीलताको प्रतिबिम्ब हो। यदि मानिसहरूसँग परमेश्‍वरसँग सहकार्य गर्ने आत्मविश्‍वास छैन भने, तिनीहरू शैतानको कब्जामा हुने खतरामा हुन्छन्। तथ्य यही हो। यदि मानिसहरूले आफ्‍नो हृदय परमेश्‍वरलाई बास गर्नको लागि पूर्ण रूपमा प्रदान गर्न सक्छन् भने, यो परमेश्‍वरले भन्‍नुभएको यो वचनजस्तै हुन्छ, “तिनीहरू मेरो सामु मेरो अङ्गालोमा, त्यसको न्यानोपन चाख्दै बसेको जस्तो देखिन्छ।” यसले मानवजातिलाई परमेश्‍वरले दिनुभएका सर्तहरू त्यति उच्‍च छैनन् भन्‍ने देखाउँछ; उहाँ तिनीहरूले खडा भएर उहाँसँग सहकार्य गरेको मात्रै चाहनुहुन्छ। के यो सहज र खुशीको कुरा होइन र? के हरेक नायक र हरेक महान मानिसलाई अलमल्याउने एउटा कुरा यही होइन र? यो त यस्तो अवस्था हो, मानौं सेनापतिहरूलाई युद्धभूमिबाट निकालेर धागोका सामग्री बुन्‍न लगाइएको छ—यी “नायकहरू” कठिनाइद्वारा हल न चलको अवस्थामा छन् र तिनीहरूलाई के गर्ने भन्‍ने नै थाहा छैन।

परमेश्‍वरले मानवजातिलाई दिनुभएका मापदण्डहरूको जुन पक्ष सबैभन्दा ठूलो छ, मानवजातिप्रति शैतानका आक्रमणहरू तिनै पक्षमा सबैभन्दा भीषण हुन्छन्, तसर्थ, सबै मानिसहरूका स्थितिहरूलाई त्यहीअनुसार प्रकट गरिन्छ। “तिमीहरूमध्ये को मेरो सामु उभिंदा चलिरहेको हिउँजस्तो शुद्ध र हिराजस्तो निष्कलङ्क हुन सक्यो?” सबै मानिसहरू अझै पनि परमेश्‍वरलाई फुस्ल्याउने काम गर्छन् र उहाँबाट कुराहरू लुकाउँछन्; तिनीहरूले अझै पनि तिनीहरूका आफ्‍नै विशेष युक्तिहरू अघि बढाउँछन्। तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन आफ्‍नो हृदय सम्पूर्ण रूपमा उहाँको हातमा दिएका छैनन्, तैपनि तिनीहरूले उत्साहित भएर उहाँका इनामहरू प्राप्त गर्न चाहन्छन्। जब मानिसहरूले मीठो खाना खान्छन्, तिनीहरूले परमेश्‍वरलाई पन्छाएर कोही “सम्‍हाल्‍न” आउने भनी प्रतीक्षा गराउँदै उभ्याएर राख्छन्; जब मानिसहरूसँग सुन्दर वस्‍त्र हुन्छ, तिनीहरू आफ्‍नै सुन्दरतामा रमाउँदै ऐनाअघि उभिन्छन् र तिनीहरूको हृदयभित्र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउँदैनन्। जब तिनीहरूसँग राम्रो हैसियत हुन्छ, जब तिनीहरूसँग विलासी आनन्दमा हुन्छन्, तिनीहरू आफ्‍नो हैसियतमाथि उठेर आनन्द लिन थाल्छन्, तैपनि परमेश्‍वरको उत्थानको परिणामस्वरूप तिनीहरूले आफूलाई नम्र तुल्याउँदैनन्। बरु, तिनीहरू आफ्‍ना ठूला-ठूला गफ सुनाउँदै आफ्‍ना उच्‍च स्थानमा खडा हुन्छन्, र परमेश्‍वरको उपस्थितिप्रति कुनै ध्यान दिँदैनन्, न त तिनीहरूले उहाँको अनमोलताको नै खोजी गर्छन्। जब मानिसहरूको हृदयमा कोही आदर्श हुन्छ, वा जब तिनीहरूको हृदयलाई अरू कसैले जफत गरेको हुन्छ, यसको अर्थ तिनीहरूले परमेश्‍वरको उपस्थितिलाई पहिले नै इन्कार गरिसकेका छन् भन्‍ने हुन्छ, मानौं उहाँ तिनीहरूको हृदयमा अनधिकृत रूपमा प्रवेश गर्न खोज्‍ने व्यक्तिबाहेक अरू कोही हुनुहुन्‍न। तिनीहरू अरूद्वारा आफूलाई गरिने प्रेम परमेश्‍वरले चोरेर लैजानुहुनेछ, र आफूले एकलो महसुस गर्नुपर्नेछ भनेर डराएका हुन्छन्। परमेश्‍वरको मूल अभिप्राय भनेको पृथ्वीका कुनै पनि कुराले मानिसहरूलाई उहाँलाई बेवास्ता गर्ने तुल्याउनु हुँदैन भन्‍ने हो, र मानिसहरूका बीचमा प्रेम भए पनि, परमेश्‍वरलाई यो “प्रेम” बाट लखेट्न सकिँदैन। सबै सांसारिक कुराहरू रित्तो हुन्छन्—मानिसहरूबीचको भावनाहरूलाई समेत देख्‍न वा छुन सकिँदैन। परमेश्‍वरको अस्तित्वविना, सबै सृष्टिहरू सुन्यतामा फर्कनेछन्। पृथ्वीमा, सबै मानिसहरूसँग तिनीहरूले प्रेम गर्ने कुरा हुन्छ, तर कसैले पनि परमेश्‍वरका वचनहरूलाई तिनीहरूले प्रेम गर्ने कुराको रूपमा लिएका छैनन्। यसले उहाँका वचनहरूलाई बुझ्‍ने मानिसहरूको हद निर्धारित गर्छ। उहाँका वचनहरू रूखो भए पनि, ती वचनले कसैलाई चोट पुर्‍याउँदैन, किनभने मानिसहरूले तिनलाई साँचो रूपमा ध्यान नै दिँदैनन्; बरु, तिनीहरूले तिनलाई फूललाई जस्तै झलक्‍क मात्रै हेर्छन्। तिनीहरूले उहाँका वचनहरूलाई आफूले चाख्‍नुपर्ने फलको रूपमा हेर्दैनन्, त्यसकारण तिनीहरूले परमेश्‍वरका वचनहरूको सारलाई जान्दैनन्। “यदि मानवजातिले साँच्चै मेरो तरवारको धार देख्न सक्थ्यो भने, तिनीहरू आफ्ना प्वालहरूमा मुसो दगुरे झैँ दगुर्नेथिए।” सामान्य व्यक्तिको स्थितिमा हुने व्यक्ति, परमेश्‍वरका वचनहरूका वचनहरू पढिसकेपछि, चकित, लाजले भरिएको, र अरूको अनुहार हेर्न नसक्‍ने अवस्थामा हुनेथियो। तैपनि, आजभोलि, मानिसहरू यसको ठीक विपरीत अवस्थामा छन्—तिनीहरूले एकअर्कालाई प्रहार गर्ने हतियारको रूपमा परमेश्‍वरका वचनहरूको प्रयोग गर्छन्। तिनीहरूलाई साँच्‍चै कुनै लाज-सरम हुँदैन!

परमेश्‍वरका वाणीहरूद्वारा, हामीलाई अस्तित्वको यो स्थितिमा ल्याइएको छ: “परमेश्‍वरको राज्यभित्र, मेरो मुखबाट निस्केका वचनहरू मात्र होइन, तर मेरा खुट्टाहरू पनि सबै देशहरूमा औपचारिक रूपमा हिँड्छ।” परमेश्‍वर र शैतानबीचको युद्धमा, परमेश्‍वरले हरेक चरण जितिरहनुभएको छ। उहाँले सम्पूर्ण ब्रह्माण्डभरि आफ्‍नो कार्यलाई व्यापक रूपमा फैलाइरहनुभएको छ, र के भन्‍न सकिन्छ भने, हरेक ठाउँमा उहाँका पाइलाहरू र उहाँको विजयका चिन्‍हहरू छन्। आफ्ना युक्तिहरूमा, शैतानले देशहरूलाई टुक्रा पारेर परमेश्‍वरको व्यवस्थापन योजनालाई नष्ट गर्ने आशा गर्छ, तर यस्तो विभाजनलाई परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डलाई पुनर्व्यवस्थित गर्नको लागि अवसरको रूपमा लिनुभएको छ—तैपनि यसलाई नामेट पार्ने अवसरको रूपमा लिनुभएको छैन। परमेश्‍वरले हरेक दिन कुनै न कुनै नयाँ काम गर्नुहुन्छ, तर मानिसहरूले यो कुरालाई पत्ता लगाएका छैनन्। तिनीहरूले आत्मिक संसारका गतिशीलताहरूलाई कुनै ध्यान दिएका छैनन्, त्यसकारण तिनीहरूले परमेश्‍वरको नयाँ कार्यलाई देख्‍न सक्दैनन्। “ब्रह्माण्डभित्र, मेरो महिमाको चमकमा सबै थोक नयाँ जस्तै गरी चम्कन्छन्, इन्द्रियहरूलाई आनन्दित तुल्याउने र मानिसहरूका आत्मालाई उचाल्ने हृदयस्पर्शी पक्ष प्रस्तुत गर्दछ, मानौं यो अहिले मानव कल्पनामा पैदा भएजस्तो शैतानद्वारा नछोइएको र बाहिरी शत्रुको आक्रमणबाट स्वतन्त्र रही आकाशहरूभन्दा माथिको स्वर्गमा अवस्थित छ।” यसले पृथ्वीमा हुने ख्रीष्टको राज्यको आनन्दमय दृश्यको बारेमा भविष्यवाणी गर्छ, र यसले मानवजातिलाई तेस्रो स्वर्गको स्थितिसँग पनि परिचित गराउँछ: परमेश्‍वरको स्वामित्वमा रहेका पवित्र कुराहरू मात्रै त्यहाँ अस्तित्वमा हुन्छन्, अनि त्यहाँ शैतानका शक्तिहरूको कुनै आक्रमण हुँदैन। तर परमेश्‍वर स्‍वयम्‌ले पृथ्वीमा गर्नुहुने कामका परिस्‍थितिहरू मानिसहरूलाई देखाउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो: स्वर्ग नयाँ स्वर्ग हो, र यसपछि, पृथ्वीलाई पनि त्यसरी नै नवीकरण गरिन्छ। यो परमेश्‍वरको आफ्‍नै मार्गनिर्देशन अन्तर्गतको जीवन भएकोले, मानिसहरू सबै अतुलनीय रूपमा खुशी हुन्छन्। तिनीहरूको चेतनामा, शैतान मानवजातिको “कैदी” हुन्छ र तिनीहरू यसको अस्तित्वको कारण अलिकति पनि भयभीत भएका वा डराएका हुँदैनन्। ईश्‍वरीयताको प्रत्यक्ष निर्देशन र मार्गदर्शनको कारण, शैतानका सबै युक्तिहरू व्यर्थ भएका हुन्छन्, र यो कुरा शैतान अब अस्तित्वमा छैन, परमेश्‍वरको कामले यसलाई नामेट पारेको छ भनी प्रमाणित गर्न पर्याप्त छ। यही कारणले गर्दा, “आकाशहरूभन्दा माथिको स्वर्गमा अवस्थित छ” भनेर भनिएको हो। “कहिल्यै पनि कुनै बाधा उत्पन्न भएको छैन, र न त ब्रह्माण्ड कहिले विभाजन भएको छ” भनी भन्‍ने क्रममा, परमेश्‍वरले आत्मिक संसारको अवस्थाको बारेमा उल्‍लेख गरिरहनुभएको थियो। यो परमेश्‍वरले शैतानमाथि विजयको घोषणा गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण हो, र यो परमेश्‍वरको अन्तिम विजयको चिन्‍ह हो। कुनै पनि मानिसले परमेश्‍वरको मन परिवर्तन गर्न सक्दैन, न त कसैले यसलाई जान्‍न नै सक्छ। मानिसहरूले परमेश्‍वरका वचनहरू पढेका र तिनलाई गम्‍भीरताका साथ जाँचेका भए पनि, तिनीहरू तिनका सार व्यक्त गर्न असक्षम रहेका छन्। उदाहरणको लागि, परमेश्‍वरले भन्‍नुभयो, “म ताराहरूभन्दा माथि उड्दै उफ्रन्छु, र जब सूर्यले आफ्ना किरणहरू निकाल्छ, मेरो हातबाट हाँसका प्वाँखहरू जत्रा हिउँका कणहरूका ठूलो वर्षा पठाएर म तिनीहरूको न्यानोपन मेटाउँछु। तापनि जब म मेरो मन परिवर्तन गर्दछु, ती सबै हिउँ नदीमा पग्लन्छ, र एकै क्षणमा आकाशहरूमुनि सबै ठाउँमा वसन्त आउँछ र हरियो तहले पृथ्वीको सम्पूर्ण परिदृश्यलाई रूपान्तरण गरेको छ।” मानिसहरूले आफ्‍नो मनमस्तिष्कमा यी वचनहरूको कल्‍पना गर्न सक्‍ने भए पनि, परमेश्‍वरको अभिप्राय त्यति सरल छैन। जब स्वर्गमुनिका सबै जना बेहोस अवस्थामा हुन्छन्, परमेश्‍वरले मुक्तिको आवाज निकाल्‍नुहुन्छ, र त्यसरी मानिसहरूको हृदयलाई जगाउनुहुन्छ। तैपनि, तिनीहरूमाथि सबै किसिमका विपत्तिहरू आइपर्ने हुनाले, तिनीहरूले संसारको धमिलोपनको अनुभूति गर्छन्, त्यसकारण तिनीहरू सबैले मृत्युको खोजी गर्छन् र चिसो, बरफका गुफाहरूमा जिउँछन्। तिनीहरू ठूलो हिमआँधीमा चिसोले जम्छन्, यहाँसम्‍म कि पृथ्वीमा न्यानोपनको कमी भएको कारण तिनीहरू बाँच्‍न समेत सक्दैनन्। मानिसहरूको भ्रष्टताको कारण तिनीहरूले झन्-झन् निर्दयी तरिकाले एक-अर्कालाई मारिरहेका छन्। अनि मण्डलीमा, ठूलो रातो अजिङ्गरले धेरैजसो मानिसहरूलाई एकै गाँसमा निल्‍नेछ। सबै परीक्षाहरू पूरा भएपछि, शैतानका वाधाहरूलाई हटाइनेछ। रूपान्तरणमाझ त्यसरी सम्पूर्ण संसारमा वसन्त छाउँछ, पृथ्वीलाई न्यानोपनले ढाक्छ, र संसार ऊर्जाले भरिन्छ। यी सबै सम्पूर्ण व्यवस्थापन योजनाका चरणहरू हुन्। परमेश्‍वरले उल्‍लेख गर्नुभएको “रात” ले शैतानको पागलपन चरम अवस्थामा पुगेको समयलाई जनाउँछ, जुन घटना रातको समयमा घट्नेछ। के अहिले यही भइरहेको छैन र? सबै मानिसहरू परमेश्‍वरको ज्योतिको मार्गनिर्देशनमा रही बाँच्‍ने भए पनि, तिनीहरूलाई रातको अन्धकारको कष्ट भोग्न लगाइँदै छ। यदि तिनीहरू शैतानका बन्धनहरूबाट उम्कन सक्दैनन् भने, तिनीहरू रातको अँध्यारोमा अनन्तसम्‍म जिउनेछन्। पृथ्वीका देशहरूलाई हेरौं: परमेश्‍वरको कामका चरणहरूको कारणले गर्दा, पृथ्वीका देशहरू “यता-उता दगुरिरहेका” छन् र हरेक देशले “आफ्‍नै उचित गन्तव्यको खोजी गरिरहेको छ।” परमेश्‍वरको दिन अहिलेसम्‍म आइसकेको छैन, त्यसकारण पृथ्वी सारा कुराहरू दलदले हलचलको स्थितिमा रहिरहेको छन्। जब उहाँ सम्पूर्ण ब्रह्माण्डमा खुलेआम देखा पर्नुहुन्छ, उहाँको महिमाले सियोन पर्वतलाई ढाक्‍नेछ, र सबै कुरालाई उहाँकै हातद्वारा मिलाइने हुनाले, ती कुराहरू सुव्यवस्थित र ठीकठाक हुनेछन्। परमेश्‍वरका वचनहरूले आजको बारेमा मात्रै बोल्दैनन्, तिनले त भोलिको बारेमा पनि भविष्यवाणी गर्छन्। भोलिको जग आज नै हो, त्यसकारण आजको स्थितिलाई हेर्दा, कसैले पनि परमेश्‍वरका वाणीहरूलाई पूर्ण रूपमा बुझ्‍न सक्दैनन्। उहाँका वचनहरू पूर्ण रूपमा पूरा भएपछि मात्रै मानवले तिनलाई पूर्ण रूपमा बुझ्‍न सक्‍नेछन्।

परमेश्‍वरका आत्माले ब्रह्माण्डका सारा स्थानलाई भर्छ, तैपनि उहाँले सबै मानिसहरूभित्र पनि काम गर्नुहुन्छ। त्यसकारण, मानिसहरूको हृदयमा, अवस्था यस्तो छ मानौं जहींतहीँ परमेश्‍वरको स्वरूप छ र हरेक स्थानमा उहाँको आत्माको काम समावेश छ। वास्तवमा, देहमा परमेश्‍वर देखा पर्नुको उद्देश्य शैतानका यी उदाहरणहरूलाई जित्‍नु र अन्तिममा तिनीहरूलाई प्राप्त गर्नु हो। तैपनि, देहमा काम गर्ने क्रममा आत्माले यी मानिसहरूलाई रूपान्तरण गर्नको लागि देहसँग पनि सहकार्य गरिरहनुभएको हुन्छ। परमेश्‍वरका कार्यहरू सम्पूर्ण संसारभरि फैलिन्छ र उहाँको आत्माले सारा ब्रह्माण्डलाई भर्छ भनेर भन्‍न सकिन्छ, तर उहाँका कार्यहरूका चरणहरूको कारणले गर्दा, दुष्ट कार्य गर्नेहरूलाई दण्ड दिइएको छैन, र असल कार्य गर्नेहरूलाई पनि इनाम दिइएको छैन। तसर्थ, उहाँका कार्यहरूलाई पृथ्वीका सबै मानिसहरूले सराहना गरेका छैनन्। उहाँ सबै थोकभन्दा माथि र सबै थोकभित्र पनि हुनुहुन्छ; यसको साथै, उहाँ सबै मानिसहरूका बीचमा हुनुहुन्छ। परमेश्‍वर वास्तवमा अस्तित्वमा हुनुहुन्छ भनेर देखाउनको लागि यो नै पर्याप्त छ। उहाँ सबै मानवको बीचमा खुलेआम देखा पर्नुभएको छैन, त्यसकारण तिनीहरूले “जहाँसम्म मानवजातिले मलाई देख्‍ने कुरा छ, तिनीहरूको लागि, म वास्तवमा अस्तित्वमा छु जस्तो देखिन्छु, तर म अस्तित्वमा नभएको जस्तो पनि देखिन्छु” जस्ता भ्रमहरूको विकास गरेका छन्। अहिले परमेश्‍वरमा विश्‍वास गर्ने सबै मानिसहरूमध्येमा, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरामा पूर्ण रूपमा, सत प्रतिशत निश्‍चित हुने कोही छैनन्; तिनीहरू सबैले तीन भाग शङ्का गर्छन् र दुई भाग विश्‍वास गर्छन्। अहिलेको स्थितिमा मानवजाति यस्तै छ। आजभोलिका मानिसहरू सबै निम्‍न स्थितिमा छन्: तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भन्‍ने त विश्‍वास गर्छन्, तर तिनीहरूले उहाँलाई देखेका छैनन्; अथवा, तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्दैनन्, तर तिनीहरूसँग मानवजातिले समाधान गर्न नसक्‍ने धेरै कठिनाइहरू छन्। यस्तो लाग्छ तिनीहरूलाई जहिल्यै पनि कुनै न कुनै कुराले जालमा अल्झाउँछ जसबाट तिनीहरू उम्कन सक्दैनन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले सधैँ अलि अस्पष्टताको अनुभूति गर्छन्। तैपनि, यदि तिनीहरूले विश्‍वास गरेनन् भने, र उहाँ अस्तित्वमा हुनुहुन्छ भने त तिनीहरू छुट्छन् भन्‍ने कुराप्रति तिनीहरू डराउँछन्। तिनीहरूको धर्मसंकटको अवस्था यस्तै हुन्छ।

“मेरो नाउँको खातिर, मेरो आत्माको खातिर र मेरो सम्पूर्ण व्यवस्थापन योजनाका लागि कसले आफ्ना सबै सामर्थ्यको बलिदान दिनसक्छ?” परमेश्‍वरले यो पनि भन्‍नुभयो, “आज, जब यो राज्य मानव संसारमा छ, यही समय हो, जुन बेला म मानिसहरूको बीचमा आएको छु। के कोही कुनै चिन्ता नगरी मेरो पक्षमा लडाइँको मैदानमा उत्रिन सक्थ्यो र?” परमेश्‍वरका वचनहरूको उद्देश्य यही हो: यदि परमेश्‍वरले देहमा रही आफ्‍नो ईश्‍वरीय काम प्रत्यक्ष रूपमा नगर्नुभएको भए, वा यदि उहाँले देहधारी नभई धर्म-सेवकहरूद्वारा काम गर्नुभएको भए, परमेश्‍वरले ठूलो रातो अजिङ्गरलाई कहिल्यै पनि जित्‍न सक्‍नुहुनेथिएन, न त उहाँले मानवहरूमाझ राजाको रूपमा नै शासन गर्न सक्‍नुहुन्थ्यो। मानवजातिले वास्तविकतामा उहाँलाई चिन्‍न सक्‍नेथिएनन्, त्यसकारण यो अझै पनि शैतानकै शासन हुनेथियो। तसर्थ, कामको यो चरणलाई परमेश्‍वरले नै व्यक्तिगत रूपमा, देहधारी शरीरमा रही अघि बढाउनुपर्छ। यदि देहलाई परिवर्तन गरिएको भए, योजनाको यो चरणलाई कहिल्यै पनि पूरा गर्न सकिनेथिएन, किनभने देहको महत्त्व र सार उस्तै हुनेथिएन। मानिसहरूले यी वचनहरूको शाब्दिक अर्थलाई मात्रै बुझ्‍न सक्छन्, तर परमेश्‍वरले जडको कुरा बुझ्‍नुहुन्छ। परमेश्‍वरले भन्‍नुभयो, “यद्यपि, सबै कुरा भनिसकिएपछि र गरिसकिएपछि, यो आत्माको काम हो कि देहको काम हो भनेर बुझ्ने कोही हुँदैन। यो एउटा कुरा पूर्ण रूपमा अनुभव गर्न मानिसहरूलाई जीवनभरिको समय लाग्छ।” शैतानले मानिसहरूलाई यति धेरै वर्षदेखि भ्रष्ट तुल्याएको छ, र तिनीहरूले आत्मिक कुराहरूसम्‍बन्धी तिनीहरूको चेतनालाई गुमाएको धेरै भइसक्यो। यही कारणले गर्दा, परमेश्‍वरका वचनहरूको एउटै वाक्य पनि मानिसहरूको लागि मनोहर कुरा बन्छ। पवित्र आत्मा र आत्माहरूका बीचको दूरीको कारण, परमेश्‍वरमा विश्‍वास गर्ने सबैले उहाँप्रतिको तृष्णा अनुभूति गर्छन् र सबै जना उहाँको नजिक आउन र आफ्‍नो हृदय खोल्‍न इच्‍छुक हुन्छन्। तैपनि, तिनीहरूले उहाँको सम्पर्कमा आउने आँट गर्दैनन्, बरु विस्मयमा नै रहेर बस्‍न चाहन्छन्। पवित्र आत्माको आकर्षणको शक्ति यही हो। परमेश्‍वर मानिसहरूले प्रेम गर्नुपर्ने परमेश्‍वर हुनुभएकोले र तिनीहरूले प्रेम गर्नको लागि उहाँमा असीमित तत्वहरू भएकोले, हरेकले उहाँलाई प्रेम गर्छन् र हरेकले उहाँमा नै भरोसा गर्न चाहन्छन्। सत्य भन्ने हो भने, हरेकले आफ्‍नो हृदयमा परमेश्‍वरप्रति प्रेम राख्छन्—यति मात्र हो कि शैतानका वाधाहरूले अचेत, मूर्ख, दयनीय मानिसहरूलाई परमेश्‍वर चिन्‍नबाट रोकेका छन्। यही कारणले गर्दा, उहाँप्रतिको मानवको साँचो भावनाहरूका बारेमा परमेश्‍वरले बताउनुभयो: “मानिसहरूले तिनीहरूका हृदयभित्रका स्थानहरूमा मलाई कहिल्यै पनि तुच्छ ठानेका छैनन्; बरु तिनीहरू आफ्ना आत्माको गहिराइमा मसँग टाँसिरहन्छन्। … मेरो वास्तविकताले मानिसहरूलाई अन्योल तुल्याउँछ, अवाक् बनाउँछ र छक्‍क पार्छ, र तापनि तिनीहरू तिनलाई स्वीकार्न तयार हुन्छन्।” परमेश्‍वरमा विश्‍वास गर्नेहरूको हृदयको गहिराइको वास्तविक अवस्था यही हो। जब मानिसहरूले साँचो रूपमा परमेश्‍वरलाई चिन्छन्, उहाँप्रतिको तिनीहरूको मनोवृत्ति प्राकृतिक रूपमा नै परिवर्तन हुन्छ, र तिनीहरूका आत्माको प्रकार्यले गर्दा तिनीहरूको हृदयको गहिराइबाट तिनीहरूले प्रशंसाका वाणी निकाल्‍न सक्छन्। परमेश्‍वर सबै मानिसहरूको आत्माको गहिराइमा हुनुहुन्छ, तर शैतानको भ्रष्टताको कारण, मानिसहरूले शैतानलाई नै परमेश्‍वर भनी ठान्छन्। आज परमेश्‍वरको वचन यही समस्यालाई सम्‍बोधन गर्दै सुरु हुन्छ, र आत्मिक संसारमा, सुरुदेखि अन्त्यसम्‍म युद्धको मुख्य ध्यान यही नै रहेको छ।

अघिल्लो: अध्याय १४

अर्को: अध्याय १६

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

तैंले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ

मानिसको दृष्टिकोणबाट हेर्दा, मोआबका सन्तानहरूलाई पूर्ण बनाउनु सम्भव छैन, न त उनीहरू त्यस्तो बनाइने योग्यका नै छन्। अर्कोतिर, दाऊदका...

परमेश्‍वरको काम र मानिसको काम

मानिसको कति काम पवित्र आत्माको काम हो र कति चाहिँ मानिसको अनुभव हो? मानिसहरूले यी प्रश्‍नहरू अझै पनि बुझ्दैनन् भनी भन्‍न सकिन्छ, र...

तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

वर्तमान समयमा पवित्र आत्माले मण्डलीमा कसरी काम गर्दैहुनुहुन्छ? के तैंले यो प्रश्‍नलाई स्पष्ट रूपमा बुझेको छस्? तेरा दाजुभाइ-दिदीबहिनीहरूको...

व्यवस्थाको युगको काम

यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले मानवजातिको बीचमा परमेश्‍वरको सांसारिक उद्‍गम स्थान स्थापना गर्‍यो, जुन एउटा पवित्र स्थान पनि...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्