अध्याय १०

मण्डली निर्माणको अवधिमा, परमेश्‍वरले राज्य निर्माणको बारेमा बिरलै उल्‍लेख गर्नुभयो। उहाँले यसको बारेमा उल्‍लेख गर्नुहुँदा पनि, उहाँले त्यो बेलाको भाषामा उल्‍लेख गर्नुभयो। राज्यको युगको आगमन भइसकेपछि, परमेश्‍वरले मण्डली निर्माणको समयका निश्‍चित विधि र चासोहरूलाई एकै धर्को कोरी मेटाइदिनुभयो, र तिनको बारेमा फेरि कहिल्यै एउटै शब्‍द समेत बोल्‍नुभएन। “परमेश्‍वर स्‍वयम्‌” भन्‍ने पदावलीको आधारभूत अर्थ ठीक यही हो, जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो बन्‍नुहुन्‍न। विगतमा काम-कुराहरू जति नै राम्ररी गरिएको भए पनि, आखिर ती बितेको युगका भाग हुन्, त्यसकारण परमेश्‍वरले त्यस्ता विगतका घटनाहरूलाई ख्रीष्‍टको समयभन्दा पहिले घटेका घटनाहरूको रूपमा वर्गीकरण गर्नुहुन्छ, जबकि वर्तमान दिनलाई ख्रीष्‍टभन्दा पछिको समयको रूपमा चिनिन्छ। यसबाट के देख्‍न सकिन्छ भने मण्डलीको निर्माण राज्यको निर्माणको पूर्वसर्त थियो; यसले परमेश्‍वरको निम्ति उहाँको राज्यमा आफ्‍नो सार्वभौम शक्ति प्रयोग गर्ने जग स्थापना गर्‍यो। मण्डलीको निर्माण आजको समयको झलक हो; पृथ्वीमा परमेश्‍वरले गर्नुहुने कार्य मुख्य रूपमा यही भागमा, अर्थात् राज्य निर्माणको काममा केन्द्रित छ। उहाँले मण्डली निर्माणको काम समाप्त गर्नुभन्दा पहिले, उहाँले गर्नुपर्ने सबै कार्यका निम्ति तयारीहरू गरिसक्‍नुभएको थियो, अनि जब ठीक समय आयो, उहाँले औपचारिक रूपमा आफ्‍नो काम सुरु गर्नुभयो। यही कारणले गर्दा परमेश्‍वरले भन्‍नुभयो, “आखिर, राज्यको युग विगतका समयहरूभन्दा फरक छ। मानवजातिले कस्तो व्यवहार गर्छ त्यससँग यसले सरोकार राख्दैन; बरु, म मेरो काम गर्नको लागि व्यक्तिगत रूपमै पृथ्वीमा ओर्लेको छु, जुन कुरालाई न त मानवजातिले बुझ्‍न सक्छ न त पूरा गर्न नै सक्छ।” वास्तवमा नै, यो काम परमेश्‍वरले नै व्यक्तिगत रूपमा गर्नुपर्छ—कुनै पनि मानवले त्यस्तो काम गर्न सक्दैन; तिनीहरू यसको स्तरमा पुगेकै छैनन्। परमेश्‍वरबाहेक, अरू कसले मानवजातिको बीचमा त्यति महान् काम गर्न सक्थ्यो र? सम्पूर्ण मानवजातिलाई अधमरो हुने गरी “कष्ट” दिन अरू कसले सक्छ र? के मानवले त्यस्तो कामको बन्दोबस्त गर्न सक्छ र? किन उहाँले यसो भन्‍नुहुन्छ, “म मेरो काम गर्नको लागि व्यक्तिगत रूपमै पृथ्वीमा ओर्लेको छु”? के परमेश्‍वरका आत्मा साँच्‍चै सबै स्थानबाट हराउनुभएको हुन सक्छ? “म मेरो काम गर्नको लागि व्यक्तिगत रूपमै पृथ्वीमा ओर्लेको छु” भन्‍ने हरफले परमेश्‍वरका आत्मा काम गर्न देहमा देहधारी हुनुभएको छ भन्‍ने तथ्य, र परमेश्‍वरका आत्माले स्पष्ट रूपमा नै मानवजातिको बीचमा काम गरिरहनुभएको छ भन्‍ने तथ्य दुवैलाई जनाउँछ। व्यक्तिगत रूपमा आफ्‍नो काम गरेर, उहाँले धेरै मानिसहरूलाई आफ्‍नो नाङ्गो आँखाले परमेश्‍वर स्‍वयम्‌लाई देख्‍ने तुल्याउनुहुन्छ; तिनीहरूले आफ्‍नो आत्मामा उहाँलाई होशियारीसाथ खोजी गर्नु आवश्यक छैन। यसको साथै, उहाँले सबै मानवलाई आत्माले काम गर्नुभएको नाङ्गो आँखाले देख्‍न दिनुहुन्छ, यसरी मानिसको देह र परमेश्‍वरको देहको बीचमा विशेष भिन्‍नता छ भन्‍ने कुरा देखाउनुहुन्छ। यसको साथै, सबै अन्तरिक्षमा, ब्रह्माण्ड संसारमा परमेश्‍वरका आत्माले काम गरिरहनुभएको हुन्छ। अन्तर्दृष्टि पाएका परमेश्‍वरका सबै मानिसहरूले परमेश्‍वरको नामलाई स्वीकार गरेपछि, परमेश्‍वरका आत्माले कसरी काम गर्नुहुन्छ भन्‍ने देख्छन्, त्यसरी तिनीहरू देहधारी परमेश्‍वरप्रति अझै बढी परिचित बन्छन्। त्यसकारण, परमेश्‍वरको ईश्‍वरीयताले प्रत्यक्ष रूपमा काम गर्छ भने मात्र—अर्थात्, जब परमेश्‍वरका आत्माले कुनै पनि बाधाविना काम गर्न सक्‍नुहुन्छ तब मात्र—मानवजाति व्यवहारिक परमेश्‍वर स्वयम्‌प्रति परिचित बन्‍न सक्छन्। राज्य निर्माणको सार यही हो।

परमेश्‍वर कति पटक देहमा देहधारी हुनुभएको छ? के यो धेरै पटक हुन सक्छ? किन परमेश्‍वरले धेरै पटक यसो भनेर टिप्पणी दिनुभएको छ, “एक पटक म मानवको संसारमा ओर्लिएँ र तिनीहरूको कष्ट अनुभव गरेँ र अवलोकन गरेँ, तर मेरो देहधारणको उद्देश्यलाई पूरा नगरिकन त्यसो गरेँ”? के परमेश्‍वर धेरै पटक देहधारी हुनुभएको छ, तर मानिसलाई कहिल्यै थाहा नभएको हो? यो अभिव्यक्तिको अर्थ त्यो होइन। पहिलो पटक परमेश्‍वर देहधारी बन्‍नुहुँदा, उहाँको उद्देश्य भनेको मानिसले उहाँलाई चिनून् भन्‍ने थिएन; बरु, उहाँले आफ्‍नो काम गर्नुभयो, त्यसपछि कसैले थाहै नपाई वा उहाँलाई चिन्‍ने मौका कसैलाई नदिई उहाँ विलय हुनुभयो। उहाँले मानिसहरूलाई पूर्ण रूपमा उहाँलाई चिन्‍न दिनुभएन, न त उहाँसँग देहधारणको पूर्ण महत्त्व नै थियो; त्यसकारण, उहाँ पूर्ण रूपमा देहधारी हुनुभएको थियो भनेर भन्‍न सकिँदैन। पहिलो देहधारणमा, त्यो काम अघि बढाउनको लागि परमेश्‍वर पापी प्रकृतिबाट मुक्त रहेको भौतिक शरीरको प्रयोग मात्रै गर्नुभयो; यो पूरा भएपछि, थप कुराको उल्‍लेख गर्नु आवश्यक थिएन। युगौंयुग परमेश्‍वरले प्रयोग गर्नुभएका मानवका हकमा, त्यस्ता घटनाहरू “देहधारणहरू” भन्‍न त्यति योग्य छैनन्। सामान्य मानवताको आवरणभित्र रहनुभएका र भित्री पूर्ण ईश्‍वरीयता बोक्‍नुभएका, र मानवजातिको सामुन्ने आफूलाई चिनाउने उद्देश्य बोक्‍नुभएका आजका व्यावहारिक परमेश्‍वर स्‍वयम्‌लाई मात्रै पूर्ण रूपमा “देहधारण” भनेर भन्‍न सकिन्छ। परमेश्‍वरले पहिलो पटक गर्नुभएको यो संसारको भ्रमणको महत्त्व भनेको आज देहधारण जेलाई भनिन्छ त्यसको महत्त्वको एउटा पक्ष हो—तर यो भ्रमणमा देहधारण भनेर चिनिने कुराको पूर्ण अर्थ समावेश छैन। यसैले परमेश्‍वरले “मेरो देहधारणको उद्देश्यलाई पूरा नगरिकन” भनेर भन्नुभयो। परमेश्‍वरका वचनहरूले भनेजस्तै, मानव कष्ट अनुभव र अवलोकन गर्ने कार्यले परमेश्‍वरका आत्मा र दुई देहधारणहरूलाई जनाउँछ। यही कारणले परमेश्‍वरले भन्‍नुभयो, “राज्यको निर्माण सुरु भएपछि, मेरो देहधारी शरीरले मेरो सेवकाइलाई औपचारिक रूपमा सुरु गर्‍यो; अर्थात्, राज्यका राजाले आफ्‍नो सार्वभौम शक्तिलाई औपचारिक रूपमा लिनुभयो।” मण्डली निर्माणको कार्य परमेश्‍वरको नामको गवाही थियो, तैपनि काम अझै पनि औपचारिक रूपमा सुरु भएको थिएन; आजको कार्यलाई मात्रै राज्य निर्माणको कार्य भनेर भन्‍न सकिन्छ। यसभन्दा अघि गरिएका सबै कुरा नमुना मात्र थियो; त्यो वास्तविक कुरो थिएन। राज्यको सुरुवात भएको छ भनेर भनिए पनि, यसभित्र अझै कुनै काम गरिएको थिएन। आज मात्रै, अहिले परमेश्‍वरको ईश्‍वरीयताभित्र काम गरिँदै गरिएको हुनाले र परमेश्‍वरले आफ्‍नो काम औपचारिक रूपमा सुरु गर्नुभएको हुनाले, मानवजाति बल्‍ल राज्यमा प्रवेश गरेको छ। तसर्थ, “मानव संसारमा राज्यको अवतरण—जुन वास्तविक प्रकटीकरणमा मात्रै सीमित थिएन—एउटा खास वास्तविकता हो; यो ‘अभ्यासको वास्तविकता’ को अर्थको एउटा पक्ष हो।” यो उद्धरण माथिको व्याख्याको उपयुक्त सारांश हो। यो व्याख्या प्रदान गरेर, परमेश्‍वरले मानवजातिको आम स्थितिलाई चित्रण गर्नुभएको छ, जसले मानिसहरूलाई व्यस्तताको अटुट स्थितिमा छोड्छ। “संसारभरि, सबै मेरो कृपा र दयाभित्र अस्तित्वमा छन्, तर सारा मानवजाति मेरो न्यायमा पर्छन्, त्यसरी नै तिनीहरूले मेरा परीक्षाहरूको सामना गर्छन्।” मानव जीवन परमेश्‍वरले मिलाउनुभएका निश्‍चित सिद्धान्त र नियमहरूअनुसार सञ्‍चालित हुन्छ, र ती यसप्रकार छन्: खुशीका समयहरू आउनेछन्, निराशाका क्षणहरू हुनेछन्, यसको साथै, सामना गर्नैपर्ने कठिनाइहरूद्वारा हुने शोधनका समयहरू आउनेछन्। तसर्थ, कसैले पनि पूर्ण खुशी वा पूर्ण कष्टको जीवन जिउनेछैनन्; हरेक जीवनको आ-आफ्‍नै उकाली-ओरालीहरू हुनेछन्। सम्पूर्ण मानवजातिका बीचमा परमेश्‍वरको कृपा र प्रेमिलो-दयालुपन स्पष्ट रहेको मात्र होइन, उहाँको न्याय र उहाँको स्वभावको पूर्णता पनि स्पष्ट छन्। सारा मानव परमेश्‍वरका परीक्षाहरूका बीचमा जिउँछन् भनेर भन्‍न सकिन्छ, होइन र? यो विशाल संसारभरि, सबै मानव आ-आफ्‍नो लागि बाटो खोज्‍न व्यस्त छन्। तिनीहरूले के भूमिका खेल्छन् सो विषयमा तिनीहरू निश्‍चित छैनन्, र कतिले त नियतिको लागि आफ्‍नो जीवन समेत बिगार्छन् वा गुमाउँछन्। अय्‍यूब समेत यो नियमको अपवाद थिएनन्: तिनले पनि परमेश्‍वरका परीक्षाहरू सामना गरेका भए पनि, तिनले आफ्‍नो निम्ति उम्कने बाटोको खोजी गरे। परमेश्‍वरका परीक्षाहरूका बीचमा कोही पनि कहिल्यै टिक्‍न सकेको छैन। मानव लोभ र प्रकृतिको कारण, कोही पनि आफ्‍नो वर्तमान अवस्थाप्रति सन्तुष्ट छैनन्, र कोही पनि परीक्षाहरूको बीचमा खडा रहिरहन सक्दैनन्; परमेश्‍वरको न्यायमा पर्दा सबै जना टुक्रा-टुक्रा हुन्छन्। यदि परमेश्‍वर मानवजातिसँग गम्‍भीर हुनुभयो भने, र यदि उहाँले अझै पनि मानिसहरूलाई कडा मापदण्ड दिनुभयो भने, यो त उहाँले भन्‍नुभएको यो वचनजस्तै हुनेथियो: “सारा मानवजाति मेरो ज्वलन्त हेराइमा गिर्नेथिए।”

राज्यको निर्माण औपचारिक रूपमा सुरु भइसकेको भए पनि त्यो राज्यको औपचारिक अभिवादन गुञ्जन अझै बाँकी छ; अब यो पछि हुनआउने कुराको एउटा अगमवाणी मात्र हो। जब मानिसहरू सबैलाई पूर्ण बनाइ सकिन्छन् र पृथ्वीका सबै राष्ट्रहरू ख्रीष्टको राज्य बन्छन्, तब यो सात मेघ गर्जन गर्जने समय हुनेछ। वर्तमान समयचाहिँ त्यस चरणतर्फको लम्काइ हो; त्यस दिनतर्फ आक्रमण जारी गरिएको छ। यो परमेश्‍वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ। यद्यपि, परमेश्‍वरले बोल्‍नुभएका हरेक कुरा उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ। यसैले, पृथ्वीका सबै राष्ट्रहरू उच्‍च छालहरू नजिक आउँदा हल्‍लिने बालुवामा बनाइएका महलहरू मात्र हुन्: अन्तिम दिन नजिकै छ र ठूलो रातो अजिङ्गर परमेश्‍वरको वचनमुनि गिर्नेछ। उहाँको योजनालाई सफलतापूर्वक अघि बढाइएको छ भन्‍ने कुराको सुनिश्‍चित गर्न, स्वर्गका दूतहरू पृथ्वीमा ओर्लेका छन्, अनि परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति सक्दो गर्दैछन्। देहधारी हुनुभएका परमेश्‍वर स्वयम् शत्रुको विरुद्धमा युद्ध सुरु गर्न युद्धको मैदानमा तैनाथ हुनुभएको छ। जहाँ-जहाँ देहधारण देखापर्नुहुन्छ, त्यहाँबाट शत्रुलाई नष्ट गरिन्छ। विनाश हुनेमा चीन पहिलो हुनेछ; परमेश्‍वरको हातद्वारा यसलाई निर्जन पारिनेछ। परमेश्‍वरले कुनै दया देखाउनुहुनेछैन। ठूलो रातो अजिङ्गरको बिस्तारै हुने पतनको प्रमाण मानिसहरूमा निरन्तर हुने परिपक्‍वतामा देख्‍न सकिन्छ; यो सबैको लागि स्पष्ट र देख्‍न सकिने हुन्छ। मानिसहरूको परिपक्‍वता शत्रुको निधनको चिन्ह हो। “प्रतिस्पर्धा गर्छु” को अर्थको बारेमा छोटो व्याख्या यही हो। यसरी, धेरै वटा अवसरहरूमा, परमेश्‍वरले मानिसहरूलाई उनीहरूको हृदयमा धारणाहरूले बनाएको स्थितिलाई अर्थात् ठूलो रातो अजिङ्गरको कुरूपतालाई हटाउनको लागि उहाँको सुन्दर गवाहीहरू दिनुपर्छ भनी स्मरण गराउनुभएको छ। परमेश्‍वरले त्यस्ता स्मारकहरू मानिसहरूको विश्वासलाई सजीव बनाउन प्रयोग गर्नुहुन्छ, त्यसो गरेर उहाँको आफ्नो काममा उपलब्धिहरू प्राप्त गर्नुहुन्छ। किनकि परमेश्‍वरले भन्नुभएको छ, “मानव वास्तवमा के गर्न सक्षम छन्? के बरु म आफैले गर्नुपर्ने होइन र?” सबै मानिसहरू यस्तै प्रकारका छन्; तिनीहरू असक्षम मात्र छैनन्, तिनीहरू त सजिलै निराश र दुःखी पनि हुन्छन्। यसकारण, तिनीहरूले परमेश्‍वरलाई चिन्न सक्दैनन्। परमेश्‍वरले मानवजातिको विश्वास पुनर्जीवित मात्र पार्नुहुन्न; उहाँले गोप्य र निरन्तर रूपमा मानिसहरूलाई बल पनि प्रदान गर्नुहुन्छ।

त्यसपछि, परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डसँग बोल्न थाल्नुभयो। परमेश्‍वरले चीनमा आफ्नो नयाँ काम सुरु गर्नुभएको मात्र छैन, उहाँले त सारा ब्रह्माण्डभरि नै आजको नयाँ काम गर्न थाल्नुभएको छ। कामको यस चरणमा, परमेश्‍वरले उहाँलाई धोका दिने सबै मानिसहरू फेरि उहाँको सिंहासनको अधीनमा बस्न आउन सकून भनी आफ्ना सारा कामहरू संसारभरि प्रकट गर्न चाहनुभएको हुनाले परमेश्‍वरको न्यायमा अझै पनि उहाँको कृपा र प्रेमिलो-दयालुपन सम्मिलित हुनेछ। परमेश्‍वरले संसारभरिका वर्तमान घटनाहरूलाई मानिसहरूलाई त्रसित महसुस गराइ, तिनीहरूलाई परमेश्‍वरलाई खोज्न प्रेरित गर्ने मौकाहरूको रूपमा प्रयोग गर्नुहुन्छ ताकि तिनीहरू उहाँको सामु वापस आउन सकून्। त्यसैले परमेश्‍वर भन्नुहुन्छ, “मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍नेमा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो।” यहाँ परमेश्‍वरले मानवको साँचो प्रकृतिलाई सटीक रूपमा खुलासा गर्नुहुन्छ, जुन प्रयास तीखो, पृथक, र सहज छ। यसले गर्दा मानिसहरू लाजले भुतुक्‍कै भएर अनुहार लुकाउँछन्। जब-जब परमेश्‍वर बोल्‍नुहुन्छ, तब-तब उहाँले सधैँ कुनै न कुनै हिसाबमा मानवजातिको लाजमर्दो प्रस्तुतिको कुनै न कुनै पक्षलाई औंल्याउनुहुन्छ, ताकि सहजतामा हुँदा पनि मानवजातिले आफूलाई चिन्‍न नभुलून् र आफूलाई चिन्‍ने कार्यलाई थोत्रो काम नसोचून्। मानव प्रकृतिअनुसार, यदि परमेश्‍वरले एक क्षणको लागि पनि तिनीहरूको गल्ती औंल्याउन छोड्नुभयो भने, तिनीहरू छाडा र अहङ्कारी बन्‍न सक्छन्। यही कारणले परमेश्‍वर आज फेरि यसो भन्‍नुहुन्छ, “मानवता—मैले तिनीहरूलाई प्रदान गरेको पदवी नामहरूलाई बहुमूल्य ठान्‍नु त कता हो कता, तिनीहरूमध्ये धेरैले आफ्‍नो हृदयमा ‘सेवा गर्ने’ पदवी नामको कारण द्वेष राख्छन्, र धेरैले आफ्‍नो हृदयमा ‘मेरा मानिसहरू’ भन्‍ने पदवी नामको कारण मेरो लागि प्रेम पैदा गर्छन्। कसैले पनि मलाई मूर्ख बनाउने प्रयास गर्नु हुँदैन; मेरा आँखाहरू सर्वदर्शी छन्!” मानवले यो अभिव्यक्तिलाई पढ्नेबित्तिकै, तिनीहरूलाई तुरुन्तै असहज महसुस हुन्छ। तिनीहरूका विगतका कार्यहरू अत्यन्तै अपरिपक्‍व थिए भन्‍ने तिनीहरूलाई लाग्छ—परमेश्‍वरलाई चिढ्याउने फोहोरी कार्यहरू थिए भन्‍ने लाग्छ। तिनीहरूले हालै परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने चाहना गर्न थालेका हुन्छन्, तर तिनीहरू यसो गर्न तत्पर भए पनि, तिनीहरूसँग त्यसो गर्ने शक्तिको कमी हुन्छ, र तिनीहरूले के गर्नुपर्ने हो सो तिनीहरूलाई थाहा हुँदैन। थाहै नपाई, तिनीहरू नयाँ सङ्कल्पले भरिन्छन्। व्यक्ति सहज बनेपछि यी वचनहरूलाई पढ्दा त्यसले पार्ने प्रभाव यही हो।

एकतर्फ, परमेश्‍वरले शैतान चरम रूपमा बौलाहा छ भनेर भन्‍नुहुन्छ, र अर्कोतर्फ उहाँले धेरैजसो मानिसहरूमा आम रूपमा हुने प्रकृति परिवर्तन भएको छैन भनेर औंल्याउनुहुन्छ। यसबाट, शैतानका कार्यहरू मानवताद्वारा प्रकट हुन्छन् भन्‍ने कुरा स्पष्ट हुन्छ। त्यसकारण, परमेश्‍वरले मानवलाई छाडा बन्‍नु हुँदैन, नत्र तिनीहरूलाई शैतानले निल्छ भनेर बारम्‍बार स्मरण गराउनुहुन्छ। यो कतिपय मानवले विद्रोह गर्नेछन् भन्‍ने कुराको भविष्यवाणी मात्र होइन; त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, सबै मानिसहरूलाई विगतको कुरालाई चाँडोभन्दा चाँडो पन्छ्याएर वर्तमान दिनको खोजी गर्न सचेत गराउने चेतावनीको घण्टी हो। कोही पनि भूतपिशाचहरूको वशमा वा दुष्ट आत्‍माहरूको नियन्त्रणमा पर्न चाहँदैनन्, त्यसकारण परमेश्‍वरका वचनहरू तिनीहरूका लागि अझै बढी चेतावनी र अर्ती हुन्छन्। तैपनि, जब धेरैजसो मानिसहरू परमेश्‍वरको हरेक वचनलाई अत्यन्तै धेरै महत्त्व दिँदै विपरीत चरमतातर्फ जान्छन्, तब परमेश्‍वर भन्‍नुहुन्छ, “धेरैजसो मानिसहरू तिनीहरूका आँखाको अभिलाषा पूरा गर्नको लागि मैले अझै बढी रहस्यहरू प्रकट गर्छु भन्‍ने प्रतीक्षा गरिरहेका छन्। तैपनि, तैँले स्वर्गका सारा रहस्यहरू बुझिस् भने पनि, त्यो ज्ञानद्वारा तैँले के नै गर्न सक्छस् र? के यसले मप्रतिको तेरो प्रेमलाई बढाउनेथियो र? के यसले मप्रतिको तेरो प्रेमलाई जगाउनेथियो?” यसबाट के कुरा स्पष्ट हुन्छ भने मानवले परमेश्‍वरलाई चिन्‍न र परमेश्‍वरलाई प्रेम गर्नको लागि परमेश्‍वरको वचनको प्रयोग गर्दैनन्, बरु तिनीहरूको “सानो ढुकुटी” बढाउनको लागि प्रयोग गर्छन्। तसर्थ, मानवजातिको चरमवादलाई व्याख्या गर्नको लागि “तिनीहरूका आँखाको अभिलाषा पूरा गर्न” भन्‍ने पदावलीको प्रयोग गर्नुभएको छ, जुन कुराले परमेश्‍वरप्रति मानवजातिको प्रेम पूर्ण रूपमा शुद्ध छैन भन्‍ने कुरालाई प्रतिबिम्‍बित गर्छ। यदि परमेश्‍वरले रहस्यहरू नखोल्‍नुभएको भए, मानवले उहाँका वचनहरूलाई त्यति महत्त्व दिने थिएनन्, बरु तिनलाई सतही रूपमा झलक्‍क हेर्थे, घोडामा चढेर फूलहरूको सुन्दरतालाई हेरेजस्तै पुलुक्क हेर्थे। तिनीहरूले परमेश्‍वरका वाणीहरूलाई साँचो रूपमा चिन्तन गर्न वा विचार-विमर्श गर्न समय निकाल्नेथिएनन्। धेरैजसो मानिसहरूले उहाँको वचनलाई साँचो रूपमा कदर गर्दैनन्। तिनीहरूले उहाँका वचनहरू खान र पिउनको लागि त्यति धेरै प्रयास गर्दैनन्; बरु, तिनीहरूले औपचारिकताको लागि मात्र नजर लगाउँछन्। परमेश्‍वर किन अहिले विगतको भन्दा फरक तरिकाले बोल्‍नुहुन्छ? किन उहाँका सबै वचनहरू बुझ्‍न नसकिने छन्? यसका केही उदाहरणहरू “म तिनीहरूलाई त्यस्ता पदवी नामहरूको मुकुटले कहिल्यै पहिर्‍याउनेछैन” भन्‍ने वाक्यांशमा रहेको “मुकुट” भन्‍ने शब्‍द, “विशुद्ध सुन, जसद्वारा मेरा वचनहरू बनिएका छन्, तिनलाई प्राप्त गर्न सक्‍ने कोही छ” भन्‍ने वाक्यांशको “विशुद्ध सुन” भन्‍ने शब्‍द “शैतानको प्रक्रिया भएर नगई” भन्‍ने वाक्यांशको “प्रक्रिया” भन्‍ने शब्‍द, र यस्ता अरू वाक्यांशहरू हुन्। परमेश्‍वर किन यसरी बोल्‍नुहुन्छ भनेर मानवले बुझ्दैनन्; उहाँ किन यस्तो ठट्यौली, हाँसउठ्दो, र उत्तेजक तरिकाले बोल्‍नुहुन्छ सो तिनीहरूले बुझ्न सक्दैनन्। परमेश्‍वरको बोलाइको उद्देश्यका प्रकटीकरणहरू ठीक यिनै हुन्। प्रारम्‍भदेखि नै, मानव परमेश्‍वरको वचन बुझ्‍न असमर्थ रहिआएको छ, र उहाँका वाणीहरू निकै गम्भीर र कठोर छन् भन्‍ने देखिएको छ। उहाँले अलिकति हास्य रस समावेश गरेर—यताउता अलिअलि ठट्टा थपथाप गरेर—उहाँले आफ्‍नो वचनद्वारा मन हल्‍का गराउन अनि मानिसलाई तनाव कम गर्न दिनुभएको छ। त्यसो गर्ने क्रममा, हरेक मानवलाई परमेश्‍वरको वचनमा मनन गर्न बाध्य गर्दै उहाँले अझै ठूलो प्रभाव हासिल गर्नुभएको छ।

अघिल्लो: परिशिष्ट: अध्याय १

अर्को: अध्याय ११

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

बाइबल सम्बन्धमा (१)

परमेश्‍वरमाथिको विश्‍वासमा बाइबललाई कसरी हेर्नुपर्छ? यो सिद्धान्तको प्रश्‍न हो। हामी किन यो प्रश्‍नबारे कुरा गर्दैछौं? किनकि भविष्यमा...

के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

पुरानो युग बितेको छ, र नयाँ युग आएको छ। एक वर्षपछि अर्को वर्ष र एक दिन पछि अर्को दिन, परमेश्‍वरले धेरै काम गर्नुभएको छ। उहाँ यस संसारमा...

परमेश्‍वरको काम र मानिसको काम

मानिसको कति काम पवित्र आत्माको काम हो र कति चाहिँ मानिसको अनुभव हो? मानिसहरूले यी प्रश्‍नहरू अझै पनि बुझ्दैनन् भनी भन्‍न सकिन्छ, र...

शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तैंले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधनको अनुभव गरेपछि मानिसहरूले परमेश्‍वरलाई साँचो...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्