तँ मार्गको अन्तिम भागसम्म कसरी हिँड्नुपर्छ

तँ अहिले मार्गको अन्तिम भागमा छस्, अनि यो मार्गको एउटा महत्त्वपूर्ण भाग हो। सायद तैँले असाध्य कष्ट सहेको छस्, धेरै काम गरेको छस्, धेरै बाटोहरूमा यात्रा गरेको छस्, अनि धेरै प्रवचनहरू सुनेको छस्; सायद तँ अहिले जहाँ छस्, त्यहाँसम्म पुग्न सजिलो भएको छैन होला। यदि तैँले हाल सामना गरिरहेको कष्ट सहन सक्दैनस् भने र यदि तैँले विगतमा गरेकै कार्यलाई जारी राखिस् भने, तँलाई सिद्ध तुल्याइन सकिँदैन। यी वचनहरूको उद्देश्य तँलाई भयभीत तुल्याउन होइन—ती तथ्य हुन्। पत्रुसले परमेश्‍वरको धेरै काम अनुभव गरेपछि, उनले केही कुराहरूको अन्तर्दृष्टि र अझै बढी समझशक्ति पनि हासिल गरे। उनले सेवाको सिद्धान्तको सम्बन्धमा धेरै कुरा बुझे, अनि पछि जुन कुरा येशूले उनलाई सुम्पिनुभएको थियो, त्यसप्रति उनले आफैलाई पूर्ण रूपले अर्पण गर्न सके। उनले आफैले गरेको कुराहरूको निम्ति उनी परमेश्‍वरप्रति अति धेरै ऋणी छन् र उनले कहिल्यै पनि त्यसको बदला तिर्न सक्दैनन् भन्‍ने उनलाई लागेकै कारणले गर्दा नै उनले ठूलो शोधन प्राप्त गरेका थिए। पत्रुसले मानिस धेरै भ्रष्ट छन् भनेर पनि पहिचान गरे, जसले उनलाई उनको विवेकमा दोषी अनुभूति गर्ने तुल्यायो। येशूले पत्रुसलाई धेरै कुराहरू भन्नुभएको थियो, तर जब यी कुराहरू भनिएका थिए, त्यस समयमा, उनले थोरै बुझाइ मात्र प्राप्त गर्न सक्थे, अनि कहिलेकाहीँ उनले अझै केही विरोध र विद्रोहीपनलाई मनमा स्थान दिन्थे। येशूलाई क्रूसमा टाँगिएपछि, अन्ततः उनले केही जागरणको अनुभव गरे, अनि उनले आफैप्रति निन्दाका ठूला सन्तापहरू अनुभूति गरे। अन्त्यमा, यो यस्तो बिन्दुसम्म पुग्यो जहाँ कुनै पनि बेठीक विचारहरू राख्नु अस्वीकारयोग्य हो भनी उनले अनुभूति गरे। उनलाई आफ्नै अवस्थाको बारेमा राम्ररी थाहा थियो, अनि उनलाई प्रभुको पवित्रताको बारेमा पनि थाहा थियो। परिणामस्वरूप, उनीभित्र प्रभुको निम्ति अझ धेरै प्रेमको हृदय वृद्धि भयो, अनि उनी आफ्नै जीवनप्रति अझ बढी केन्द्रित भए। उनले ठूला कठिनाइहरू भोगेका हुनाले, अनि समय समयमा उनी गम्भीर बिमारी भए अनि उनी मरेको जस्तो प्रतीत भएको भए तापनि, उनले धेरै पल्ट यस प्रकारको शोधनबाट भएर गएपछि, उनले आफ्नै बारेमा अझ बढी बुझाइ हासिल गरे, अनि प्रभुको निम्ति सच्‍चा प्रेमको विकास गरे। यसो भन्न सकिन्छ कि उनको पूरै जीवन शोधनमा, अनि त्यसभन्दा पनि बढी, सजायमा बितेको थियो। उनको अनुभव अरू कुनै पनि व्यक्तिको भन्दा फरक थियो, अनि उनको प्रेमले सिद्ध नतुल्याइएका कुनै पनि व्यक्तिको प्रेमलाई उछिन्यो। उनलाई नमूनाको रूपमा चुनिनुको कारण के थियो भने, उनले आफ्नो जीवनकालमा धेरै व्यथा अनुभव गरे, र तिनका अनुभवहरू सबैभन्दा सफल थिए। यदि तिमीहरू पनि पत्रुसले जस्तै साँच्चिकै बाटोको अन्तिम भागसम्म हिँड्न सक्छौ भने, कुनै पनि सृष्टिले तिमीहरूका आशिषहरू खोसेर लैजान सक्दैन।

पत्रुस एउटा विवेकशील मानिस थिए, तर उनीसित भएको मानवताद्वारा पनि, जब उनले प्रभुलाई पछ्याउन सुरु गरे, त्यस समयमा उनीसित धेरै विरोधी तथा विद्रोही विचारहरू थिए। तर, जब उनले येशूलाई पछ्याइरहेका थिए, तब उनले यी कुराहरूलाई गम्भीरतापूर्वक लिएनन्, किनभने उनले मानिसहरू यस्तै प्रकारको हुनुपर्छ भन्ने विश्‍वास गर्थे। त्यसैले, सुरुमा उनले कुनै निन्दाको अनुभूति गरेनन्, न त उनलाई कुनै निराकरण नै गरियो। येशूले पत्रुसका प्रतिक्रियाहरूलाई गम्भीरतापूर्वक लिनुभएन, न त उहाँले त्यसप्रति कुनै ध्यान नै दिनुभयो, तर उहाँले आफूले गर्नुपर्ने कामलाई नै निरन्तरता दिइरहनुभयो। उहाँले पत्रुस र अरूको गल्तीलाई कहिल्यै पनि अनावश्यक रूपमा खोतल्नुभएन। तैँले यसो भन्लास्: “के तिनीहरूसित भएका विचारहरूको बारेमा येशूलाई थाहा नभएको हुन सक्ला र?” यो हुनै सक्दैन! किनभने उहाँले साँच्चिकै पत्रुसलाई चिन्नुहुन्थ्यो—वास्तवमा, यसो भन्न सकिन्छ कि उहाँसित उनको बारेमा यति ठूलो बुझाइ थियो—कि येशूले उनको विरुद्धमा कुनै कदमहरू लिनुभएन। उहाँले मानवजातिलाई घृणा गर्नुहुन्थ्यो र तिनीहरूलाई दया पनि गर्नुहुन्थ्यो। के तिमीहरूको माझमा अहिले पावल जस्तै विरोधी, अनि त्यस समयमा प्रभु येशूप्रति पत्रुससित जुन धारणाहरू थिए तिनै धारणाहरू बोक्‍ने मानिसहरू छैनन्? म तँलाई भन्छु, यदि तैँले तेरो तेस्रो इन्द्रिय, तेरो अनुभूति गर्ने इन्द्रियलाई अति विश्‍वास नगर्नु नै सर्वोत्तम हुन्थ्यो, जुन अत्यन्तै अविश्‍वसनीय हुन्छ र धेरै लामो समयअघि नै शैतानको भ्रष्टताद्वारा पूर्ण रूपले नष्ट गरिएको थियो। के तँलाई तेरो अनुभूति सिद्ध र दोषरहित छ भन्‍ने लाग्छ? पावलले धेरै पल्ट प्रभु येशूलाई विरोध गरे, तर येशूले कुनै प्रतिक्रिया दिनुभएन। के येशूले बिरामीलाई निको पार्न सक्नुभयो र भूतात्माहरूलाई निकाल्न सक्नुभयो, तापनि पावलमा भएको “भूतात्मा” लाई चाहिँ निकाल्न सक्नुभएन भन्‍ने हुन सक्छ? किन येशू पुनरुत्थान भइसकेपछि र स्वर्गारोहण भइसकेपछि मात्रै, पावल येशूका चेलाहरूलाई निर्दयतापूर्वक पक्राउ गरिरहेका बेलामा अन्त्यमा उहाँ दमस्कसको बाटोमा उनीकहाँ देखा पर्नुभई उनलाई प्रहार गर्नुभयो? के प्रभु येशूले अति ढिलो प्रतिक्रिया जनाउनुभएको हुनसक्छ त? अथवा, उहाँ देहमा हुनुहुँदा उहाँसित कुनै अधिकार नभएकोले यसो भएको हुन सक्ला? के जब तँ मेरो पछाडि गुप्त प्रकारले विध्वंसकारी र विरोधी हुन्छस्, तब मलाई थाहा हुँदैन भन्‍ने तँलाई लाग्छ? के तैँले पवित्र आत्माबाट पाउने अन्तर्दृष्टिका टुक्राहरूलाई मेरो विरोध गर्न प्रयोग गर्न सकिन्छ भन्‍ने तँलाई लाग्छ? जब पत्रुस अपरिपक्व थिए, तब उनले येशूको सम्बन्धमा धेरै विचारहरूलाई मनमा राखेका थिए, तब किन त उनलाई दोषी ठहर्‍याइएन? अहिले, धेरै मानिसहरूले विना दोष कामहरू गरिरहेका छन्, अनि तिनीहरूले जे गरिरहेका छन्, त्यो ठीक छैन भनी स्पष्ट प्रकारले तिनीहरूलाई बताइँदा पनि तिनीहरूले सुन्दैनन्। के यो पूर्ण रूपले मानिसको विद्रोहीपनको कारणले होइन र? मैले अहिले धेरै कुरा भनिसकेको छु, तर अझै पनि तँमा विवेकको दृष्टिकोणको सानो टुक्राको पनि कमी छ, त्यसैले बाटो नटुङ्गिएसम्म हिँडिरहनको निम्ति तँ कसरी बाटोको अन्तिम भागसम्म हिँड्न सक्नेछस् र? के यो वृहत् परिमाणको प्रश्न हो भन्‍ने तँलाई लाग्दैन?

मानिसहरूलाई जितिएपछि, तिनीहरूले परमेश्‍वरको योजनाबद्ध कार्यलाई पालन गर्न सक्छन्; तिनीहरूसित आफ्नो विश्‍वास र आफ्नो इच्छा दुवै हुन्छन् जसद्वारा तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन्, अनि तिनीहरू उहाँलाई पछ्याउन यीमाथि भर पर्छन्। त्यसैले, बाटोको अन्तिम भागमा कसरी हिँड्न सकिन्छ त? सङ्कष्ट अनुभव गर्दाका तेरा दिनहरूमा, तैँले सबै कठिनाइहरू सहनैपर्छ, अनि तँसित कष्ट भोग्न इच्छा हुनैपर्छ; केवल यसरी मात्रै तँ बाटोको यस भागमा राम्रोसित हिँड्न सक्छस्। के तँलाई बाटोको यस भागमा हिँड्न यति सजिलो छ भन्‍ने लाग्छ? तैँले कुन कार्य पूरा गर्नुपर्छ भनेर जान्नुपर्छ; तिमीहरूले आफ्नो क्षमतालाई बढाउनैपर्छ अनि आफैलाई पर्याप्त सत्यताले सुसज्जित पार्नुपर्छ। यो एक वा दुई दिनको काम होइन, अनि यो तैँले सोचेको जस्तो सरल छैन! बाटोको अन्तिम भागमा हिँड्ने कुरा तँसित साँच्चिकै कस्तो प्रकारको विश्‍वास र इच्छा छ भन्ने कुरामा निर्भर हुन्छ। सायद तैँले तँभित्र पवित्र आत्माले काम गरिरहनुभएको देख्न सक्दैनस्, वा सायद तैँले मण्डलीमा पवित्र आत्माले काम गरिरहनुभएको पत्ता लगाउन सक्दैनस्, त्यसैले अगाडिको बाटोको निम्ति तँ निराशावादी छस् र हताश र नैराश्यताले भरिपूर्ण छस्। निश्‍चित रूपमा, विगतका महान् योद्धाहरू सबै पतित भएका छन्—के यो सबै तेरो लागि प्रहार होइन र? तैँले यी कुराहरूलाई कसरी हेर्नुपर्छ? तँसित विश्‍वास छ, कि छैन? तैँले आजको कामलाई पूर्ण रूपले बुझ्न सक्छस् कि सक्दैनस्? यी कुराहरूले तँ बाटोको अन्तिम भागसम्म सफलतापूर्वक हिँड्न सक्छस् कि सक्दैनस् भन्ने कुरालाई निर्धारण गर्दछ।

तिमीहरू अहिले बाटोको अन्तिम भागमा छौ भनेर किन भनिन्छ? किनभने तिमीहरूले बुझ्नुपर्ने हरेक कुरा तिमीहरूले बुझेका छौ, अनि मानिसहरूले हासिल गर्नुपर्ने हरेक कुरा मैले तिमीहरूलाई बताएको छु। तिमीहरूलाई सुम्पिएको हरेक कुराको बारेमा पनि मैले तिमीहरूलाई बताएको छु। त्यसैले, अहिले तिमीहरू हिँडिरहेको बाटो मार्गको अन्तिम भाग हो, जुन बाटोबाट मैले मानिसहरूलाई डोर्‍याउँछु। म केवल तिमीहरूले स्वतन्त्र प्रकारले जिउने क्षमता हासिल गर भन्‍ने अपेक्षा गर्छु; तँसित सधैँ र हरेक समयमा हिँड्ने बाटो हुनेछ, अनि तैँले पहिले जस्तै आफ्नो क्षमता वृद्धि गर्नेछस्, सामान्य प्रकारले परमेश्‍वरका वचनहरू पढ्नेछस्, अनि सामान्य मानव जीवन जिउनेछस्। म अहिले तँलाई यस प्रकारले जिउन अगुवाई गर्दैछु तर भविष्यमा जब म तँलाई अगुवाइ गर्दिनँ, के तँ अझै पनि यसो गर्न सक्षम हुनेछस्? के तँ अघि बढिरहन सक्षम हुनेछस्? पत्रुसको अनुभव यस्तो थियो: जब येशूले उनलाई डोर्‍याइरहनुभएको थियो, तिनीसँग कुनै बुझाइ थिएन; उनी सधैँ एउटा निष्फिक्री बच्चा जस्तै थिए, अनि आफूले गरेका कुराहरूप्रति उनी गम्भीर थिएनन्। येशू बिदा भइसक्नुभएपछि मात्रै उनले सामान्य मानव जीवन सुरु गरे। येशू बिदा भइसक्नुभएपछि मात्रै उनको अर्थपूर्ण जीवन सुरु भयो। उनीसित सामान्य मानवताको केही चेतना र एउटा सामान्य व्यक्तिमा हुनुपर्ने केही कुराहरू रहेको भए तापनि, येशू बिदा नभएसम्म उनको साँचो अनुभव र खोजीको नयाँ सुरुवात भएको थिएन। तिमीहरूको हालको अवस्था के छ? म तिमीहरूलाई अहिले यस बाटोमा डोर्‍याउँदैछु, अनि यो उदेकको छ भन्‍ने तँलाई लाग्छ। तँमाथि आइपर्ने कुनै परिस्थिति वा परीक्षाहरू छैनन्, तापनि तेरो कद वास्तवमै कस्तो प्रकारको छ भनी हेर्ने कुनै उपाय छैन, न त तँ साँच्चिकै सत्यतालाई पछ्याउने व्यक्ति हो कि होइन भनेर देख्ने कुनै उपाय नै छ। तैँले आफ्‍नो सारलाई बुझ्छस् भनेर तँ आफ्नो मुखले भन्छस्, तर यी रित्ता शब्दहरू हुन्। भविष्यमा जब तथ्यहरू तँकहाँ आउँछन्, तब तेरो बुझाइ प्रमाणित हुनेछ। अहिले, तँसित यस्तो प्रकारको बुझाइ छ: “मेरो आफ्नै देह अत्यन्तै भ्रष्ट छ, अनि मानिसहरूको देहको सार भनेको परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नु र विरोध गर्नु हो भन्‍ने म बुझ्छु। परमेश्‍वरको न्याय र सजाय प्राप्त गर्न सक्‍नु नै उहाँले मानिसहरूलाई माथि उठाउने तरिका हो। मैले अहिले त्यो कुरा बुझेको छु, अनि म परमेश्‍वरको प्रेमको कर्जा तिर्न इच्छुक छु।” तर यो भन्न सजिलो छ। पछि तँमाथि जब सतावट, परीक्षाहरू, र कष्ट आउँछन्, यी कुराहरूबाट भएर जान सजिलो हुनेछैन। तिमीहरूले यो बाटोलाई हरेक दिन पछ्याउँछौ, तर तिमीहरूले अझै पनि तिमीहरूको अनुभवलाई निरन्तरता दिन सक्दैनौ। यदि मैले तिमीहरूलाई छोडिदिने हो र तिमीहरूलाई बेवास्ता गर्ने हो भने अवस्था झन् खराब हुनेथियो; धेरै मानिसहरू पतित हुनेथिए र नुनको खाँबो, लाजको चिन्‍हमा परिणत हुनेथिए। त्यस्ता नियतिहरू सम्भव छन्। के तँ यसको बारेमा चिन्तित वा व्याकुल छैनस्? पत्रुस त्यस प्रकारको परिस्थिति भएर गए र त्यस प्रकारको कष्ट भएर गए, तर उनी अझै पनि दृढ भई खडा भए। यदि तँ त्यस प्रकारको परिस्थितिमा परेको भए, के तँ दृढ भइ खडा हुन सक्‍नेथिइस्? येशूले पृथ्वीमा हुँदा भन्नुभएका कुराहरू र उहाँले गर्नुभएका कामहरूले पत्रुसलाई एउटा जग प्रदान गर्‍यो, अनि यही जगबाटै उनी पछिको मार्गमा हिँडे। के तिमीहरू त्यो स्तरमा पुग्न सक्छौ? तैँले हिँडेको मार्गहरू र तैँले बुझेका सत्यताहरू—के ती तेरो जग हुन सक्छ, जसमाथि तँ भविष्यमा दृढ भई खडा हुन सक्छस्? के यी कुराहरू तँ पछि दृढ भई खडा हुनको निम्ति तेरो दर्शन बन्‍नसक्छ? म तिमीहरूलाई सत्यता बताउनेछु—अहिले मानिसहरूले जे बुझ्छन्, ती सबै सिद्धान्तहरू हुन् भनेर भन्‍न सकिन्छ। किनकि तिनीहरूसित तिनीहरूले बुझेका सबै कुराहरूको अनुभव हुँदैन। तँ अहिलेसम्म अघि बढिरहन सफल हुनुको कारण के हो भने, तँ नयाँ ज्योतिद्वारा डोर्‍याइएको छस्। तेरो कद कुनै निश्चित तहसम्म पुगेको कारणले होइन, तर मेरा वचनहरूले तँलाई हालको दिनसम्म डोर्‍याएकोले गर्दा हो; तँसित ठूलो विश्‍वास भएको कारणले होइन, तर मेरा वचनहरूको बुद्धिको कारणले हो, जसले तँलाई आजसम्म अरू केही गर्ने होइन, तर मलाई नै पछ्याउने तुल्यायो। यदि मैले तँसित अहिले नबोल्ने हो भने, मेरो आवाज उच्चारण नगर्ने हो भने, तँ अघि बढिरहन असमर्थ हुने थिइस् र तुरुन्तै अघि बढ्न छोड्ने थिइस्। के तिमीहरूको वास्तविक कद यही होइन र? कुन पक्षहरूबाट भित्र प्रवेश गर्ने अनि तिमीहरूसित जे कुराको कमी छ, त्यसलाई कुन पक्षहरूले पूर्ति गर्ने भन्‍ने बारेमा तिमीहरूसित कुनै ज्ञान छैन। कसरी अर्थपूर्ण मानव जीवन जिउने, परमेश्‍वरको प्रेमको कर्जा कसरी तिर्ने, वा कसरी शक्तिशाली र शानदार गवाही कसरी दिने सो तिमीहरू बुझ्दैनौ। तिमीहरू यी कुराहरू हासिल गर्न पूर्ण रूपले असक्षम छौ। तिमीहरू अल्छी र बेवकुफ दुवै छौ! तिमीहरूले गर्न सक्ने एउटै कुरा भनेको अरू कुनै कुरामाथि अडेस लाग्नु हो, अनि अहिले जुन कुरामाथि तिमीहरू अडेस लाग्छौ, त्यो नयाँ ज्योति हो र तिमीहरूको अघि हुनुहुने, तिमीहरूलाई डोर्‍याइरहनुभएका परमेश्‍वर हो। आजसम्म तिमीहरू अघि बढिरहन सक्‍नुको कारण के हो भने, तिमीहरू नयाँ ज्योतिमा र सबैभन्दा हालैका वाणीहरूमा निर्भर छौ। तिमीहरू पत्रुस जस्तो बिलकुल छैनौ, जो साँचो बाटोलाई पछ्याउन निपुण थिए, वा अय्यूब जस्तो बिलकुल छैनौ जो यहोवालाई भक्ति पूर्वक आराधना गर्न र यहोवाले जसरी उनलाई जाँचे पनि, उहाँले उनलाई आशिष दिनुभए पनि, नदिनुभए पनि यहोवा नै परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्न सक्षम थिए। के तिमीहरू त्यसो गर्न सक्छौ? तिमीहरू कसरी जितिएका छौ? एउटा पक्ष न्याय, सजाय र श्राप हो, अनि अर्को पक्ष तिमीहरूलाई जित्‍ने रहस्यहरू हुन्। तिमीहरू सबै गधाहरू जस्ता हौ। यदि म जे भन्छु, त्यो तिमीहरूको लागि पर्याप्त रूपले उत्कृष्ट छैन र त्यसमा कुनै रहस्यहरू छैनन् भने तिमीहरूलाई जितिन सकिँदैन। यदि कुनै व्यक्तिले प्रचार गरिरहेको भए र तिनीहरूले केही समयावधिको निम्ति त्यही कुराहरूको बारेमा प्रचार गरेका भए, तिमीहरू दुई वर्षभित्रै छोडेर जानेथियौ र छरपष्ट हुनेथियौ; तिमीहरू अघि बढिरहन सक्‍नेथिएनौ। तिमीहरूलाई कसरी अझ गहिरोतिर जाने भन्‍ने थाहा छैन, न त कसरी सत्यता वा जीवनको मार्गलाई पछ्याउने सो कुरालाई नै बुझ्छौ। तिमीहरूले बुझ्ने एउटै कुरा भनेको नयाँ जस्तो लाग्ने कुरालाई ग्रहण गर्नु हो, जस्तै रहस्यहरू वा दर्शनहरू, वा कसरी परमेश्‍वरले काम गर्नुहुन्थ्यो, वा पत्रुसका अनुभवहरू, वा येशूको क्रूसीकरणको पृष्ठभूमिको बारेमा सुन्ने…। तिमीहरू यस्ता कुराहरूको बारेमा मात्रै सुन्न चाहन्छौ, अनि जति बढी सुन्छौ, त्यति नै बढी जोशले भरिन्छौ। यी सबै कुराहरू तिमीहरू केवल आफ्ना पीडा र न्यास्रोपनलाई हटाउनको निम्ति सुनिरहेका छौ। तिमीहरूका जीवन पूर्ण रूपले यिनै नयाँ कुराहरूद्वारा पोषित हुन्छन्। के तँ आज जहाँ छस्, त्यहाँ तँ आफ्नै विश्‍वासद्वारा पुगेको छस् भन्‍ने तँलाई लाग्छ? के तिमीहरूसँग भएको यो क्षुद्र, दयनीय सानो कद होइन र? तिमीहरूको सत्यनिष्ठा कहाँ छ? तिमीहरूको मानवता कहाँ छ? के तिमीहरूमा मानव जीवन छ? सिद्ध तुल्याइनको निम्ति तिमीहरूसँग कति वटा तत्वहरू छन्? के मैले भनिरहेको कुरा तथ्य होइन र? म यस प्रकारले बोल्‍छु र काम गर्छु, तर अझै पनि तिमीहरूले कुनै ध्यान दिँदैनौ। तिमीहरूले पछ्याउने क्रममा ध्यान पनि देऊ। तिमीहरू सधैँ उदासीनताको रूपलाई कायम राख्छौ, अनि तिमीहरू सधैँ जबरजस्ती डोर्‍याइन्छौ। तिमीहरू सबै यसरी नै अघि बढेका छौ; आज तिमीहरू जहाँ छौ, त्यहाँ तिमीहरूलाई जुन कुराले डोर्‍याएको छ, त्यो पूर्ण रूपले सजाय, शोधन र ताडना नै रहेको छ। यदि जीवन प्रवेशको बारेमा केही वचनहरू मात्र प्रचार गरिएको भए, के तिमीहरू सबै धेरै लामो समयअघि नै सुटुक्कै छोडेर जाने थिएनौ र? तिमीहरूमध्ये हरेक पहिलेभन्दा बढी दम्भले भरिपूर्ण छौ, तर वास्तवमा तिमीहरूको पेट अरू केही होइन, तर फोहोर पानीले भरिएको छ! तँ अहिलेसम्म लागिपरेको छस् किनकि तैँले केही रहस्यहरू, केही कुराहरू बुझ्दै आएको छस्, जुन मानिसहरूले पहिले कहिल्यै बुझेका थिएनन्। तिमीहरूसँग नपछ्याउने कुनै कारणहरू नै छैन, त्यसैले तिमीहरू दृढ संकल्पले भरिपूर्ण हुन र भीडलाई पछ्याउन सक्षम भएका छौ। यो मेरा वचनहरूद्वारा हासिल गरिएको परिणाम हो, अनि यो निश्चय नै तिमीहरू आफैले सम्पन्न गरेको साहसिक कार्य होइन। तिमीहरूसित घमन्ड गर्नका निम्ति कुनै कुरा छैन। त्यसैले, कामको यो चरणमा, तिमीहरू मुख्य रूपले वचनहरूद्वारा नै वर्तमान दिनसम्म डोर्‍याइएका हौ। नत्रभने, तिमीहरूमध्ये को आज्ञाकारी हुन सक्षम हुनेथियो? को आजसम्म लागिपर्न सक्षम हुनेथियो? सुरुबाट नै तिमीहरू यथासम्भव छिटो छोडेर जान चाहन्थ्यौ, तर तिमीहरूले त्यसो गर्ने साहस गर्न सकेनौ; तिमीहरूमा साहसको कमी थियो। आजसम्म पनि तिमीहरूले आधा हृदयले पछ्याइरहेका छौ।

येशूलाई क्रूसमा टाँगिएपछि र उहाँ बिदा हुनुभएपछि मात्रै पत्रुसले आफ्नै दिशामा हिँड्न सुरु गरे र आफू जानुपर्ने बाटो हिँड्न सुरु गरे; उसले आफ्नै अपर्याप्तताहरू र कमी-कमजोरीहरू देखेपछि मात्रै ऊ सुसज्जित हुन थाल्यो। परमेश्‍वरको निम्ति आफूसित अत्यन्तै थोरै प्रेम रहेछ अनि कष्ट भोग्ने उनको इच्छा कति अपर्याप्त रहेछ, आफूसित कुनै अन्तर्दृष्टि छैन रहेछ अनि आफूसित चेतनाको कमी रहेछ भनी उसले देख्यो। आफूमा रहेका धेरै कुराहरू येशूको इच्छाअनुरूप नरहेको, धेरै कुराहरू विद्रोही र विरोधी तथा मानव इच्छाद्वारा भ्रष्ट भएको छ भन्‍ने उनले देखे। केवल यसपछि मात्रै उनले हरेक पक्षमा प्रवेश हासिल गरे। जब येशूले उनलाई डोर्‍याइरहनुभएको थियो, तब येशूले उनको अवस्थालाई प्रकट गरिदिनुभयो र पत्रुसले त्यसलाई मानिलिए र येशूले जे भन्नुभयो, त्यससित सहमत भए, तापनि पछिको समय आउनुभन्दा अघिसम्म उनीसँग अझै साँचो बुझाइ थिएन। किनभने त्यस समयमा उनीसँग आफ्नै कदको बारेमा कुनै अनुभव वा ज्ञान थिएन। भन्नुको अर्थ, म अहिले तिमीहरूलाई डोर्‍याउनको लागि वचनहरू मात्रै प्रयोग गरिरहेको छु, र थोरै समयावधिमा तिमीहरूलाई सिद्ध बनाउनु असम्भव छ, अनि तिमीहरू सत्यतालाई बुझ्न र जान्न सक्‍ने क्षमतामा मात्रै सीमित हुनेछौ। किनकि तँलाई जित्नु र तेरो हृदयमा तँलाई मनाउनु नै हालको काम हो, अनि मानिसहरू जितिएपछि मात्रै तिनीहरूमध्ये कोही सिद्ध तुल्याइनेछन्। अहिले, तैँले बुझ्ने ती दर्शनहरू र ती सत्यताहरूले तेरा भविष्यका अनुभवहरूको निम्ति एउटा जग बसालिरहेका छन्; भविष्यका संकष्टमा तिमीहरू सबैसित यी वचनहरूको व्यवहारिक अनुभव हुनेछ। पछि, जब तँमाथि परीक्षाहरू आइपर्छ अनि तँ संकष्टबाट भएर जान्छस्, तैँले आज भनेको वचनहरूको बारेमा सोच्नेछस्, जुन यी हुन्: “मैले जुनसुकै संकष्ट, परीक्षाहरू, वा ठूला विपत्तिहरू सामना गर्नुपरे तापनि, मैले परमेश्‍वरलाई सन्तुष्ट पार्नैपर्छ।” पत्रुसका अनुभवहरूलाई, अनि त्यसपछि अय्यूबका अनुभवहरूलाई सम्झी—तँ आजका वचनहरूद्वारा उत्तेजित हुनेछस्। केवल यसरी मात्रै तेरो विश्‍वास प्रेरित हुन सक्नेछ। त्यस समयमा, परमेश्‍वरको न्याय र सजाय पाउन आफू योग्य छैन भनी पत्रुसले भने, अनि जब समय आउँछ, तब तँद्वारा सबै मानिसहरूले धार्मिक स्वभाव देखून् भन्‍ने कुरामा तँ पनि इच्‍छुक हुनेछस्। तैँले उहाँको न्याय र सजाय तत्परताका साथ स्वीकार गर्नेछस् र उहाँको न्याय, सजाय र श्राप तेरो निम्ति सान्त्वना हुनेछ। अहिले, सत्यताले सुसज्जित नहुनु तेरो निम्ति स्वीकारयोग्य छैन। यसविना, तँ भविष्यमा दृढ भई खडा हुन नसक्ने मात्रै होइन, तर तँ हालको काम पनि अनुभव गर्न नसक्ने हुन सक्छस्। यदि यस्तो भयो भने, के तँ ती बहिष्कृत र दण्डितहरूमध्ये एउटा हुनेछैनस् र? अहिले, तँकहाँ कुनै तथ्यहरू आएका छैनन्, अनि तँमा जुन पक्षको कमी छ, मैले तँलाई त्यसैमा आपूर्ति गरेको छु; म हरेक पक्षबाट बोल्छु। तिमीहरूले धेरै कष्ट सहेका छैनौ; तिमीहरूले कुनै मूल्य नतिरीकनै जे उपलब्ध छ, त्यो लिन्छौ, अनि त्यसभन्दा बढी, तिमीहरूसित कुनै साँचो अनुभवहरू वा अन्तर्दृष्टिहरू छैनन्। त्यसैले, तिमीहरूले जे बुझ्छौ, त्यो तिमीहरूको साँचो कदहरू होइनन्। तिमीहरू आफ्ना बुझाइ, ज्ञान, र दृष्टिमा सीमित छौ, तर तिमीहरूले धेरै फसल कटनी गरेका छैनौ। यदि मैले तिमीहरूलाई कहिल्यै वास्ता नगरेर तिमीहरूलाई तिमीहरूका आफ्नै घरमा अनुभवहरूबाट भएर जान दिएको भए, तिमीहरू लामो समयअघि नै ठूलो संसारमा द्रुत गतिमा भागेर जानेथियौ। भविष्यमा तैँले जुन बाटो हिँड्नेछस्, त्यो कष्टको बाटो हुनेछ, अनि यदि तँ सफलतापूर्वक हालको बाटोको अन्तिम भागसम्म हिँड्छस् भने, जब तँ भविष्यमा ठूलो संकष्ट भएर जानेछस् तब तँसित गवाही हुनेछ। यदि तैँले मानव जीवनको महत्त्वलाई बुझ्छस् अनि मानव जीवनको सही बाटो लिएको छस्, र यदि परमेश्‍वरले तँसित जसरी व्यवहार गर्नुभए पनि तँ कुनै गुनासो नगरी वा छनौट नगरी उहाँका योजनाहरूमा आफैलाई सुम्पिन्छस् भने, अनि यदि तँ परमेश्‍वरलाई कुनै मागहरू गर्दैनस् भने, यस प्रकारले तँ मूल्यवान् व्यक्ति हुनेछस्। अहिले तँ संकष्टबाट भएर गएको छैनस्, त्यसैले तँ कुनै भेदभावविना आज्ञापालन गर्न सक्छस्। परमेश्‍वरले तँलाई जसरी डोर्‍याउनुभए पनि त्यो बाटो ठीक छ, अनि उहाँका सबै योजनाबद्ध कार्यहरूमा तैँले आफैलाई सुम्पिन्छस् भनेर तँ भन्छस्। परमेश्‍वरले तँलाई सजाय वा श्राप दिनुभए पनि, तँ उहाँलाई सन्तुष्ट गर्न इच्छुक हुनेछस्। त्यति भनिसकेपछि पनि, तैँले अहिले भन्ने कुराले तेरो कदलाई प्रतिनिधित्व गर्छ नै भन्ने छैन। अहिले तँ जे गर्न इच्छुक छस्, त्यसले तँ अन्त्यसम्म पछ्याउन सक्षम छस् भनी देखाउँदैन। जब ठूला परीक्षाहरू तँमाथि आउँछन् वा जब तँ केही सतावट वा दबाब वा अझ ठूला परीक्षाहरू भएर जान्छस्, तब तैँले ती वचनहरू भन्न सक्नेछैनस्। यदि तँसित तब त्यस प्रकारको बुझाइ हुनसक्छ र तँ दृढ भइ खडा हुन्छस् भने, यो तेरो कद हुनेछ। त्यस समयमा पत्रुस कस्तो थियो? पत्रुसले भने: “प्रभु, म तपाईंको निम्ति मेरो जीवन अर्पण गर्नेछु। यदि तपाईंले म मरेको चाहनुहुन्छ भने पनि म मर्नेछु!” उनले त्यस समयमा त्यसरी नै प्रार्थना गरे। उनले यसो पनि भने: “यदि अरूले तपाईंलाई प्रेम गर्दैनन् भने पनि म तपाईंलाई अन्त्यसम्‍मै प्रेम गर्नेछु। म तपाईंलाई हर समय पछ्याउनेछु।” त्यस समय उनले भनेको कुरा यही नै हो, तर उनीमाथि परीक्षाहरू आउनेबित्तिकै उनी लडे र धुरुधुरु रोए। पत्रुसले तीन पल्टसम्म प्रभुलाई इन्कार गरे भन्‍ने कुरा तिमीहरू सबैलाई थाहा छ, थाहा छैन र? धेरै मानिसहरू छन् जसले आफूमाथि परीक्षाहरू आउँदा धुरुधुरु रुनेछन् र मानव कमजोरी देखाउनेछन्। तँ आफ्नै मालिक होइनस्। यसमा, तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्। सायद, आज तैँले धेरै राम्रो गर्दैछस्, तर तँसित अनुकूल वातावरण भएकोले गर्दा यसो भएको हो। यदि भोलि त्यो परिवर्तन भयो भने, तैँले आफ्नो कायरता र असक्षमता, तेरो घिनलाग्दोपन र अयोग्यता देखाउनेछस्। तेरो “पुरुषार्थ” निष्फल भएको लामो समय भइसकेको हुनेछ, अनि कहिलेकहीँ तैँले तेरो कामलाई एकातिर पन्छ्याउनेछस् र आफ्नो बाटो लाग्नेछस्। यसले के देखाउनेछ भने, त्यस समय तैँले जे बुझिस्, त्यो तेरो वास्तविक कद थिएन। कुनै व्यक्तिले साँच्चिकै परमेश्‍वरलाई प्रेम गर्छन् कि गर्दैनन्, तिनीहरू साँच्चिकै परमेश्‍वरको योजनामा पूर्ण रूपमा समर्पित हुन सक्छन् कि सक्दैनन्, अनि परमेश्‍वरले जे माग गर्नुहुन्छ, त्यसलाई प्राप्त गर्न तिनीहरूले सबै शक्ति लगाउन सक्छन् कि सक्दैनन्, अनि आफ्‍नै जीवन बलिदान दिनु परे पनि तिनीहरू परमेश्‍वरप्रति वफादार रहन, र परमेश्‍वरलाई सबै थोकको सर्वोत्तम भाग दिन सक्छन् कि सक्दैनन् भनेर हेर्नको लागि व्यक्तिको वास्तविक कदलाई हेर्नुपर्छ।

अहिले यी वचनहरू बोलिएका छन् भन्‍ने कुरालाई तैँले याद गर्नुपर्छ: पछि तैँले अझ ठूलो संकष्ट र अझ ठूलो कष्ट अनुभव गर्नेछस्! सिद्ध तुल्याइनु साधारण वा सजिलो कुरा होइन। कम्तीमा, तँमा अय्यूबको विश्‍वास हुनुपर्छ वा सायद तिनको भन्दा अझ ठूलो विश्‍वास हुनुपर्छ। भविष्यमा अय्यूबको परीक्षाहरूभन्दा ठूला परीक्षाहरू हुनेछन् अनि तँ अझै पनि दीर्घकालीन सजाय भएर जानुपर्छ भन्‍ने कुरा तैँले जान्नैपर्छ। के यो सरल कुरा हो र? यदि तेरो क्षमतालाई सुधार गर्न सकिँदैन, यदि तेरो बुझ्ने क्षमतामा कमी छ भने, अनि यदि तँलाई अत्यन्तै थोरै कुरा मात्र थाहा छ भने, त्यस समयमा तँसित कुनै गवाही हुनेछैन, तर बरु तँ शैतानको निम्ति एउटा ठट्टा र खेल्ने कुरा हुनेछस्। यदि अहिले तैँले दर्शनहरूलाई पक्रिन सक्दैनस् भने, तँसित बिलकुल कुनै जग छैन, अनि भविष्यमा तँलाई फ्याँकिनेछ! बाटोको कुनै पनि भाग हिँड्नको निम्ति सजिलो छैन, त्यसैले यसलाई हल्का रूपमा नली। यसलाई होशियारीपूर्वक तौली र तयारीहरू गर् ताकि तँ यस बाटोका अन्तिम भागसम्म उचित प्रकारले हिँड्न सक्। यो भविष्यमा हिँड्नैपर्ने बाटो, सबै मानिसहरूले हिँड्नैपर्ने बाटो हो। तैँले यो ज्ञानलाई बेवास्ता गर्नु हुँदैन; म तँलाई जे भन्छु, त्यो सबै सासको बरबादी मात्र हो भनी नसोच्। त्यो दिन आउनेछ जब तैँले यसलाई राम्रो प्रयोगमा लगाउनेछस्—मेरा वचनहरू व्यर्थमा बोल्‍न सकिँदैन। यो आफैलाई सुसज्जित पार्ने समय हो, भविष्यको निम्ति बाटो तयार गर्ने समय हो। तैँले पछि हिँड्नुपर्ने बाटो तयार गर्नुपर्छ; तँ भविष्यमा कसरी दृढ भई खडा हुनेछस् भन्ने बारेमा तँ चिन्तित र व्याकुल हुनुपर्छ, अनि तेरो भविष्यको बाटोको निम्ति राम्रोसित तयार गर्नुपर्छ। घिचुवा र अल्छी नहो! तेरो समयको सर्वोत्तम प्रयोग गर्न तैँले गर्नसक्ने हरेक कुरा गर्नुपर्छ, ताकि तँलाई चाहिने हरेक कुरा तैँले हासिल गर्न सक्। तैँले बुझ्न सक् भनेर म तँलाई सबै कुरा दिइरहेको छु। तीन वर्षभन्दा कम समयमा मैले कति धेरै कुराहरू गरेको छु र कति धेरै काम गरेको छु भनी तिमीहरूले आफ्नै आँखाले देखेका छौ। मैले यस प्रकारले काम गर्नुको एउटा कारण के हो भने, मानिसहरूमा धेरै कुराको कमी छ, अनि अर्को कारण समय अति छोटो छ; अब अरू कुनै ढिलाइ हुन सक्दैन। मानिसहरूले तिनीहरू गवाही हुन सक्नुभन्दा अघि र उपयोगी हुन सक्नुभन्दा अघि तिनीहरूले पहिले पूर्ण रूपमा आन्तरिक स्पष्टता प्राप्त गर्नुपर्छ भन्‍ने कल्पना गर्छन्—तर के त्यो धेरै सुस्त हुने थिएन र? त्यसैले, मैले कति लामो समयसम्म तँलाई साथ दिनुपर्ने हो? यदि म बूढो भइञ्‍जेल र मेरो कपाल फुलुञ्‍जेलसम्म मैले तिमीहरूलाई साथ दिएको तिमीहरू चाहन्छौ भने, त्यो असम्भव हुनेछ! ठूला संकष्टहरूबाट गुज्रेर नै मानिसहरूभित्र साँचो बुझाइलाई हासिल गर्न सकिनेछ। काम गर्ने कदमहरू यिनै हुन्। तैँले आज सङ्गति गरेका दर्शनहरूलाई पूर्ण रूपले बुझेपछि र तैँले साँचो कद प्राप्त गरेपछि, भविष्यमा तँ जस्तोसुकै कठिनाइहरू भएर गए तापनि त्यसले तँलाई व्याकुल बनाउनेछैन, अनि तैँले त्यसलाई सामना गर्न सक्‍नेछस्। जब मैले कामको यो अन्तिम कदम पूरा गरेको हुनेछु र आखिरी वचनहरू उच्चारण गरेर सिध्याएको हुनेछु, भविष्यमा मानिसहरू आफ्नै बाटोमा हिँड्न आवश्यक हुनेछ। यसले पहिले बोलिएका वचनहरूलाई पूरा गर्नेछ: पवित्र आत्मासित हरेक व्यक्तिको निम्ति आज्ञा छ, र हरेक व्यक्तिमा गर्ने काम छ। भविष्यमा, हरेक व्यक्ति पवित्र आत्माद्वारा डोर्‍याइएर तिनीहरू हिँड्नुपर्ने बाटोमा हिँड्नेछन्। सङ्कष्टबाट भएर जाँदा कसले अरूको निम्ति वास्ता गर्न सक्नेछ? हरेक व्यक्तिको आफ्नै कष्ट हुन्छ, अनि हरेकको आफ्नै कद हुन्छ। कसैको कद पनि अरूको कदसित समान छैन। पतिहरूले आफ्‍नी पत्नीको वास्ता गर्न सक्नेछैनन् वा आमाबाबुले आफ्नै छोराछोरीको वास्ता गर्न सक्नेछैनन्; कसैले पनि अरू कसैको वास्ता गर्न सक्नेछैन। यो पारस्परिक वास्ता र सहायता अझै सम्भव भएको अहिलेको समय जस्तो हुनेछैन। त्यो हरेक प्रकारको व्यक्तिलाई खुलासा गरिने समय हुनेछ। भन्नुको अर्थ, जब परमेश्‍वरले गोठालाहरूलाई प्रहार गर्नुहुन्छ, तब बगालका भेडाहरू छरपष्ट हुनेछन्, अनि त्यस समयमा तिमीहरूसित कुनै साँचो अगुवा हुनेछैन। मानिसहरू विभाजित हुनेछन्—तिमीहरू एउटा झुण्डको रूपमा सँगै आउन सक्ने अहिलेको जस्तो यो हुनेछैन। भविष्यमा, जोसित पवित्र आत्माको काम छैन, तिनीहरूले आफ्नो साँचो रङ देखाउनेछन्। पतिहरूले आफ्ना पत्नीहरूलाई बेच्नेछन्, पत्नीहरूले आफ्ना पतिहरूलाई बेच्नेछन्, बच्चाहरूले आफ्ना बाबुआमाहरूलाई बेच्नेछन्, अनि बाबुआमाहरूले आफ्ना बच्चाहरूलाई सताउनेछन्—मानव हृदय नापि नसक्नुको छ! गर्न सकिने एउटै कुरा भनेको व्यक्तिसित जे छ, त्यसलाई पक्रिराख्नु हो, अनि मार्गको अन्तिम भागसम्म हिँड्नु हो। अहिले, तिमीहरूले यसलाई प्रस्टसित देख्दैनौ; तिमीहरू सबै निकटको कुरा मात्रै देख्न सक्छौ। कामको यो कदम सफलतापूर्वक अनुभव गर्नु सजिलो कुरा होइन।

संकष्टको समयलाई अति धेरै लम्बाइएको हुनेछैन; वास्तवमा, यो एक वर्षभन्दा कम समयसम्म रहनेछ। यदि यो एक वर्षसम्म रहने हो भने, कामको अर्को कदम ढिलो हुनेछ, अनि मानिसहरूको कद अपर्याप्त हुनेछ। यदि यो अति लामो भएको भए, मानिसहरूले यसलाई सामना गर्न सक्नेथिएनन्। आखिर, मानिसहरूको कदका आफ्नै सीमितताहरू छन्। मेरो आफ्नै काम पूरा भएपछि, अर्को कदम भनेको मानिसहरूले आफूले हिँड्नुपर्ने मार्ग हिँड्नु हुनेछ। हरेकले आफूले कुन मार्ग हिँड्नुपर्छ भन्‍ने कुरा बुझ्नैपर्छ—यो एउटा मार्ग हो र कष्टको एउटा प्रक्रिया हो, अनि यो परमेश्‍वरलाई प्रेम गर्ने तेरो इच्छालाई शोधन गर्ने एउटा मार्ग पनि हो। तँ कुन सत्यताहरूभित्र प्रवेश गर्नुपर्छ, तैँले कुन सत्यताहरू पूर्ति गर्नुपर्छ, तैँले कसरी अनुभव गर्नुपर्छ, अनि तैँले कुन पक्षबाट प्रवेश गर्नुपर्छ—तैँले यी सबै कुरालाई बुझ्‍नैपर्छ। तैँले अहिले नै आफूलाई सुसज्जित पार्नुपर्छ। जब तँमाथि सतावट आइपर्छ, तब अति ढिलो भइसकेको हुनेछ। हरेक व्यक्तिले तिनीहरूको आफ्नै जीवनको बोझ बोक्नुपर्छ, अनि सधैँ अरूको चेतावनीहरू वा अरूले नै तँलाई जबरजस्ती डोर्‍याऊन् भनेर सधैँ पर्खने नगर्। मैले धेरै कुरा भनेको छु, तर तँ कुन सत्यताहरूभित्र प्रवेश गर्नुपर्छ वा कुन सत्यताहरूले आफैलाई सुसज्जित पार्नुपर्छ भन्‍ने तँलाई अझै थाहा छैन। यसले के देखाउँछ भने, तैँले परमेश्‍वरका वचनहरू पढ्ने कार्यमा अझै प्रयास गरेको छैनस्। तैँले तेरो आफ्नै जीवनको निम्ति कुनै पनि बोझ बोक्दैनस्—यो कसरी ग्रहणयोग्य हुन सक्ला र? तँ केमा प्रवेश गर्नुपर्छ भन्‍ने बारेमा स्पष्ट छैनस्, तैँले बुझ्नुपर्ने कुरालाई तँ बुझ्दैनस्, अनि तिमीहरूले लिनुपर्ने भविष्यको मार्गको सम्बन्धमा तिमीहरू सबै अझै अन्योलमै छौ। के तिमीहरू पूर्ण रूपमा बेकामको छैनौ र? तिमीहरूको प्रयोग के छ र? तिमीहरूले अहिले जे गरिरहेका छौ, त्यो तिमीहरूका आफ्नै बाटोहरू बनाउने र निर्माण गर्ने कार्य हो। मानिसहरूले के हासिल गर्नुपर्छ भन्‍ने कुरा तैँले जान्नैपर्छ र मानवजातिको निम्ति परमेश्‍वरले दिनुभएका मागहरूको मापदण्डलाई तैँले जान्नैपर्छ। तँसित निम्‍न बुझाइ हुनैपर्छ: जे-सुकै भए तापनि, म नराम्ररी भ्रष्ट भएको भए तापनि, मैले परमेश्‍वरको सामु आफ्ना यी कमीहरूलाई पूरा गर्नैपर्छ। परमेश्‍वरले मलाई भन्नुअघि, मैले बुझिनँ, तर अहिले उहाँले मलाई भन्नुभएको छ र मैले बुझेको छु, त्यसैले मैले कमी-कमजोरीलाई पूर्णता दिन, सामान्य मानवताको जीवन जिउन, परमेश्‍वरको इच्छालाई पूरा गर्ने स्वरूपको जीवन जिउन हतार गर्नुपर्छ। मैले पत्रुसले जिएको जीवन अनुरूप जिउन नसके तापनि, कम्तीमा मैले सामान्य मानवताको जीवन जिउनुपर्छ। यस प्रकारले मैले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छु।

यस मार्गको अन्तिम भाग अहिलेदेखि भविष्यको संकष्ट नसिद्धिएसम्मै फैलिनेछ। मार्गको यो भाग मानिसहरूको साँचो कद प्रकट भएपछि हुनेछ, साथै तिनीहरूसित साँचो विश्‍वास छ वा छैन भनेर पनि यसले देखाउनेछ। मार्गको यो भाग यस अघि मानिसहरूले हिँडेको मार्गभन्दा बढी कठिन, चट्टाने बाटो हुने हुनाले, यसलाई “मार्गको अन्तिम भाग” भनेर भनिन्छ। सत्यता के हो भने, यो बाटोको सबैभन्दा अन्तिम खण्ड होइन; किनकि सङ्कष्टबाट भएर गइसकेपछि, तँ सुसमाचार फैलाउने कामबाट भएर जानेछस् अनि मानिसहरूका केही भाग प्रयोग हुने कामबाट भएर जानेछन्। त्यसैले, “मार्गको अन्तिम भाग” मानिसहरूलाई शोधन गर्ने संकष्ट तथा कठोर वातावरणको सन्दर्भमा मात्र भनिएको हो। विगतमा हिँडिएको मार्गको त्यो भागमा, मैले तँलाई सिकाउन हातले पक्रेर, र मेरो आफ्नै मुखबाट तँलाई खुवाएर मैले व्यक्तिगत रूपमा तँलाई त्यस सुखद यात्रामा डोर्‍याएँ। तँ धेरै पल्ट सजाय र न्यायबाट भएर गए तापनि, जहाँसम्म तेरो कुरा छ, ती हल्का प्रहारहरूको श्रृंखलाभन्दा बढी थिएनन्। अवश्य नै, त्यसले परमेश्‍वरमाथिको तेरो विश्‍वासको दृष्टिकोणहरूलाई उल्लेखनीय ढङ्गले परिवर्तन गराएको छ; यसले तेरो स्वभावलाई पनि उल्लेखनीय ढङ्गले स्थिर गराएको छ, अनि तँलाई मेरो बारेमा केही बुझाई हासिल गर्न दिएको छ। तर म के भन्दैछु भने, जब मानिसहरू मार्गको त्यस भागमा हिँडिरहेका थिए, तब मानिसहरूले तिरेको मूल्य वा परिश्रमी प्रयास केही हदसम्म सानो थियो—तँ आज जहाँ छस्, त्यहाँसम्म तँलाई डोर्‍याउने म नै हुँ। किनकि म तँलाई केही गर्न लगाउँदिन; वास्तवमा, तँबाट मैले गरेका मागहरू बिलकुल उच्च छैनन्—जे उपलब्ध छ म तँलाई त्यही लिन अनुमति दिन्छु। यस समयावधिमा, मैले तिमीहरूका खाँचोहरू अटुट रूपले पूरा गरेको छु, अनि मैले कहिल्यै अनुचित मागहरू गरेको छैनँ। तिमीहरूले पटक-पटक सजाय सहेका छौ, तापनि तिमीहरूले मेरो मूल मागहरूलाई हासिल गरेका छैनौ। तिमीहरू पछि हट्छौ र खिन्न हुन्छौ, तर म त्यसलाई ध्यान दिँदिन किनकि अहिले यो मेरो व्यक्तिगत कामको समय हो, अनि म तेरो “उपासना” लाई धेरै गम्भीरतापूर्वक लिँदिनँ। तर यसभन्दा उताको मार्गमा, म उप्रान्त काम गर्ने वा बोल्नेछैनँ, अनि जब समय आउँछ, म तिमीहरूलाई उप्रान्त त्यस्तो सुस्त ढङ्गले अघि बढ्न दिनेछैनँ। म तिमीहरूलाई प्रशस्त पाठहरू सिकाउनेछु, अनि म तिमीहरूलाई जे उपलब्ध छ, त्यो लिन दिनेछैनँ। तिमीहरूसँग आज जुन साँचो कद छ, त्यसलाई खुलासा गरिनैपर्छ। तेरा वर्षौंदेखिको प्रयास अन्ततः फलदायी भएको छ वा छैन भन्ने कुरा तँ मार्गको यस अन्तिम भागमा हिँड्छस् त्यस कुरामा देखिनेछ। विगतमा, तिमीहरूले परमेश्‍वरलाई विश्‍वास गर्नु धेरै सरल छ भनी सोच्थ्यौ, किनकि परमेश्‍वरले तँलाई कठोरतापूर्वक व्यवहार गरिरहनुभएको थिएन। अनि अहिले नि? के तिमीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सरल हो भन्‍ने लाग्छ? के तिमीहरूलाई अझै परमेश्‍वरमा विश्‍वास गर्दा यसले तिमीहरूलाई सडकमा खेलिरहेका बच्चाहरूलाई जस्तै खुशी र निष्फिक्री बनाउनेछ भन्‍ने लाग्छ? तिमीहरू भेडाहरू हौ भन्ने कुरा साँचो हो; तथापि, तिमीहरूले परमेश्‍वरको अनुग्रहको कर्जा चुकाउन, र तिमीहरूले विश्‍वास गर्ने परमेश्‍वरलाई पूर्ण रूपले हासिल गर्न तिमीहरूले आफूले हिँड्नुपर्ने यो मार्ग हिँड्न सक्‍नैपर्छ। आफैलाई ठट्टामा नउडाओ, अनि आफैलाई मूर्ख नबनाओ! यदि तँ मार्गको यस भागमा दृढ रहन सक्छस् भने, तैँले मेरो सुसमाचारीय कार्य सम्पूर्ण ब्रह्माण्डभरि फैलिएको अभूतपूर्व दृश्यलाई देख्न सक्नेछस्, अनि तैँले मसित घनिष्ठ हुने र सम्पूर्ण ब्रह्माण्डभरि मेरो कामलाई फैलाउने कार्यमा तेरो भूमिका खेल्ने सौभाग्य पाउनेछस्। त्यस समयमा, तँ हिँड्नुपर्ने बाटोमा तँ धेरै खुशीसाथ निरन्तर हिँड्नेछस्। भविष्य असीमित रूपले उज्यालो हुनेछ, तर अहिलेको प्राथमिक कुरा भनेको मार्गको यस अन्तिम भागसम्म ठीक प्रकारले हिँड्नु हो। तैँले खोजी गर्नैपर्छ र यो काम कसरी गर्ने हो, त्यसको निम्ति तयारी गर्नैपर्छ। तैँले अहिले गर्नुपर्ने कुरा यही नै हो; यो अहिलेको जरुरी विषय हो!

अघिल्लो: अभ्यास (१)

अर्को: तिमीहरूले कामलाई बुझ्नै पर्छ—दुबिधामा नपछ्याओ!

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर स्वयम् अद्वितीय ८

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (२)हामी हाम्रो पछिल्लो विषयको सङ्गतिलाई निरन्तरता दिनेछौं। हाम्रो गत सङ्‍गतिको विषय के...

अध्याय १३

मेरा वचन र वाणीहरूमा मेरा धेरै आशयहरू लुकेका हुन्छन्, तर मानिसहरूले यी कुराहरू जान्दैनन् र बुझ्दैनन्; उनीहरूले मेरा वचनहरूलाई बाह्य रूपमा...

परिशिष्ट: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

प्रभु येशू ख्रीष्टलाई पछ्याउने अरूहरू करोडौँले जस्तै, हामी बाइबलका नियमहरू र आज्ञाहरूलाई पालन गर्छौं, प्रभु येशू ख्रीष्टको प्रशस्त...

सहस्राब्दीय राज्यको आगमन भएको छ

के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्