आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

परमेश्‍वरको काम सधैँ अघि बढिरहन्छ, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने विधि नित्य परिवर्तन हुन्छ, जसको अर्थ के हो भने परमेश्‍वरलाई पछ्याउनेहरू पनि नित्य परिवर्तन भइरहेका छन्। परमेश्‍वरले जति धेरै काम गर्नुहुन्छ, उत्ति नै परमेश्‍वरबारे मानिसको ज्ञान पनि पूर्ण हुन्छ। परमेश्‍वरको कामको सँगसँगै मानिसको स्वभावमा पनि सोही अनुरूपका परिवर्तनहरू आउँछन्। तर, परमेश्‍वरको काम सदैव परिवर्तन भइरहने हुनाले पवित्र आत्माको काम नजान्‍नेहरू र सत्यता नचिन्ने ती वाहियात मानिसहरू नै परमेश्‍वरको प्रतिरोध गर्ने मानिसहरू बन्छन्। परमेश्‍वरको काम मानिसको धारणाअनुसार कहिल्यै हुँदैन, किनभने उहाँको काम सदैव नयाँ हुन्छ र पुरानो कहिल्यै हुँदैन, र उहाँ पुरानो कामलाई कहिल्यै दोहोर्‍याउनुहुन्न, बरु यस अघि उहाँले कहिल्यै नगरेको काम गर्नुहुन्छ। परमेश्‍वरले आफ्नो काम नदोहोर्‍याउनुहुने भएकोले र मानिसले परमेश्‍वरको हालको कामलाई उहाँले विगतमा गर्नुभएको कामका आधारमा सधैँ मूल्याङ्कन गर्ने भएकाले नयाँ युगको कामको हरेक चरणलाई कार्यान्वयन गर्न परमेश्‍वरलाई अत्यन्त कठिन भएको छ। मानिससँग अत्यन्तै धेरै कठिनाइहरू छन्! ऊ उसको सोचाइमा अत्यन्त रूढिवादी छ! परमेश्‍वरको कामलाई कसैले जान्दैन, तैपनि सबैले यसलाई सीमित गर्छन्। जब मानिसले परमेश्‍वरलाई छोड्छ, तब उसले जीवन, सत्यता, र परमेश्‍वरका आशिष्‌ गुमाउँछ, तैपनि उसले न जीवन न त सत्यता नै स्विकार्छ, परमेश्‍वरले मानवजातिलाई दिनुहुने अझै ठूला आशिष्‌ त झनै स्विकार्दैन। सबै मानिसहरूले परमेश्‍वरलाई पाउन चाहन्छन्, तैपनि परमेश्‍वरको काममा हुने कुनै पनि परिवर्तनलाई सहन सक्दैनन्। परमेश्‍वरको नयाँ कामलाई स्वीकार नगर्नेहरूले परमेश्‍वरको काम अपरिवर्तनशील हुन्छ, यो सदैव ठप्प रहन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूको विचारमा, तिनीहरूले परमेश्‍वरबाट अनन्त मुक्ति पाउनका लागि आवश्यक कुरा भनेको व्यवस्था पालन गर्नु हो, र तिनीहरूले पश्‍चात्ताप गरेसम्म र आफ्ना पापहरू स्वीकार गरेसम्म, परमेश्‍वरका अभिप्राय सदैव पूरा हुनेछन्। तिनीहरू परमेश्‍वर व्यवस्था अन्तर्गत हुने परमेश्‍वर र मानिसका निम्ति क्रूस टाँगिनुभएको परमेश्‍वर मात्र हुन सक्नुहुन्छ भन्‍ने राय राख्छन्; तिनीहरू परमेश्‍वरले बाइबललाई अतिक्रमण गर्नु हुँदैन र गर्न सक्‍नुहुन्‍न भन्‍ने राय पनि राख्छन्। ठ्याक्कै यिनै रायहरूले तिनीहरूलाई पुरानो व्यवस्थाको जन्जिरमा जोडसँग बाँधेका छन् र मृत प्रावधानहरूमा टाँगेका छन्। परमेश्‍वरको नयाँ काम चाहे जेसुकै होस्, यसलाई अगमवाणीहरूले पुष्टि गर्नुपर्छ, र यस्तो कामको हरेक चरणमा, उहाँलाई “साँचो” हृदयले पछ्याउनेहरूलाई प्रकाशहरू पनि देखाइनुपर्छ, नत्र यस्तो काम परमेश्‍वरको काम हुन सक्दैन भनी विश्‍वास गर्नेहरू त अझै धेरै छन्। परमेश्‍वरलाई चिन्नु मानिसका निम्ति मूलतः सजिलो काम होइन। मानिसको वाहियात हृदयको साथसाथै अहम्‌ता र अभिमान भएको उसको विद्रोही प्रकृतिलाई लिँदा, उसलाई परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्नु अझ धेरै कठिन हुन्छ। मानिसले न त परमेश्‍वरको नयाँ कामलाई सावधानीपूर्वक छानबिन गर्छ, न नम्रतासाथ स्वीकार नै गर्छ; बरु, उसले परमेश्‍वरबाट प्रकाश र मार्गदर्शनको प्रतीक्षा गर्दै गर्दा हेयको मनोवृत्ति अपनाउँछ। के यी परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्ने मानिसका प्रकटीकरणहरू होइनन् र? यस्ता मानिसहरूले परमेश्‍वरको अनुमोदन कसरी प्राप्‍त गर्न सक्छन्?

यहोवाको काम अनुग्रहको युगको पछि परेको छ भनी येशूले भन्नुभयो, त्यसरी नै येशूको काम पनि पछि परेको छ भनी आज म भन्छु। यदि अनुग्रहको युग नभइ व्यवस्थाको युगमा मात्र भएको थियो भने, येशू क्रूसमा टाँगिनुहुनेथिएन र सबै मानवजातिलाई छुटकारा दिन सक्नुहुन्नथ्यो। यदि व्यवस्थाको युग मात्र भइदिएको भए, के मानवजाति आजको दिनसम्म आइपुग्न सक्थे? इतिहास अघि बढ्छ, अनि के इतिहास परमेश्‍वरको कामको प्राकृतिक व्यवस्था होइन र? के यो सारा ब्रह्माण्डभरि मानिसप्रतिको उहाँको व्यवस्थापनको चित्रण होइन र? इतिहास अघि बढ्छ, त्यसरी नै परमेश्‍वरको काम पनि अघि बढ्छ। परमेश्‍वरका अभिप्राय निरन्तर परिवर्तन भइरहन्छ। उहाँ छ हजार वर्षसम्म कामको एकै चरणमा रहन सक्‍नुहुन्‍नथियो, किनभने परमेश्‍वर सदैव नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्‍ने कुरा सबैलाई थाहा छ, सम्भवतः उहाँले क्रूसमा मारिने काम एक, दुई, तीन…। पटक गरिरहन सक्‍नुहुन्‍नथियो। यस्तो सोच्नु हास्यास्पद कुरा हुनेथियो। परमेश्‍वरले उही काम गरिरहनुहुन्न; मैले तिमीहरूसँग धेरै नयाँ वचनहरू बोलेजस्तै र हरेक दिन नयाँ काम गरेजस्तै, उहाँको काम सदैव परिवर्तन भइरहन्छ र सधैँ नयाँ हुन्छ। मैले गर्ने काम यही हो, र चाबीहरूचाँहि “नयाँ” र “चमत्कारी” शब्दहरू हुन्। “परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ र परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ”: यो भनाइ साँच्चै सत्य छ; परमेश्‍वरको सार परिवर्तन हुँदैन, परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान हुन सक्नुहुन्नथ्यो, तर उहाँको काम उहाँको सारजस्तै स्थिर र अपरिवर्तनीय छ भन्‍ने कुरा यसले प्रमाणित गर्दैन। परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ भनेर तँ नै भन्छस्, अनि परमेश्‍वर सदैव नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी तैँले कसरी वर्णन गर्न सक्छस्? परमेश्‍वरको काम निरन्तर रूपमा फैलिन्छ र अनवरत रूपमा परिवर्तन भइरहन्छ, अनि उहाँका अभिप्राय मानिसलाई निरन्तर रूपमा प्रकट गरिन्छ र देखाइन्छ। जब मानिसले परमेश्‍वरको कामको अनुभव गर्छ, तब जसरी उसको ज्ञान बढ्छ त्यसरी नै उसको स्वभाव अविरल रूपमा परिवर्तन हुन्छ। अनि यो परिवर्तन कहाँबाट उदय हुन्छ? के यो सदैव परिवर्तन भइरहने परमेश्‍वरको कामबाट नै आउँदैन र? यदि मानिसको स्वभाव परिवर्तन हुन सक्छ भने, मानिसले मेरो काम र मेरा वचनहरूलाई पनि किन परिवर्तन हुन दिँदैन? के म मानिसको प्रतिबन्धमा रहनुपर्छ? यसमा के तैँले जबरजस्ती बहस र विकृत तर्क प्रयोग गरिरहेको छैनस् र?

पुनरुत्थानपछि येशू आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो र भन्नुभयो, “म तिमीहरूमाथि मेरा पिताको प्रतिज्ञा पठाउँछु: तर तिमीहरूले माथिबाट शक्ति प्राप्‍त नगरेसम्म तिमीहरू येरुशलेममा नै रहो।” यी वचनहरूलाई कसरी व्याख्या गर्न सकिन्छ सो तँलाई थाहा छ? के अहिले तँलाई उहाँको शक्ति दिइएको छ? “शक्ति” ले केलाई जनाउँछ भन्‍ने तँ बुझ्छस्? अन्तिम दिनहरूमा मानिसहरूलाई सत्यको आत्मा दिइन्छ भनी येशूले घोषणा गर्नुभयो। अन्तिम दिनहरू अहिले यहाँ छ; सत्यको आत्माले वचनहरूलाई कसरी व्यक्त गर्नुहुन्छ भनी तँ बुझ्छस्? सत्यको आत्मा कहाँ देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ? अगमवक्ता यशैयाको अगमवाणीको पुस्तकमा नयाँ करारको युगमा येशू नाम गरिएको बालक जन्‍मनेछ भनी कहिल्यै पनि बताइएको थिएन; इम्मानुएल नाम गरेको पुरुष बालक जन्‍मनेछ भनी लेखिएको मात्र छ। येशूको नाउँ किन उल्लेख नगरिएको? पुरानो करारभरि यो नाउँ कतै पनि देखा पर्दैन, त्यसो भए तँ किन अझै पनि येशूमा विश्‍वास गर्छस्? पक्कै पनि तैँले येशूलाई आफ्नै आँखाले देखेपछि मात्र विश्‍वास थिइनस्, थिइस् त? वा के तैँले प्रकाश पाएपछि विश्‍वास गर्न थालेको हो? के परमेश्‍वरले तँलाई साँच्चै नै यस्तो अनुग्रह देखाउनुहुन्थ्यो? के उहाँले तँलाई यत्रो आशिष्‌ प्रदान गर्नुहुन्छ? येशूप्रति तेरो विश्‍वासको आधार के हो? आज परमेश्‍वर देह बन्नुभएको छ भन्‍ने कुरा तँ किन विश्‍वास गर्दैनस्? तँलाई परमेश्‍वरबाट आउने प्रकाशको अभाव छ भन्दैमा उहाँ देहधारी नहुनुभएको कुरा साबित गर्छ भनी तँ कसरी भन्‍न सक्छस्? के परमेश्‍वरले कुनै काम सुरु गर्न अघि मानिसहरूलाई जानकारी दिनु नै पर्छ त? के उहाँले पहिले तिनीहरूबाट स्वीकृति लिनुपर्छ र? यशैयाले डुँडमा पुरुष बालक जन्मिनेछन् भनेर मात्र बताए; तर मरियमले येशूलाई जन्‍माउनेछिन् भनी उनले कहिल्यै पनि अगमवाणी गरेनन्। मरियमबाट जन्मनुभएको येशूप्रतिको तेरो विश्‍वासलाई तैले खास केमा बसाल्छस्? निश्‍चय नै तेरो विश्‍वासमा गडबडी त आएको छैन? केहीले भन्छन्, परमेश्‍वरको नाउँ परिवर्तन हुँदैन। त्यसो भए यहोवाको नाउँ किन येशू भयो त? मसीह आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो, त्यसो भए किन येशू नाउँ गरिएको मानिस आउनुभयो त? परमेश्‍वरको नाउँ किन परिवर्तन भयो? के यस्तो काम धेरै पहिले गरिएको थिएन र? के परमेश्‍वरले आज अझ नयाँ काम गर्न सक्‍नुहुन्‍न? हिजो गरिएको कामलाई बदल्न सकिन्छ, र येशूको काम यहोवाको कामको निरन्तरता हुन सक्छ। त्यसो भए, के येशूको कामपछि अरू कामले उत्तराधिकार लिन सक्दैन र? यदि यहोवाको नाउँ येशूमा परिणत हुन्छ भने, येशूको नाउँ पनि परिवर्तन हुन सक्दैन र? यी कुनै पनि अनौठो कुरा होइनन्; यो के मात्रै हो भने मानिसहरू अत्यन्तै सरल विचार-धाराका छन्। परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ। उहाँको काम चाहे जसरी परिवर्तन भए पनि, र उहाँको नाउँ चाहे जसरी परिवर्तन भए तापनि, उहाँको स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुँदैन। यदि तँ परमेश्‍वरलाई येशूको नाउँद्वारा मात्र पुकार्न सकिन्छ भनी विश्‍वास गर्छस् भने, तेरो ज्ञान अत्यन्त सीमित छ। के तँ परमेश्‍वरको नाउँ सदासर्वदा येशू नै रहनेछ र परमेश्‍वरलाई सदासर्वदा र सदैव येशूको नाउँले नै पुकारिन्छ, र यो कुरा कहिल्यै परिवर्तन हुनेछैन भनी दाबी गर्ने हिम्मत गर्छस्? येशूको नाउँले नै व्यवस्थाको युगको अन्त्य गर्‍यो र अन्तिम युगलाई पनि यही नाउँले नै अन्त गर्नेछ भनी के तँ निश्‍चयताका साथ पक्का गर्ने हिम्मत गर्छस्? येशूको अनुग्रहले नै युगलाई अन्ततिर ल्याउन सक्छ भनी कसले भन्न सक्छ? यदि तँमा यी सत्यताहरूको बारे स्पष्ट बुझाइको कमी छ भने, तँ सुसमाचार प्रचार गर्न असक्षम मात्र होइन, तँ आफै पनि दृढ भएर खडा हुन असक्षम हुनेछस्। जब तैँले ती धार्मिक मानिसहरूको सारा जटिलताहरू हल गर्ने र तिनीहरूका सबै भ्रमहरूलाई गलत साबित गर्ने दिन आउँछ, तब तँ कामको यो चरणबारे पूर्ण रूपमा निश्‍चित छस् र तँसित कुनै सन्देह छैन भन्‍ने कुराको प्रमाण त्यही नै हुनेछ। यदि तैँले तिनीहरूको भ्रमहरूलाई खण्डन सक्दैनस् भने, तिनीहरूले तँलाई फसाउनेछन् र निन्दा गर्नेछन्। के त्यो अपमानजनक कुरा होइन र?

सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्‍ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि, तिनीहरूले येशूलाई किन सताए त? के यो तिनीहरूको विद्रोही स्वभाव र पवित्र आत्माको कामको अनभिज्ञताको कारणले होइन? त्यो समयमा, येशूको काम अगमवाणी गरिएका ती पुरुष बालकको भन्दा फरक छ भन्‍ने फरिसीहरूले विश्‍वास गरे अनि आज मानिसहरूले परमेश्‍वरलाई इन्कार गर्छन् किनभने देहधारी हुनुभएका परमेश्‍वरको काम बाइबलअनुसार छैन। के यो परमेश्‍वरप्रतिको तिनीहरूको विद्रोहीपनको सार उही होइन र? के तँ पवित्र आत्माको सबै कार्यलाई विनाप्रश्‍न स्वीकार गर्छस्? यदि यो पवित्र आत्माको काम हो भने, यो सही प्रवाह हो र तैँले यसलाई कुनै सन्देहविना स्वीकार गर्नुपर्छ; के स्वीकार गर्ने भनी तैँले रोज्नु र छान्नु हुँदैन। यदि तैँले परमेश्‍वरबाट धेरै अन्तर्ज्ञान पाइस् र उहाँप्रति धेरै सतर्कता अपनाइस् भने के यो अनावश्यक कुरा होइन र? तैँले बाइबलबाट अरू सबुतको खोजी गर्नु पर्दैन; यदि यो पवित्र आत्माको काम हो भने, तैँले यसलाई स्वीकार गर्नुपर्छ, किनभने तैँले परमेश्‍वरलाई पछ्याउन परमेश्‍वरमा विश्‍वास गर्छस् र तैँले उहाँको अनुसन्धान गर्नु हुँदैन। म तेरो परमेश्‍वर हुँ भन्‍ने साबित गर्न तैँले मबाट अरू प्रमाण खोज्नु पर्दैन, तर म तेरो निम्ति लाभदायक छु कि छैन सो छुट्याउन तँ सक्षम हुनुपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यदि तैँले बाइबलभित्र धेरै अकाट्य प्रमाण भेट्टाइस् भने पनि, यसले तँलाई मेरो सामु पूर्ण रूपमा ल्याउन सक्दैन। तँ बाइबलको परिधिभित्र मात्र जिउँछस्, मेरो सामने होइन; मलाई चिन्नको निम्ति बाइबलले तँलाई सहायता गर्न सक्दैन, न त यसले मप्रतिको तेरो प्रेमलाई नै गहिरो बनाउन सक्छ। बाइबलले पुरुष बालक जन्‍मिनेछ भनी भविष्यवाणी गरे तापनि त्यो भविष्यवाणी कसको जीवनमा पूरा हुने हो सो कसैले बुझ्न सकेनन्, किनभने मानिसलाई परमेश्‍वरको काम थाहा थिएन, र यही कुराले फरिसीहरूलाई येशूको विरुद्ध खडा हुन लगायो। मेरो काम मानिसको हितमा हुन्छ भन्‍ने केहीले जान्दछन्, तैपनि येशू र म पूर्ण रूपमा फरक अर्थात् पारस्परिक रूपमा नमिल्‍ने अस्तित्व हौँ भन्‍ने विश्‍वास गरिरहन्छन्। त्यो समयमा, येशूले आफ्ना चेलाहरूलाई अभ्यास कसरी गर्ने, सँगसँगै कसरी भेला हुने, प्रार्थनामा अन्तर्बिन्ती कसरी गर्ने, र अनुग्रहको युगमा अरूहरूलाई कस्तो व्यवहार गर्नेभन्नेबारे अनुग्रहको युगका शृङ्खलाबद्ध प्रवचनहरू मात्रै दिनुभयो। उहाँले कार्यान्वयन गर्नुभएको काम अनुग्रहको युगको काम थियो र त्यतिबेलाका चेलाहरू र उहाँलाई पछ्याउनेहरूले कसरी अभ्यास गर्ने भनेर मात्र व्याख्या गर्नुभयो। त्यस बेला, उहाँले अनुग्रहको युगको काम मात्र गर्नुभयो र उहाँले अन्तको दिनका कुनै पनि कामहरू गर्नुभएन। जब यहोवाले व्यवस्थाको युगमा पुरानो करारको व्यवस्था ल्याउनुभयो, तब उहाँले अनुग्रहको युगको कार्य किन गर्नुभएन त? उहाँले अनुग्रहको युगको कामलाई पहिले नै किन स्पष्ट पार्नुभएन? के यसले मानिसहरूलाई यसलाई स्वीकार गर्न सहायता गर्दैनथ्यो र? एउटा बालक जन्मनेछ र शक्तिशाली हुन्छ भनेर मात्र उहाँले अगमवाणी गर्नुभयो, तर उहाँले अनुग्रहको युगलाई पहिले नै कार्यान्वयन गर्नुभएन। हरेक युगको परमेश्‍वरको कामका सीमाहरू स्पष्ट हुन्छन्; उहाँले हालको युगको काम मात्र गर्नुहुन्छ, र उहाँ अर्को युगको कामलाई कहिल्यै पनि अग्रिम रूपमा गर्नुहुन्न। यसरी मात्र हरेक युगको उहाँको प्रतिनिधि कामलाई अगाडी ल्याउन सकिन्छ। येशूले अन्तको दिनका चिन्हहरू, कसरी धैर्यवान् हुने, कसरी मुक्ति पाउने, कसरी पश्‍चात्ताप गर्ने र स्वीकार गर्ने, क्रूस कसरी बोक्ने र कष्टहरू कसरी सहने भन्‍ने बारेमा मात्र बताउनुभयो; अन्तको दिनमा मानिसले कसरी प्रवेश पाउने भनेर उहाँले कहिल्यै पनि बताउनुभएन, न त उसले परमेश्‍वरका अभिप्राय कसरी पूरा गर्न खोज्ने भन्‍नेबारे नै उहाँले बताउनुभयो। यसरी नै, अन्तको दिनमा परमेश्‍वरले गर्नुहुने कामको बारे बाइबलमा खोजी गर्नु हास्यास्पद कुरो होइन र? बाइबल मात्र पक्रेर तैँले के देख्न सक्छस्? बाइबलको व्याख्या गर्ने होस् वा प्रचारक होस्, आजको कामलाई कसले पहिले नै देख्न सक्थ्यो र?

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्।” के तिमीहरूले अहिले पवित्र आत्माका वचनहरू सुनेका छौ? परमेश्‍वरका वचनहरू तिमीहरूकहाँ आएका छन्। के तिमीहरू तिनलाई सुन्छौ? परमेश्‍वरले आखिरी दिनहरूमा वचनहरूको काम गर्नुहुन्छ, यी वचनहरू पवित्र आत्माका वचन हुन्, किनभने परमेश्‍वर पवित्र आत्मा हुनुहुन्छ र उहाँ देह पनि बन्न सक्नुहुन्छ; त्यसैले, विगतमा उल्लेख गरिएका, पवित्र आत्माका वचनहरू आजको देहधारी परमेश्‍वरका वचनहरू हुन्। धेरै मूर्ख मानिसहरू छन् जसले बोल्‍नुहुने पवित्र आत्मा हुनुहुन्छ, त्यसकारण उहाँको आवाज मानिसहरूले सुन्‍ने गरी स्वर्गबाट बोलिनुपर्छ भनी विश्‍वास गर्छन्। यसरी सोच्ने कसैलाई पनि परमेश्‍वरको काम थाहा हुँदैन। वास्तवमा, पवित्र आत्माले बोल्नुभएका वाणीहरू देहधारी हुनुभएका परमेश्‍वरले बोल्नुभएका कुराहरू नै हुन्। पवित्र आत्मा मानिससँग सोझै बोल्न सक्नुहुन्न; व्यवस्थाको युगमा पनि यहोवा मानिसहरूसँग सोझै बोल्नुभएन। आज यस युगमा पनि उहाँले त्यसो गर्ने सम्भावना अत्यन्त कम हुँदैनथ्यो र? काम गर्नका लागि वाणीहरू बोल्‍न, उहाँ देहधारी हुनुपर्छ; नत्र, उहाँको काम यसको लक्ष्य पूरा गर्न सक्षम हुँदैन। देहधारी परमेश्‍वरलाई इन्कार गर्नेहरूले पवित्र आत्मालाई चिन्दैनन् वा परमेश्‍वरले काम गर्ने सिद्धान्तहरू जान्दैनन्। अहिले पवित्र आत्माको युग हो भनी विश्‍वास गर्ने, तैपनि उहाँको नयाँ कार्य स्वीकार नगर्नेहरू अस्पष्ट र अमूर्त विश्‍वासको माझमा जिउनेहरू हुन्। यस्ता मानिसहरूले पवित्र आत्माको कामलाई कहिल्यै पनि ग्रहण गर्दैनन्। पवित्र आत्मालाई प्रत्यक्ष बोल्न र काम कार्यान्वयन गर्न मात्र आग्रह गर्नेहरू तर देहधारी परमेश्‍वरका काम वा वचनहरूलाई स्वीकार नगर्नेहरू कहिल्यै नयाँ युगमा प्रवेश गर्न सक्षम हुनेछैनन् वा उनीहरूलाई परमेश्‍वरद्वारा पूर्ण मुक्तिमा ल्याइनेछैन!

अघिल्लो: तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ

अर्को: परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्