अध्याय ६७

मेरा पुत्रहरू खुलेआम र सबै मानिसहरूका सामने देखा पर्छन्। तिनीहरूलाई खुलेआम चुनौती दिन आँट गर्ने जोसुकैलाई म गम्‍भीर रूपमा सजाय दिनेछु; त्यो निश्‍चित छ। आज, खडा भएर मण्डलीलाई गोठाला गर्नेहरू सबैले ज्येष्ठ पुत्रको हैसियत पाउन सकेका छन्, र अहिले मसँग महिमामा छन्—जुन मेरा हुन् ती सबै तिमीहरूका पनि हुन्। ममा तत्परताको साथ समर्पित हुने सबैलाई म प्रशस्‍त अनुग्रह बर्साउनेछु, ताकि तँ अरू मानिसहरूको सामर्थ्यले उछिन्‍न नसक्‍ने गरी शक्तिशाली बन्‍न सक्। मेरो इच्‍छा यसको पूर्णतामा तिमीहरू, अर्थात् ज्येष्ठ पुत्रहरूकहाँ जान्छ, र म तिमीहरू चाँडोभन्दा चाँडो परिपक्‍व बन र मैले तिमीहरूलाई सुम्‍पेको काम समाप्त गर भन्‍ने मात्रै चाहना गर्छु। यो कुरा जान! मैले तिमीहरूलाई जुन कुरा सुम्‍पेको छु त्यो मेरो व्यवस्थापन योजनाको अन्तिम परियोजना हो। म तिमीहरूले मलाई आफ्‍नो सारा हृदय, मन, र शक्ति लगायत आफ्‍नो सम्पूर्णता मलाई सुम्प, र यसलाई मेरो निम्ति अर्पण गर भन्‍ने मात्रै आशा गर्छु। समयले साँच्‍चै कसैलाई पर्खँदैन, र कुनै व्यक्ति, घटना, वा थोकले मेरो कार्यलाई बाधा दिन सक्दैन। यो कुरा जान! हरेक चरणमा कुनै बाधाविना मेरो काम सहजताको साथ अघि बढ्छ।

मेरा पाइलाहरूले ब्रह्माण्ड र पृथ्वीका छेउहरूसम्म टेक्छन्, मेरा नजरहरूले हरेक व्यक्तिलाई निरन्तर जाँच गर्छन्, यसअलावा, म सम्पूर्ण ब्रम्हाण्डलाई नियाल्‍छु। मेरा वचनहरूले वास्तवमा ब्रह्माण्डको हरेक कुनामा काम गरिरहेका छन्। ज-जसले मेरो लागि सेवा नगर्ने आँट गर्छ, ज-जसले मप्रति बफादार नरहने आँट गर्छ, ज-जसले मेरो नाउँमाथि न्याय-इन्साफ गर्ने आँट गर्छ, र ज-जसले मेरा छोराहरूको गाली-बेइज्जती र निन्दा गर्ने आँट गर्छन्—त्यस्ता कार्यहरू गर्न सक्नेहरू गम्भीर न्यायमार्फत गुज्रनैपर्छ। मेरो न्याय सम्पूर्ण रूपमा आउनेछ, यसको मतलब अहिले न्यायको समय हो र सावधानीपूर्वक अवलोकन गर्‍यौ भने, तिमीहरूले मेरो न्याय पूरै ब्रह्माण्डभरि फैलिन्छ भन्‍ने देख्नेछौ। अवश्य नै, मेरो घरलाई पनि छुट हुनेछैन; मेरो न्याय तिनीहरूमाथि खनिनेछ जसका सोचविचार, वचन वा कार्यहरू मेरो इच्छाअनुरूपका छैनन्। यो कुरा बुझ! मेरो न्याय सम्पूर्ण ब्रह्माण्डप्रति लक्षित छ, केवल मानिसहरू वा अन्य कुराहरूको एक समूहप्रति मात्र लक्षित छैन। के तिमीहरूले यो कुरालाई महसुस गरेका छौ? यदि तेरो भित्र अन्तस्करणमा, मेरो बारेका तेरा सोचहरूमा, तँ विरोधाभासपूर्ण छस् भने, तँलाई तुरुन्तै आन्तरिक रूपमा न्याय गरिनेछ।

मेरा न्यायहरू सबै आकार र स्वरूपमा आउँछन्। यो कुरा जान! म यो ब्रह्माण्डरूपी संसारको अद्वितीय र बुद्धिमान परमेश्‍वर हुँ! मेरो शक्तिभन्दा बाहिर केही पनि छैन। मेरा सबै न्यायहरू तिमीहरूसमक्ष प्रकट गरिन्छन्। यदि तिमीहरू आफ्ना सोचहरूमा मेरो बारेमा अन्योल वा विरोधाभासपूर्ण छौ भने म तँलाई चेतावनीको रूपमा अन्तर्दृष्टि दिनेछु। यदि तैँले सुन्दैनस् भने, म तँलाई तुरुन्तै त्याग्नेछु (यसमा म मेरो नाउँमा शङ्का गर्ने कुरालाई होइन बरु दैहिक मोजमस्तीहरूसँग सम्बन्धित बाह्य व्यवहारको बारेमा कुरा गरिरहेको छु)। यदि मेरो बारेमा तेरा सोचहरू अवज्ञाकारी छन् भने, यदि तैँले मसँग गुनासो गर्छस् भने, यदि तैँले बारम्बार शैतानका विचारहरूलाई स्वीकार गर्छस् भने, र यदि तैँले जीवनका भावनाहरूलाई अनुसरण गर्दैनस् भने, तेरो आत्मा अन्धकारमा हुनेछ र तेरो देहले पीडा भोग्नेछ। तँ मेरो नजिक हुनुपर्छ। तैँले एक वा दुई दिनमा आफ्नो सामान्य अवस्थालाई पुनर्स्थापित गर्न सक्दैनस्, अनि तेरो जीवन हेर्दा-हेर्दै धेरै पछि पर्नेछ। जहाँसम्म आफ्ना बोलीहरूमा स्वच्छन्द रहेका व्यक्तिहरूको सवाल छ, म तिमीहरूको मुख र जिब्रोहरूलाई अनुशासनमा ल्याउँछु, र तिमीहरूका जिब्रोहरूलाई तह लगाउँछु। कार्यहरूमा अनियन्त्रित रूपमा स्वच्छन्द रहेका व्यक्तिहरूको हकमा, म तिमीहरूलाई तिमीहरूका आत्माहरूमा चेतावनी दिनेछु, र मेरो कुरा नसुन्नेहरूलाई गम्भीर सजाय दिनेछु। खुला रूपमा मेरो आलोचना गर्ने वा मलाई चुनौती दिनेहरूको सवालमा, म तिनीहरूलाई पूर्ण रूपमा निष्कासित गर्नेछु र त्याग्नेछु, तिनीहरूलाई नाश पार्नेछु र सर्वोच्च आशिष्‌हरू गुमाउने तुल्याउनेछु; चुनिएपछि निष्कासित हुनेहरू यिनीहरू नै हुन्। जो अज्ञानी छन्, तिनीहरू आफ्ना दृष्टिकोणहरूमा स्पष्ट नभएका व्यक्तिहरू भएकाले, म तिनीहरूलाई अन्तर्दृष्टि दिनेछु र मुक्ति दिनेछु; तथापि, सत्यता बुझेर पनि त्यसलाई अभ्यास नगर्नेहरूको हकमा, माथि उल्लेखित नियमहरूअनुरूप काम-कारबाही गरिनेछ, चाहे तिनीहरू अज्ञानी होऊन् वा नहोऊन्। सुरुदेखि नै पथभ्रष्ट अभिप्रायहरू भएका मानिसहरूको हकमा, म तिनीहरूलाई कहिल्यै पनि वास्तविकतामा पकड हासिल गर्न नसक्ने तुल्याउँछु, र अन्ततः तिनीहरूलाई क्रमिक रूपमा एक-एक गरी हटाइनेछ। अहिले तिनीहरू मेरो बन्दोबस्तअन्तर्गत जीवितै रहे पनि, पछि एक जना पनि बाँकी रहनेछैन (किनभने म हतारमा काम गर्दिन, बरु व्यवस्थित तवरमा काम गर्छु)।

मेरो न्याय पूर्ण रूपमा प्रकट गरिएको छ; यसले आ-आफ्नो उचित स्थान लिनुपर्ने विभिन्न मानिसहरूलाई सम्बोधन गर्छ। म मानिसहरूले कुन-कुन नियमहरू उल्लंघन गरे भन्‍ने तथ्यबमोजिम तिनीहरूमाथि काम-कारबाही र न्याय गर्नेछु। जहाँसम्म यो नाउँमा नभएकाहरू र आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूको सवाल छ, तिनीहरूको लागि एउटै मात्र नियम लागू हुन्छ: म मलाई चुनौती दिनेहरूको आत्मा, प्राण र शरीरहरू तुरुन्तै लिनेछु र तिनीहरूलाई पातालमा फाल्नेछु; मलाई त्यसरी चुनौती नदिनेहरूको हकमा भने, म दोस्रो न्याय गर्नको लागि तिमीहरू परिपक्व भइञ्‍जेल प्रतीक्षा गर्नेछु। मेरा वचनहरूले सबै कुराहरू पूर्ण स्पष्टताका साथ बयान गर्छ, र कुनै पनि कुरा लुप्त रहेको छैन। तिमीहरूले तिनलाई सधैँभरि मनमस्तिष्कमा राख्न सक भन्‍ने मात्र मेरो आशा छ!

अघिल्लो: अध्याय ६६

अर्को: अध्याय ६८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्