अध्याय २७
ब्रह्माण्ड र सबै थोकमाथि शासन गर्नुहुने एक मात्र साँचो परमेश्वर—सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट! यो पवित्र आत्माको गवाही, निर्विवाद प्रमाण हो! पवित्र आत्माले जताततै काम गरिरहनुभएको र गवाही दिइरहनुभएको छ, ताकि कोही पनि शङ्कामा नहोऊन्। विजयी राजा, सर्वशक्तिमान् परमेश्वर! उहाँ संसारमाथि विजयी हुनुभएको छ, उहाँ पापमाथि विजयी हुनुभएको छ, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभएको छ। उहाँले शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसहरूको यो समूह, हामीलाई मुक्ति दिनुभएको छ, र उहाँको इच्छा पछ्याउनका लागि हामीलाई पूर्ण बनाउनुहुनेछ। उहाँले सारा पृथ्वीमा शासन गर्नुहुन्छ र यो भूमिलाई फेरी कब्जा गर्नुहुन्छ, र शैतानलाई अतल कुण्डमा लखेट्नुहुन्छ। उहाँले संसारलाई न्याय गर्नुहुन्छ, र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन। उहाँले राजाको रूपमा शासन गर्नुहुन्छ।
सारा पृथ्वीले उच्च सोरमा हर्षोल्लास गर्छ! यसले विजयी राजाको—सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छ! सदासर्वदा! तपाईं आदर र प्रशंसाका योग्य हुनुहुन्छ। ब्रह्माण्डका महान राजालाई नै अख्तियार र महिमा होस्।
समय छोटो छ। सर्वशक्तिमान् परमेश्वरका पाइलाहरू पछ्याऊ र अघि बढिरहो। गल्ती नगर्नलाई अति सावधान बन, उहाँको बोझप्रति विचारशील होओ, उहाँसँग एकै मनका होओ, र उहाँको व्यवस्थापन योजनाको लागि आफूलाई अर्पण गर। तिमीहरूले आफ्ना सम्पत्तिहरूलाई आफ्नो निम्ति साँच्नु हुँदैन। समय निकै थोरै छ। तिनलाई चढाइहाल! तिनलाई साँचेर नराख! तिनलाई चढाइहाल! तिनलाई साँचेर नराख!