अध्याय ४६

मानिसहरू मेरा वचनहरूलाई आफ्‍नो अस्तित्वको आधार बनाउने कार्यमा कतिको सफल भइरहेका छन् भन्‍ने मलाई थाहा छैन। म मानिसको गन्तव्यको बारेमा सधैँ व्याकुल भएको छु, तैपनि मानिसहरूसँग यसको बारेमा कुनै चेतना छैन भन्‍ने देखिन्छ—परिणामस्वरूप, तिनीहरूले मेरा कार्यलाई कुनै ध्यान दिएका छैनन्, र मानिसप्रतिको मेरो आचरणबाट निस्कने मप्रतिको कुनै स्‍नेहको विकास गरेको छैन। मानौं उसले मेरो हृदयलाई सन्तुष्ट गर्नको लागि धेरै पहिले नै भावना पोखाइसकेको छ। त्यस्ता परिस्‍थितिहरूको सामना गरेपछि, म फेरि पनि मौन हुन्छु। किन मेरा वचनहरू मानिसहरूको सोचाइको, थप प्रवेशको योग्य छैनन्? के मसँग कुनै वास्तविकता नभएर अनि मानिसहरूको विरुद्धमा प्रयोग गर्नको लागि म कुनै कुरा भेट्टाउने प्रयास गरिरहेकोले यसो भएको हो? मानिसहरूले किन मलाई सधैँ “विशेष व्यवहार” गर्छन्? के म आफ्‍नै विशेष कक्षमा यथावत् रहने अशक्त मानिस हुँ? कुराहरू आज तिनीहरू रहेको विन्दुमा आइपुग्दा किन मानिसहरूले अझै पनि मलाई फरक तरिकाले हेर्छन्? के मानिसप्रतिको मेरो आचरणमा कुनै भूल छ? आज, मैले ब्रह्माण्डभन्दा माथि नयाँ काम सुरु गरेको छु। मैले पृथ्वीका मानिसहरूलाई नयाँ सुरुवात दिएको छु, र मैले तिनीहरूलाई मेरो घरबाट निस्केर जान अनुरोध गरेको छु। अनि मानिसहरूलाई सधैँ आफैमा लिप्त हुन मन पर्ने हुनाले, म तिनीहरूलाई आत्म-सचेत हुने, र सधैँ मेरो काममा वाधा नदिने सल्‍लाह दिन्छु। मैले खोलेको “पाहुना-घर” मा, मानिसले जत्तिको अरू कुनै कुराले ममा घृणा पैदा गर्दैन, किनभने मानिसहरूले सधैँ मेरो निम्ति समस्या पैदा गर्छन् र मलाई निराश तुल्याउँछन्। तिनीहरूका बानीबेहोराले मलाई लाजमा पार्छ र मैले कहिल्यै पनि मेरो शिर ठाडो पार्न सकेको छैन। तसर्थ, तिनीहरूलाई मेरो घर चाँडोभन्दा चाँडो छोडेर जान र सित्तैमा मेरो घरको खानेकुरा खान छोड्न अनुरोध गर्दै म तिनीहरूसँग शान्त भई बोल्छु। यदि तिनीहरू बसिरहन चाहन्छन् भने, तिनीहरूले कष्ट भोग्‍नुपर्छ र मेरो ताडना सहनुपर्छ। तिनीहरूका विचारमा, तिनीहरूको काम गराइको बारेमा म पूर्ण रूपमा अनभिज्ञ र अनजान छु, तसर्थ असफलताको कुनै लक्षण नदेखाई, आफूले पूरा गर्न नसकेको सङ्ख्याको परिपूर्ण गर्नको लागि मानव भएको बहाना मात्रै गर्दै, तिनीहरू मेरो अघि सधैँ उच्‍च भई खडा हुन्छन्। जब म मानिसहरूलाई मागहरू गर्छु, तिनीहरू चकित हुन्छन्: धेरै वर्षसम्‍म राम्रो प्रकृतिकार दयालु व्यवहार गर्नुहुने परमेश्‍वरले त्यस्ता वचनहरू, अर्थात्, निर्दयी र अनुचित वचनहरू बोल्‍न सक्‍नुहुन्छ भनेर तिनीहरूले कहिल्यै सोचेका हुँदैनन्, त्यसकारण तिनीहरू अवाक् बन्छन्। त्यस्तो बेला, म मानिसहरूको हृदयमा मप्रतिको घृणा फेरि बढेको छ भन्‍ने देख्छु, किनभने तिनीहरूले फेरि गुनासो गर्ने कार्य सुरु गरेका हुन्छन्। तिनीहरूले सधैँ पृथ्वीको विरुद्धमा आलोचना गर्छन् र स्वर्गको विरुद्धमा सराप बोल्छन्। तैपनि म तिनीहरूका शब्‍दहरूमा तिनीहरू आफैलाई सराप्‍ने केही पनि भेट्टाउँदिन, किनभने आफूप्रतिको तिनीहरूको प्रेम अत्यन्तै ठूलो छ। तसर्थ, मानव जीवनको अर्थलाई म यसरी सारांशित गर्छु: मानिसहरूले आफैलाई अत्यन्तै प्रेम गर्ने हुनाले, तिनीहरूको सारा जीवन वेदनापूर्ण र रित्तो हुन्छन्, अनि मप्रतिको तिनीहरूको घृणाको कारण तिनीहरूले आफ्‍नै शिरमाथि बरबादी ल्याउँछन्।

मानिसका वचनहरूमा मप्रति अकथित “प्रेम” हुने भएकोले, जब म यी वचनहरूलाई जाँचको लागि “प्रयोगशाला” मा ल्याउँछु र तिनलाई सूक्ष्मदर्शक यन्त्रमा हेर्छु, तब तिनीहरूभित्र रहेको कुरा स्पष्ट रूपमा प्रकट हुन्छन्। अहिलेको लागि, म मानिसहरूलाई तिनीहरूको “मेडिकल रेकर्डहरू” हेर्न दिएर तिनीहरूलाई इमानदार रूपमा विश्‍वस्त तुल्याउनको लागि मानिसको बीचमा फेरि आउँछु। जब मानिसहरूले ती रेकर्डहरू हेर्छन्, तिनीहरूको अनुहार उदास बन्छन्, तिनीहरूले हृदयमा पछुतो मान्छन्, र तिनीहरूले मलाई खुशी पार्न तुरुन्तै आफ्‍ना दुष्ट मार्गहरूलाई त्यागेर सही मार्गमा नफर्केकोमा तिनीहरू अझै बढी व्याकुल हुन्छन्। तिनीहरूको संकल्पलाई देखेर, म अत्यन्तै प्रसन्‍न हुन्छु; म आनन्दले प्रफुल्‍लित हुन्छु: “पृथ्वीमा, मानिस बाहेक अरू कसले मसँग आनन्द, शोक, र कठिनाइ बाँढ्न सक्छ र? के यसो गर्न सक्‍ने मानिस मात्रै होइन र?” तैपनि जब म तिनीहरूको सामनेबाट जान्छु, तिनीहरूले आफ्‍ना मेडिकल रेकर्डहरू च्यात्छन् र तिनलाई भूँइमा फ्याँकेर अहङ्कारको साथ हिँड्छन्। त्यहाँदेखि यताका दिनहरूमा, मैले मानिसहरूमा मेरो हृदय अनुरूपका कुराहरू त्यति देखेको छैन। तैपनि मेरो अगाडि तिनीहरूले गरेका संकल्पहरू जम्‍मा भएर धेरै नै भइसकेका छन्, अनि तिनीहरूका संकल्पहरूलाई हेर्दा मलाई घृणा लाग्छ, किनभने तिनीहरूमा मलाई आनन्द दिने केही पनि छैन; तिनीहरू अत्यन्तै कलङ्कित छन्। तिनीहरूको संकल्पप्रतिको मेरो अवहेलनालाई देखेर, मानिसहरू कठोर बन्छन्। त्यसपछि त तिनीहरूले बिरलै “निवेदन” पेस गर्छन्, किनभने मानिसको हृदयलाई मेरो अघि कहिल्यै प्रशंसा गरिएको छैन, र त्यसलाई जहिल्यै पनि मैले इन्कार गरेको छु—मानिसहरूको जीवनमा उप्रान्त कुनै आत्मिक सहायता छैन, त्यसकारण तिनीहरूको जोश हराएर जान्छ, अनि उप्रान्त मौसम “जलाउने गरी तातो” छ भन्‍ने मलाई लाग्दैन। मानिसहरूले आफ्‍नो जीवनभरि धेरै नै कष्ट भोग्छन्, यहाँसम्‍म कि आजको परिस्थितिको आगमनसँगै, तिनीहरूलाई म यति “कष्ट” दिन्छु कि तिनीहरू जीवन र मृत्युको बीचमा पर्छन्। परिणामस्वरूप, तिनीहरूको अनुहारको ज्योति हराउँछ र तिनीहरूले आफ्‍नो “जीवन्तपन” लाई गुमाउँछन्, किनभने तिनीहरू सबै “ठूला भइसकेका” छन्। सजायको अवधिमा शोधन गरिँदा म मानिसहरूको दयनीय स्थितिलाई हेर्न सक्दिनँ—तैपनि मानवजातिको दुःखदायी हारबाट उसलाई कसले छुटकारा दिनसक्छ? दयनीय मानव जीवनबाट मानिसलाई कसले मुक्त गर्न सक्छ? मानिसहरूले किन कहिल्यै आफूलाई कष्टको समुद्रको अतल-कुण्डबाट मुक्त गर्न सकेको छैन? के म जानी-जानी मानिसहरूलाई फन्दामा पार्छु? मानिसहरूले कहिल्यै पनि मेरो मनस्थितिलाई बुझेका छैनन्, त्यसकारण स्वर्ग र पृथ्वीका सबै थोकमध्ये कुनै पनि कुराले मेरो हृदयलाई कहिल्यै बुझेको छैन, र कुनै पनि कुराले मलाई साँचो रूपमा प्रेम गर्दैन भनेर ब्रह्माण्डको सामने म विलाप गर्छु। आज समेत, मानिसहरूले किन मलाई प्रेम गर्न सक्दैनन् त्यो कुरा अझै पनि मलाई थाहा छैन। तिनीहरूले मलाई आफ्‍नो हृदय दिन सक्छन्, तिनीहरूले मेरो लागि आफ्‍नो गन्तव्य परित्याग गर्न सक्छन्, तर तिनीहरूले मलाई किन आफ्‍नो प्रेम दिन सक्दैनन्? के तिनीहरूसँग मैले मागेको कुरा छैन? मानिसहरूले म बाहेक अरू सबै कुरालाई प्रेम गर्न सक्छन्—तब किन तिनीहरूले मलाई प्रेम गर्न सक्दैनन्? तिनीहरूको प्रेम किन सधैँ लुकेको हुन्छ? आजको दिनसम्‍म तिनीहरू मेरो अघि जसरी उभिएका छन्, त्यसलाई हेर्दा मैले किन कहिल्यै तिनीहरूको प्रेम देखेको छैन? के यो तिनीहरूमा नभएको कुरा हो? के मैले जानी-जानी मानिसहरूका लागि काम-कुराहरूलाई कठिन बनाइरहेको छु? के तिनीहरूको हृदयमा अझै पनि हिचकिचाहट छ? के तिनीहरू गलत व्यक्तिलाई प्रेम गर्न, र आफैलाई सुधार गर्न असमर्थ हुन्छन् भन्‍ने कुरादेखि डराउँछन्? मानिसहरूमा अनगिन्ती बुझ्‍न नसकिने रहस्यहरू छन्, त्यसकारण मानिसको अघि म सधैँ “डरपोक र भयभीत” हुन्छु।

आज, राज्यको प्रवेशद्वारतर्फ अघि बढ्ने समयमा, सबै मानिसहरू अघि बढ्न थाल्छन्—तर जब तिनीहरू प्रवेशद्वारको अघि पुग्छन्, तब म प्रवेशद्वार बन्द गर्छु, म मानिसहरूलाई बाहिर थुनिदिन्छु, र तिनीहरूलाई आफ्‍नो प्रवेश अनुमतिपत्र देखाउन माग गर्छु। त्यस्तो अनौठो कार्य पूर्ण रूपमा मानिसहरूका अपेक्षाहरू विपरीत हुन पुग्छन्, र तिनीहरू सबै चकित हुन्छन्। आज किन प्रवेशद्वार—जुन सधैँ पूर्ण रूपमा खुला रहेको छ—अचानक बन्द गरिएको छ? मानिसहरूले आफ्‍नो खुट्टाले भूँइमा धक्‍का दिन्छन् र यता-उता गर्छन्। तिनीहरूले तिनीहरू भित्र प्रवेश गर्न सक्छन् भन्‍ने कल्‍पना गर्छन्, तर जब तिनीहरूले आफ्‍नो झूटो प्रवेश अनुमतिपत्र दिन्छन्, तब म तिनीहरूलाई तुरुन्तै त्यहीँ नै आगोको कुण्डमा फ्याँकिदिन्छु, र तिनीहरूले आफ्‍ना “परिश्रमी प्रयासहरू” लाई ज्वालामा देख्दा, तिनीहरूले आशा गुमाउँछन्। प्रवेश गर्न नपाएकाले तिनीहरू रुँदै, राज्यभित्रको सुन्दर दृश्यहरू हेर्दै टाउको समात्छन्। तर तिनीहरूको दयनीय अवस्थाको कारण म तिनीहरूलाई प्रवेश गर्न दिँदिन—कसले मेरो योजनालाई आफ्‍नो इच्‍छाअनुसार बिथोल्‍न सक्छ र? के भविष्यका आशिषहरू मानिसहरूको जोसको साटो दिइन्छ? के मानव अस्तित्वको अर्थ मेरो राज्यमा आफ्‍नो इच्‍छाअनुसार प्रवेश गर्ने कार्यमा अडिएको हुन्छ र? के म त्यति नीच छु? यदि मैले मेरा कठोर वचनहरू नबोलेको भए, के मानिसहरू धेरै पहिले नै राज्यमा प्रवेश गरेका हुनेथिएनन् र? तसर्थ, मेरो अस्तित्वले पैदा गरेका सबै झमेलाहरूका निम्ति मानिसहरूले मलाई सधैँ घृणा गर्छन्। यदि म अस्तित्वमा नभएको भए, तिनीहरूले वर्तमान दिनको अवधिमा राज्यका आशिषहरू प्राप्त गर्न सक्‍नेथिए—यो कष्ट भोग्‍नुको आवश्यकता के हुनेथियो र? त्यसकारण म मानिसहरूलाई तिनीहरू छोडेर गएकै राम्रो हुन्छ, तिनीहरूले आफ्नो उम्कने बाटो पत्ता लगाउनको लागि वर्तमानमा कामकुराहरू कति राम्ररी अघि बढिरहेका छन् त्यसको फाइदा लिनुपर्छ; तिनीहरूले तिनीहरू जवान हुँदै केही सीप सिक्‍नको लागि वर्तमानको फाइदा लिनुपर्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, भविष्यमा धेरै ढीला भइसकेको हुनेछ। मेरो घरमा, कसैले कहिल्यै पनि आशिषहरू प्राप्त गरेको छैन। म मानिसहरूलाई “गरिबी” मा जिइरहने कार्यलाई रोक्‍नको लागि, छिटो गरेर जान आज्ञा गर्छु; भविष्यमा पछुताउनको लागि धेरै ढीला भइसकेको हुनेछ। आफैप्रति धेरै कठोर नहोऊ; आफ्‍नो लागि किन कुराहरू कठिन बनाउने? तैपनि म मानिसहरूलाई यदि तिनीहरूले आशिषहरू प्राप्त गर्न सकेनन् भने, मेरो बारेमा कसैले पनि गुनासो गर्न सक्दैनन् भनेर पनि भन्छु। मेरा वचनहरू मानिसमा खेर फाल्‍नको लागि मसँग कुनै समय छैन। आशा छ, यो कुरा मानिसहरूको मनमा रहनेछ, तिनीहरूले यस कुरालाई बिर्सँदैनन्—यी वचनहरू मैले दिने असहज सत्यता हुन्। मैले मानिसमा विश्‍वास गुमाएको धेरै भइसक्यो र मैले मानिसहरूमाथि आशा गुमाएको धेरै भइसक्यो, किनभने तिनीहरूमा ठूलो लक्ष्यको कमी छ, मलाई तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने हृदय कहिल्यै दिन सकेनन्, बरु तिनीहरूले सधैँ मलाई तिनीहरूका उत्प्रेरणाहरू दिन्छन्। मैले मानिसलाई धेरै कुरा भनेको छु, अनि आजका मानिसहरूले अझै पनि मेरो सल्‍लाहलाई बेवास्ता गर्ने हुनाले, भविष्यमा तिनीहरूले मेरो हृदयलाई गलत रूपमा नबुझून् भनेर म तिनीहरूलाई मेरो दृष्टिकोण बताउँछु; आउने समयमा तिनीहरू मर्छन् कि बाँच्‍छन् बन्‍ने कुरा तिनीहरूको हातको कुरा हो; म यस कुरालाई नियन्त्रण गर्न सक्दिनँ। मलाई आशा छ तिनीहरूले बाँच्‍ने तिनीहरूको आफ्‍नै मार्ग भेट्टाउँछन्। यसमा म शक्तिहीन छु। मानिसले मलाई साँचो रूपमा प्रेम नगर्ने हुनाले, हामी छुट्टिन्छौं; भविष्यमा, हाम्रो बीचमा कुनै वचनहरू हुनेछैन, हामीसँग कुराकानी गर्नलाई केही पनि हुनेछैन, हामी एक-अर्कालाई हस्तक्षेप गर्नेछैनौं, हामी आ-आफ्‍नै बाटो लाग्‍नेछौं, मानिसहरू मलाई खोज्दै आउनु हुँदैन, र म फेरि कहिल्यै पनि मानिसको “सहयोग” माग्‍नेछैन। यो हामी बीचको कुरा हो, र भविष्यमा कुनै समस्या नहोस् भनेर हामीले कुनै छलछाम नगरी कुरा गरेका छौं। के यस कुराले कामकुरालाई सहज बनाउँदैन र? हामी प्रत्येक आ-आफ्‍नै बाटो लाग्छौं र एक-अर्कासँग कुनै सरोकार राख्दैनौं—त्यसमा के गलत छ र? आशा छ मानिसहरूले यस कुरालाई केही विचार गर्छन्।

मे २८, १९९२

अघिल्लो: अध्याय ४५

अर्को: अध्याय ४७

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

विजयको कामको भित्री सत्यता (४)

सिद्ध बनाइनु भनेको के हो? जितिनु भनेको के हो? मानिसहरूलाई जित्नका निम्ति कुन मापदण्डहरू पूरा हुनुपर्दछ? र तिनीहरूलाई सिद्ध बनाउनका निम्ति...

अध्याय १३

मेरा वचन र वाणीहरूमा मेरा धेरै आशयहरू लुकेका हुन्छन्, तर मानिसहरूले यी कुराहरू जान्दैनन् र बुझ्दैनन्; उनीहरूले मेरा वचनहरूलाई बाह्य रूपमा...

परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

देहधारी परमेश्‍वरको कार्य दुई भागमा समावेश छ। जब उहाँ पहिलो पटक देह बन्नुभयो, मानिसहरूले उहाँमा विश्‍वास गरेनन्‌ वा उहाँलाई चिनेनन्‌, र...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्