अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

आखिरी दिनहरूमा, परमेश्‍वर आफूले गर्नुपर्ने काम गर्न र उहाँको वचनको सेवकाइ गर्नका लागि देह बन्नुभयो। उहाँको हृदयअनुसारका मानिसहरूलाई सिद्ध पार्ने उद्देश्यले मानिसहरूको बीचमा काम गर्न उहाँ व्यक्तिगत रूपमा आउनुभयो। सृष्टिको समयदेखि आजसम्म, आखिरी दिनहरूमा मात्र उहाँले यस किसिमको काम गर्नुभएको हो। आखिरी दिनहरूमा मात्र परमेश्‍वर यस्तो व्यापक रूपमा काम गर्न देहधारी हुनुभएको छ। उहाँले मानिसहरूलाई सहन कठिन हुने कठिनाइहरू सहनुहुन्छ, र उहाँ महान् परमेश्‍वर हुनुभए पनि उहाँमा साधारण मानिस बन्ने नम्रता छ, तैपनि उहाँको कामको कुनै पनि पक्षमा ढिलाइ भएको छैन, र उहाँको योजना अलिकति पनि अस्तव्यस्तताको शिकार बनेको छैन। उहाँले आफ्नो मूल योजना अनुसार नै काम गर्दैहुनुहुन्छ। यस देहधारणको एउटा उद्देश्य भनेको मानिसहरूलाई जित्नु हो, अर्कोचाहिँ उहाँले प्रेम गर्नुभएका मानिसहरूलाई सिद्ध बनाउनु हो। उहाँले सिद्धा पार्नुभएका मानिसहरूलाई उहाँ आफ्नै आँखाले हेर्न चाहनुहुन्छ, अनि उहाँले सिद्ध पार्नुभएका मानिसहरूले कसरी उहाँको साक्षी दिन्छन् त्यो उहाँ आफै हेर्न चाहनुहुन्छ। सिद्ध पारिएका मानिसहरू एक वा दुई जना मात्र हुँदैनन्। बरु, यो एउटा समूह हो, जसमा थोरै मानिसहरू मात्र समावेश हुन्छ। यो समूहका मानिसहरू संसारका विभिन्न देशहरूबाट, र संसारका विभिन्न राष्ट्रियताहरूबाट आएका छन्। त्यति धेरै काम गर्नुको उद्देश्य भनेको मानिसहरूको यो समूहलाई प्राप्त गर्नु, यो समूहका मानिसहरूले उहाँको निम्ति दिने साक्षी प्राप्त गर्नु, र उहाँले तिनीहरूबाट पाउनुहुने महिमा प्राप्त गर्नु हो। उहाँले त्यस्तो काम गर्नुहुन्न जसको कुनै महत्त्व हुँदैन, न त उहाँले कुनै मूल्यविनाको काम नै गर्नुहुन्छ। यो भन्न सकिन्छ, कि त्यति धेरै काम गर्ने क्रममा परमेश्‍वरको उद्देश्य भनेको उहाँले सिद्ध पार्न चाहनुभएकाहरू सबैलाई सिद्ध पार्नु हो। यसदेखि बाहिरको खाली समयमा उहाँले दुष्टहरूलाई बाहिर फालिदिनुहुनेछ। यो जान्, कि उहाँले यी महान् कार्यहरू दुष्टहरूको कारण गर्नुहुन्न; यसको विपरीत, उहाँद्वारा सिद्ध पारिनु पर्ने यी थोरै मानिसहरूका निम्ति नै उहाँले आफ्नो सबै थोक दिनुहुन्छ। उहाँले गर्नुहुने काम, उहाँले बोल्नुहुने वचनहरू, उहाँले प्रकट गर्नुहुने रहस्यहरू, अनि उहाँको न्याय र सजाय सबै ती थोरै सङ्ख्यामा भएका मानिसहरूका निम्ति हुन्। उहाँ दुष्ट मानिसहरूका कारण देह बन्नुभएन, र ती दुष्ट मानिसहरूले उहाँमा ठूलो क्रोध जगाउने कुरा त परै जाओस्। सिद्ध हुनुपर्ने मानिसहरूको कारण नै उहाँले सत्य बोल्नुहुन्छ, र प्रवेशको कुरा गर्नुहुन्छ; तिनीहरूकै कारण उहाँ देह बन्नुभयो, र उनीहरूकै कारण उहाँले आफ्ना प्रतिज्ञाहरू र आशिषहरू प्रदान गर्नुहुन्छ। उहाँले गर्नुहुने सत्यता, प्रवेश, र मानिसको जीवनको कुरा तिनीहरूका निम्ति गरिँदैन जो दुष्ट छन्। उहाँ दुष्ट मानिससँग कुरा गर्नबाट जोगिन चाहनुहुन्छ, बरु सिद्ध पारिनु पर्ने मानिसहरूलाई नै सबै सत्यता प्रदान गर्न चाहनुहुन्छ। उहाँको कामका निम्ति केही क्षण दुष्ट मानिसहरूलाई उहाँको सम्पत्तिका केही अंशको आनन्द लिने अनुमति दिनु आवश्यक हुन्छ। जसले सत्यको पालन गर्दैनन्, जसले परमेश्‍वरलाई सन्तुष्ट पार्दैनन्, र जसले उहाँको काममा बाधा दिन्छन् तिनीहरू सबै दुष्ट हुन्। तिनीहरू सिद्ध हुन सक्दैनन्, र तिनीहरूलाई परमेश्‍वरले घृणा र अस्वीकार गर्नुहुन्छ। यसको विपरीत, जुन मानिसहरूले सत्यता अभ्यास गर्छन् र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन् र जसले सम्पूर्ण रूपले आफैलाई परमेश्‍वरको काममा अर्पण गर्छन्, तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिने मानिसहरू हुन्। परमेश्‍वरले जुन मानिसहरूलाई पूर्ण बनाउने इच्छा गर्नुहुन्छ तिनीहरू अरू कोही नभएर यस समूहका मानिसहरू नै हुन्, र परमेश्‍वरले गर्नुहुने काम यिनै मानिसहरूका निम्ति हो। उहाँले बोल्नुभएको सत्यता ती मानिसहरूतर्फ निर्देशित छन् जो सत्यताको अभ्यास गर्न इच्छुक हुन्छन्। उहाँले सत्यको अभ्यास नगर्ने मानिसहरूसँग बोल्नुहुन्न। उहाँले कुरा गर्नुहुने अन्तर्दृष्टि र समझशक्तिको वृद्धि ती मानिसहरूतर्फ लक्षित छ जसले सत्यतालाई लागू गर्न सक्छन्। जब उहाँले सिद्ध पारिनु पर्ने मानिसहरूका बारेमा बोल्नुहुन्छ, त्यसबेला उहाँले यिनै मानिसहरूको बारेमा कुरा गरिरहनुभएको हुन्छ। पवित्र आत्माको काम ती मानिसहरूतर्फ लक्षित हुन्छ जो सत्यताको अभ्यास गर्न इच्छुक हुन्छन्। बुद्धि र मानवता धारण गर्ने जस्ता कुराहरू ती मानिसहरूतर्फ लक्षित हुन्छन् जो सत्य अभ्यास गर्न इच्छुक हुन्छन्। सत्यता लागू नगर्नेहरूले सत्यका धेरै वचनहरू सुन्न सक्छन्, तर तिनीहरू प्रकृतिले नै अत्यन्त दुष्ट र सत्यमा रुचि नराख्ने भएकाले तिनीहरूले बुझेका कुराहरू धर्म-सिद्धान्तहरू र शब्दहरू अनि रित्ता सिद्धान्तहरू मात्र हुन्छन्, जीवनमा तिनीहरूको प्रवेशका लागि रत्तीभर यसको महत्त्व हुँदैन। तिनीहरूमध्ये कोही पनि परमेश्‍वरप्रति बफादार हुँदैनन्; तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जसले परमेश्‍वरलाई देख्छन् तर उहाँलाई प्राप्त गर्न सक्दैनन्; तिनीहरू सबैलाई परमेश्‍वरले दोषी ठहर्‍याउनुभएको छ।

पवित्र आत्मासँग प्रत्येक व्यक्तिभित्र आउने मार्ग छ, र उहाँले प्रत्येक व्यक्तिलाई सिद्ध हुने मौका दिनुहुन्छ। तेरो नकारात्मकताद्वारा तँलाई आफ्नै भ्रष्टता चिन्न दिइन्छ, र त्यसपछि नकारात्मकता फाल्दा तैँले अभ्यास गर्ने बाटो पाउनेछस्; यी सबै ती तरिकाहरू हुन् जसबाट तँलाई सिद्ध तुल्याइन्छ। यसको अतिरिक्त, निरन्तर मार्गदर्शन र तँभित्रका केही सकारात्मक कुराहरूको ज्योतिमार्फत तैँले सक्रिय रूपमा आफ्नो काम पूरा गर्नेछस्, तेरो अन्तर्दृष्टि अभिवृद्धि हुनेछ र तैँले विवेक प्राप्त गर्नेछस्। जब तेरा अवस्थाहरू राम्रा हुन्छन्, तब तँ विशेष गरी परमेश्‍वरको वचन पढ्न इच्छुक हुन्छस्, र विशेष गरी परमेश्‍वरसँग प्रार्थना गर्न इच्छुक हुन्छस्, र तैँले सुनेका उपदेशहरूलाई आफ्नै अवस्थासँग जोड्न सक्छस्। यस्तो समयमा परमेश्‍वरले तँलाई सकारात्मक पक्षका केही कुराहरू महसुस गराउँदै तँभित्र अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। यसरी नै तँलाई सकारात्मक पक्षमा सिद्ध तुल्याइन्छ। नकारात्मक अवस्थाहरूमा, तँ कमजोर र निष्क्रिय हुन्छस्; तँलाई तेरो हृदयमा परमेश्‍वर नभएको महसुस हुन्छ, तैपनि परमेश्‍वरले तँलाई ज्योति प्रदान गर्नुभई अभ्यासको बाटो प्राप्त गर्न सहयोग गर्नुहुन्छ। यसबाट बाहिर आउनु भनेको नकारात्मक पक्षमा सिद्धता हासिल गर्नु हो। परमेश्‍वरले मानिसलाई सकारात्मक र नकारात्मक दुवै पक्षमा सिद्ध तुल्याउन सक्नुहुन्छ। यो कुरा तँ परमेश्‍वरद्वारा सिद्ध भएको अनुभव गर्न सक्षम छस् कि छैनस् अनि तैँले परमेश्‍वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् कि खोज्दैनस् भन्ने कुरामा निर्भर गर्दछ। यदि तैँले साँच्चै परमेश्‍वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् भने, नकारात्मकताले तेरो हानि गर्न सक्दैन, बरु त्यसले तँमा ती कुराहरू ल्याउन सक्छ जुन अझ बढी वास्तविक छन्, र तँमा जुन कुराको कमी छ त्यो कुरा जान्न, तेरो वास्तविक अवस्थालाई बुझ्न, अनि मानिससँग केही छैन, र मानिस केही पनि होइन भन्ने कुरा बुझ्न तँलाई अझ बढी सक्षम बनाउँछ; यदि तैँले परीक्षाहरूको अनुभव गर्दैनस् भने, तँलाई ज्ञान नै हुँदैन, र तैँले जहिले पनि आफूलाई अरूभन्दा माथि र सबैभन्दा उत्तम महसुस गर्नेछस्। यी सबै कुराहरूबाट तैँले पहिले आएका सबै कुरा परमेश्‍वरद्वारा गरिएका अनि परमेश्‍वरद्वारा संरक्षित थिए भनी बुझ्नेछस्। परीक्षाहरूमा प्रवेश गर्दा तँ प्रेम वा विश्वासरहित अवस्थामा छोडिन्छस्, तँमा प्रार्थनाको कमी हुन्छ अनि तँ भजन गाउन असमर्थ हुन्छस्, र यसैबीच तैँले महसुसै नगरी आफैलाई जान्न थालिसकेको हुन्छ। परमेश्‍वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको निराकरण गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई नाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई निराकरण गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई नाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका “रहस्य” खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरै वटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्‍वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्‍वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई निराकरण गरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ।

तिमीहरूले अहिले के खोज्छौ? परमेश्‍वरद्वारा सिद्ध हुनु, परमेश्‍वरलाई चिन्नु, परमेश्‍वरलाई प्राप्त गर्नु—वा सायद तँ ९० को दशकको पत्रुसको तरिकाले आफैलाई अगि बढाउन चाहन्छस्, वा अय्यूबको भन्दा ठूलो विश्‍वास प्राप्त गर्न चाहन्छस्, वा सायद तँ परमेश्‍वरद्वारा धर्मी कहलिन र परमेश्‍वरको सिंहासनको सामु आउन खोज्छस्, वा पृथ्वीमा परमेश्‍वरलाई प्रकटीकरण गर्न र परमेश्‍वरका निम्ति शक्तिशाली र सानदार रूपमा साक्षी दिने प्रयास गर्न खोज्छस्। तिमीहरूले जे गर्न खोजे पनि समग्रमा, तिमीहरू परमेश्‍वरद्वारा मुक्ति पाउनका निम्ति नै खोजी गर्छौ। तँ धर्मी हुन खोजे पनि, पत्रुसको बानीव्यहोरा, वा अय्यूबको विश्‍वासको खोजी गरे पनि, वा परमेश्‍वरद्वारा सिद्ध पारिन खोजे पनि, यो सब परमेश्‍वरले मानिसमा गर्नुहुने काम हो। अर्को शब्दमा भन्दा, तैंले जे खोजे पनि ती सबै परमेश्‍वरद्वारा सिद्ध पारिनका निम्ति, सबै परमेश्‍वरको वचन अनुभव गर्न, परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्नका लागि नै हो; तैंले जे खोजे पनि, त्यो सब परमेश्‍वरको प्रेमिलोपन पत्ता लगाउनका लागि, आफ्नै विद्रोही स्वभावलाई फाल्न सक्षम हुने उद्देश्यसहित वास्तविक अनुभवमा अभ्यास गर्ने मार्ग खोज्‍नको लागि, आफैभित्र सामान्य अवस्था हासिल गर्न, पूर्ण रूपमा परमेश्‍वरको इच्छाअनुरूप हुनु, एक सही व्यक्ति बन्‍न र तैंले गर्ने सबै कुरामा सही अभिप्राय राख्‍नको लागि हो। तैंले यी सबै कुराहरूको अनुभव गर्नुको कारण भनेको परमेश्‍वरलाई चिन्नु र जीवनको वृद्धि हासिल गर्नु हो। तैंले अनुभव गर्ने कुरा परमेश्‍वरको वचन र वास्तविक घटनाहरू, साथसाथै तेरो वरिपरिका मानिसहरू, वस्तुहरू र स्थितिहरू भए पनि, अन्ततः तँ परमेश्‍वरलाई चिन्न र परमेश्‍वरबाट सिद्ध हुन सक्छस्। एक धर्मी व्यक्तिको मार्गमा हिँड्न खोज्नु वा परमेश्‍वरको वचन अभ्यास गर्न खोज्‍नु: यी चालू मार्ग हुन्, जबकि परमेश्‍वरलाई चिन्नु र परमेश्‍वरबाट सिद्ध हुनु भनेको चाहिँ गन्तव्य हो। यदि तैँले अहिले परमेश्‍वरबाट सिद्धता खोजे पनि वा परमेश्‍वरका लागि साक्षी दिन खोजे पनि, त्यो सबै आखिर परमेश्‍वरलाई जान्‍नका निम्ति नै हो; यो उहाँले तँभित्र गर्नुभएको काम व्यर्थ नहोस् भनेर हो, यसरी तँ अन्ततः परमेश्‍वरको वास्तविकता जान्न, उहाँको महानता थाहा पाउन, र अझ बढी परमेश्‍वरको नम्रता र गोप्यता जान्न, र परमेश्‍वरले तँमा गर्नुहुने धेरै कामको बारेमा जान्न सक्। परमेश्‍वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वर मानिसहरूको माझमा जिउन र खानका निम्ति, मानिसहरूको गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्नको निम्ति मात्र देह बन्नुभएन। बरु त्योभन्दा महत्त्वपूर्ण कुरा त यो छ कि उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय तवरमा भ्रष्ट रहेका मानिसहरूका निम्ति गर्नुहुन्छ। उहाँले यी अति भ्रष्ट मानिसहरूलाई मुक्त गर्नको लागि ठूलो रातो अजिङ्गरको केन्द्रमा आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्। परमेश्‍वरले सहनुहुने विशाल कठिनाइ देहधारी परमेश्‍वरले भोग्ने कठिनाइ मात्र होइन, बरु सबैभन्दा बढी त परमेश्‍वरका आत्माले अत्यधिक अपमान सहनुपर्दछ—उहाँले आफैलाई यत्ति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एक साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभयो र देहको रूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानव जीवन र सामान्य मानवीय खाँचोहरू रहेछन् भनी देख्न सकून। यो कुरा परमेश्‍वरले आफूलाई हदैसम्म विनम्र तुल्याउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्‍वरका आत्मालाई देहमा अनुभव गरिन्छ। उहाँको आत्मा यति उच्च र महान् छ, तापनि उहाँले उहाँको आत्माको काम गर्नको लागि एक सामान्य मानिसको, एक नगण्य मानिसको रूप धारण गर्नुहुन्छ। योग्यता, अन्तर्दृष्टि, चेतना, मानवता, र तिमीहरू प्रत्येकको जीवनले तिमीहरू परमेश्‍वरको यस प्रकारको कामलाई स्वीकार गर्न साँच्चै लायक छैनौ भन्ने देखाउँछ। तिमीहरू आफ्नो खातिर परमेश्‍वरलाई यस्तो कठिनाइ सहन दिनको लागि साँच्चै लायक छैनौ। परमेश्‍वर धेरै महान् हुनुहुन्छ। उहाँ अति नै सर्वोच्च हुनुहुन्छ, तर मानिसहरू अति नै तुच्छ छन्, तैपनि उहाँले तिनीहरूमा काम गर्नुहुन्छ। उहाँ केवल मानिसहरूका निम्ति प्रबन्ध गर्न, मानिसहरूसँग बोल्न मात्र देहधारी बन्नुभएको थिएन, बरु उहाँ त मानिसहरू सँगसँगै बस्नुहुन्छ। परमेश्‍वर अत्यन्तै नम्र, अत्यन्तै प्रेमिलो हुनुहुन्छ। यदि, परमेश्‍वरको प्रेम उल्लेख गर्ने बित्तिकै, परमेश्‍वरको अनुग्रहको बारेमा उल्लेख गर्ने बित्तिकै, तँ ठूलो प्रशंसा गर्दै आँसु झार्छस् भने, यदि तँ यस्तो स्थितिमा आइपुगिस् भने, तैंले परमेश्‍वरको बारेमा साँचो ज्ञान प्राप्त गरेको छस्।

हिजोआज मानिसहरूको खोजमा विचलन छ; तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्र खोज्छन्, तर तिनीहरूमा परमेश्‍वरको कुनै ज्ञान हुँदैन, र तिनीहरूले आफूभित्रको पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाशलाई बेवास्ता गरेका छन्। तिनीहरूसँग परमेश्‍वरको साँचो ज्ञानको जग हुँदैन। यस तरिकाले, तिनीहरूको अनुभव बढ्दै जाँदा तिनीहरूको उत्साह हराउँदै जान्छ। परमेश्‍वरबारे साँचो ज्ञान प्राप्त गर्न खोज्‍नेहरू, विगतमा राम्रो स्थितिमा नभएको, र नकारात्मकता र कमजोरीतिर ध्यान दिने, र प्रायजसो आँसु बगाउने, निराशामा पर्ने, र आशा गुमाउने गरेको भए पनि—अब, तिनीहरूले धेरै अनुभव प्राप्त गरेपछि, तिनीहरूको अवस्थामा सुधार भएको छ। निराकरण गरिएको र तोडिएको अनुभवपछि, र परीक्षा र शोधनको चक्रबाट भएर गएपछि तिनीहरूले ठूलो प्रगति गरेका छन्। नकारात्मक अवस्था घटेको छ, र तिनीहरूको जीवनको स्वभावमा केही परिवर्तन भएको छ। तिनीहरू अझ बढी परीक्षामा पर्दै जाँदा, तिनीहरूका हृदयले परमेश्‍वरलाई प्रेम गर्न थाल्छ। परमेश्‍वरले मानिसहरूलाई सिद्ध तुल्याउने एउटा नियम छ, जुन यो हो कि उहाँले तेरो वाञ्छनीय पक्षलाई प्रयोग गरेर तँलाई ज्ञान दिनुहुन्छ ताकि तँसँग अभ्यास गर्ने मार्ग होस् र तैँले आफूलाई नकारात्मक अवस्थाहरूबाट अलग गर्न सक् र यसरी तैँले आफ्नो आत्मालाई छुटकारा पाउन सहायता गर्न सक् र तैँले आफूलाई परमेश्‍वरलाई अझ बढी प्रेम गर्न सक्षम तुल्याउन सक्। यस्तो प्रकारले तैँले शैतानको भ्रष्ट स्वभावलाई फाल्न सक्षम हुन्छस्। तँ निष्कपट र खुला छस्, आफैलाई चिन्न र सत्यतालाई व्यवहारमा अपनाउन इच्छुक छस्। परमेश्‍वरले निश्चय नै तँलाई आशिष दिनुहुनेछ, त्यसैले जब तँ कमजोर र नकारात्मक हुन्छस्, तब उहाँले तँलाई दोब्बर ज्ञान दिनुहुन्छ, तँलाई अझ बढी आफैलाई जान्न, आफ्नै निम्ति पश्चात्ताप गर्न अझ बढी इच्छुक बन्न र आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्न अझ बढी सक्षम हुन सहयोग गर्नुहुन्छ। केवल यस तरिकाले तेरो हृदय शान्त र सहज हुन सक्छ। साधारणतः परमेश्‍वरलाई चिन्ने कुरामा ध्यान लगाउने, आफैलाई चिन्ने कुरामा ध्यान लगाउने, अनि आफ्नै अभ्यासमा ध्यान दिने व्यक्ति बारम्बार परमेश्‍वरको काम, साथसाथै उहाँको मार्गदर्शन र ज्ञान प्राप्त गर्न सक्षम हुनेछन्। यदि त्यस्तो व्यक्ति नकारात्मक अवस्थामा छ भने पनि ऊ विवेकको कार्य वा परमेश्‍वरको वचनको ज्ञानको कारण परिस्थितिहरू तुरुन्तै बदल्न सक्षम हुन्छ। कुनै व्यक्तिको स्वभावको परिवर्तन सधैँ तब हासिल हुन्छ जब उसले आफ्नो वास्तविक अवस्था अनि परमेश्‍वरको स्वभाव र कार्यको बारेमा जान्दछ। आफैलाई चिन्न र आफै खुल्न इच्छुक व्यक्ति सत्यतालाई अभ्यास गर्न सक्षम हुनेछन्। यस प्रकारको व्यक्ति त्यो व्यक्ति हो जो परमेश्‍वरप्रति बफादार छ अनि जुन व्यक्ति परमेश्‍वरप्रति बफादार हुन्छ ऊसित परमेश्‍वरप्रतिको बुझाइ हुन्छ, त्यो बुझाइ चाहे गहिरो होस् वा सतही, थोरै होस् वा प्रशस्त। यो परमेश्‍वरको धार्मिकता हो, र यो त्यस्तो कुरा हो जुन मानिसहरूले प्राप्त गर्छन्; यो उनीहरूको आफ्नै लाभ हो। जुन व्यक्तिमा परमेश्‍वरको ज्ञान हुन्छ ऊ त्यो व्यक्ति हो जोसँग आधार हुन्छ, जोसँग दर्शन हुन्छ। यस प्रकारको व्यक्ति परमेश्‍वरको देहको बारेमा निश्चित हुन्छ, र परमेश्‍वरको वचन र परमेश्‍वरको कामको बारेमा निश्चित हुन्छ। परमेश्‍वरले जसरी काम गर्नुभए पनि वा बोल्नुभए पनि, वा अरू मानिसहरूले जस्तै बाधा दिए पनि ऊ अडिग रहन सक्छ र उसले परमेश्‍वरको लागि साक्षी दिन सक्छ। कुनै व्यक्ति जति बढी यस प्रकारको हुन्छ उसले आफूले बुझेको सत्यलाई त्यत्ति नै बढी अघि बढाउन सक्छ। उसले सधैँ परमेश्‍वरको वचनको अभ्यास गरिरहेको हुनाले उसले परमेश्‍वर सम्बन्धी अझ बढी बुझाइ प्राप्त गर्छ, अनि उसँग सदासर्वदा परमेश्‍वरको लागि साक्षी बनेर खडा हुने दृढ संकल्प हुन्छ।

समझशक्ति हुनु, अधीनता हुनु, र तँ आत्मामा तीक्ष्ण हुन सक्‍ने गरी स्थितिहरूलाई बुझ्ने क्षमता प्राप्त गर्नु भनेको तैंले कुनै कुराको सामना गर्नेबित्तिकै तँभित्र परमेश्‍वरका वचनहरूको ज्योति र अन्तर्दृष्टि आउँछ भन्ने हो। आत्मामा तीक्ष्ण हुनु भनेको यही हो। परमेश्‍वरले सबै कुरा मानिसहरूका आत्मालाई पुनर्जीवित पार्नका लागि गर्नुहुन्छ। किन परमेश्‍वरले सधैँ मानिस बोधो र मन्द-बुद्धिका छन् भनी भन्नुहुन्छ? किनभने मानिसहरूका आत्माहरू मरेकाले गर्दा, र ती यति बोधो बनेका छन् कि आत्मिक कुराहरूका निम्ति ती पूर्ण रूपले अनजान छन्। परमेश्‍वरको काम भनेको मानिसको जीवनलाई उन्नति गराउनु र मानिसहरूको आत्मालाई फेरि जीवित पार्न सहायता गर्नु हो, यसरी तिनीहरू आत्माका कुराहरू देख्न सक्छन्, र तिनीहरू आफ्नो हृदयमा सधैँ परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्। यस चरणमा पुग्नुले त्यस व्यक्तिको आत्मा पुनर्जीवित भएको छ भन्ने देखाउँछ, र अर्को चोटि उसले कुनै कुराको सामना गर्दा उसले तुरुन्तै प्रतिक्रिया दिन सक्छ। उसले प्रवचनहरूप्रति प्रतिक्रिया दिन सक्छ, र अवस्थाहरूप्रति तुरुन्तै प्रतिक्रिया दिन्छ। आत्माको तीक्ष्णता प्राप्त गर्नु भनेको यही हो। धेरै मानिसहरू यस्ता हुन्छन्, जसले बाहिरी घटनामा तुरुन्तै प्रतिक्रिया गर्छन्, तर वास्तविकतामा प्रवेश गर्ने बारेमा वा आत्माका सबै कुराहरूको बारेमा सम्पूर्ण विवरण बताउनसाथ तिनीहरू बोधो र मन्द बुद्धिका बन्छन्। यदि कुनै कुरा तिनीहरूकै अगाडि छ भने मात्र तिनीहरू त्यसलाई बुझ्छन्। यी सबै आत्मिक रूपमा बोधो र मन्द-बुद्धि हुनुका, आत्माका कुराहरूको थोरै अनुभव प्राप्त गर्नुका चिह्नहरू हुन्। केही मानिसहरू आत्मामा तीक्ष्ण हुन्छन् र तिनीहरूमा समझशक्ति हुन्छ। तिनीहरूको अवस्था देखाउने वचनहरू सुन्नेसाथ, कुनै समय खेर नफाली तिनीहरू ती कुरा लेख्छन्। तिनीहरूले अभ्यासका सिद्धान्तहरूको बारेमा वचनहरू सुनेपछि, तिनीहरू तिनलाई स्वीकार्न गर्न र पछिको आफ्नो अनुभवमा लागू गर्न सक्छन्, र त्यसरी आफैलाई परिवर्तन गर्न सक्छन्। यो त्यस्तो व्यक्ति हो, जो आत्मामा तीक्ष्ण छ। तिनीहरूले किन यति छिटो प्रतिक्रिया दिन सक्छन्? किनकि तिनीहरू दैनिक जीवनमा यी कुराहरूमा ध्यान दिन्छन्। जब तिनीहरू परमेश्‍वरका वचनहरू पढ्छन्, तिनीहरूले ती वचनको आधारमा आफ्ना अवस्थाहरूलाई जाँच्न र तिनीहरूका आफ्नै बारेमा विचार गर्न सक्छन्। जब तिनीहरू तिनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिने सङ्गति गर्छन् र वचनहरू सुन्छन्, तब तिनीहरू तुरुन्तै तिनलाई स्वीकार गर्न सक्छन्। यो भोको मानिसलाई भोजन दिनुजस्तै हो; तिनीहरूले त्यो तुरुन्तै खाइहाल्न सक्छन्। यदि तँ नभोकाएको मानिसलाई भोजन दिन्छस् भने तिनीहरूले तुरुन्तै प्रतिक्रिया गर्दैनन्। तँ प्रायजसो परमेश्‍वरसँग प्रार्थना गर्छस्, र त्यसपछि तैंले कुनै कुराको सामना गर्नुपर्‍यो भने, तैँले तुरुन्तै प्रतिक्रिया दिन सक्छस्: यस विषयमा परमेश्‍वरले के चाहनुहुन्छ, र तैंले कसरी व्यवहार गर्नुपर्छ। पछिल्लो समय परमेश्‍वरले तँलाई यस विषयमा डोऱ्याउनुभयो; जब आज तँ यस्तै प्रकारको कुराको सामना गर्छस्, तब परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्ने प्रकारले कसरी अभ्यास गर्नुपर्छ भन्‍ने कुरा तैँले प्राकृतिक रूपमै जान्दछस्। यदि तँ सधैँ यस तरिकाले अभ्यास गर्छस् भने र सधैँ यस तरिकाले अनुभव गर्छस् भने, कुनै बेला यो तेरो स्वभाव नै बन्‍नेछ। परमेश्‍वरको वचन पढ्दा, परमेश्‍वरले कस्तो प्रकारको मानिसलाई सङ्केत गर्दैहुनुहुन्छ भन्‍ने तँलाई थाहा हुन्छ, उहाँले आत्माको कस्ता अवस्थाहरूको कुरा गर्दैहुनुहुन्छ सो तँलाई थाहा हुन्छ, र तैँले मुख्य बुँदालाई बुझ्न र त्यसलाई अभ्यास गर्न सक्नेछस्; यसले तँ अनुभव गर्न सक्षम छस् भन्ने देखाउँछ। कतिपय मानिसहरूमा किन यस कुराको कमी छ? किनकि तिनीहरूले अभ्यासको पक्षमा धेरै प्रयास गर्दैनन्। तिनीहरू सत्यको अभ्यास गर्न इच्छुक भए पनि, उनीहरूमा सेवाको सबै कुराहरू, तिनीहरूका जीवनका सबै सत्यताहरूको वास्तविक अन्तर्ज्ञान हुँदैन। केही भयो भने तिनीहरू अलमल्ल पर्छन्। यस्तो हुँदा, जब झूटो अगमवक्ता वा झूटो प्रेरित आउँछ तब तँ बहकिन सक्छस्। तैंले परमेश्‍वरको वचन र कामको बारेमा नियमित सङ्गति गर्नुपर्दछ—यस तरिकाले मात्र तैँले सत्यता बुझ्न र भेदज्ञान विकास गर्न सक्नेछस्। यदि तँ सत्यतालाई बुझ्दैनस् भने, तँसँग कुनै भेदज्ञान हुनेछैन। उदाहरणको लागि, परमेश्‍वरले के बोल्नुहुन्छ, परमेश्‍वरले कसरी काम गर्नुहुन्छ, उहाँले मानिसहरूबाट के माग गर्नुहुन्छ, तँ कस्तो प्रकारका मानिसहरूको सम्पर्कमा आउनुपर्छ, र तैंले कस्तो किसिमका मानिसहरू इन्कार गर्नुपर्छ—तैँले यी कुराहरूको विषयमा तैंले नियमित सङ्गति गर्नुपर्दछ। यदि तैंले सधैँ यस प्रकारले परमेश्‍वरको वचनको अनुभव गर्नेछस् भने, तैँले सत्यतालाई बुझ्नेछस् र धेरै कुरा राम्ररी बुझ्नेछस्, र तँसित भेदज्ञान पनि हुनेछ। पवित्र आत्माद्वारा अनुशासन गरिनु भनेको के हो, मानव इच्छाबाट जन्मेको दोष के हो, पवित्र आत्माको अगुवाइ के हो, वातावरणको बन्दोबस्त भनेको के हो, भित्री अन्तर्दृष्टि दिने परमेश्‍वरका वचनहरू के हो? यदि तँ यी कुराहरूको बारेमा स्पष्ट छैनस् भने, तँसँग कुनै भेदज्ञान हुनेछैन। पवित्र आत्माबाट के आउँछ, विद्रोही स्वभाव भनेको के हो, परमेश्‍वरको वचन कसरी पालन गर्ने र तेरो विद्रोहीपनलाई कसरी फाल्ने त्यो तँलाई थाहा हुनुपर्छ; यदि तँसँग यी कुराहरूको अनुभवपूर्ण ज्ञान छ भने, तँसँग एउटा जग हुनेछ; जब केही हुन्छ, तब तँसँग त्यसलाई नाप्ने एउटा उचित सत्यता र जगको रूपमा उपयुक्त दर्शनहरू हुनेछ। तैंले गर्ने सबै कुरामा तँसँग सिद्धान्तहरू हुनेछन्, र तैँले सत्यको आधारमा काम गर्न सक्नेछस्। तब तेरो जीवन परमेश्‍वरको अन्तर्दृष्टिले भरिपूर्ण, परमेश्‍वरका आशिषहरूले भरिपूर्ण हुनेछ। परमेश्‍वरले इमानदारीसाथ उहाँलाई खोज्ने व्यक्तिसित वा उहाँमा जिउने र उहाँको निम्ति साक्षी दिने व्यक्तिसँग अनुचित व्यवहार गर्नुहुनेछैन, र सत्यका लागि साँच्चै तिर्खाउन सक्ने कुनै पनि व्यक्तिलाई उहाँले सराप दिनुहुनेछैन। यदि, तैंले परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै गर्दा तैँले आफ्नै वास्तविक अवस्थालाई जान्नका निम्ति ध्यान दिन सक्छस्, तेरो आफ्नै अभ्यासमा ध्यान दिन सक्छस्, र तेरो आफ्नै बुझाइमा ध्यान दिन सक्छस् भने, जब तैंले कुनै समस्याको सामना गर्छस्, तैंले अन्तर्दृष्टि पाउनेछस् र व्यावहारिक बुझाइ प्राप्त गर्नेछस्। तब तँसित सबै कुरामा अभ्यास गर्ने मार्ग र भेद-ज्ञान पाउनेछस्। जुन व्यक्तिसित सत्य हुन्छ ऊ धोकामा पर्ने सम्भावना हुँदैन, विघटनकारी व्यवहार गर्ने वा अत्याधिक किसिमको व्यवहार गर्ने सम्भावना हुँदैन। सत्यको कारण, ऊ सुरक्षित हुन्छ, र साथै सत्यको कारण नै उसले अझ अरू बुझाइ प्राप्त गर्दछ। सत्यको कारण ऊसँग अभ्यासका अझ धेरै मार्ग हुन्छन्, पवित्र आत्माले ऊभित्र काम गर्ने धेरै मौकाहरू पाउनुहुन्छ, र उसले सिद्ध पारिने धेरै मौका पाउँछ।

अघिल्लो: शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

अर्को: तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

सहस्राब्दीय राज्यको आगमन भएको छ

के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले...

परमेश्‍वरलाई चिन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्‍टताबाट अलग बस्‍नु हो

तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि परमेश्‍वरलाई कसरी विश्‍वास गरेका छौ भनी नयाँ जाँच गर्नुपर्छ, ताकि परमेश्‍वरलाई पछ्‍याउने प्रक्रियामा...

परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

तिमीहरूले धेरै वटा कुराहरू प्राप्‍त गरेको होस् भन्‍ने मैले आशा राखेको छु, तर तिमीहरूका सबै कार्यहरू, तिमीहरूका जीवनका सबै थोकहरूले पनि मैले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्