अध्याय १११

तपाईंको कारण सबै जातिहरू निश्‍चय नै आशिषित् हुनेछन्; तपाईंको कारण सबै मानिसहरूले मेरो जयजयकार र प्रशंसा गर्नेछन्। मेरो राज्य फस्टाउनेछ र विकसित हुनेछ, र सदाको निम्ति रहनेछ। यसलाई कुल्चने अनुमति कसैलाई छैन र मसँग अनुरूप नहुने कुनै पनि कुरालाई अस्तित्वमा रहने अनुमति छैन, किनकि म कुनै पनि अपमान नसहने प्रतापी परमेश्‍वर स्वयम् हुँ। म कसैलाई पनि मेरो न्याय गर्ने अनुमति दिन्‍नँ, र म कसैलाई पनि मसँग असङ्गत हुने अनुमति दिन्‍नँ। यो मेरो स्वभाव र प्रताप देखाउनको निम्ति पर्याप्त छ। जब कसैले मेरो प्रतिरोध गर्छ, म त्यसलाई मेरो आफ्नै समयमा दण्ड दिनेछु। मैले कसैलाई दण्ड दिएको किन कसैले पनि देखेको छैन? मेरो समय अझै नआएको हुनाले र मेरो हातले अझ पनि साँचो तरिकाले कारबाही नगरे हुनाको कारणले मात्र यसो भएको हो। ठूला विपत्तिहरूको वर्षा भएको भए तापनि, यसमा ठूला प्रकोपहरूमा के हुन्छ भन्‍ने बारेका कुरा मात्र समावेश छ, जबकि ठूला विपत्तिहरूको वास्तविकता मानवमाथि आइपरेको छैन। के तिमीहरूले मेरा वचनहरूबाट केही कुरा बुझ्यौ? आज म ठूला प्रकोपहरूको वास्तविकतालाई प्रदर्शन गर्न सुरु गर्नेछु। यसपछि मेरो प्रतिरोध गर्नेलाई मेरा हातद्वारा प्रहार गरिनेछ। विगतमा, मैले केही मानिसहरूको पर्दाफास गर्ने काम मात्र गरेँ; अहिलेसम्म कुनै पनि ठूलो विपत्ति आएको छैन। आजको दिन विगतभन्दा फरक छ। ठूला विपत्तिहरूमा के समावेश हुन्छ भनेर मैले तिमीहरूलाई भनिसकेको हुनाले, म तोकिएको समयमा सर्वसाधारणलाई ठूला विपत्तिहरूको वास्तविकता घोषणा गर्नेछु। यसअघि, कसैलाई पनि ठूलो विपत्तिले छोएको छैन, यसैले धेरै मानिसहरूले (अर्थात्, ठूलो रातो अजिङ्गरका छोराहरूले) लापरवाह र मनमानी गर्ने कार्यलाई जारी राखेका छन्। जब वास्तविकता आउँछ, यी नीच प्राणीहरू पूर्ण रूपमा विश्‍वस्त हुनेछन्। नत्रता, हरेक जना मेरो बारेमा अनिश्‍चित हुनेछन् र कोही पनि मेरो बारेमा स्पष्ट हुनेछैनन्। यो मेरो प्रशासनिक आदेश हो। यसबाट, मेरो काम गर्ने तरिका (सबै मानिसहरूमा मेरो काम गर्ने तरिकालाई जनाउँछ) परिवर्तन हुन थालेको छ: मैले मेरो क्रोध, मेरो न्याय र मेरो क्रोध ठूलो रातो अजिङ्गरका सन्तानद्वारा देखाइरहेको छु, र मेरो हातले मेरो प्रतिरोध गर्नेहरूलाई सजाय दिन थालेको छ। मैले मेरा ज्येष्ठ पुत्रहरूद्वारा मेरो दया र मेरो करुणा देखाइरहेको छु। योभन्दा पनि बढी, मेरा ज्येष्ठ पुत्रहरूद्वारा मैले मेरो पवित्र स्वभाव देखाइरहेको छु, जसले कुनै अपमान सहँदैन; मैले मेरो अख्तियार देखाइरहेको छु र मैले मेरो व्यक्तित्व देखाइरहेको छु। सेवाकर्ताहरू मलाई सेवा पुर्‍याउनको निम्ति बसेका छन् र मेरा ज्येष्ठ पुत्रहरू बढीभन्दा बढी चिनाइँदैछ। मेरो प्रतिरोध गर्नेहरूलाई प्रहार गरेर, म मेरा सेवाकर्ताहरूलाई मेरो दयाहीन हात देखाउँछु, ताकि तिनीहरूले डर र कम्पका साथ मेरो सेवा गरून्। यसको साथै, तिनीहरू जीवनमा वृद्धि होऊन् भनेर, मेरा ज्येष्ठ पुत्रहरूलाई म मेरो अख्तियार देखाउँछु र मलाई अझ राम्रोसँग चिन्‍न लगाउँछु। गत अवधिमा मैले बोलेका वचनहरू (प्रशासनिक आदेशहरू, अगमवाणीहरू, र सबै किसिमका मानिसहरूको न्याय लगायत) क्रमैसँग पूरा हुन थालेका छन्; अर्थात्, मानिसहरूले मेरा वचनहरू आफ्नै अगाडि पूरा भएको देख्‍नेछन्, मेरा वचनहरू फलहीन हुनेछैनन् तर ती हरेक वचन व्यवहारिक छन् भन्‍ने देख्‍नेछन्। मेरा वचनहरू पूरा हुनुअघि ती पूरा भएका छैनन् भनेर धेरै मानिसहरू छोडेर जानेछन्। मैले काम गर्ने तरिका यही हो—यो मेरो फलामको डन्डाको मात्र कार्य होइन, तर योभन्दा बढी यो मेरा वचनहरूको बुद्धि हो। यीबाट, कसैले पनि मेरो सर्वशक्ति र ठूलो रातो अजिङ्गरप्रति रहेको मेरो घृणालाई देख्‍नसक्छ। (मैले मेरो काम सुरु गरेपछि मात्र यसलाई देख्‍न सकिन्छ। अहिले केही मानिसहरू प्रकट गरिएका छन्—यो मेरो सजायको सानो भाग मात्र हो, तर यसलाई ठूलो विपत्तिमा समावेश गर्न सकिँदैन। यो बुझ्‍नलाई कठिन छैन। यसर्थ अबदेखि मेरो काम गर्ने तरिका मानिसहरूको निम्ति बुझ्‍नलाई अझ कठिन हुने कुरा देख्‍न सकिन्छ। आज मैले तिमीहरूलाई यो बताइरहेको छु, ताकि समय आउँदा तिमीहरू यसको कारणले कमजोर नहोऊ। मैले तिमीहरूलाई सुम्पिँदै गरेको कुरा यही हो, किनकि प्राचीन समयदेखि मानिसहरूले नदेखेका कुराहरू र मानिसहरूका निम्ति आफ्ना भावनाहरू र आफ्ना स्वधार्मिकताहरूलाई पन्छ्याउने कार्यलाई कठिन बनाउने कुराहरू हुन आउनेछन्।) मैले ठूलो रातो अजिङ्गरलाई दण्ड दिनका लागि विभिन्‍न माध्यमहरूको प्रयोग गर्नुको कारण यही हो कि, त्यो मेरो शत्रु हो र मेरो वैरी हो। मैले त्यसका सबै सन्तानहरूलाई नष्ट गर्नुपर्छ—तब मात्र मैले मेरो हृदयबाट घृणा हटाउन सक्छु र तब मात्र मैले ठूलो रातो अजिङ्गरको अपमान उचित तरिकाले गर्नसक्छु। ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा नष्ट गर्ने र त्यसलाई आगो र गन्धकको कुण्डमा, अतल कुण्डमा फ्याल्ने कार्य यही मात्र हो।

मैले मेरा ज्येष्ठ पुत्रहरूलाई मसँग राज्य गर्न र सबै जातिहरूमाथि राज्य गरेर आशिष्‌हरूमा आनन्द मनाउन दिएको हिजो मात्र होइन; म आज पनि त्यसै गर्छु, र अझ महत्त्वपूर्ण कुरा त म भोलि पनि त्यसै गर्नेछु। मैले मेरो काम सफलतापूर्वक पूरा गरेको छु—मैले सधैँ यही भन्दै आएको छु, र यसो पनि भन्‍न सकिन्छ, कि मैले सृष्टिको सुरुदेखि नै यो भन्‍न सुरु गरेको हुँ, तर मानिसहरूले मैले के भनिरहेको छु भन्‍ने कुरा बुझ्दैनन्। सृष्टिको समयदेखि अहिलेसम्म, मैले व्यक्तिगत रूपमा काम गरेको छैन; अर्को शब्दमा, मानिसमा बोल्‍न र काम गर्न मेरो आत्मा कहिल्यै पनि पूर्ण रूपमा ओर्लेको छैन। तर आज विगतभन्दा फरक छ: मेरो आत्माले व्यक्तिगत रूपमा ब्रह्माण्ड संसारमा सबैतिर काम गरिरहेको छ। आखिरी दिनहरूमा मैले आफूसँग शक्तिमा राज्य गर्ने मानिसहरू प्राप्त गर्न चाहने हुनाले, म पहिले मसँग एकै मन भएको मेरो बोझलाई बुझ्‍ने व्यक्ति प्राप्त गर्छु। त्यसपछि, मेरो आवाज व्यक्त गर्न र मेरा प्रशासनिक आदेशहरू जारी गर्न र ब्रह्माण्ड संसारलाई मेरा रहस्यहरू प्रकट गर्न मेरो आत्मा पूर्ण रूपमा उहाँमाथि उत्रनेछ। मेरो आत्माले व्यक्तिगत रूपमा उहाँलाई सिद्ध पार्नेछ; मेरो आत्माले उहाँलाई व्यक्तिगत रूपमा अनुशासन गर्नेछ। उहाँ सामान्य मनुष्यत्वमा जिउनुहुने हुनाले, कसैले पनि उहाँलाई स्पष्ट रूपमा देख्‍न सक्दैन। जब मेरा ज्येष्ठ पुत्रहरू शरीरमा प्रवेश गर्छन्, तब अहिले मैले वास्तविकतामा के गर्छु भन्‍ने कुरा पूर्ण रूपमा स्पष्ट हुनेछ। निश्‍चय नै मानवको नजरमा, मानवका धारणाहरूमा, कसैले पनि विश्‍वास गर्दैन र कोही पनि आज्ञाकारी हुँदैन। तर मानिसहरूप्रतिको मेरो सहनशीलता यस्तो छ। वास्तविकता अझ नआएको हुनाले, मानिसहरूले विश्‍वास गर्न वा बुझ्‍न सक्दैनन्। आफ्ना मानवीय धारणाहरूका बीचमा मेरा वचनहरूलाई विश्‍वास गर्ने कोही पनि छैन। मानिसहरू सबै यस्ता छन्: कि त तिनीहरू मेरो देहले भनेको कुरामा विश्‍वास गर्छन् कि त तिनीहरूले मेरो आत्माको आवाजलाई मात्र विश्‍वास गर्छन्। यो नै मानिसहरूमा सामना गर्नुपर्ने सबैभन्दा कठिन कुरा हो। यदि तिनीहरूले आफ्‍नै आँखाले केही भएको देखेका छैनन् भने, कसैले पनि आफ्ना धारणाहरूलाई छोड्दैनन् र कसैले पनि मैले भनेको कुरामा विश्‍वास गर्दैनन्। त्यसैले म अनाज्ञाकारिताका छोराहरूलाई दण्ड दिनका निम्ति मेरा प्रशासनिक आदेशहरूको प्रयोग गर्छु।

मैले यसभन्दा पहिले यस्तो कुरा भनेको छु: म सुरु र अन्त्य हुँ, र म सुरुदेखि अन्तसम्म सबै कुराको मालिक हुँ। आखिरी दिनहरूमा मैले १४४,००० विजयी पुरुष बालकहरू प्राप्त गर्नेछु। तिमीहरूसँग यी शब्दहरूका केही शाब्दिक बुझाइ छ—“विजयी पुरुष बालकहरू”—तर तिमीहरू १४४,००० सङ्ख्याको बारेमा स्पष्ट छैनौ। मानवीय धारणाहरूमा, कुनै सङ्ख्याले मानिसहरूको सङ्ख्या वा कुनै वस्तुहरूको सङ्ख्यालाई जनाउँछ। “विजयी पुरुष बालकहरू” को विशेषक “१४४,०००” को बारेमा भन्दा—“१४४,००० विजयी पुरुष बालकहरू”—१४४,००० जना विजयी पुरुष बालकहरू छन् भनेर मानिसहरूले सोच्छन्। यसका अतिरिक्त, यस सङ्ख्याको तथ्यभित्र केही साङ्केतिक अर्थ छ भनी केही मानिसहरूले विचार गर्छन्, र तिनीहरूले १४०,००० र ४,००० लाई अलग-अलग भागको रूपमा लिन्छन्। तर यी दुई अर्थ-अनुवाद गलत छन्। यसले कुनै वास्तविक सङ्ख्यालाई जनाउँदैन, साङ्केतिक अर्थको त कुरै नगरौं। मानवको बीचमा यसलाई भेद गर्न सक्ने कोही पनि छैन—विगत पुस्ताका मानिसहरू सबैले यसले साङ्केतिक अर्थलाई जनाउँछ होला भन्‍ने सोच्थे। “१४४,०००” सङ्ख्या विजयी पुरुष बालकहरूसँग सम्बन्धित छ। तसर्थ, १४४,००० ले आखिरी दिनहरूमा राज्य गर्ने मानिसहरूको समूहलाई र मैले प्रेम गर्नेहरूलाई जनाउँछ। अर्थात्, १४४,००० लाई सियोनबाट आउने र सियोनमा फर्कने मानिसहरूको समूहको रूपमा व्याख्या गरिनुपर्छ। १४४,००० जना विजयी पुरुष बालकहरूको पूर्ण व्याख्या निम्‍नानुसार छ: ती सियोनबाट संसारमा आएका र शैतानद्वारा भ्रष्ट पारिएका मानिसहरू हुन्, र मैले अन्त्यमा पुनः प्राप्त गर्ने र मसँगै सियोनमा फर्कने मानिसहरू यिनीहरू नै हुन्। मेरा वचनहरूबाट, मेरो कामका चरणहरू देख्‍न सकिन्छ, अर्थात्, तिमीहरू शरीरमा प्रवेश गर्ने समय धेरै टाढा छैन। यसैले मैले यस पक्षको बारेमा बारम्बार तिमीहरूको निम्ति व्याख्या गरेको छु, र तिमीहरूलाई यसको बारेमा स्मरण गराएको छु। तिमीहरूले स्पष्टसँग देख्‍नेछौ, र मेरा वचनहरूबाट तिमीहरूले अभ्यास गर्ने बाटो पत्ता लगाउनेछौ; मेरा वचनहरूबाट तिमीहरूले मेरो कामको गति पत्ता लगाउनेछौ। पवित्र आत्माको कामको गति पत्ता लगाउन, तिमीहरूले त्यसलाई मैले प्रकट गर्ने रहस्यहरूबाट छुट्याउनुपर्छ (किनकि पवित्र आत्माको कामलाई कसैले पनि देख्‍न सक्दैन र कसैले पनि भेद गर्न सक्दैन)। यसैले म आखिरी दिनहरूमा रहस्यहरू प्रकट गर्नेछु।

मेरो घरमा, मसँग मेल नखाने कुनै कुरा पनि हुनेछैन, र अबदेखि म अली-अली शुद्ध गर्न र सफा गर्न थाल्‍नेछु। मानिसहरूको माझमा, कसैले पनि अवरोध गर्न सक्दैन, र कसैले पनि यो काम गर्न सक्दैन। यसैले मैले तिमीहरूलाई धेरै पटक भनेको छु, कि तिमीहरूले आफै आनन्द मनाउनु आवश्यक छ र औँलो चलाउने आवश्यकता छैन। यसैद्वारा मेरो शक्ति प्रकट गरिन्छ, मेरो धार्मिकता र मेरो प्रताप प्रकट हुन्छन् र मानिसहरूले खोल्‍न नसक्ने रहस्यहरू प्रकट गरिन्छ। (मानिसहरूसँग मेरो व्यवस्थापन योजनाको बारेमा कुनै ज्ञान नभएको वा मेरो कामका चरणहरूको बारेमा कुनै बुझाइ नभएको हुनाले, तिनलाई “रहस्यहरू” भनिएको हो।) आखिरी दिनहरूमा मैले के प्राप्त गर्नेछु र मैले के गर्नेछु भन्‍ने कुराहरू रहस्यहरू हुन्। मैले संसारको सृष्टि गरेको समय अगाडि, मैले आज गर्ने कुरा कहिले गरिनँ र मैले मानिसहरूलाई मेरो महिमित मुहार वा मेरो व्यक्तित्वको कुनै पनि भाग देखाइनँ; मेरो आत्माले मात्र केही मानिसहरूमा काम गर्‍यो। (सृष्टिको समयदेखि मलाई कसैले पनि प्रकट गर्न नसकेको हुनाले र मलाई कसैले कहिल्यै पनि व्यक्त गर्न नसकेको हुनाले, मैले कहिल्यै पनि मानिसहरूलाई मेरो व्यक्तित्व देखाइनँ, र मेरो आत्माले केही मानिसहरूमा काम गरेको छ।) मैले आज मात्रै मेरो महिमित स्वरूप र मेरो व्यक्तित्वलाई मानवजाति समक्ष प्रकट गरेको छु, र अहिले मात्र तिनीहरूले यी कुराहरू देखेका छन्। तर आज तिमीहरूले देखेका कुराहरू अझ पनि अपूर्ण छन्, र अझ पनि तिमीहरूले देख भनेर मैले चाहेको कुरा यो होइन। मैले तिमीहरूलाई देखाउन चाहेको कुरा शरीरमा मात्र छ, र अहिले कसैले पनि यो सर्त पूरा गर्दैन। अर्को शब्दमा, कसैले पनि शरीरमा प्रवेश गर्नुभन्दा अगाडि मेरो व्यक्तित्वलाई देख्‍न सक्दैन। यसैले, सियोन पर्वतमा म मेरो व्यक्तित्व ब्रह्माण्ड संसारलाई प्रकट गर्नेछु भनेर म भन्छु। यसबाट यो देख्‍न सकिन्छ, कि सियोन पर्वतमा प्रवेश गर्ने कार्य मेरो परियोजनाको अन्तिम भाग हो। सियोन पर्वतमा प्रवेश गर्ने समयमा, मेरो राज्य सफलतापूर्वक निर्माण गरिनेछ। अर्को शब्दमा, मेरो व्यक्तित्व नै राज्य हो। ज्येष्ठ पुत्रहरू शरीरमा प्रवेश गर्ने समय नै ठ्याक्कै राज्यको प्रकट हुने समय हो, यसैले ज्येष्ठ पुत्रहरू सियोन पर्वतमा प्रवेश गर्ने विषयमा मैले बारम्बार बोलेको छु। मेरो सारा व्यवस्थापन योजनाको केन्द्रबिन्दु यही हो, जसलाई कसैले पनि यस अगाडि बुझेको छैन।

मैले मेरो काम गर्ने तरिका परिवर्तन गरेपछि, मानव सोचको पहुँचभन्दा बाहिरका कुराहरू अझ धेरै हुनेछन्, यसैले यस विषयमा होसियार होओ। मानव सोचको पहुँचभन्दा बाहिरका कुराहरू पनि छन्, तर मैले भनेको कुरा गलत हुनेछ भन्‍ने यसको अर्थ होइन। यति मात्रै हो कि मानिसहरूले दुःख भोग्‍नु अझ धेरै आवश्यक छ, र मानिसहरूले मसँग सहकार्य गर्नु अझ धेरै आवश्यक छ। विलासी लम्पट नबन, र तिमीहरूका आफ्नै धारणाहरूलाई मात्र नपछ्याओ। किनकि मलाई सेवा प्रदान गर्नेमध्ये धेरै जना यस सम्बन्धमा गिर्छन्। मानव प्रकृतिलाई पर्दाफास गर्न र मानव धारणाहरूलाई खुलासा गर्नको निम्ति मैले मेरा वचनहरूको प्रयोग गरिरहेको छु। (तर मलाई सेवा प्रदान गर्नेहरू गिर्नेछन्, किनकि म तिनीहरूका धारणाहरू परिवर्तन गर्दिनँ, जबकि मेरा ज्येष्ठ पुत्रहरूका धारणाहरूचाहिँ म परिवर्तन गर्नेछु र यसद्वारा तिनीहरूका सोच हटाउनेछु।) यसैले अन्तमा, मैले प्रकट गरेका रहस्यहरूका कारण मेरा ज्येष्ठ पुत्रहरू सिद्ध बनाइनेछन्।

अघिल्लो: अध्याय ११०

अर्को: अध्याय ११२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्