अध्याय ३०
भाइ हो, ब्यूँझ! बहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि समय आफ्नो हातमा लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले अध्ययन गरेर तिमीहरूलाई जति पटक मन लाग्यो त्यति पटक परीक्षा दिन सक्छौ। तैपनि, मेरो दिनले थप ढिलाई सहनेछैन। सम्झना गर! सम्झना गर! म तिमीहरूलाई यी असल वचनहरूद्वारा अनुरोध गर्छु। तिमीहरूकै आँखाको अघि संसारको अन्त्य हुन्छ, अनि ठूला विपत्तिहरू तीव्र गतिमा नजिक आउँछन्। कुनचाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको भोजन र पेय पदार्थ र वस्त्र? तिमीहरूले यी कुराहरूलाई तौलने बेला आएको छ। अबदेखि शङ्कालु नहोओ, र सुनिश्चितताबाट सर्माएर नजाओ!
कति दयनीय! कति दरिद्र! कति अन्धो! मानवजाति कति निर्दयी छ! वास्तवमा नै, तिमीहरूले मेरो वचनको निम्ति कान थुन्छौ—के म तिमीहरूसँग व्यर्थमा बोलिरहेको छु? तिमीहरू अझै पनि अति असावधान छौं—किन? किन त्यसो भयो? के तिमीहरूमा कहिल्यै यस्तो विचार आएन? म कसको लागि यी कुराहरू भन्छु? मलाई विश्वास गर! म तिमीहरूका मुक्तिदाता हुँ! म तिमीहरूका सर्वशक्तिमान् जन हुँ! जागा रहो! जागा रहो! गएको समय फेरि कहिल्यै फर्केर आउँदैन—यो कुरालाई याद राख! पछुतोलाई निको पार्ने औषधि संसारमा कहीँ छैन! त्यसकारण, मैले तिमीहरूसँग कसरी बोल्नुपर्छ? के मेरो वचन तिमीहरूको होसियार, बारम्बार विचारको योग्य छैन? तिमीहरू मेरो वचनप्रति कति बेपरवाह छौ र आफ्नो जीवनप्रति कति अजिम्मेवार छौं; म यसलाई कसरी सहन सक्छु? कसरी सक्छु?
किन यतिको समयमा पनि तिमीहरूका बीचमा उचित मण्डली जीवन पैदा हुन सकेको छैन? किनभने तिमीहरूमा विश्वासको कमी छ; तिमीहरू मूल्य चुकाउन, आफैलाई अर्पण गर्न, आफैलाई मेरो अघि समर्पण गर्न अनिच्छुक छौ। हे मेरा पुत्रहरू हो, बिउँझ! मेरा पुत्रहरू, मलाई विश्वास गर! मेरा प्रियहरू, तिमीहरू किन मेरो हृदयमा के छ भनी विचार गर्दैनौ?