अध्याय ११७

तपाईं नै त्यो व्यक्ति हुनुहुन्छ जसले चर्मपत्रको मुट्ठो खोल्नुहुन्छ, अनि तपाईं नै त्यो व्यक्ति हुनुहुन्छ जसले सात मोहोरहरू तोड्नुहुन्छ, किनकि सबै रहस्यहरू तपाईंबाट आउँछन् अनि सबै आशिषहरू तपाईंद्वारा प्रकट हुन्छन्। म तपाईंलाई अनन्तसम्मै प्रेम गर्न विवश छु, अनि म सबै मानिसहरूलाई तपाईंलाई आराधना गर्ने तुल्याउन विवश छु, किनकि तपाईं मेरो व्यक्तित्व हुनुहुन्छ; तपाईं मेरो प्रचुर तथा पूर्ण प्रकटीकरणको भाग हुनुहुन्छ, मेरो शरीरको अपरिहार्य भाग। त्यसैकारण, मैले विशेष गवाही दिनुपर्छ। मेरो व्यक्तित्वभित्र हुनुहुने व्यक्तिबाहेक अरू को मेरो हृदयअनुसारको छ र? तपाईंको निम्ति गवाही दिने तपाईं स्‍वयम्‌ होइन, तर मेरो आत्माले तपाईंको निम्ति गवाही दिन्छ, अनि तपाईंको विरोध गर्न साहस गर्ने जोसुकैलाई म निश्चय नै क्षमा गर्नेछैन, किनकि यो मेरो प्रशासनिक आदेशहरूसित सम्बन्धित छ। तपाईंले भन्नुहुने सबै कुरा म निश्चय नै सम्पन्न गर्नेछु, अनि तपाईंले सोच्नुहुने सबै कुरा, म निश्चय नै स्वीकार गर्नेछु। यदि कुनै व्यक्ति तपाईंप्रति वफादार छैन भने, तिनीहरूले खुल्लमखुल्ला मेरो विरोध गरिरहेका हुन्छन्, अनि म निश्चय नै तिनीहरूलाई क्षमा गर्नेछैन। मेरो पुत्रलाई विरोध गर्ने सबैलाई म कठोरतापूर्वक ताडना दिनेछु, अनि तपाईंसित मेलमा रहने सबैलाई म आशिष दिनेछु। म तपाईंलाई यो अधिकार प्रदान गर्दछु। जहाँसम्म विगतमा बोलिएको जुन कुरा छ—ज्येष्ठ पुत्रहरूमाथि राखिएका मागहरू र मापदण्डहरू—तपाईं पथप्रदर्शक हुनुहुन्छ। भनाइको अर्थ, जस्तो तपाईं हुनुहुन्छ, त्यस्तै हुनका निम्ति म ज्येष्ठ पुत्रहरूबाट अपेक्षा राख्छु। यो मानिसहरूले गर्न सक्‍ने कुरा होइन, तर यो मेरो आत्मा स्वयम्‌ले गर्ने कुरा हो। यदि मानिसहरूले तपाईंको निम्ति गवाही दिइरहेका छन् भनी कसैले विश्‍वास गर्दछ भने, त्यो व्यक्ति निःसन्देह शैतानकै वंशको हो अनि मेरो शत्रु हो! त्यसैकारण, गवाही निर्णयात्मक छ, अनन्तकालसम्म अपरिवर्तनीय छ, अनि यो पवित्र आत्माले पुष्टि गर्ने कुरा हो! कसैले पनि यसलाई हल्का रूपले परिवर्तन गर्न मिल्दैन, अनि ज-जसले गर्छ, म क्षमा दिनेछैन! मानिसहरूले मेरो निम्ति गवाही दिन नसक्ने भएकोले म स्वयम्‌ले मेरो व्यक्तित्वको निम्ति गवाही दिन्छु अनि मानिसहरूले मेरो काममा हस्तक्षेप गर्नु हुँदैन! यी कठोर न्यायका वचनहरू हुन्, अनि हरेक व्यक्ति त्यसको बारेमा सचेत हुनुपर्छ!

तिमीहरूले मैले भन्ने कुराको हरेक विवरण विचार गर्नुपर्छ र ध्यान दिनुपर्छ। मेरा वचनहरूलाई साधारण रीतिले नलेऊ, तर होशियारपूर्वक सुन। किन ज्येष्ठ पुत्रहरू मेरो व्यक्तित्व हुन् अनि मेरो राज्यको अपरिहार्य भाग हुन् भनी म भन्छु? सबै युगहरूभन्दा अघि, हामी सँगै बस्थ्यौं अनि हामी कहिल्यै अलग भएनौं। शैतानको उपद्रवको कारणले, म पहिलोपल्ट देहधारी भइसकेपछि म सियोनमा फर्केँ। यहाँबाट अगि बढेर, हामी सबै संसारमा आयौं, अनि आखिरी दिनहरूमा मैले विजय पाएपछि—अर्थात्, शैतानले भ्रष्ट पारेको देहबाट तिमीहरूलाई पुनर्प्राप्त गरेपछि—म तिमीहरूलाई सियोनमा फकाई ल्याउनेछु ताकि मेरो व्यक्तित्व कहिल्यै अलग नहुने गरी फेरि एक हुन सकोस्। त्यसपछि, म फेरि कहिल्यै देहधारी हुनेछैन, अनि तिमीहरू निश्चय नै मेरो शरीरबाट बाहिर आउनेछैनौ। भनाइको अर्थ, त्यसपछि, म फेरि संसार सृष्टि गर्नेछैनँ, तर मेरा ज्येष्ठ पुत्रहरूबाट कहिल्यै अलग नहुने गरी म सदाको निम्ति सियोनमा रहनेछु, किनकि अहिले सबै कुरा पूर्ण रूपले सिद्धिसकेको छ, अनि मैले सम्पूर्ण पुरानो युगलाई समाप्त गर्न लागेको छु। केवल सियोनमा मात्रै स्वर्ग र पृथ्वीको जीवन छ, किनकि मेरो व्यक्तित्व सियोनमा छ। यसलाई छोडेर, कुनै नयाँ स्वर्गहरू वा नयाँ पृथ्वीहरू अस्तित्वमा छैनन्। म नै नयाँ स्वर्ग हुँ, अनि म नयाँ नै पृथ्वी पनि हुँ, किनकि मेरो व्यक्तित्वले सम्पूर्ण सियोनलाई भरिदिन्छ। यसो पनि भन्न सकिन्छ, कि मेरा ज्येष्ठ पुत्रहरू नयाँ स्वर्ग हुन्, मेरा ज्येष्ठ पुत्रहरू नै नयाँ पृथ्वी हुन्। मेरा ज्येष्ठ पुत्रहरू र म अलग गर्न नसकिने एउटै शरीर हौँ। उल्लेखनीय छ, कि ममा अनिवार्य रूपले ज्येष्ठ पुत्रहरू सम्मिलित छन्, अनि जसले हामीलाई अलग गर्ने प्रयास गर्छ, म त्यसलाई निश्चय नै क्षमा गर्नेछैन। जब म सबै जाति तथा मानिसहरूलाई मेरो सिंहासनको सामु फर्काउनेछु, तब सबै शैतानहरू पूर्ण रूपले अपमानित हुनेछन् अनि सबै अशुद्ध दुष्टात्माहरू मबाट पछि हट्नेछन्। त्यसोभए, यो निश्चित छ कि सबै मानिसहरूको माझमा धार्मिकताको अस्तित्व हुनेछ (मेरा छोराहरू र मानिसहरूको माझमा), अनि यो निश्चित छ कि सबै जातिहरूको माझमा शैतानको केही उपद्रव हुनेछैन किनकि म सबै जातिहरू र मानिसहरूलाई शासन गरिरहेको हुनेछु, अनि म सम्पूर्ण ब्रह्माण्ड जगतमाथि आफ्नो शक्तिलाई काममा लगाइरहेको हुनेछु, अनि सबै शैतानहरू पूर्ण रूपले नष्ट हुनेछन्, पूर्ण रूपले पराजित हुनेछन्, अनि मेरो प्रशासनिक आदेशहरूको दण्ड प्राप्त गरिरहेका हुनेछन्।

म सबै मानिसहरूको माझमा मेरो कामको थालनी गर्दैछु, तर तिनीहरूसित मेरो आत्माको अन्तर्दृष्टि मात्र छ, अनि तिनीहरूको माझमा मेरा रहस्यहरूलाई खुलासा गर्न कोही योग्य छैन, मलाई व्यक्त गर्न कोही योग्य छैन। मबाट आउनुहुने व्यक्ति मात्रै मेरो काम गर्न योग्य हुनुहुन्छ—बाँकीको सम्बन्धमा चाहिँ, म तिनीहरूलाई अस्थायी रूपले मात्रै प्रयोग गर्छु। मेरो आत्मा कुनै व्यक्तिमाथि जथाभाबी ओर्लनेछैन, किनकि ममा सबै कुरा बहुमूल्य छ। कुनै व्यक्तिमाथि मेरो आत्मा ओर्लनु र कुनै व्यक्तिमाथि मेरो आत्माले काम गर्नु पूर्ण रूपले फरक कुरा हुन्। मेरो आत्माले मभन्दा बाहिर भएका मानिसहरूमाथि काम गर्छ, तर मेरो आत्मा मबाट आउने व्यक्तिमाथि ओर्लन्छ। यी दुई पूर्ण रूपले असम्बन्धित विषयहरू हुन्। किनकि मबाट आउने व्यक्ति पवित्र हुनुहुन्छ, तर मबाट बाहिर भएकाहरू पवित्र छैनन्, चाहे तिनीहरू जतिसुकै असल होऊन्। मेरो आत्मा कुनै सानो कारणको निम्ति कसैमाथि ओर्लनेछैन। मानिसहरू चिन्तित हुनु हुँदैन। म गल्ती गर्दिनँ, अनि म जे गर्छु, त्यसको बारेमा म सय प्रतिशत निश्चित छु! मैले उहाँको निम्ति गवाही दिएजस्तै, म निश्चय नै उहाँलाई रक्षा गर्नेछु; त्यो व्यक्ति निश्चित रूपले मबाट आउनुहुन्छ अनि मेरो व्यक्तित्वको अपरिहार्य भाग हुनुहुन्छ। त्यसैकारण, म आशा गर्छु, कि मानिसहरूले आफ्ना धारणाहरूलाई एकातिर पन्साउँछन्, शैतानद्वारा दिइएका कुनै पनि विचारहरूलाई त्यागिदिन्छन्, मेरो हरेक वाणीलाई साँचो भनी विश्‍वास गर्छन्; अनि आफ्‍नो मनमा कुनै शङ्काहरूलाई स्थान दिँदैनन्। मानवजातिप्रतिको मेरो आदेश, मानवजातिप्रतिको मेरो अर्ती यही हो। सबैले यी कुराहरूलाई पालन गर्नुपर्छ, सबै जनाले इमान्दारीपूर्वक त्यसको आज्ञा मान्नुपर्छ, अनि सबै जनाले मैले मापदण्ड हो भनी भन्ने कुरालाई ग्रहण गर्नुपर्छ।

मैले मेरो काम सबै जाति र मानिसहरूको माझमा मात्र होइन, तर ब्रह्माण्ड जगतको सबै ठाउँमा पनि मेरो काम सुरु गर्नुपर्छ, अनि यसले सियोनमा फर्कने मेरो दिन टाढा छैन भन्‍ने कुरालाई अझै देखाउँछ (किनकि मैले मानिसहरू र सारा ब्रह्माण्ड जगतभरि काम सुरु गर्न सक्नुभन्दा अघि म सियोनमा फर्किनु आवश्यक छ)। के मेरो कामका कदमहरू र मैले काम गर्ने तरिकालाई गहिरोसँग बुझ्ने कोही छ? म विदेशीहरूलाई आत्मामा भेट्नेछु भनी मैले भन्नुको कारणहरू के हुन् भने, यसलाई आधारभूत रूपले देहमा गर्न सकिँदैन, र म दोस्रो पटक पनि जोखिम उठाउन अनिच्छुक छु। विदेशीहरूसित आत्मामा सङ्गति गर्नुका कारणहरू यिनै हुन्। यो साँचो आत्मिक संसारमा हुने कुरा हो, देहमा जिउने मानिसहरूले कल्पना गरे झैँ[क] कुनै अस्पष्ट आत्मिक संसारमा होइन। त्यस समयमा मैले भन्ने कुरा मैले बोल्ने तरिकाको हिसाबमा मात्रै भिन्न हुनेछ, किनकि म एउटा भिन्न युगसँग बोलिरहेको हुनेछु। त्यसैकारण, मैले मानवजातिलाई मैले बोल्ने तरिकालाई ध्यान दिनु भनेर बारम्बार सम्झना दिलाइरहेको छु, अनि म मानवजातिलाई यो पनि सम्झना दिलाउँछु कि मैले भन्ने कुरामा मानिसहरूले खुलासा गर्न नसक्‍ने रहस्यहरू छन्। तर म यी कुराहरू किन भन्छु भनेर कसैले पनि बुझ्न सक्दैनन्, अनि मैले आज यो कुरा तिमीहरूलाई बताएको कारणले मात्रै तिमीहरूले अलिकति बुझ्न सक्छौ, तर अझै पनि पूर्ण रूपले भने सक्दैनौ। मेरो काममा यो चरणपछि, म तिमीहरूलाई चरणबद्ध रूपमा जानकारी दिनेछु। (यसद्वारा म केही मानिसहरूलाई अझै हटाउन चाहन्छु, त्यसैले अहिलेको लागि म केही पनि भन्नेछैन)। यो मेरो कामको अर्को कदमको विधि हो। म बुद्धिमानी परमेश्‍वर स्‍वयम्‌ हुँ भनी सबैले ध्यान दिनुपर्छ र स्पष्ट रूपले देख्नुपर्छ।

फूटनोट:

क. मूल पाठमा “मानिसहरूले कल्पना गरे झैँ” भन्ने वाक्यांश समावेश छैन।

अघिल्लो: अध्याय ११६

अर्को: अध्याय ११८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्