अध्याय ३४

सर्वशक्तिमान्‌ परमेश्‍वर सर्वशक्तिमान, सर्वप्रापक र पूर्ण रूपमा साँचो परमेश्‍वर हुनुहुन्छ! उहाँले सात ताराहरू धारण गर्नुहुन्छ, उहाँ सात आत्माहरू, सात आँखाहरूद्वारा सुसज्जित हुनुहुन्छ, उहाँले सात मोहरहरू, र चर्मपत्रहरू खोल्नुहुन्छ, तर त्यति मात्र होइन, उहाँले सात महामारीहरू र सात कचौराहरूको प्रशासन गर्नुहुन्छ र सात मेघगर्जनहरूलाई प्रकट गर्नुहुन्छ। धेरै पहिले पनि उहाँले सात तुरही बजाउनुभयो! उहाँले सृष्टि गर्नुभएका र पूर्ण बनाउनुभएका सबै थोकले उहाँको प्रशंसा गर्नुपर्छ, उहाँको महिमा गाउनुपर्छ र उहाँको सिंहासनको बढाइ गर्नुपर्छ। हे, सर्वशक्तिमान्‌ परमेश्‍वर! तपाईं सबै थोक हुनुहुन्छ। तपाईंले सबै थोक हासिल गर्नुभएको छ, र तपाईंको साथमा सबै थोक पूर्ण, चम्किला, मुक्त, स्वतन्त्र, बलिया, र शक्तिशाली छन्! केही पनि लुकाइएका वा गुप्त राखिएका छैनन्; तपाईंको साथमा, सबै रहस्यहरू प्रकटित हुन्छन्। यसअलावा, तपाईंले आफ्ना शत्रुहरूको भीडलाई न्याय गर्नुभएको छ, तपाईंले आफ्नो प्रताप प्रकट गर्नुहुन्छ, आफ्नो प्रचण्ड ज्वाला दर्साउनुहुन्छ, तपाईंले आफ्नो क्रोध प्रदर्शन गर्नुहुन्छ, र त्यो भन्दा पनि बढी, तपाईंले आफ्नो अभूतपूर्व, चिरस्थायी, पूर्ण अनन्त महिमा प्रकट गर्नुहुन्छ। सबै मानिसहरू विनासन्देह जय-जयकार गर्न र गाउन अनि यी सर्वशक्तिमान्, पूर्ण रूपमा सच्चा, सर्वजीवी, प्रचुरतापूर्ण, महिमित र अनन्तदेखि अनन्तसम्‍म रहनुहुने साँचो परमेश्‍वरको स्तुति गर्न बिउँझनुपर्छ। उहाँको सिंहासनको अटुट बढाइ गरिनुपर्छ, उहाँको पवित्र नाउँको प्रशंसा र महिमा गान गाइनुपर्छ। यो मेरो—परमेश्‍वरको—अनन्त इच्छा हो, र उहाँले हामीलाई प्रकट र प्रदान गर्नुहुने असीमित आशिष् हो! हामीमध्ये कसले यसको उत्तराधिकार पाउँदैन र? परमेश्‍वरको आशिष्‌को उत्तराधिकार पाउनको लागि आराधना गर्दै उहाँको पवित्र नाउँलाई बढाइ गर्नुपर्छ र उहाँको सिंहासनलाई फन्को मार्नुपर्छ। उहाँसमक्ष अरू नै आशय र अभिप्रायहरू बोकेर जानेहरू सबैलाई उहाँको प्रचण्ड ज्वालाले पगाल्नेछ। आजको दिन उहाँका शत्रुहरूको न्याय गरिने दिन हो र आजकै दिनमा तिनीहरू नाश पनि हुनेछन्। यसअलावा, यो दिन म, सर्वशक्तिमान्‌ परमेश्‍वर प्रकट हुने अनि मैले महिमा र मान प्राप्त गर्ने दिन पनि हो। हे, सबै मानिसहरू! चिरकालदेखि अनन्तसम्मै हामीलाई प्रेमिलो-दयालुपन बर्साउनुहुने, मुक्ति र आशिष् दिनुहुने, उहाँका छोराहरूलाई पूर्ण बनाउनुहुने, र सफलतापूर्वक उहाँको राज्य हासिल गर्नुहुने सर्वशक्तिमान्‌ परमेश्‍वरको स्तुति र स्वागत गर्नलाई झट्टै उठ! यो परमेश्‍वरको सानदार काम हो! यो परमेश्‍वरको अनन्त पूर्वनिर्धारित गन्तव्य र बन्दोबस्त हो—त्यसैले, उहाँ स्वयम् हामीलाई मुक्ति दिन, हामीलाई पूर्ण बनाउन, र हामीलाई महिमामा ल्याउनको लागि आउनुभएको छ।

जो उठ्दैनन् र साक्षी दिँदैनन् ती सबै अन्धाहरूका पूर्वजहरू र अज्ञानताका राजाहरू हुन्। तिनीहरू अनन्तसम्मै अज्ञानी, चिरस्थायी मूर्ख रहिरहनेछन्; अन्धाहरू अनन्तसम्मै मृतक रहिरहनेछन्। यही कारणले गर्दा हाम्रा आत्माहरू जागृत हुनुपर्छ! सबै मानिसहरू जाग्नुपर्छ। प्रतापी प्रचण्ड आगो र धर्मी न्याय ल्याउनुहुने र सम्पूर्ण रूपले पर्याप्त, प्रचुर, सर्वशक्तिमान र पूर्ण रहनुभएका महिमाका राजा, कृपाका पिता, छुटकाराका छोरा, प्रचुरतापूर्ण सात आत्माहरू, सर्वशक्तिमान्‌ परमेश्‍वरको अटुट रूपमा जय-जयकार, प्रशंसा र स्तुति गाओ। उहाँको सिंहासनको सदासर्वदा बढाइ गरिनेछ। सबै मानिसहरूले यो परमेश्‍वरको ज्ञान-बुद्धि हो भनी देख्नुपर्छ; यो उहाँको मुक्तिको सुन्दर मार्ग र उहाँको महिमावान् इच्छाको उपलब्धि हो। यदि हामी उठ्दैनौं र साक्षी दिँदैनौं भने, समय बितिसकेपछि फेरि पछाडि फर्केर जान सकिनेछैन। हामीले आशिष् पाउँछौँ कि दुर्दशा भन्ने कुरा, हामीले के गर्छौँ, हामीले के सोच्छौँ र हामीले अहिले के-कस्तो जीवन बाँचिरहेका छौँ भन्ने आधारमा हाम्रो यात्राको यो वर्तमान चरणको अवधिमै निर्णय गरिँदैछ। तिमीहरूले के-कसरी व्यवहार गर्नुपर्छ त? सदासर्वदा परमेश्‍वरको लागि साक्षी दिनुपर्छ र उहाँको बढाइ गर्नुपर्छ; सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टको—अनन्त, अद्वितीय, सच्चा परमेश्‍वरको—बढाइ गर्नुपर्छ!

अब उप्रान्त, तिमीहरूले के स्पष्टसित देख्नुपर्छ भने परमेश्‍वरका लागि साक्षी नदिनेहरू सबै—यस अद्वितीय, सच्चा परमेश्‍वरका लागि साक्षी नदिनेहरू र उहाँको बारेमा सन्देह राख्नेहरू—तिनीहरू सबै बिरामी र मृतकहरू हुन्, र तिनीहरू परमेश्‍वरलाई चुनौती दिनेहरू हुन्! परमेश्‍वरका वचनहरू प्राचीनकालदेखि नै प्रमाणित हुँदै आइरहेका छन्: जो कोही मसँग भेला हुँदैनन्, तिनीहरू छरपष्ट हुनेछन्, जो मेरो साथ छैन, त्‍यो मेरो विरुद्धमा छ; यो ढुङ्गामा कुँदिएको अपरिवर्तनीय सत्यता हो! परमेश्‍वरका लागि साक्षी नदिनेहरू सबै शैतानका दासहरू हुन्। त्यस्ता मानिसहरू परमेश्‍वरका छोराछोरीहरूलाई बाधा पुर्‍याउन र धोका दिन अनि उहाँको व्यवस्थापन बिथोल्न आएका छन्; तिनीहरूलाई तरवारले प्रहार गरिनुपर्छ! तिनीहरूमाथि असल अभिप्राय देखाउनेहरू सबैले आफ्नै विनाश निम्त्याउँछन्। तिमीहरूले परमेश्‍वरका आत्माका वाणीहरूलाई सुन्ने र तिनमा विश्‍वास गर्ने गर्नुपर्छ, परमेश्‍वरका आत्माको मार्गमा हिँड्नुपर्छ र परमेश्‍वरका आत्माका वचनहरूअनुरूप जिउनुपर्छ। यसअलावा, तिमीहरूले समयको अन्त्यसम्मै सर्वशक्तिमान्‌ परमेश्‍वरको सिंहासनको बढाइ गर्नुपर्छ!

सर्वशक्तिमान्‌ परमेश्‍वर सात आत्माहरूका परमेश्‍वर हुनुहुन्छ! सात आँखाहरूका र सात ताराहरूका परमेश्‍वर पनि उहाँ नै हुनुहुन्छ; उहाँले सात मोहरहरू खोल्नुहुन्छ, र सम्पूर्ण चर्मपत्रहरू उहाँले फिँजाउनुभएको छ! उहाँले सात तुरहीहरू बजाउनुभएको छ, र उहाँको इच्छाअनुसार बर्साउनको लागि उहाँको पकडमा सात कचौराहरू र सात महामारीहरू छन्। ओहो, सधैँ सिलबन्दी गरी राखिएका सात मेघगर्जनहरू! तिनीहरूलाई प्रकट गर्ने समय आएको छ! ती सात मेघगर्जनहरूलाई ल्याउनुहुने उहाँ त तिमीहरूको आँखैअगाडि आइपुगिसक्नुभएको छ!

सर्वशक्तिमान्‌ परमेश्‍वर! तपाईंको साथमा सबै थोक मुक्त र स्वतन्त्र छन्; कुनै पनि कठिनाइहरू छैनन्, र सबै थोक सहजताका साथ चलिरहेका छन्! कुनै कुराले पनि तपाईंलाई अवरोध वा विघ्‍नवाधा गर्ने आँट गर्दैन, र सबै नै तपाईंसामु समर्पित हुन्छन्। समर्पित नहुने जोकोही मरेर जानेछन्!

सर्वशक्तिमान्‌ परमेश्‍वर, सात आँखाहरू हुने परमेश्‍वर! सबै कुरा अत्यन्तै स्पष्ट छन्, सबै कुरा उज्याला र अनावृत छन्, अनि सबै कुरा खुलासा र उदाङ्गो भएका छन्। उहाँको साथमा सबै कुरा घाम झैं छर्लङ्ग हुन्छन्, अनि परमेश्‍वर मात्र होइन, तर उहाँका छोराहरू पनि यस्तै छन्। उहाँ र उहाँका छोराहरूको सामुन्ने कुनै पनि व्यक्ति, कुनै पनि वस्तु वा कुनै पनि विषयलाई लुकाउन सकिँदैन!

सर्वशक्तिमान्‌ परमेश्‍वरका सात ताराहरू चम्किला छन्! उहाँले मण्डलीलाई सिद्ध तुल्याउनुभएको छ; उहाँले मण्डलीका आफ्‍ना सन्देशवाहकहरू स्थापित गर्नुभएको छ, अनि सम्पूर्ण मण्डली नै उहाँको भरणपोषणमा छ। उहाँले सबै सात वटै मोहरहरू खोल्नुहुन्छ र उहाँ स्वयम्‌ले उहाँको व्यवस्थापन योजना र उहाँको इच्छालाई समापनतर्फ लैजानुहुन्छ। चर्मपत्र उहाँको व्यवस्थापनको रहस्यमयी आत्मिक भाषा हो, र उहाँले यसलाई फिँजाउनुभएको र प्रकट गर्नुभएको छ!

सबै मानिसहरूले यी गुञ्जायमान सात तुरहीहरूलाई सुन्नुपर्छ। उहाँको साथमा, सबै थोक सर्वविदित हुन्छन्, फेरि कहिल्यै लुप्त हुँदैनन्, र कुनै पनि दुःखकष्ट बाँकी रहँदैनन्। सबै थोक प्रकट गरिन्छन् र सबै नै विजयी हुन्छन्!

सर्वशक्तिमान्‌ परमेश्‍वरका सात तुरहीहरू खुला, महिमावान् र विजयी तुरहीहरू हुन्! तिनीहरू उहाँका शत्रुहरूलाई न्याय गर्ने तुरहीहरू पनि हुन्। उहाँको विजय-उत्सवमाझ उहाँको तुरहीलाई उचालिन्छ! उहाँले सम्पूर्ण ब्रह्माण्डमाथि शासन गर्नुहुन्छ!

उहाँले महामारीका सात कचौराहरू तयार गर्नुभएको छ, उहाँका शत्रुहरू निशाना भएका छन्, र ती महामारीहरूलाई अत्याधिक प्रवाहका साथ छोडिएको छ र ती शत्रुहरू उहाँको प्रचण्ड ज्वालामा नष्ट हुनेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले आफ्‍नो अख्तियारको शक्ति देखाउनुहुन्छ र उहाँका शत्रुहरू सबै नाश हुन्छन्। अन्तिम सात मेघगर्जनहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको अगाडि अब उप्रान्त सिलबन्दी गरेर राखिँदैन; तिनीहरू सबैलाई प्रकट गरिन्छ। तिनीहरू सबैलाई प्रकट गरिन्छ! उहाँले सात मेघगर्जनहरूद्वारा, पृथ्वीलाई स्थिर गरेर र यसलाई उहाँको सेवा गर्न लगाएर र अब उप्रान्त यसलाई उजाड नहुने तुल्याएर, उहाँका शत्रुहरूलाई मृत्युको मुखमा पुर्‍याउनुहुन्छ!

धर्मी सर्वशक्तिमान्‌ परमेश्‍वर! हामी सदासर्वदा तपाईंको स्तुति गाउनेछौं! तपाईं अटुट प्रशंसा, र अनन्त जय-जयकार र तारिफको योग्य हुनुहुन्छ! तपाईंका सात मेघगर्जनहरू तपाईंको न्यायका लागि मात्र प्रयोग गरिनु हुँदैन, बरु सबै कुराहरूलाई पूरा गर्नको लागि तपाईंको महिमा र अख्तियारको लागि अझै धेरै प्रयोग गरिनुपर्छ।

सबै मानिसहरू सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टको स्तुति र प्रशंसा गान गाउँदै सिंहासनको अगाडि हर्षोल्लास मनाउँछन्! तिनीहरूको आवाजले मेघगर्जनले जस्तै सम्पूर्ण ब्रह्माण्डलाई थर्काउँछ! पूर्णतया सबै थोक उहाँको कारण अस्तित्वमा छन् र उहाँकै कारण देखा पर्छन्। सबै महिमा, मान-सम्मान, अख्तियार, ज्ञान-बुद्धि, पवित्रता, विजय र प्रकाशहरू उहाँकै हुन् भनेर नमान्‍ने आँट कसले गर्छ र? यो उहाँको इच्छाको उपलब्धि हो, र यो उहाँको व्यवस्थापनको निर्माण-कार्यको अन्तिम समाप्ति हो!

अघिल्लो: अध्याय ३३

अर्को: अध्याय ३५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्