अभ्यास (१)

विगतमा, मानिसहरूले अनुभव गर्ने तरिकाहरूमा धेरै विचलनहरू र विसङ्गतिहरू थिए। तिनीहरूले परमेश्‍वरका मापदण्डहरूका स्तरहरूलाई बुझ्दै बुझेनन्, त्यसैले विभिन्‍न क्षेत्रहरूमा मानिसहरूका अनुभवहरू गलत भए। परमेश्‍वरले मानिसबाट के चाहनुहुन्छ भने मानिसले सामान्य मानव जीवन जिउन सकोस्। उदाहरणको लागि, खाने कुरा र लुगाफाटोको सम्बन्धमा आधुनिक परम्पराहरू अनुसरण गर्नु, सुट र टाई लगाउनु, आधुनिक कलाको बारेमा थोरै सिक्नु र तिनीहरूका फुर्सदको समयमा कला, संस्कृति र मनोरञ्जनको आनन्द लिनु ठीकै कुरा हो। तिनीहरूले केही अविस्मरणीय फोटोहरू लिन सक्छन्, तिनीहरूले पढेर केही उपयोगी ज्ञान प्राप्त गर्न सक्दछन्, र जिउने वातावरण तुलनात्मक रूपमा राम्रो बनाउन सक्छन्। यी सबै कुराहरू सामान्य मानव जीवनको लागि उपयुक्त छन्, तैपनि मानिसहरूले ती कुराहरूलाई परमेश्‍वरले घृणा गर्नुहुने कुराको रूपमा लिन्छन् र ती कामहरू गर्नदेखि आफूलाई रोक्छन्। उनीहरूको अभ्यासमा केही नियमहरू पालन गर्ने कार्य मात्र समावेश हुन्छ, जसले खाडलको पानी जस्तो सुस्त र पूर्णतया अर्थहीन जीवनतर्फ उन्मुख गराउँछ। वास्तवमा, परमेश्‍वरले कहिल्यै पनि मानिसहरूले यस तरिकाले काम गर्नुपर्छ भनी भन्नुभएको छैन। सबै मानिसहरू आफ्नो स्वभावलाई नियन्त्रण गर्न चाहन्छन् र परमेश्‍वरसँग नजिक रहनका लागि निरन्तर प्रार्थना गर्छन्, तिनीहरूले आफ्नो मनमा परमेश्‍वरका अभिप्रायहरूका बारेमा निरन्तर विचार गर्छन्, तिनीहरूका आँखाले निरन्तर यो वा त्यो कुराहरूको अवलोकन गर्छन्, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध कसरी-कसरी तोडिनेछ कि भनेर डराउँछन्। यी सबै मानिस आफैले निकाल्‍ने निष्कर्षहरू हुन्; ती मानिसहरू आफैले बनाएका नियमहरू हुन्। यदि तँलाई आफ्नै स्वभावको सार थाहा छैन र तेरो अभ्यास कुन स्तरमा पुग्न सक्छ भन्‍ने बुझ्न सक्दैनस् भने, परमेश्‍वरले मानिसबाट कुन मापदण्ड चाहनुहुन्छ त्यो निश्चित रूपले जान्ने तँसित कुनै उपाय हुँदैन, र तँसँग अभ्यासको सटीक मार्ग पनि हुनेछैन। परमेश्‍वरले मानिसबाट खास के चाहनुहुन्छ भन्‍ने कुरा तैँले बुझ्‍न नसक्‍ने हुनाले, तेरो मन सधैँ चलिरहेको हुन्छ, तँ परमेश्‍वरका अभिप्रायहरूको विश्‍लेषण गर्दै आफ्‍नो मस्तिष्कलाई कष्ट दिन्छस् र पवित्र आत्माद्वारा प्रभावित हुन र अन्तर्दृष्टि प्राप्त गर्ने कुनै मार्गको खोजी गर्दै छामछुम गर्छस्। फलस्वरूप, तँ अभ्यासका त्यस्ता केही तरिकाहरूको विकास गर्छस् जुन उपयुक्त छ भन्‍ने तँलाई लाग्छ। परमेश्‍वरले मानिसबाट वास्तवमा के माग गर्नुहुन्छ भन्‍ने बारेमा तँलाई अत्तोपत्तो छैन; नतिजाको बारेमा अलिकति पनि वास्ता नगरी र तेरो अभ्यासमा विचलन वा त्रुटिहरू छन् कि छैनन् भनी वास्ता नै नगरी, तेरो आफ्‍नै अभ्यासहरूलाई तँ अन्धाधुन्ध अघि बढाउँछस्। यसरी, तेरो अभ्यासमा प्राकृतिक रूपमा नै सटीकताको कमी हुन्छ र सिद्धान्त विहीन हुन्छ। यसमा खास गरी सामान्य मानव तर्क र विवेकको, साथै परमेश्‍वरको तारिफ र पवित्र आत्माको सहकार्यको कमी हुन्छ। तेरो आफ्नै बाटोमा हिँड्नु नै पूर्ण रूपमा सजिलो हुन्छ। यस किसिमको अभ्यास भनेको आफैलाई प्रतिबन्धित गर्न र नियन्त्रण गर्न नियमहरू पालना गर्नु वा जानाजानी अधिक भार उठाउनु हो। तापनि तँ आफ्नो अभ्यास सही र ठीक छ भनी सोच्छस्, तर तँलाई तेरो अधिकांश अभ्यासमा अनावश्यक प्रक्रिया वा नियम पालन समावेश छ भन्‍ने तँलाई थाहा छैन। आफ्नो स्वभावमा कुनै परिवर्तन नगरी, कुनै नयाँ बुझाइ र नयाँ प्रवेश प्राप्त नगरी वर्षौंसम्‍म यसरी अभ्यासहरू गर्नेहरू धेरै छन्। तिनीहरूले अन्जानमा उही पुराना गल्तीहरू दोहोऱ्याउँछन् र तिनीहरूले आफ्नो क्रूर स्वभावलाई पूर्ण रूपमा प्रकट हुन दिन्छन्, यहाँसम्म कि कति चोटि त तिनीहरूले विवेकहीन अमानवीय कार्यहरू गर्छन्, र त्यस्तो व्यवहार गर्दछन् जसले मानिसहरूलाई सोचमा पार्छन् र छक्क पर्छन्। के यस्ता मानिसहरूले स्वभावको परिवर्तन अनुभव गरेका छन् भनेर भन्न सकिन्छ?

अब, परमेश्‍वरमाथिको विश्‍वास परमेश्‍वरको वचनको युगमा प्रवेश गरेको छ। तुलनात्मक रूपले भन्ने हो भने, मानिसहरूले कुनै बेला जति प्रार्थना गर्थे त्यति प्रार्थना गर्दैनन्; परमेश्‍वरका वचनहरूले सत्यता र अभ्यासका सबै पक्षहरूको बारेमा स्पष्ट रूपमा बताएको छ, त्यसैले अब मानिसहरूले खोजी गर्ने र छामछुम गर्ने कुनै आवश्यकता छैन। राज्यको युगमा, परमेश्‍वरको वचनले मानिसहरूलाई अगाडि बढाउँछ, र यो त्यस्तो जीवन हो जसमा सबै कुरा उनीहरूले देख्ने गरी स्पष्ट पारिएको हुन्छ—किनकि परमेश्‍वरले सबै कुरा स्पष्ट रूपमा उदाङ्गो पार्नुभएको छ, र मानिसलाई जीवनमा अनुभूतिको आधारमा अघि बढ्न बाध्य गरिएको छैन। विवाह, सांसारिक मामिलाहरू, जीवन, भोजन, वस्‍त्र र आश्रय, पारस्परिक सम्बन्धहरूको विषयमा व्यक्तिले कसरी परमेश्‍वरको इच्छा पूरा गर्ने तरिकामा सेवा गर्न सक्छ, व्यक्तिले कसरी देहलाई त्याग्नुपर्छ, र यस्तै अन्य कुराहरू, यीमध्ये परमेश्‍वरले तिमीहरूलाई कुन-कुन कुराको बारेमा वर्णन गर्नुभएको छैन? के तैंले अझै पनि प्रार्थना र खोजी गर्नुपर्छ? वास्तवमा त्यसको कुनै आवश्यकता छैन! यदि तैँले अझै पनि यी कुराहरू गर्छस् भने, तैँले अनावश्यक रूपमा कार्य गरिरहेको छस्। यो अज्ञानता र मूर्खता हो, र पूर्ण रूपमा अनावश्यक कुरा हो! योग्यताको अभावमा रहेका र परमेश्‍वरका वचनहरू बुझ्न नसक्‍नेहरूले मात्र लगातार मूर्खतापूर्ण प्रार्थनाहरू गर्छन्। सत्यताको अभ्यास गर्नका लागि मुख्य कुरा भनेको तँसँग संकल्प छ कि छैन भन्ने हो। कतिपय मानिसहरू तिनीहरूका शारीरिक इच्छाहरूलाई पछ्याउँदा त्यो कार्य सत्यता अनुरूप हुँदैन भनेर जाने पनि त्यसको पछि लाग्ने जिद्दी गर्छन्। अनि यसले तिनीहरूका आफ्नै जीवनको प्रगतिमा बाधा पुर्‍याउँछ, अनि प्रार्थना र खोजी गरे पनि उनीहरू अझै पनि शरीरको अघि झुकेर व्यवहार गर्न चाहन्छन्। यसो गरेर, के तिनीहरूले जानाजानी पाप गरिरहेका हुँदैनन् र? शरीरको सुखविलासको लालसा गर्नेहरू र पैसाको लालसा गर्नेहरूले जस्तै तिनीहरूले परमेश्‍वरसित यसरी प्रार्थना गर्दछन्: “हे परमेश्‍वर! के तपाईं मलाई शरीरको सुखको र धनको लालच गर्न अनुमति दिनुहुन्छ? के मैले यस प्रकारले पैसा कमाउनु तपाईंको इच्छा हो?” के यो प्रार्थना गर्ने उपयुक्त तरिका हो? यसो गर्ने मानिसहरूलाई स्पष्ट रूपमा नै परमेश्‍वर यी कुराहरूमा प्रसन्न हुनुहुन्न, र उनीहरूले यी कुराहरूलाई त्याग्नुपर्छ भन्‍ने राम्ररी नै थाहा हुन्छ, तर तिनीहरूले आफ्नो हृदयमा राख्‍ने कुरा पहिल्यै निश्चित भइसकेको हुन्छ, र जब तिनीहरूले प्रार्थना र खोजी गर्छन् तिनीहरूले परमेश्‍वरलाई यस प्रकारले तिनीहरूलाई व्यवहार गर्ने अनुमति दिन करमा पार्ने कोसिस गरिरहेका हुन्छन्। तिनीहरूका हृदयमा, तिनीहरूले यसको समर्थनमा परमेश्‍वरले केही भन्‍नुभएको होस् भनी माग पनि गर्छन्—यसैलाई नै विद्रोहीपन भनिन्छ। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो पक्षमा बनाउने र तिनीहरूका आफ्नै स्वतन्त्र राज्य खडा गर्ने मानिसहरू पनि छन्। यस्ता कार्यहरूले परमेश्‍वरको विरोध गर्दछ भन्‍ने तँलाई राम्ररी नै थाहा हुन्छ, तर तैँले यस्तो केही गर्ने सङ्कल्‍प गरिसकेपछि पनि तँ शान्त र हताश नभई परमेश्‍वरलाई खोज्न र प्रार्थना गर्न थाल्छस्। तँ कति बेसरम र निर्लज्ज छस्! सांसारिक थोकहरूलाई छोड्ने विषयमा, धेरै पहिले नै बताइएको छ। परमेश्‍वरले संसारका थोकहरूलाई घृणा गर्नुहुन्छ भनेर स्पष्ट रूपमा जान्दा-जान्दै, यसरी प्रार्थना गर्ने मानिसहरू पनि छन्: “हे परमेश्‍वर! म सांसारिक थोकहरूको पछि लागेको तपाईं चाहनुहुन्न भन्‍ने मलाई थाहा छ, तर तपाईंको नाउँ बदनाम नहोस् भनेर म यो गर्दछु; सांसारिक मानिसहरूले ममा तपाईंको महिमा देख्न सकून् भनेर म यसो गर्छु।” यो कस्तो प्रकारको प्रार्थना हो? के तिमीहरू भन्न सक्छौ? यो परमेश्‍वरलाई बाध्य पार्ने र दबाबमा पार्ने प्रार्थना हो। के यसरी प्रार्थना गर्न तँलाई लाज लाग्दैन? यसरी प्रार्थना गर्ने मानिसहरूले जानाजानी परमेश्‍वरको विरोध गर्दछन्, र यस प्रकारको प्रार्थना पूर्ण रूपले शङ्कास्पद अभिप्राय हो; यो वास्तवमा शैतानी स्वभावको अभिव्यक्ति हो। परमेश्‍वरका वचनहरू स्पष्ट छन्, निश्‍चित रूपमा उहाँको इच्छा, उहाँको स्वभाव र उहाँले विभिन्न प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने सम्बन्धमा बोलिएका वचनहरू। यदि तैंले सत्यता बुझ्दैनस् भने, तैंले परमेश्‍वरका वचनहरू अझ धेरै पढ्नुपर्छ—यसो गर्दाको परिणाम अन्धाधुन्ध प्रार्थना गरेर खोजी गरेर आउने परिणाम भन्दा उत्तम हुन्छ। धेरै वटा अवस्थाहरूमा खोजी र प्रार्थनाको सट्टामा परमेश्‍वरका वचनहरू पढ्ने र सत्यमा सङ्गति गर्ने गर्नु राम्रो हुन्छ। तेरो नियमित प्रार्थनाहरूमा, तैंले परमेश्‍वरका वचनहरू भित्रबाट आफूलाई अझ बढी मनन गर्ने र जान्ने प्रयास गर्नुपर्दछ। यो तेरो जीवनको प्रगतिका लागि अझै बढी लाभदायक हुन्छ। यदि अहिले पनि, तँ आकाशतिर आँखा उठाउँदै खोजी गर्छस् भने, के यसले तँ अझै पनि अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्छस् भन्‍ने देखाउँदैन र? पहिले, तैंले आफ्नो खोजी र प्रार्थनाबाट परिणामहरू देखिस्, र पवित्र आत्माले तेरो आत्मालाई केही हदसम्म छुनुभयो किनभने त्यो अनुग्रहको युगको समय थियो। तैंले परमेश्‍वरलाई देख्न सक्दैनथिइस्, त्यसैले अनुभूतिको आधारमा अगाडिको बाटो हिँड्नु र त्यसरी खोजी गर्ने बाहेक तँसँग कुनै विकल्‍प थिएन। अब परमेश्‍वर मानिसको बीचमा आउनुभएको छ, वचन देहमा देखा पर्नुभएको छ, र तैंले परमेश्‍वरलाई देखेको छस्; यसैले पवित्र आत्माले अब पहिलेजस्तो काम गर्नुहुन्न। युग परिवर्तन भएको छ र पवित्र आत्माले काम गर्ने तरिका पनि बदलेको छ। मानिसहरूले पहिले जस्तो प्रार्थना नगर्ने भए पनि, परमेश्‍वर पृथ्वीमा हुनुहुने हुँदा, अब मानिसहरूका निम्ति परमेश्‍वरलाई प्रेम गर्ने मौका छ। मानवजाति परमेश्‍वरलाई प्रेम गर्ने युगमा प्रवेश गरेको छ र सामान्यतया तिनीहरू आफूभित्र नै परमेश्‍वरको नजिक जान सक्दछन्: “हे परमेश्‍वर! तपाईं साँच्चै अति भलो हुनुहुन्छ, र म तपाईंलाई प्रेम गर्न चाहन्छु!” केवल केही स्पष्ट र सरल वचनहरूले मानिसहरूको हृदयमा परमेश्‍वरप्रतिको प्रेमको आवाज दिन्छ; यो प्रार्थना मानिस र परमेश्‍वर बीचको प्रेमलाई गहिराउनका लागि मात्र बोलिएको हो। तँ कहिलेकहीँ आफैले विद्रोहीपन प्रकट गरेको देख्छस् र यसो भन्छस्: “हे परमेश्‍वर! म किन यति भ्रष्ट छु?” तँलाई आफैलाई एक-दुई पटक हिर्काउने तीव्र इच्‍छा हुन्छ, र तेरो आँखा आँसुले भरिन्छ। यस्तो समयमा, तैंले आफ्नो हृदयमा पछुतो र आपदको महसुस गर्छस्, तर तँसित यी भावनाहरू व्यक्त गर्ने कुनै तरिका हुँदैन। यो अहिलेको पवित्र आत्माको काम हो, तर जीवनको पछि लाग्नेहरूले मात्र यसलाई प्राप्त गर्न सक्दछन्। तँलाई तँप्रति परमेश्‍वरसँग धेरै प्रेम छ र तँसँग एक विशेष प्रकारको भावना छ भन्‍ने लाग्छ। तँसँग स्पष्टसँग प्रार्थना गर्न शब्दहरू नभए पनि, तँलाई परमेश्‍वरको प्रेम सधैँ समुद्र जस्तो गहिरो भएको महसुस हुन्छ। यो अवस्थाको बारेमा व्यक्त गर्नका लागि कुनै उपयुक्त शब्‍दहरू छैनन्, र यो यस्तो अवस्था हो जुन प्रायजसो आत्मामा उत्पन्न हुन्छ। व्यक्तिलाई उसको हृदयमा परमेश्‍वरको नजिक लैजाने उद्देश्यको यस किसिमको प्रार्थना र सङ्गति सामान्य हो।

अहिले मानिसहरूले छामछुम गर्ने र खोजी गर्ने समय अतीत बनिसकेको भए पनि, यसको अर्थ उनीहरूले अबदेखि प्रार्थना र खोजी गर्नु आवश्यकता छैन भन्ने होइन, न त यसको अर्थ मानिसहरूले काम गर्न थाल्नुभन्दा अघि परमेश्‍वरको इच्छा प्रकट होस् भनी पर्खनुपर्छ भन्ने नै हो; यी मानिसका भ्रमहरू मात्र हुन्। परमेश्‍वर मानिसहरूको बीचमा बास गर्न, तिनीहरूका ज्योति, जीवन, र मार्ग बन्‍न आउनुभएको छ: तथ्य यही हो। अवश्य नै, पृथ्वीमा परमेश्‍वरको आगमन हुँदा उहाँले निश्चय पनि मानवजातिका लागि व्यावहारिक मार्ग र जीवन ल्याउनुहुन्छ, जुन तिनीहरूले आनन्द लिनका लागि तिनीहरूको कदको निम्ति उपयुक्त हुन्छ—उहाँ मानव अभ्यासका सबै तरिकाहरू तोड्न आउनुभएको होइन। मानिस अब छामछुम र खोजी गर्दै जिउँदैन, किनकि त्यसको बदली परमेश्‍वर उहाँको काम गर्न र वचन बोल्न पृथ्वीमा आउनुभएको छ। उहाँ मानिसलाई तिनीहरूले जिउँदै आइरहेको अन्धकार र अस्पष्टताको जीवनबाट छुटकारा दिन, र तिनीहरूलाई ज्योतिले भरिपूर्ण जीवन दिन आउनुभएको छ। अहिलेको काम भनेको थोकहरू स्पष्ट पार्नु, स्पष्ट रूपमा बोल्नु, प्रत्यक्ष जानकारी दिनु र काम-कुराहरूलाई स्पष्ट रूपमा परिभाषित गर्नु हो, ताकि जसरी यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई बलिहरू कसरी चढाउने र मन्दिर कसरी निर्माण गर्ने भनी बताउँदै डोऱ्याउनुभयो त्यसरी नै मानिसहरूले यी कुराहरू व्यवहारमा उतार्न सकून्। त्यसकारण, प्रभु येशू जानुभएपछि जसरी तिमीहरूले उत्कट खोजी गर्ने जीवन जिउँथ्यौ अब त्यसरी जिउनु आवश्यक छैन। के तिमीहरूले भविष्यमा सुसमाचार फैलाउने काम अन्धाधुन्ध गर्नुपर्छ र? के तिमीहरूले जिउनका लागि उचित तरिका पत्ता लगाउने कोसिसमा छामछुम गर्नुपर्छ? के तिमीहरूले आफ्ना कामहरू कसरी गर्ने भनेर छामछुम गर्नुपर्छ? के तिमीहरूले कसरी साक्षी दिनुपर्दछ भनी जान्नका लागि तिमीहरू भुइँमा घोप्टो पर्नु आवश्यक छ? के तिमीहरूले कसरी वस्त्र लाउनुपर्छ र जिउनुपर्छ भनी जान्न उपवास र प्रार्थना गर्नु आवश्यक छ? के तिमीहरूले परमेश्‍वरद्वारा विजय गरिने कार्यलाई स्वीकार गर्न स्वर्गका परमेश्‍वरसँग निरन्तर प्रार्थना गर्नु आवश्यक छ? के तैंले परमेश्‍वरको आज्ञा कसरी पालन गर्नुपर्छ भनी जान्नका निम्ति निरन्तर, रातदिन प्रार्थना गर्नु आवश्यक छ? तिमीहरूको बीचमा यस्ता धेरै छन् जसले कुरा नबुझेको कारण अभ्यास गर्न सक्दैनौं भनी भन्छन्। मानिसहरूले आजका दिनमा परमेश्‍वरको काममा ध्यान नै दिइरहेका छैनन्! मैले धेरै पहिले नै धेरै वचनहरू बताएको थिएँ, तर तिमीहरूले ती वचनहरू पढ्नका निम्ति कहिले पनि ध्यान दिएनौ, यसैले अभ्यास कसरी गर्ने भनी तिमीहरूले नजान्नु कुनै अचम्मको कुरा होइन। अवश्य नै, आजको युगमा पवित्र आत्माले अझै पनि मानिसहरूलाई आनन्द महसुस गराउन तिनीहरूलाई छुनुहुन्छ, र उहाँ मानिसको साथमा जिउनुहुन्छ। यो तेरो जीवनमा प्रायजसो आउने ती[क] विशेष, रमाइला भावनाहरूको स्रोत हो। कहिलेकहीँ, त्यस्तो दिन आउँछ जब तँ परमेश्‍वर प्रेमिलो हुनुहुन्छ भन्ने महसुस गर्छस् र तँ उहाँसित प्रार्थना नगरी बस्‍न सक्दैनस्: “हे परमेश्‍वर! तपाईंको प्रेम यति सुन्दर छ र तपाईंको स्वरूप यति महान् छ। म तपाईंलाई गहिरो प्रेम गर्न चाहन्छु। म आफैलाई पूर्ण रूपमा समर्पण गर्न र मेरो सम्पूर्ण जीवन तपाईंको निम्ति अर्पण गर्न चाहन्छु। तपाईंको लागि हो भने, यसो गर्दा मैले तपाईंलाई प्रेम गर्न सक्छु भने म तपाईंलाई सबै थोक समर्पण गर्नेछु…।” यो पवित्र आत्माले तँलाई दिनुभएको आनन्दको अनुभूति हो। यो अन्तर्दृष्टि होइन, न यो ज्योति नै हो; यो छोइनुको अनुभव हो। यससँग मिल्दोजुल्दो अनुभवहरू घरीघरी प्राप्त हुनेछन्: कहिलेकहीँ जब तँ काम गर्नका लागि जान्छस्, तँ प्रार्थना गर्छस् र परमेश्‍वरको नजिक आउँछस् र तैँले यति छुवाइको महसुस गर्छस् कि आशुले तेरो अनुहार भिजाउनेछ र, तैंले सबै आत्म-नियन्त्रण गुमाउँछस्, र तँ आफ्नो हृदय भित्रको आनन्द प्रकट गर्न सक्‍ने स्थानको खोजी गर्ने उत्कट इच्‍छा गर्छस्…। त्यहाँ यस्ता समयहरू हुन्छन् जब तँ केही सार्वजनिक ठाउँमा हुन्छस्, र तैंले परमेश्‍वरको प्रेमको धेरै आनन्द प्राप्त गरेको छस्, तेरो भाग्य साधारण छ, र त्योभन्दा बढी तँ अरू कसैले भन्दा बढी अर्थपूर्ण जीवन जिइरहेका छस् भन्‍ने तँलाई अनुभूति हुन्छ। परमेश्‍वरले तँलाई उठाउनुभएको छ र त्यो तँप्रतिको परमेश्‍वरको महान् प्रेम हो भन्‍ने कुरा तैँले भित्री रूपमा जान्‍नेछस्। तेरो मनको गहिराइमा तँलाई मानिसले व्यक्त गर्न नसक्‍ने र मानिसले बुझ्‍न नसक्‍ने किसिमको प्रेम परमेश्‍वरमा छ भन्‍ने तैँले महसुस गर्छस्, मानौं तँलाई त्यो थाहा छ तर त्यो वर्णन गर्ने कुनै उपाय छैन, यसले तँलाई सधैँ सोच्न बाध्य तुल्याउँछ, तर तैँले त्यसलाई व्यक्त गर्न सक्दैनस्। यस्तो समयमा, तँ कहाँ छस् भन्‍ने पनि तैँले बिर्सन्छस्, र तैँले यसरी पुकार्छस्: “हे परमेश्‍वर! तपाईं यति बुझ्न नसकिने र यति प्रेमिलो हुनुहुन्छ!” यसले मानिसहरूलाई अलमल्लमा पार्छ, तर त्यस्ता कुराहरू बारम्‍बार भइरहन्छन्। तिमीहरूले धेरै पटक यस्तो अनुभव गरेका छौ। पवित्र आत्माले आज तँलाई दिनुभएको र तैँले अहिले जिउनुपर्ने जीवन यही हो। यो तँलाई जिउनदेखि रोक्नको लागि दिइएको होइन, तर तेरो जिउने तरिका बदल्नका निम्ति हो। यो त्यस्तो भावना हो जसलाई वर्णन गर्न वा व्यक्त गर्न सकिँदैन। यो मानिसको वास्तविक अनुभूति पनि हो, र त्योभन्दा पनि बढी, यो पवित्र आत्माको काम हो। तैँले यसलाई तेरो हृदयमा बुझ्न सक्छस्, तर तैँले यसबारे कसैलाई पनि स्पष्ट रूपमा बताउन सक्दैनस्। यो तँ ढिलो बोल्‍ने भएकोले वा तँ भकभकाउने भएकोले होइन, तर यो शब्‍दहरूमा व्यक्त गर्न नसकिने भावना भएकोले हो। आज तँलाई यी थोकहरूको आनन्द लिन दिइएको छ, र तैंले यही जीवन जिउनु पर्छ। अवश्य, तेरो जीवनका अन्य पक्षहरू खाली छैनन्; यति मात्र हो कि यो छुवाइको अनुभव तेरो जीवनको एक किसिमको आनन्द बन्छ, जसले तँलाई पवित्र आत्माबाट सधैँ त्यस्ता अनुभवहरूको आनन्द लिन इच्छुक बनाउँछ। तर तैंले यो जान्नुपर्छ कि यस प्रकारको छुवाइ देहदेखि बाहिर जान, तेस्रो स्वर्गमा जानु वा सारा संसारभरि यात्रा गर्नको निम्ति दिइने होइन। बरु, तैंले आज उपभोग गरेको परमेश्‍वरको प्रेमलाई तैँले महसुस गर्, र त्यसको स्वाद लिन सक्, परमेश्‍वरको आजको कामको महत्त्व अनुभव गर्न सक्, र आफूलाई परमेश्‍वरको वास्ता र सुरक्षासँग फेरि परिचित गरा भनेर यो दिइएको हो। यी सबै कुराहरू तँलाई परमेश्‍वरको आजको कामको बारेमा अझ ठूलो ज्ञान प्राप्त होस् भनेर दिइएको हो—परमेश्‍वरले यो काम गर्नुको लक्ष्य यही हो।

परमेश्‍वर देहधारी हुनुभन्दा अघि जिउने तरिका भनेको खोजी र छामछुम गर्नु नै थियो। त्यस बेला मानिसहरूले परमेश्‍वरलाई देख्न सक्दैनथिए, त्यसैले खोज्नु र छामछुम गर्नु बाहेक अरू विकल्प थिएन। आज तैंले परमेश्‍वरलाई देखेका छस् र तैंले कसरी अभ्यास गर्नुपर्छ त्यो उहाँले प्रत्यक्ष रूपमा बताउनुहुन्छ; यसैले तैंले छामछुम वा खोजी गर्नु आवश्यक छैन। उहाँले मानिसलाई जुन बाटोमा डोऱ्याउनुहुन्छ त्यो सत्यको मार्ग हो, र उहाँले मानिसलाई बताउनुहुने कुराहरू र मानिसले प्राप्त गर्ने कुराहरू जीवन र सत्यता हुन्। तँसँग मार्ग र जीवनको सत्यता छ, यसैले खोजी गरिरहनुपर्ने के आवश्यकता छ र? पवित्र आत्माले सँगसँगै दुई चरणहरूको काम गर्नुहुन्न। यदि जब म आफ्नो वचन बोलिसक्छु, तब मानिसहरूले होसियारीसाथ परमेश्‍वरको वचन खाँदैनन् र पिउँदैनन्, र सत्यलाई राम्ररी पछ्याउँदैनन्, अझै पनि तिनीहरू अनुग्रहको युगमा गरेझैं काम गर्दछन्, अन्धोजस्तो बनेर छामछुम गर्छन्, निरन्तर प्रार्थना र खोजी गर्छन् भने, के त्यसको अर्थ मेरो यस चरणको काम—वचनहरूको काम—व्यर्थमा भइरहेको छ भन्ने हुँदैन र? मैले मेरो वचन बोलेर समाप्त गरिसकेको भए पनि, मानिसहरूले अझै पनि पूर्ण रूपमा बुझ्न सक्दैनन्, किनकि तिनीहरूमा क्षमताको अभाव छ। मण्डली जीवन जिएर र एक-अर्कासँग सङ्गति गरेर यो समस्या समाधान गर्न सकिन्छ। पहिले, अनुग्रहको युगमा, परमेश्‍वरले देहधारण गर्नुभएको भए तापनि, उहाँले वचनहरूको काम गर्नुभएन, यसैले कामलाई कायम राख्नका लागि पवित्र आत्माले त्यस समयमा त्यसरी काम गर्नुभयो। त्यसबेला मुख्य रूपमा पवित्र आत्माले नै काम गर्नुभयो, तर अहिले देहधारी परमेश्‍वरले पवित्र आत्माको स्थान लिएर आफैले काम गरिरहनुभएको छ। पहिले, जबसम्म मानिसहरूले बारम्बार प्रार्थना गर्थे, तिनीहरूले शान्ति र आनन्द अनुभव गर्थे; त्यहाँ निन्दा साथसाथै अनुशासन पनि थियो। यो सब पवित्र आत्माको काम थियो। अब यी अवस्थाहरू बारम्बार हुँदैनन्। पवित्र आत्माले कुनै एउटा युगमा एक किसिमको काम मात्र गर्न सक्नुहुन्छ। यदि देहले मानिसहरूमा एक प्रकारको काम गर्दै र पवित्र आत्माले अर्को प्रकारको काम गर्दै उहाँले एकसाथ दुई किसिमको काम गर्नुभएको भए, र यदि देहले भनेका कुराहरूको महत्त्व थिएन र आत्माले गर्नुभएको कामको मात्र महत्त्व थियो भने, ख्रीष्टसँग कुनै सत्यता, बाटो वा जीवन हुनेथिएन। यो आफैमा परस्पर-विरोधमा हुनेथियो। के पवित्र आत्माले त्यसरी काम गर्न सक्नुहुन्छ? परमेश्‍वर सर्वशक्तिमान्, सर्वज्ञानी, पवित्र र धर्मी हुनुहुन्छ, र उहाँले निश्चित रूपमा कुनै गल्ती गर्नुहुन्न।

मानिसको विगतका अनुभवहरूमा धेरै विचलन र त्रुटिहरू थिए। सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने वा तिनीहरूले गर्नुपर्ने केही कुरा थिए वा मानव जीवनमा टाढा बस्‍न कठिन हुने गल्तीहरू थिए, र जब ती कुराहरूलाई राम्रोसँग सामना गरिँदैनथियो, मानिसहरूले त्यसका निम्ति परमेश्‍वरलाई जिम्मेवार बनाउँथे। एउटी बहिनीले घरमा पाहुनाहरू बोलाएकी थिइन्। उनको बफाइएका रोटीहरू राम्ररी बाफिएका थिएनन्, त्यसैले उनले सोचिन्: “यो पक्‍कै पनि परमेश्‍वरको अनुशासन हो। परमेश्‍वरले मेरो व्यर्थको हृदयलाई फेरि निराकरण गर्दै हुनुहुन्छ; मेरो घमण्ड साँच्चै ठूलो छ।” वास्तवमा, जहाँसम्म मानिसको सामान्य सोच्ने तरिकाको कुरा छ, जब पाहुनाहरू आउँछन्, तँ उत्साहित बन्छस् र हतार गर्छस्, तैंले जे गरिरहेको हुन्छस् त्यसमा अव्यवस्थित बन्छस्, अनि यसरी कि त भात डढ्छ वा खाने कुरामा नुन चर्को हुन्छ। काममा धेरै नै व्यस्त हुँदा यस्तो हुन आउँछ, तर मानिसहरूले अन्त्यमा त्यसलाई “परमेश्‍वरले दिनुभएको अनुशासन” भन्‍ने ठान्छन्। वास्तवमा, यी सबै मानव जीवनमा हुने गल्तीहरू मात्र हुन्। यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस् भने पनि के तैँले बारम्बार यस्तो कुराको सामना गर्दैनस् र? जुन समस्याहरू उत्पन्न हुन्छन् ती प्रायः मानिसहरूले गरेका गल्तीहरूका परिणाम हुन्—त्यस्ता गल्तीहरू पवित्र आत्माका काम हुन् भन्ने हुँदैन। परमेश्‍वरसँग त्यस्ता गल्तीहरूको कुनै सरोकार हुँदैन। जस्तै, जब खाइरहेको बेला तैँले आफ्नो जिब्रो टोक्छस्, के त्यो परमेश्‍वरको अनुशासन हो त? परमेश्‍वरको अनुशासनका सिद्धान्तहरू हुन्छन् र सामान्यतया यो तब देखिन्छ जब तँ जानाजानी अपराध गर्छस्। जब तँ परमेश्‍वरको नाउँ वा उहाँको गवाही वा कामसँग सम्‍बन्धित कार्य गर्छस् तब मात्र उहाँले तँलाई अनुशासनमा राख्‍नुहुन्छ। अहिले मानिसहरूले उनीहरूले गर्ने कार्यहरूमा सचेत हुनका निम्ति चाहिने सत्यता पर्याप्त मात्रामा बुझेका छन्। उदाहरणको लागि: तैंले मण्डलीको पैसा हिनामिना गरिस् वा त्यो लापरवाहसाथ खर्च गरिस् भने के तँलाई केही महसुस नहुने हुनसक्छ र? त्यसो गर्दा तैंले केही त महसुस गर्नेछस्। त्यो गरिसकेपछि केही महसुस गर्नु मात्र पनि असम्भव हुन्छ। तैंले आफ्नो विवेकको विरुद्धमा गरेका कार्यहरूको बारेमा तैंले आफ्नो हृदयमा स्पष्ट बुझेको हुन्छस्। मानिसहरूको आ-आफ्नै रुचि र प्राथमिकताहरू हुने भएकाले, सत्यलाई कसरी अभ्यास गर्नुपर्छ भनी जानेर पनि उनीहरू आफैमा लिप्त हुन्छन्। त्यस्तो हुँदा, तिनीहरूले केही गरिसकेपछि, तिनीहरूले कुनै प्रत्यक्ष अपमानको महसुस गर्दैनन् वा कुनै स्पष्ट अनुशासनबाट भएर जाँदैनन्। यसको कारण यो हो कि तिनीहरूले जानाजानी अपराध गरेका हुन्छन्, त्यसैले परमेश्‍वरले तिनीहरूलाई अनुशासनमा राख्‍नुहुन्न; जब धर्मी न्यायको समय आउँछ, हरेकले उनीहरूको कर्मको आधारमा परमेश्‍वरबाट दण्ड पाउँछ। अहिले मण्डलीमा केही मानिसहरू छन् जसले पैसा हिनामिना गर्छन्, जसले पुरुष र महिलाबीच स्पष्ट सिमा कायम गर्दैनन्, र कतिले परमेश्‍वरको कामलाई गोप्यमा दोष लाउँछन्, अवज्ञा गर्छन् र ध्वस्त पार्ने कोसिस गर्छन्। तापनि किन तिनीहरूको सबै कुरा राम्रो छ? त्यस्ता कामहरू गर्दा, तिनीहरू सचेत हुन्छन्, र आफ्नो हृदयमा निन्दाको महसुस गर्छन् र यसैको कारण कहिलेकहीँ तिनीहरूले सजाय र शोधन भोग्छन्, तर तिनीहरू अत्यन्तै निर्लज्ज छन्! मानिसहरू छाडापनमा संलग्न हुँदा जस्तै—त्यस बेला तिनीहरूले के गर्दैछन् सो तिनीहरूले जान्दछन्, तर तिनीहरूको अभिलाषा धेरै नै ठूलो हुन्छ र तिनीहरूले आफैलाई नियन्त्रण गर्न सक्दैनन्। पवित्र आत्माले तिनीहरूलाई अनुशासनमा राख्‍नुभयो भने पनि, त्यसद्वारा केही फाइदा हुँदैन, त्यसैले पवित्र आत्माले अनुशासनमा राख्‍नुहुन्न। यदि पवित्र आत्माले तिनीहरूलाई अनुशासनको कारबाही गर्नुभएन भने, यदि तिनीहरूले कुनै धिक्‍कारको महसुस गर्दैनन् र तिनीहरूको देहलाई केही पनि हुँदैन भने, त्यसपछि कस्तो निन्दा हुनसक्छ र? त्यो काम गरिसकेपछि—कस्तो अनुशासन हुन सक्छ? यसले तिनीहरू अत्यन्तै निर्लज्ज छन् र तिनीहरूमा मानवताको अभाव छ, र तिनीहरू श्राप र दण्डको योग्य छन् भन्ने मात्र प्रमाणित गर्दछ! पवित्र आत्माले अनावश्यक रूपमा काम गर्नुहुन्न। यदि तँलाई सत्यता राम्ररी थाहा छ तर त्यसको अभ्यास गर्दैनस् भने, यदि तँ कुनै पनि दुष्कर्म गर्न सक्षम छस् भने, तँ दुष्टको साथमा तँलाई दण्ड दिइने दिनको प्रतीक्षा गर्न मात्र सक्छस्। यो तेरो लागि उत्तम अन्त्य हो! अहिले मैले विवेकको बारेमा बारम्बार प्रचार गरेको छु, जुन न्यूनतम मापदण्ड हो। यदि मानिसहरूमा विवेकको कमी छ भने, उनीहरूले पवित्र आत्माको अनुशासन गुमाएका छन्; तिनीहरू जे गर्न चाहन्छन् त्यो गर्न सक्छन् र परमेश्‍वरले त्यसमा कुनै ध्यान दिनुहुन्न। जुन मानिसहरूमा साँच्चै विवेक र बुद्धि हुन्छ तिनीहरूले कुनै गल्ती गर्दैछन् भने उनीहरूलाई त्यो थाहा हुन्छ। तिनीहरूले विवेकमा थोरै दोषी महसुस गर्दा असहज महसुस गर्छन्; तिनीहरूले भित्री लडाइँको सामना गर्नुपर्नेछ र अन्ततः शरीरलाई त्याग्नेछन्। तिनीहरू त्यस्तो स्थितिमा पुग्‍नेछैनन् जहाँ उनीहरूले गम्भीर रूपमा परमेश्‍वरको विरोध गर्ने कुनै काम गर्न सक्छन्। मानिसहरूले जब केही गलत गर्छन् तब चाहे पवित्र आत्माले तिनीहरूलाई अनुशासन र दण्ड दिनुभए पनि नदिनुभए पनि, उनीहरूलाई केही त महसुस हुन्छ। यसैले, अहिले मानिसहरूले सबै प्रकारका सत्यताहरू बुझ्दछन् र यदि तिनीहरूले ती अभ्यास गर्दैनन् भने त्यो एउटा मानवीय समस्या हो। म मानिसहरूसँग कहिल्यै पनि यसरी कुनै प्रतिक्रिया दिँदिनँ, न त म तिनीहरूबाट कुनै आशा नै गर्छु। तैँले आफूलाई जस्तो मन लाग्छ त्यस्तो गर्न सक्छस्।

जब कतिपय मानिसहरू भेला हुन्छन्, तिनीहरूले परमेश्‍वरको वचनलाई एकातिर राख्छन् र सधैँ यो व्यक्ति वा त्यो व्यक्ति कस्तो छ भनी कुरा गरिरहन्छन्। अवश्य, थोरै विवेकी हुनु राम्रो कुरा हो, ताकि तँ जहीँ गए पनि तँ सजिलै धोकामा पर्नेछैनस्, र सजिलै ठगिने वा मूर्ख बन्‍नेछैनस्—यो पनि मानिसहरूमा हुनुपर्ने पक्ष हो। तर तँ यस पक्षमा मात्र केन्द्रित हुनु हुँदैन। यो काम-कुराहरूको नकारात्मक पक्षसँग सम्बन्धित छ, र तैँले सधैँ आफ्ना आँखाहरू अरू मानिसहरूमा लगाइरहन सक्दैनस्। अहिले तँमा पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने कुराको थोरै ज्ञान छ, परमेश्‍वरमाथिको तेरो विश्‍वास अति सतही छ, र तँमा थोरै मात्र सकारात्मक कुराहरू छन्। तैंले विश्‍वास गरेको व्यक्ति परमेश्‍वर हुनुहुन्छ, र तैंले बुझ्नुपर्ने व्यक्ति परमेश्‍वर नै हुनुहुन्छ, शैतान होइन। यदि तँलाई शैतानले कसरी काम गर्दछ र दुष्टात्माहरूले काम गर्ने सबै तरिकाहरूको बारेमा मात्र थाहा छ, तर परमेश्‍वरको बारेमा कुनै पनि प्रकारको ज्ञान छैन भने, त्यसको के अर्थ हुन्छ र? के आज तैंले विश्‍वास गर्ने भनेको परमेश्‍वरलाई होइन र? तेरो ज्ञानमा यी सकारात्मक कुराहरू किन सामेल छैनन्? तैँले प्रवेशको सकारात्मक पक्षमा ध्यान दिँदैनस्, न त तैँले त्यसलाई बुझ्छस्, त्यसोभए तँ आफ्नो विश्‍वासमा के प्राप्त गर्न चाहन्छस्? के तैँले कसरी खोजी गर्नुपर्छ भनी जान्दैनस्? तैँले नकारात्मक पक्षहरूको बारेमा धेरै जान्दछस्, तर प्रवेशको सकारात्मक पक्षको बारेमा तँलाई केही पनि थाहा छैन, त्यसरी तेरो कद कसरी बढ्न सक्छ? शैतानसित लडाइँको बारेमा मात्र कुरा गर्ने तँजस्तो व्यक्तिका निम्ति भविष्यमा कस्तो सम्भावनाहरू हुन सक्छ? के तेरो प्रवेश अति पुरानो हुनेछैन र? तैंले अहिले यस्तो काम गरेर के प्राप्त गर्न सक्नेछस्? अहिले तैंले बुझ्नुपर्ने मुख्य कुरा भनेका परमेश्‍वरले अहिले के गर्न चाहनुहुन्छ, मानिसले कसरी सहयोग गर्नुपर्दछ, तिनीहरूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्दछ, तिनीहरूले पवित्र आत्माको कामलाई कसरी बुझ्नुपर्छ, आज परमेश्‍वरले भन्नुहुने सबै वचनहरूमा तिनीहरू कसरी प्रवेश गर्नुपर्दछ, तिनीहरूले ती कसरी खानु, पिउनु, अनुभव गर्नु र बुझ्नुपर्छ, तिनीहरूले परमेश्‍वरको इच्छालाई कसरी पूरा गर्नुपर्छ, कसरी परमेश्‍वरद्वारा पूर्ण रूपमा विजय गरिनुपर्छ र परमेश्‍वरको अगि समर्पित हुनुपर्छ आदि हुन्…। तैँले ध्यान केन्द्रित गर्नुपर्ने र तँ अहिले प्रवेश गर्नुपर्ने कुराहरू यिनै हुन्। के तैंले बुझिस्? अरू मानिसहरूको बारेमा असल-खराब छुट्याउने क्षमतामा मात्रै ध्यान केन्द्रित गर्दा के फाइदा हुन्छ? तँ यहाँ शैतानलाई चिन्न सक्छस्, त्यहाँ दुष्टात्माहरूलाई चिन्न सक्छस्—तैँले दुष्टात्माहरूको बारेमा पूर्ण ज्ञान पाउन सक्छस्, तर यदि तैँले परमेश्‍वरको कामको बारेमा केही पनि भन्न सक्दैनस् भने, के यस्तो समझशक्ति परमेश्‍वर सम्‍बन्धी ज्ञानको विकल्प हुन सक्छ? मैले पहिले नै दुष्टात्माको कामका अभिव्यक्तिहरूको बारेमा सङ्गति गरिसकेको छु, तर यो त्यसको मुख्य भाग होइन। अवश्य मानिसहरूमा केही समझशक्ति हुनुपर्दछ र यो परमेश्‍वरको सेवा गर्नेहरूमा हुनुपर्ने कुरा हो, यसैले कि तिनीहरू मूर्खतापूर्ण कामहरू गर्न र परमेश्‍वरको काममा बाधा दिनबाट जोगिऊन्। तापनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको कामको ज्ञान हुनु र परमेश्‍वरको इच्छालाई बुझ्नु हो। तँभित्र परमेश्‍वरको कार्यको यस चरणको के ज्ञान छ? के तँ परमेश्‍वरले के काम गर्नुहुन्छ, परमेश्‍वरको इच्छा के हो, तेरा आफ्नै कमी-कमजोरीहरू के हुन् र तैंले आफूलाई के कुराले सुसज्जित पार्नुपर्छ भन्ने विषयमा कुरा गर्न सक्छस्? के तैँले तेरो सबैभन्दा नयाँ प्रवेश के हो सो भन्न सक्छस्? तैंले फल कटनी गर्न र नयाँ प्रवेशको बारेमा बुझाइ प्राप्त गर्न सक्नुपर्छ। भ्रममा परेको बहाना नगर्; आफ्नो अनुभव र ज्ञानलाई गहिरो बनाउन तैंले नयाँ प्रवेशमा धेरै कोसिस गर्नुपर्छ, र अझ बढी तैंले नयाँ-नयाँ प्रवेशहरूको र अनुभवहरूको अति नै सही तरिकाको ज्ञान प्राप्त गर्नुपर्छ। यति मात्र होइन, नयाँ काम र नयाँ प्रवेशहरूमार्फत, तैंले तेरो अघिल्लो पुरानो र विचलन भएका अभ्यासहरूको सम्बन्धमा समझशक्ति पाएको हुनुपर्छ, र नयाँ अनुभवहरूमा प्रवेश गर्नका लागि तिनलाई कसरी फाल्ने सो कुराको खोजी गर्नुपर्छ। तैंले तुरुन्तै बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने कुराहरू यिनै हुन्। तैंले पुरानो र नयाँ प्रवेशहरू बीचको भिन्नता र सम्बन्धलाई बुझ्नुपर्छ। यदि तैंले यी कुराहरू बुझेको छैनस् भने, तेरो निम्ति प्रगति गर्ने कुनै उपाय हुनेछैन, किनकि तैँले पवित्र आत्माको कामको गतिलाई पछ्याउन सक्‍नेछैनस्। तैंले सामान्य रूपमा परमेश्‍वरको वचन खाने र पिउने गर्न सक्‍नुपर्छ र सामान्य सङ्गति गर्न सक्‍नुपर्छ अनि तेरो पहिलेको पुरानो अभ्यास र तेरो परम्परागत धारणा बदल्न तिनको प्रयोग गर्नुपर्छ, ताकि तँ नयाँ अभ्यासमा प्रवेश गर्न सक् र परमेश्‍वरको नयाँ काममा प्रवेश गर्न सक्। तैंले हासिल गर्नुपर्ने कुराहरू यिनै हुन्। मैले तँलाई तँ सही रूपमा कस्तो छस् त्यो मात्र पत्ता लाउन लगाइरहेको छैनँ; लक्ष्य यो होइन। बरु म तँलाई सत्यता सम्‍बन्धी तेरो अभ्यास र जीवन प्रवेश सम्‍बन्धी तेरो बुझाइलाई गम्भीरतासाथ ली भनेर मात्र भनिरहेको छु। तैंले आफैलाई चिन्ने क्षमताले तेरो वास्तविक कदको प्रतिनिधित्व गर्दैन। यदि तँ परमेश्‍वरको कामको अनुभव गर्न सक्छस् भने, परमेश्‍वरको वचनको सत्यताको अनुभव गर्न र बुझ्ने क्षमता छ, र तेरो पहिलेका व्यक्तिगत धारणा र गल्तीहरू बुझ्न सक्छस् भने, त्यही नै तेरो वास्तविक कद हो र यो तिमीहरू सबैले हासिल गर्नुपर्ने कुरा हो।

धेरै परिस्थितिहरूमा कसरी अभ्यास गर्ने भन्ने तिमीहरूलाई थाहा हुँदैन, र पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने कुरा त तिमीहरूलाई झनै कम थाहा हुन्छ। कहिलेकहीँ तैँले यस्तो काम गर्छस् जुन स्पष्ट रूपमा पवित्र आत्माप्रतिको अनाज्ञाकारिता हुन्छ। परमेश्‍वरका वचनहरू खाएकोले र पिएकोले, तँमा यस विषयको सिद्धान्तको ज्ञान पहिले नै छ, त्यसैले तँभित्र दोष र अशान्तिको अनुभूति छ; निश्चय यो त्यस्तो भावना हो, जुन कसैले पनि केही सत्य जानेपछि महसुस गर्दछ। यदि मानिसहरूले परमेश्‍वरको आजको वचनअनुसार सहकार्य वा अभ्यास गर्दैनन् भने, उनीहरूले पवित्र आत्माको काममा बाधा पुर्‍याइरहेका हुन्छन्, र उनीहरूले निश्चय नै आफूभित्र असन्तुष्टि महसुस गर्छन्। भनौं, तैँले कुनै विशेष कुराको सिद्धान्त बुझ्छस्, तर तैँले त्यस अनुसार अभ्यास गर्दैनस् भने, तैँले मनभित्र निन्दाको भावना भोग्छस्। यदि तैँले सिद्धान्त बुझ्दैनस् र सत्यको यस पक्षलाई पटक्कै जान्दैनस् भने, तैंले यस कुरामा निन्दाको अनुभूति महसुस गर्नेछस् भन्‍नेछैन। पवित्र आत्माको निन्दा सधैँ प्रसंग अनुसार हुन्छ। तैंले प्रार्थना गरेका छैनस् र पवित्र आत्माको काममा सहकार्य गरेको छैनस् यसैले तैंले त्यो काममा ढिलाइ गरिस् भन्‍ने तँलाई लाग्छ। वास्तवमा, यसलाई ढिलाइ गर्न सकिँदैन। पवित्र आत्माले अरू कसैलाई प्रभावित गर्नुहुनेछ; पवित्र आत्माको कामलाई कसैले पनि बन्धनमा पार्न सक्दैन। तैँले परमेश्‍वरलाई निराश पारेको छस् भन्‍ने लाग्छ, र यो तेरो विवेकमा हुनुपर्ने अनुभूति हो। तैँले सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् त्यो तेरो आफ्नै सरोकारको कुरा हो र त्यो परमेश्‍वरसित सम्बन्धित छैन। कहिलेकहीँ तेरो आफ्नै विवेकले तँलाई दोषी महसुस गराउँछ, तर यो पवित्र आत्माबाट आएको ज्ञान वा प्रकाश होइन, न त यो पवित्र आत्माले गर्नुभएको निन्दा नै हो। बरु यो मानव विवेकभित्रको भावना हो। यदि तँ परमेश्‍वरको नाउँ, परमेश्‍वरको गवाही वा परमेश्‍वरको कामसँग सम्‍बन्धित मामिलामा अनुचित प्रकारले काम गर्छस् भने, परमेश्‍वरले तँलाई त्यतिकै छोड्नुहुनेछैन। तर एउटा सीमा छ—परमेश्‍वरले तँसँग सामान्य, स-साना कुराहरूमा झमेला लिनुहुनेछैन। उहाँले तँलाई बेवास्ता गर्नुहुनेछ। यदि तैँले सिद्धान्तहरू उल्लङ्घन गर्छस्, र तैंले परमेश्‍वरको कामलाई बाधा दिँदै समस्यामा पार्छस् भने, उहाँले आफ्‍नो क्रोध तँमाथि प्रकट खन्याउनुहुनेछ र तँलाई बिलकुल छोड्नुहुनेछैन। तैंले गर्ने केही गल्तीहरू मानव जीवनको क्रममा अपरिहार्य रूपमा हुने गल्तीहरू हुन्। उदाहरणका लागि, तँ आफ्नो रोटी ठीकसँग बफाउँदैनस् र त्यो परमेश्‍वरले तँलाई अनुशासनको कारबाही गर्नुभएको हो भन्छस्—यो भन्नु पूरै अतर्कशील कुरा हो। तैंले परमेश्‍वरमा विश्‍वास गर्नु अघि, के यस प्रकारको घटना प्रायजसो हुँदैन थियो र? तँलाई त्यो पवित्र आत्माले गर्नुभएको अनुशासनको कारबाही हो जस्तो लाग्छ, तर वास्तवमा कुरा त्यस्तो होइन (केही विशेष परिस्थितिहरू बाहेक), किनकि यो काम पूर्णतया पवित्र आत्माबाट आएको हुँदैन, बरु मानवीय भावनाहरूबाट आएको हुन्छ। तापनि, विश्‍वास गर्ने मानिसहरूले यस्तो प्रकारले सोच्नु सामान्य कुरा हो। तैंले परमेश्‍वरमा विश्‍वास नगरेको समयमा यस्तो विचार गर्नेथिइनस्। तैंले परमेश्‍वरमा विश्‍वास गरेपछि, तैंले यी कुराहरूबारे सोचविचार गर्दै समय बिताउन थालिस्, त्यसैले तैंले स्वभाविक रूपमा यस्तो प्रकारले सोच्न थालेको हुन्छस्। यो सामान्य मानिसको सोचबाट उत्पन्न हुन्छ र उनीहरूको मानसिकतासँग सम्बन्धित हुन्छ। तर म तँलाई बताउँछु, त्यस्तो सोच पवित्र आत्माको कामको दायराभित्र पर्दैन। यो पवित्र आत्माले मानिसहरूलाई तिनीहरूको विचारद्वारा दिनुहुने सामान्य प्रतिक्रियाको एउटा उदाहरण हो; तर तैंले यो बुझ्नुपर्छ कि यो प्रतिक्रिया पवित्र आत्माको काम होइन। यस प्रकारको “ज्ञान” छ भन्दैमा, त्यसले तँमा पवित्र आत्माको काम छ भन्‍ने कुराको प्रमाण दिँदैन। तेरो ज्ञान पवित्र आत्माको ज्ञानबाट उत्पन्न हुँदैन, यो पवित्र आत्माको काम हुने त कुरै भएन। यो केवल सामान्य मानवीय सोचको उपज हो र पवित्र आत्माको अन्तर्दृष्टि वा प्रकाशसँग यसको कुनै सम्बन्ध हुँदैन—यी पूर्ण रूपले भिन्नाभिन्नै घटनाहरू हुन्। त्यस्ता सामान्य मानव विचारहरू पूर्ण रूपमा पवित्र आत्माबाट आउँदैनन्। जब पवित्र आत्माले मानिसहरूलाई अन्तर्दृष्टि दिनका निम्ति काम गर्नुहुन्छ, तब उहाँले सामान्यतया तिनीहरूलाई परमेश्‍वरको कामको ज्ञान र तिनीहरूको वास्तविक प्रवेश र वास्तविक अवस्थाको ज्ञान दिनुहुन्छ। उहाँले तिनीहरूलाई परमेश्‍वरका जरुरी अभिप्रायहरू र आज मानिसका लागि उहाँका मागहरू बुझ्ने पनि तुल्याउनुहुन्छ, यसैले तिनीहरूमा परमेश्‍वरलाई सन्तुष्ट पार्न, सतावट र विपत्तिको सामना गर्नु पर्दा समेत परमेश्‍वरलाई प्रेम गर्न, र रगत बगाउन वा आफ्नो प्राणसमेत अर्पण गर्न परे पनि परमेश्‍वरका निम्ति खडा हुनलाई आफ्ना सबै कुरा त्याग्ने संकल्प गर्न सकून् र कुनै पछितो नगरी त्यसो गर्न सकून्। यदि तँसँग यस प्रकारको संकल्प छ भने, त्यसको अर्थ तँमा पवित्र आत्माको उत्साह र काम छ भन्ने हुन्छ—तर यो जान् कि बितेर जाने हरेक क्षणमा तँसित यस्तो उत्साह हुँदैन। कहिलेकहीँ सेवाहरूमा जब तँ प्रार्थना गर्छस् र परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तब तैँले आफ्नो हृदय छोएको र प्रेरणा पाएको महसुस गर्छस्। जब सङ्गतिमा हुने अरू कसैले आफ्नो अनुभव र परमेश्‍वरको वचनको बुझाइबारे बताउँछन् त्यस बेला तँलाई अति नयाँ र ताजा महसुस हुन्छ र तेरो हृदय पूर्ण सफा र उज्यालो हुन्छ। यो सबै पवित्र आत्माको काम हो। यदि तँ एक अगुवा होस् र तँ मण्डलीमा काम गर्न जाँदा, पवित्र आत्माले तँलाई असाधारण ज्ञान र प्रकाश दिनुहुन्छ, मण्डलीभित्र रहेका समस्याहरूको बारेमा अन्तर्ज्ञान दिनुहुन्छ, र तिनलाई समाधान गर्न सत्यतामा सङ्गति कसरी बाँढ्ने त्यो जान्न दिनुहुन्छ, तँलाई आफ्नो काममा अविश्‍वसनीय रूपमा जोशिलो, जिम्मेवार र गम्भीर बनाउनुहुन्छ भने, यी सबै पवित्र आत्माको काम हो।

फूटनोट:

क. मूल पाठमा “यी केही हुन्” भनेर पढिन्छ।

अघिल्लो: मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व

अर्को: तँ मार्गको अन्तिम भागसम्म कसरी हिँड्नुपर्छ

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको कामको दर्शन (१)

यूहन्नाले सात वर्ष येशूका निम्ति काम गरे, अनि येशू आउनुहुँदा अघिबाटै बाटो तयार पारिसकेका थिए। योभन्दा अघि यूहन्नाले प्रचार गरेका स्वर्ग...

प्रस्तावना

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्