अध्याय ३३

मेरो घरमा, एक पटक ती मानिसहरू थिए जसले मेरो पवित्र नाउँको प्रशंसा गर्थे, जसले पृथ्वीमा मेरो महिमाले आकाश ढाकोस् भनेर अथक काम गर्थे। यस कारणले गर्दा, म अति आनन्दित भएँ, र मेरो हृदय आनन्दले भरियो—तैपनि रात र दिन सुत्न छोडेर मेरो सट्टामा कसले काम गर्न सक्छ? मानिसले मेरो अगाडि गरेको सङ्कल्पले मलाई खुसी दिन्छ, तर उसको विद्रोहले मेरो क्रोध जगाउँछ, यसैले, मानिसले आफ्नो कर्तव्य कहिल्यै पनि पालन गर्न नसक्‍ने हुनाले, ऊप्रतिको मेरो शोक झन्-झन् ठूलो बन्छ। मानिसहरू किन सधैँ आफूलाई मप्रति समर्पण गर्न असमर्थ छन्? तिनीहरू किन सधैँ मसँग सौदाबाजी गर्ने कोसिस गर्छन्? के म व्यापार केन्द्रको महा-प्रबन्धक हुँ? मानिसहरूले मैले भनेका कुरा केही नगरे पनि म किन मानिसहरूले मबाट मागेका कुरा सम्पूर्ण हृदयले पूरा गर्दछु, तापनि, मैले मानिससँग गरेको माग व्यर्थ हुन्छ? के म व्यापारका तरिकाहरूमा दक्ष नभएकोले तर मानिसचाहिँ दक्ष भएकोले यस्तो भएको हो? मानिसहरू किन सधैँ चिप्लो र चापलुसीपूर्ण कुरा गरेर मलाई धोका दिन्छन्? मानिसहरू किन सधैँ “उपहार” बोकेर आउँछन्, पछाडिबाट प्रवेश गर्ने बाटो सोध्छन्? के मैले मानिसलाई यही गर्न सिकाएको छु? मानिसहरू किन चाँडै र स्पष्टसँग त्यस्ता कुराहरू गर्छन्? मानिसहरू किन सधैँ मलाई धोका दिन उत्प्रेरित हुन्छन्? जब म मानिसहरूको माझमा हुन्छु, मानिसहरू मलाई सृष्टि गरिएको प्राणीको रूपमा हेर्छन्; जब म तेस्रो स्वर्गमा हुन्छु, तिनीहरूले मलाई सर्वशक्तिमान् मान्छन्, जसले सबै थोकहरूमाथि प्रभुत्व गर्नुहुन्छ; जब म आकाशमा हुन्छु, तिनीहरू मलाई सबै कुरालाई भर्ने आत्माको रूपमा हेर्छन्। समग्रमा, मानिसहरूका हृदयमा मेरो निम्ति उपयुक्त ठाउँ छैन। मानौं, म एक अनिमन्त्रित अतिथि हुँ, मानिसहरूले मलाई घृणा गर्छन्, र यसैले जब म टिकट लिन्छु र मेरो ठाउँमा बस्छु, तिनीहरूले मलाई त्यहाँबाट धपाउँछन्, र त्यहाँ मेरो निम्ति बस्ने कुनै ठाउँ छैन, र म गलत ठाउँमा आएको छु, म त्यहाँबाट जानुबाहेक मेरो निम्ति अरू कुनै विकल्प छैन भन्दै क्रोधित हुन्छन्। यसैले म मानिससँग फेरि संलग्न नहुने संकल्प गर्छु, किनकि मानिसहरू अति सानो-मनका छन्, तिनीहरूको उदारता थोरै छ। म अब तिनीहरूसँग एउटै टेबलमा खानेछैनँ, म पृथ्वीमा तिनीहरूसँग अरू समय बिताउनेछैनँ। तर जब म बोल्छु, मानिसहरू छक्क पर्छन्; म जानेछु भनी तिनीहरू डराउँछन्, र तिनीहरूले मलाई रोकिराख्छन्। तिनीहरूका ढोंगहरू देखेर म तुरुन्तै मेरो हृदयमा केही उदासी र एकलो महसुस गर्छु। म तिनीहरूलाई छोडेर जान्छु भनी मानिसहरू डराउँछन्, र यसैले जब म तिनीहरूसँग छुट्टिन्छु, तब तुरुन्तै रोएको आवाजले देशलाई ढाक्छ, र मानिसहरूका अनुहार आँसुले भरिन्छन्। म तिनीहरूका आँसुहरू पुछिदिन्छु, म तिनीहरूलाई फेरि एकचोटि उठाउँछु, र तिनीहरूले मतिर हेर्छन्, तिनीहरूको बिन्ती गरिरहेका आँखाहरूले मलाई नजान बिन्ती गर्दछ, र तिनीहरूको “इमानदारी” को कारण म तिनीहरूसँग छु। तापनि, मेरो हृदयको पीडा कसले बुझ्न सक्छ? मैले बोल्न नसकेका मेरा कुराहरूमा कसले ध्यान दिन्छ? मानिसहरूका नजरमा, यस्तो लाग्छ मानौं म भावनारहित छु, र त्यसैले हामी सधैँ दुई फरक परिवारबाट आएका छौं। तिनीहरूले मेरो हृदयभित्रको शोकको भावना कसरी देख्न सक्छन्? मानिसहरू केवल आफ्नै सुखविलासको लालच गर्छन्, र तिनीहरू मेरो इच्छालाई ध्यान दिँदैनन्, किनकि अहिलेसम्म मानिसहरू मेरो व्यवस्थापन योजनाको उद्देश्यप्रति अनजान छन्, र यसैले आज पनि उनीहरू मौन बिन्ती गर्छन्—र यसबाट के फाइदा हुन्छ?

जब म मानिसको माझ जिउँछु, म मानिसको हृदयमा निश्चित स्थान लिन्छु; म देहमा देखा परेकोले र मानिसहरू पुरानो देहमा जिउने हुनाले, तिनीहरूले सधैँ मलाई देहद्वारा व्यवहार गर्छन्। मानिसहरूसँग देह मात्र हुने भएकोले र अरू कुनै थप पूरक नहुने भएकाले, तिनीहरूले “आफूसित भएका सबै थोक” मलाई दिएका छन्। तापनि तिनीहरूले केही पनि जान्दैनन्; तिनीहरूले मेरो सामु केवल “आफ्नो भक्ति चढाउँछन्।” मैले जे कटनी गर्छु, त्यो मूल्यहीन कसिंगर हो—तैपनि मानिसहरू त्यस्तो सोच्दैनन्। जब मानिसहरूले मेरा थोकहरूलाई दिएका “उपहारहरू” को तुलना गर्दछु, मानिसहरूले तुरुन्तै मेरो अनमोलता थाहा पाउँछन्, तब मात्र तिनीहरूले मेरो अपरिमेयता देख्छन्। म तिनीहरूको प्रशंसाको कारण गर्व महसुस गर्दिनँ, तर मानिसकहाँ निरन्तर देखा परिरहन्छु, यसैले कि मानिसहरूले मलाई पूर्ण रूपमा राम्ररी चिन्न सकून्। जब म उनीहरूलाई मेरो सम्पूर्णता देखाउँछु, तिनीहरू मेरो अगि गतिहीन, नुनको खामो जस्तो खडा भएर आँखा फुकाल्दै मलाई हेर्छन्। अनि जब म तिनीहरूको विचित्रता देख्छु, म मेरो हाँसो रोक्न सक्दिनँ। तिनीहरू मबाट थोकहरू माग्न आउने हुनाले, म मेरो हातमा भएका थोकहरू तिनीहरूलाई दिन्छु, र तिनीहरूले ती कुराहरूलाई आफ्नो छातीमा टाँस्छन्, ती कुरालाई नवजात शिशुलाई झैं माया गर्छन्, तिनीहरू एक क्षण मात्र त्यस्ता भावनाहरूमा संलग्न हुन्छन्। जब म तिनीहरू बस्‍ने वातावरणलाई परिवर्तन गर्दछु, तिनीहरूले तुरुन्तै “शिशु” लाई एक छेउमा धकेल्छन् र आफ्नो हातले टाउको ढाकेर दगुर्छन्। मानिसहरूको नजरमा, म कुनै पनि समय वा स्थानमा उपस्थित हुने सहायक हुँ; मानौं, म बोलाउन साथ आउने एक बेयरा हुँ। यसैले, मानिसहरू सधैँ मसँग प्राकृतिक विपत्तिसँग लड्ने असीम शक्ति छ जस्तै गरी मलाई “हेर्छन्”, त्यसैले तिनीहरूले सधैँ मेरो हात समातेका छन्, र मलाई देशभरि यात्रामा डोर्‍याइरहेका छन्, यसैले कि सबै कुराहरूले तिनीहरूका एक शासक छन् भनी देख्न सकून् र कसैले पनि तिनीहरूलाई धोका दिने आँट नगरोस्। मैले धेरै समयदेखि मानिसहरूको “बाघको ऐश्वर्य धारण गर्ने स्याल” को चाल देखेको छु, किनकि तिनीहरू सबै छलद्वारा नाफा कमाउने इच्छा राख्दै “सूचना पाटीहरू झुन्ड्याइरहेका” छन्। मैले लामो समयदेखि उनीहरूको कपटपूर्ण, द्वेषपूर्ण युक्ति देखेको छु, र यति मात्र हो कि म हाम्रो सम्बन्धमा चोट पुर्‍याउन चाहन्नँ। म कुनै कुराविना समस्या पैदा गर्दिनँ—त्यसो गर्नुको कुनै मूल्य वा महत्त्व हुँदैन। म मानिसहरूका कमजोरीहरूलाई ध्यानमा राखेर गर्नुपर्ने काम मात्र गर्दछु; होइन भने, म तिनीहरूलाई खरानीमा परिणत गर्नेछु र उप्रान्त तिनीहरूलाई अस्तित्वमा रहन दिनेछैनँ। तर मैले गर्ने कामको अर्थ छ, र त्यसैले म मानिसलाई हल्‍का रूपमा दण्ड दिँदिन। यही कारणले गर्दा मानिसहरूले सधैँ तिनीहरूका देहलाई स्वतन्त्र रूपमा छोडेका छन्। तिनीहरूले मेरो इच्छालाई अवलोकन गर्दैनन्, तर मेरो न्याय-आसनको अगि मसँग खुसामदी गरेका छन्। मानिसहरू धेरै साहसी छन्: जब सबै “यातना दिने उपकरणहरू” ले तिनीहरूलाई डर-धम्की दिन्छन्, तिनीहरू अलिकति पनि डगमगाउँदैनन्। तथ्यहरूको अघि, तिनीहरू कुनै पनि तथ्यहरू उपलब्ध गराउन असमर्थ बन्छन्, र हठी बन्दै मेरो विरोध गर्नुबाहेक अरू केही गर्दैनन्। जब म तिनीहरूलाई फोहोर थोकहरू सबै बाहिर ल्याउन लगाउँछु, तिनीहरूले अझै पनि मलाई दुई खाली हातहरू देखाउँछन्—अरूले यसलाई “उदाहरणीय” को रूपमा कसरी प्रयोग नगर्लान् र? मानिसहरूको “विश्‍वास” अति ठूलो भएकोले तिनीहरू “प्रशंसनीय” भएका हुन्।

मैले ब्रह्माण्डमा आफ्नो काम सुरु गरेको छु; ब्रह्माण्डका मानिसहरू अचानक बिउँझन्छन् र केन्द्रको वरिपरि घुम्छन्, जुन मेरो काम हो, र जब म तिनीहरूमा “यात्रा” गर्छु, सबै जना शैतानको बन्धनबाट उम्कन्छन्, र शैतानको कष्टको बीचमा यातना भोगिरहेका हुन्छन्। मेरो दिनको आगमन भएको कारण, मानिसहरू आनन्दले भरिन्छन्, तिनीहरूको हृदयभित्रका शोक हराउँछ, आकाशमा उदासीका बादलहरू हावामा अक्सिजनको रूपमा परिणत हुन्छन् र त्यहाँ तैरिन्छन्, र यस घडी, म मानिससँग एक हुँदाको आनन्द लिन्छु। मानिसको कार्यले मलाई स्वाद लिने केही कुरा दिन्छ, यसैले म अब चिन्तित हुँदिन। अनि मेरो दिनको आगमनको साथमा, जीवन-शक्ति भएका पृथ्वीका थोकहरूले आफ्नो अस्तित्वको जरा फेरि प्राप्त गर्छन्, पृथ्वीमा भएका सबै थोकहरू फेरि जीवित हुन्छन्, र तिनीहरूले मलाई आफ्नो अस्तित्वको आधारको रूपमा लिन्छन्, किनकि म सबै थोकलाई जीवनद्वारा चम्काउने बनाउँछु, र यसरी नै, म तिनीहरूलाई चुपचाप हराउने बनाउँछु। यसैले, सबै कुराले मेरो मुखका आज्ञाहरू पर्खन्छन्, र म जे गर्छु र भन्छु त्यसद्वारा प्रसन्न हुन्छन्। सबै कुराहरूको बीचमा, म नै सर्वोच्च हुँ—तैपनि म सबै मानिसहरूको बीचमा जिउँछु, र म मानिसका कामहरूलाई स्वर्ग र पृथ्वीको मेरो रचनालाई व्यक्त गर्नका निम्ति प्रयोग गर्दछु। जब मानिसहरूले मेरो अगाडि ठूलो प्रशंसा गर्छन्, म सबै थोकहरूको बीचमा उच्च हुन्छु, र यसरी पृथ्वीका फूलहरू तातो सूर्यको मुनि अझ सुन्दर हुन्छन्, घाँस अझ हराभरा हुन्छ, र आकाशका बादलहरू अझ बढी नीलो देखिन्छन्। मेरो आवाजको कारण, मानिसहरू यता-उति भाग्छन्; आज मेरो राज्यका मानिसहरूको अनुहार खुसीले भरिएको छ, र तिनीहरूको जीवन बढ्दैछ। म मेरा सबै चुनिएका मानिसहरूका बीचमा काम गर्छु, र मेरो कामलाई मानवीय विचारहरूद्वारा दाग लाग्न दिँदिनँ, किनकि म मेरो काम व्यक्तिगत रूपले आफै गर्छु। जब म काम गर्दछु, आकाश र पृथ्वी अनि तिनमा भएका सबै थोक परिवर्तन हुन्छन् र नयाँ हुन्छन्, र जब म आफ्नो काम पूरा गर्दछु, मानिस पूर्ण रूपमा नवीकरण हुन्छ, म जे माग्छु त्यसको कारण ऊ अब दुःखमा जिउँदैन, किनकि खुसीका आवाजहरू सारा पृथ्वीभरि सबैले सुन्न सक्छन्, र यो मौकामा मैले मानिसलाई दिने आशिषहरू म तिनीहरूलाई प्रदान गर्दछु। जब म राज्यको राजा हुन्छु, मानिसहरू मसँग डराउँछन्, तैपनि जब म मानिसको माझमा राजा हुन्छु, र मानिसहरूको बीचमा बस्छु, मानिसहरू ममा कुनै आनन्द पाउँदैनन्, किनकि मप्रति तिनीहरूका धारणाहरू अति गम्भीर हुन्छन्, यतिसम्म कि तिनले गहिरो जरा गाडेको हुन्छ जसलाई हटाउन गाह्रो हुन्छ। मानिसको प्रकटीकरणको कारण, म मेरो काम गर्छु, जुन उपयुक्त छ, र जब म आकाशमा माथि उक्लन्छु र मानिसमाथि मेरो क्रोध खन्याउँछु, मानिसहरूका विभिन्न विचारहरू तुरुन्तै खरानीमा परिणत हुन्छन्। म भन्छु, कि तिनीहरूले मप्रति तिनीहरूका धेरै वटा धारणाहरू बताऊन्, तर तिनीहरू आश्चर्यचकित हुन्छन्, मानौं कि तिनीहरूसँग केही पनि छैन, र मानौं तिनीहरू नम्र छन्। म जति धेरै मानिसहरूको धारणाअनुसार जिउँछु, तिनीहरूले मलाई त्यति धेरै प्रेम गर्न आउँछन्, र म जति धेरै मानिसहरूको धारणाभन्दा बाहिर जिउँछु, तिनीहरू मबाट उति नै टाढा जान्छन्, र तिनीहरूसँग मेरो बारेमा अझ बढी धारणाहरू हुन्छन्, किनभने संसार सृष्टि गरेदेखि आजको दिनसम्म म सधैँ मानिसहरूका धारणाहरूमा जिएको छु। जब आज म मानिसको बीच आउँछु, म सबै मानिसहरूको धारणा हटाउँछु, त्यसैले मानिसहरूले सजिलै इन्कार गर्छन्—तापनि, मसँग तिनीहरूका धारणाहरूको निराकरण गर्ने उपयुक्त विधिहरू छन्। मानिसहरू बेचैन वा चिन्तित हुनु हुँदैन; म सबै मानिसहरूलाई मलाई प्रेम गर्ने बनाउँदै, र स्वर्गमा तिनीहरूलाई मेरा आशिषहरूको आनन्द लिन दिँदै सारा मानवजातिलाई मेरो आफ्नै तरिकाले बचाउनेछु।

अप्रिल १७, १९९२

अघिल्लो: अध्याय ३२

अर्को: अध्याय ३४

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

बाइबल सम्बन्धमा (३)

बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको...

तैँले ख्रीष्‍टसँगको अनुकूलताको मार्ग खोजी गर्नुपर्छ

मैले मानिसको बीचमा धेरै काम गरेको छु, जुन अवधिमा मैले धेरै वचनहरू पनि व्यक्त गरेको छु। यी सबै वचनहरू मानिसको मुक्तिको खातिर हुन् र मानिस...

आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

परमेश्‍वरको गवाही हुन अनि ठूलो रातो अजिङ्गरलाई लज्जित पार्नको लागि, व्यक्तिसित सिद्धान्त हुनुपर्छ, अनि व्यक्तिले सर्त पूरा गर्नुपर्छ:...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्