“सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्‍ने विषयमा संक्षिप्त चर्चा

तिमीहरूलाई सहस्राब्दीय राज्यको दर्शनको बारेमा के लाग्छ? कतिपय मानिसहरू यस विषयमा धेरै सोच्छन्, र तिनीहरू भन्छन्: “सहस्राब्दीय राज्य पृथ्वीमा एक हजार वर्षसम्म रहनेछ, यसैले यदि मण्डलीका पाको उमेरका सदस्यहरू अविवाहित छन् भने, के उनीहरूले विवाह गर्नुपर्छ? मेरो परिवारसँग पैसा छैन, के मैले पैसा कमाउन थाल्नुपर्छ? …” सहस्राब्दीय राज्य भनेको के हो? के तिमीहरूलाई थाहा छ? मानिसहरू अबुझ छन् र ठूलो कष्ट भोग्छन्। वास्तवमा, सहस्राब्दीय राज्य औपचारिक रूपमा आउन अझै बाँकी नै छ। मानिसहरूलाई सिद्ध बनाउने चरणको अवधिमा, सहस्राब्दीय राज्य एक भागदौड मात्र हो; परमेश्‍वरले भन्नुभएको सहस्राब्दीय राज्यको समयमा मानिस सिद्ध बनाइएको हुनेछ। यसभन्दा पहिले, मानिसहरू सन्तहरू जस्तै हुनेछन् र सिनिमको देशमा दह्रिलो गरी खडा हुनेछन् भनेर भनिएको थियो। मानिसहरूलाई सिद्ध बनाइसकिएपछि मात्र—जब तिनीहरू परमेश्‍वरले बताउनुभएका सन्तहरू बन्छन्—तब मात्र सहस्राब्दीय राज्य आएको हुनेछ। जब परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाउनुहुन्छ, र उहाँले तिनीहरूलाई शुद्ध बनाउनुहुन्छ, अनि तिनीहरू जति धेरै शुद्ध बन्छन् परमेश्‍वरद्वारा तिनीहरूलाई उत्ति नै बढी सिद्ध बनाइन्छन्। जब तँभित्रका अशुद्धता, विद्रोहीपन, विरोध र देहका कुराहरू हटाइन्छन्, जब तँ शुद्ध पारिएको हुन्छस्, तब तँ परमेश्‍वरद्वारा प्रेम गरिएको हुन्छस् (अर्को शब्दमा भन्नुपर्दा, तँ सन्त बन्‍नेछस्); जब तँ परमेश्‍वरद्वारा सिद्ध पारिएको र सन्त बनेको हुन्छस्, तब तँ सहस्राब्दीय राज्यमा हुनेछस्। अहिले राज्यको युग हो। सहस्राब्दीय राज्यको युगमा मानिसहरू जिउनका निम्ति परमेश्‍वरको वचनमा भर पर्नेछन्, अनि सबै जातिहरू परमेश्‍वरको नाउँमा आउनेछन्, अनि सबैले परमेश्‍वरका वचनहरू पढ्नेछन्। त्यो समयमा, कसैले टेलिफोनद्वारा, कसैले फ्याक्सद्वारा बोलाउनेछन् … तिनीहरूले परमेश्‍वरका वचनहरूको पहुँच प्राप्त गर्न सबै साधनहरू प्रयोग गर्नेछन्, अनि तिमीहरू पनि परमेश्‍वरका वचनहरूमा आउनेछौ। यी सबै कुरा मानिसहरू सिद्ध बनाइएपछि हुने कुरा हुन्। आज, मानिसहरूलाई वचनहरूद्वारा शोधन गरिन्छ, शुद्ध पारिन्छन्, ज्ञान दिइन्छ, र डोऱ्याइन्छन्; यो राज्यको युग हो, यो मानिसहरू सिद्ध भइरहेको चरण हो, र सहस्राब्दीय राज्यको युगसँग यसको कुनै सम्बन्ध छैन। सहस्राब्दीय राज्यको अवधिमा, मानिसहरू पहिले नै सिद्ध पारिएका हुनेछन् र तिनीहरूभित्र भएका भ्रष्ट स्वभावहरू शुद्ध पारिएको हुनेछ। त्यस बेला, परमेश्‍वरले बोल्‍नुभएको वचनले मानिसहरूलाई एक-एक चरण गर्दै डोऱ्याउनेछ, र सृष्टिको समयदेखि अहिलेसम्मका परमेश्‍वरको कामका सबै रहस्यहरू प्रकट गर्नेछ, अनि उहाँका वचनहरूले मानिसहरूलाई प्रत्येक युगमा र प्रत्येक दिन परमेश्‍वरका कामहरूको बारेमा, उहाँले कसरी मानिसहरूलाई भित्रबाट डोऱ्याउनुहुन्छ, उहाँले आत्मिक क्षेत्रमा गर्नुहुने कामहरूको बारेमा बताउनेछन् र तिनीहरूलाई आत्मिक क्षेत्रका गतिशीलता बताउनेछन्। तब मात्र यो साँच्चै वचनको युग हुनेछ; अहिले यो भागदौडको स्थितिमा मात्रै छ। यदि मानिसहरूलाई सिद्ध र शुद्ध बनाइएन भने, तिनीहरूका निम्ति पृथ्वीमा एक हजार वर्ष जिउने कुनै उपाय हुनेछैन, र तिनीहरूका शरीर अनिवार्य रूपमा कुहिनेछन्; यदि मानिसहरू भित्रबाट शुद्ध हुन्छन् र तिनीहरू शैतान र देहको अधीनमा हुँदैनन् भने, तिनीहरू पृथ्वीमा जीवित रहनेछन्। यस चरणमा तँ अबुझ छस्, अनि तिमीहरूले परमेश्‍वरलाई प्रेम गरेको अनुभव मात्रै गर्छौ अनि यस पृथ्वीमा जिउँदा प्रत्येक दिन उहाँको साक्षी दिनेछौ।

“सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्ने भनाइ एउटा अगमवाणी हो, यो अगमवक्ताको भविष्यवाणी जस्तो हो, जसमा परमेश्‍वरले भविष्यमा के हुनेछ भनी अगमवाणीहरू गर्नुहुन्छ। परमेश्‍वरले भविष्यमा बोल्नुहुने वचनहरू र उहाँले आज बोल्नुहुने वचनहरू एउटै होइनन्: भविष्यका वचनहरूले युगलाई डोऱ्याउनेछ, अनि उहाँले आज बोल्नुहुने वचनहरूले मानिसहरूलाई सिद्ध पार्छन्, तिनीहरूलाई शोधन गर्छन्, र तिनीहरूलाई निराकरण गर्छन्। भविष्यको वचनको युग आजको वचनको युगभन्दा फरक छ। आज, परमेश्‍वर जुनसुकै माध्यमबाट बोल्नुभए पनि—उहाँद्वारा बोलिएका सबै वचनहरू मानिसलाई सिद्ध बनाउन, तिनीहरूभित्र भएका फोहोरलाई शुद्ध पार्न, तिनीहरूलाई पवित्र बनाउन र परमेश्‍वरको सामु तिनीहरूलाई धर्मी बनाउनका निम्ति हुन्। आज बोलिएका वचनहरू, अनि भविष्यमा बोलिने वचनहरू दुई अलग कुराहरू हुन्। राज्यको युगमा बोलिने वचनहरू मानिसहरूलाई सबै तालिममा प्रवेश गराउन, मानिसहरूलाई सबै कुरामा सही बाटोमा ल्याउन, तिनीहरूभित्र भएका सबै अशुद्ध कुराहरू हटाउनका निम्ति हुन्। यो युगमा परमेश्‍वरले यस्तै गर्नुहुन्छ। उहाँले प्रत्येक व्यक्तिमा उहाँका वचनहरूको जग बनाउनुहुन्छ, उहाँले आफ्ना वचनहरूलाई प्रत्येक व्यक्तिको जीवन बनाउनुहुन्छ, अनि उहाँले तिनीहरूभित्र अन्तर्दृष्टि दिन र डोऱ्याउन निरन्तर उहाँको वचन प्रयोग गर्नुहुन्छ। अनि जब तिनीहरूले परमेश्‍वरको इच्छालाई ध्यान दिँदैनन्, तिनीहरूलाई हप्काउन र तिनीहरूलाई अनुशासनमा राख्‍नको निम्ति परमेश्‍वरको वचन तिनीहरूभित्र हुनेछ। आजका वचनहरू मानिसको जीवन हुनुपर्छ; तिनले मानिसलाई चाहिने सबै थोक सीधै प्रदान गर्छन्, तँभित्र जुन कुराको कमी छ ती सबै परमेश्‍वरका वचनहरूले प्रदान गर्छन्, अनि परमेश्‍वरका वचन ग्रहण गर्ने सबैलाई उहाँको वचन खाएर अनि पिएर अन्तर्दृष्टि प्राप्त हुन्छ। परमेश्‍वरले भविष्यमा बोल्नुहुने वचनले सारा ब्रह्माण्डका मानिसहरूलाई डोऱ्याउँछ; आज, यी वचनहरू चीनमा मात्र बोलिन्छन्, र तिनले सारा ब्रह्माण्डभरि बोलिएको वचनको प्रतिनिधित्व गर्दैनन्। सहस्राब्दीय राज्य आएपछि मात्र परमेश्‍वर सम्पूर्ण ब्रह्माण्डसँग बोल्नुहुनेछ। यो जान, परमेश्‍वरले आज बोल्नुहुने वचनहरू मानिसहरूलाई सिद्ध बनाउनका निम्ति हुन्; परमेश्‍वरले यो चरणमा बोल्नुभएका वचनहरू मानिसहरूका खाँचोहरू पूरा गर्नका निम्ति हुन्, तँलाई परमेश्‍वरका रहस्यहरू प्रकट गर्न वा आश्‍चर्यकर्महरू देखाउनको निम्ति होइन। मानिसहरूका खाँचोहरू पूरा गर्न उहाँ धेरै माध्यमद्वारा बोल्नुहुन्छ। सहस्राब्दीय राज्यको युग आउन अझै बाँकी नै छ—उल्‍लेख गरिएको सहस्राब्दीय राज्य परमेश्‍वरको महिमाको दिन हो। यहूदियामा येशूको काम समाप्त भएपछि परमेश्‍वरले उहाँको काम चीन देशमा सार्नुभएको थियो र अर्को योजना बनाउनुभएको थियो। उहाँले तिमीहरूमा उहाँको कामको अर्को भाग गर्नुहुन्छ, उहाँले वचनद्वारा मानिसहरूलाई सिद्ध बनाउने काम गर्नुहुन्छ, अनि मानिसहरूले कष्ट भोगून् साथै परमेश्‍वरको धेरै अनुग्रह प्राप्त गरून् भनी उहाँले आफ्नो वचन प्रयोग गर्नुहुन्छ। यो चरणको कामले विजेताहरूको झुन्ड सृजना गर्नेछ, र उहाँले विजेताहरूको झुन्ड बनाउनुभएपछि, तिनीहरूले उहाँको कार्यहरूको साक्षी दिन सक्नेछन्, तिनीहरू वास्तविकतामा जिउन सक्नेछन्, र वास्तवमा तिनीहरूले उहाँलाई सन्तुष्ट पार्नेछन् र मृत्युसम्मै उहाँप्रति विश्‍वासयोग्य रहनेछन्, अनि यसरी परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। जब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ—अर्थात् जब उहाँले मानिसहरूको यो झुन्डलाई सिद्ध बनाउनुहुन्छ—त्यो सहस्राब्दीय राज्यको युग हुनेछ।

येशू साढे तेत्तीस वर्षसम्म पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले क्रूसमा क्रूसीकरणको काम गर्न आउनुभयो, अनि क्रूसीकरणद्वारा परमेश्‍वरले उहाँको महिमाको एउटा भाग प्राप्त गर्नुभयो। जब परमेश्‍वर देहमा आउनुभयो, उहाँ नम्र र गुप्त रहन सक्नुभयो, र उहाँले अथाह कष्ट सहन सक्नुभयो। उहाँ परमेश्‍वर स्वयम् हुनुभए पनि, छुटकाराको काम पूरा गर्नलाई उहाँले अझै हरेक अपमान र हरेक गिल्ला सहनुभयो, अनि क्रूसमा टाँगिएर ठूलो कष्ट भोग्नुभयो। यो चरणको काम पूरा भएपछि, मानिसहरूले परमेश्‍वरको ठूलो महिमा भएको देखे पनि, त्यो नै उहाँको सम्पूर्ण महिमा भने थिएन; त्यो उहाँको महिमाको एउटा भाग मात्र थियो, जुन उहाँले येशूबाट प्राप्त गर्नुभएको थियो। येशूले हरेक कठिनाइ सहन, नम्र र गुप्त हुन, परमेश्‍वरको निम्ति क्रूसमा टाँगिन सक्नुभएको भए पनि, परमेश्‍वरले उहाँको महिमाको एउटा भाग मात्र प्राप्त गर्नुभयो, र उहाँको महिमा इस्राएलमा प्राप्त भएको थियो। परमेश्‍वरको महिमाको अझै अर्को भाग छ: व्यावहारिक रूपमा काम गर्न र मानिसहरूको एउटा झुन्ड सिद्ध बनाउन पृथ्वीमा आउने काम। येशूको कामको चरणको अवधिमा उहाँले केही अलौकिक कुराहरू गर्नुभयो, तर त्यो चरणको काम कुनै पनि किसिमले चिह्न र चमत्कारहरू गर्नका निम्ति मात्र थिएन। त्यो मुख्य रूपले येशूले दुःख भोग्न सक्नुहुन्छ, र परमेश्‍वरका निम्ति क्रूसमा टाँगिन सक्नुहुन्छ, येशूले परमेश्‍वरलाई प्रेम गर्नुभएको कारण उहाँले अथाह कष्ट भोग्न सक्षम हुनुहुन्छ, र परमेश्‍वरले उहाँलाई त्याग्नुभए पनि, उहाँ अझै पनि परमेश्‍वरको इच्छा पूरा गर्न उहाँको जीवन बलिदान गर्न इच्छुक हुनुहुन्छ भनी देखाउनका निम्ति थियो। परमेश्‍वरले इस्राएलमा उहाँको काम पूरा गर्नुभएपछि र येशूलाई क्रूसमा टाँगिएपछि, परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको थियो, अनि परमेश्‍वरले शैतानको सामु साक्षी दिनुभएको थियो। परमेश्‍वर कसरी चीनमा देह बन्नुभएको छ भन्ने कुरा तिमीहरूले न त जानेका छौ न देखेका छौ, यसैकारण परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको छ भनेर तिमीहरू कसरी देख्न सक्छौ र? जब परमेश्‍वरले तिमीहरूमा विजयको धेरै काम गर्नुहुन्छ, र तिमीहरू दह्रो भई खडा हुन्छौ, तब यो चरणको परमेश्‍वरको काम सफल हुन्छ, र यो परमेश्‍वरको महिमाको भाग हो। तिमीहरूले यो मात्र देख्छौ, अनि तिमीहरू परमेश्‍वरद्वारा सिद्ध बनाइनु बाँकी नै छ, तिमीहरूले आफ्नो हृदय पूर्ण रूपले परमेश्‍वरलाई दिनु बाँकी नै छ। तिमीहरूले यो महिमा पूर्ण रूपमा देख्नु बाँकी नै छ; परमेश्‍वरले तिमीहरूको हृदय पहिले नै जित्नुभएको छ, तिमीहरू उहाँलाई कहिल्यै पनि छोड्न सक्दैनौं, अनि आखिरीसम्म परमेश्‍वरलाई पछ्याउनेछौ र तिमीहरूका हृदय परिवर्तन हुनेछैन, अनि यही नै परमेश्‍वरको महिमा हो भन्‍ने मात्र तिमीहरूले देख्छौ। तिमीहरूले कुन कुरामा परमेश्‍वरको महिमा देख्छौ? मानिसहरूमा भएको उहाँको कामका प्रभावहरूमा। मानिसहरू परमेश्‍वर अति प्रेमिलो हुनुहुन्छ भनी देख्छन्, तिनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्छ, र तिनीहरू उहाँलाई छोड्न तयार हुँदैनन्, अनि यो परमेश्‍वरको महिमा हो। जब मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूको शक्ति बढ्छ, र तिनीहरूले परमेश्‍वरलाई हृदयबाटै प्रेम गर्न सक्छन्, परमेश्‍वरले गर्नुभएको कामको सर्वोच्च पराक्रम, उहाँका वचनहरूको अतुलनीय शक्ति देख्छन्, जब तिनीहरूले उहाँको वचनमा अख्तियार छ भन्‍ने देख्छन्, अनि उहाँले चीन देशको भूतको सहरमा उहाँको काम सुरु गर्न सक्नुभएको देख्छन्, जब मानिसहरू कमजोर भए पनि, तिनीहरूको हृदय परमेश्‍वरको सामु झुक्छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू ग्रहण गर्न इच्छुक बन्छन्, अनि जब, तिनीहरू कमजोर र अयोग्य भए पनि परमेश्‍वरका वचनहरू प्रेमिलो र तिनीहरूका कदरको योग्यका भएको देख्न सक्छन्, तब त्यो परमेश्‍वरको महिमा हो। जब मानिसहरू परमेश्‍वरद्वारा सिद्ध बनाइने, र उहाँको अघि समर्पित हुन र परमेश्‍वरको आज्ञा पूर्ण रूपमा पालन गर्न सक्‍ने, र तिनीहरूका सम्भावनाहरू र भाग्यलाई परमेश्‍वरको हातमा दिन सक्‍ने दिन आउँछ, त्यस बेला परमेश्‍वरको महिमाको दोस्रो भाग पूर्ण रूपले प्राप्त भएको हुनेछ। भन्नुको अर्थ, जब व्यावहारिक परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुन्छ, त्यसबेला चीन देशमा उहाँको काम समाप्त हुनेछ। अर्को शब्दमा भन्नुपर्दा, जब परमेश्‍वरद्वारा अघिबाटै नियुक्त गरिएका र चुनिएकाहरू सिद्ध बनाइएका हुन्छन्, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको हुनेछ। परमेश्‍वरले आफ्नो महिमाको दोस्रो भाग पूर्वमा ल्याएको छु भनी भन्‍नुभए पनि, यसलाई नाङ्गो आँखाले देख्न सकिँदैन। परमेश्‍वरले उहाँको काम पूर्वमा ल्याउनुभएको छ; उहाँ पहिले नै पूर्वमा आउनुभएको छ, र यो परमेश्‍वरको महिमा हो। आज, उहाँको काम पूरा हुन बाँकी भए पनि, परमेश्‍वरले काम गर्ने निर्णय गर्नुभएकोले, यो निश्चय नै पूरा गरिनेछ। परमेश्‍वर आफैले यो काम चीनमा पूरा गर्ने निर्णय गर्नुभएको छ, अनि उहाँले तिमीहरूलाई पूर्ण बनाउने संकल्प गर्नुभएको छ। यसैले, उहाँले तिमीहरूलाई कुनै उम्कने बाटो दिनुहुन्न—उहाँले पहिले नै तिमीहरूको हृदय जितिसक्नुभएको छ, अनि तिमीहरूले चाहे पनि वा नचाहे पनि तिमीहरू अघि बढ्नुपर्छ, अनि जब तिमीहरू परमेश्‍वरद्वारा प्राप्त गरिन्छौ, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ। आज, परमेश्‍वरले पूर्ण महिमा प्राप्त गर्न बाँकी नै छ, किनकि तिमीहरू पूर्ण रूपमा सिद्ध बनाइन बाँकी नै छ। तिमीहरूका हृदय परमेश्‍वरतिर फर्केको भए तापनि, तिमीहरूको देहमा अझ पनि धेरै कमजोरीहरू छन्, तिमीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न नसक्‍ने अवस्थामा छौ, तिमीहरूले परमेश्‍वरको इच्छामा ध्यान दिन सक्दैनौ, अनि तिमीहरूमा धेरै नकारात्मक कुराहरू बाँकी नै छन्, जसबाट तिमीहरूले छुटकारा पाउनुपर्छ र तिमीहरू अझै पनि धेरै परीक्षाहरू र शोधनहरूबाट भएर जान बाँकी नै छ। त्यसरी मात्र तिमीहरूको जीवनका स्वभावहरू बदलिन सक्छन् र तिमीहरू परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छौ।

अघिल्लो: परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

अर्को: परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्